Social Icons

प्रश्नोत्तरमाला र मणिरत्नमालाको तुलनात्मक अध्ययन - कृष्णमणि पहारी

विषयप्रवेश:
ईश्वर, मानव र प्रकृतिका बारेमा गहन चिन्तन, खोज र अनुसन्धान गर्ने
परिपाटीको विकास मानव सभ्यताको विकाससागै भएको पाइन्छ। यसै क्रममा
मानवसमुदायमा विभिन्न चिन्तन र दर्शनको विकासले सभ्यताको ठूलै भाग ओगटेको
छ। विशेष गरी संस्कृत वाङ्मय र आर्य सभ्यताले दिएको अनमोल ज्ञान भण्डारले
सिागारिएको जीवनले शाश्वत सुख र शान्ति प्राप्त गर्न सक्ने विषयमा धेरैजसो
विद्वानहरू एकमत छन्। त्यस्ता विद्वान्, ज्ञानी र सत्पुरूषहरू संसारका मार्गदर्शक बन्न
सक्छन्। त्यस्तै दुर्लभ ज्ञान भण्डारले भरिपूर्ण आद्यजगद्गुरू शङ्कराचार्यले ज्ञान वैराग्य
प्रतिपादक रचनाहरू प्रदान गरेर मुमुक्षुहरूलाई ज्ञानको खुराक प्रदान गरेका छन्।
उनका विभिन्न उत्कृष्ट रचनामध्ये मणिरत्नमाला पनि एक हो। यही दार्शनिक एवम्
अध्यात्मिक रचनाबाट प्रभावित भएर आदिकवि भानुभक्त आचार्यले प्रश्नोत्तरमालाको
रचना गरे। यिनको यही रचनालाई आधार मानेर मणिरत्नमालाको रचनात्मक
सापेक्षताका आधारमा यी दुई अमर कृतिबीच रहेका केही समानता र केही भिन्नताको
तुलनात्मक अध्ययन गर्ने प्रयास यस लेखमा गरिन्छ।
भानुभक्त आचार्य र प्रश्नोत्तरमाला:
नेपाली साहित्यका जाज्वल्यमान नक्षत्र भानुभक्त आचार्य नैतिक आध्यात्मिक
चेतना भएका सशक्त कवि हुन्। यस्तो आध्यात्मिक संस्कार र चेतनाको विकास
गराउने विशाल क्षितिज निर्माणमा अग्रणी भूमिका खेल्ने काम यिनकै परिवारले गरेको
देखिन्छ। श्रीकृष्ण आचार्यजस्ता संस्कृत भाषाका प्रकाण्ड विद्वानका घरमा जन्मेर
उनीबाटै शिक्षादीक्षा र संस्कार पाएका भानुको स्वाध्ययन निकै गहन थियो। उनले
गुरूकुल पद्धतिअनुरू संस्कृत शिक्षा हासिल गरी त्यसको गहिराई नाप्न सफल भएका
थिए भन्ने वास्तविकता बुझ्न सकिन्छ। उनले गरेको संस्कृत नेपाली अनुवादकला सबैका
लागि प्रशंसनीय विषय बनेको छ। आद्य जगद्गुरू श्री शङ्कराचार्यद्वारा रचित
मणिरत्नमालाको समच्छन्दानुवाद गरी लेखिएको प्रश्नोत्तरमाला उनको अनुवादात्मक
कलाको कसी हो। जम्मा ३२ श्लोकमा संरचित मणिरत्नमालालाई ४९ श्लोक बनाएर
अनुवाद गरिएको उनको प्रश्नोत्तरमाला मानवीय व्यवहारलाई कसी लगाउने र कर्तव्य
तथा अकर्तव्यका बारेमा जीवनदर्शनवादी चिन्तन प्रस्तुत गर्ने उत्कृष्ट रचना हो।
रजस्थल 
आद्य जगद्गुरू शङ्कराचार्य र मणिरत्नमाला:
आद्य जगद्गुरू शङ्कराचार्यलाई भगवान शङ्करको अवतारका रूपमा लिइएको
पाइन्छ। विलक्षण प्रतिभा र विद्वत्ताका धनी शङ्कराचार्यको जन्म वि.सं. ७७७ (सन्
७२०) मा दक्षिण भारतअन्तर्गत केरल प्रान्तको कलटी गाउामा भएको थियो। (सरस्वती:
२०२६) अत्यन्त कर्मनिष्ठ एवम् विद्वान् पण्डित विद्याधरका पुत्ररत्नका रूपमा आविर्भूत
शङ्करले छोटो उमेरमै संस्कृत वाङ्मयको साङ्गोपाङ्ग अध्ययन गरी सन्यास ग्रहण
गरेका थिए। आध्यात्मिक वेदान्त दर्शन, उपनिषद् शास्त्र आदि गहन विषयमासमेत
गहिरो दख्खल भएकाले उनले तिनको निगूढ अर्थलाई प्रकाश पारी गीता, वेदान्तदर्शन र
उपनिषद् शास्त्रहरूको भाष्य, टीका र गहन व्याख्यान गरेर भारतवर्षका प्रकाण्ड विद्वान्
बनेर देखा परे। वैदिक संस्कार, धर्म तथा तिनका मूल्यमान्यताहरूमाथि चारैतिरबाट
प्रहार भएका वेलामा सम्पूर्ण पाखण्डी मतहरूलाई धराशयी बनाएर एकछत्र विजय
हासिल गरेका उनले विभिन्न स्तोत्रसाहित्यहरूको रचना गर्नुका साथै मानव जीवनोपयोगी
बाटोमा डोर्‍याएका छन्। यस्तै कतिपय अध्यात्मवादी दार्शनिक चेतना भएको बत्तीस
श्लोकात्मक कृति मणिरत्नमाला पनि एक हो। यसमा उनले मानव जीवनमा आइपरेका
व्यवहारहरूलाई कसरी सर्वोत्तम बनाउने भन्ने हेतुले तिनको मानवतावादी दर्शनका
आधारमा सूक्ष्म विश्लेषणात्मक तर्क प्रस्तुत गरेका छन्। प्रश्नोत्तर शैलीमा लेखिएको
यो लघु रचना जीवनवादी दर्शनको कसीमा खारिनुका साथै खादिलो र सूत्रात्मक छ।
प्रश्नोत्तरमाला र मणिरत्नमालाको स्वरूपगत तुलना:
भानुभक्त आचार्यको प्रश्नोत्तरमाला शङ्कराचार्यको मणिरत्नमालाको
समच्छन्दानुवाद हो। श्लोक सङ्ख्यामा भिन्नता भए पनि दुवै कृतिको शैली प्रश्नोत्तरात्मक
नै छ। दुवैमा उपेन्द्रवज्रा र इन्द्रवज्रा मिश्रित उपजाति छन्दको प्रयोग भएको छ। दुवैमा
काव्यगत परिष्कारधर्मिता पनि उत्तिकै रूपमा निर्वाह भएको छ। यी विविध समान
गुणहरूले गर्दा कहीा कतै खोटको रेखाङ्कन गर्ने ठाउा रहेको छैन। काव्यगत गुण, रस,
अलङ्कार आदिको संयोजन पनि निकै सचेततापूर्वक गरिएको छ। दुवैमा मानवतावादी
जीवनदृष्टि प्रस्तुत भएको छ। विशेष गरी अध्यात्मवादी जीवनदर्शनलाई पूर्णतया अंगालेर
लेखिएका यी दुवै रचनामा ज्ञान, भक्ति, वैराग्य, विद्योपासना, ईश्वरप्राप्ति र मानव
जीवनको सार्थकताको पक्षमा जोड दिादै जीवनको अन्तिम लक्ष्य मोक्ष प्राप्ति हो भनिएको
छ। यी विविध पक्षहरूमा समानता हुादाहुादै पनि श्लोक सङ्ख्यागत आयामका दृष्टिले
भिन्नता देखिनुका साथै कतैकतै अर्थतत्वमा समेत खोलपाटो परेको भेटिन्छ। यिनै
समानता र भिन्नताका बारेमा यहाा सामान्य तुलनात्मक विश्लेषण गरिन्छ।
प्रश्नोत्तरमालाको अनुवाद पक्ष:
एक भाषाबाट अर्को भाषामा रूपान्तरण गर्नु अनुवाद हो। सामान्यार्थमा अनुवादलाई
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
यसरी अथ्र्याइए तापनि यसको गहन पक्ष चााहि सम्बन्धित भाषाको विचार र मर्ममाथि
प्रहार नगरिकन भावानुवाद, शब्दानुवाद, छायानुवाद, अर्थानुवाद आदि कुनै पनि अनुवाद
पक्षलाई आत्मसात् गरेर रूपान्तरण गर्नुलाई पनि अनुवादका रूपमा लिन सकिन्छ।
सामान्यत: कुनै भाषाको कृतिलाई छायाजस्तै बनाएर उस्तै मर्म, भाव र कला पक्ष प्रस्तुत
हुने गरी अनुवाद गर्नु पनि छायानुवाद हो। कतिपय सन्दर्भमा शङ्कराचार्यको कृति
मणिरत्नमालाको छन्द, लय, भाव, आशय नबिग्रने गरी भानुभक्तले भाषानुवाद गरेकाले
प्रश्नोत्तरमालालाई भावानुवादको नजिक मान्न सकिने अवस्था छ। कतिपय सन्र्दभमा
भने उनी शब्दानुवादका नजिकमा पनि पुगेको देखिन्छ। संस्कृतका धेरै जसो शब्दहरू
नेपालीमा रूपान्तरित हुादा पर्यायका रूपमा देखिएका छन् भने कतिपय तत्समकै रूपमा
प्रयोग गरिएका छन्। (ए को वा दरिद्रो हि विशाल तृष्ण: दरिद्र नाऊा नरमा छ कस्को
? विशाल तृष्णा घरमा छ जस्को यसरी हेर्दा यस कृतिलाई छायानुवाद मान्न सकिने
अवस्था पनि छैन। मूल पाठलाई नबिगारीकन जस्ताको तस्तै अनुवाद हुन नसकेको
अवस्था छैन भन्ने कुरा बत्तीस श्लोक ४८ श्लोक रहेका यी दुई कृतिले बताएकै छन्।
यस कृतिलाई पूर्णतया भावानुवाद मान्न नसकिए पनि त्यसैको निकटवर्ती भने मान्न
सकिन्छ। त्यसैले यी दुई कृतिको भावानुवाद पक्षको तुलना गरी केही समानता र भिन्नता
केलाउनु सान्दर्भिक होला।
प्रश्नोत्तरमाला र मणिरत्नमालाको अनुदित पक्षको तुलना:
शङ्कराचार्यको मणिरत्नमालाबाट कवि भानुभक्तले प्रशस्तमात्रामा खुराक लिएर
प्रश्नोत्तरमालाको रचना गरेका कुरा स्पष्ट नै छ। संस्कृत भाषाका गहन अध्येता भानुले
मणिरत्नमालामा लेखिएका श्लोकहरूको भाव, छन्द र भाषा नबिग्रने गरी भरमग्दुर
प्रयास गरेर अनुवाद कलालाई उचाइमा पुर्‍याएका छन्। शङ्कराचार्यले व्यक्त गर्न
खोजेका विचारबाट केही भिन्न विचार देखिने गरी कतिपय कविता पङ्क्तिहरू
आएका छन्। त्यसो हुनुमा मूल कारण उही छन्दमा भावार्थ समेट्ने भगीरथ प्रयास
गर्दागर्दै पनि संस्कृत भाषामा कसिला र सारगर्भित शब्दहरू बाहुल्य रहनु, शब्दलाघव
र अर्थविस्तारशीलता जस्ता गुणले युक्त भएकाले संस्कृत भाषामा संरचित कृतिहरूलाई
नेपालीमा उत्ति नै शब्द र उही छन्दभित्र बाध्न कठिनाइ भएको हो। तैपनि भानुभक्तको
संस्कृत भाषाप्रतिको निष्ठा र व्युत्पतिले गर्दा मणिरत्नमाला जस्तो परिष्कृत, सूत्रात्मक
र गहन दार्शनिक कृतिलाई धेरै जसो जुम्ल्याहा रचना हुने गरी प्रस्तुत गर्न कवि सफल
भएका हुन्।
प्रतिपादकपूरक सम भावानुवाद:
यस प्रसङ्मा प्रतिपादपूरक भन्नाले भानुभक्त र शङ्कराचार्यका कवितामा प्रयुक्त
प्रत्येक पाउभित्रको अर्थ समान रूपमा पूरा भएको अवगत गराउन खोजिएको छ।
रजस्थल 
प्रत्येक श्लोकको उही पाउामा प्रयुक्त अर्थलाई दुवै कृतिभित्र समान रूपले अर्थ आउने
गरी लेखिएका कतिपय श्लोकहरू यी दुई कृतिमा पाइन्छन् तिनका केही नमुना हेरौं:
मणिरत्नमाला: प्रश्नोत्तरमाला:
अपार संसार समुन्द्रमध्ये अपार संसार समुद्र माहाा
सम्मज्जतो मे शरणं किमस्ति डूब्या शरण् कुन् छ मलाई ञाहाा
गुरो कृपालो कृपया वदैतत् चााडो कृपाले अहिले बताऊ
विश्वेशपादाम्बुज दीर्घ नौका श्रीकृष्णको पाउ छ मुख्य नाऊ।
उपर्युक्त श्लोकहरूमा समान छन्द र समान पाउमा प्रयुक्त भावगत अर्थलाई
पनि समान पाउमा नै राखिएको छ। गुरू शब्दको अर्थ भने भानुभक्तले प्रयोग गरेका
छैनन्। विश्वेश शब्दको समानार्थीका रूपमा श्रीकृष्ण शब्दको प्रयोग गरे तापनि
शास्त्रसम्मत नै देखिन्छ किन भने कृष्णलाई विश्वेश्वर नामबाट पनि सम्बोधन गरिएको
पाइन्छ। त्यस्तै अन्य समान पाउ र अर्थ भएका अन्य केही श्लोकहरू र तिनमा पाइने
अर्थगत/भावगत भिन्नतालाई केलाऔं:
मणिरत्नमाला: प्रश्नोत्तरमाला:
को वा ऽमृत: स्यात् स हि यो निराश: अमृत् सरी कुन् छ भन्या निराशा
पाशो हि को यो ममताभिमान: पासा कउन् हुन् ममतै छ पासा
को वा ज्वर: प्राणभृतां हि चिन्ता ज्वर् कुन् छ चिन्ता ज्वरतुल्य मान्न्या
मूर्खो ऽस्ति को यस्तु विवेकहीन: कुन् मूर्ख हो कत्ति विवेक् नगन्र्या
शूरान्महाशूरतमो ऽस्ति को वा कस्ता बली वीर्कन पीर् कहिन्छन्।
मनोज–वाणैव्र्यथितो न यस्तु कन्दर्प जस्का वशमा रहन्छन्
धन्यो ऽस्तु को यस्तु परोपकारी कुन् धन्य हो जुन् छ परोपकारी
क: पूजनीय: शिवतत्वनिष्ठ: कुन् पूज्य हो तत्व लिन्या विचारी
लघुत्वमूलञ्च किमर्थितैव छोटो कउन् हो नलजाइ माग्न्या
गुरूत्वमूलं यदयाचनञ्च कुन् हो बडो जो धनमा न लाग्न्या
जातो हि को यस्य पुनर्नजन्म जन्म्यो कउन् जन्मनु फेर् नपर्‍र्या
को वा मृतो यस्थ पुनर्नमृत्यु: कुन् काम हो अति डराएर दूर सार्नू
लोकापवादाद् भवकाननाच्य लोकापवाद् छ घटिया कहिल्यै न धार्नू।
उपर्युक्त पद्यहरू दुवै कृतिमा समान भाव र समान पाउमा आबद्ध छन्। छन्द
संयोजनका दृष्टिले भने प्रश्नोत्तरमालाका ३८ औं र ३९ औं कविता गुच्छाहरूलाई
भानुभक्तले वसन्ततिलका छन्दमा आबद्ध गरेका छन्। शब्दहरूको अनुवादमा भन्दा
भावहरूको संयोजन पक्षलाई जोड दिइएकाले कतैकतै फरक अर्थ लाग्ने शब्दहरू प्रयुक्त
छन् तापनि समग्रमा तिनको भावपक्ष भने वस्तुपक्ष देखिन्छ। भवकाननात् संसाररूपी
जङ्गलसाग सधै डराउनुपर्छ भन्ने अर्थ भानुभक्तको प्रश्नोत्तरमालामा उल्लिखित छैन।
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
बहुपादपूरक समभावानुवाद:
शङ्कराचार्यले उपजाति छन्दको एउटै पाउमा प्रश्न र उत्तर अटाएका छन् तर
त्यही विषयलाई भानुभक्तले उक्त छन्दको दुई पाउसम्म लम्ब्याएर भावानुवाद गरेका
छन्। यसरी तुलनात्मक रूपमा हेर्दा मणिरत्नमालाका पद्यहरू खादिला, कसिला, खिरिला,
सूत्रात्मक तथा सङ्क्षिप्त रूपात्मक छन् भने प्रश्नोत्तर मालाका पद्यहरू केही खुकुला र
सरल खालका छन्। प्रतिपादपूरक पद्यहरू भन्दा बहुपादपूरक पद्यहरू अधिक मात्रामा
प्रयुक्त भेटिन्छन्। केही नमुनाहरू निम्मानुसार छन्:
मणिरत्नमाला: प्रश्नोत्तरमाला:
बद्धो हि को वा विषयानुरागी कुन् हो सदा बन्धनमा पर्‍याको
जस्तो त यो मन् सुखमा धर्‍याको।
का वा विमुक्तिर्विषये विरक्ति मुक्ती भन्याको त पदार्थ कुन् हो ?
वैराग्य भन्नू चिज जान्नु जुन् हो।
संसार क: श्रुतिजात्मबोध: कुन् ज्ञान् छ ठूलो भनि लीनु पन्र्या
वेदान्तको ज्ञान छ दु:ख हन्र्या।
यस्तै गरी अधिकांश श्लोकहरू (प्रश्नोत्तरमाला ५, ६ ७...आदि) दुई दुई पाउामा
अर्थ पूरा गरिएका छन् जुनलाई शङ्कराचार्यले एकै पाउमा पूरा गरेका छन्। संस्कृतका
पद्यहरूको अर्थगरिमाका कारण यस्तो हुन गएको देखिन्छ। तिनैलाई भाव र अर्थ नबिग्रने
गरी भावानुवाद गर्दा केही अर्थविस्तार, पाउविस्तार नगरिकन अरू उपाय नै छैन।
यसरी भानुभक्तले श्लोकको सङ्ख्या बढाएका कारणले जम्मा बत्तीस श्लोकात्मक
संस्कृत भाषानिबद्ध कृतिलाई विस्तार गरेर नेपालीमा अनुवाद गर्दा ४८ श्लोकका
कवितागुच्छाहरू तयार हुन पुगे।
समानार्थी सहभावात्मक पद्यहरू:
यी दुवै कृतिमा यस्ता कतिपय कवितागुच्छ, पद्यहरू छन् जुन समानार्थ व्यक्त
गर्ने खालका छन्। फरक फरक भेषभुषामा सजिएका तर एउटै अनुहार र गुण भएका
दाजुभाइ जस्तै लाग्ने यी दुवै रचनाका सूक्तिमय पद्यहरूलाई पनि एउटै थलामा ल्याएर
उभ्याऔं:
मणिरत्नमाला: प्रश्नोत्तरमाला
अपार–संसार–समुद्रमध्ये अपार, संसार मसुद्र माहाा
को वा ज्वर: प्राणमृता हि चिन्ता ज्वर् कुन् छ चिन्ता ज्वरतुल्य मान्या
मूर्खा‡ ऽ स्तिको यस्त विवेकहीन: कुन् मूर्ख हो कत्ति विवेक् नगन्र्या
कुन् हो पशूतुल्य भनी कह्याको
बिदाविहीन: पशुरस्ति को वा बिद्या न भै मूर्ख पडी रह्याको
वासो न सङ्ग: सह कैर्विधेयो सज्जन्हरू कस्सित सङ् नगर्नू
रजस्थल 
मूर्खैश्च वीचैश्य खलैश्च पापै खल् पापि निच्का नगिचै नपर्नू
जातो हि को यस्य पुनर्न जन्म जन्म्यो कउन् जन्मनु फेर् नपन्र्या
को वा मृतो यस्य पुनर्न मृत्यु: मन्र्या कउन् हो मरि फेर् नमन्र्या
किं कर्म कृत्वा न हि शोचनीयम् कुन् कर्मले शोक्हरू दूर हुन्छन्
कुतो हि मीति: सततं विधेया कुन् काम हो अति डराएर दूर सार्नू
अहर्निशं किं परिचिन्तनीयम् रात्दिन् निरन्तर कतातिर चित्त धर्नू
संसार–निथ्यात्व–शिवात्मतत्वम् संसार् अनित्य बुझि तत्व विचार गर्नू।
उपर्युक्त पद्यहरूमा प्रयुक्त संस्कृतका शब्दहरूको नेपाली भाषामा अर्थ परिवर्तन
गर्दा त्यस्तै किसिमको अर्थ प्रकट हुन्छ। यिनमा धेरैजसो एकै पाउमा प्रश्न र उत्तर
दुवैलाई समावेश गरिएकाले समपादात्मक अन्विति हुनुका साथै आशयगत समानता पनि
झल्किएको छ। यस्ता कविताहरू पश्नोत्तरमालामा केही मात्रमा छन् भने अधिकांश
कविताहरू शब्दार्थ र आशयका आधारमा फरक देखिन्छन्। शङ्कराचार्यले प्रयोग गरेका
कतिपय शब्दहरूको अर्थ भानुभक्तको प्रश्नोत्तरीमा पाइदैन। त्यसरी फरक परेका केही
पद्यहरूलाई सागसागै राख्दा यस्तो अर्थगत भिन्नता देखिन्छ।
भिन्नार्थी पृथक भावात्मक पद्यहरू:
मणिरत्नमाला प्रश्नोत्तरमाला
संसारमूलं हि किमस्ति चिन्ता (१४) संसारको मूल् भन आज कुन् हो ?
सव्ले अबिद्या भनि भन्नु जुन् हो
पशो: पशु: को न करोति धर्म कुन् हो पशूसरि भनी नरले कह्याको
प्राधीतशास्त्रो ऽपि न चात्मबोध: (२९) आत्मा नजानिकन मूर्ख पडी रह्याको (४१)
कामारि–कंसारि समर्चनाख्यम् (२२) श्री विष्णुका पूजनले ति तर्छन् (२९)
लोकापवादाद् भवकाननाच्य (२६) लोकापवाद् छ घटिया कहिल्यै नधर्नू (३८)
संसारह्त् क: श्रुतिजात्मबोध: (३) कुन् ज्ञान् छ ठूलो भनि लीनु पन्र्या (४)
श्रीमााश्चको यस्य समस्त तोष: (५) कुन् हो धनी सब् नरले कह्याको (८)
को वा महान्धो मदनातुरो य: (६) कस्लाई विद्वान्हरू चुच्छ भन्छन्
जो कामदेव्को वशमा रहन्छन् (१०)
किं भूषणाद् भूषणमस्ति शीलम् (८) भूषण् छ कुन् सज्जनले कह्याको (१३)
को दीर्घरोगी भव एव साधो (७) कुन् दीर्घ रोग् हो सबलाई हन्र्या (१२)
कार्या प्रिया का शिव विष्णुभक्ति (१०) कुन् काम हो मन् दिइ गर्न पन्र्या
श्री विष्णुको भक्ति छ दु:ख हन्र्या (१७)
किं जीवनं दोषविवर्जित यत्: (१०) कुन् आद्मि हो यस् नरमा जियाको
निर्दोषि भै मन् हरिमा दियाको (१७)
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
विषाद् विषं किं विषया: समस्ता: (१३) कुन् हुन् ठूला विष् विषयै कहिन्छन्
ती कालकूटादि बरू सहिन्छन् (२०)
माथिका दुवै कृतिभित्रका श्लोक तथा पद्यहरूमा रेखाङ्कन गरिएका अंशहरू
अर्थ दृष्टिले फरक देखिन्छन्। यद्यपि भावानुवाद गर्दा कतिपय गहन भनाइहरूलाई
लम्ब्याउनु पर्ने नै हुन्छ तापनि अन्यार्थ लाग्ने किसिमका पद, पदावलीहरूको प्रयोग
गर्दा सर्वसाधारण पाठकले त्यसको अभिप्रायमूलक अर्थबोध नगर्न पनि सक्छ। तसर्थ
यसरी संस्कृतका पद्यहरूलाई सकेसम्म हुबहु अनुवाद गर्न खोज्दा शब्दहरू छुट्नु वा
मूल पाठको मर्मभन्दा बाहिरका विषयहरू मिसाउनु त्यति उपयुक्त मानिादैन। त्यसैले यस
लेखमा ती अर्थ, भावगत समानता र भिन्नतालाई केलाउने स्वल्प जमर्को मात्रै गरिएको
हो। माथिका रेखाङ्कित् पद पदावली बीचका भिन्नतातिर एक विहङ्गम दृष्टि फिजाऊा
जस्तो लाग्यो:
संस्कृत पद्य (मणिरत्नमाला)
श्लोक १४ मा ‘चिन्ता’को अर्थ शोक भनिएको
श्लोक २९ मा ‘कामारि’ कामदेवका शत्रु भगवान् शिव भन्ने अर्थ रहेको।
श्लोक २६ मा भवकाननाच्य: = भव (संसार) रूपी जङ्गलबाट भन्ने पदावली रहेको।
श्लोक ३ मा संसारह्त् = सांसारिक मोह हरण गर्ने भन्ने अर्थ रहेको।
श्लोक ६ मा महान्ध = सांसारिक मोह हरण गर्ने भन्ने अर्थ रहेको।
श्लोक ८ मा गहनाको पनि गहना शील हो भनिएको छ। जुन अर्थ प्रश्नोत्तरमालामा
बढी पदावली थपरेर दिएएको छ।
श्लोक ७ मा ‘साधो’ = हे सज्जन भनी सम्बोधन गरिएको छ।
श्लोक १० मा ‘शिव, विष्णु भक्ति:’ = ‘शिव र विष्णु भगवान्को भक्ति’ भनेर अर्थ
गरिएको।
किं जीवनं दोषविवर्जितयत् = जीवन के हो (कस्तो हुनुपर्छ ‘जुन दोषरहित छ त्यही नै
जीवन हो भन्ने अर्थ दिइएको।’
श्लोक १३ मा सांसारिक विषय र वासनाहरू विषभन्दा पनि ठूला विष हुन् भनिएको।
नेपाली पद्य (प्रश्नोत्तरमाला)
‘चिन्ता’ लाई अबिद्या (अज्ञान) भन्ने अर्थमा लिइएको (पद्य २३)
पद्य ४२ मा ‘न करोति धर्म’ भन्ने वाक्यांशको अर्थ कही पनि नरहेको।
श्री विष्णु (कंसारि = कृष्ण) भन्ने अर्थ प्रयोग गरिएको तर ‘शिव’ भन्ने अर्थ लुप्त
गरिएको (पद्य ३०)
लोकापवाद्को मात्रै कुरा गरेर उक्त भावरूपी, संसाररूपी वन भन्ने अर्थ कतै पनि
प्रयोग नगरिएको (प: ३८)
रजस्थल 
पद्य ४ मा ‘कुन ज्ञान् छ ठूलो’ भनी पृथक अर्थयुक्त पदावली प्रयोग भएको।
पद्य १० मा महान्धको कुनै अर्थ नरहेको, त्यसको सट्टा ‘तुच्छ’ शब्दको प्रयोग भएको।
पद्य १३ मा ‘सज्जनले कह्याको’ भन्ने पदावली थप गरिएको छ।
पद्य १२ मा ‘साधु’ सम्बोधनको अर्थ नै नदिइकन ‘सबलाई हन्र्या’ भनेर फरक सन्दर्भमा
उल्लेख गरिएको।
पद्य १७ मा ‘श्री विष्णुको भक्ति छ’ भनी शिवभक्तिको कुरा छुटाइएको।
पद्य १७ मा ‘यस नरमा बााचेको मानिस कुन् हो जसले हरि भगवान्मा मन दिएको छ।’
भन्ने फरक अर्थ प्रस्तुत गरिएको।
पद्य २० मा ‘ती कालाकूटादि बरू सहिन्छन्’ भनी फरक अर्थ दिने ‘कालकूट’ शब्दको
प्रयोग गरिएको।
यसरी फरक सन्दर्भ, भाव र अर्थद्योतन गर्ने यस्ता अन्य पद्यहरू नि ‘प्रश्नोत्तरमाला’
भित्र प्रशस्त मात्रामा छन्। यसलाई विज्ञ, प्रबुद्ध पाठकवर्गले बुझ्नु नै हुनेछ। अर्थ
विस्तार गर्दै जाादा लेखको आयतन पनि विस्तृत हुादै जाने भयले धेरै चर्चा गरिएन।
निष्कर्ष:
आद्यशङ्कराचार्य र आदिकवि दुवै आध्यात्मिक नैतिक चेतनाका विशिष्ट
प्रतिभा हुन्। आद्यशङ्कराचार्यलाई अन्य, विविध कोणबाट तुलना गर्न नमिले पनि
‘मणिरत्नमाला’ का स्रष्टाका रूपमा ‘प्रश्नोत्तरमाला’ का स्रष्टालाई तुलनाको आधार
बनाइएको हो। कवि भानुले शङ्कराचार्यको दार्शनिक खण्डकाव्यतुल्य संस्कृत भाषामा
संरचित ‘मणिरत्नमाला’को भावानुवाद गरेर नेपाली साहित्य भण्डारमा एउटा नयाा
रत्न थप्ने काम गरेका छन्। ‘प्रश्नोत्तरमाला’ का नामबाट प्रसिद्धि कमाएको उनको
यस फुटकर रचनाले नेपाली समाजमा धार्मिक, नैतिक, आदर्श, कर्मनिष्ठा, बिद्यासाधना,
मानवतासम्बन्धी चेतना प्रदान गरेको छ। संस्कृत भाषाका पारखी एवम् अध्यवसायी
भानुले मणिरत्नमालाको अनुवादलाई यथासम्भव हुबहु बनाउने प्रयास गरेका छन्। यति
हुादाहुादै पनि कतिपय सन्दर्भमा शब्दार्थगत, भावगत, छन्दोगत र आयामगत भिन्नताबाट
अलग रहेर भावानुवाद गर्न सकिएको अवस्था देखिदैन। समग्रमा प्रश्नोत्तरमाला सरल,
सरस र रोचक भाषाशैलीमा लेखिएको उत्कृष्ट रचना हो।
(गौडाकोट, नवलपरासी)




जाग्रत स्वप्न सुषुप्ति वृत्ति तिन छन् येस् बुद्धिका यी पनी
झूटै देखि लियिन्छ नित्य सुखरुप् एस् ब्रÞमरुप्मा भनी
जानी वृत्तिनिरोध् गरेर जनले यो आत्म जानी लिनू
आत्माभित्र उपाधिलाइ त झुटा जानेर छाडी दिनू।। (रामगीता, श्लोक:१८)
 
" "