Social Icons

पृथ्वीनारायण शाह बृहत् नेपालका निर्माता भए भानुभक्त उसको एकताका संस्थापक हुन् - ह्दयचन्द्रसिंह प्रधान

पृथ्वीनारायण शाह बृहत् नेपालका
निर्माता भए भानुभक्त उसको एकताका
संस्थापक हुन्
२ ह्दयचन्द्रसिंह प्रधान
नेपालका तमाम जातिहरू उनेर ‘नेपाली’ भन्ने एकतामा ल्याउने श्रेय र नेपाललाई
बृहत् नेपाल बनाउने सफलताको जस अहिलेसम्म सबैले पृथ्वीनारायण शाहलाई दै दिादै
आएका छन्। निस्सन्देह पृथ्वीनारायण शाहको तलबारले राज्य वा साम्राज्यवादी बहुर
ाजाहरूका गर्दन उडाएर नेपालका अनेकता एकतामा मिलाइदियो, अवश्य हो, पृथ्वीनार
ायण शाहको आक्रमण नेपालको साम्प्रदायिक (१, नेवार, पर्वते आदि जातीय भावको
शक्तिको दाात भाच्नको साधन बनिन आयो, तर पनि म यसका सारा श्रेय पृथ्वीनार
ायण शाहलाई मात्र दिन अन्याय ठान्दछु। पृथ्वीनारायण शाहले यसको भागी बन्ने सौ
भाग्य पाएका मात्र हुन्।

हो यो पनि अवश्य हो, त्यसताकका प्राय: राजाहरूमा भन्दा पृथ्वीनारायण शाहमा
बढ्ता सहिष्णुता छ, कदर गर्न जान्ने खुबी छ, देशोन्नतिको भावना छ, विदेशी हस्तक्षेप,
प्रभाव र धर्मबाट सतर्कता छ, विदेशी प्रवेशको चिन्ता छ, अनि साम्प्रदायिकताको अभाव
छ। साथसाथै ठीकठाकको हुनु उनीमा सबभन्दा बढ्ता चलाकी पनि छ। तर चलाक राजा
अरूहरूका राज्यहरूलाई साम्राज्यमा मिलाएर एकताको निम्ति अनेकताको समाप्ति गरे
का पनि भनाउन सक्तछन्। सुधारको कामतिर आउनै नपाएर मात्र हो, नत्र यस हिसाबले
नेपोलियनलाई पनि बृहत् युरोप बनाउने श्रेय दिन सकिन्थ्यो, त्यस्तै सिकन्दरलाई पनि।
(एकताको सूत्रमा उनेर बृहत् नेपाल बनाउने काममा भएका पृथ्वीनारायण शाहमा
विजयपछि प्रतिशोधको भावना बिलकुल नहुनुपर्ने। कीर्तिपुरको विजयपछि उहााका सारा
बासिन्दाहरूका नाक काट्ने काम नगरेका भए आज पृथ्वीनारायण शाहको यश अझ
बढ्ता उज्ज्वल भएर चम्कने थियो, उनको ह्दयको विशालतामा कसैले शङ्का गर्न सक्तै
नथ्यो। सामान्त–सस्कारमा पोसिएका कोही पनि उदार र सह्दय राजा, महाराजा पनि
एकाध यस्ता बट्टा लाग्ने कुराले निर्लिप्त छैन भने पृथ्वीनारायण शाह मात्र अपवाद हुन
पनि गाह्रै कुरा हो, तर यतिसम्म कुरा उनका अरू विशेष अनगन्ती यश कीर्ति ढाक्ने
गणनामा आउन सक्तैनन्।)
पृथ्वीनारायण शाहको उदयभन्दा अगाडि अहिलेको यो बृहत् नेपालको छातीमा
केवल तलबार बजिरहेको र आपत्ति बज्रिरहेको मात्र सुनिन्थ्यो। जताततै षडयन्त्र र
रजस्थल 
आक्रमणको आगलागीले उन्नति मस्मीभूम भइरहेको थियो, जहीातहीा फुट, वैमनस्य र
मनोमालिन्यले पशुत्व र राक्षसी जन्माइरहेको थियो। लडाइा, जसको नजिता मृत्यु, अनि
जसको कारण स्वजन र प्रियजनमा शोक, यही त्यस वेला नेपालमा छाइरहेको थियो।
लडाईा, षडयन्त्र र फुटको कारण त्यसताका नेपालमा, कहिल्यै पनि शान्तिले छहारी फै
लाउन पाउादैन्थ्यो। तर यी सबै पृथ्वीनारायण शाहको निम्ति मौका हुन आयो र नेपालको
निम्ति सौभाग्य। नेपालका सारा शासनसूत्र पृथ्वीनारायण शाहको हातमा आउनासाथै
नेपालको छाती ढुकढुकिन बन्द भयो, सारा नेपालमा शान्तिको छटा छाउन थाल्यो।
किनभने बल सञ्चय गर्न सबैलाई हात लिन सिपालु भएका र शासन सञ्चालन गर्नमा
अद्वितीय प्रतिभाशाली पृथ्वीनारायण शाहले टुक्राटुक्री नेपाललाई एकसूत्रमा उन्न तत्काल
ठयाकठुक पारेका थिए, र बृहत् नेपालका विभिन्न अञ्चलका नेपालीहरूले एकअको
र् अञ्चलका बासिन्दालाई सम्झी हातेमालो लाइसकेका थिए, यद्यपि विभिन्न राजाहरू र
ाज्य वापस गर्नालाई षड्यन्त्र गर्दै थिए।
धर्म, नीति, सभ्यता, संस्कृति र भौगोलिक स्थिति सबै एक भएर पनि विशेष ने
तृत्वको अभावको कारण नेपाली जनता परस्पर भएर पनि पराइमा विभिन्निएर सामूहिक
टुक्राको रूपमा एकअर्काको दुश्मन भइरहेको थियो, चतुर राजनीतिज्ञ तथा वीर पृथ्वीनार
ायण शाहको प्रभावशाली नेतृत्व पाउादा सबले स्वागत गरिदिए। आफ्नो पुर्खौली राजधानी
गोरखालाई छाडी नेपालको केन्द्र र मुख काठमाडौंमा राजधानी गर्न पनि पृथ्वीनारायण
शाहको एकता स्थापन गर्ने महान् बुद्धिमानी हो। तर नेवार र मधिसे नेपालका यी दुई
मुख्य जातिलाई सेनामा स्थान नदिनु उनको सङ्कीर्णता हो, उनको हार्दिक विशालतामा
यसले अवश्य कलङ्क लगाएको छ। जबसम्म कुनै मानिसले मानिसहरूका ह्दय–प्रदे
शमा विश्वास दिलाउने विजय प्राप्त गर्न सक्तैन, तबसम्म अरू कुनै पनि विजय पूर्ण
विजय होइन। राजनीतिक स्वार्थ पूरा गर्नेसम्मका लागि त पृथ्वीनारायण शाहले यी दुई
जातिलाई सेनामा भर्ना नगराउनु यद्यपि कूननीतिक बुद्धिमानी हो, तर देशमा एकता
कायम गरी शान्ति स्थापनाका साथै उन्नति र प्रगति ल्याउनलाई गरिने नेतृत्वको कुरा
आउादा त यो काममा सङ्कीर्णता अनुहारिन आउाछ, किनकि सङ्कीर्णताले रहित भएर
विशालता बोकेको ह्दय लिएर नेतृत्व गर्दा साम्प्रदायिकता टाासिएको मानिस र त्यसको
समूहले माखा पनि मार्न सक्तैन।
पृथ्वीनारायण शाहका प्रतिद्वन्द्वी नेवार राजाहरूका सेनामा मधिसे र पर्वतिया सै
निकहरू पनि प्रशस्त भर्ना भइरहेका थिए तर आफ्नो सेनामा पर्वतिया सैनिकहरू र
हनाको कारण नै नेवार राजाहरूको हार हुन गएको वा अस्तित्व मेटिन गएको होइन।
सेनामा भर्ती गर्ने काममा नेवार राजाहरूले साम्प्रदायिक वा कूटनीतिक विचार गरेका
थिएनन्। तर विशेष राष्ट्रिय जागृतिको निम्ति कुनै खास आÞवान वा नेतृत्व पनि नगरि
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
एको हुनाले र अझ यो भन्दा पनि पृथ्वीनारायण शाहबाट नेवार राजाहरू पराजित हुनुको
खास कारण हो आफ्नै भाइभारदार वा मण्डलमा फुट, वैमनस्य र आपसको हानथाप।
यद्यपि पृथ्वीनारायण शाहलाई बृहत् नेपालका निर्माताको श्रेय दिइएको छ, उनको
हातमा बृहत् नेपालको बागडोर आउनासाथै आफ्नो नेपाली कला, संस्कृति र उन्नतिको
रक्षाका निम्ति उनले तत्काल विदेशी प्रभावलाई रोकी स्वकीयताको प्रोत्साहन दिएर ने
पाललाई उकालेका थिए पनि, नेपालमा प्रगति ल्याउने यस्ता धेरै कुराको कारण उनी श्रे
यी पनि हुन् तर पनि उनले तराई नेपालका बासिन्दाहरूलाई नेपाली गराउने कुनै विशे
ष प्रयास गरेनन्, तिनीहरूलाई मधिसे नै गराइराखे। खाल्डा र पहाडका गरेर यताका
पहाडिया र उताका मधिसे नै भइरहे। एक राष्ट्रिय जाति नभइकन दुई विशेष जाति नै
भइरहे। खाल्डा नेपाल र पहाड नेपाल गरेर जुन विभिन्न जातिलाई एक राष्ट्रिय सूत्रमा
समन्वित पृथ्वीनारायण शाहले गरेका थिए, त्यस्तै तराई नेपालका बासिन्दालाई पनि
गर्न सकेका भए आज नेपालको शक्ति र प्रगतिमा कसैले टाउको उठाएर पनि हेर्न सक्तै
नथ्यो। तराईतिरको उन्नतिका लागि पनि पृथ्वीनारायण शाहको विशेष दृष्टि पुग्न सके
न। अझ वैवाहिक सम्बन्धलेसमेत बााध्न सकेको भए आज नेपालको ताकत, ल्याकत र
हैसियत कति बढिसक्यो होला ?
वैवाहिक सम्बन्ध त खाल्डा र पहाडी नेपालका बासिन्दा नेवार र पर्वतिया जातिको
बीचमा पनि आजसम्म भइसकेको छैन। नत्र नेपालको छाती कति बलियो भइसक्थ्यो हो
ला ? यसमा त सुनिन्छ, यसको निम्ति पृथ्वीनारायण शाहले त आÞवान गरेका थिए,
तर नेवारहरू सम्मिलित हुन मानेनन्। यदि यो कुरा सााचो हो भने नेवारहरूको यो
असहयोगलाई सङ्कीर्णता र मूर्खता मानेर पृथ्वीनारायण शाहको बुद्धिमानीलाई म सर
ाहना गर्दछु। ह्दयमा विशालता र मगजमा बुद्धि भएका मानिसद्वारा मात्रै यस्तो काम
भएर संसारमा मुस्कान फुल्न सक्छ।
पृथ्वीनारायण शाहले भित्री नेपालमा जस्तै बाहिरी नेपालमा पनि राष्ट्रिय जाग्रति र
समन्वय–भाव जगाउन सकेको भए आज नेपालको नक्सा र स्थिति अर्कै हुने थियो। तर
भित्री नेपालका अगुवाहरूको विशालताको न्यूनतालाई लिएर बाहिरी नेपालका मानिसहरूले
प्रतिशोध–भाभका सङ्कीर्णता मनमा कत्ति राख्न हुादैन, नत्र त्यसको प्रतिक्रिया आफ्नो
मातृभूमि वा देशमाथि पर्न गई कृतज्ञता र मानवताउपर प्रहार र आघात गर्नु हुन जान्छ।
मानिसको जाति कुनै चीज होइन, इतिहासको अनुहार हेरे संसारका कुनकुन मानिस
कुनकुन जातिका होलान्, विभिन्न देशमा विशेष जातिगत मानिस होलान् र छन् पनि तर
जातिको पक्षमा लागेर देशको छातीमा लत्त्याउनु ठीक छैन, बरू जन्मभूमिको नातामा
जातिसित लडेर पनि देशको गौरव र अस्तित्व कायम गर्न सक्नुपर्छ। जतिको नातामा दे
शलाई प्रहार गर्नु आमा मार्नु हो। यही विचार तराई बासिन्दा नेपालीहरूले गरेर कसै र
रजस्थल 
कुनै जातिको भरोसामा नबसी आफौ जागरूक भएर आफू र नेपाललाई उठाउन् भन्ने म
कामना गर्दछु। किनभने त्यहााका बासिन्दा चाहे जुनसुकै जातिको सम्पर्कतामा आओस्,
आखिर जन्मभूमिको नाताले नेपाली हो, नेपालीको माटो, हावा, पानीबाट उनको निर्माण
भएको हो, नेपालको अन्नले उसको जीवन हुर्किरहेको छ, यस कारण हरहमेशा नेपाली
भएर नेपालको भलाइ गर्नु नै उसको मानवता हो र यही कृतज्ञता हो।
जे होस्, पृथ्वीनारायण शाह नेपाललाई बनाउने र नेपाली राष्ट्रमा एकता स्थापना
गर्न खोज्ने नेपालका एउटा महान् सपुत हुन्। उनीबाट नेपालमा केही रगत बगेपनि
उनको हिंसाबाट भौगोलिक राष्ट्रियता जागृत् भई नेपालको गौरव बढेको हुनाले नेपालको
निम्ति उनी प्रात:स्मरणीय एउटा महात्मा हुन्। तर उनको सपना पूरा हुनमा भानुभक्तको
कलम सबभन्दा बढ्ता सहायक हुन आएको छ। त्यसैले पृथ्वीनारायण शाहको तलवार
भन्दा पनि भानुभक्तको कलम अहिले नेपालमा बढ्ता गौरवको र प्रभावशाली छ।
भनुभक्तको कलम प्रचारमा खुब आइदिएकोले पृथ्वीनारायण शाहको खुकुरीलाई आज
संसारका मानिसहरूले गोरखाली दापबाट झिकी नेपाली दापमा राख्दैछन्। कोही महान्
व्यक्तिको ह्दयभित्रको महान् भाव उस व्यक्तिको व्यवहारपछि त्यस देशका साहित्यका र
साहित्यबाट प्रचारित र प्रसारित हुन्छ। यसको श्रेय एक मात्र भानुभक्तलाई छ।
पृथ्वीनारायण शाहले टुक्रे नेपाललाई महानेपाल गर्ने आकाङ्क्षामा उठाएको कदम
सफल पनि अवश्य भयो, तर उनको आकाङ्क्षा भावनाबाट भन्दा तलवारको बलले पूर्ण
भएको हुनाले उनको जस्तै तलवार भएका र तलबारमा बल देख्ने मानिस, अनि साम्प्रदायिक
किसिमका मानिसहरूले प्रतिशोधको निम्ति मौका नपर्खन सक्तैनन्। तर पृथ्वीनारायण
शाहमा भावनाको साथसाथै चातुर्य पनि भएको हुनाले उनको कामना टुसाइहाल्यो। प्mेरि
पनि नेवार र पर्वते वा खस भन्ने भावना त नेपालका सन्तानहरूमा रहिरहेकै थियो। यो
भावना हुन त अझसम्म पनि गइसकेको छैन, तर भानुभक्तको रामायण र वाणी मुद्रित
भई प्रसारित भएर घरघर, छाप्रोछाप्रो गुञ्जिदिादा नेवार र पर्वतेहरू क्रमश: हातेमालो
लाएर उनको वाणी जिभ्रोमा उचाल्न लागे। भक्तिरसमा डुबेको उनको रामायणमा ज्यादै
सरलता र सौन्दर्य पनि भएको हुनाले नेवारहरूले पनि अपनाएर आनन्दमा लय हालेर
खुब गाउन थाले। उनको रामायण पढ्दा मानिसहरू ‘नेवार–पर्वते’ भन्ने भाव बिर्सन्थे।
भाषा मीठो, शैली सुन्दर, रस भराभर, त्यसमाथि भगवान् रामचन्द्रको गुणानुवाद भएको
हुनाले भानुभक्तको रामायण मानिसहरूलाई चुम्बक हुन गयो। अनि सहजै मानिसहरू
सुन्दर भाव र भावनामा तानिन लागे। त्यसको रसास्वादनमा आस्वादित हुन र मन
आकर्षित गर्नसक्ने त्यसको भक्तिरसमा डुबेर भगवान् पाउने कामना गरेर नेवारहरूले
नेपाली अर्थात् पर्वते भाषा सिक्न थाले। फलस्वरूप नेवार र पर्वतेहरूका ह्दय एकअको
र्सित नजिक आउादाआउादै मानवताको नातामा टाासिएर ‘परस्पर’ हुन आए।
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
नेवार र पर्वतेमा आपसको सम्बन्ध स्थापित भएको अवश्य पृथ्वीनारायण शाहको
वीरता र कामनाले हो, तर ती दुई जातिमा आपसको भाव जागेको त भाषाद्वारा नै हो।
कुनै भाषामा विशेष काव्य वा साहित्यको सृष्टि नभएसम्म त्यो केवल मनको कुरा वा
क्षुधा जाहेर गरी काम चलाउको पूर्ति गर्ने मानिसको सहज साधन मात्र हो। उन्नति हो
इन। त्यस्ता भाषालाई प्रान्तीय ‘बोली’ सिवाय केही भन्न सकिन्न। जब त्यसमा सुन्दर
काव्य वा साहित्यको सृष्टि हुन थाल्छ, अनि त्यो ‘वसुधैव कुटुम्बकम्’ को नजिक पुग्नलाई
एकता स्थापना गरी राष्ट्र बोक्न सक्ने शक्ति वा साधन हुन जान्छ। संसारमा अनगन्ती
भाषा भएर अनगन्ती जाति र राष्ट्र भए तापनि पूर्वमा वाल्मीकिको ‘रामायण’, व्यासको
‘महाभारत’ अनि कालिदासको ‘शकुन्तला’ र पश्चिममा होमरको ‘इलियट’, ‘ओडेसी’
शेक्सपीयरको ‘हेममेट’, ‘मैकबेथ’... महाकाव्य वा साहित्यहरूले मानिसहरूको भावना
केन्द्रको मानवता जाहेर गर्ने सूक्ष बिन्दुलाई पनि छोएर पूर्व र पश्चिम दुई नै भएर
त्यसभित्र रहिरहने द्वित्वलाई पनि मेटाएर एकत्वको भावमा ल्याइरहेका थिए। अर्थात्
पूर्व र पश्चिमको दूरीकरण हटाएर परस्परको समीपमा ल्याउन खोजेका छन्। उमरखै
यामका ‘रूवैयात’, तुलसीको ‘रामायण–विनय पत्रिका’, रवीन्द्रनाथको ‘गीताञ्जली’, अनि
त्यस्तै टाल्सटाय, गोर्की, चेखव रोमारोला...हरूका कृतिहरू पढ्दा हामी हिन्दू–मुसलमान,
क्रिश्चियन अर्थात् जाति–विजाति र देशी–विदेशी भन्ने भेदभाव एकदमै बिर्सी मानवतामा
आइपुग्छौं। मानिसहरूको अज्ञानताको उपज यस्ता भेदभाव हटेर अहिले मानिसहरूमा
आउन खोजिरहेको सामाञ्जस्य–भाव यस्तै महाकाव्य वा महासाहित्यकै प्रभाव हो। त्यसै
ले कवि–लेखकहरू ‘सत्य’ का स्रष्टा ‘शिव’का स्रोतक अनि ‘सुन्दर’का निर्माता हुन्।
यिनीहरूकै लेखनीद्वारा संसारमा परस्परको भावना उद्भव भइरहेको छ, आनन्दको स्रो
त बहिरहेको छ, अनि शान्तिको प्रेरणा बढिरहेको छ।
भारतवर्षमा उहिले मध्ययुगमा जनसंख्याको बलले हिन्दूले मुसलनमानहरूलाई
कुल्चिरहेको थियो, तलवारको बलमा मुसलमानले हिन्दूहरूलाई धपाइरहेको थियो।
हन्दूमा पनि शैव–वैष्णव–शक्तिको रूपमा मानिसमानिसमा एकअर्कालाई खतम गर्ने भावना
जागरित भइरहेको थियो। त्यस वेला तुलसीदासको ‘रामायण’ महाकाव्य निस्केर दिन
दुई रात चौगुना बढिरहेको वैमनस्य–भाव हटाएर सामञ्जस्य स्थापन गरिदियो। त्यस्तै
कवीरका कविताहरूले पनि ‘पर’लाई ‘परस्पर’मा ल्याइदिएका थिए। पन्जाबमा भएको
हिन्दू–मुसलमानको झगडालाई लिएर लेखिएका कृष्णचन्द्रको ‘पेशावर यात्रा’ आदि कहानी
र रामानन्द ‘सागर’को ‘ओर इन्सान मर गया’ उपन्यासले लाखौं हिन्दू–मुसलमानलाई
हातेमालो लगाइदिएका छन् र करोडौं साम्प्रदायिकहरूलाई होशमा ल्याएर मानिसबीचको
‘पर’भाव हटाई आखिर सबैलाई एक दिन ‘परस्पर’को भावना जोड्नेछन्।
यस्तै एकता र राष्ट्रियताको संस्थापन गरी मानिसहरूलाई महानतातिर अग्रसर
गराउने नेपाली भाषाका साहित्यकारमा भानुभक्तलाई त्यसको भूमिका भन्न सकिन्छ।
रजस्थल 
भानुभक्तले ‘रामायण’ नै नेपाली भाषामा साहित्यको परिभाषामा निस्केको प्रथम साहित्य
हो। यसभन्दा अगाडि नेपाली भाषामा कुनै विशिष्ट साहित्य थिएन। इन्दिरस, वसन्त,
रघुनाथ, गुमानीहरूले नेपाली भाषामा साहित्यिक रेखासम्म तान्न लागिरहेका थिए।
भानुभक्तभन्दा अगि वर्तमान नेपाली भाषा केवल ‘खस कुरा’ मात्र थियो, नेपाली भाषालाई
राष्ट्रभाषामा ल्याएको श्रेय त भानुभक्तलाई नै छ। नेपाली भाषाको साहित्य–मन्दिरको
शिलान्यास भानुभक्तले गरेका हुनाले नै भानुभक्त, अग्रज कविहरू हुादाहुादै पनि, आदिकविको
दर्जामा प्रतिष्ठित भएका हुन्।
भानुभक्तभन्दा अगाडि वर्तमान नेपाली भाषामा केही बल थिएन, विभाषीहरूलाई
यो भाषामा बोलाउने कुनै प्रभाव थिएन, त्यसैले अत्यधिक सङ्गत र सम्बन्धमा परेका
बिरालाकोटी विभाषीले बाहेक चाख मानेर कसैले पनि यो भाषालाई अपनाएको थिएन।
अत्यन्त सम्पर्कताको कारण गुरूङ, मगर, तामाङ आदि स्वतन्त्र भाषा भएका जातिले बो
ले तापनि यो भाषा केटाकोटीहरूले बोलिने क्वाक्वाचा, चिची, पापा, माम, बुबु आदि
बालभाषा र कामचलाउको रूपमा मात्र ताती हिाडिरहेको थियो। नेवार–जातिले त यो
भाषा जान्दैजान्दैन, बोल्दैबोल्दैन भने पनि अत्युक्ति छैन। पछि भानुको उदय भएपछि
उनको रामायण–भाषाको सरसता, सरलता, मिठास, माधुरीको कारण भानुभक्तले आफ्
ना कृतिमा बोलेका यावत् शब्द विभिन्न जातिले बनेका सम्पूर्ण नेपालीहरूका ह्दयमा
प्रतिध्वनित हुन गए। अहिले भानुको नेतृत्वमा उठेको भाषाका शब्दहरू तराईका मधिसे
भाइबहिनीहरूबाहेक महलदेखि लिएर छाप्रोमा बस्ने व्यक्तिव्यक्तिमा समेत गुञ्जिरहेका
छन् र यो गुञ्जन आज तराईमा पनि घन्किन जाादै छ।
भानुभक्त आचार्यका ‘एक्दिन् नारद सत्य लोक् पुगिगया लोक्को गरूा हित् भनी’
आदि मोहन–वाणीबाट मोहित भएर लाखौं गरिबगुरूवाका निरक्षर सन्तानले साक्षरताको
सौभाग्य पाइरहेका छन् र लाखौं विभाषीहरूले अपनाएर वर्तमान यो नेपाली भाषा सिके
र सिक्न चाख माने। फलस्वरूप आज यो भाषाले नेपाली भाषा कहलाएर राष्ट्रभाषाको
मान्यता पाइरहेको छ। शिक्षा र साक्षरताको प्रचारले आफ्नो स्वार्थमा धक्का पर्ने देखेर
राणा सरकारले ताल्चा लाइराखेको हुनाले नेपालमा शिक्षा र साक्षरताप्रचारको सम्भवै
थिएन। केवल निरक्षर भट्टाचार्यहरू सिर्जेर उनीहरूको सुख लुट्ने र उनीहरूलाई नै
आफ्ना विलास–सामग्री धुवाएर भरिया गराउने राणाहरूको एक मात्र उद्देश्य थियो, तर
त्यस्तो स्थितिमा पनि भानुका ‘एक् दिन् नारद सत्यलोक् पुगिगया...’ आदि सरल, सरस
र सुन्दर कविताहरूले आज सिपाही, किसान र भरियाका दीनहीन छोराछोरीहरूलाई
पढ्ने सिक्ने कुतकुती, जागृति र प्रेरणा उब्जाइदिए। खालि भानुभक्तको रामायण पढ्न
जानेर आनन्दविभोर हुनुलाई पनि मानिसहरूले तुरून्त क ख ग घ र बाह्रखरी सुरू
गरेर साक्षर हुन खोजेका छन्। त्यस्तै रूपमा लालायित भएर पनि नेपालका लाखौं गरिब
सन्तान साक्षर भएर शिक्षित भएका छन्। सम्भव छ, आजको नेपालको नेता विश्वेश्वर
प्रसाद, डिल्लीरमणहरू पनि भानुको ‘एक दिन नारद सत्यलोक पुगिगया’ कै प्रभाव र
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
प्रेरणाको विकास वा उन्नत रूप हुन्। विभाषीको वंशमा सिद्धिचरण र भिक्षुजस्ता महान्
कवि नेपाली भाषाको साहित्यजगत्मा निस्कनु पनि भानुकै ‘एक् दिन् नारद सत्यलोक्
पुगिगया’ वीजवृक्ष भएको होला।
यद्यपि पृथ्वीनारायण शाहको उद्देश्यमा नेपाललाई बृहत् नेपाल बनाउने भाव समावे
श थियो, यसैले उनले आफ्नो राजधानी ‘गोरखाको’ गौरवलाई नि तिलाञ्जलि दिई
अर्थात् आफ्नो भन्ने मोहलाई नि त्यागी काठमाडौंलाई राजधानी र केन्द्र बनाएर बृहत्
नेपालको निर्माण र सञ्चालन गर्न लागे, तर पनि उनी गोरखाका अधिपति र विजेता
भएका हुनाले हो कि कुन्नि, बाहिरफेरा अर्थात् अन्तराष्ट्रमा गोरखाका मानिसलाई मात्र
होइन, झन् सारा नेपालका वासिन्दालाई नै ‘गोरखाली’ र यहााको सरकारलाई ‘गोरखा
सरकार’ भन्न थाले,। कठमाडौंमा राजधानी स्थापन गरेजस्तो बुद्धिमानी पृथ्वीनारायण
शाहले सिक्का र टिकट (स्टाम्प) हरूमा पनि ‘नेपाल सरकार’ भन्ने नाम अङ्कित गर्ने
बुद्धिमानी गर्न सकेनन्। सिक्कामा उनका छ पुस्ताका र टिकटहरूमा त झन् ९ पुस्ताका
राजा श्री ५ त्रिभुवनवीरविक्रम शाहको पालि वि.सं. १९६४ सम्म पनि ‘गोरखा सरकार’
नै अङ्कित थियो। बल्ल शा.स. १७८७ तदनुसार वि.सं. १९२२ मा श्री ५ सुरेन्द्रविक्रम
शाहको पालिमा सिक्कामा तथा टिकटहरूमा वि. १९८६ सालमा श्री ५ त्रिभुवनवीर
विक्रम शाहको पालिमा ‘नेपाल सरकार’ भन्ने अङ्कित गर्ने बुद्धि सुझ्यो। पृथ्वीनारायण
शाहको बृहत् नेपाल बनाउने उद्देश्य वा कुरालाई लिएमा यसलाई त्रुटि नभन्न सकिन्न,
यसलाई उदारताको छेका पनि भन्न सकिन्छ। पृथ्वीनारायण शाहको यो कामलाई हे
र्दा उनले गोरखामा राजधानी नगरीकन काठमाडौंमा राजधानी गरेको त निजत्वको मो
ह त्यागेका होइनन्, विजित देशहरूको सुरक्षाको निम्ति बलियो गढ बनाएर पराजित
शत्रुहरूको खोस्ने आशङ्का मेटाएका मात्र हुन् भन्न सकिन्छ। हुन पनि उनले यसमा
दृष्टि पुर्‍याउन नसक्नाले यो काम उनको विशालताकै निम्ति सङ्कीर्णता हुन आयो।
यस्तै अर्को भूल पृथ्वीनारायण शाहले इन्द्रजात्राको दिन राजासहित पल्टनले शहर
परिक्रमा गरेर ‘काठमाडौं विजय दिवस’ मनाउने परम्परा चलाउनमा गरेका छन्। यदि
‘बृहत् नेपाल दिवस’ मनाएका हुन् भने सम्पूर्ण नेपाल हातमा लागेको आखिरी दिनमा
मनाउनुपर्छ। वास्तवमा त्यो परम्पराले साधारण पराजित जातिका व्यक्तिहरूमा सङ्
कीर्णता उत्पन्न हुन सक्ने हुनाले पृथ्वीनारायण शाहको यो भूलको मूलच्छेद नेपालमा
प्रजातन्त्र स्थापन गर्ने श्री ५ त्रिभुवनवीरविक्रम शाहद्वारा २००७ सालदेखि भयो। कतिपय
आफ्नै त्रुटिको कारण ‘नेपाल र नेपाली’ भनाउने, गराउने पृथ्वीनारायण शाहको उद्देश्य
वास्तवमा त्यति महकिन नसकिरहेको थियो, तर भानुभक्तको ‘एक् दिन् नारद सत्यलोक्
पुगिगया...’ रामायणको मीठो भाषा नेपालका कुनाकाप्ची सवत्र्र गुञ्जेर भाषा–सदनको
रूपमा मूर्तिएको भावनाले पृथ्वीनारायण शाहको मनसाय जगमगाइदियो। तरबारको
बलले सफल नभइरहेको पृथ्वीनारायण शाहको महत्वकाङ्क्षा आज भानुभक्तको कलमको
बलले पूर्ण हुादैछ
 
" "