नेपाली साहित्यका आदि कवि भानुभक्त आचार्यको जन्म वि.सं. १८७१ असार
२९ गते तनहुा जिल्लाको चुादी रम्घामा भएको हो। सम्भ्रान्त ब्राÞह्मण परिवारमा
जन्मेका यिनका बाबुको नाम धनञ्जय तथा बाजेको नाम श्रीकृष्ण आचार्य रहेको
बुझिन्छ । आरम्भिक शिक्षा बाजेद्वारा घरमै गराइएका यिनले बनारसबाट संस्कृत
भाषाको अध्ययन गरेका हुन् । आदिकविको उपाधि भने उनले वि.सं.१९४८मा प्राप्त
गरेका हुन् । उनका फुटकरदेखि कविताको महान् रूप महाकाव्य एवम् गद्य विधातर्फ
केही चिठी चपेटा उपलब्ध छन् । उनका रामायण (१९१०), भक्तमाला (१९१०),
प्रश्नोत्तरमाला (१९१०), बधूशिक्षा (१९१९) एवम् रामायण अन्तर्गतको रामगीता
(१९२५) तथा फुटकर रचनाहरू भानुभक्तका रामायण (२०३९)मा सङ्कलित छन ।
यस लेखमा उनका अरू नभई ‘प्रश्नोत्तर’ कविताको सामान्य टिप्पणी गर्ने प्रयास
गरिएको छ ।
मानिस चेतनशील प्राणी हो,उसाग चेतना र विवेक छ । त्यसैले सर्वश्रेष्ठ
प्राणीको उपमा पाएको छ । कहिलेकाहीा मानिसले आफ्नो चेतनालाई नियन्त्रणमा
राख्न नसकी आफ्नै कारण समाजमा बदनाम कमाउन वाध्य हुन्छ, मानिसका विभिन्न
इन्द्रिय छन् (आाखा, कान, नाक, जिब्रो, छाला, दुई हात, दुई खुट्टा, मलद्वार, मूत्रद्वार र
मन दश इन्द्रियको चर्चा गर्दै भानुभक्तले यी इन्द्रियहरूलाई नियन्त्रणमा राख्न सक्ने
व्यक्ति समाजमा आफ्नो अस्तित्व कायम गर्न सक्ने अन्यथा तिनै इन्द्रिय व्यक्तिका
शत्रुका रूपमा परिणत हुने यथार्थतालाई प्रष्ट्याएका छन्, जसले अनावश्यक लोभ
लालसा, तीर्खा राख्दछ त्यो व्यक्ति सधौ गरिब, दु:खी हुनुपर्ने उल्लेख गर्दै स्वार्थी
बन्दाका परिणतिको चित्रण गर्दै मानिसलाई सचेत बनाउने प्रयत्न गरेका छन् र
जसले आफूसाग जे छ त्यसैमा रमाउन जानेको छ त्यसलाई संसारले नै धनीमान्ने
सङ्केत गरेका छन् । मानिसमा सिर्जनशिलता रहनुपर्छ भन्नेतर्फ सङ्केत गर्दै उनले
आफ्नो जीवनको अमूल्य समय केही न केही काममा प्रयोग गर्नुपर्ने भन्दै समयको
महत्व नबुझी त्यसै खेर फाल्ने मानिसको यस संसारमा बााचेर पनि कुनै अस्तित्व
नरहने बाताएका छन् । जसले सत्य र उपदेश बााड्नसक्छ त्यो नै समाजको गुरू
बन्ने भन्दै शोषण, दमन, अत्याचारको अघोषित विरोध गरेका छन् र कलुषित भावना
र दुष्ट प्रवृतिको सीमा औाल्याएका छन् । अरूको भलाइ गर्ने व्यक्ति, जसले सबैको
उपकार गर्छ त्यसको प्रशंसा गर्नुपर्ने बताउादै जसले मूलकुरो अर्थात सारवस्तु, विचार
रजस्थल (भानु विशेषाङ्क–२०७०)
मनन गरेर लिन्छ त्यस्तो व्यक्ति पूज्य हुने बताएका छन् । कुनैपनि समयमा पाप कर्म
तर्फ अगाडि बढ्न नहुने तर्कलाई कलात्मक रूपमा प्रस्तुत गरेका छन् । विद्याको
महिमागान गर्ने क्रममा कविले आभूषणले व्यक्ति बाहिरी रूपमा सुन्दर देखिने भन्दै
विद्या प्राप्त गर्ने व्यक्ति आन्तरिक रूपमानै सुन्दर बन्ने बताउादै विद्यालाइ जगतकै
गहना मानेका छन्, माता ममतामयी हुन्छिन् एउटा बालक आमाको पिटाई पाएपछि
पनि आमाकै काखमा लुट्पुटिन खोज्छ जहाा आमाको पिटाइ भित्रपनि मातृत्व प्रबल
रहन्छ त्यस्तै मातृत्व विद्याबाट प्राप्त गर्न सकिन्छ भन्दै विद्या र आमालाई समस्तरमा
राखेका छन् । जतिजति दिए पनि उतिनै बढ्ने वस्तुको रूपमा बिद्यालाई चित्रण गर्दै
आफूले जानेका कुराहरू अरूलाई बााडेमा उक्त विद्या स्थायी हुने बताएका छन् ।
नैतिक आदर्शलाई प्रस्तुत गर्ने क्रममा सबै प्राणीको हित हुने कार्य गर्नुपर्ने र त्यही
नै सत्य हुने बताउादै अरूलाई पीडा, धोका र अन्यायहुने कार्य गर्न नहुनेतर्फ सचेत
बनाउने प्रयास गरेका छन् । सबैलाई खुसी तुल्याउने मानिसनै सभाको आकर्षण हुने
भन्दै लोकले निन्दा गर्ने, समाज र संसारले तुच्छ ठान्ने काम कसैले कहिल्यै पनि गर्न
नहुने तथ्यलाई प्रस्तुत गरेका छन् ।
यसरी समाजमा इमान, जमान, सत्य, परोपकार निस्वार्थता आदि जस्ता कुरा
लोप हुन लागेको आजको यस अवस्थामा विद्यालाई बेरोजगारी समस्या निम्त्याउने
संस्थाको रूपमा लिने आजको परिवेश, स्वार्थ, छलकपट, हत्या, हिंसा जस्ता अमानवीय
व्यवहार मौलाउादै यान्त्रिक बनेको आजको यो समाजमा पनि उनका कवितामा व्यक्त
गरिएको नैतिकता र आदर्श समाज निर्माणको परिकल्पना उत्तिकै मनन योग्य र
ग्रहणनीय मानिन्छ । नैतिक मर्यादामा रहेर समतामूलक र आदर्श समाज निर्माणमा
उनकामाथि प्रस्तुत गरिएका उपदेशलाई मनन र ग्रहण गर्न सकिएका खण्डमा
कुनै अर्को लोकमा स्वर्गको खोजीमा भौतारिनु नपर्ने यथार्थ प्रस्तुत भएको पाइन्छ।
समाजलाई नैतिक परिधिभित्र बााध्ने प्रयत्न गर्ने आचार्यको वि.सं. १९२५ मा ५४
वर्षको उमेरमा निधन भएको थियो । यसरी उपजाति र वसन्ततिलका छन्दमा
रचित प्रस्तुत कवितामा कविले जीवन जगत्का विभिन्न पक्षमाथि प्रश्न उठाएर ती
प्रश्नहरूको सटीक उत्तर दिने प्रयत्न प्रश्नोत्तर शैलीमा गरेका छन् । उक्त कविता
शङ्कराचार्यद्वारा संस्कृत भाषामा लेखिएको ‘मणिरत्नमाला’को सुन्दर भावानुवाद
भएपनि भानुभक्तले आफ्नो अनुवादशक्तिको परिचय दिएका छन् । दार्शनिक तत्वको
बाहुल्य रहेको उक्त कृतिमा उनले प्रतिभा र चातुर्यकला प्रदर्शन गरेका छन् ।
कवितामा प्रस्तुत गरिएका जीवनोपयोगी सूक्तिहरूलाई सम्पूर्ण नेपालीहरूले आफ्नो
जीवन र व्यवहारमा लागू गरेमा समाजलाई नैतिक आदर्शतिर उन्मूख बनाई आदर्श
समाज निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने निश्चित छ । खखख
रजस्थल
भानुभक्तीय वैशिष्टय सङ्क्षिप्त चर्चा
२ डा. हंसपुरे सुवेदी
बूढादेखि लिएर बालक पनी यिन्को बयान् गर्दछन्
यिन्का ग्रन्थ पढेर धन्य कविजी भन्दै स्मरण् गर्दछन्
रामायण् कविता सुधासरी भनूा या क्यै अवर यो भनूा
मीठापद् अलि दिल् प्रसन्न गरन्या या शारदै हुन् भनूा। मोतीराम भट्ट
नेपाली साहित्यका क्षेत्रमा अरू कसैको त्यत्तिको प्रभाव परेको छैन। न त जीवनमा
उनी असुलनीय छन्। धेरैले समग्र नेपालीको ह्त्केन्द्र छुन खोजे, उनकै अनुकरणमा।
तर सकेनन्। उनी एक्ला छन्। अरूमा ज्यादा विभिन्नता पाउन सकिन्छ। ज्यादा रङ्ग,
ज्यादा प्रश्न, ज्यादा शङ्का तर उनी आफू जस्तै छन्। एकै किसिमका निर्मल। उनले सब
समस्या सरल तवरले हल गरिसकेका छन्। उनको भविष्यलाई सन्देश यही छ। सत्यको
श्रद्धा र नेपाली ह्दयको समीपवर्तीत्व नै कविको पहिलो पानी हो। (लक्ष्मीप्रसाद देवकोटा)
यी भनाइ हुन् भानुभक्तलाई पढे बुझेका मोतीराम भट्ट तथा महाकवि लक्ष्मीप्रसाद
देवकोटाका। यी प्रतिभाहरू भानुभक्तलाई नेपाली भाषा साहित्यका लोकोत्तर कवि
मान्दछन्। निश्चय नै भानुभक्त सरस्वतीका वरदपुत्र बुझिन्छन्। नेपाली भाषाका मर्मज्ञ
सकलका आदिकवि मानिन्छन्। यिनका कविता र काव्य पूर्वीय समाज एवम् नेपाली
साहित्यमा सदा उर्वर छन्। समस्त नेपालीहरूको ह्दयलाई छोएको पाइन्छन्। यसैले
भानुभक्तको काव्यात्मकताबाट समस्त नेपाली प्रभावित भएको सङ्केत वि.सं. १९४३
तिर नै युवाकवि मोतीराम भट्ट (१९२३–१९५३) ले आफ्नो रचना कवि समूह वर्णनम्मा
उक्त प्रकार लोकप्रिय कविको रूपमा भानुभक्त महिमा गाएको पाइन्छ। यसैगरी ३. शि.
बाबुराम आचार्य (१९४४–२०२९) ज्यूले पनि आफ्नो कृति ‘पुराना कवि र कविता’
(२००३) अन्र्तगत भानुभक्तलाई लालित्यपूर्ण काव्यको रचयिता कवि भनी सङ्केत गरेको
पाइन्छ। उनी लेख्छन्: ‘यत्तिको लालित्य र सरलता यिनका समकालीन रघुनाथ पोखर्याल
आदिका कावितामा पाइादैनन्।’ भानुभक्त परलोक भएको करिब ४० वर्षपछि माधवीमा
प्रकाशित भएको पण्डित लेखनाथ पौड्यालको कवितामात्र फेरि त्यस किसिमको लालित्य
र सरता देख्न पाउाछौं। (दो सं. पृ:१२)
रजस्थल (भानु विशेषाङ्क–२०७०)
यसरी भानुभक्तलाई प्रतिभावान् सहज कविको रूपमा मोतीराम भट्टले बयान
गरेका छन्। अनि त्यसलाई परवर्ती आलोचक बाबुराम आचार्यले समर्थन जनाएका
छन्। मोतीराम लेख्छन्: ‘कवि भानुभक्ताचार्य सहज कवि थिए। अर्काको करमा कैल्यै
बसेनन्। यै कारणले जागिर, ठूलो नामको इच्छासम्म राखेनन्। आफ्ना मनोमानसित
चित्त प्रसन्न भयाका बखतमा कविता गर्दथे। निज कवि भानुभक्ताचार्यका परममित्र श्रीयुत
सुब्बा धर्मदत्त ज्योतिषीका मुख जवानी मैले सुनेको छु कि कवि भानुभक्त एक दिनमा ६०
श्लोक शार्दूलविक्रीडित छन्दम बनाउन सक्दथे। रामायण युद्धकाण्ड बनाउन एक दिन
कवि भानुभक्तले ६० श्लोक शार्दूलवृत्तमा बनाएका छन्। अर्थात् १४२ १/२ ग्रन्थका
बराबर कविता बनाये।’ (कवि भानुभक्ताचार्यको जीवनचरित्र १९४८)
मोतीराम भट्टले भानुभक्तलाई सहज कवि मानेका छन्। पूर्वीय काव्यशास्त्रको
सङ्केत अनुसार सहज कवि माता सरस्वतीको वरदान प्राप्त विशेष प्रतिभा हो। यसैले
असल साहित्यकार सरस्वतीको वरदपुत्र मानिन्छ। ऊ प्रतिभाशाली र व्युत्पत्तिवान् हुन्छ।
नवौं शताब्दीको सुरूआततिरका संस्कृत साहित्य समालोचक राजशेखरको सङ्केत छ
वस्तुत: सचेत प्राणी हो मानिस। हरेक मानिसमा धेरथोर प्रतिभा पाइन्छ। तर त्यसलाई
व्यक्त गर्ने खुबी वा सीप थोरैमा मात्र पाइन्छ। प्रतिभा प्राप्त अभिव्यक्तिलाई राम्रो
आकर्षणमय रूपले व्यक्त गर्ने सीप नै साहित्य हो। इत्यादि। अझै उनी लेख्छन्: प्रतिभा,
व्युत्पत्तिमाश्य कविरित्युच्यते। अर्थात् प्रतिभाशाली र व्युत्पतिवान् व्यक्ति नै कवि हो,
साहित्यकार हो इत्यादि। (काव्यमीमांसा अ.५)
राजशेखरले प्रतिभालाई विभिन्न कोटिमा विभाजन गरेका छन् र सहजप्रतिभा
महान् हो, सारस्वत (सरस्वतीको वरदान प्राप्त) हो भनेका छन्। साथै असल कविको
कर्तव्य र लक्षण बताउादै कविको उच्च आदर्श र उत्तम विचार तथा सुसन्देशहरूबाट
पाठकवर्गलाई पथप्रदर्शन मिल्छ, रचनापाठमा आनन्द आउाछ इत्यादि सङ्केत गरेका
छन्। उनी भन्छन्: ‘कवि हुनु महान् कुरा हो। उसमा सूक्ष्म एवम् तीक्ष्ण दृष्टि हुन्छ। ऊ
हर्दम नयाा नयाा कुरा आत्मसात् गर्छ, जनसमक्ष ल्याउाछ। योगसिद्ध पुरूषले समाधिमा
देखेको यथाथर्ता सत्कविले देख्न सोच्न सक्छ। अनि सो वाणीद्वारा विरचित गर्न पुग्छ
इत्यादि। त्यस्तै संस्कृत समालोचक आचार्य भामह (प्रथम शताब्दी) ले चाहिा आफ्नो कृति
काव्यालङ्कार अन्तर्गत कवि साहित्यकार हुन नसक्नु वा नहुनु अपराध होइन भनेका
छन्। अनि कुकवि लोभी मतलवी, चाट साहित्यकार हुनु चाहिा अपराध हो, जिउादै मर्नु
रजस्थल
हो’ इत्यादि उल्लेख गरेका छन्। उनी लेख्छन्:
नाकवित्वमर्धमार्य व्याधये दण्डनाय वा
कुकवित्वं पुन: साक्षान्मृतिमाहुर्मनीषिण: (काव्यालङ्कार १/१२)
अर्थात् कविता (साहित्य) सिर्जन नगर्नु अथवा साहित्यकार नहुनुबाट न पाप
लाग्छ, न त रोग लाग्छ, रोग बढ्छ। न त कतै सजाया वा शासना नै दिइन्छ। तर
कुसाहित्य, सिर्जन सर्वथा त्याज्य छ। कारण कुसाहित्य, सिर्जन मरण बराबर हो, दुष्कर्म
हो। निन्दनीय हो इत्यादि।
यसरी भामहले कुकवित्व वा कुसाहित्य सिर्जनालाई तिरस्कार गरेका छन् र
कुकवित्वको आधार दोषपूर्णता मानेका छन्। अनि आफ्नो लक्षणग्रन्थ काव्यालङ्कारको
लगभग आधा भाग दोषनिरूपणको चर्चामा नै खर्चेका छन्। भानुभक्त आचार्य रामभक्त
बनी आफ्ना अग्रज साहित्यकारहरूलाई उछिन्न पुगे। भाषा, भावना र शैलीमा परिष्कार
दिदौ नेपाली भाषा साहित्यको दरो जग बसाल्ने आदि प्रतिभा बने। यिनले भाषा शैलीमा
अभूतपूर्व कवित्व दर्शाए र नेपाली लोकभाषालाई परिष्कार दिए। अत: भानुभक्तीय रामायण
नेपाली भाषाको लोकप्रिय काव्यकृति बन्न पुग्यो। कारण नेपाली भाषाको वास्तविक रूप
भानुभक्तको रामायणबाट नै थालनी भएको स्पष्ट हुन्छ। अत: सर्वप्रथम मोतीराम भट्ट
(१९२३–१९५३) ले कवि भानुभक्ताचार्यको जीवनचरित्र (१९४८) मा ‘इन्को (भानुभक्तको
जन्म वर्ष विक्रमीय सम्वत् १८६९ (१८७१ आधिकारिक साल) हो। गोर्खा भाषामा हुन त
धेरै नामका कवि भानुभक्त भन्दा पैले भयो। तर कविताको मर्म बुझी भाषा पद्य लेखने
कविहरूमा आदिकवि भानुभक्त नै हुन्’ इत्यादि लेखेका छन्।
यो मोतीराम भट्टको भाषिक दूरदृष्टिको मर्मबोध हो। उनको समालोचकीय
पहिचान हो। भटट्ज्यूले भानुभक्तीय भाषाशैली र छन्दगत रूप प्रयोगको यथार्थता
आफ्नो पच्चीस बर्से उमेर (वि.सं. १९४८ मा) नै बुझेको अनुभव हुन्छ। भानुभक्तबाट
पाइएको भाषिक रूप प्रयोग, शैली तथा छन्दविधान निर्वाध रूपले गतिशील बन्दै कवि
शिरोमणि लेखनाथसंम नै चलिरहयो र केहीहरूमा चल्दै पनि छ। यो यिनको कविता
शैलीगत जादुगरी हो, वैशिष्ट्य हो।
वास्तवमा पूर्वीय साहित्य सिद्धान्तको आधार अनुसार सहज कवि सर्वोत्कृष्ट
रचनाकार हो। उनको अन्तर्मनमा नयाा नयाा नौला भावना स्वत: स्फुटित हुन्छन्। ऊ
पाठकवर्गलाई सदा नयाा नयाा नौला विषय प्रस्तुत गर्न पुग्छ। अनौठा कल्पनाको धनी
रजस्थल (भानु विशेषाङ्क–२०७०)
देखापर्छ ऊ। यस प्रकारको स्रष्टा नै सााचो अर्थमा कवि हो, साहित्यकार हो भन्ने सिद्धान्तमा
संस्कृत समालोचकहरू पाइन्छन्। यस यथार्थतालाई आत्मसात् गरेका नेपाली युवाकवि
मोतीराम भट्टले भानुभक्तको कवित्वबारे निकै गम्भीर बन्दै आफ्नो अभिमत राखेको
पाइन्छ उनको जीवन चरित कृतिमा। भानुभक्तको समय नेपाली भाषा, अपहेलित,
दुरावस्थापूर्ण शैशवकालीन स्थितिमा थियो तर उनले नेपाली भाषाप्रति आफ्नो समर्पण
र सद्भाव पोखे। सहज उद्धार दिए। यसैलाई आत्मसात् गरी आफ्नो निबन्धमा महाकवि
देवकोटा बोल्छन्: ‘भानुभक्तले त्यसवेला रामायण लेख्ने विचार गरे, जुन वेला नेपाली
भाषा नेपालीको ओठैमा मत्र रहन्थ्यो। जब त्यसमा निश्चित आकार र उद्देश्य थिएन,
जब व्याकरण गर्भमा थियो, जब पढेका अहंमानी पण्डितहरू भाषाको नामलाई नाक
चेपर्याएर नफरत गर्दथे। जब उनीहरूको मनमा नेपाली साहित्य नामक शब्दयोजना नै
उपहास जस्तो लाग्थ्यो’ इत्यादि।
अन्तत: भानुभक्तको भाषा, साहित्यगत विशिष्टतालाई आत्मसात् गरेका युवाकवि
मोतीरामले उनलाई नेपाली भाषा साहित्यको सहज कवि भनी उनको जीवनी अन्तर्गत
सविस्तार उल्लेख गरेका छन्। साथै मोतीराम भट्टले अन्तर्मनबाट आफौ प्राकृतिक रूपमा
फुटेको रचना नै सर्वोत्तम सिर्जना हो भन्दै सहज कविको विवेचनसमेत गरेका छन्। अनि
आफ्नो कवि र कविताको वर्णन शीर्षक रचनामा उनले कविताको लक्षण पनि सङ्केत
गरेका छन्। उनी सहज कविको वास्तविकता यसरी प्रष्ट्याउाछन्:
धन्ले हुादैन कविता न त हुन्छ मन्ले
ज्ञान्ले हुादैन कविता न त हुन्छ तन्ले
यिन्ले भयाकी कविता कविता समान् हो
आफौ भयाकी कविता कविता असल् हो। इत्यादि।
काशीसदन, काठमाडौं।
श्रद्धा भक्ति रहोस् गुरूचरणमा मेरा वचन्मा पनी
यस्लाई श्रुतिसार् बुझीकन पढोस् मूल् तत्व यै हो भनी
यस्ता रित्सित यो पढ्यो पनि भन्या अज्ञानको नाश् गरी
मेरै रुप् बनिजान्छ जान्छ सहजै संसारसागर् तरी।
रामगीता: श्लोक ३०
रजस्थल