१.विषय प्रवेश
बालकृष्ण समको जन्म वि.सं १९५९ माघ २४ गते काठमाडौँैको ज्ञानेश्वरमा
भएको थियो र देहावशान वि.सं २०३८ श्रावण ६ गते काठमाडौँमा नै भएको थियो।
उनी समरशमशेर र कीर्तिराज्यलक्ष्मीका सुपुत्र थिए । उनले प्रथम श्रेणीमा म्याट्रिक
उत्र्तीर्ण गरेर आइ. एस्सी (अपूर्ण सम्मको औपचारिक शिक्षा पाएका थिए तापनि
स्वाध्ययनका भरमा पूर्वीपश्चिमी ज्ञान–विज्ञान दर्शन तथा कला र साहित्यको विस्तृत
र गहन अध्ययन गरेका थिए ।
नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा अत्यधिक योगदान पुर्याउने समले
आठ वर्षको उमेरदेखि कविता लेख्न थालेको कुरा “मेरो कविताको आराधना”
(सम,२०५४:१०) मा र सोह्र वर्षको उमेरदेखि महाकाव्य लेखनमा लागेको कुरा ‘
चिसो चूल्हो’ महाकाव्य (सम, २०५०: भूमिका ९) मा चर्चा गरेका छन् । उनले कथा,
निबन्ध, खण्डकाव्य, महाकाव्य, जीवनी, आत्मकथा, नाटक र एकाङ्की लेखेका छन्।
नेपाली बाङमयका क्षेत्रमा कथाकार, निबन्धकार, एकाङ्कीकार, चित्रकार, मूर्तिकार,
अभिनेता, निर्देशक, कवि, खण्डकाव्यकार, महाकाव्यकार जस्ता व्यक्तित्वको रूपमा
सुपरिचित समले सबैभन्दा बढी योगदान नाट्यविधाका माध्यमले दिएका छन् । सत्र–
अठार वर्षको उमेर (वि.सं. १९७६–७७)–देखि नाटक लेख्न थालेर जीवनको अन्तिम
घडीसम्म नै लेखिरहने समले वि.सं. १९७७ मा ‘मिलीनद’ १९७८ मा ‘तानसेनको
झरी’ र १९८३ मा ‘अज’ नाटक लेखेर नाट्यलेखनमा क्रियाशील बन्दै सर्वप्रथम
वि.सं. १९८६ मा ‘मुटुको व्यथा’ जस्तो आधुनिक र दु:खान्त नाटक प्रकाशन गरेर
आधुनिक नाटककारका रूपमा देखिएका हुन् । वि.सं. १९७७ देखि जीवनको अन्तिम
क्षणसम्म नाट्यलेखनमा निरन्तर लागिरहने समले लगभग साढे दुई दर्जन जति
पूर्णाङ्की नाटक र लगभग त्यति नै सङ्ख्यामा एकाङ्की नाटकहरू पनि लेखेका छन् ।
प्रवृत्तिगत रूपमा संयोगान्त, वियोगान्त, पौराणिक, ऐतिहासिक, समस्यामूलक
र सामाजिक आदि किसिमका नाटक लेख्ने समको प्राय: सबैजसो नाटकमा शिष्ट र
स्तरीय भाषा, समाजसुधार, अमर आदर्श र पवित्र प्रेम,देशप्रेम दार्शनिक दृष्टिकोण
तथा मानवतावादी र समन्वयवादी चिन्तनजस्ता विशेषताहरू पाइन्छन् । भिन्नभिन्न
रजस्थल
नाटकहरूमा कतै राष्ट्रप्रेम, कतै मानवतावाद, कतै भौतिकवाद र अध्यात्मवादको
समन्वय, कतै सामाजिकता र मनोवैज्ञानिकता जस्ता विशेषता पाइन्छन् र कतै
मानवमनको सूक्ष्म विश्लेषण पनि पाइन्छ ।
नेपाली नाट्यक्षेत्रका सम्राट समले ‘भक्त भानु भक्त’ ‘अमरसिंह’ र ‘भीमसेनको
अन्त्य’ (पूर्णाङ्की) ‘नालापानीमा’ ‘रणदुल्लभ’ र ‘माटाको ममता’ (एकाङ्की) जस्ता
ऐतिहासिक नाटकहरू लेखेका छन् । त्यस्तै ऐतिहासिक वातावरण भएका ‘प्रेमपिण्ड’,
‘तल–माथि’ जस्ता प्रेमपरक र सामाजिक यथार्थपरक नाटक पनि लेखेका छन् । तर
यस लेखमा भने उनको देशभक्ति, भाषाभक्ति र रामभक्तिका त्रिवेणी तथा नेपाली
जातिका प्रेरक र धरोहर आदिकवि भानुभक्त आचार्यको जीवनीलाई आधार बनाएर
बालकृष्ण समद्वारा रचिएको ऐतिहासिक नाटक भक्त भानुभक्तको विवेचनात्मक
अध्ययन गरिएको छ ।
२. भक्त भानुभक्त नाटकको पृष्ठभूमि:
बालकृष्ण समले भक्त भानुभक्त नाटक वि.सं.२००० मा प्रकाशन गरेका हुन्।
यो मुख्यत: मोतीराम भट्टद्वारा रिचत “कवि भानुभक्त आचार्यको जीवन चरित्र”
(वि.स. १९४८) मा आधारित छ । त्यसकै आधारमा उनका जीवनका पारिवारिक
सम्बन्धका विविध पक्ष, शिक्षादीक्षा, जागीर सामाजिक–व्यावहारिक पक्ष, रामभक्ति,
देशभक्ति र भाषाभक्तिमूलक कविता लेखनका सहयात्रामा ठम्याइएको कर्मयोगको
पूज्यप्रस्तुति सँगै भानुभक्तकालीन देशविदेशका आर्थिक , सामाजिक, सांस्कृतिक र
राजनैतिक आदि विविध पक्षलाई समले स्वाभाविक र सहज ढङ्गमा नाटकीय किसिमले
प्रस्तुत गरेका छन् भन्ने कुरा यस ‘भक्त भानुभक्त’ नाटकको भूमिकामा सूर्यविक्रम
ज्ञवालीबाट भनिएका– “अङ्क २, दृश्य ३ मा द्वितीय पञ्जाब युद्धपछि भागेर नेपाल जाने
महारानी जिन्दनको उल्लेख, जङ्गबहादुर इङ्गल्याण्ड जान आँटेको कुरा तथा अङ्क ३,
दृश्य ३ मा इङ्गल्याण्डको पार्लियामेन्टको कुरा, सिद्धिमान सिंहले कालर लाएको कुरा
इत्यादि प्रसङ्गहरू समुचित तथा चित्ताकर्षक रूपले चलाई सम महोदयले हामीलाई
भानुभक्तका समयमा सदरका नेपालीहरूको मानसिक पृष्ठभूमिको परिचय अनुपम
रीतिले गराउनु भएको छ र यी कुराले गर्दा यो नाटकको महत्व धेरै बढेको छ ।”
(सम, २०४९, भूमिका–ङ) कुराले पुष्टि गर्दछन् ।
साँच्चिकै भक्त भानुभक्त नाटक राष्ट्रिय विभूति भानुभक्तको प्रशंसात्मक
जीवनीको प्रस्तुतिजस्तो पनि देखिने तर नेपाली साहित्यका ऐतिहासिक पात्र भानुभक्त
आचार्य र उनको युगको ऐतिहासिक परिवेशलाई समेत चित्राङ्कित गरेर लेखिएको
नाटक हो । यसमा राणा शासनका कमान्डर इन चीफ जस्ता उच्च तहदेखि साधारण
तहका घाँसीघसिनी र दूधे बालकसम्मका पात्रहरू समावेश गरिएका छन् ।
रजस्थल (भानु विशेषाङ्क–२०७०)
३. भक्त भानुभक्त नाटकको संरचना
बालकृष्ण समले लेखेको यो एतिहासिक नाटकका मूलनायक राष्ट्रिय विभूति
आदिकवि भानुभक्त आचार्य हुन् । यिनैलाई विषयवस्तु वनाएर लेखिएकाले यो नाटक
पनि ऐतिहासिक हो भन्ने कुरा प्रमाणित हुन्छ ।
यस नाटकको संरचना ५ अङ्क र १९ दृश्यमा भएको छ । यस नाटकको
आधारभूमि मुख्यत: मोतीराम भट्टको ‘कवि भनुभक्त आचार्यको जीवन चरित्र’ (वि.स
१९४८) हो । त्यसो भए पनि आवश्यकतानुरूप ठाँउठाँउमा केही रोचक र रमाइला
प्रसङ्गहरूलाई थप्ने काम नाटककार समले गरेका छन् । नाटकलाई प्रभावकारी र
विश्वसनीय बनाउने क्रममा समबाट थपिएका नयाँ प्रसङ्गहरू पनि ठाँउठाँउमा छन्।
तेस्रो अङ्कको पहिलो दृश्यमा सार्कीसित पोइला गई, छोरो मारी, लोग्नेलाई मासु
ख्वाउने स्वास्नीमान्छेको प्रसङ्ग र अङ्क पाँचको दृश्य ३ को मोतीराम भट्टको पास्नीमा
भानुभक्तले चाँदीको रिकापीमा ध्यू र चिनी मिसाएर रूपियाँले भात ख्वाएको घटना
पनि नाटककारका काल्पनिक हुन् । यस्ता काल्पनिक घटनाले पनि नाटकमा कृत्रिमता
नआई रोचकता र स्वाभाविकता अभिवृद्धि भएकाले नाटककारको कुशलताको परिचय
पाइन्छ ।
४. विषयवस्तु
‘भक्त भानुभक्त’ गद्यमा लिखित नाटक भएर पनि बीचबीचमा केही कविताहरू
र गीतहरू पनि आएका छन् । विशेषत: राणकालीन वातावरणमा आधारित तथा तनहुँ
र काठमाडौँका ठाउँसँग सम्वन्धित प्रस्तुत नाटकको विषयवस्तु यस्तो छ ।
कथाको प्रारम्भ भानुभक्त आचार्यले आºना बाजे श्रीकृष्ण आचार्यबाट
ज्ञानमार्गभन्दा भक्तिमार्ग उत्तम हुन्छ भन्ने कुराको शिक्षा लिएबाट भएको छ । दोस्रो
दृश्यमा भानुभक्तको ठुले घाँसीसँग भेट हुन्छ । ठुले घाँसीका गहकिला कुराहरूले गर्दा
युवक भानुभक्तमा पनि यस जीवनमा केही गरेर जानुपर्छ, केही योगदान दिएर जानुपर्छ
भन्ने भावना जागृत हुन्छ । त्यसपछि भानुभक्तले गजाधर सोतीका घरमा बास नपाएर
कविता लेखेको र गिरधारी भाटसंग सन्धिसर्पन वा जग्गा सम्वन्धी मुद्दा परेकाले
काठमाडौँ गई कवितामै बिन्तीपत्र लेखेकाले त्यो मुद्दा जितेको कुरा देखाइएको छ ।
त्यस पछि भानुभक्त जागीरे हुन्छन् र हिसावकिताव बुझाउन नसकेकाले थुनुवामा
पर्छन् । जेलभित्रै रामायणका चारकाण्ड लेख्दछन् । भानुभक्तको कवित्वशक्तिबाट
प्रभावित भएर तत्कालीन उच्च प्रशासक कमान्डर इन चीफ कृष्णबहादुर राणाले
उनलाई जेलमुक्त गर्छन् र छोराको व्रतबन्ध गर्न पैसा समेत दिन्छन् । जेल मुक्तभई
काठमाडौँैबाट घर गएका भानुभक्त केही वर्षपछि मीत तारापतिकहाँ हुँदै मोतीरामको
पास्नीमा समेत उपस्थित हुन्छन् । त्यहाँबाट घर फर्केका भानुभक्त कालो ज्वरोले
रजस्थल
थलिएर सधैकालागि आँखा चिम्लन्छन् र नाटकको पनि अन्त्य हुन्छ ।
५. मूलभाव:
नाटककार समले भानुभक्तको मृत्यु गराएर नाटक टुङ्ग्याएका छन् तापनि
नाटक दु:खान्त छैन । दुखान्त नाटकका नाटकीय विशेषता यसमा छैनन् । दुखान्त
किसिमको नाटकको गतिशीलता छैन । रोग लागेर वा बूढो भएर मर्नु त संसारको
स्वाभाविक नियम हुन्छ । जन्मपछि मृत्यु स्वभाविक भएभैँm भानुभक्त आचार्यले
जीवनका समग्र सपनाहरू पूरा गरेर रोगले ग्रसित भई नाटकबाट बिदा भएकाले
नाटक दु:खान्त छैन । आवश्यकता अनुसार यस नाटकमा हाँस्यको सृजना गरिएको छ।
नारीपात्र र बालमात्र यसका प्रसङ्गमा आएका छन् । गजाधर सोतीकी घरबूढीको प्रसङ्ग
र तारापतिकी पत्नी र बुहारीको क्रियाकलाप तथा गजाधरकी घरबूढीको विषयमा
भानुभक्तले रचेका कविता गाउने बालपात्रहरू यस सन्दर्भमा विशेष उल्लेखनीय
देखिन्छन् । यस्तै यस नाटकमा मनोविज्ञानले पनि प्रवेश पाएको छ । छोराको
मासु पोइलाई ख्वाउने स्वास्नीमानिसलाई कमान्डर इन चीफ कृष्णबहादुर राणाले
खारेको घटनालाई पढ्दा यस कुराको पुष्टि हुन्छ । पण्डित शशिनाथको माध्यमबाट
भानुभक्तीय समयमा नेपाली भाषाप्रति पढेलेखेका दरबारिया पण्डितजीहरूको नराम्रो
धारणा भएको कुरा देखाइएको छ । शशिनाथको उपस्थितिबाट नाटक गतिशील भएको
छ । यसरी यस नाटकको नायकका रूपमा भानुभक्त आचार्य र खलनायकका रूपमा
शशिनाथलाई लिन सकिन्छ । त्यस्तै महामात्य जङ्गबहादुर राणा आदिको उल्लेखले
राणाकालीन न्याय व्यवस्था र तत्कालीन वस्तुस्थितिको बोध गराउँछ । यसो भएर
पनि भानुभक्त मृत्युशय्यामा भएको वेला अचानक ठुले घाँसीलाई उपस्थित गराउनुले
नाटकमा अस्वाभाविकताको सृजना भएको अनुभव हुन्छ तापनि भानुभक्तको नेपाली
भाषा र साहित्यप्रतिको प्रेम र त्यसको माध्यमबाट राष्ट्रप्रतिको प्रबल र सबल आस्था
देखाउने क्रममा नाटकलाई सफल मान्न सकिन्छ । यही यस नाटकको मुटु, मर्म
र उद्देश्य पनि हो । समग्रमा प्रथम अङ्कको प्रथम दृश्यभित्र केही संस्कृतका श्लोक
तथा कहीँकहीँ अनावश्यक संवादप्रतिको मोह देखाइएको छ । पाँचजना पण्डितहरू
उपस्थित गराएर “पण्डित १, २, ३, ४ र ५ का नामबाट व्याकरण, साहित्यशास्त्र,
न्यायशास्त्र, वेदान्तदर्शन” (सम, २०४९ : १०८) आदि शास्त्रहरूको शास्त्रीय चिन्तन
गराइएको छ । अङ्क ३ को दृश्य १ र अङ्क ५ को दृश्य ३ जस्ता अनावश्यक दृश्यको
समावेश जस्ता कुराहरूलाई झिक्दा नाटक आºनो उद्देश्यमा सफल देखिन्छ । देशकाल
वातावरण अनुरूप कथावस्तु र चरित्रचयन, परिष्कृत भाषा र पात्र अनुसारको संवाद,
सिध्दिमान राजभण्डारीको “जो हो सो चरिभञ्जाङको कुरो” लाई थेगोको रूपमा र
शशिनाथ एवं गिरधारी भाटसँगको भानुभक्तको वहिद्र्वन्द्व र ठाँउ ठाँउमा गीत अनि
रजस्थल (भानु विशेषाङ्क–२०७०)
कविताको प्रयोगका साथै गजाधर सोतीकी घरबूढी आदिको कचकचे प्रसङ्ग जस्ता
विभिन्न कुराहरूको उचित संयोजन गरेर लेखिएकाले प्रस्तुत नाटक ज्यादै रोचक र
मनोरञ्जक देखापर्छ । यसरी भानुभक्तको जीवन चरित्रमा आधारित भक्त भानुभक्त
नाटक कथावस्तु, चरित्रचित्रण , संवाद, देशकालवातावरण तथा द्वन्द्व र आºनो
उद्देश्यमा सबल, सक्षम र सफल देखिन्छ ।
६. प्रमुख पात्रहरूको चरित्रचित्रण
(क) भानुभक्तको चरित्रचित्रण:
‘भक्त भानुभक्त’ नाटकका नायक भानुभक्त आचार्य हुन् । भानुभक्त आचार्यको
रामयण नेपाली साहित्यको महाकाव्य हो । तसर्थ उनलाई आदिकवि भनिन्छ ।
भानुभक्त यस नाटकमा ज्यादै भावुक र स्वाभिमानी व्यक्तिका रूपमा देखापरेका छन्
। भावुक भएकाले घाँसीको कुरा सुन्ने बित्तिकै “धिक्कार हो मकन बस्नु नराखि कीर्ति”
(सम,२०४९:१३, (त्यहाँ पनि भानुभक्तको जीवनचरित्रबाट उल्लेख गरेको भनिएको छ)
भनेर एकातिर जीवनमा समाजको लागि केही गरेर जाने निश्चय गरे भने अर्कातिर
गजाघर सोतीको घरमा बास नपाउँदा उनी ज्यादै रिसाए र उनको स्वाभिमान यसरी
पोखियो:–
“गजाधर सोतीकी घरबूढी अलच्छिनकी रहिछन् (सम,२०४९:३७) भनेर कविता
लेख्न पनि पछि परेनन् । भावुक व्यक्तिको स्वभाव लहडी पाराको हुन्छ । उसले सोचे
जस्तो भएन भने उसलाई खपिसक्नु हँुदैन । ठीक त्यस्तै स्वभाव भानुभक्तको पनि
देखिन्छ । उनी आफूलाई मन नपरेको कुरा वा व्यक्तिको नाम समेत सुन्न चाहदैनथे
भनिन्छ, गिरधारी भाटसँग झगडा परेकाले घरका छानाका भाटाहरू समेत झिकेर
फालेका थिए रे । यसरी स्वभिमानी व्यक्तित्वभित्र रिस पनि लुकेको थियो । यसैले
कतिपय समालोचकहरू उनलाई रिसाहा पनि भन्दछन् ।
भानुभक्त आदर्श समाजका स्वप्नद्रष्टा थिए। त्यसैले उनले बधूशिक्षा र
रामायणको रचना गरे । सवैले आआºनो दायित्वलाई पूरा गर्नुपर्दछ । साँझका पाहुना
वा अतिथिलाई बास दिनुपर्छ भन्ने भानुभक्त आदर्श समाजको निर्माण गरेर नेपाली
समाजलाई सुसम्य भएको देख्न चाहन्थे । भानुभक्त रामका मात्र भक्त थिएनन्, नेपाली
भाषा र राष्ट्रका समेत भक्त थिए । समालोचक तारानाथ शर्माले उनलाई राष्ट्रका
भक्त वा चाकडीबाज थिए भनेको पाइन्छ । तर यो त्यस वेलाको एउटा वाध्यता थियो
। मूलत: भानुभक्त रामका भक्त थिए , त्यसैले रामयण लेखे । रामायणको माध्यमबाट
नेपाली भाषा र साहित्यप्रतिको अगाध आस्था देखाए अनि यही भाषा र साहित्यको
माध्यमबाट नेपाल राष्ट्रको वैभव एवं शोभा बढाउने काम उनीबाट भयो । यसरी
रामभक्ति, राष्ट्रभक्ति र भाषाभक्तिको त्रिवेणी (संगम) भानुभक्तमा फेला पर्छ ।
रजस्थल
त्यस्तै भानुभक्तमा देखापर्ने अन्य विशेषताहरू मध्ये दूरदर्शिता, साहसीपन
र आस्तिकता हुन् । आºनो काम गर्नमा पनि उनी ज्यादै चतुर भएकाले गिरधारी
भाटसँगको मुद्दा जित्ने र जागीरे पनि भए । त्यति मात्र नभई जेलबाट मुक्त भएर
छोराको व्रतबन्ध गर्न कमाण्डर इन चिफ कृण्णबहादुर राणाबाट केही धनसम्पत्ति
पनि हात लगाए । निडर र साहसी भएकैले मुद्दा पर्दा कर्मचारीको ठगाहा टालटुले
प्रवृतिमाथि क्रुद्ध भएर कविता लेखी कमान्डर इन चिफ कृष्णबहादुर राणालाई पेश
गरे, जसले गर्दा तुरून्तै मुद्दाको छिनोफानो भयो । अनि “यो नेपाली प्राकृत भाषालाई
संस्कार गर्दै व्याकरणले व्रतबन्ध र कोषले व्रतप्रतिष्ठा गर्दै कालान्तरमा यसैलाई
संस्कृत बनाउनु पर्छ ।” (सम्, २०४९ : ८२) भन्दै नेपाली भाषाप्रतिको भक्तिभाव
प्रकट गरेको पाइन्छ । यसरी भानुभक्त आºनो काम पूरा गराउनुमा कुशल तथा
भावुक,स्वभिमानी, रामभक्त, भाषाभक्त, देशभक्त, बुद्धिमान् र दूरदर्शी चरित्रका रूपमा
उक्त नाटकमा प्रतिष्ठित छन् ।
ख) ठुले घाँसीको चरित्रचित्रण :
आर्थिक दृष्टिले ज्यादै गरिब भएतापनि मानसिक दृष्टिले धनी, एक श्रीमती
र दुई छोराको बाबु ठुले घाँसी भक्त भानुभक्त नाटकको सहायक चरित्रका रूपमा
देखिन्छ । भानुभक्तलाई आदिकवि बनाउनमा आºना बाजे श्रीकृष्ण आचार्य र ठुले
घाँसीको उल्लेखनीय योगदान छ । रामायण लेख्ने प्रेरणा भानुभक्तले घाँसीबाटै पाएको
कुरा यस नाटकमा देखाइएको छ । ठुले घाँसीले कसैबाट औपचारिक शिक्षा पाएको
थिएन । तापनि एउटा शिक्षित व्यक्तिभन्दा ज्ञानका दृष्टिले ऊ कमजोर थिएन ।
पढेलेखेका व्यक्तिका भित्री आँखा खोलिदिने काम घाँसीले नै गरेको देखिन्छ । त्यसैले
के भन्न सकिन्छ भने ठुले घाँसी ज्ञानी, विवेकी, धार्मिक स्वभावको, सोझो र सरल
व्यक्तिको रूपमा नाटकमा देखा परेको छ ।
(ग) श्रीकृष्ण आचार्यको चरित्र चित्रण : –
श्रीकृष्ण आचार्य पनि भक्त भानुभक्त नाटकका उल्लेखनीय पात्र हुन् । श्रीकृष्ण
आचार्य भानुभक्तका बाजे र संस्कृतका विद्वान्का रूपमा देखा परेका छन् । यिनले
गर्दा नै भानुभक्त आचार्यले सानै उमेरबाट ज्ञान र भक्ति जस्ता कुरा सिक्न पाए
। अन्त्यमा बाजेका उचित मार्ग दर्शनमा भानुभक्तले ज्ञानभन्दा भक्ति मार्गलाई
रोजे। भानुभक्तको सम्पूणर््ा रेखदेख र शिक्षादीक्षा श्रीकृष्णबाटै भएकाले भानुभक्त
भक्त बने । श्रीकृष्ण आचार्य एक योग्य अभिभावकको रूपमा नाटकमा उपस्थित
भएका छन् । आºनो ठूलो परिवारमा ककसले के के गर्ने भन्ने कुरा उचित व्यवस्था
उनीबाट भएको हुँदा यस कुराको पुष्टि हुन्छ । भानु उदायो भने हाम्रो घरमा मात्रै
घाम लाग्दैन, देशै उज्यालो हुनेछ । त्यो किरणले देशलाई पनि नाघ्नेछ भन्ने
रजस्थल (भानु विशेषाङ्क–२०७०)
श्रीकृष्णलाई भानुभक्तले भविष्यमा गएर अवश्य पनि केही न केही गरेरै छाडछ् भन्ने
कुराको प्रबल विश्वास थियो र भयो पनि त्यस्तै । एउटा कुशल कलाकारले फालिएको
ढुंगालाई आºनो शिल्पद्वारा वा सीपद्वारा मूर्ति बनाएजस्तै उचित शिक्षा दीक्षा र
मार्गदर्शनले श्रीकृष्ण आचार्यले पनि भानुभक्तलाई महान् व्यक्ति बनाए । यसरी मान्छे
अशल बन्नुमा पारिवारिक पृष्ठभूमिले पनि महइभ्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ भन्ने
कुराको नमुनाको रूपमा श्रीकृष्ण आचार्यलाई लिन सकिन्छ ।
भानुभक्त आचार्यको जीवन निर्माणमा उनका बाजेको भूमिका उल्लेखनीय
छ। भक्ति र आध्यात्मिकता तर्फ प्रेरित गर्नेकाम श्रीकृष्णबाटै भएको कुरालाई निम्न
पङ्क्तिहरूले बुझाउँदछन् । “भक्ति नै गर्, तेरो ज्ञान तेरा यी देशबासीमा दुईचार
जना बुझ्लान् । तेरो भक्ति त तमाम नेपालै बुझ्न सक्छ । यो पुण्यभूमि भक्तहरूको
देश हो । यही रामायण पढ् । यसैले तेरो जीवन पाहारिलो बनाइदिन्छ ।” (सम:
२०४९:५) यसरी संस्कृत भाषाको अध्यात्म रामायण पढ्न लगाएर त्यस तर्फ रुचि
जगाइदिने श्रेय श्रीकृष्ण आचार्यलाई दिन सकिन्छ । यदि श्रीकृष्ण आचार्यले भक्ति र
आध्यात्मतर्फ रुचि नजगाइदिएका भए घाँसीको आदेशमूलक कुरा भानुलाई “बाँदरको
पुच्छर लौरो न हतियार” सावित हुने थियो । त्यसैले भानुभक्तलाई भानु बनाउने काम
उनकै बाजे श्रीकृष्ण आचार्यबाट भएको र त्यसपछि मात्र दोस्रो चरणमा घाँसीबाट
प्रेरणा पाएकाले उक्त नाटकमा श्रीकृष्ण आचार्यको योगदान पनि अविस्मरणीय र
बिर्सिनसक्नु देखिन्छ ।
७) भक्त भानुभक्त नाटकको नामकरणको सार्थकता
निश्चित उद्देश्यबिना कुनै पनि कृतिको रचना हुन्न र जुनसुकै कृतिको एउटा
निश्चित शीर्षक हुन्छ । शीर्षक वा नामकरणका निश्चित आधार रचनाकारले लिएको
हुन्छ । नामकरण कथावस्तुको वा चरित्रको आधारमा गरिएको हुन्छ । त्यस्तै वातावरण
र उद्देश्यको आधारमा पनि नामकरण गरिएको हुन्छ । तदनुरूप भक्त भानुभक्त
नाटकको नामकरण चरित्रको आधारमा गरिएको छ । भानुभक्त उक्त नाटकका नायक
वा चरित्र हुन् । यिनैको चारित्रिक विशेषतामा केन्द्रित भई नाटककारले नामकरण
गरेका हुन् र निम्न बँुदाहरूका आधारमा प्रस्तुत नाटकको नामकरण सार्थक देखिन्छ ।
क) रामका भक्त :
भानुभक्त रामका भक्त भएकाले रामप्रति उनको अगाध श्रद्धा थियो । भक्तले
मालिकको प्रशंसा गर्नु वा गुणगान गराउनु स्वभाविक भएझँै भानुभक्तले अध्यात्म
रामायणलाई सरस र सरल भाषामा नेपालीमा लेखे । यिनलाई रामभक्त बनाउनमा
बाजे श्रीकृष्ण र ठुले घाँसीको भूमिका महइभ्वपूर्ण रह्यो । रामगाथाको रामायण लेखेर
जाने भानुभक्त अवश्यै रामभक्त र भानुभक्तकै केन्द्रीय चरित्रमा नाटकमा आधारित
रजस्थल
भएकाले नामकरण सार्थक देखिन्छ ।
ख) नेपाली भाषाका भक्त:
भानुभक्त नेपाली भाषाका परमभक्त भएकाले नेपाली जातीय भाषा वा राष्ट्र
भाषामा कलम चलाए । उनी संस्कृतका पनि विद्वान् थिए । संस्कृतमा पनि लेख्न
सक्ने हँुदाहुँदै पनि राष्ट्र भाषाका उपासक र सेवक भएकाले संस्कृतमा लेखेनन् वरू
तत्कालीन संस्कृतका पक्षपाती दरबारिया पण्डितजीहरूबाट अपमान र घृणा गर्ने
प्रयासहरू प्रशस्त भएतापनि नेपालीभाषाका भक्त, भानुभक्तले सङ्कटपूर्ण अवस्थामा
पनि आºनो भाषाप्रतिको प्रेमलाई कहिल्यै टुक्रिन दिएनन् । त्यसैले भानुभक्त नेपाली
भाषा र साहित्यका सच्चा भक्त भएकाले पनि यस नाटकको नामकरण सार्थक
देखिन्छ ।
ग) मातृभूमिका भक्त :
भानुभक्त नेपाल राष्ट्रका वा मातृभूमिका पनि भक्त थिए । ज्ञान वा शिक्षादीक्षा
बिना देशको प्रगति सम्भव छैन , भन्ने कुरा बुझेर नै भानुभक्तले रामायणका माध्यमबाट
नेपाली समाजलाई ज्ञानरूपी उज्यालो छरेर जाने काम गरे । भानुभक्तकालीन सुगौली
सन्धिको झगडाबाट तड्पिएको मातृभूमिलाई र गुम्न थालेको राष्ट्रियतालाई कसरी
बचाउन सकिन्छ भन्ने कुराले चिन्तित भानुभक्तले राष्ट्रिय एकता र अखण्डतालाई
सहयोग पुर्याउने सबल माध्यम राष्ट्रभाषालाई नै माने । यसरी नेपाली भाषाका
माध्यमबाट नेपाली राष्ट्रियताको सुरक्षा गर्न चाहने भानुभक्त निश्चय पनि राष्ट्रभक्त
र राष्ट्रका विभूति हुन् र उनैको चरित्रलाई ध्यानमा राखेर भक्त भानुभक्त नाटक
लेखिएको छ । त्यसैले पनि यस नाटकको शीर्षक सार्थक नै बन्न पुगेको छ ।
८ . निष्कर्ष :
भक्त भानुभक्त नाटक नाट्यसम्राट बलकृष्ण समद्वारा लिखित र वि.सं.
२००० मा प्रकाशित ऐतिहासिक नाटक हो । सामाजिक, पौराणिक, ऐतिहासिक आदि
विविध विषयमा नाटक लेख्ने समले यो नाटक मोतीराम भट्टकृत ‘कवि भानुभक्त
आचार्यको जीवन चरित्र’मा आधारित रहेर भानुभक्तकालीन ऐतिहासिक परिवेशलाई
समेटेर लेखेका छन् । नाटकको संरचना, विषयवस्तु, प्रमुख पात्रहरू भानुभक्त, ठुले
घाँसी र श्रीकृष्ण आचार्यहरूको चरित्र चित्रण तथा नाटकको नामकरणका सन्दर्भमा
देखिने रामभक्ति, देशभक्ति र भाषाभक्तिका प्रसङ्गहरूको चर्चा परिचर्चा र विवेचना
गर्ने काम यस लेखमा भएको छ । भानुभक्त आचार्यलाई श्रद्धासुमन प्रकट गर्न
लेखिएको यस नाटकको भाषा शिष्ट, सभ्य र स्तरीय छ । नाटकमा नाटककारको
नाट्यलेखनको कुशलता र भानुभक्त आचार्यको कर्मनिष्ठताको प्रस्तुति एकैसाथ
गरिएको छ । अनि रामभक्त, देशभक्त, भाषाभक्त र भानुभक्तको उत्कृष्टता प्रस्तुत
रजस्थल (भानु विशेषाङ्क–२०७०)
गरिदा देशभक्त, भाषाभक्त र भानुका भक्त–भानुभक्त बालकृष्ण समको कर्मनिष्ठता,
उच्चता र उत्कृष्टता पनि एकै साथ प्रस्तुत भएको छ । यिनै अमूल्य कारणहरूले
गर्दा नै यस नाटकको महत्व समका अरू नाटकहरूको भन्दा फरक, विशिष्ट र
उच्चतम रहेको छ ।
सन्दर्भ ग्रन्थसूची
१. सम,बालकृष्ण (२०४९), भक्त भानुभक्त, (तेह्रौ संस्करण), काठमाडौँ: साझा
प्रकाशन ।
२. आचार्य, आदिकवि भानुभक्त,(२०५०), भानुभक्तको रामायण, (ते.सं, काठमाडौँै:
साझा प्रकाशन ।
३. शर्मा, रमा (२०४५), मोती ग्रन्थावली, काठमान्डौ :राष्ट्रिय युवा सेवा कोष ।
४. भट्ट, मोतीराम, (१९४८), कवि भानुभक्तको जीवन चरित्र ।
५. सम, बालकृष्ण (२०५४), (संयुक्त प्र. सं, मेरो कविताको आरधना (उपासमा १–३
) ललितपुर: साझा प्रकाशन ।
६. सम, बालकृष्ण (२०५०), चिसो चूल्हो, ललितपुर: साझा प्रकाशन ।
(उप प्रध्यापक, बुटवल बहुमुखी क्याम्पस, बुटवल, ९८४७१५३८६२