Social Icons

भानुभक्तीय काव्यप्रवृत्तिका विविध आयाम - टंक पन्थ

१. विषय परिचय:
कवि भानुभक्त आचार्य नेपाली साहित्याकाशमा उज्ज्वल नक्षत्रका रूपमा
प्रज्ज्वलित रहेका छन् । वि.सं. १८७१ सालमा जन्मेका भानुभक्त आचार्यले प्राथमिक
कालीन नेपाली कविताको रामभक्ति धारालाई समृद्ध तुल्याउनुका साथै समग्र नेपाली
वाङ्मयमा अद्वितीय योगदान पुऱ्याएका छन् । नेपाली जनबोलीको सरलता र
सहजतालाई ख्याल गरी मधुर गेयात्मक वाणीमा कविता सिर्जना गरेकाले नै उनी
अहिलेसम्म स्तुत्य रहेका हुन् । फुटकर कवितादेखि महाकाव्यसम्मको साधनाका
क्रममा उनले विविध प्रवृत्तिलाई आत्मसात गरेका छन् । नीति चेतना, समाज सुधार,
आध्यात्मिक जागरण, मौलिक संस्कार र मूल्यमान्यताको स्थापना, नैतिक औपदेशिक
भावना, प्राकृतिक सौन्दर्यको वर्णन, जातीय जागरण, खराब प्रवृत्तिप्रति व्यङ्ग्य प्रहार,
आदर्शप्रतिको झुकाव आदिमा उनको कवित्वकला मुखरित भएको छ । भानुभक्त
आचार्यको काव्य प्रवृत्तिका विविध आयामलाई प्रकाश पार्नु यस लेखको उद्देश्य रहेको
छ ।
२. कवि भानुभक्तको परिचय
नेपाली साहित्यको प्राथमिक कालीन उत्तरवर्ती धाराका सशक्त कवि भानुभक्त
आचार्य सिङ्गोप्राथमिक कालका केन्द्रीय प्रतिभा मानिन्छन् । श्रीकृष्ण अआचार्यका
नाति र धनञ्जय आचार्यका पुत्र भानुभक्तले बाजे श्रीकृष्ण आचार्यको सान्निध्यता
पाई ज्ञान र कला प्रेरणा प्राप्त गरेको चर्चा गरिन्छ ।नेपाली साहित्यका क्षेत्रमा
फुटकर कविता, खण्डकाव्य तथा महाकाव्यीय आयामका रचना सिर्जना गरी सामान्य
अवस्थामा रहेको नेपाली वाङ्मयलाई त्राण दिने काम यिनले नै गरेका हुन् । नेपाली
भाषाप्रति सबैको आस्था जगाउन र नेपाली भाषाको श्रीवृद्धि गर्नुमा भानुभक्त
आचार्यको अविस्मरणीय योग्दान रहेको छ । यिनी शब्द र भाव दुवै दृष्टिले नेपाली
साहित्याकाशमा आदिकविका रूपमा जीवित रहेका छन् ।
भानुभक्तलाई सबैभन्दा पहिला प्रकाशमा ल्याउने काम मोतीराम भट्टले गरेका
हुन् । सर्वप्रथम मोतीराम भट्टले नै यिनलाई आदिकविको संज्ञा दिएका हुन् ।
हुनत भानुभक्तको आदिकवित्वका सम्बन्धमा नेपाली समालोचनामा शृङ्खलागत
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
रूपमा चर्चा परिचर्चा भएको पाइन्छ । भानुभक्तभन्दा अगाडि दर्जनौ कविहरू
अस्तित्वमा रहेकाले यिनलाई आदिकवि भन्न नहुने एकथरीको विचार रहेको पाइन्छ
भने उनले सिङ्गो प्राथमिक नेपाली कविता साहित्यलाई हााक्न सफल रहेकाले
यिनलाई आदिकविको उपाधि दिनु स्वाभाविक मान्नेहरूको मत पनि सशक्त रहेको
पाइन्छ । यद्यपि जनसाधारण वा प्राज्ञिकहरूका जनजिब्रोमा अहिलेसम्मै यिनलाई
आदिकविका रूपमा स्वीकारिएको स्थिति देखिन्छ । वास्तवमा यो बहसले भानुभक्त
सम्बन्धी अध्ययनलाई व्यापकता दिएको अनुभव हुन्छ । भानुभक्तभन्दा पहिले प्रशस्त
कविहरू भए पनि सामाजिक विविध प्रासङ्गिक चित्रण, कवितात्मकता, मौलिकता,
लोकप्रियता र भावमाधुर्य जस्ता गुण गरिमाले गर्दा भानुभक्तलाई आदिकवि मानिएको
छ र मान्नुपर्दछ । (भट्टराई, २०५१ : १५) नेपाली साहित्यको श्रीवृद्धिमा अतुलनीय
योगदान पुऱ्याएकोले भानुभक्तलाई आदि प्रतिनिधि कविका रूपमा लिनु सान्दर्भिक
मानिन्छ ।
भानुभक्त नेपाली साहित्यमा भक्तिवादी, नीतिवादी, यथार्थवादी, आदर्शवादी,
सुधारवादी दार्शनिक कविका रूपमा स्थापित भएका छन् । यिनले मौलिक कविता
सिर्जना गर्नुका साथै अनुवाद रूपान्तरण परम्परालाई पनि समृद्ध तुल्याएका छन् ।
यिनका प्रकाशित प्रमुख कृतिहरूमा रामायण (१९१०), प्रश्नोत्तरी (१९१०), भक्तमाला
(१९१०), बधूशिक्षा (१९१०) राम गीता (१९२५) का साथै विभिन्न फुटकर रचनाहरू
प्रकाशित रहेका छन् । यिनका मौलिक रचनाहरूमा व्यङ्गात्मक प्रवृत्तिका साथमा
समाज सुधारको आग्रह पाइन्छ । नेपाली साहित्यमा व्यङ्ग्य साहित्यलाई उर्बर
तुल्याउनमा पनि यिनको महत्वपूर्ण योगदान रहेको मान्नुपर्दछ ।
३. अनुवाद, मौलिकता र आशुकवित्व
भानुभक्तीय लेखनमा काव्य र शास्त्रको समन्वयात्मक रूप पाउन सकिन्छ।
संस्कृत काव्यशास्त्रीय मान्यता र प्रचलनमा रहेका कुरालाई नेपाली काव्यात्मक
कलेवर प्रदान गरी जन साधारणका मन मस्तिष्कसम्म पुऱ्याउनु नै उनको प्रमुख
योगदान हो । सुस्त सुस्त बामे सर्दै गरेको नेपाली भाषामा सरल, सरस र मार्मिक
कविता काव्यको सिर्जना गरी नेपाली भाषा साहित्यका माध्यमबाट नेपाली जातीय
एकताको सूत्रपात गर्ने श्रेय भानुभक्तलाई जान्छ । नेपाली भाषामा कवितामा सङ्गीत
र वाणी भर्ने काम सर्वप्रथम भानुभक्तले नै गरेका हुन् । रामायण र अन्य कृतिका
माध्यमबाट नेपाली भाषालाई मेची महाकालीको भूगोलभित्र मात्र नभई दार्जिलिङ,
सिक्किम, आसाम र बर्मासम्मका बस्तीमा फैलाउने कार्य भानुभक्तले नै गरेको
मान्नुपर्दछ । रामायण, भक्तमाला, प्रश्नोत्तर जस्ता काव्यकृतिहरू संस्कृतबाट अनुवाद
गरिएका रचना हुन् भने बधूशिक्षा, कान्तिपुरी लगाएतका अन्य फुटकर रचनाहरू
रजस्थल 
भानुभक्त आचार्यका मौलिक सिर्जना हुन् । उनको रामायण मूर्धन्य कृति हो । यो
नेपालको डााडाकााडा, कुनाकाप्चा, लेकबेसी सबैतिर चर्चित र सम्मानित कृति हो।
यसमा भ्रातृप्रेम, पतिपत्नी सम्बन्ध र पितृभक्ति राम्ररी देखाइएको छ । अध्यात्म
रामायणबाट रूपान्तरित भए पनि नेपाली जनजीवन अनुकूल प्रशस्त मौलिक
चिन्तनहरू उनले समावेश गरेका छन् । (भट्टराई, २०५५ : ४५) यिनका अनुवाद
गरिएका रचनामा पनि मौलिकताको छनक पाइनुका साथै मौलिक रचनाको सिर्जना
पक्षलाई हेर्दा यिनमा आशुकवित्व क्षमता रहेको कुरा स्पष्ट हुन्छ । काठमाडौंलाई
पहिलो पल्ट साक्षात्कार गर्दा कान्तिपुरी रचना गर्नु, तारापतिका घरमा बास बस्दा
बधूशिक्षा रचना गर्नु, गजाधर सोतीकी घर बूढीका बारेमा तुरून्त कविता रचना गर्नु,
थुनामा बस्दाका क्षणमा व्यङ्ग्यात्मक कविता सिर्जना गर्ने जस्ता क्षमतालाई हेर्दा
भानुभक्त आचार्यमा आशुकवित्व शक्ति रहेको कुरा स्पष्ट हुन्छ ।
४. भानुभक्तीय काव्य प्रवृत्तिका विविध आयाम
कवि भानुभक्त आचार्यले आफ्ना रचनाहरूमा विविध पक्ष र प्रवृत्तिलाई समेटेका
छन् । नेपाली समाजको चेतना स्तरलाई उठाउनुका साथै जनतामा आध्यात्मिक
भावना जगाउने कार्यमा यिनको लेखन केन्द्रित रहेको छ । भानुभक्तको प्रवृत्तिमा
विविधता छ । उनी मुख्यतया भक्ति र ज्ञानका कवि हुन् तापनि उनमा सामाजिकता,
प्रकृतिप्रेम, शृङ्गारिकता, व्यङ्ग्यविनोद र देशप्रेमका भावना देखिन्छन् । (उपाध्याय,
२०४२ : २१ ) नेपाली जनजीवनलाई नीति चेतनाको पाठ पढाई साहित्य कलालाई
मुखरित गर्ने क्रममा यिनले विविधतालाई अङ्गीकार गर्न पुगेको अनुभव हुन्छ ।
भानुभक्तीय काव्यकृतिमा निम्न लिखित विविध प्रवृत्तिहरू झल्किएको अनुभव हुन्छ ।
४.१. आध्यात्मिक चेतना
कवि भानुभक्त आचार्य प्राथमिक कालीन साहित्यको भक्तिधाराका केन्द्रीय
प्रतिभा हुन् । यिनको रामायण रामभक्ति धारामा आधारित एक ज्वलन्त नमुना हो
भने अन्य कृतिहरूमा पनि नैतिक, आध्यात्मिक आदर्श चेतना सल्बलाएको पाउन
सकिन्छ । आदर्श पुरूष रामको यशोगान गर्नुका साथै भक्तिसाहित्यका माध्यमबाट
नेपाली जनतालाई काव्यरस प्रदान गर्नमा यिनको अहम् भूमिका रहेको मानिन्छ ।
यिनका काव्यको सार संसार माया हो, सुख दु:ख भ्रम हो । मानव जीवन नश्वर छ,
क्षणभङ्गुर छ । धन, अधिकार सबै तुच्छ छन्, त्याज्य छन् । कर्तव्य र आदर्श नै
महान् छन् । यो जानेर रिस राग गर्नु व्यर्थ छ । ( ऐजन : २१६ ) भक्तमाला काव्यमा
पनि ईश्वरभक्तिको प्रखर प्रस्तुति पाइन्छ । कविको ईश्वरभक्ति र आध्यात्मिक चेतना
यसरी मुखरित भएको पाइन्छ :
गयो बालक् काल्को वय पनि उसै बाल रसले
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
यसै रित्ले यौवन् पनि बिति गयो मोहवशले
भयो वृद्धावस्था अझ पनि भजीादैन मनले
कसो गर्नन् ख्वामित् मकन यमका दूतहरूले । (भक्तमाला : ३)
वास्तवमा बालक काल खेलमा बित्छ, जवानी विषय सुखमा बित्छ र बुढेस
कालमा केही गर्न सकिन्न । भानुभक्तको यो भनाइ सरस र कारूणिक छ । त्यसमा
आत्मपरक अभिव्यक्तिको सौष्ठव पनि छ । ( उपाध्याय, २०५० : १३४ )
४.२. सामाजिक चेतना
कवि भानुभक्तका काव्यकृतिमा सामाजिकताको छाप गाढा रूपमा रहेको पाउन
सकिन्छ । उनको रामायण मूलत: सामाजिक आध्यात्मिक भावभूमिमा केन्द्रित रहेको
छ । रामायणको कथावस्तु चयन, घटना विकास, चरित्र चित्रण, संवाद, परिवेश आदि
कुराहरू नेपाली समाजकै उपजका रूपमा प्रस्तुत भएर आएका छन् । दैवी पात्रहरूलाई
पनि नेपाली समाजका जीवन्त चरित्रका रूपमा अवतरण गराउन सक्नु, समाजलाई
राम जस्तै आदर्श र मर्यादित चरित्र बन्न प्रेरित गर्नु, रावणका जस्ता छुद्र र दानवी
चरित्र त्याग्न आग्रह गर्नु, परस्परका द्वन्द्व, छलकपट, सौतेली व्यवहार, अहङ्कार,
भ्रातृत्व भावना जस्ता कुराहरूमा नेपाली समाजको उपस्थिति देख्न सकिन्छ । यसै
गरी भक्तमालामा सामाजिक, नैतिक भावनाको अभिव्यक्ति पाइन्छ भने प्रश्नोत्तर
कवितामा पनि सामाजिक सदाचार र अनुशासनका कुराहरू समेटिएका छन् ।
बधूशिक्षामा पनि समाजमा सच्चरित्रको विकास गर्ने र समाजलाई आदर्श बाटामा
डोऱ्याउने विचार अभिव्यक्त हुनुले कवि भानुभक्तका काव्यकृतिमा सामाजिकताको
पाटो सशक्त बनेर आएको अनुभव हुन्छ ।
४.३. सांस्कृतिक जागरण
भानुभक्त आचार्यका काव्यकृतिमा यत्रतत्र सांस्कृतिक चेतना सल्बलाएर
आएको पाइन्छ । पूर्वीय सनातन हिन्दू संस्कृतिका मूल्यमान्यता र आदर्श भावनाबाट
समाजलाई डोऱ्याउने उद्देश्यमा यिनको साधना केन्द्रित रहेको देखिन्छ । रामायण,
भक्तमाला, प्रश्नोत्तर जस्ता काव्यहरूमा नेपाली संस्कृतिको छाया प्रत्यक्ष प्रतिबिम्बित
भएको पाइन्छ । रामायणका सबैजसो घटना, पात्र, पहिरन, बोलीचालीमा नेपाली
संस्कृति झल्किएको पाइन्छ । सामाजिक, प्रशासनिक र सांस्कृतिक विसङ्गतिका
अनेकौा पाटालाई केन्द्र बनाएर छोटा छोटा व्यावहारिक शिक्षाप्रद र व्यङ्ग्यात्मक
स्वर भरिएका कविता यिनले लेखेका छन् । (सुवेदी र सुवेदी, २०५५ : ५८) यिनका
कविता काव्यहरूले नेपाली परम्परा र संस्कृतिलाई उजागर गर्न कारकको भूमिका
खेलेका छन् । उनका कविताले नेपाली जातिको सांस्कृतिक एकताका लागि र
संस्कृतिकरणका लागि पनि महत्वपूर्ण काम गरेका छन् । सामाजिक युग चेतना
रजस्थल 
पनि उनका कविताको एक प्राप्ति पक्ष रहन गएको छ । (त्रिपाठी र अन्य, २०४८ :
८३) रामायण लगायतका कृतिका माध्यमबाट कवि भानुभक्त आचार्यले तत्कालीन
नेपाली समाजमा सांस्कृतिक जागरण ल्याउने काम पनि गरेको देखिन्छ । हुनत
भानुभक्तलाई बाहुनवादी संस्कृतिका प्रचारक, नारी स्वतन्त्रताका विरोधी, सतीप्रथाका
समर्थक, अप्रगतिशील कविका रूपमा पनि टिप्पणी गरेको पाउन सकिन्छ तर
उनी बााचेको युग, समाजको चेतना, संस्कार संस्कृतिको वास्तविक धरातललाई
मूल्याङ्कनको आधार बनाउनु सान्दर्भिक हुन्छ ।
४.४. नीति चेतना
भानुभक्तीय कविता काव्यको अर्को महत्वपूर्ण आयाम नैतिक उपदेश हो ।
यिनका सबैजसो काव्यकृतिमा नैतिक उपदेशको भाव अभिव्यक्त भएको पाइन्छ ।
मानवीय चरित्रशुद्धि र सामाजिक परिष्कारको अपेक्षा यिनका काव्यको खास आग्रह
हो। रावण जस्तो नभई राम जस्तो बन्न यिनले पाठकलाई प्रेरणा दिएका छन् ।
समाजका नारी पुरूषलाई नीतिशिक्षा पढाई नेपाली सभ्यतालाई असल मार्ग प्रदान
गर्ने कार्यमा यिनका रचनाहरू महत्वपूर्ण कडी बनेर रहेका छन् । उनको रामायण
कृतिमा सारा दु:खद प्रकरणहरूमा राम मात्र धीर र संयत रहन्छन् र सबैलाई जीवन
र जगतको निस्सारता देखाउादै धर्म र कर्तव्य पालनाको उपदेश दिन्छन् । (उपाध्याय,
२०४२ : २२४) यसै गरी यिनका भक्तमाला, बधूशिक्षा र प्रश्नोत्तरको मूल उद्देश्य
पनि नैतिक उपदेश नै रहेको देखिन्छ । यसका साथै हास्यव्यङ्ग्यका माध्यमबाट
समकालीन सामाजिक विसङ्गतिमाथि प्रहार गरी नैतिक चेतना भर्ने दृष्टिले उनका
फुटकर कविताहरू पनि निकै घतिला छन् । (त्रिपाठी र अन्य, पूर्ववत् : ८३) उनले
समाजका विकृति विसङ्गति, अव्यवस्था र अर्कमण्यताप्रति प्रहार गरी कर्तव्य र
नैतिकताको पाठ पढाउने काम गरेकाले उनका साधनाको मूलभूत पक्ष सामाजिक
चेतना जगाई उपदेश वा सद्शिक्षा दिनु रहेको छ ।
४.५. दार्शनिकता
भानुभक्त आचार्य एक दार्शनिक कविका रूपमा पनि चिनिन्छन् । यिनका
कविता काव्यको मूल आधार पूर्वीय वेदान्त दर्शन रहेको छ । अध्यात्म रामायणका
धरातलबाट प्रभावित यिनको दार्शनिक चिन्तन नेपाली जनजीवन अनुकूल भएर
आएको छ । नश्वर शरीर र अजर अमर आत्मतत्वलाई बोध गर्न नसक्दा नै जीवनमा
दु:ख पीडाहरू आइलाग्छन् भन्ने दृष्टि उनको रहेको छ ।
म ता नित्यै पो हूा यहि शरिरमा लागि म गया ।
शरीर् मर्दा आफै मइ मरि गया झौ पनि भया । ।
अहो अज्ञान् मेरो भनि कन जहाा तक् त मनमा ।
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
लिादैनन् ताहाा तक् फजिति पनि छन् यै जनमहा । । (रामायण : ६६)
४.६. जातीय जागरण
कवि भानुभक्त आचार्य नेपाली साहित्यका जातीय कवि हुन् । पृथ्वीनारायण
शाहलाई नेपालको भौगोलिक एकीकरणको श्रेय दिइन्छ भने भानुभक्त आचार्यलाई
भाषा साहित्यका माध्यमबाट जातीय एकताको भावना स्थापना गरेको श्रेय दिइन्छ ।
नेपाली जातीय गौरवलाई उठाउन अनि ज्ञान चेतना र कर्तव्यबोध गराउन यिनका
कविता काव्यले महत्वपूर्ण भूमिका खेलेका छन् । आफ्ना समकालीन कविहरूमा
सबैभन्दा राम्रो मौलिकता भानुभक्तमा थियो । नेपाली साहित्यमा प्रथम जातीय
कवि भानुभक्त नै यसकारणले मानिन्छन् कि तिनमा शुद्धनेपाली मौलिकता थियो,
नेपाली आत्मा र भाषाको सुमधुर र सरल प्रयोग थियो । (उपाध्याय, २०४२ : २०२)
यसरी नेपाली भाषा साहित्यको श्रीवृद्धि गरी समाजमा जातीय जागरण ल्याउनमा
भानुभक्तीय काव्य साधना महत्वपूर्ण कारक बनेर रहेको छ । नेपाली जनजिब्रोमा
सलल बगेका पद्यको रचना गरी नेपाली समाजका सबै वर्ग र अपठितलाई समेत
रामभक्तिको महत्व दर्शाउनुका साथै नेपाली राष्ट्रिय भावनाको पृष्ठपोषण गर्नमा
यिनका रचनाहरू साधक रहेकाले पनि यिनलाई नेपाली जातीय कविको संज्ञा प्राप्त
छ । भानुभक्तको रामायण महाकाव्य अनुवाद मात्र नभई मौलिकता र अनुवादका
दोसााधको स्वतन्त्र नेपाली रूपान्तर हुन पुगी अनुपम ग्रन्थ बन्न आएको छ ।
भानुभक्तीय कवि प्रतिभाको निजात्मक छापका साथै नेपालीकरणले गर्दा भानुभक्तको
रामायण नेपाली सामाजिकता र संस्कृतिको परिचायक हुनुका साथै नेपाली जातीय
चेतनाको बाहक पनि हुन पुगेको छ । (त्रिपाठी र अन्य, पूर्ववत् : ८२) नेपाली जातिमा
एकताको भावना जागृत गर्नमा भानुभक्तीय काव्य साधना साधक रहेको अनुभव
हुन्छ ।
४.७. मायावी यथार्थ
भानुभक्तीय रामायणको अध्ययन आधुनिक र उत्तरआधुनिक चेतनाका आधारमा
पनि गर्न सकिन्छ । उत्तरआधुनिक काल खण्डमा विकास भएका विभिन्न प्रवृत्तिहरू
भानुभक्तीय काव्यकृतिमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा समेटिएको पाउन सकिन्छ ।
रामायणभित्रका केही घटना र प्रसङ्गहरू अलौकिक र अद्भुत खालका छन्, जसलाई
मायावी यथार्थका कसीमा अध्ययन गर्न सकिन्छ । यो संसार र पर संसार माया
र सत्यको बीच यी कविका कवितालाई दुई भागमा बााड्न सकिन्छ । ...सांसारिक
कविता असत्य थियो र असांसारिक सत्य । किनभने भानुभक्तलाई यो संसार माया,
असत्य र भ्रममय नै लागिरहेको थियो र उनी यी सबैभन्दा परको उज्ज्वल राममय
संसारतिर नै ज्यादा आकृष्ट थिए । (श्रेष्ठ, २०३५ : ४९) अनौठा र अपत्यारिला
रजस्थल 
पात्र, घटना सन्दर्भ आदिलाई हेर्ने उत्तरआधुनिक अध्ययनको एउटा आधार मायावी
यथार्थ हो । रामायणमा यस्ता अनौठा खालका घटना र पात्रहरू प्रशस्त रहेका छन्।
राक्षसहरूका ऐन्द्रजालिक कामहरू, रावण आदि पात्रका अलौकिक स्वरूप, सीता
खेतमा हलो जोत्दा भेटिएको प्रसङ्ग, बानरका सेनाहरूको पराक्रम, हनुमानको
स्वरूपका विभिन्न अवस्था आदिलाई हेर्दा मायावी यथार्थका आधारमा अध्ययन गर्न
सकिने प्रशस्त सङ्केतहरू पाउन सकिन्छ ।
४.८. व्यङ्ग्यात्मक चेतना
कवि भानुभक्त आचार्यका कविताको अर्को महत्वपूर्ण पाटो व्यङ्ग्यात्मकता
हो । समसामयिक समाजका अकर्मण्यता,ढिलासुस्ती र निच प्रवृत्तिलाई लक्षित गरी
व्यङ्ग्यवाण प्रहार गर्ने काम उनले गरेका छन् । उनका कविताका प्रवृत्तिगत
विशेषतालाई अध्ययन गर्दा आध्यात्मिक चेतना, सामाजिक जागरण तथा हास्यव्यङ्ग्य
चेत सशक्त रहेको देखिन्छ । सामाजिक युग चेतना पनि उनका कविताको एक
प्राप्ति पक्ष रहन गएको छ । हास्यव्यङ्ग्यका माध्यमबाट समकालीन सामाजिक
विसङ्गतिमाथि प्रहार गरी नैतिक चेतना भर्ने दृष्टिले उनका फुटकर कविताहरू पनि
निकै धारिला छन् । (उही : ८३) समाजमा विद्यमान रहेका कलुषित आचार विचार
र व्यवहारहरूलाई परिष्कार गर्ने तहमा यिनको व्यङ्ग्य केन्द्रित रहेको छ । डिठ्ठा
विचारीको भोलिवादको कटु आलोचना र कृष्णबहादुर राणासित गरिएका व्यङ्ग्यात्मक
निवेदनहरूले उनको निर्भीकता र अनौचित्यको विरोध गर्ने साहसिकताको परिचय
दिन्छन् । (उपाध्याय, २०४२ : १९९) तत्कालीन समयमा नेतृत्व तहमा रहेका
व्यक्तिहरूप्रति पनि कटाक्ष गरी खरो अभिव्यक्ति दिने कुरा भानुभक्तको काव्यात्मक
सामथ्र्य नै मान्नुपर्दछ ।
४.९. छन्द वा लय चेतना
कवि भानुभक्त आचार्य नेपाली कविता परम्परामा जीवन्त लय सङ्गीतका
प्रयोक्ताका रूपमा स्थापित रहेका छन् । नेपाली जनजिब्रोको सरलतालाई ख्याल गरी
लय र छन्दलाई अवतरण गराउन सक्नुनै भानुभक्तीय काव्यकलाको बेजोड पक्ष
रहेको अनुभव हुन्छ । छन्दलाई सहज र स्वाभाविक रूपमा प्रयोग गरी जनसाधारणका
जिब्रोमा पुऱ्याउनु नै उनको काव्य सामथ्र्य मानिन्छ । यिनले विविध शास्त्रीय छन्दको
प्रयोग गरेका छन् । भानुले वसन्ततिलका, शिखरिणी, तोटक, इन्द्रवज्रा, उपेन्द्रवज्रा,
उपजाति, शार्दूलविक्रीडित, मालिनी, स्रग्धरा, स्वागता, द्रुतविलम्बित जस्ता विविध
छन्दहरूको प्रयोग गरेका छन् तर उनले ज्यादा जसो शार्दूलविक्रीडितलाई मन
पराएका छन् र शिखरिणीलाई दोस्रो स्थान दिएका छन् । (उपाध्याय, २०५० : ११४)
वास्तवमा भानुभक्त छन्दलाई प्रयोग गर्ने क्रममा कृत्रिमता नभई सहज स्वाभाविक
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
लय प्रवाहलाई आत्मसात गर्दछन् । भानुभक्त छन्दका रचयिता मात्र बनेर चित्त
बुझाउन सक्तैनथे । शब्दलाई तन्क्याउादा वा छोट्याउादा त्यो सकभर अप्रिय नबनोस्,
बरू त्यसमा लालित्य र माधुर्य कायम रहोस् भन्ने कुराको सावधानी राख्दथे । (उही :
११५) लय सङ्गीतको जीवन्त प्रयोगका कारण नै भानुभक्त आचार्यले पठित अपठित
सम्पूर्ण नेपालीका जन जिब्रोमा प्रवेश पाएका हुन् । उनले प्राथमिक कालमा नेपाली
कविताका लागि नयाा प्रकारको कविता शैलीको नमुना प्रस्तुत गरेका छन् र नेपाली
कविताभित्र छन्द सङ्गीतको असाधारण मोहकतालाई वरण गरेर लोकप्रियताका
कसौटीमा यसलाई खार्न सफल भएका छन् । (त्रिपाठी र अन्य, पूर्ववत् : ८३)
भानुभक्तको लोकप्रियताको एउटा सशक्त आधार उनको लय छन्दगत प्रवृत्तिलाई
मान्न सकिन्छ ।
४.१०. अलङ्कार योजना
भानुभक्तीय कविताको अर्को महत्वपूर्ण आयाम अलङ्कार वा शैलीगत साज
सज्जा हो । यिनका कविताहरू अलङ्कार र बिम्ब प्रतीकहरूले सुसज्जित भएर पनि
क्लिष्ट र दूर्बोध्य नहुनु उनको अलङ्कार चयन सम्बन्धी कला हो । भानुभक्तले
शास्त्रीय काव्यको अध्ययन गरी सोही क्लासिकल मान्यताका आग्रहमा अलङ्कार
आदिको प्रयोग गरेका भए तत्कालीन आम जनसाधारणका बीचमा उनी त्यति
लोकप्रिय बन्न सक्तैनथे । उनी प्रस्तुत भावलाई सिागार्न अलङ्कारको भर पर्दैनन् ।
भाव प्रवाहमा अनायासै कुनै अलङ्कार पर्न जान्छ भने उनी त्यसको स्वागत गर्छन् ।
उनी शब्दालङ्कारको मोह भने अवश्य राख्छन् र अनुप्रास मिलाउन तत्पर रहनछन् ,
अन्त्यानुप्रास उनी प्रत्येक श्लोकमा मिलाउाछन् । (उपाध्याय, २०५० : ११५) प्राकृतिक
र सरल रूपमा बगेको अलङ्कारमय शैलीका कारण उनी पठित र अपठित सबै
खालका पाठक र श्रोताका ओठमा मुखरित हुन पुगेका हुन् । यसैले उनको अलङ्कार
योजना शास्त्रीय आडम्बर र अनुशासनमा नबााधिई सहज र प्राकृतिक रूपमा मुखरित
भएको स्पष्ट हुन्छ ।
४.११. रसभावगत प्रवृत्ति
भानुभक्त आचार्यका कविता काव्यमा रसभाव पक्ष पनि प्रभावशाली बनेर
रहेको पाइन्छ । यिनले रसगत विविधतालाई आत्मसात गरेको देखिन्छ । यिनका
काव्यमा शान्त वा भक्तिरस चुलिनुका साथै शृङ्गार, वीर, करूण, हास्य, अद्भुत
आदि रसहरू पनि मुखरित भएर आएका छन् । यिनका फुटकर कविताका साथै
रामायणमा पनि रसगत विविधता पाउन सकिन्छ । अध्यात्म रामायणका तुलनामा
भानुभक्तीय रामायणको रस प्रयोगको अवस्था नेपालीपन र जनजीवन सापेक्ष बनेर
आएको अनुभव हुन्छ । अन्य कृतिको कुरा गर्दा बधूशिक्षा उपदेश हो, कविता
रजस्थल 
होइन भक्तमालामा कविता छ, किनभने त्यसमा भावानुभूति छ र त्यो साधारणीकृत
पनि छ । प्रश्नोत्तरी शान्त रस प्रधान भक्तिकाव्य हो र यसमा औपदेशिकताको
प्राबल्य छ । (उपाध्याय, २०४२ : २०१) भानुभक्तका कविताहरू रसमय छन् ।
रसगत विविधता यिनका काव्यप्रवृत्तिको परिचायक पक्ष पनि हो । यिनका अनुवादमा
पनि नेपाली हृदयका सापेक्षमा रसको अभिव्यक्ति भएको पाउन सकिन्छ । अध्यात्म
रामायणमा भक्ति रसका साथ अध्यात्म विचारको मात्रा ज्यादा थियो । भानुभक्तले यसै
रामायणलाई आधार लिएर रामायण लेख्न उचित देखे तर आफूले लेखेको रामायणमा
अध्यात्मवादलाई घटाएर काव्यरस र भक्तिरससमेत सङ्कल्प गरेर सफल पनि भए
। (काडेल, २०५५ : ६) यिनको कान्तिपुरी कवितामा शृङ्गाररस र वीररसको सशक्त
अभिव्यक्ति पाउन सकिन्छ ।
४.१२ भाषाशैलीे
भानुभक्त आचार्य प्राथमिक नेपाली कविताको उत्तराद्र्ध कालको रामभक्ति
धाराका मात्र नभई सिङ्गो प्राथमिक कालका शीर्षस्थ प्रतिभा मानिएका छन् । उनको
सफलताको एउटा महत्वपूर्ण पाटो उनको भाषाशैलीको प्रयोग पनि प्रमुख कारक
बनेर रहेको मान्न सकिन्छ । संस्कृतमा क्लिष्ट शैलीमा शास्त्रीय छन्दमा कविता रचना
गरिने त्यस समयमा नेपाली जन बोलीमा कविता रचना गरी नेपाली भाषाको गरिमा
उठाउने काम भानुले नै गरेका हुन् । भानुभक्तले नेपाली भाषाको त्यस्तो रूपलाई
आफ्नो रामायणमा उपयोग गरेको देखिन्छ जो उनको युगमा बोलीचाली भाषाको
रूपमा चलिरहेको थियो, जुन भाषामा संस्कृत र हिन्दीका शब्दहरू पनि केही अंशमा
मिसिएको थियो । (जोशी, २०५० : ४) उनको काव्यभाषा आज पनि जीवन्त बनेर
रहेको छ । चित्रात्मक शैली र अनुकरणात्मक शब्दको प्रयोग गरी नेपाली परिवेशलाई
जीवन्त तुल्याउनु उनको खास वैशिष्ट्य हो । यसै गरी सर्वसाधारण नेपालीको
स्तरलाई ख्याल गरी शब्दको चयन गर्ने सामथ्र्य उनमा रहेको पाइन्छ । अजन्तलाई
हलन्त र हलन्तलाई अजन्त पारी शब्दहरू बिगार्ने, तत्सम शब्दहरूकोसमेत ह्रस्वदीर्घ
उल्टा पाल्टी पार्ने, स्वरलाई अर्धमात्रिक उच्चारण दिने र हिन्दी ढंगको लिङ्ग प्रयोग
गर्ने जस्ता प्राथमिक कालीन कविहरूमा रहेका दोषबाट भानुभक्तको शैली पनि
नबिटुलिएको होइन । (उपाध्याय, २०५० : ११५) तत्कालीन समयमा प्रचलित रहेका
संस्कृत, व्रज, हिन्दी आदि भाषाको प्रभाव पनि भानुभक्तमा पाउन सकिन्छ यद्यपि
त्यस्ता शब्दहरू चयन गर्दा उनी नेपाली जनजिब्रोलाई पछ्याउाछन् । उनका कविता
काव्यमा उखान, टुक्का तथा सूक्तीमय वाक्यहरू पनि स्वाभाविक रूपमा समेटिएको
अनुभव हुन्छ । व्याकरणको लेखन र मानक चयनको आधिकारिक निर्देशन नबनेको
तत्कालीन समयमा काव्यभाषाको मानकता निर्धारण गर्ने काम चााहि भानुभक्तले नै
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
गरेको मान्न सकिन्छ ।
५. निष्कर्ष
नेपाली साहित्याकाशमा आदिकविका रूपमा परिचित भानुभक्त आचार्य नेपाली
जातीय कवि पनि हुन् । फुटकरदेखि महाकाव्यका आयाममा कविता सिर्जना गरी
नेपाली साहित्यलाई समृद्ध तुल्याउनमा भानुभक्त आचार्यको महत्वपूर्ण योगदान
रहेको छ । नेपाली समाजमा छाएको आध्यात्मिक भावनालाई मुखरित गर्नुका साथै
समाजमा नैतिक आदर्शलाई उठाउने काम पनि भानुभक्तले गरेका छन् । भानुभक्त
आचार्यको काव्य साधनालाई अध्ययन गर्दा उनमा विविध प्रवृत्तिहरू मुखरित भएको
पाइन्छ। जनतामा सामाजिक, सांस्कृतिक चेतनाजगाई संस्कार सिकाउने कार्यमा पनि
भानुभक्तीय कविताको अहम् भूमिका रहेको अनुभव हुन्छ । नेपाली कवितामा लय
साङ्गीतिक प्राण भरी बौद्धिक तथा जनसाधारणका सुसेलीहरूमा कवितालाई अवतरण
गराउन सक्नु नै उनको काव्यसिद्धिको परिचायक हो । वीरतापूर्ण उत्साहमा ठेस लागी
खिन्न बनेका नेपालीहरूलाई अध्यात्मभाव मिश्रित भक्तिरसको सिञ्चन गराई जातीय
एकताको माला उन्नु उनका साधनाको महत्वपूर्ण प्राप्ति रहन गएको छ । नेपाली
समाजका विश्वास, अन्धविश्वास, आस्थाको अभिव्यक्ति दिई तत्कालीन चेतनालाई
जगाउने काम उनले गरेका छन् । व्यक्तिका आचरण, समाजका विकृतिहरू अनि
उच्च ओहदामा बसेकाहरूको अकर्मण्य अवस्थाप्रति खरो प्रहार गरी सुधारको सन्देश
दिनु पनि उनका काव्य साधनाको वैशिष्ट्य मान्नुपर्दछ । यिनले अध्यात्म रामायणका
घटना, पात्र तिनका प्रवृत्तिलाई नेपाली समाज सापेक्ष तुल्याएर प्रस्तुत गरेका छन्
जुन उनको मौलिक साधना र प्रतिभाको परिणाम हो । भानुभक्त आचार्यका फुटकर
कविताको रचना सन्दर्भलाई जोडेर हेर्दा यिनमा आशुकवित्व क्षमता पनि प्रबल रहेको
पाउन सकिन्छ । आफ्ना अनुभूतिहरूलाई कल्पना शक्तिद्वारा अभिव्यक्त गर्ने विशिष्ट
खुबी भानुभक्तमा रहेको पाइन्छ । कवि भानुभक्त आचार्य नेपाली भाषाका एक सफल
काव्यशिल्पी प्रतिभा हुन् । उनले नै नेपाली भाषाको प्रतिष्ठालाई माथि उठाउने काम
गरे । नेपाली जनजिब्रोको सरलतालाई पछ्याएर कविता लेखेकाले नै उनी पूर्ववर्ती
कविहरूका तुलनामा बढी चर्चा पाए र सफल बन्न पुगे । यिनका कविता काव्यका
माध्यमबाट नै नेपाली भाषाले फराकिलो भूगोल प्राप्त गरेको हो । नेपाली भाषामा
काव्य सुधा रसको प्राण भरी आम नेपाली जनताको हृदयलाई जगाउने अविस्मरणीय
कार्य भानुभक्तले नै गरेका हुन् ।
(९८४७०२८०४९)
सन्दर्भ स्रोत
आचार्य, भानुभक्त, रामायण, काठमाडौं : साझा प्रकाशन ( २०५२ )
उपाध्याय, केशवप्रसाद, प्राथमिक कालीन कवि र काव्य प्रवृत्ति, काठमाडौं : साझा
रजस्थल 
प्रकाशन ( २०४२ )
.................., विचार र व्याख्या, काठमाडौं : साझा प्रकाशन ( २०५० )
काडेल, घनश्याम, नेपाली समालोचना, ललितपुर : साझा प्रकाशन ( २०५५ )
जोशी, रत्नध्वज, आधुनिक नेपाली साहित्यको झलक, काठमाडौं : साझा प्रकाशन
(२०५० )
त्रिपाठी, वासुदेव र अन्य, नेपाली कविता ( भाग २ ), काठमाडौं : साझा प्रकाशन
(२०४८
भट्टराई, घटराज, प्रतिभै प्रतिभा र नेपाली साहित्य, काठमाडौं: एकता बुक्स
डिस्ट्रिब्युटर्स प्रा. लि. ( २०५१ )
,.....................,नेपाली साहित्यको ऐतिहासिक रूपरेखा, काठमाडौं : सृष्टि
प्रकाशन ( २०५५ )
श्रेष्ठ, रमेश, नेपाली कविताका प्रवृत्ति, काठमाडौं : साझा प्रकाशन ( २०३५ )
सुवेदी, राजेन्द्र र होम सुवेदी, प्राथमिक र माध्यमिक साहित्यको रूपरेखा, काठमाडौं
: पाठ्य सामग्री प्रकाशन ( २०५५)
 
" "
\
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
|
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
\
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
/
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
\
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*