Social Icons

भक्तमाला काव्यमा पूर्वीय दर्शनको प्रभाव - कृष्णप्रसाद सापकोटा


१. विषय परिचय:
भक्तमाला काव्यका लेखक आदिकवि भानुभक्त आचार्य (१८७१–१९२५) हुन् ।
उनका प्रकाशित काव्य कृतिहरूमा रामायण (महाकाव्य १९१०) र अन्य काव्यहरूमा
भक्तमाला (१९१०) प्रश्नोत्तरमाला (१९१०) बधूशिक्षा (१९१९) रामगीता (१९२५) जस्ता
काव्य र फूटकर कविता रहेका छन् । साहित्यको कविता विधामा मात्र कलम चलाएका
आचार्य प्राथमिककालीन नेपाली कविता साहित्यको भक्तिधारा अन्तर्गत रामभक्तिधाराका
सशक्त र नेतृत्व गर्ने कवि हुन् । अनुवादित परिवेश र परम्परामा नेपाली भाषा र
कवितालाई लोकप्रिय बनाउादै मौलिक शैली प्रदान गरेकाले आदिकविको संज्ञा प्राप्त
गरेका कविको मौलिक र अनुवादित दुवै प्रकारका रचनाहरू प्रकाशित रहेका छन् ।
फुटकर कवितादेखि महाकाव्यसम्मको रचना गरेका आदिकविको रामायण सर्वाधिक
लोकप्रिय र महत्वपूर्ण कृतिको रूपमा रहेको देखिन्छ ।
आदिकवि भानुभक्त आचार्य प्राथमिककालीन समयका भक्तिधारामध्येका रामभक्ति
उपधाराका सशक्त अनि केन्द्रीय प्रतिभा हुन् । उनको समयमा नेपालको वातावरण
धार्मिक तथा अध्यात्मिक भएकाले यिनमा पनि सोही अनुसार धार्मिक तथा आध्यात्मिक
रुचि र विचार हुर्कदै गएको पाइन्छ । त्यहीा धार्मिक र आध्यात्मिक रुचि अनुसार रामलाई
नै मुख्य आराध्यदेव मानेर त्यसैको केन्द्रीयतामा अनि नेपाली परिवेश अनुसार यिनले
विभिन्न कविता काव्यको रचना गरेको पाइन्छ । उनले आफ्ना रचाका माध्यमबाट
धार्मिक, न्यायिक कर्तव्यपरायण, आदर्शमय नैतिकवान र इमान्दार समाजको निर्माण
गर्न चाहेको देखिन्छ । भानुभक्तले रामायणको रचना गरेपनि यो उनको मौलिक रचना
होइन । संस्कृत भाषामा व्यासद्वारा लेखिएको रामायणको कथावस्तुलाई लिएर अनुवादित
रूपमा भानुभक्तले नेपाली भाषामा रामायण लेखेका हुन् । यो महाकाव्य संस्कृतको
अनुवाद भएपनि यसमा भानुभक्तले पर्याप्त मात्रात्रा नेपालीपन र मौलिकता प्रदान गरेका
छन् । पद्यात्मक भाषालाई अनुवाद गर्नु कठीन कार्य भएपनि भानुभक्तले यसलाई सहजता
अनि सफलतापूर्वक सम्पन्न गरेको पाइन्छ ।
विषयप्रवेश:
भक्तमाला काव्य पूर्वीय दर्शनका मान्यतामा आधारित आध्यात्मिक काव्य हो ।
रजस्थल 
यस काव्यमा पूर्वीय दर्शनका साङ्ख्य, योग, न्याय, वैशेषिक, मीमांसा, वेदान्त आदिको
प्रभाव रहेको पाइन्छ । पूर्वीय दर्शनका कर्म, मोक्ष आदि विभिन्न दार्शनिक चिन्तन
यसमा रहेको भेटिन्छ । काव्यमा भक्ति, कर्म, मोक्ष आदिको प्रसाग र सन्दर्भ विभिन्न
परिवेश र परिस्थितिमा आएका छन् । पूर्वीय दर्शनको मान्यता अनुरूपका प्रसङ्ग र
सन्दर्भमा जीवन र भौतिकताको क्षण भङ्गुरता, स्वर्ग र नरकको चर्चा, ईश्वरको ध्यान
र चिन्तनबाट नै जीवनको सार्थकता आदि कुराको उद्घाटन कर्मवाद आदि विविध
पक्षहरूको चर्चा काव्यमा भएको देखिन्छ ।
साहित्य र दर्शनको सम्बन्ध:
साहित्य र दर्शनका बीचमा परापूर्प कालदेखि नै गहिरो सम्बन्ध रहेको पाइन्छ।
साहित्य अनुकरण हो भने दर्शन सत्यको अनुसन्धान हो । साहित्य र दर्शन दुवैको
उद्देश्य सत्यको खोजी भएतापनि यो सन्दर्भमा साहित्यभन्दा दर्शन एक खुड्किलो
अगाडि रहेको देखिन्छ । संवेग र अनुभूतिको सशक्त प्रवाहका माध्यमबट सत्यको
खोजी साहित्यले गर्दछ । बुद्धिको प्रधानयुक्त भावना दर्शनमा प्रयाप्त मात्रामा रहेको
हुन्छ भने सह्दययुक्त भावनाको प्रधानता साहित्यमा हुन्छ । साहित्य समाजको ऐना
हो भन्ने दृष्टिकोणको सार्थकता साहित्यमा हुन्छ । समाजको यथार्थ र वस्तुगत चित्रण
साहित्यमा रहन्छ भने समाजको यथार्थ र ऐनालाई प्रकाश पार्ने ज्योतिको रूपमा दर्शन
रहेको देखिन्छ । साहित्य चाहे भावनामा बगोस् चाहे संवेगमा नाचोस् यसको नसा
नसामा दर्शन कै रगत बगिरहेको हुन्छ । (गिरी, २०५५:८) । यसरी विभिन्न कोणबाट
हेर्दा पनि साहित्य र दर्शनका बीच अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । साहित्यविना
दर्शन र दर्शनविना साहित्य अधुरो र अपूरो रहन्छन् वा दुवैको अस्तित्व रहन सक्दैन ।
भक्तमाला काव्यमा पूर्वीय दर्शनको प्रभावलाई हेर्ने वा खोज्ने प्रयास यहाा गरिएको छ ।
पूर्वीय दर्शनको सैद्धान्तिक आधार:
पूर्वीय परम्परामा विभिन्न समयमा विभिन्न प्रकारका दार्शनिक मान्यताको
प्रार्दुभाव भएको पाइन्छ । यसरी प्रार्दुभाव भएका दर्शनहरूले जीवन, जगत, आत्मा,
परमात्मा, प्रकृति, जीव, ईश्वर, धर्म, कर्म, मोक्ष आदिका सम्बन्धमा अनि भौतिक
संसारको, जीवनको, मोक्षको, कर्मको, धर्मको सम्बन्धमा व्याख्या विश्लेषण, चिन्तनमनन
गर्ने कार्य पूर्वीय दर्शनमा भएको देखिन्छ । पूर्वीय दर्शनमा पनि आस्तिक र नास्तिक
गरी दुई प्रकारका दर्शन देखिन्छन् । तीमध्ये आस्तिक दर्शनका रूपमा साङ्ख्य, योग,
न्याय, वैशेषिक, मीमांसा र वेदान्त दर्शन पर्दछन् भने नास्तिक दर्शनका रूपमा चार्वाक
दर्शनलाई लिने गरिन्छ । यसरी हेर्दा वेदलाई आधिकारिक वा प्रमाणका रूपमा मान्ने
दर्शनलाई आस्तिक र वेदलाई आधिकारिक वा प्रमाणका रूपमा नमान्ने दर्शनलाई
नास्तिक दर्शनका रूपमा हेर्ने वा मान्ने गरिन्छ ।
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
दर्शनको उत्पत्ति, प्रयोग र परिभाषाका सन्दर्भमा पूर्व र पश्चिमका विद्वानहरूका
आआफ्नै प्रकारका परिभाषा, मान्यता र धारणा रहेको पाइन्छ । दर्शन शब्द हेर्नु वा
देख्नु भन्ने अर्थमा संस्कृतमा प्रयोग गरिने दृश्य (प्रेक्षणे धातुबाट भावमा ल्युट प्रत्यय
गर्दा दर्शन शब्द बन्दछ । जसको अर्थ विचार प्रयोजन ज्ञान वा तत्व ज्ञान हुन्छ । (गिरी,
२०५५:१) दर्शन शब्दको शाब्दिक व्युत्पति अनुसार कुनै पनि वस्तुको वास्तविकता
बुझ्ने कोसिस नै दर्शन हो । नेपाली बृहत शब्दकोशमा दर्शनलाई चिनाउने सन्दर्भमा
प्रकृति, ईश्वर, ज्ञान, विज्ञान, वस्तु, जीवन र चेतना बारेको विवेचना र विश्लेषण गरिने
विधा, ततसम्बन्धी विषयमा व्यापक रूपले यथार्थ परिचय दिने शास्त्र, आध्यात्मिक तथा
भौतिक वस्तुको चिन्तन वा विश्लेषण (पोख्रेल र अन्य, २०६७:६०१) भन्ने अर्थ गरिएको
छ । यस अर्थले पनि पूर्वीय दर्शनका मान्यतालाई अनुभूत गर्न सकिन्छ । त्यस्तै गरेर
पश्चिमेली जगतमा वा अंग्रेजी भाषामा फिलोसोफी फिलोसको अर्थ प्रेम र सोफियाको
अर्थ ज्ञान वा विद्या भन्ने देखिन्छ । यी दुई शब्दलाई जोडेर हेर्दा ज्ञानप्रतिको प्रेम भन्ने
हुन्छ । पूर्व र पश्चिमको दर्शनको अर्थलाई हेर्दा पूर्वीय दर्शनको मान्यता वा तात्पर्य
विशाल रहेपनि वास्तविक वस्तुको बोध, दु:खमय संसारबाट छुटकारा, त्यसका कारण र
उपायको खोजी भन्ने बुझिन्छ (चालिसे, २०६९:१३) यसरी पूर्वीय सबै आस्तिक दर्शनले
ज्ञानको माध्यमबाट मोक्षको उपाय खोज्दछन् । अज्ञानताबाट मुक्तिको लागि नै दर्शनको
पादुर्भाव भएको मानिन्छ । अज्ञानताका कारणले नै मानिसले ईश्वरको भजन गर्न छोडेर
तेरो, मेरो भन्ने भावनाको विकासका साथै राग, द्वेष, इष्र्या, आदिले जन्म लिन्छ र मानिस
दु:खलाई सुख असत्यलाई सत्य ठान्न पुग्दछ । जुन मानवीय दु:खका प्रमुख कारण हुन्।
यसैबट मुक्त पार्ने उद्देश्य नै पूर्वीय दर्शनको रहेको पाइन्छ ।
पूर्वीय आस्तिक दर्शनहरूको जीवनबाट दु:खको नाश गराई यो दु:खमय संसारको
दु:खबाट सदाको लागि छुटकारा कसरी मिल्छ र मानिसले त्यसका लागि के कस्तो
कर्म गर्नुपर्दछ भन्ने कुराको सूक्ष्म रूपमा विश्लेषण गरेको देखिन्छ । अध्यात्म ज्ञान
र दर्शनका सम्बन्धमा भगवतगीतामा अध्यात्मज्ञान, ‘नित्यत्वम् तत्व ज्ञानार्थ दर्शनम्’
(भगवत गीता, १३/११) भनिएको छ । यसको आशय पनि अध्यात्म ज्ञानमा निष्ठा हुनु,
तत्वज्ञानको सोच, चिन्तन, विचार गरेर मुक्तावस्थामा लैजानु नै दर्शनको सोच रहेको
पाइन्छ । मनिसलाई सत्कर्मको बाटोमा हिाडाएर, क्षणभङ्गुर भौतिकताको मोहबाट
छुटकारा दिलाउादै, अध्यात्मिक चिन्तनको परिधिमा पुर्‍याएर सन्तोषपूर्वक बााच्ने प्रेरणा
पूर्वीय आस्तिक दर्शनले देखाएको मजबुत र सकारात्मक बाटो हो । यसबाट नै जीवनको
सागत प्राप्त हुन्छ भन्ने धारणा पूर्वीय दर्शनको रहेको देखिन्छ ।
पूर्वीय आस्तिक दर्शनहरूले ईश्वर, मोक्ष, कर्म, ज्ञान, धर्म, कर्तव्य, आदि विविध
पक्षमा चर्चा गरेको पाइन्छ । पूर्वीय दर्शनले सच्चिदानन्द स्वरूप ब्रÞमालाई मात्रै
रजस्थल 
सत्यको रूपमा स्वीकार्दै मानिस अज्ञानताका कारणले भौतिकताको पछि लाग्छ र
त्यसैलाई सत्य ठान्न पुग्दछ । त्यसै कारणले गर्दा सदैव मानिस असन्तोषी र दु:खी हुन
पुग्दछ । प्रकृति, पुरूषको भेद, ज्ञान, आत्मा र ब्रÞम एउटै हो, ब्रÞम मात्रै सत्य हो,
जगत मिथ्या हो, कर्म र ज्ञान सुखका र मोक्षका मार्ग हुन् भन्ने चर्चा पूर्वीय दर्शनले
गरेको छ । यी मान्यताहरू पूर्वीय दर्शनका साझा मान्यता हुन् भने चार्वाक दर्शनले
यीभन्दा भिन्न मान्यता राखेको पाइन्छ । आस्तिक पूर्वीय दर्शनले जगतको सृष्टिदेखि
संहार र आत्मादेखि मोक्षसम्मको चर्चा, कर्म सम्बन्धी मान्यताको विश्लेषण सूक्ष्म रूपमा
गरेको पाइन्छ । यिनै मान्यताहरू भानुभक्तीय भक्तमाला काव्यभित्र पनि छन् । यिनै
कुरालाई पूर्वीय दर्शनका मान्यताका आधारमा विश्लेषण गरिएको छ ।
भक्तमाला काव्यमा पूर्वीय दर्शनको प्रभाव:
आदिकवि भानुभक्त आचार्यद्वारा लेखिएको भक्तमाला काव्य पूर्वीय दर्शनबाट
प्रभावित भएर रचना गरिएको अनुवादित काव्य हो । पूर्वीय दर्शनको मूल्य मान्यतामा
आधारित भएर प्रस्तुत गरिएको यस काव्यले पाञ्चभौतिक देह, भोग, वासना, सांसारिक
सुख, दु:ख, ज्ञान, मोक्ष आदि विविध पक्षमा प्रकाश पारेको पाइन्छ । प्रस्तुत काव्यमा
जीवन के हो ? जीवनमा के कस्ता कार्य गर्नु पर्दछ ? मानिसले जीवनलाई कसरी अगाडि
बढाएको छ ? भन्ने कुराका साथै ईश्वरभक्तिमा लाग्नुपर्ने र जीवनलाई मोक्षको मार्गमा
लैजानुपर्ने कुराहरू काव्यमा सान्दर्भिक रूपमा आएको देखिन्छ । प्रस्तुत भक्तमाला
काव्यमा रहेका पूर्वीय दर्शनसम्बन्धी यिनै दार्शनिक मान्यताहरूको विश्लेषण यहाा
गरिएको छ:
क. प्रस्तुत भक्तमाला काव्यमा पूर्वीय दर्शनको प्रभाव रहेको पाइन्छ । यस
काव्यका प्रत्येक श्लोकमा पूर्वीय दर्शनका मान्यता अनुरूप जीवनमा मानिसले विषय
वासनालाई त्यागेर ईश्वरभक्तिमा लाग्नुपर्ने भावलाई ज्यादै ओजपूर्ण रूपमा प्रस्तुत
गरिएको छ । सीताराम भन्नु ईश्वरीय अंश वा ईश्वरीय स्वरूप हो भन्ने कुरालाई
काव्यांशको प्रथम श्लोकमा यसरी प्रस्तुत गरिएको छ:
प्रतिज्ञा मैले यो यमसित गर्‍याा जन्मि अब ता
सिताराम् भज्न्याछू विषयहरूमा छाडि ममता । ।
प्रतिज्ञा सो बिर्सीकन जन धनै खोजि डुलियो
सिताराम् भज्न्या हो शिव शिव उसै आज भुलियो । । (आचार्य, २०३९:१)
प्रस्तुत काव्यांशमा जीवन के हो ? भन्ने मर्मलाई उजागर गर्ने चेष्टा गरिएको
छ । मानिसले पृथ्वीमा जन्म लिएपछि सम्पूर्ण आध्यात्मिक गुण, तत्वहरूलाई बिर्सिएर
भौतिकताको मोहमा पर्दछ । भौतिकतालाई नै सर्वस्व ठान्दै, त्यसैलाई शाश्वत सत्य
मान्दछ । तर पूर्वीय पुराणका अनुसार मानिस आमाको गर्वमा रहदासम्म ईश्वरलाई
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
पुकार गर्दै आफूलाई त्यस नारकीय कुण्डबाट बाहिर निकाली दिएमा वा निस्कन पाएमा
आफूले अहोरात्र ईश्वरको भजन गर्ने, ईश्वरलाई सम्झने र आध्यात्मिक मार्गमा लाग्ने
प्रतिज्ञा गरेपनि पृथ्वीमा आएपछि सबै कुरालाई बिर्सिएर भौतिकताको मोहका पछि
दौडन्छ । विषयवासनाको मोहमा रम्न थाल्दछ । धन सम्पत्तिको मोहका परेर सम्पूर्ण
कुरा बिर्सिएर त्यसैको पछि दौडन्छ । त्यहीा दौडाइलाई वा भौतिकतालाई नै सत्य देख्दछ
। दु:खलाई सुख र अज्ञानतालाई ज्ञान मान्न पुग्दछ । जब समय समाप्त हुादै जान्छ, अनि
बल्ल होस् खुल्छ र हतार हतारमा ईश्वरलाई जप्न पुग्दछ । यसरी मानिस भौतिकतामा
भुलेर जीवनको शाश्वत पक्षलाई बिर्सिन्छ । त्यसो गर्नु हुादैन । अज्ञानतालाई ज्ञानरूपी
चक्षुका माध्यमबाट हटाएर समयमा नै सीतारामरूपी ईश्वरलाई भज्दै जीवनलाई सार्थक
बनाउनु पर्दछ भन्ने आशय कविताको रहेको र पूर्वीय आस्तिक दर्शनको मान्यता अनुरूप
नै प्रस्तुत कवितांश आएको हुनाले दुवैमा समानता रहेको कारणले गर्दा यसमा पूर्वीय
दर्शनको प्रभाव रहेको पाइन्छ ।
ख. भक्तमाला काव्यमा भौतिकताको वशमा परेर सम्पूर्ण ईश्वरीय कुरा बिर्सिएर
जाने हो भने जीवनको साथ कसरी रहन्छ र भोलिका दिनमा यमका दूतहरूले के
भन्लान्भन्ने पूर्वीय दर्शनको स्वर्ग, नर्क, ईश्वर आदि आयशलाई यसरी व्यक्त गरिएको
छ:
गयो बालक्काल्को वय पनि उसै बालरसले
यसै रित्ले यौवन् पनि बितिगयो मोहवशले ।
भयो वृद्धावस्था अझ पनि भजीदैन मनले
कसो गर्नन् ख्वामित् मकन यमका दूतहरूले । (आचार्य, २०३९:३)
प्रस्तुत काव्यांशमा मानिसले कसरी अनाहकमा नै जीवनका समय खेरफालेको
हुन्छ र पछि उसलाई बितेका समयको उत्तर दिनेसमेत अवसर मिल्दैन भन्ने आशय
यसमा रहेको छ । मान्छे जन्मेपछि ज्ञानमार्ग र भक्तिमार्गमा लाग्नुपर्नेमा त्यसो गर्दैन।
अज्ञानताका कारणले मानिस भौतिक मार्गमा लाग्दछ । बालरसमा नै मानिसको
बाल्यकाल बित्दछ भने बाल्यकाल जसरी नै मानिसको यौवनावस्था पनि बित्दछ ।
यौवनावस्थामा पनि मानिसले भक्तिमार्गको बाटोलाई नसमातेर भौतिकतापछि विभिन्न
प्रकारका मोहको वशमा परेर सीताराम रूपी ईश्वरलाई सम्झदैन । यौवनावस्थामा मात्र
नभएर वृद्धावस्थामा पनि मानिस ईश्वरलाई भज्ने मोक्षको मार्गलाई समात्ने, दु:खरूपी
संसारबाट मुक्त हुने, अज्ञानतालाई हटाउने, आत्मालाई चिन्ने पुरूष र प्रकृतिको भेद
ज्ञान छुट्याउने, ज्ञान नआउने हुनाले उसले पछुताउनु पर्दछ । जब मानिस जीवनको
अन्तिम अवस्थामा पुग्दछ अनि बल्ल उसका ज्ञानरूपी चक्षुहरू खुल्दछन् । त्यस समयमा
पुग्दा ढिला भइसकेको हुन्छ र पछुताउनु बाहेक अरू कुनै कुरा उसाग रहेको हुादैन र
रजस्थल 
ईश्वरलाई के जवाफ दिने ? ईश्वरले के भन्लान् र यमराजका दूतहरूले मलाई के
गर्लान् भन्ने सोचेर मानिस अत्तालिन्छ । यसरी जीवनलाई भौतिकताको परिधिभित्र
राखेर क्षणभङ्गुर भौतिकताको पछि लागेर जीवनको अमूल्य समयलाई खेर फाल्नु
हुादैन भन्ने आशयको भाव प्रस्तुत काव्यांशको रहेको पाइन्छ । पूर्वीय आस्तिक दर्शनले
जसरी जीवन नाशवान वस्तु हो, आत्मा अजरअमर छ, भौतिक वस्तु क्षणभङ्गुर हुन्छन्,
दु:खमय जीवनलाई कसरी मुक्त पार्न सकिन्छ भन्ने आशय र प्रस्तुत काव्यांशको
आशयका बीचमा समानता रहेको हुनाले प्रस्तुत श्लोकमा पूर्वीय दर्शनको प्रभाव रहेको
पाइन्छ ।
ग. भक्तमाला काव्यमा कर्म सम्बन्धी चर्चा पनि भएको छ । संसारका जति
पनि भौतिक वस्तु छन्, ती सबै नाशवान र क्षणभङ्गुर छन् । सम्पत्तिको त के कुरा
स्वयम् यो शरीर पनि नाशवान छ । अजर अमर त मानिसले गरेको कार्य मात्र छ ।
धन सम्पत्ति आदि सबै वस्तु नाशवान छन् भन्ने आशयलाई कवितांशमा यसरी प्रस्तुत
गरिएको छ:
जगत्मा पृथ्वीका अधिपति बडा दौलति थिया
मरण्का वेलामा बुझिलिनु ति क्या लीकन गया । ।
निरन्तर् यै सम्झी हरि भजि रहोस् शुद्ध मनले
परन्तू हक् मन्र्यै छ त बटुलि क्या गर्नु धनले । । (आचार्य, २०३९:६)
पूर्वीय आस्तिक दर्शनहरूले ज्ञानको माध्यमबाट मुक्तिको उपाय खोज्दछन् । प्रस्तुत
काव्यांशमा पनि मानिस भौतिक वस्तुप्रति अलमलिएर कर्तव्यपथमा लाग्न नसकेको भाव
झल्किएको देखिन्छ । यस भौतिक संसारमा जतिसुकै धन भए पनि वा पृथ्वीको नै
मालिक भए पनि मर्ने समयमा वा मानिसले शरीरलाई छोड्दा कुनै पनि वस्तु साथमा
जादैनन् । जाने वस्तु भनेको त जीवनमा गरेका कर्म मात्र हो । जीवनमा मानिसले
असल कर्म गरेको छ भने त्यही असल कर्म मात्र जान्छ । त्यसैले जीवनलाई उपयोगी
बनाउनको लागि मानिसले शुद्ध मनले हरिलाई भज्नुपर्दछ वा ईश्वरलाई सम्झनु पर्दछ।
अन्यथा जतिसुकै धन दौलत जम्मा गरेपनि ती सबै यसै पृथ्वीमा नै छोडेर जानुपर्दछ।
सधौ मेरो मेरो भनेर राखेको शरीरलाई पनि चितामा जलाएर वा छाडेर जानुपर्दछ।
अजर अमर वस्तु त सत् कर्म मात्र हो । जो कहिल्यै मर्दैन भन्ने आशयको भाव प्रस्तुत
काव्यांशमा रहेको र कर्मवादी मान्यतालाई यस काव्यांशले बोकेको हुनाले र पूर्वीय
आस्तिक दर्शन मध्येको मीमांसा दर्शनले कर्मवादलाई महत्व दिने हुनाले पनि यस
काव्यांशमा पूर्वीय दर्शनको प्रभाव रहेको पाइन्छ ।
घ. भक्तमाला काव्यमा मोक्षका सम्बन्धमा पनि चर्चा गरिएको छ । ईश्वरलाई
भुलेर भौतिकताका पछि लाग्दा मानिसले मुक्ति पाउन सक्दैन भन्ने आशयका साथै दश
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
इन्द्रियहरूलाई वशमा राखेर ईश्वरलाई सम्झन सकेमा मात्रै सम्पूर्ण जनले दु:खरूपी
सागरबाट मुक्ति हुनसक्ने आशयलाई काव्यांशमा यसरी व्यक्त गरिएको छ:
मुरारे ख्वामित्का चरणतलमा मन् न धरि ता
बडो दुर्लभ् देख्याा सकल जनको मुक्ति गति ता । ।
विचार् गर्छू क्यारूा मन पनि बलैले हरिलिया
दशेन्द्री डााकूले बिच बिच पसी दु:ख् पनि दियाा । (आचार्य, २०३९:१३)
प्रस्तुत काव्यांशमा दु:खमय संसारको वास्तविक दु:खबाट छुट्कारा पाउनका लागि
ईश्वरमा लीन हुनुपर्दछ । यदि मानिस ईश्वरमा भक्ति वा लीन हुन नसकेमा दु:खरूपी
संसारबाट कसैको पनि उद्धार हुन सक्दैन । यसको लागि अध्यात्मज्ञान वा तत्वज्ञानको
आवश्यकता पर्दछ । तत्वज्ञान वा अध्यात्मज्ञानको पछि नलागेर मानिसहरू भौतिकताको
पछि लागेका हुनाले उनीहरूको मुक्ति असम्भव भएको आशय एकातिर काव्यांशले व्यक्त
गरेको छ भने अर्कोतिर योगदर्शनको मान्यताअनुसार मानिसले मुक्तावस्थाको लागि
दशइन्द्रियहरूलाई वशमा राख्नुपर्दछ । जबसम्म इन्द्रियहरू वशमा रहदैनन्, तबसम्म
चित्तवृति शुद्ध हुन सक्दैन र चित्तवृत्ति शुद्ध नभएमा मानिसले मुक्तावस्थालाई प्राप्त गर्न
सक्दैन भन्ने मान्यता रहेको हुनाले इन्द्रियहरूले समय समयमा मानिसलाई दु:ख दिन्छन्
आवश्यकतामा फसाउाछन्, भक्ति मार्गलाई खलबल पारिदिन्छन् । त्यसैले इन्द्रियहरूलाई
वशमा राखेर हरिलाई सम्झन सकेमा संसाररूपी दु:खबाट वा जीवनरूपी दु:खबाट
पार पाउन सकिने आशय काव्यांशको रहेको र पूर्वीय आस्तिक दर्शनले पनि जीवनका
दु:खबाट मुक्ति दिलाउने उपायको खोजी गर्ने हुनाले दुवैको आशयमा सामञ्जस्य भएको
हुनाले प्रस्तुत काव्यांशमा पूर्वीय दर्शनको प्रभाव रहेको पाइन्छ ।
ङ. भक्तमाला काव्यमा जीवनका सम्बन्धमा पनि चर्चा गरिएको छ । जीवन
नाशवान वस्तु हो । समयमा नै भक्तिमार्गमा लाग्न सकेमा जीवनको सार्थकता रहन्छ ।
अन्यथा जीवन निरर्थक हुने आशयलाई काव्यांशमा यसरी व्यक्त गरिएको छ:
भजन् राम्को ठूलो बुझिकन भजन् गर्नु जनले
नभुल्नू, कैल्यै यस् विषयसुखमा लागि धनले । ।
अविश्वासी चोला कति रहन जाला बितिगया
पछीतो खुप् होला जपतप विवेक् केहि नभया । । (आचार्य, २०३९:१७)
प्रस्तुत काव्यांशमा भक्तिरसको प्रभाव ज्यादै गहन रूपमा परेको देखिन्छ । भक्ति
नै मुक्तिको प्रमुख आधार हो भन्ने मान्यता अनुरूप यसमा ईश्वर नै सबैभन्दा महत्वपूर्ण
वस्तु हो । ईश्वरको कृपाविना संसार अगाडि बढ्न सक्दैन भने जीवनको सुख सुविधा,
धन दौलतका पछि लागेर ईश्वरलाई बिर्सनु हुादैन । जीवन नाशवान छ । यो कतिखेर
के हुन्छ भन्ने कुरा थाहा पाउन सकिदैन । अविश्वासी चोलाको रूपमा जीवनलाई
रजस्थल 
हेर्दै कुनै पनि भक्ति भावनाका कार्य वा ईश्वरीय चिन्तनका कार्य पछि गरौंला, समय
छदैछ भनेर सााचेर राख्दा जीवनमा ठूलो पछुतो पर्न सक्छ । त्यसकारणले समय छदैमा
अज्ञानतालाई हटाएर ज्ञानको माध्यमबाट भक्तिमार्गमा लागेर ईश्वरको भजन गर्नु सबै
भन्दा ठूलो बुद्धिमानी हुन्छ भन्ने आशयको भाव यस काव्यांशमा रहेको र पूर्वीय दर्शनले
पनि अज्ञानतालाई हटाएर ज्ञानका माध्यमबाट जीवनको क्षणभङ्गुरतालाई बुझ्नुपर्दछ
भन्ने कुरा राख्ने दुवैको आशयमा समानता रहने हुनाले यसमा पूर्वीय दर्शनको प्रभाव
रहेको पाइन्छ ।
च. भक्तमाला काव्य भक्तिरसबाट ओतप्रोत भएको काव्य हो । यसमा विषय
वासनामा भुल्ने, भक्तिप्रति ध्यान नदिने व्यक्तिलाई अविवेकीको संज्ञा दिइएको छ ।
जीवनमा कर्म गर्नु पर्ने, भक्ति भावमा लाग्नुपर्ने र विषयभोग भनेको तुच्छ कुरा हो भन्ने
आशयलाई काव्यांशमा यसरी व्यक्त गरिएको छ:
अवीवेकी मूढो त्रिभुवनविषे को छ म सरी
बिताञाा व्यर्थै यस् विषयरसमा जन्म यसरी । ।
कउन् ठूलो चिज् हो विषयरस यस् पाजि रसमा
दिञाा मैले यो मन् बुझिबुझि पर्‍याा मोह वशमा । । (आचार्य, २०३९:२०)
प्रस्तुत काव्यांशमा जीवनमा कवि आफूले ईश्वरको भक्ति चिन्तन गर्न नसकेको
हुनाले आफू विवेकी बन्न नसकेको गुनासो गरेका छन् । उनले यहाा आफ्नै माध्यमबाट
सम्पूर्ण मावन जगतको प्रतिनिधित्व गर्दै भक्तिमार्गमा नलाग्ने मानव समुदायलाई अविवेकी
मूढोको संज्ञा दिएका छन् । मानिसले विना काममा नै जीवनको वास्तविकतालाई नबुझेर
समय खेर फालेको गुनासो पनि कविको छ । कविले विषयरसलाई संसारको तुच्छ वस्तु
ठानेका छन् । मानिसले विषय वासनामा लाग्नाले मानव कल्याण नहुने कुरा बुझेर पनि
मायाजालमा फसेर विषय वास्ना, धनदौलत, भौतिक सम्पत्ति जोड्नमा कम्मर कसेर
लागेको छ तर यथार्थमा त्यो वास्तविकता होइन, त्यो त नाशवान् र क्षणभङ्गुर वस्तु
हो भन्ने आशयका साथै समयमा नै ईश्वरीय ध्यानमा लाग्नुपर्ने कुरा काव्यांशमा राखेका
हुनाले यसमा पूर्वीय दर्शनको गहिरो प्रभाव रहेको देखिन्छ ।
यसरी प्रस्तुत काव्यमा भक्तिमार्गमा लागेर जीवनलाई सुखमय र सफल बनाउनुपर्ने
सन्देश रहेको देखिन्छ । मानवले जस्तो कर्म गर्दछ त्यस्तै फल भोग्दछ । यही कर्म र
फलको कार्यकारण नियमलाई नै कर्मसिद्धान्त पनि भनिन्छ । कर्मले आफौ नै सुख र
दु:खको फल जीवनलाई प्रदान गर्ने हुनाले भौतिक सुखमा भन्दा आध्यात्मिक सुखमा
रम्न सकेमा जीवन सार्थक हुने सन्देश र भाव पनि प्रस्तुत काव्यमा रहेको देखिन्छ ।
निष्कर्ष:
भक्तमाला काव्य व्यावहारिक, आध्यात्मिक अनि दार्शनिक चिन्तन भएको काव्य
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
हो । यस काव्यमा विविध पक्ष रहेर पनि पूर्वीय आस्तिक दर्शनका मूल्य र मान्यताको
प्रभाव पनि रहेको छ । काव्यमा मानिस भौतिक वस्तुमा नलागेर आध्यात्मिक चिन्तन,
ईश्वरको भजन र आत्मिक सुखमा लाग्नुपर्ने कुरा देखाइएको छ । संसार अनित्य वा
नाशवान छ । यो अनित्य नाशवान् संसारमा भएका यावत् भौतिकवस्तु पनि नाशवान्
छन् । अज्ञानताका कारणले मानिसले असत्यलाई सत्य ठानेर त्यसैमा आफूलाई समर्पित
गर्दछ । जसले गर्दा ऊ पछुताउमा पर्दछ । यदि इन्द्रियहरूलाई वशमा राखेर ज्ञानका
माध्यमबाट ईश्वरलाई चिनेर ईश्वरमा नै ध्यान दिन सकेमा जीवन सार्थक हुन्छ ।
मनिसले जुन आफ्नो होइन, त्यसैलाई आफ्नो मानेर समय खेर फालेको छ । तर
त्यसो गर्नु हुादैन भन्ने विचार राख्दै इन्द्रियहरूलाई वशमा राखेर ईश्वरको भजन गर्न
सकेमा जीवनरूपी दु:खको सागरबाट मुक्ति मिल्ने भाव काव्यमा छ । यस काव्यमा
पूर्वीय दर्शनका विधिवादी, भोगवादी र कर्मवादी मान्यताहरू पनि यत्रतत्र छरिएर रहेका
छन्। तिनै मान्यतालाई आधार बनाएर भक्तिवादी चिन्तनको सशक्त प्रभाव यस काव्यमा
रहेको पाइन्छ ।
सन्दर्भग्रन्थ सूची:
आचार्य, भानुभक्त, २०३९, भानुभक्तको रामायण दो.सं., काठमाडौं : साझा प्रकाशन
गिरि, रामानन्द, २०५५, जनकदर्शनम् अनु: रामहरि तिमिल्सिना, भक्तपुर: जनक शिक्षा
सामग्री केन्द्र
चालिसे, नारायण, २०६९, पूर्वीय दार्शनिक मान्यतामा कोइरालाका उपन्यास, दाङ:
वीपी चिन्तन केन्द्र
पोख्रेल, बालकृष्ण र अन्य,२०६७ नेपाली बृहत् शब्दकोश, काठमाडौं : नेपाल प्रज्ञा
प्रतिष्ठान
वेदव्यास, २०३७, भगवत गीता, गोरखपुर: गीता प्रेस
सक्सेना, प्रवेश, २०६१ भारतीय दर्शनमा के छ ? दो.स. अनु. अर्जुनदेव शर्मा, काठमाडौं:
प्रवेश प्रकाशन

 
" "