Social Icons

सम्पादकीय

   

                                          सबभन्दा ठूलो हात्ती–हात्ती भन्दा पनि ठूलो छाती                                                                
                                                                          –लोकोक्ति


‘रजस्थल’को आजसम्मको यात्रामा लोकसंस्कृति अड्ढ, प्रजातन्त्र
सेनानी अड्ढ हुादै २०६६ मा महाकवि लक्ष्मीप्रसाद देवकोटा अड्ढ र २०६८ मा भीमनिधि तिवारी विशेषाड्ढ प्रकाशित भइसकेका छन् ।२०७०/०७१ भानुभक्त द्विशतवार्षिक र २०७१/०७२ विश्वेश्वरप्रसाद शतवार्षिक समारोह मनाउने नेपाल सरकारको निर्णय सार्वजनिक भएको अवस्थामा स्याङ्जा साहित्य प्रतिष्ठानले ‘माघ–फागुन–चैत २०७०’ भानु विशेषाड्ढको कल्पना गर्‍यौं र सुरू गर्‍यौं ऐले लगभग चारसय
पृष्ठको ग्रन्थ तयार गरेर भाषा–वाङ्मयप्रेमीका हातमा ल्याइपुर्‍याउन सक्यौं ।
यो सक्नुमा यसको सुरूको लोकोक्तिको प्रभाव नै हो भन्न चाहन्छौं ।
हामीसाग केही मौज्दात भएर त्यसकै भरमा यात्रा गरेनौं ‘आाटे पुग्छ’ भनेरै
लागि रÞयौं । आखीर निस्क्यो त सही ‘भानु विशेषाड्ढ’ यत्तिमा खुसी छौं ।
हाम्रा आदि कवि भानुभक्त जन्मेको २०१ वर्ष भयो भने उनी स्वर्गे भएको
१४७ वर्ष पुग्यो । भानुभक्त नेपाली भाषाको पहिलो महाकाव्य ‘रामायण’ को
प्रणेता हुन् । रामगीता, भक्तमाला, बधूशिक्षा र प्रश्नोत्तरी खण्डकाव्य समकक्षी
कृतिहरू हुन् । यी बाहेक फुटकर कविताहरू पनि छन् । भानुभक्तको सिर्जना
यात्रा घाासीसागको भेटबाट प्रारम्भ भयो भने समापन १९२५ मा रामगीता
लेखेर भयो । भानुभक्तका रामायणसमेतका रचनामा प्रशस्त पाठान्तर पाइन्छ ।
सय–सवासय वर्षको अन्तरमा यति ठूलो र ओजनिलो गरिमामय इतिहास
यति धेरै द्विविधायुक्त रहनु, पत्ता नलागी अनुमान गर्न पर्नुले हीनताबोधको
अवस्था भयो भनौ वा देवकोटाले भने झैं, ‘हामी साहित्य कलाका कोर्काली’
रहेछौ भनेर स्वीकार गर्नैपर्ने भयो ।
वि.सं. १९०३ मा इतिहास शिरोमणि बाबुराम आचार्यले विश्लेषण
साथ मानक रूप तयार गरेपछि पनि भानुका रचनामा पाठान्तर
रहिरहेको पाइन्छ । ‘रामायण’सहित भक्तमाला आदि लामा
कविता र फुटर एवम् मुक्तकशैलीका कवितासमेतको सङ्ग्रह अर्का
इतिहासकार सूर्यविक्रम ज्ञवालीको सम्पादनमा वि.सं. २०३९ मा
साझाले प्रकाशित गरेपछि पनि भानुभक्त र उनका सिर्जनालाई एउटै रूप
दिन नसक्नुले पनि अफ्ठेरो महसूस भइरहेको छ । यो अफ्ठेरोमा हामी

पनि पर्‍यौं।
कहिले सूर्यविक्रम ज्ञवालीले सम्पादन गरेको ‘रामायण–२०३९’, कहिले
बाबुराम आचार्यले सम्पादन गरेको ‘पुराना कवि र कविता–२००३’ र
कहिले प्रा.डा. व्रतराज आचार्यले सम्पादन गरेको ‘भानु दर्शन पूर्णाड्ढ–८’ का
स·तमा परेर हेरेकाले तीनै अनुरूप भएका छन् ।
आप्टन/ओटन, लहडमा/लहरमा जस्ता पाठान्तर छदैछन् । वर्णविन्यास
र स्वरविन्यासमा एकरूपता नहुादा नेपाली भाषा सिक्न चाहनेहरूलाई अप्ठेरो
परेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय र पाठ्युस्तक
प्रकाशनको अभिभारा बोकेको साझाको भाषामा एक रूपता हुनपर्नेमा
नभएकोले थप अफ्ठेरो परेको छ । फेरि सम्बन्धित स्रष्टासागका तिथिमितिमा
पनि एक रूपता पाइदैन । जसले जे सुन्यो त्यही लेख्यो भन्दैमा त्यही नै
ठीक कसरी भन्ने ? भानुभक्तका नाममा आजसम्म अनेक पत्रिकाहरूले
विशेषाड्ढ निकालेका छन् ।शतवार्षिकमा निस्के, द्विशतवार्षिकमा पनि निस्के
र निस्कदै छन् । सबै अनेक रूपमा छन् । विशेषाड्ढहरूले भिन्नतामा एक
रूपता ल्याउन सकेनन्, यो रजस्थलले पनि सकेन । तर आगामी दिनहरूमा
इमान्दारीपूर्वक प्रयत्न गर्नेलाई उपयोगी हुने लेखहरू भने यहाा जम्मा भएका
छन् । सूर्यविक्रम ज्ञवाली, कमल दीक्षित, प्रा.डा. केशवप्रसाद उपाध्याय,
ह्दयचन्द्रसिंह प्रधान, डा. मतिप्रसाद ढकाल जस्ता लेखकका विचारहरू र
उद्धृत तथ्यहरूले इमानदार अध्येताहरूलाई सघाउने नै छन् भन्ने हामीलाई
लागेकोले नै यहाा पुनर्मुद्रण गरेका हौं । अरू–अरू लेखक, समालोचकहरूका
रचनाहरूले पनि रजस्थललाई स्तरीय बनाउन सहयोग पुगेको छ भन्ने ठानेका
छौं । यस्तै यो अड्ढमा समावेश गर्न नसकेका लेख रचना रजस्थलका
आगामी अड्ढमा क्रमश: प्रकाशन गर्दै जाने व्यहोरा अवगत गराउाछौं। अत:
विभिन्न ठाउाका विद्वान, लेखकहरूप्रति धन्यवाद ज्ञापन गर्दछौं । त्यसबाहेक
पूरै २०७० सालभरि भानु द्विशतवार्षिक कार्यक्रम मनाउने क्रममा
सन्दर्भ सामग्री उपलब्ध गराई स्याङ्जा साहित्य प्रतिष्ठानको अध्यक्षलाई
नै स्याङ्जा जिल्लाको संयोजक बनाएर सहकार्यको साझेदार हुन
पाएकोमा भानु प्रतिष्ठानका अध्यक्ष प्रा.डा. व्रतराज आचार्य, डा. तुलसी
भट्टराई लगायत प्रा.डा. जयराज पन्त, प्रा.डा. गोवन्दराज भट्टराई र डा.
लक्ष्मणप्रसाद गौतमप्रति धन्यवाद ज्ञापन गर्दछौं ।


-बिश्वप्रेम अधिकारी



 
" "
|
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
|
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
/
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
/
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
\
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*