पृष्ठभूमि:
बधूशिक्षा निश्चित पृष्ठभूमिका कारण तैयार भएको बुझिन्छ। तसर्थ यो निश्चित
समस्याको समाधानका लागि रचना गरिएको कृति हो। त्यसैले यो उद्देश्यमूलक पनि छ।
लेखकले यस्तो रचना गर्दा के कामना गरेका छन् भने बधूलाई यदि यो शिक्षा दिइयो भने
गृहस्थ जीवन सुखमय हुन्छ। सुखी पतिको अर्थ सुखी पत्नी हो। पति पत्नीमा एक जना
पनि बेचैन छ भने यो बेचैनीको प्रभाव दुवैलाई पर्छ। छोराछोरीलाई पर्छ। घरका अन्य
सदस्यलाई पनि पर्छ। घरपालुवा पशुपक्षीलाई पर्छ। बोट बिरूवालाई पर्छ। भानुभक्तले
बताए अनुसार यो प्रभाव घरमा आउने अतिथिलाई पनि पर्छ। रातभरको दन्तबझानले
उनलाई अनिदो बनाइदियो यस अनिदोपनले गर्दा फुरेको कविता हो यो।
सून्याा दन्तबझान आज घरको कर्कर् गऱ्याको जसै,
भर्रात् जाग्रन झैं भयो मकन ता लागेन आंखा कसै।
तर बधूशिक्षालई यति सामान्यीकरणको दृष्टिले हेर्दा पनि उचित मूल्यांकन होइन।
यो बधूलाई भावी गृहस्थजीवनलाई सुखी बनाउनका लागि दिइएको अभिमुखीकरण
प्रशिक्षण पनि हो। यस दृष्टिले पनि उनलाई दूरदृष्टि भएका कवि भन्न सकिन्छ।
विवाह पछि नयाा घरमा नयाा वातावरणमा के गर्ने? के नगर्ने यो सबै नारीलाई
दुविधा हुन्छ। यस्तोमा भानुका कविताहरू मार्गदर्शक हुनसक्छन्। उनले गृहिणीको
दैनिकी सविस्तार वर्णन गरिदिएका छन्। उनले स्वस्थ र सामान्य एक नेपाली गृहिणीले
बिहानदेखि सांझसम्मका कामहरू सिकाइदिएका छन्। यस लेखमा केही प्रमुख कुराहरूको
विश्लेषण गर्ने प्रयास गरिएको छ।
मानसिक शक्ति प्राप्त गर्नु
गृहिणी मानसिक रूपमा स्वस्थ, बिहान उठेर ध्यान पूजा गर्नु भनेको दिनभरिका
लागि शान्ति र शक्ति प्राप्त गर्नु हो। गृहिणीहरूको दैनिक जीवन परिवारभित्र बिताइएको
होस् वा सार्वजनिक जीवनमा, सङ्घर्षपूर्ण हुन्छ। नयाा र आकस्मिक परिस्थितिहरूबाट
सङ्घर्ष गर्न सक्ने शक्ति उनीहरूलाई निरन्तर चाहिन्छ। आफ्नो जीवन र मनलाई
निरन्तर सामान्य बनाई राख्न ईश्वरको शक्ति र मानसिक ध्यान बाहेक अन्यत्र औषधि
छैन। खानापकाइ दिएर स्कुल पठाइ दिएका बच्चा, काम गर्न कार्यालय, व्यवसायमा
रजस्थल (भानु विशेषाङ्क–२०७०)
पठाइदिएका श्रीमान, दाजुभाइ, विदेश भएका छोराछोरी इत्यादिको दिनभर वा वर्षभर
प्रतीक्षा गर्न जुन मानसिक शक्ति चाहिन्छ त्यो यस कृत्यले प्राप्त हुन्छ। उनले भन्छन्,
प्रात:कालमहां उठेर पहिले ध्यान् ईश्वरैको धरून्।
व्यक्तिगत र पारिवारिक स्वास्थ्य शिक्षा
बिहान उठ्नु र नुहाइ धुवाइ गर्नु व्यक्तिगत सरसफाइ र स्वास्थ्य दुवै दृष्टिले
लाभदायक मानिन्छ। यो केवल सांस्कृतिक वा धार्मिक परम्परा मात्र होइन यो
चिकित्सकीय दृष्टिले पनि उचित छ। दैनिक सरसफाई सबैको दायित्व हो भनेर विश्व
स्वास्थ्य सङ्गठनले समेत मान्यता दिएको छ। स्वस्थ गृहिणी नै घरको वास्तविक पूंजी
हो। स्वस्थ रहन गृहिणी आफैंले पनि जान्नु पर्छ। खानपिन रहन सहन सबै स्वास्थ्यका
आधार हुन्छन्। तर बिहान सूर्योदय अघि उठ्नु र शरीर सफा गर्नु स्वास्थ्यका लागि
सर्वोत्तम मानिन्छ। गृहिणीको दिनभरिको क्रियाशीलता उसको आफ्नो स्वास्थ्यमा भर
पर्छ। त्यसैले स्वस्थ रहनु गृहिणीको अधिकार मात्र होइन कर्तव्य पनि हो। स्वस्थ गृहिणीले
मात्र आफ्नो परिवारलाई स्वस्थ राख्न सक्छन्। रोगी, वृद्ध, विकलाङ्ग र बालकको
स्वास्थ्य र पोषण आवश्यकता अनुसार खाने, लगाउने, बस्ने इत्यादि आवश्यकता पूरा
गर्ने जिम्म्ेवारी पनि गृहिणीको हुन्छ। यति मात्र होइन भानुले त घरका पशु पक्षीले
पनि उचित पोषण र सुरक्षा पाएका छन् कि छैनन् गृहिणी आफैंले अनुगमन गर्नु पर्छ
भनेका छन्। सामान्यतया उनीहरूले आफ्नो यो कर्तव्य पूरा गर्छन्। यस्ता पारिवारिक
आवश्यकतालाई पोषण र सुरक्षा आवश्यकता भनिन्छ। उनले भनेका छन्,
रोगी बालक वृद्ध कोही घरमा हुन्छन् त तिन्को पनी,
घत् जानीकन तम्तयार् चिज गरून् खान्या छ यस्तो भनी।
मनोवैज्ञानिक आवश्यकता पूरा गर्नु
मानिसका अनेक आवश्यकता हुन्छन्। मनोवैज्ञानिकहरूले प्रत्येक आवश्यकता
त्यसको महत्व र पूर्ति हुने तरीकाहरूबारे व्याख्या गर्दा मानिसको एउटा मानसिक
आवश्यकता एस्टीम नीडको बारेमा बताउादा मानिसले सम्मान पाउनु पनि उसको एक
आवश्यकताको रूपमा उल्लेख गर्छन्। यसको पूर्ति उसलाई उचित सम्मान दिनाले प्राप्त
हुन्छ। वृद्धवृद्धामा यो आवश्यकता अलि बढी हुन्छ। अन्यत्र कतै सम्मानको अनुभव
नगर्नेले पनि घरभित्र यो आवश्यकता परिपूर्ति गरी तुष्टिको अनुभव गर्छन्। वास्तवमा
सबैले यथोचित सम्मान प्राप्त गर्ने संस्थाहरूमा घरपरिवार नै सर्वोत्तम संस्था हो। जहां
निर्धो, अशिक्षित, निर्धन सबैले सम्मान प्राप्त गर्न सक्छन्। अन्यत्र त्यो संभव छैन।
त्यसैका लागि उनले भनेका छन्,
मान्ये छन् घरका सबै जति जना तिन्लाई ढोग्भेट् गरी।
व्यवस्थापन गर्न जान्नु
रजस्थल
घरको आन्तरिक व्यवस्थापन गृहिणीको सर्वाधिक महत्वपूर्ण र व्यस्त बनाइराख्ने
काम मध्ये एक हो। जो यस काममा जति सिपालु हुन्छ उसको घर ऊ आफैंलाई त्यति
नै सुविधाजनक हुन्छ। व्यवस्थापक जांगरिलो हुनु सबभन्दा प्राथमिक कुरा हो। अल्छी
व्यवस्थापकले राम्रो व्यवस्थापन गर्न सक्दैन।
अल्सी दूर गरेर नारीहरूले थान्को र मान्को गरी गरी
काम्धाम्मा परिवार लगाएर विचार् गर्दै रहुन् दिन् भरी।
घरका सामान ठीक ठाउंमा राख्नु पर्छ। उचित प्रयोग गर्नु पर्छ। यो व्यवस्थापनको
सामान्य सिद्धान्त हो। यसबाट अन्य प्रयोग कर्ताहरूलाई सजिलो हुन्छ। यदि अरू कसैले
सामान यता उता गरिदिएका छन् भने त्यसलाई मिलाइ राख्नु बधूको कर्तव्य हो किनभने
ऊ पारिवारिक व्यवस्थापनको सर्वोच्च निर्देशक हो। व्यवस्थापकको काम सबैको इच्छा
पूरा गर्नु हो तर पत्नीको प्रथम कर्तव्य पतिको इच्छा पूर्ति हो। पतिको जीवनको
सफलता पनि पूर्णतया पत्नीको व्यहारमा भर पर्ने कुरा हो। उनी भन्छन्,
जो इच्छा पतिको छ सो बुझि उसै माफिक् सबै काम् गरून्।
जुन् स्थान् हो चिजको उहीां लगि उ चिज् राख्न्या स्वभाव् पो धरून्।
जसको घरमा नोकर चाकर हुन्छन् उनीहरूले नोकर मार्फत् काम गराउाछन्
उनीहरूलाई दिइएको यो निर्देशन हो। जसले सबै आफैं गर्छन् उनले पनि यी कुराहरू
ध्यानमा राख्नु पर्छ। घरको मूल स्थान जस्तै भान्सा, भण्डार, बेडरूममा अरूलाई प्रवेश
गराउनु हुन्न। त्यहााबाट जे कुरा बाहिर ल्याउनु छ त्यहां आफैं जानु पर्छ,
भान्छाको सरजाम चाकर गरून् भांडा सफाई गरी
खान्या चीज भंडारमा पसि झिकुन् आफैं अगाडी सरी।
काम गर्ने कर्मचारी वा नोकरलाई अह्राउने तरीका पनि भानुले सिकाएका छन्।
प्रसन्न मन चित्तले उसलाई पनि प्रेमपूर्वक अह्राउनु पर्छ भनेका छन्। झर्केर होइन।
चाकर्लाइ अह्राउनू, खुशि हुांदै मीठा वचन्ले गरी।
घरेलु शिल्पमा योग्यता हासिल गर्नु
धागो कात्नु, बत्ती बटार्नु, दूना टपरी, गुन्द्री इत्यादि बनाउनु यो वास्तवमा विशिष्ट
नेपाली हाते शिल्प हो। नेपाली परम्परा हो। मौलिककता हो, शिक्षाको अभावले यी
नेपाली मौलिकता हराउने खतरा बढेको वेलामा भानुको यो शिक्षा मननीय हुन आएको
छ। यसलाई अशिक्षित महिलाको काम भनेर छेडियो भने नेपाली समाजबाट नेपालीको
यो मौलिक सम्पत्ति हराएर जानेछ। यो सबैले जान्नु पर्ने सीप हो। यसमा शिक्षाले तगारो
हाल्नु हुंदैन। यसलाई आधुनिक प्रविधिले बिगार्नु हुंदैन। यस हस्तशिल्पलाई मौलिक
रूपमा सुरक्षा गर्नु नै सर्वोत्तम पूंजी हुनेछ। त्यसैले भानु आज अझ सान्दर्भिक छन्,
धागा बत्ति समेत काति टपरी दूना बोहोता पनी
रजस्थल (भानु विशेषाङ्क–२०७०)
सिन्का साफ चिरेर राखनु अनी चाहिन्छ काम्मा भनी।
अनुशासित जीवन बिताउनु
महिलाको अनुशासिन जीवनमा सारा परिवारको शक्ति हुन्छ। आफ्ना बाबु
आमाको नैतिक र चारित्रिक जीवनबाट ससाना बच्चाहरूले जीवनभर शक्ति प्राप्त
गरेका हजारौं उदाहरण छन्। आमाको जीवन देखेर महात्मा गान्धीको जीवनमा व्रत,
उपवासप्रति श्रद्धा जागेको हो। आमाको उपदेश मण्डेलाले जीवनभर बिर्सेनन्। आमाको
स्वाभिमानी स्वभाव र श्रीमतीको धार्मिक जीवनबाट सङ्घर्षको शक्ति प्राप्त गरेको बी
पी कोइरालाले उल्लेख गरेका छन्। त्यसैले महिलाको जीवन सबैका लागि मार्गदर्शक
हुन जान्छ। भानुले त्यसैलाई उल्लेख गरेका छन्,
पूजा व्रतादिहरूका जत्ति तीथि पर्छन्
सम्झेर गर्नु नभुलीकन पाप हर्छन्।
घरेलु चाडबाड उत्साहपूर्वक मनाउनु
चाडबाड घरेलु जीवनमा आनन्दका सार्वोत्तम आधार हुन्। हजारौं किलोमीटर
टाढाबाट मानिसहरूले चाडबाडको दिन गनेर बसेका हुन्छन्। घरमा भएकाले त्यस दिन
अन्य दिनभन्दा बढी खुसी प्राप्त गर्छन्। बालबालिकाहरूको सारा उल्लास चाडबाडका
लागि नै जम्मा भएको हुन्छ। त्यसैले चाडबाड मनाउादा आफ्नो संस्कृतिलाई सर्वोच्च
मानेर मौलिक रूपमा मनाउनु पर्छ। त्यसभित्र ठूलो शक्ति हुन्छ। धेरै खर्च गरेर चाडबाड
मनाउनु पर्छ भन्ने छैन, थोरै खर्च गरेर पनि त्यसलाई पूर्णता दिन सकिन्छ। त्यसभित्रको
धार्मिक तत्वलाई मूल मानेर चाडबाड मनाउनु पर्छ। यस्तोमा बालबालिकाले केही नयाा
खानेकुरा खोज्छन्, केही लगाउन खोज्छन्। सधैं भन्दा थोरै नयाापन दिएर मनाउनका
लागि गृहिणी सध्रैं तयार रहनु पर्छ। सो भएमा चाडबाडमा अरूसंगै समावेश हुन
पाइन्छ। यदि त्यसो भएन भने चाडबाडको दिनमा सबभन्दा मर्का उनै गृहिणीलाई पर्छ।
चाडबाडका चिजहरू पहिल्यै तयार गरेर राखुन्
परिवारको सुरक्षा र विकासमा ध्यान दिनु
गृहिणी आफ्नो घरको सुरक्षा र विकास गर्न सक्ने योग्यता भएकी हुनु पर्छ।
त्यसका लागि उचित अनुचित छुट्ट्याउन सक्ने र सो छुट्ट्याएर निर्णय गर्न सक्ने हुनु
पर्छ। यस्तोमा केही योग्यता त माइतमा सिकेर आएका हुन्छन तथा केही योग्यता घरको
परिस्थिति अनुसार आफैं सिकनु पर्छ। किनभने सबै कुरा बताउने योग्य पनि हुांदैनन् र
कुनै घटनामा आकस्मिक निर्णय पनि गर्नु पर्ने हुन्छ।
मान्य जनलाई मान्नु, घरलाई ठग्न खोज्नेलाई चिन्नु
परिवार एक प्रजातान्त्रिक संस्था हो। यसमा तानाशाहीको कहीं कतै गुञ्जायश
हुांदैन। हरेक निर्णय सरसल्लाहले गर्नु पर्छ। कसैले कुनै निर्णय गरेको भए पनि उसले
के मान्यता गरेको हुन्छ भने अरू पनि सहमत हुनेछन्। त्यसैले घरमा अरूसंग सहमति
रजस्थल
लिएर निर्णय गर्नु पर्छ। आफूलाई कुनै विशेष निर्णय गर्नु छ भने आफूले आफूलाई निर्णय
गर्नुभन्दा अरूबाट निर्णय गराउनु पर्छ। यो एक प्रकारको विशेष सीप हो। अलिकति
सिकेपछि सबै यसमा पार·त हुन सक्छन्।
राखोस् इष्ट कुटुम्ब मित्रहरूमा अमृत् सरीको रवाफ्।
भन्दै भानुले विनम्र, आज्ञाकारी, मिलनसार, सबको भलो चाहने, मधुर वाणी
बोल्ने गृहिणीको कल्पना गर्दा कमजोर गृहिणीको कल्पना मात्र गरेका छैनन्। उनले
परिवारलाई आवश्यक परेमा कठोर हुनसक्ने योग्यता गृहिणीमा हुनपर्छ भनेका छन्।
पाउन् पापि कठोर चोरहरुले सोही बमोजिम् जवाफ्।
उपसंहार
गृहिणीलाई प्रशिक्षण दिने दृष्टिले भानुको योगदान अप्रतिम छ। जबसम्म परिवार
संस्थाको सान्दर्भिकता छ त्यसवेलासम्म बधूशिक्षाको सान्दर्भिकता रहने छ। नाटककार
समले बधूशिक्षाका लागि एक अप्रत्यक्ष सन्देश दिएका छन्,
पतिभक्ति त मर्दैन पापी पति भए पनि।
बधूशिक्षा अहिले उपलब्ध गृहिणी शिक्षाका नेपाली भाषाका सामग्रीहरूमध्ये
प्राचीनतम सामग्री हो। त्यसैले उसमा सबै आवश्यक सामग्री उपलब्ध छैन। उदाहरणका
लागि यो संयुक्त परिवारका गृहिणीका लागि हो। त्यसवेला उनीहरूलाई बालबालिका
हुर्काउन समस्या थिएन। तर आज एकल परिवार निर्माण हुंदै जांदा नवबधूलाई शिशु
स्याहारको प्रशिक्षण पनि आवश्यक छ। यस सम्बन्धमा नयाा कविहरूले योगदान गर्न
सक्छन्।