Social Icons

भानुभक्तको रामायणमा वेदान्त दर्शन - प्रा. डा. जयराज पन्त

रजस्थलका सम्पादक अधिकारी महोदयले आदिकवि भानुभक्त आचार्यको दुई
सयौा जन्म जयन्तीको कार्यक्रम अन्तर्गत विशेषाङ्क प्रकाशित गरिन लागेकोले एउटा
लेख पठाई दिन स्याङ्जाबाट केही दिन पहिले फोन गर्नु भयो । आदिकवि भानुभक्तको
प्रशंसक भएकोले उनका योगदानमाथि चर्चा गर्ने कामप्रति जिम्मेवारी बोध गरी यो लेख
तयार पारिएको हो । यो लेख भानुभक्तले रामायणमा प्रयोग गरेको वेदान्त दर्शनको
चर्चामा आधृत छ ।
भानुभक्तीय रामायण अध्यात्म रामायणको प्रभावबाट रचना गरिएको कृति
हो । अध्यात्म रामायणमा वेदान्त दर्शनको विस्तारपूर्वक व्याख्या गरिएको छ तर
भानुभक्तले भने राम कथालाई नेपाली लोकले रुचाउने शैलीमा आफ्नो रामायण प्रस्तुत
गरेकाले त्यस्तो दार्शनिक चिन्तन भएको प्रसङ्गलाई ज्यादा महत्व दिएका छैनन् । त्यसो
हुादाहुादै पनि कतिपय सन्दर्भमा वेदान्त दर्शनका मर्मलाई सुहाउादो र सजिलो तरिकाले
यिनले प्रस्तुत गरेका छन् ।
ऋग्वेद, ऐतरेयोपनिषद् (३।३) को प्रज्ञानं ब्रह्म, शुक्लयजुर्वेद, वृहदारण्यकोपनिषद्
(१।४।१०) को अयमात्मा ब्रह्म, सामवेद, छान्दोग्योपनिषद् (६।८।७) को तइभ्वमसि
र अर्थवेद, माण्डूक्योपनिषद् (१।२) को अहं ब्रह्मास्मिलाई वेदका चार महावाक्य
भनिन्छ । यिनै चार महावाक्यको चिन्तनको व्याख्यामा आधृत दर्शन नै वेदान्त दर्शन
हो । यस दर्शनलाई अध्यात्मविद्या, पराविद्या, मधुविद्या, ब्रÞमविद्या आदि नामले पनि
पुकारिन्छ । यी सबैले अविनाशी, अद्वैत, ब्रÞम वस्तुको साक्षात्कार गराउाछन् ।
यस दर्शनमा आध्यात्मिक जगत्का सम्पूर्ण सत्यको समावेश गरिएको पाइन्छ ।
सर्वदा मुक्त रहेको तर अनेक थरी बन्धनमा परेको अनुभव गर्ने जीवलाई सप्रमाण मुक्त,
आनन्द स्वरूप, ब्रÞम स्वरूप, अखण्ड, एक रस ब्रÞम वस्तु घोषणा गर्नु नै यस दर्शनको
विलक्षणता हो भनिन्छ । ब्रÞम निराकार, अनन्त, अखण्ड, परमानन्दमय, ज्ञानमय,
प्रकाशमय र चिन्मय भन्दै कुनै स्वरूपमा त्यो प्रकट हुादैन भनिएको छ । ब्रÞम भन्ने
कुरा अनुभव गरिन्छ तर व्यक्त गर्न सकिादैन । त्यसैले यसको परिचय दिने क्रममा
दार्शनिकहरू ‘नेति’ ‘नेति’ अर्थात् यो पनि होइन त्यो पनि होइन तर केही न केही त
हो भनेका छन् ।

ईश्वर सबभन्दा नजिकका आफन्त हुन् भन्ने ठानेर आफ्नो स्वरूप नै उनीमा
आरोपित न गरेसम्म उनको प्राप्ति हुादैन । आमा, बाबु, साथी, भाइ, बन्धु, इष्टमित्र आदि
जुन रूपमा चिन्तन गर्‍यो त्यही रूपमा प्रकाशित हुन्छन् । अर्को कुनै उपाय बााकी न रहे
जस्तै गरी भित्री मनबाट अनन्य रूपमा संझ्यो भने पनि उनलाई प्राप्त गर्न सकिन्छ ।
सगुण साकार, सगुण निराकार र निर्गुण निराकार गरी ईश्वरका तीनवटा भेद
भएको कुरा वेदान्तले बताएको छ । जमेको पानी हिउा बने जस्तै सगुण साकार अवस्था,
हिउा पग्लेर पानी बनेको सगुण निराकार अवस्था र तताएको पानी बाफ बनेर उडी
स्वरूपमा न देखिएको निराकार अवस्था हो । ब्रÞमज्ञानीहरू ईश्वरका उपर्युक्त तीनवटै
रूपको दर्शन प्राप्त गर्दछन् । त्यस्ता व्यक्तिहरू अकर्ता भएर काम गर्दछन्, अभोक्ता
भएर भोग गर्दछन्, अगन्ता भएर यात्रा गर्दछन् र गुणातीत भएर विधि र निषेधको
तहभन्दा पर पुग्दछन् । बाहिरी दुनियाातिर दौड्नेहरूका दृष्टिमा भोगी र विलासी देखिने
भगवान् कृष्ण यथार्थमा आबाल ब्रÞमचारी थिए । त्यसै गरी भिक्षा माग्दै हिाड्ने र
भन्नासाथ भिक्षा न दिएमा श्राप दिने रिसालु भनिएका दुर्वासा ऋषि यथार्थमा निराहार
बस्ने महान् साधक थिए ।
यस्तो वास्तविकता तबमात्र जानिन्छ जब संसारी पर्दा, भ्रमको बिर्को, अज्ञानको
कालो बादल खुल्दछ । ज्ञानका गहिराइमा डुबेर लामो साधना गरेपछि मात्र भ्रमका
सारा पर्दा खुल्दछन् र वर्षा कालपछि देखिने सफा आकाश जस्तै यथार्थ स्थितिको बोध
हुन्छ । त्यस्तो ज्ञान ब्रÞमविद्या वा वेदान्त विद्याबाट प्राप्त हुन्छ । यस्तो साधनाका लागि
भावना र मनोयोग भए पुग्छ । यसका लागि धूप, बत्ती, फूल, अक्षता, नैवेद्य, दक्षिणा,
भेटी, विधिवत् गरिने कर्मकाण्ड र शुभमुहूर्त जस्ता कुरा चाहिादैनन् । यो काम कुनै
धर्म, जाति, वर्ग, क्षेत्र, कुल, गोत्र, व्यक्ति, परिवार आदिको पेवा हुादैन तर यसका लागि
आधारभूत अनुशासन र योग्यता भने चाहिन्छ । ईश्वर तथा ज्ञानलाई कसैले ढाकछोप
गरेर राख्न सत्तैmन । यही कुरा भानुभक्त यसरी भन्दछन् :
बादल्ले अरु ढाक्छ ढाक्छ अरु क्या श्रीसूर्यलाई पनी ।
लोक् ता भन्छ उठ्यो र बादल ठुलो सब् सूर्य ढाक्यो भनी ।।
तस्तै तत्व नजानि बोल्छ जन जो सो भन्छ मानिस् पनी ।
योगी ज्ञानि त चिन्दछन् यि रघुनाथ् त्रैलोक्यका नाथ् भनी ।।१।३०।।
(आचार्य, २०३९ : ६) ।
जाल बुन्नमा मान्छे र माकुरा सिपालु भए पनि माकुरा जालबाट उम्कन जान्दछन्
तर मान्छे भने जान्दैन । कालो चिम लगाएमा बत्तीको उज्यालो कालो देखिए जस्तै
रगतको बिउ रोपिएमा रगतकै फल फल्दछ । यो कुरा न जान्ने व्यक्तिहरू संसारलाई
नै सत्य ठान्दछन् । तिनका विचारको चित्रण गर्दै भानुभक्त यसो भन्दछन् :

जस्लाइ रिङटा छ भन्छ उ फगत् घुम्छन् उ पर्वत् भनी ।
घुम्दैनन् यि त घुम्छ तेहि रिङटा जान्दैन कोही पनी ।।
अज्ञान् रुप् रिङटा हुन्या जनहरू भन्छन् ति मानिस् पनी ।
राम् ता हुन् परमेश्वरै सकल यस् चौधै भुवन्का धनी ।।१।३१।।
(आचार्य, २०३९ : ६) ।
सूर्यैमा पनि अन्धकार् छ कहिा क्या तस्तै छ राम्मा पनी ।
शोक् अज्ञान् रति छैन जान्नु सबले आत्मा इनै हुन् भनी ।।
आर्को गोप्य रहस्य भन्छु सुन यो संवाद् सितारामको ।
भूभार् हर्न त को थियो जब हर्‍या छिन्छान् भयो कामको ।।१।३२।।
(आचार्य, २०३९ : ६) ।
आत्माको र परात्मको छ कति फेर् त्यो एक जानी लिनू ।
जुन् जुन् चीज अनात्म हुन् उ त झुटा जानेर छाडी दिनू ।।
आत्माको र परात्मको गरि विचार् एक् तत्व जान्यो जसै ।
अज्ञान् सब् छुटि जान्छ ती पुरुषको मै तुल्य हुन्छन् तसै ।।१।३९।।
(आचार्य, २०३९ : ७) ।
माया छ यो सब जगत् भनि नित्य जानी ।
आनन्द यस् विषयमा रतिभर् न मानी ।।
मेरो भजन् गरि रहोस् सब पाप हन्र्या ।
येही उपाय छ सहज्सित पार तन्र्या ।।७।२८।। (आचार्य, २०३९ : १८५) ।
जीवनका प्रत्येक व्यवहार आदर्शमय बनाउने सन्देश स्वयं उदाहरण बनेर पेस
गर्ने पात्र भगवान् रामबाट सच्चरित्र सिक्नु नै बुद्धिमानी हो । राम नै परमात्मा हुन्।
राममय बन्न र रामलाई सही अर्थमा चिन्न कवि आफ्ना पाठकहरूलाई सल्लाह
दिन्छन् । बिहानीपख पूर्वतिर फर्के मात्र सूर्यको दर्शन पाइन्छ, पश्चिमतिर फर्केर हजार
प्रयत्न गरे पनि सूर्यको दर्शन पाइादैन । सबभन्दा पवित्र वस्तु आर्जन गरेपछि सबभन्दा
बढी, सबभन्दा उत्कृष्ट र सबभन्दा अविनाशी, शाश्वत र अखण्ड आनन्द प्राप्त हुनु
स्वाभाविक हो । यस्तो आनन्द पाउनका लागि बुद्धिमा ज्ञानको बत्ती बलेको हुनु पर्दछ :
भूभार् हर्न निमित्त आज भगवान् यस् पृथ्वितल्मा झर्‍या ।
कौशल्यातिर जन्मनू पनि थियो सो सत्य ऐल्हे गर्‍या ।।
कौशल्या दशरथ् दुवै तिमि अघी कश्यप् अदीती थियौ ।
ईश्वर्लाइ म पुत्र पाउा भनि तप् गर्दै समाधी लियौ ।।१।७४।।
(आचार्य, २०३९ : १३) ।
खूशी भै वरदान् दिया प्रभुजिले छोरो म हूाला भनी ।
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
सोही सत्य गराउनाकन यहाा जन्म्या परात्मा पनि ।।
शेष् हुन् लक्ष्मण शंख हुन् भरतजी शत्रुघ्न चक्रावतार् ।
हुन् को जान्दछ तत्व यो बुझ तिमी लीला प्रभूकी अपार् ।।१।७५।।
(आचार्य, २०३९ : १३) ।
आफ्नो प्रारब्धानुसार प्राप्त कुरामा सन्तोष मानी कर्म गरी रहनु र संसारका
सम्पूर्ण पदार्थ मायिक र मिथ्या हुन् भनी बुझेर व्यवहार गर्नु पर्दछ । सबै प्रकारका
आपत्तिहरूको मूल अज्ञान हो । बुद्धिमान्ले अनेकौा यत्नद्वारा भए पनि अज्ञानलाई जरैदेखि
नष्ट गर्नु पर्छ । प्रारब्धानुसार भोग्नु पर्ने स्थितिको भोग ईश्वरले भोगाएरै छोड्दछन् ।
त्यसका लागि जस्तो प्रपञ्च रच्नु परे पनि उनी पछि पर्दैनन् । व्यवहार शरीर, इन्द्रिय,
मनले गर्ने कुरा हो । प्रारब्ध, संस्कार तथा वर्णाश्रमानुसार स्वाभाविक रूपमा व्यवहार
गर्नै पर्दछ । व्यवहार चल्ने चलाउने भनेको त मायावी परमेश्वरको इच्छामा भर पर्ने
कुरा हो । उनको इच्छा नभए पात पनि हल्लादैन । आफ्नो प्रारब्ध भोग गर्नु पर्दछ ।
ब्रÞमाजीले पनि त्यसलाई मेट्न, मेटाउन सक्तैनन् :
वाणी गैकन विघ्न पारिकन आउ ती मन्थरा कैकयी ।
द्वी स्त्रीका घटमा पसेर तिमिले काम् सिद्ध लाऊ गई ।।
द्यौताका यि वचन् सुनेर झटपट् त्यस् मन्थरामा पसिन् ।
कैकेयीकन खुब् भुलाउन भनी फेर् कैकयीमा पसिन् ।।२।१३।।
(आचार्य, २०३९ : २७) ।
यो प्रारब्ध ठुलो छ भोग न गरी टर्दैन कस्तै गरी ।
हून्यै छौ तिमि मुक्तदेह पछि ता संसार् सहज्मा तरी ।।
हूकुम् यो गरि मुख्य भक्त गुहका साम्ने अगाडी सरी ।
आलिंगन् दिइ भूषणादि दिनु भो राज्यै समेत् थप् गरी ।।६।३७१।।
(आचार्य, २०३९ : १७८) ।
शरीरलाई शरीर, मनलाई मन र इन्द्रियलाई इन्द्रिय नै रहन दिएर जीवलाई मात्र
शिव बनाउने प्रयत्न गर्ने हो भने अद्वैत वेदान्त र जीवन व्यवहार घनिष्ट मित्र बन्दछन्
। वेदान्तले व्यवहारलाई बिथोल्ने न भएर असली गन्तव्यतिर डोर्‍याउने काम गरेको
हुन्छ । यसले व्यवहारबाट विमुख गराएर जोगी नै बनाउाछ भन्ने कुरा सत्य होइन ।
यसले त व्यवहारलाई ज्ञानोन्मुख तुल्याउाछ । सांसारिक सुख सच्चा सुख होइन । यो त
क्षणिक चमत्कार जस्तो लाग्ने भ्रम मात्र हो :
सुन्यौ भाइ झ् संसार्मा शरिर अति कच्चा छ जनको ।
शरिर् कच्चा जानी नगर तिमि रिस् कत्ति मनको ।।
सबै भोग् चञ्चल् छन् बिजुलिसरि एक् छिन् न रहन्या ।

विचार् यस्तो राखी सहु तिमि बडो हुन्छ सहन्या ।।२।३०।।
(आचार्य, २०३९ : ३०) ।
लोभ, लालच, इच्छा, आकाङ्क्षा जस्ता कुराको अन्त्य कहिल्यै हुादैन । कालको
मुखमा परी सक्ता पनि यस प्रकारका तृष्णा रही रहेकै हुन्छन् । यो यथार्थ भानुभक्तले
ज्यादै सुन्दर शैलीमा यसरी प्रस्तुत गरेका छन् :
भ्याग्तो खाा भनि खोज्छ डाास् मुखविषे सााप्ले धर्‍याको पनी ।
तस्तै भोग् गरुाला भनेर मनले भन्छन् दुनीयाा पनी ।।
क्याको रस् छ यहाा विचार मनले काल्सर्पको मुख् परी ।
क्या होला वन जाउाला यि सबलाइ आनन्द राखुन् हरी ।।२।३१।।
(आचार्य, २०३९ : ३०) ।
संसार रातभरि बसेर बिहानै उठेर हिाड्ने ठाउा अर्थात् बास बस्ने धर्मशाला जस्तै
हो । संसारमा आफूलाई पाहुना वा परदेशी बटुवा मानी आनन्दसाग एक रात बास बसेर
भोलिपल्ट हाासी हाासी आफ्नो गन्तव्यतिरको यात्रा अघि बढाउनु नै पर्दछ । ज्ञानीहरू
संसारमा रहादा रहादै पनि निर्लिप्त बनेर बस्दछन् :
देश् देश्का बाटुलिन्छन् बुझ तिमि मनले बाटका पाटिमाहाा ।
बात्चित् गर्दै रहन्छन् खुशिसित मनले बन्धु झौ राति ताहाा ।।
प्रात:काल् भो जसै ता उठिकन ति सबै दस् दिशा लागि जान्छन् ।
बन्धूको सङ्ग यस्तो बुझिकन गुणिले दु:खसुख् एक मान्छन् ।।२।३२।।
(आचार्य, २०३९ : ३०) ।
धन, सम्पत्ति, यौवन, सांसारिक सुख ज्यादै क्षणिक हुन्छ किनभने यो सााचो
सुख होइन । यसमा रहनु परे पनि टाासिनु चाहिा हुादैन :
छायातुल्य छ लक्ष्मि यौवन भन्या भेलैसरीको भनी ।
भन्छन् स्त्रीसुखलाइ स्वप्नसरिको सााचो कुरा हो भनी ।।
यस्तै जानि पनी मनुष्यहरू सब् संसारमा भुल्दछन् ।
भुल्नैका वशले अनेक् फजितिले संसारि भै डुल्दछन् ।।२।३३।।
(आचार्य, २०३९ : ३०) ।
जुन् यस् देह निमित्त यो रिस गर्‍यौ चिन्छौ कि कस्तो छ यो ।
हाड् मासू र रगत् नसा यति कुरा जम्मा भई बन्छ यो ।।
विष्ठा हुन्छ कि भस्म हुन्छ पछितक् बााच्तैन यो ता कसै ।
यस्का खातिर घात् गर्‍यौ पनि भन्या पाप् मात्र लाग्ला उसै ।।२।३४।।
(आचार्य, २०३९ : ३०) ।
क्रोधै हो यमराज सर्व जनको वैतर्नि भन्नू पनी ।
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
तृष्णा हो भनि यो बुझेर तिमिले कैल्हे न बिस्र्या पनी ।।
सन्तोष्लाइ बुझि कामधेनुसरिको सन्तोष मन्ले रहू ।
रिस् गर्नू बढिया त छैन वनमा जानू असल् हो सहू ।।२।३५।।
(आचार्य, २०३९ : ३०) ।
यस्तै हो सुन कर्मका वश हुादा बस्तैन एक् ठाम् रही ।
कस्तै कोहि हवस् अवश्य करले जानू छ जाहाा गई ।।
कर्मैको फल भोग गर्छ दुनियाा यै चित्तमा लेउ भाइ ।
आमैले यहि बात् बुझीकन बिदा दीनू हवस् हामिलाइ ।।२।३६।।
(आचार्य, २०३९ : ३१) ।
परमात्मा भनेको चैतन्य स्वरूप, ज्ञान रूप, प्रकाशमय, आनन्दमय अविनाशी
शक्ति हो भन्दै शब्द, मन, इन्द्रिय, उपाधिभन्दा धेरै पर रहने त्यस्तो तइभ्व प्राप्त गर्न
आफूभित्रको आफ्नै स्वरूप चिन्नु पर्दछ । बाहिरी आाखामा देखिने जगत्मा खोजेर
परमात्मा प्राप्त हुादैन । त्यसलाई पाउनका लागि आत्म चिन्तन, परमात्म चिन्तन
र ब्रÞम चिन्तन गर्नु पर्दछ । त्यो तइभ्व जीवको सबभन्दा नजिकमा रहन्छ र शरीर
रहादासम्म जीवमय बनेको हुन्छ । त्यसलाई पाउन आाखाको हेराइ आफैभित्र केन्द्रित
गर्नु पर्दछ । जीवलाई आफैमा धारण गरेर परमात्माले शिव बनाउन नै चाहन्छन् तर
जीव अनेक जन्मका बन्धनमा परेर त्यो कुरा बुझ्दैन :
दाताको छ यहाा इ दु:खसुखको फल् मिल्छ सब् कर्मको ।
दिन्छन् भन्नु कुबुद्धि हो न भन यो नाश् हुन्छ सब् धर्मको ।।
कर्ता हूा पनि भन्नु छैन अभिमान् जन्ले न गर्नू कहीा ।
कर्मैको फलभोग मिल्छ तिमिले यो बुझ्नु जाहीातहीा ।।२।५७।।
(आचार्य, २०३९ : ३४) ।
जीव भनेको संसारी, विकारी, नाशवान् शरीरादि सहितको मासुको डल्लो होइन ।
त्यो त शुद्ध, बुद्ध, निर्विकार, चैतन्य, दु:खको न्यूनतम अंश पनि न भएको शक्ति हो ।
यसैलाई आत्म साक्षात्कार, ब्रÞम साक्षात्कार तथा तइभ्वबोध पनि भनिन्छ । ज्ञानी सदा
सुखी हुन्छ । अज्ञानी जतिसुकै सम्पन्न, वैभवशाली र शक्तिशाली भए पनि सुखी हुन
सत्तैmन । आफूमा भएको कर्ता र भोक्ताको भाव तथा संसार सााचो हो भन्ने भावलाई पूर्ण
रूपमा त्यागे मात्र ज्ञानको उदय हुन्छ । जानेमा ब्रÞम ज्ञानी बन्नु ज्यादै सजिलो छ ।
वर्तमानको प्रयत्न मात्र न भएर जन्मजन्मान्तरका कर्महरूको फलबाट प्रारब्ध बन्दछ :
धीरा भै रहनू विपत्ति सहनू कस्तै परुन् तापनि ।
कैÞलै मोहविषे न पर्नु जनले माया छ संसार् भनी ।।२।५८।।
(आचार्य, २०३९ : ३४) ।

सांसारिक मोह र बन्धनमा पार्ने काम शक्तिले नै गर्दछ । त्यो पनि प्रारब्धकै
कारण भोग्नु पर्दछ । निर्देशकले जस्तो आदेश गरे अभिनेताले त्यस्तै अभिनय गरे जस्तै
यो कुरा हो :
हाासी सीतापतीले पनि अभय दिया जो भनायाा भन्यौ सो ।
दोष् तिम्रो छैन यस्मा बुझ तिमि मनले मेरि इच्छा त हो यो ।।
मन्मा सन्तोष पाऊ मकन दिनदिन्ै सम्झादै दिन् बिताऊ ।
छुट्नन् सब् कर्म तिम्रा रतिभर मनमा शोक् न राखेर जाऊ ।।२।११६।।
(आचार्य, २०३९ : ४४) ।
सायुज्यै मुक्ति मिल्ला तिमिकन सुन यो देह जैले त छुट्ला ।
भन्न्या आज्ञा प्रभूको सुनिकन अब ता कर्मको पाश टुट्ला ।।३।१७।।
(आचार्य, २०३९ : ४८) ।
सायुज्यै मुक्ति पाई स्तुति पनि बहुतै भक्ति राखेर लाई ।
पौाच्या धाम्मा जटायू प्रभु पनि नरको ठिक्क लीला जनाई ।।३।१०१।।
(आचार्य, २०३९ : ६२) ।
अठार पुराण, अठारै उपपुराण र ब्रÞमसूत्र जस्ता ज्यादै महइभ्वपूर्ण ग्रन्थको
रचना वेदव्यासले गरेका हुन् । यी सबै ग्रन्थहरूको उद्देश्य तीनवटै दु:खको निवारण
तथा जीवात्मा र परमात्माको एकता बोधपूर्वक जीवात्मालाई मुक्तात्मा बनाउनु हो ।
संसारतिर अभिमुख भएको मनुष्यलाई परमात्मातिर अभिमुख गराउनका लागि यी ग्रन्थ
रचिएका हुन् । ईश्वरको नाम सङ्कीर्तन भयो भने सांसारिक बन्धनबाट मुक्ति मिल्दछ
। सांसारिक बन्धन भनेको अनेक जुनी लिएर जन्मनु, मर्नु र प्राणीका प्रमुख शत्रु मानिने
लोभ, मोह, ईष्र्या, डाह, क्रोध र मदका पन्जामा परी रहनु हो । यस्तो अवस्थाबाट
छुट्कारा पाउनका लागि भित्री मनदेखि नै ईश्वरको ध्यान गर्नु र उनको कुनै न कुनै
नाम जप्नु आवश्यक हुन्छ । सन्तानको नाम ईश्वरको नामबाट राख्ने परम्परा पनि
यस्तै मान्यताका कारण विकसित भएको हो । मुक्ति प्राप्त गर्नका लागि चाहिने अनेक
साधनहरू पनि छन् :
नौ साधन् कि त भक्ति छन् ति नवमा पैल्हे त सत्संग हो ।
पैल्हे साधन पो भयो पनि भन्या बााकी रÞयाका ति जो ।।
आठ् साधन्हरू हुन् ति ता क्रमसितै मिल्छन् असल् सङ्गले ।
सत्को सङ्ग भया सबै बनि गयो क्या हुन्छ कुन् सङ्गले ।।३।११५।।
(आचार्य, २०३९ : ६५) ।
मृत्यु जीवनको शत्रु न भएर मित्र हो । जीव भएर जन्मेपछि अवश्यंभावी मृत्युसित
डराउनको सट्टा मित्रता गाास्नु नै बुद्धिमानी हुन्छ । सुतेको समयमा जीवन र जगत्सित
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
मात्र न भएर आफूसित सम्बद्ध कुराको पनि थाहा हुादैन । यो देखिने संसार तथा भौतिक
प्रपञ्च पनि त्यस्तै हो । यो त आाखाको चमत्कार मात्र हो र एक प्रकारको जादू हो।
सुतेको अवस्था पार गरेपछि जसरी जाग्रत् स्थितिमा फर्कनु पर्दछ त्यसै गरी जीवको
जुनीको मृत्युरूपी निद्राबाट ब्युाझेपछि परमात्मामा फर्कनु पर्दछ । परमात्मामा फर्कनु
भनेको आफ्नो सही स्वरूप प्राप्त हुनु हो । त्यसैले मृत्युसित डराउनु पर्ने कुनै कारण
देखिादैन । अर्को कुरा के पनि हो भने प्राणीको स्वभाव भनेको सच्चिदानन्द स्वरूप हुनु
हो । त्यो कुरा जान्यो भने जन्मको खुसी र मृत्युको डर हुादैन । जन्म मृत्युको घेराभन्दा
परको अजन्मा तथा अमरशील आत्मा आफू हो भन्ने कुरा जान्नु जरुरी छ । यस्तो ज्ञान
भएको मान्छे कहिल्यै दु:खी हुादैन । आफूलाई ब्रÞम ठान्ने हो भने जस्तोसुकै विकराल
काल मार्नका लागि सामुन्ने उपस्थित भए पनि डर लाग्दैन । ब्रÞम भनेको कालको पनि
काल, महाकाल, मृत्युञ्जय, शिव, विशुद्धात्मा र महाज्ञान हो । काल स्वयं त्यससित
डराउाछ । आफूसित डराउादै हिाड्नेको डरले थर्कमान हुनु भनेको त कायरता हो, अज्ञान
हो र मूर्खता हो । आफूमा रहेको त्यस्तो कायरता, अज्ञान र मूर्खता हटाएमा कालजयी
भइन्छ र ज्ञानी बनिन्छ । काल त सबैको आउाछ । निकै ठूलो सुरक्षा सञ्जालमा बस्ने
राजा महाराजा र नेताहरूलाई पनि कालले टिपेर लग्दछ । काल आई हालेमा कसैले
रोकेर रोकिादैन । काल आउनु अनिवार्य नियम हो तर उसले ज्यान लिन सक्तछ प्राण
लिन सत्तैmन । ज्यान आफ्नो होइन प्राण बिरानो होइन भने फाटेको लुगा जस्तो ज्यान
लैजाने दरिद्र कालसित डराउनु पर्ने त कुनै कारण हुादैन ।
म ता नित्यै पो हूा यहि शरिरमा लागि म गयाा ।
शरिर् मर्दा आफौ मइा मरिगया झौ पनि भयाा ।।
अहो झ् अज्ञान् मेरो भनिकन जहाातक् त मनमा ।
लिादैनन् ताहाातक् फजिति पनि छन् यै जनमहाा ।।४।६६।।
(आचार्य, २०३९ : ७८) ।
परमात्मा भनेको चैतन्य स्वरूप, ज्ञान रूप, प्रकाशमय, आनन्दमय अविनाशी
शक्ति हो भन्दै शब्द, मन, इन्द्रिय, उपाधिभन्दा धेरै पर रहने त्यस्तो तइभ्व प्राप्त गर्न
आफूभित्रको आफ्नै स्वरूप चिन्नु पर्दछ । बाहिरी आाखामा देखिने जगत्मा खोजेर
परमात्मा प्राप्त हुादैन । त्यसलाई पाउनका लागि आत्म चिन्तन, परमात्म चिन्तन
र ब्रÞम चिन्तन गर्नु पर्दछ । त्यो तइभ्व जीवको सबभन्दा नजिकमा रहन्छ र शरीर
रहादासम्म जीवमय बनेको हुन्छ । त्यसलाई पाउन आाखाको हेराइ आफैभित्र केन्द्रित गर्नु
पर्दछ । जीवमा शिव अन्तर्निहित हुन्छन् । तिनलाई चिन्न सक्नु पर्दछ :
स्फटिक् जस्तो जिव् हो शरिरहरू लाहा बुझिलिनू ।
स्फटिक् लाहाका सङ् धरिकन त दृष्टान्त छ दिनू ।।

लहाका सङ् बस्ता स्फटिक म छु लाल् भन्छ जसरी ।
शरीर् मर्दा मर्छू म पनि भनि जिव् भन्छ तसरी ।।४।६७।।
(आचार्य, २०३९ : ७८) ।
स्फटिक्ले रातो छू भनिकन सुहावस् त उ पनी ।
सुहावस् यस् जिव्ले शरिरसागमा मर्छु म भनी ।।
न ता जिव् मन्र्या हो शरिरसाग लागेर जनको ।
न रातो हून्या हो स्फटिक सब खेल् जान मनको ।।४।६८।।
(आचार्य, २०३९ : ७८) ।
मनैका खेल्ले जिव् शरिर मइा हुा भन्दछ भनी ।
जहाातक् जान्दैनन् फजिति तहिातक् मिल्दछ पनी ।।
मनैको खेल् हो यो भनिकन त जान्न्या तरि गया ।
न जान्न्या जिव् जो हुन् उति त सब फन्दा परि गया ।।४।६९।।
(आचार्य, २०३९ : ७८) ।
शरिर् मै हूा मेरै धनजनहरू हुन् भनि जसै ।
पर्‍यो मन्का खेल्मा तब फजिति मिल्छन् बुझ यसै ।।
बिना सत्का सङ्ले विन गुरु कृपाले इ फजिती ।
अवश्यै छुट्तैनन् सकल मनका खेल न जिती ।।४।७०।।
(आचार्य, २०३९ : ७८) ।
जीव नै ईश्वर हो तापनि स्वयं जीवलाई यो कुरा थाहा हुादैन किनभने उसलाई
अज्ञानले घेरेको हुन्छ । जीवले शास्त्र र शास्त्रीको ब्रÞमवाणी स्वीकार गरेर आफ्नो
स्वरूप थाहा पाउनासाथ उपाधि विनिर्मुक्त ब्रÞम बन्न सफल हुन्छ । जीवमा अविद्या
भएकोले नै ऊ ईश्वरभन्दा भिन्न बुझिएको हो । ब्रÞम भनेको उपाधि रहित शक्ति
हो । जीव र ईश्वर पनि जब निरुपाधिको तहमा पुग्दछन् तब तिनमा अन्तर रहादैन ।
म नित्यै आत्मा हूा शरिरहरू हुन् चार घरिका ।
विचार्मा टिक्तैनन् विषय पनि छन् स्वप्नसरिका ।।
भनी जान्न्या जन्ले दृढ गरि लिया भक्ति रसले ।
न बिस्र्या इ मैले यति कहि दियाा प्रीतिवशले ।।४।७१।। (आचार्य, २०३९ : ७८)
उस् जन्ममा अधिक भक्ति गर्‍यौ र ऐल्हे ।
दर्शन् दियाा न तर झट्ट म मिल्छु कैल्हे ।।
मेरो स्वरूप् र इ वचन् अब सम्झि लीया ।
छुट्नन् ति दु:ख तिमिलाइ जती त थीया ।।४।७२।। (आचार्य, २०३९ : ७९) ।
आफूलाई आत्म रूपमा, ब्रÞम रूपमा, अविनाशी रूपमा, अखण्ड रूपमा, सदानन्द
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
रूपमा जान्ने, बुझ्ने व्यक्तिलाई नै ज्ञानी भनिन्छ । अध्यात्म विद्याले जीवलाई शरीरादि
रहित, दु:खशोकादि शून्य, जाग्रत्, स्वप्नादि अवस्था वर्जित, शुद्ध चैतन्य आनन्द रूप
मानेको छ । संसारी, विकारी, सुखी, दु:खी, अभिमानी बनेर व्यवहार गर्‍यो भने परिणाम
राम्रो हुादैन र कर्मयोगी बनेर, निष्काम भावले, अनासक्त भएर व्यवहार गरे लाभ नै
लाभ हुन्छ । अझ लाभ र हानिको तहभन्दा निकै माथि उचालेर कहिल्यै हानि न हुने
व्यवहार गर्न वेदान्तले अभिप्रेरित गर्दछ :
जो यो लोकविषे प्रपञ्च छ सबै जान् स्वप्न जस्तो भनी ।
सूतुन्ज्याल् सपना छ सत्य उठि ता लाग्दैन सााचो पनी ।।
तस्तै ज्ञान् त भयो भन्या त्रिभुवनै एक् देख्छ आत्मा फगत् ।
अज्ञान् रुप् निदमा पर्‍यो पनि भन्या देखिन्छ नाना जगत् ।।५।११३।।
(आचार्य, २०३९ : १०९) ।
आत्मा सत्य म हूा भनेर बुझिले यस् देहलाई पनी ।
झूटो जान् पृथिवी र जल्हरू मिली झुट्टै बन्याको भनी ।।
तर्लास् यो मनमा लिइस् पनि भन्या तान्र्या उनै विष्णु छन् ।
जो हो विष्णु उ राम हुन् शरण पर् रिस उठ्छ तेरा त झन् ।।५।११४।।
(आचार्य, २०३९ : ११०) ।
आत्मा चिन्न अवश्य पर्छ महराज् झ् एकाग्र भै ध्यान् गरी ।
आत्मा चिन्न समर्थ होइ न सक्या राम् भज्नु एक् मन् गरी ।।
कौस्तुभ् हार किरीट केयुर अनेक् भूषण् शरिर्मा धरी ।
आफ्ना यै हृदयारविन्द बिचमा राखेर खुप ध्यान् गरी ।।६।१३२।।
(आचार्य, २०३९ : १३९) ।
भगवान् रामले वेदान्त जानेर मर्यादाका नमुना मानिने व्यवहार गरेकाले उनको
अवतारलाई सर्वोच्च मानिएको छ :
हज्जारन् अवतार छन् प्रभुजिका रामावतार्ले सरी ।
आर्को छैन भजन् गर्‍यो भनि भन्या जस्का भजन्ले गरी ।।
जाला दु:ख कतै न पाइ सहजै संसारसागर् तरी ।
सोही ठाम् पुगि जान्छ पूर्ण रुपले जाहाा रहन्छन् हरी ।।६।१६७।।
(आचार्य, २०३९ : १४४) ।
जस्ले एक कटाक्षले सहज यो ब्रÞमाण्ड सब् हर्दछन् ।
जो ऐश्वर्य छ इन्द्रको उ पनि एक् क्षण्मा तयार् गर्दछन् ।।६।३४५।।
(आचार्य, २०३९ : १७४) ।
यस्ता शुद्ध अनन्त पूर्ण सुख रुप् ब्रÞमस्वरुप्ले पनी ।

क्या राज् गर्नु थियो तथापि लिनु भो खूशी हउन् यी भनी ।।६।३४६।।
(आचार्य, २०३९ : १७४) ।
जीव र ब्रÞमको एकतापरक ज्ञान अर्थात् ब्रÞम तथा आफूलाई एउटै शक्ति मानेर
परमपद मोक्ष प्राप्त गर्न अभिप्रेरित गर्नु नै वेदान्तको लक्ष्य हो । देखिने जगत् जतिसुकै
राम्रो र वास्तविक लागे पनि यथार्थमा यो डोरीलाई सर्प ठाने जस्तै भ्रम मात्र हो ।
दृश्यमान् जगत् मिथ्या र ब्रÞम नै सत्य हो । प्रत्येक जीवमा रहेको आत्मा नै परमात्मा
हो । म अर्थात् जीव नै ब्रÞम हो, तिमी नै ब्रÞम हौ र यो आत्मा नै ब्रÞम हो । वेदान्त
दर्शनको सार यही हो :
जस्तै दूद विषे रहन्छ भरिपुर् घीऊ उही रित् गरी ।
सब् चिज्मा हजुरै पसी रहनु भो सर्वान्तरात्मा हरी ।।
हुन्छन् सूर्यहरू प्रकाश् हजुरकै तेज्ले हजुर् सब् धनी ।
ख्वामित्लाइ त नाथ् झ् प्रकाश् गरि दिन्या छैनन् अरू क्वै पनी ।।७।६४।।
(आचार्य, २०३९ : १९१) ।
ज्ञानी जन्हरू देख्तछन् सकल रुप् अज्ञानि अन्धासरी ।
देख्तैनन् प्रभुलाइ मूढ हुन गै घुम्छन् विपत्मा परी ।।
योगी भैकन वेदशीर्षहरूले खोज्छन् त देख्छन् पनी ।
यस्ता रित्सित यो चराचरविषे श्रीराम् रÞयाछन् भनी ।।७।६५।।
(आचार्य, २०३९ : १९१) ।
संसारतिर अभिमुख भएको मनुष्यलाई परमात्मातिर अभिमुख गराउनका लागि
वर्णाश्रम धर्म निर्धारण गरिएको हो । यसलाई प्रयोगमा ल्याउन जसले पनि सक्तछ :
ई वर्णाश्रमका क्रिया जति त छन् तिन्लाइ पैल्हे गरी ।
दस् इन्द्रीय र मन् जितेर गुरुका साम्ने अगाडी परी ।।
आत्मज्ञान मिलोस् भनेर गुरुको सेवा निरन्तर् गर्‍या ।
आत्मज्ञान् पनि मिल्छ येहि रितले संसार् कतीले तर्‍या ।।७।१२५।।
(आचार्य, २०३९ : २०१) ।
कर्म गर्दा आसक्ति, इच्छा, वासना विनिर्मुक्त हुन सक्यो भने ईश्वरको नजिक
पुगिन्छ । भक्ति गर्दा ईश्वरसागै बसिन्छ अनि ज्ञानमा त ईश्वररूपै बनिन्छ । यो
सारा मैले गरेको होइन, मेरो केही पनि छैन भन्ने भावनालाई प्रबल गराउनका लागि
नै पूजा गरिन्छ । पूजित परमेश्वरमा आफूलाई समर्पण गर्नका लागि यस्तो व्यवस्था
मिलाइएको हो :
फल् इच्छा गरि कर्म गर्छ यदि ता फेर् देह यस्तै लिई ।
त्यो फल् भोग् पनि गर्छ गर्छ अरु फेर् कर्मै बहुत् मन् दिई ।।
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
त्यस्को फेर् पनि बन्छ देह करले येसै जगत्मा परी ।
यस्तै रित्सित घुम्छ त्यो भुवनमा अत्यन्त चक्रैसरी ।।७।१२६।।
(आचार्य, २०३९ : २०२) ।
अज्ञान नै सारा फसादको जड हो । यसबाट मुक्त हुने काम प्रत्येक व्यक्तिले गर्न
सक्नु पर्दछ :
अज्ञान् नै छ घुमाउन्या सकलको शत्रुसरीको यहाा ।
ज्ञानैले गरि नष्ट हुन्छ पनि सो लीनू यही मन्महाा ।।
अज्ञान्को र इ कर्मको छ कति फेर् तस्मात् क्रियाले गरी ।
अज्ञान् नष्ट हुादैन छैन अरु थोक् ऊपाय यै ज्ञान्सरी ।।७।१२७।।
(आचार्य, २०३९ : २०२) ।
अज्ञान् नष्ट हवस् न राग् न त छुटोस् अज्ञानका कर्मले ।
कर्मै गर्छ त घुम्छ यै जगतमा त्यै कर्मका धर्मले ।।
तस्मात् ज्ञान विचार गर्नु जनले ज्ञान्ले कती पार् भया ।
ज्ञान् छाडीकन कर्मले जनहरू संसार पार्को गया ।।७।१२८।।
(आचार्य, २०३९ : २०२) ।
अज्ञान हटाउने साधन विद्या नै हो । विद्याको सहयोग लिएर नै यसलाई समूल
नष्ट गर्न सकिन्छ :
विद्यालाइ सहाय कर्म छ ठूलो भन्छन् इ वेद्ले पनी ।
तस्मात् कर्म अवश्य गर्नु जनले साहाय होला भनी ।।
क्वै येसो पनि भन्दछन् त ति भनुन् साहाय कोही रती ।
विद्यालाइ त चाहिादैन बुझ यो विस्तार् बताऊा कती ।।७।१२९।।
(आचार्य, २०३९ : २०२) ।
हुन्छन् कर्म त देह देहहरूमा पूरा अभीमान् भई ।
विद्या हुन्छ त जो छ तेहि अभिमान् देहादिमाको गई ।।
विद्याको र इ कर्मको त छ विरोध् साहाय हुन्थ्यो कहाा ।
विद्यै एक् छ समर्थ मुक्ति दिनमा यै जान्नु सब्ले यहाा ।।७।१३०।।
(आचार्य, २०३९ : २०२) ।
बाजीका श्रुति तैत्तरीय कहिन्या श्रूतीहरूले पनी ।
भन्छन् येहि कुरा सहाय अरुको खोज्दैन विद्या भनी ।।
तस्मात् कर्म विरोधी जानि जनले सब् कर्म छाडी दिनू ।
विद्यै मात्र ठुलो बुझेर यसमा यो मन् लगाई लिनू ।।७।१३१।।
(आचार्य, २०३९ : २०२) ।

इच्छा काहिा न राखनू विषयमा सब् धर्म थाम्नू पनी ।
सत्काम् गर्नु विचार राख्नु मनमा हिंसा घटीया भनी ।।
मेरो दर्शन गर्नु खुप् स्तुति पुजा गर्नू स्मरण् खुप् गरी ।
पाऊमा परि दण्डवत् गरि लिनू जाइन्छ यस्ले तरी ।।७।१९७।।
(आचार्य, २०३९ : २१३) ।
वेदान्तले बताएको बाटोमा हिाड्न सक्यो भने कहिल्यै न घट्ने, न सकिने, न
छुट्ने, न मासिने र न नासिने आनन्द प्राप्त हुन्छ । सोही आनन्द प्राप्त गर्नु नै मानव
जीवनको पुरुषार्थ हो । दर्शन भनेको संविधान हो । मनुष्य जीवनको सबभन्दा मूल्यवान्
धन चरित्र हो । चरित्र त पशुपक्षी, कीटपतङ्ग आदिको पनि हुन्छ तर मनुष्य र तिनको
चरित्रमा निकै ठूलो अन्तर पाइन्छ । त्यसो अन्तर पाइएन भने मान्छेको जुनी मिलेको
अर्थ रहादैन । सामान्य आहार, निद्रा, भय जस्ता कुरा सबैमा पाइन्छन् । मनुष्यमा ती
सबैभन्दा परको विशिष्ट आचार हुनु आवश्यक मानिन्छ । अरूलाई बाधा न पारी
विधिपूर्वक, न्यायपूर्वक, शान्तिपूर्वक बााच्ने र बचाउने व्यवहार मनुष्यले अपनाउनै पर्दछ
। मनुष्य हुनुको पहिलो लक्षण त्यो हो । त्यस्तो व्यवहार न गर्ने मान्छे सामाजिक दृष्टिले
आदर्श बन्न सत्तैmन । दैनिक जीवनमा चाहिने खाद्य वस्तु, इन्धन, पानी जस्ता कुराभन्दा
ज्यादा जरुरी चरित्र नै हुन्छ । चरित्र न भएको व्यक्ति, परिवार र समाजमा एक छिन
पनि बस्न सकिादैन । सुनचाादी, हीरामोती, मणिमाणिक्य, खेतबारी, पैसा आदिभन्दा निकै
ज्यादा मूल्यवान् धन चरित्र नै हो । जतिसुकै धनी भए पनि, जतिसुकै सुखसुविधाका
साधनले सम्पन्न भए पनि चरित्र छैन भने केही पनि न भएको कङ्गाल सरह मानिन्छ।
वेदान्तलाई दर्शन शिरोमणि अर्थात् दर्शनहरूको पनि दर्शन भनिन्छ । यो दर्शन ज्ञानको
पराकाष्टा हो । यसलाई सहज रूपमा जान्न बुझ्न गारो पर्ने कुरा अनुभवीहरू
बताउाछन् । यो जान्न यसका मूल मन्त्रमा भनिएका कुराको मर्म बुझ्नु आवश्यक छ :
जो यो तत्वमसी छ वाक्य यसको वाक्यार्थ जानी लिनू ।
यस्मा तिन् पद छन् ति तीन पदका तात्पर्यमा मन् दिनू ।।
तत्का अर्थ परात्म हुन् ति पदमा त्वं भन्नु जीवात्म हो ।
इन्को ऐक्य बुझाउन्या असि छ पद् रात्दिन् विचार् गर्नु यो ।।७।१३२।।
(आचार्य, २०३९ : २०३) ।
जन्म भनेको उत्सव र असामान्य उपलब्धि हो किनभने यसबाट ज्ञान प्राप्त गरी
मोक्षको अधिकारी बन्ने अवसर मिल्दछ । त्यसै गरी मृत्यु भनेको जीवको स्वभाव वा
प्रकृति हो । जन्म भएपछि मृत्यु हुनु त निश्चित छ । यो त शाश्वत सत्य हो र
अवश्यम्भावी घटना हो । मृत्युबाट बच्नका लागि लुक्ने ठाउा पाइादैन । त्यसैले यससित
डराउने, तर्सने, शत्रुको व्यवहार गर्ने र भाग्ने प्रयास गर्नु भनेको निरर्थ काम गर्नु हो ।
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
यसबाट बच्ने उपाय भनेको यसलाई स्वीकार गर्ने, यससित मित्रता कायम गरी घनिष्ट
सम्बन्ध स्थापित गर्ने, परब्रÞम परमात्मामा सर्वात्मभावले समर्पित हुने, ब्रÞमज्ञान प्राप्त
गर्ने, नडराई ढुक्क भएर बस्ने, पाहुना मानेर यसको सदैव सम्मान र स्वागत गर्ने,
विचलित न हुने र प्राप्त एकेक निमेषको अत्यधिक सदुपयोग गरी ज्ञानी बन्ने काममा
सक्रिय भएर लाग्नु हो । त्यसो गर्न सक्यो भने मृत्युले पराजय स्वीकार गरी व्यक्तिलाई
मार्नको सट्टा अजर अमर बनाउाछ :
मायाले त बन्यो शरीर सब यो आखिर् छ मन्र्या पनी ।
देख्नू पञ्चमहाभुतै छ सबमा यस्ता प्रकार्का बनी ।।
संसार्को सुखदु:ख साधन स्वरुप् देखिन्छ जो देह यो ।
स्थूलोपाधि भनी कहिन्छ सबले यो नाम् यसैको त हो ।।७।१३३।।
(आचार्य, २०३९ : २०३) ।
दस् इन्द्रीय र मन् अपञ्चिकृत भुत् यो सोह्र जम्मा छ जो ।
स्थूलोपधि भनी कहिन्छ सबको मुल् भोग साधन् छ यो ।।
येसै स्थूल उपाधिभित्र छ सदा इन्को वियोग् भो जसै ।
स्थूलोपाधि गलेर जान्छ सबको टिक्तैन एक् क्षण् कसै ।।७।१३४।।
(आचार्य, २०३९ : २०३) ।
जीव र परमात्मामा भिन्नता हुादैन । सिसाका अगाडि राखिएको बहुरङ्गी
सामग्रीले सिसालाई बहुरङ्गी देखाए पनि यथार्थमा त्यो निर्मल भए जस्तै संगका कारण
जीव संसारी देखिएको मात्र हो । यथार्थमा जीव शिव नै हो । यस कुराको जानकारी
तइभ्व ज्ञानबाट हुन्छ :
जिव् ता मुक्त छ शुद्ध निर्मल फटिक् जस्तो उपाधी गरी ।
सो निर्मल् पनि हुन्छ सङ्गगुणले उस्तै उपाधीसरी ।।
ईनै दूइ उपाधिदेखि बुझि खुप् होला फरक् जिव् जसै ।
तस्सै मुक्त हुन्या छ छैन नहिा ता आर्को उपायै कसै ।।७।१३५।।
(आचार्य, २०३९ : २०३) ।
राताका सागमा रÞया स्फटिक ठिक् देखिन्छ रातैसरी ।
तस्तै आत्म पनी उपाधिसाग भै हुन्छन् उपाधीसरी ।।
आत्मामा छ उपाधि केहि न फटिक्मा क्यै छ रातो कतै ।
झुट्टै मात्र छ यो झलक् यहि विचार् खुप् राख्नु जत्ताततै ।।७।१३६।।
(आचार्य, २०३९ : २०३) ।
जाग्रत् स्वप्न सुषुप्ति वृत्ति तिन छन् यस् बुद्धिका ई पनी ।
झुट्टैदेखि लिइन्छ नित्य सुखरुप् यस् ब्रÞमरुप्मा भनी ।।
रजस्थल 
जानी वृत्ति निरोध् गरेर जनले यो आत्म जानी लिनू ।
आत्माभित्र उपाधिलाइ त झुटा जानेर छाडी दिनू ।।७।१३७।।
(आचार्य, २०३९ : २०३) ।
आत्मा हो सुखरूप दु:ख रुपको संसार् छ उस्मा कहाा ।
अज्ञान्ले गरि मात्र सत्य रुपले झल्कन्छ आत्मामहाा ।।
ज्ञान्ले लिन् पनि हुन्छ डोरिकन सााप् बुझ्नू छ जस्तो फगत् ।
तस्तै ईश्वरमा अनेक् तरहको देखिन्छ यस्तो जगत् ।।७।१३८।।
(आचार्य, २०३९ : २०४) ।
अध्यास् हुन्छ चिदात्ममा इ सबको जो छन् अहङ्कारका ।
इच्छादी पनि बुद्धि धर्म बुझनू छैनन् कुनै सारका ।।
आत्मा साक्षि छ यो पृथक् इ सबमा सब्मा घुस्याको पनी ।
जस्तै घुस्तछ अग्नि लोहहरूमा तस्तै प्रकार्को बनी ।।७।१३९।।
(आचार्य, २०३९ : २०४) ।
सुन गहनाका रूपमा बदलिादा बाली, हार, ढुङ्ग्री, बुलााकी, फुली आदि अनेक
नाममा परिचित भए जस्तै विचार गरेर सृष्टिको अध्ययन गर्ने हो भने एउटै परमात्मा
अनेक प्राणीका रूपमा फैलिएका देखिन्छन् । दुधबाट दही, नौनी, खुवा, तर आदि बने
जस्तै नारी र पुरुष पनि एउटै परमेश्वरको शक्तिका भिन्न रूप मात्र हुन् । सबैमा
परमात्माको वास छ । त्यो कुरा बुझ्न आत्मालाई चिन्नु पर्दछ :
यै आत्माकन चिÞन पर्छ गुरुका वेद्का वचन्ले गरी ।
आत्मालाइ चिÞन्यो भन्या बुझि लिनू त्यो मुक्त भो त्यस् घरी ।।
तस्मात् आत्म विचार गर्नु जनले यस् रूपका हुन् भनी ।
अज्ञान् नष्ट गराउनाकन अवर् छैनन् उपाई पनी ।।७।१४०।।
(आचार्य, २०३९ : २०४) ।
आत्मा यस् रितले चिÞिनन्छ पहिले एकान्तमा गै बसोस् ।
दस् इन्द्रीय जितेर मन् पनि जिती आत्मै विचार्मा परोस् ।।
जानोस् जो छ जगत्प्रकाश् सकल यो हो आत्मसत्ता भनी ।
येही तत्व बुझी त पूर्ण रुपको होइन्छ आफू पनी ।।७।१४१।।
(आचार्य, २०३९ : २०४) ।
ओंकार् वाचक हो सबै जगतको अज्ञान् अवस्थामहाा ।
ज्ञानोत्तर् हुन सक्छ वाचक कहाा लिन् हुन्छ आत्मैमहाा ।।
आत्मामा जब लिन् भया अ उ म तिन् विश्वादि साक्षीसहित् ।
आत्मै मात्र रहन्छ त्यस् बखतमा निर्मल् उपाधीरहित् ।।७।१४२।।
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
(आचार्य, २०३९ : २०४) ।
सोही आत्म म हूा भनी दृढ भयो ज्ञान्का विचार्ले जसै ।
जीवन्मुक्त भनी कहिन्छ जन त्यो पर्दैन ताप्मा कसै ।।
सब् इन्द्रीय शमन् गरेर बलवान् कामादिको नाश् गरी ।
अभ्यास् गर्नु समाधिमा त सहजै देखिन्छु साम्ने हरी ।।७।१४३।।
(आचार्य, २०३९ : २०४) ।
येही पूर्ण अनन्त आत्मरुपको ध्यान् नित्य गर्दै रहोस् ।
जो प्रारब्ध छ सो बुझेर बलियो ई दु:खसुख् सब् सहोस् ।।
येही रित्सित दिन् बिताउाछ भन्या यो देह छुट्ला जसै ।
संसार्का सब दु:ख छाडिकन त्यो लिन् हुन्छ मैमा तसै ।।७।१४४।।
(आचार्य, २०३९ : २०५) ।
आदीमा न त अन्त्यमा न बिचमा यो देहधारी बनी ।
पूर्णानन्द हुादैन जान्नु सबले यो सत्य बात् हो भनी ।।
तस्मात् यो विधि छोडि गर्नु जनले आत्मै विचार् खुप् गरी ।
त्यो मैमा मिलिजान्छ जल् जलधिमा पौाचेर मील्यासरी ।।७।१४५।।
(आचार्य, २०३९ : २०५) ।
आत्मै मात्र छ सत्य यो सब जगत् झूटै छ झूटो पनी ।
डोरी सर्प बुझ्यासरी बिबुझमा देखिन्छ सााचो भनी ।।
जान्नू जानिइयेन यो भनि भन्या मेरा चरण्मा परी ।
सेवा गर्नु र जान्दछन् नतर ता टर्दैन कस्तै गरी ।।७।१४६।।
(आचार्य, २०३९ : २०५) ।
ईश्वरको नाम सङ्कीर्तन भयो भने सांसारिक बन्धनबाट मुक्ति मिल्दछ ।
सांसारिक बन्धन भनेको अनेक जुनी लिएर जन्मनु, मर्नु र प्राणीका प्रमुख शत्रु मानिने
लोभ, मोह, ईष्र्या, डाह, क्रोध र मदका पन्जामा परी रहनु हो । यस्तो अवस्थाबाट
छुट्कारा पाउनका लागि भित्री मनदेखि नै ईश्वरको ध्यान गर्नु र उनको कुनै न कुनै
नाम जप्नु आवश्यक हुन्छ । मनोयोग लगाएर आाखा चिम्ली हृदयको सिंहासनमा
ईश्वरलाई विराजमान गराउनका साथै तिनको दिव्य मूर्ति र विशिष्ट लीलाको कल्पना
गर्नु पर्दछ । त्यस्तो जपले मनमा ईश्वरको स्वरूप तथा योगदान परिकल्पित गराई जप
गर्ने व्यक्तिलाई सन्मार्गतिर लाग्न अभिप्रेरित गर्दछ । जप र ध्यानको विशेषता नै यस्तो
अवस्थाको सिर्जना गर्नु हो :
वेद्को सार रहस्य यो सब कÞयाा जो यो विचार् गर्दछन् ।
कोटी जन्म सहस्रका सकल पाप् तिन्का सहज् टर्दछन् ।।
रजस्थल 
तस्मात् भाइ झ् विचार यो सब जगत् झूटो चटक् झौ भनी ।
मैमा भक्ति सदा लगायर रहू आनन्दरूपी बनी ।।७।१४७।।
(आचार्य, २०३९ : २०५) ।
मेरो येहि सगुण् स्वरुप्कन खुशी मानी भजन् वा गरुन् ।
वा निर्गुण् परिपूर्ण आत्मरुपमा लैगेर यो मन् धरुन् ।।
ती दूवै मइतुल्य हुन् ति मइ हुन् ती मै सरीका बनी ।
गर्छन् सब् भुवनै पवित्र तिनले कुल्ची दिादामा पनी ।।७।१४८।।
(आचार्य, २०३९ : २०५) ।
श्रद्धा भक्ति रहोस् गुरूचरणमा मेरा वचन्मा पनी ।
यस्लाई श्रुतिसार् बुझीकन पढोस् मुल् तत्व यै हो भनी ।।
यस्ता रित्सित यो पढ्यो पनि भन्या अज्ञानको नाश् गरी ।
मेरै रुप् बनि जान्छ जान्छ सहजै संसारसागर् तरी ।।७।१४९।।
(आचार्य, २०३९ : २०५) ।
सत्त्व, रज र तमका प्रभावबाट पनि व्यवहारमा अन्तर आउाछ । आचार
विचारमा यिनको निकै ठूलो भूमिका रहन्छ :
जो छन् सत्य र जस् तम त्रिगुण इ रुप् हुन् अहङ्कारका ।
ई तीनै मनले विचार् गरि लिादा छैनन् कुनै सारका ।।
इच्छा सत्वविषे धर्‍यो पनि भन्या ऐश्वर्य भोग्छन् पनी ।
संसार्कै व्यवहार बढ्छ रजले स्त्री पुत्र मेरा भनी ।।७।१७०।।
(आचार्य, २०३९ : २०९) ।
जो ता छन् तम गूणमा खुशि हुन्या तेस्ता त कीरा भई ।
फिर्छन् नित्य विपत्तिमा सुखसयल् मिल्दैन काहीा गई ।।
जो ता तिन् गुणलाइ तुच्छ बुझि खुप् आत्मै विचार गर्दछन् ।
सब् बन्धन्हरूलाइ तोडि सहजै संसार् तिनै तर्दछन् ।।७।१७१।।
(आचार्य, २०३९ : २०९) ।
तस्मात् अहङ्कार्कन तुच्छ मानी ।
आत्मा म हूा पूर्ण भनेर जानी ।।
आत्मै विचार्मा तिमि चित्त देऊ ।
सााचो भन्याा यो तिमि जानि लेऊ ।।७।१७२।। (आचार्य, २०३९ : २०९) ।
शरीरलाई शरीर, मनलाई मन र इन्द्रियलाई इन्द्रिय नै रहन दिएर जीवलाई मात्र
शिव बनाउने प्रयत्न गर्ने हो भने अद्वैत वेदान्त र जीवन व्यवहार घनिष्ट मित्र बन्दछन्।
हिजो राखेको आज पाइन्छ । आज राखेको भोलि पाइन्छ । मकैको गेडा रोपेर गेडै
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
पाउन पनि कम्तीमा साठी दिन पर्खनु पर्दछ । त्यस्तै धानका लागि कम्तीमा एक सय
बिस दिन प्रतीक्षा गर्नु पर्ने हुन्छ । आफूलाई चिनी साक्षात्कारपूर्वक जीवनमुक्त हुनु
भनेको नै दु:खको निवारण तथा जीवात्मा र परमात्माको एकताबोधपूर्वक जीवात्मालाई
मुक्तात्मा बनाउनु हो । वेदव्यासले भगवान् रामलाई नायक बनाएर उनको जीवनी,
लीला, कथा र अवतारका रहस्यको उल्लेख गरी अध्यात्मरामायण रचना गरेका हुन् ।
सच्चा भक्तले नित्य, निरन्तर आफ्ना आराध्य परमात्माको दर्शन पाइरहेको हुन्छ ।
जीव पहिले पनि ईश्वर थियो अहिले पनि ईश्वर छ र पछि पनि ईश्वर नै हुने छ ।
आफूलाई राम्ररी जान्नु, चिन्नु र आफूदेखि भिन्न सारा वस्तुलाई पनि आफू नै ठान्नुपर्दछ
। चैतन्य हुनुको लक्षण यही हो । आफूतिर फर्के परमात्मा मात्र हो र जगत्तिर फर्के
माया मात्र हो । शरीर पृथिवी, जल, तेज, वायु, आकाश जस्ता पञ्च महाभूतको योग हो
र मृत्युपछि यो तिनै तइभ्वहरूमा विलीन हुन्छ । कालभन्दा पनि ज्यादा डर लाग्दो कुरा
त सांसारिक जन्जाल हो । अज्ञानले घेरिएर त्यसमा फसिएको छ भने चाहिा आगामी
दिन झनै कठोर, दयनीय, घातक र कष्टप्रद हुने भएकाले डराउनु पर्ने अवस्था आउाछ
। त्यसैले आफ्नो स्वरूपबाट च्युत हुनु हुादैन । समय छादै आफ्नो स्वरूप चिनेर ज्ञान
प्राप्त गर्नु र मनुष्य भएर जन्मनुको अर्थ सार्थक बनाउनु बुद्धिमानी हो :
सब् प्राणीहरूमा म छू यति विचार् राख्नू असङ्गी भई ।
सााचो बोल्नु बडा मिल्या चरणमा पर्नू तुरुन्तै गई ।।
गर्नू दु:खि उपर् दया सम भया तिन्मा त मैत्री पनी ।
सेवा गर्नु यमादिको पनि असल् बाटा इनै हुन् भनी ।।७।१९८।।
(आचार्य, २०३९ : २१४) ।
वेदान्तैकन सुन्नु गर्नु खुशि भै कीर्तन् सदा नामको ।
सज्जन्ले सतसङ्ग गर्नु दिनदिन् सोझो भई कामको ।।
मेरो देह भनाउन्या अति ठूलो छोड्नू अहङ्कार् पनी ।
यो मन् शुद्ध गराइ बुझ्नु जति छन् सब् धर्म मेरा पनी ।।७।१९९।।
(आचार्य, २०३९ : २१४) ।
जस्तै गन्ध रहन्छ फूलहरूमा फुल्मा रÞयाको पनी ।
वायूका वशमा परीकन उडी आऊाछ नाक्मा पनी ।।
तेस्तो योगविषे दियो मन भन्या त्यै योगवायू पनी ।
गन्धै झौ गरि मन् उडायर सहज् ल्याऊाछ मैमा पनी ।।७।२००।।
(आचार्य, २०३९ : २१४) ।
सर्वात्मा म छु जो छ येति न बुझी पूजा सनक् गर्दछन् ।
ती देखी खुस हुन्न कत्ति ति गरुन् व्यर्थै शरिर् हर्दछन् ।।
रजस्थल 
पूजा गर्नु त तेहि हो उ नगर्‍या तिन्ले पुजा कुन् गर्‍या ।
मृत्यूको भय हुन्छ तिन्कन सदा संसारमा ती पर्‍या ।।७।२०१।।
(आचार्य, २०३९ : २१४) ।
सर्वात्मा म छु येति जानि सब जिव्लाई नमस्कार गरुन् ।
जीवात्मा परमात्म एक् बुझि सदा अन्त:करण्मा धरुन् ।।
मातर् झ् मार्ग त तर्नलाइ सजिलो यै हो छ यस्तै गरी ।
संसार्मा कति पार् गया सहजमा संसारसागर् तरी ।।७।२०२।।
(आचार्य, २०३९ : २१४) ।
अठार पुराण, अठारै उपपुराण र ब्रÞमसूत्र जस्ता ज्यादै महइभ्वपूर्ण ग्रन्थको
रचना वेदव्यासले गरेका हुन् । यी सबै ग्रन्थहरूको निचोडका रूपमा रहेको यो कथा
सर्वप्रथम भगवान् शंकरले देवी पार्वती तथा सृष्टिकर्ता ब्रÞमालाई सुनाएका हुन्। पछि
गएर ब्रÞमाले नारदलाई, नारदले शौनकादि अठासी हजार ऋषिहरूलाई यो कथा सुनाए
। आदर्शका प्रतिमूर्ति यिनले एक पत्नी व्रतमा रहेर पृथ्वीको भार बनेका रावणादि
दुष्टहरूको नाश गरेका थिए । ‘र’ भनेको समस्त पाप नाश गर्ने अग्नि र ‘म’ भनेको
पृथिवीलाई उज्यालो पार्ने सूर्य हो । यसले अज्ञानको नाश तथा ब्रÞम ज्ञानको प्रकाश
भन्ने अर्थ पनि जनाउाछ । ‘म’ अक्षर शान्ति, आनन्द र शीतल अर्थको बोधक चन्द्रमाको
रूप पनि हो । योगी, सज्जन, ज्ञानी, महात्मा, भक्तहरू रमाउने मन्त्र तथा ठाउालाई
राम भनिन्छ । नेपाली भाषामा पनि रमाइलो वा आनन्दको अर्थमा राम रमिता भनेर
राम शब्द प्रयोग गरिन्छ । योगीका रूपमा वन जानु पर्दा वा राजा बनेर सिंहासनमा
विराजमान हुन पाउादा समान अनुभव गर्ने भगवान् राम पूर्ण काम, आप्त काम,
परमनिष्काम महापुरुष हुन् । न्यायी, सदाचारी, धर्मात्मा, परोपकारी, प्रजावत्सल,
प्रजातन्त्रवादी, साम्यवादी, आदर्श राजा, आदर्श पुत्र, आदर्श पति, आदर्श मित्र, आदर्श
योद्धा भएकाले यिनलाई मर्यादा पुरुषोत्तम भनिन्छ । राम नामको स्मरण मात्र गरियो
भने पनि पाप नाश हुन्छ । यसलाई राम्ररी बुझेर भगवान् रामको जस्तो आदर्श चरित्र
बनाई जीवन सफल तुल्याउन सक्नु नै मनुष्यको कर्तव्य हो :
शम्भूले पार्वती थ्यौ खुशि भइ बहुतै प्रेमपूर्वक् कÞयाको ।
संसार् पार् तर्नलाई सब जन सजिलो सााघु झौ भै रÞयाको ।।
जानी यस्लाइ जो ता जनहरू बहुतै प्रेमले पाठ गर्छन् ।
संसार्का सौख्य सब् भोग् गरिकन दुनियाा सब् सहज् पार तर्छन् ।।७।२५७।।
(आचार्य, २०३९ : २२३) ।
वेदको सार, ज्ञानको निचोड, जीवनको परमपुरुषार्थ प्राप्तिको साधन, सम्पूर्ण
शास्त्रको मूल सिद्धान्त, दर्शन शिरोमणि, अध्यात्म ज्ञानको पराकाष्ठा नै वेदान्त हो ।
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
वेदका कर्म, उपासना र ज्ञानमध्येको अन्तिम काण्ड अर्थात् ज्ञान काण्डलाई नै वेदान्त
भनिन्छ । वेदका एक लाख मन्त्रहरूमा ८०,००० कर्म काण्ड, १६,००० उपासना
काण्ड र ४,००० मात्र ज्ञान काण्डमा विभाजित छन् । ज्ञान काण्डको सार नै वेदान्त
हो जसलाई उपनिषद् आदिले प्रतिपादन गरेका छन् । वेदान्त दर्शन, वेदान्त सिद्धान्त,
वेदान्त धर्म नै सम्पूर्ण वेदको र यावत् आस्तिक सम्प्रदायको आधार एवं परमलक्ष्य हो।
वेदान्तको भनाइ अनुसार अखण्ड, परिपूर्ण, शाश्वत, सत्य, नित्य भएकाले ब्रÞमदेखि
भिन्न केही पनि छैन । द्वैत, अद्वैत, विशिष्टाद्वैत, शुद्धाद्वैत, द्वैताद्वैत आदि वेदान्तका अनेक
भेद भए पनि प्रमुख चाहिा अद्वैत वेदान्त नै हो । अद्वैत वेदान्तले यो सारा सृष्टिलाई
कल्पना र परमात्माको लीला मान्दछ । अझ सृष्टि कुनै कालमा पनि भएको छैन
भन्ने कुरा पनि सप्रमाण वेदान्तले बताउाछ । सृष्टिलाई परमात्माको लीला मान्नु,
कल्पना मात्र मान्नु र कुनै कालमा पनि सृष्टि न भएको कुरा गर्नु वेदान्तका क्रमश:
सृष्टिदृष्टिवाद, दृष्टिसृष्टिवाद र अजातवाद सिद्धान्तका मान्यता हुन् । वेदान्त अत्यन्त
उदार, मानवतावादी, विश्वात्मवादी, समन्वयवादी, सर्वदेशीय, सार्वभौम दर्शन हो ।
वेदान्त तर्क मात्रका लागि होइन । यो त अनुभवका लागि हो । अझ सिद्धान्तका लागि
मात्र यो होइन बरु व्यवहारका लागि हो । सदा सुखी रहनु, सन्तोषी हुनु, दु:खले छुादै न
छुने बन्नु, शान्तिको अत्यन्तिक अनुभव हुनु, कसैसाग कुनै कुरामा पनि न डराउने हुनु,
कतिसम्म भने कालदेखि पनि न डराउने बन्न सक्नु वेदान्तको ज्ञानबाट पाइने मुख्य
उपलब्धि हो, वेदान्तको लक्ष्य हो र व्यवहारले खोजेको पनि यही जीवन्मुक्ति र अखण्ड
आनन्दानुभूति हो । वेदान्त र व्यवहारको अन्तिम लक्ष्य अद्वितीय, अखण्ड, परिपूर्ण,
शाश्वत, नित्य आनन्दानुभूति र दु:खको सर्वथा निवृत्ति हो ।
मूल विद्या परमार्थ अर्थात् वेदका सहायक हाागाका रूपमा शिक्षा, कल्प, व्याकरण,
निरुक्त, छन्द, ज्यौतिषलाई लिइन्छ । त्यसैले वेद विद्या हो भने वेदाङ्ग भनेर चिनिने
शिक्षा, कल्प, व्याकरणादि षड् शास्त्र शिक्षा हुन् । वस्तुपरक, सांसारिक, भौतिक,
परिवर्तनशील, क्षणिक, बाÞय विषयपरक प्रविधिलाई प्रेयशास्त्र वा अपराविद्या भनिन्छ ।
आत्मपरक, पारमार्थिक, सनातन, शाश्वत, आन्तरिक ज्ञानलाई श्रेयशास्त्र वा पराविद्या
भनिन्छ । पराविद्या नै सही अर्थमा विद्या हो र अपराविद्या चाहिा प्रविधि सिकाउने शिक्षा
हो ।
आत्मा कहिल्यै पनि शोकको विषय होइन । आत्मा त नित्य हो, सत्य हो,
अविनाशी हो र अविकारी हो । चौरासी लाख योनिमा मानव जीवन सर्वोच्च र सर्वोत्तम
मानिएको छ । अत्यन्त ठूलो पुण्यले मात्र मानव जीवन पाइन्छ । मान्छेसाग बुद्धि छ,
विवेक छ, ठिक बेठिक छुट्याउन सक्छ, राम्रो न राम्रो खुट्याउन सक्छ र मान्छे आफू
को हो भनी खोजी गर्न सक्छ । यथार्थ ज्ञान भए जीवले शिव बनेर परमशान्ति लाभ
रजस्थल 
गर्ने हुनाले परमपुरुषार्थ भनेको जीवभावलाई त्यागी शिवभावमा पुग्नु हो । दु:खलाई
सााचो मानेर हटाउन खोज्ने हो भने लाख वर्षसम्म लाखौा प्रयत्न र उपाय गरे पनि
हटाउन सम्भव छैन ।
सूर्यको प्रकाशले बाहिरी वस्तुको अनुभव हुन्छ भने विचारका प्रकाशले अन्तर
वस्तुको ज्ञान हुन्छ । जोगी बन्नु, संसार त्याग्नु, घरबार छोड्नु, निष्क्रिय बन्नु, अल्छी
भएर बस्नु वेदान्तको लक्ष्य होइन । चरित्र बाहिर ना·ो आाखाले देखिने कुरो होइन ।
यो त आन्तरिक, मानसिक र बौद्धिक कुरो हो । गरिब हुन, दु:खी हुन, रोगी हुन कोही
पनि चााहदैनन् तापनि भइरहेकै छन् । त्यति मात्र होइन कोही पनि मर्न चाहादैनन् तापनि
मरिरहेका छन् । त्यसकारण चिन्ता गरेर समस्याको निराकरण हुादैन । जुन कुरा हुनु
छ, त्यो हुन्छ हुन्छ जो हुनु छैन त्यो हुादैन, हुादैन ।
लोभी कुकुर हाडको टुक्रा टोक्ता टोक्ता आफ्नै गिजाबाट आएको रगतलाई
हाडबाट आएको भनी ठान्दछ र टोकी रहन्छ । त्यागी भन्नाले जोगी, सन्न्यासी घरबार
छोडेर हिाडेका मानिसलाई मात्र लिनु हुादैन । त्याग गर्ने व्यक्ति नै त्यागी हो । वास्तवमा
आनन्दको अनुभव पनि त्यागमा नै हुन्छ । गरिबलाई दिएको दानमा, रोगीलाई गरेको
उपचारमा, अज्ञानीलाई गरिएको ज्ञानोपदेशमा अनन्त आनन्दको अनुभव हुन्छ । ज्ञान
असाध्य सजिलो छ, ज्यादै नजिक छ ।
मृत्यु आओस् भन्दैमा आउादैन । आउनु पर्ने दिनमा न आओस् भन्दा पनि त्यो
आउाछ, आएरै छोड्छ र लगेरै छोड्छ । सांसारिक विषयसित लटपटिने स्वभावका
कारण काल आउने र मरिने कुराको डर लाग्दछ । यो कुरा बुझ्ने ज्ञानी अहिले, भरे
वा भोलि जहिले काल आए पनि त्यसको स्वागत गर्न तयार रहेको हुन्छ । उसलाई
मृत्युपछिको अवस्थाका बारेमा जानकारी हुन्छ । प्रारब्धवश जति जन्म भए पनि ऊ
अतालिादैन किनभने त्यस्तो चक्रमा न फसी धरै हुादैन भन्ने कुरा उसले बुझेको हुन्छ र
मनुष्य योनिमा रहेर जन्म एवं मृत्युको चक्रबाट सदाका लागि मुक्त हुने प्रयत्न उसले
गरेको हुन्छ । न जन्मने गरी मर्ने तयारी गरिएको छ भने मृत्युलाई खुसीको अवसर
मानिन्छ । अहिलेको भन्दा भरेको अवस्था राम्रो हुने कुरा बुझियो भने भरे कहिले होला
भनी प्रतीक्षा गरिन्छ र सो समय आउादा प्रसन्न भइन्छ । यसरी नै जन्म र मृत्युको
चक्रबाट मुक्ति पाइने काम गरिएको छ भने काल आउादा त गलौचा ओछ्याएर स्वागत
गरिन्छ । बिजुलीको आविष्कार नहुादासम्म आकाशमा चम्कने र कहिलेकाहीा उल्कापात
भएर खस्ने बिजुली देख्दा डराउने मान्छे बिजुलीबाट हुने लाभका विषयमा थाहा पाएपछि
आज घरमा, कोठामा, आागनमा, पटा·िनीमा, हातमा, पातमा जताततै जडान गरेर
बिजुलीलाई साथी मात्र नभएर जीवनको अभिन्न अ· बनाई रहन बस्न थालेको छ ।
त्यसरी मित्रता गाास्दा बिजुलीले पनि मान्छेलाई सबैतिरबाट सक्दो सहयोग गरिरहेको छ
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
। मृत्युसित पनि डराउन छोडेर नजिकिने, साथमा रहने, मितेरी गाास्ने, घनिष्ट सम्बन्ध
राख्ने, आफ्नोपन बढाउने गर्‍यो भने त्यसले मानवलाई अनेकौा उपहार दिन सक्तछ ।
‘मरिन्छ’ भनेर डराउने होइन बरु ‘मर्नु त निश्चित छ’ भन्ने ठानेर सत्कार्य, सत्चिन्तन,
सन्मार्गको अवलम्बन, जीवनका सुन्दर पक्षको अनुसन्धान र समयको सदुपयोग गर्न
सक्नु पर्दछ ।
जुनसुकै युगमा पनि चरित्रको स्थान सर्वोपरि रहन्छ, यसमा शड्ढा छैन । यसको
विकल्प पनि छैन । यसको उपादेयता, उपयोगिता आजको समयमा झन् बढेको छ ।
विचार, चिन्तन, ज्ञान, विद्या तथा दर्शनले व्यक्ति, समाज, समुदाय र देशमा निकै ठूलो
प्रभाव पार्दछ । यस्तै कुराबाट सच्चा जीवन भोग्ने अभिप्रेरणा पनि मिल्दछ ।
अध्यात्म विद्या, ब्रÞम विद्या, तइभ्व ज्ञान, परमार्थ ज्ञान, विशिष्ट विद्या भन्नु एउटै
कुरा हो । भगवान् श्रीकृष्णले अर्जुनलाई विद्याहरूमा सर्वोत्तम विद्या अध्यात्म हो भनेका
छन् । सोही विद्या नै परम तइभ्व हो र ब्रÞम विद्या पनि हो । यस विद्याले मुक्ति दिलाउन
मद्दत गर्दछ । यिनै कुरालाई वेदान्त दर्शनको निचोड भनिन्छ । भानुभक्तले आफ्नो
रामायणमा सङ्क्षिप्त रूपमा र नेपाली पारामा सरल तरिकाले यिनै र यस्तै भाव प्रस्तुत
गरेका छन् । यस प्रकारका गम्भीर कुरा नेपाली समाज सुहाउादो गरी यिनले कति
सरल शैलीमा समीक्ष्य कृतिमा राखेका छन् भन्ने कुराको एउटा उदाहरण पेस गरी यो
लेख टुङ्ग्याइएको छ :
गयो खान्या बेला मकन त मिल्यो राज्य वनको ।
भरत्ले राज् पाया यहिा बसि गरुन् राज्य जनको ।।
बिदा बक्स्या जावस् खुशिसित म जान्या छु वनमा ।
म चााडै फिन्र्याछू विरह न हवस् कत्ति मनमा ।।२।२५।।
(आचार्य, २०३९ : २९) ।
सन्दर्भ सामग्री
आचार्य, भानुभक्त (२०३९), भानुभक्तको रामायण, ललितपुर : साझा प्रकाशन ।
आप्टे, शिवराम (सम्पादक) (सन् २००७), धर्मशास्त्र का इतिहास, दिल्ली :
मोतीलाल बनारसी दास पब्लिकेशर्स प्रा.लि. ।
काणे, पाण्डुर· वामन (सन् १९९२), धर्मशास्त्र का इतिहास, प्रथम–पञ्चम भाग (चतुर्थ
संस्करण), लखनउ : उत्तर प्रदेश हिन्दी संस्थान ।
गीताप्रेस (सम्पादन) (२०६५), ईशादि नौ उपनिषद् , पञ्चम पुनर्मुद्रण, गोरखपुर :
गीताप्रेस ।
त्रिपाठी, वासुदेव र अन्य (सम्पादन), (२०६५), नेपाली कविता भाग–४ (पााचौा संस्करण),
ललितपुर : साझा प्रकाशन ।
रजस्थल 
पराजुली, ठाकुर (२०५६), नेपाली साहित्यको परिक्रमा, ललितपुर : साझा प्रकाशन ।
‘पर्वतीय’, लीलाधर शर्मा (सन् १९९६), भारतीय संस्कृति कोश, दिल्ली : राजपाल एण्ड
सन्ज ।
पाण्डेय, रामबली (सम्पादक) (सन् २००३), हिन्दू धर्म कोश, तृतीय संस्करण, लखनऊ
: उत्तर प्रदेश हिन्दी संस्थान ।
मिश्र, जयशड्ढर (सन् २००१), प्राचीन भारत का सामाजिक इतिहास, पटना : बिहार
हिन्दी ग्रंथ अकादमी ।
ब्रÞमवर्चस, (सम्पादक) (सन् १९९८), : भारतीय संस्कृति के आधारभूत तइभ्व,
मथुरा : अखण्ड ज्योति संस्थान ।
राधाकृष्णन्, सर्वपल्ली (सन् १९६९), भारतीय दर्शन, दिल्ली : राजपाल एन्ड सन्स ।
रिसाल, राममणि (२०३१), नेपाली काव्य र कवि, ललितपुर : साझा प्रकाशन ।
शर्मा, गिरिधर (सन् २०००), पुराण–परिशीलन, पटना : विहार–राष्ट्रभाषा–परिषद् ।
शर्मा, राणाप्रसाद (सन् २००८), पौराणिक कोश, वाराणसी : ज्ञानमण्डल लिमिटेड ।
श्रीवास्तव, मुकुन्दीलाल (सन् १९९३), ज्ञान शब्द कोश, वाराणसी : ज्ञानमण्डल
लिमिटेड।
(९८४१२७८०००, त्रि.वि. पद्मकन्या बहुमुखी क्याम्पस, बागबजार, काठमाडौा । )
 
" "