भानु द्विशताब्दी वेला
केदार शर्मा ढकाल
यौटा भानु उदाउाछन् गगनमा झल्मल् उज्यालो गरी
जाग्रत् बन्छ जगत् स्वकर्मतिर लाग्छन् प्राणी सब् त्यो घरी
अर्का भानु त्यसै गरी पछि उदाए गण्डकी तनहुामा
नेपाली जनबोलि उन्नत गरौा भन्ने इरादा गरी
रामायण् अनुवाद् गरे कृतिहरु धेरै दिएथे पनि
नेपाली जनका बने प्रिय कवि धेरै गुनिला उनी
हामीले उनको खुसी मन गरी दोस्रो शताब्दी पनि
आऊ आउ मनाउा लौ सब मिली हो हर्षको यो घडी
पु.ब.न.पा.– १, स्याङ्जा
गजल
लेखनाथ काफ्ले
अठारसौ एकहत्तरमा आयौ भानु तिमी
बच्चालाई राम्रो मेलो लायौ भानु तिमी
खल खायौ जिन्दगीमा भलो गर्न खोज्दा
मौरीले झौ रस खोजी ल्यायौ भानु तिमी
ठाउा हेरी बल्छी खेल्दै कतै जाल हान्दै
मोती खोज्दा समुन्द्रमा पायौ भानु तिमी
बधूशिक्षा भक्तमाला, रामायण लेखी
साहित्यका धेरै झुप्रा, छायौ भानु तिमी
आचार्य त्यो थरभित्र कालजयी भइ
आफ्नु मेलो चउन्नमै सक्यौ भानु तिमी ।
भानुभक्त
-देवेन्द्र लम्साल
भाषा भाष्करका लता लहरिदा नाघेर मेची तर्यो
रोचा पुष्करका भरि छहलिादा अर्कै गरामा झर्यो
यौटै झाङ बनेर झाङ्गिन गयो नेपाल थाक्रो बनी
कााक्रोका विविधा र रङ्ग रसका भाषा फले मन्परी
पूर्वी रक्तिम सूर्य झौ झलझली टेकेर यै मृत्तिका
फुट्दै मूल बनेर भाष्य गलको संज्ञानका वृत्तिका
रोपी भाष्करका छटा उदयका संस्कारका बाटिका
तारा धु्रर्व भयौ रह्यौ अमर भै नेपालका कृत्तिका
पैलो काव्य सुधा रच्यौ अधरमा लालित्य कर्णामृत
पैलो भाष्यधुाधा हर्यौ उदरमा पालित्यले सिर्जित
तिम्रै जाागर सीपको लिइबिाडो गर्दै उही नक्कल
उम्रे लाख हजार दिव्य बिज ती तिम्रै टिकी अक्कल
लाखौं भेद विभेद तुच्छ निमठी ढिक्का बनाइदियौ
तिम्रो सीप उठेर छुद्र जडता फिक्का बनाइदियौ
रच्दै सुन्दर सत्य तथ्य मनको वास्ता पुर्याइदियौ
मान्छेलाई अगाडि बढ्न युगको आाखा खुलाइदियौ
छौं हामी कटिबद्ध सार्न कुसुमी नौला नयाा सिर्जना
तिम्रो काव्य सुधा पिएर कहिल्यै मेटिन्न है तिर्सना
यो माटो जहिले रहन्छ तहिले बिर्सन्न तिम्रो कला
तिम्रै फूल फुली भरिन्छ गमला ठेला परेका वेला ।
ज्याग्दी खोला स्याङ्जा
- खनाल रेवतीरमण
प्रिय भानु |
जहा कही भए पनि तिमी
सुमधुर सम्झनाका साथ
कुशल क्षेमको शुभकामना ।
त्यहाा तिमीलाई के कस्तो छ ?
यहााको हालबात यस्तो छ
तिमीले छोडेर गए पछि
आजकल देशै जेल भएको छ
लामखुट्टे र उपियााको रजाईं
झनै चर्को छ
रोजगार नपाएर देशमा
सपना कोरल्न विदेश जाने
युवा, युवतीको
लामो लर्को छ ।
तिम्रो घाासी आजकल घाास बेच्दैन
नामको लागि कुवा खन्ने कुरा पनि गर्दैन
बरू दामको लागि
अरू दुधमा पानी हालेर बेच्छन्
ऊ पानीमा दुध हालेर बेच्छ ।
तिम्रा मित्र गजाधर सोतीकी
घरबूढीले तिमीलाई
बास नदिएर
झम्के सााझमा घरबाट निकालिथिन्
अहिले तिनै गजाधर सोतीकी
नातिनी बुहारीले ‘होमस्टे’ चलाउाछिन् ।
तिम्रा डिठ्ठा, विचारीहरू
अझै पनि सेवाग्राहीलाई पिराउन
र भोलिको झोली भिराउन
पुरूषार्थ सम्झिन्छन्
कान्तिपुरी नगरीका
तिम्रा चपला, अवलाहरू
आजकल केश कुन्तल रङ्ग्याएर
अर्ध शरीर नङ्ग्याएर
जीउ भरि ‘पफ्र्यूम’ छर्छन् ।
हिल भएको
सोडिल लगाएर
‘क्याटवाक’ गर्छन् ।
तिम्रा सहनशीला सुशीला
बधूहरू आजकल
तिम्रो बधूशिक्षाको
खिलाफका कुरा बताएर हिाड्छन्
‘फेमिनिष्ट’ बनेर
नारी हक अधिकार कुरा
जलाएर हिड्छन् ।
रिस, राग
छल, कपट छैन भन्थ्यौ तिमी कान्तिपुरीमा
मेलमिलाप र मैत्री खोज्नु खै कहाा ?
छल, छद्म र विद्वेष मात्र छ त्यहाा
कोही गरिब छन्, फुटपाथमा छन्
कोही अमिर छन्
आलिसान शिशमहल
र सुरम्य थातमा छन् ।
विषमता व्याप्त छ देशमा
सङ्गति हैन विसङ्गति बढेको छ
महङ्गीले सगरमाथा चढेको छ
देशको हाल बेहाल छ
समस्यै समस्या विकराल छ ।
दोस्रो सम्बोधन:
हे आदिकवि
हे नेपाली भाषाका जनक,
तिमी प्रथम पुरूष
पितामह भनौं कि
प्रपितामह भनौं
कुन चााहि शब्दले
सम्बोधन गरू म ?
भाषारूपी हात्तीलाई
माहुते बनी सदायौ तिमीले
आज हामी
त्यही तिमीले सदाएको
हात्तीमा सवार छौं
र
यात्रा गरिरहेछौं
सुदुर गन्तव्यको ।
तिमी प्रमिथस हौ
जस्ले भाषाको आगो चोरेर
ल्यायो स्वर्गबाट
जोर्यो आगेनामा
र फुक्यो फू, फू गरी
र
पार्यो उज्यालो
यो मृत्तिका खण्डमा
तिमी प्रभाकर
नेपाली साहित्यकाशका
समुज्ज्वल नक्षत्र
छायौ प्रभा तिमीले प्रभातमा
त्यही प्रभाले प्रदीप्त भै
प्रमुदित छौं हामी
गरिरहेछांै प्रबन्ध कल्पना
लेखिरहेछौं कविता काव्य
गरिरहेछौं प्रबोधन
जनता जनार्दनलाई
गौरवान्वित छौं हामी
गर्व छ हामीलाई
तिम्रो पथको
पथिक हुन पाएकोमा
तिम्रै अनुहार
अनुयायी बन्न पाएकोमा ।
भानु र भाषा
ज्ञानेश्वर रेग्मी
हाम्रा भानू रविसरि भयौ दूर भो अन्धकार
नेपालीका ह्दय बीचमा ज्ञानको भो प्रकाश ।।
सााच्चै भानू उदित नभएको भए आजसम्म
हाम्रो भाषा कुन युगतिरै जाादो हो यो अचम्म ।।
पैला निस्के रघु र यदु औ त्यस्पछिका गुमानी
संस्कृत् हिन्दीसहित कविता लेख्दथे फुट्करादि ।।
केही काल्मै उदित हुनगै वैलिए ती कविजी
पूगेनन् ती कवि पदविमा भैगए है इतिश्री ।।
विक्रम् संवत् शशि र गज औ साल हो एकहत्तर्
मैना आषाढ् दिवस दुई नौ चूादी रम्घा नजीक ।।
संज्ञा भानु रवि किरणको शक्ति केही लिएर
आएछौ कि यस धरतीमा गर्छु सेवा भनेर ।।
विद्वान् बाजे प्रभृतिहरूको सीप सारा लिएर
निस्क्यौ भानू उदित सविता पूर्ण ज्ञानी बनेर ।।
घाासी जस्तो विरही जनको गीतले नै मगज्मा
धक्का लाग्यो मनबीच ठूलो गाइएको लहड्मा ।।
सम्झे झट्ट अघि अघि पनी कीर्ति जस्ले चलाए
धोका पाई विरही मनले काव्यको गीत गाए ।।
व्याधा जस्तो कुटिल मनको व्यक्तिलाई रिखीले
हिंसा गर्नू उचित नहुने ज्ञान दिादा पहिले ।।
वाल्मीकि भै पछि यहि धरा धाममा नाम पाए
कस्तो राम्रो रचित कविता आदि काव्यै बनाए ।।
काली तुल्सी निज युवतिका वाक्यले मर्म भेदी
छोडी सारा कठिन तपले अद्वितीय कविजी ।।
हुन्छन् यस्तै दु:खद घटनाहेरूले मात्र दिक्क
मानी गर्छन् सरल रचना भावना बन्छ ठिक्क ।।
ऐले संमन् जति कवि बने प्रायश: जीवनैमा
केही चिन्ता नपरिकन ता क्वै गएनन् कविमा ।।
आत्मग्लानि भइ ह्दय नै दु:खले भित्र रुन्छ
डााडा कााडा नदी र छहरा वेगको श्लोक बन्छ ।।
आफ्नै सारा सुख र दुखका सम्झना माथ छढ्छ
कस्तो राम्रो कथित कविता आदिको काव्य बन्छ ।।
सत्संगैले गरिकन यहाा कुन् कुराको अभाव
भानू जस्ता पठित जनमा घाासीको त्यो प्रभाव ।।
मैले राख्नू पनि अब पर्यो त्यो अविच्छिन्न कीर्ति
जस्ले गर्दा युगयुग ठूलो राममा राख्छ भक्ति ।।
भन्ने सोची कठिन कवितालाई भाषा बनायौ
नेपालीका गगन बीचमा रामको गीत गायौ ।।
आफ्नो दोटै अनि पछि रघूनाथको एक मात्र
राख्यौ कीर्ति अनि यस धराधाममा छट्ट गात्र ।।
छोडी चट्टै जुन दिन त्यहीा जन्मिएथ्यौ पहिले
जस्तो पैला शरिर रहदा त्यै स्थितिमा अहिले ।।
छैनौ आजै धरति बिचमा शब्द मात्रै यहाा छन्
नेपालीका ह्दय तलमा शुद्ध ती भावना छन् ।।
तिम्रो इच्छा लिइकन सदा चल्दछौं है धरामा
हे नेपाली सतत बनि रहे यो हिमाली जरामा ।।
जैले संमन् रवि किरणले यो धराधामलाई
ज्योति देलान् तबतक यही भानुको नाम गाई ।।
सारा बस्लान् हिम शिखरमा धन्य है भानु भन्दै
गाऊा गाऊा अमर महिमा गाइयोस् दिन गन्दै ।।
पूग्यौ माथी तर पनि अझै कीर्ति ताजा छदैछ
भानू झ् भानूसरि तिमि बने यत्ति नै कामना छ ।।
भानु तिम्रो कान्तिपुर
सुरेन्द्र अस्तफल
भानु तिम्रा चपला अवलाहरू
गुनकेशरीको फूल धरौटीमा राखी
केशविन्यासमा
प्लास्टिकका फूलहरू सजाउाछन्
सखीको सम्बन्ध देखावटीमा बााचेको छ
उनीहरूको मन त छ, विवेक छैन
उनीहरूको ह्दय त छ
उनीहरू हजारौं बीच छन् भीडमा
तर एक्लाएक्लै जीवन तय गर्छन्
तिम्रा कवितालाई सिलोक भनी गिज्याउाछन्
नवपुस्ताले कुनै पनि वेला
तिम्रा कवितालाई रिमिक्समा
झिमिकझिमिक पार्छन्
तिम्रो लामखुट्टे र उपियााको नगरीमा
एड्सले आक्रमण गरेको छ
बेरुजुमा कुमारी थानामा थुनिनु पर्दैन अब
अर्थको महायज्ञ लगाएर
कुनै पनि कसुरदार
बेकसुर बन्न सक्छ
अब त भानु झ्
रामायणायन लेखिनथालेको छ
तिम्रा घाासीहरूका
पाटीपौवा त एकादेशका कथा भए
डिस्को र रात्रिक्लब
हाम्रा आदर्श भएका छन्
कान्तिपुर
काठमाडौा भएको पछाडि फर्केका छन्
कुम्भकर्णझौ शरीर मात्र छ यसको
बुाख्याचा बनेर तर्साइरहन्छ मोफसललाई
भानु, तिमीलाई कस्तो छ ? चितवन
भानुको सम्झना
- गोविन्दप्रसाद शर्मा
श्रद्धेय स्मरणीय आदि कवि स्व. भानुलाई
भावपूर्ण श्रद्धाञ्जली अर्पिन्छु मस्तक झुकाई
तिम्रो स्मरण गर्दैमा आउाछ नेपाली शिर झुकी
तस्मात् तिमी छौ हामी सबको ह्दय धुक्धुकी । ।
तिमीमा सहमत वा विमत राख्ने मानव सबले
स्मरण गर्छन् ह्दयबाटै पग्लेर श्रद्धाले
नेपाली भाषामा काव्य लेख्ने अग्रणी कवि छौ
बुझिने मीठो भाषा र शैलीले अम्मर तिमी छौ । ।
जसले आदि कविको मान मिल्न गो तिमीलाई
प्रेरणा दियौ नेपाली भाषामा लेख्न हामीलाई
बाजे श्रीकृष्ण आचार्य तिम्रा प्रेरणा स्रोत हुन्
मोतीराम भट्ट प्रकाशमा ल्याउने उज्यालो दीप हुन् । ।
ऊ विना तिम्रो हुन्थेन छिट्टै उज्ज्वल भविष्य
तिमी र उनी सागसगै हौला स्वर्गमा अवश्य
लाग्छ नै तिमी विनाको नेपाली भाषा साहित्य
अधुरो अपूर्ण बन्दथ्यो खट्किन्छ निश्चय । ।
नेपाली भाषामा रामायण महाकाव्य लेखेर
दियौ नेपालीलाई पढ्दै छौं घरघरमा बसेर
तिमीले ठूलो सम्झेर नै यो कविता विधालाई
खरिदार पद राजिनामा गर्यौ मन ढुक्क गराई । ।
तिम्रा प्रकाशित भक्तमाला र बधूशिक्षाले
सबमा छायो भक्तिभावले पाए ज्ञान बधूले
र तिम्रो प्रश्नोत्तरीले हामी सबलाई गहिरो
उज्यालो दियो अज्ञानी मनको हटायो आध्यारो । ।
स्वयम्ले सोध्थ्यौ शत्रु को ? भन्थ्यौ दशोटै इन्द्रिय
ती तीर्थदूत न चारधाम शुद्ध मन् हो तीर्थ
आखिर मर्नु नै पर्दछ भने के गर्नु धनले
बनेमा ढुक्क भेटिन्छ सुख पवित्र मनले । ।
जोडेर हात म बिन्ति गर्छु सुनिद्यौ पुकार
हे भानुभक्त द्यौ मलाई वर लेख्छु म कविता
सकूा म बन्न आफनो मित्र राखन मन् शुद्ध
धनमा हाम नफाली पुग्न सकाू म सुखभित्र ।
सेतीदोभान स्याङ्जा
गजल
रूद्र अधिकारी
घाासीबाट शिक्षा लिन सकिदो रैछ
यो समाजलाई केही दिन सकिदो रैछ
केही गर्छु भन्ने ठानेर कलम समाए
साहित्यिक इतिहास रचिन सकिदो रैछ
मानव जन्म लिई केही गरेर मात्रै
समाजमा शिर ठाडो गरिउभिन सकिदो रैछ
स्वार्थ नहेरी सदाको लागि कीर्ति राखे
सबैको अन्र्तमनमा अडिन सकिदो रैछ
तिम्रो लागि केही गर्न नसकेपछि भानु
जीवन र कीर्ति सदा सम्झिन सकिदो रैछ ।
(भरतपुर चितवन)
श्रद्धा पुष्प चढाउँछु
- गङ्गानाथ कोइराला
भानुभक्त यहाा तिम्रो गरिमामय नाम छ
त्यसैले त तिमीलाई लाखौं लाख प्रणाम छ
तिम्रा कामतिरै सारा ध्यान दृष्टि गडाउाछु
तिम्रो आत्मा यतै होला श्रद्धापुष्प चढाउाछु ।
एकीकरण पृथ्वीले गरे भूगोलको उता
तिमीले कविता लेखी गर्यौ भाषिक एकता
कष्ट साध्य थियो काम एकीकरणको तर
टुक्रा टुक्रा हुने भन्छन् फेरि मातृकलेवर । ।
ठूलो कलङ्क हो भन्थ्यौ भोलिवाद समाजको
विकराल बनेको छ समस्या यै त आजको
हे धनञ्जयका प्यारा सुपुत्र, भन के भयो ?
कुमारी चोकको टन्टा कुन कारणले पर्यो ?
लामखुट्टे उपियाा साथी तिनैका नाचगानमा
सजिलो के भयो होला त्यहाा रात बिताउन
महाजन कतै घाासी भेटिदैन यहाा अब
गिरिधारीहरूको नै बढेको छ मनोवल । ।
ऐले कान्तिपुरीको यी चपला अवला सब
सक्तैनन् त्यसरी हिाड्न जमाना यो खराब छ
सधौ त्रस्त रहन्छन् ती परिन्छ कि त जालमा
निसानामा परी यद्वा मरिन्छ कि अकालमा ।
यायावर थियौ यौटा घुम्दै हिड्थ्यौ जतातता
कवितामा सबै पोख्यौ जे जे देख्यौ सफा सफा
तारापति कहाा कैले गजाधरकहाा अनि
महाजनकहाा कैले पुग्थ्यौ बालाजुमै पनि । ।
डुल्दा डुल्दै तिमी कैले बस्दथ्यौ सााझमा कतै
विना सितन खान्थ्यौ रे भुटेका धूपमा मकै
देवता तुल्य मानिन्थे सााझका पाहुना तर
किन हो बास पाएनौ नि आफ्नै मित्रका घर । ।
त्यो समाज थियो कस्तो ? कस्ता कस्ता थिए जन ?
देखायौ काव्य ऐनामा सङ्लो वा धमिलो पन
अहिले पनि छन् त्यस्ता विसङ्गति र विकृति
त्यसै यस्तो हुादो हो र ? देशको आज दुर्गति । ।
रामायण, बधूशिक्षा, भक्तमाला रचिकन
तत्कालीन अवस्थाको गर्यौ सुन्दर चित्रण
कवितामै दियौ ध्यान रमायौ कवितैसित
उज्यालो मार्ग देखायौ नेपालीको भयो हित । ।
(पोखराथोक, पाल्पा, ९८४७०४३२१६)
गजल
- किसानप्रेमी
साहित्यका उज्ज्वल तारा सम्झी गजल लेखेको छु
रामायणको हर हरफमा उनैलाई भेटेको छु
बटुवा हुा साहित्यको प्यासी छन् यी अधरहरू
घाासी कुवा पुगिकन प्यास तल्तल् मेटेको छु
सधौ सधौ सम्झनामा बलिरहन्छन् दीप यहा
पवित्रस्थल रम्घा गाउा मैले पनि टेकेको छु
त्यति वेला भाषामा नि भएकै हो ठूलो क्रान्ति
जहाा भए नि नेपालीले सम्झिएको देखेको छु
सगरमाथा शिर मेरो लालीगुराास पोल्टाभरि
भानु तिम्रो एउटा तस्बिर यो छातिमा चेपेको छु
(भरतपुर चितवन)
भानुको सम्झना
असफल गौतम
अठ्ठार सय एकहत्तर सालको उत्तम समय
कस्ले पो गुन गाउाथ्यो र उनको अस्तित्व नभए
बाचुञ्जेलसम्म खेर फालेनन् हर घडी एकै छिन
२९ गते असारको महिना भानुको जन्म दिन ।
सुन है साथी झ् तनहुाको चुादी रम्घा हो उनको गाउ
विलक्षण प्रतिभा भएका व्यक्ति भानुभक्त हो नाउा
अध्यात्मवादी धाराका कवि छन्दका ज्ञाता हुन्
रामायण लेख्ने बहुमुखी प्रतिभा भाषाका ज्ञाता हुन् ।
भक्तमाला र प्रश्नोत्तरमाला छ बधूशिक्षा नि
धार्मिक, दार्शनिक चेत फैलाउने भानुको इच्छा नि
राष्ट्रिय भावमा छन्दको मिश्रण प्रकृति मिसाउादा
तल्तल लाग्ने रामायण उनको एकै छिन बिसाउदा ।
व्याङ्ग्यात्मक धारमा शृङ्गारिक भाषा मिलेको सिर्जना
कस्ले पो सक्ने भानुको पौरख चटक्कै बिर्सन
भाषालाई माध्यम बनाई उनी देशभक्त बन्याछन्
त्यसैले आज सबैले उनलाई आदि कवि भन्याछन् ।
(ठूलाडिही–६, स्याङ्जा, ९८५६०३१२२८)
काम्का खातिर जत्ति चीज घरका दिन्मा झिक्याका थिया
रात्रीमा त उ काम् हुदैन सभ चीज् थन्क्याइ राखी दिया
सम्झी कत्ति नमानि अल्सी सभ चीज् थन्क्याइ ताल्चा पनी
लाया चोरचकार डाकुहरूले देख्नै न पाउन् भनी।
(बधूशिक्षा, श्लोक:२६)
भानु हाम्रा गौरव हुन्
दैवज्ञराज न्यौपाने
भानु हाम्रा गौरव हुन् पुर्खा पौरखिला
अजम्बरी कीर्तिकथा मुर्तिएका शिला
भानु हाम्रा गौरव हुन् पुर्खा पौरखिला।
मिर्मिरेमै बिउाझिएर मित्र बनी आए
सबैलाई सुहाउने मीठो गीत गाए
त्यही गीत सुसेलेर बड्दै आयौं हामी
चुलीमाथि चुली नौला चड्दै आयौं हामी।
जति पाइला अघि बड्छौं चड्छौ जति चुली
ती सबैमा उनैको छ मीठो तोते बोली
त्यही बोली सम्झिएर भाका भर्दै आयौं
उत्साहले सग्बगाई अघि सर्दै आयौं।
साहित्य र संस्कृतिका निकै प्रिय नामी
भानु हाम्रा सम्पदा हुन् सम्झदैछांै हामी
कोही महान् हुन्न त्यसै विशेषता नभै
अमरत्व यसैमा छ मुस्काउने सधै |
दुई मुक्तक
कपिल अज्ञात
मूल्यवान हुन्छ सच्चा कमाइको भानु
हो, दुच्छर वृत्ति छलकपटले खानु
अन्न पानीको देही यो के छ र लानु
छोड्नु छ एक दिन सुनकै होस् छानु ।
जेलनेलभित्र रसिला कविता रच्दै
व्याख्यानमा ज्ञानगुनको अमृत छर्दै
यस्तै सार सन्देश साधै भन्थे रे भानु
रामको अपार महिमा भनेर जानू ।
भरतपुर–१२, चितवन
फिङ्गल
शम्भु अर्याल
१.
शून्य
शून्य
अतिशून्यमा
गन्ति सुरू गरी
एक, दुई, तीन...अनि सय ।
२.
पुराणको बिम्ब
च्ुाइगमझै टाासिएर बसेको
पण्डित्य विचारले ग्रस्त पौरणिक मन
मष्तिष्कमा
स्पिरिटले खोटो सफा गरी
राम र सीताको तस्बिर टाास्ने भानुभक्त।
३.
समाज,
सतीप्रथा
दास प्रथाको चङ्गुलमा
स्थिर ध्वनि प्रवाहलाई
हात समाइ बामे सर्न सिकाउने
निसन्देह तिमी नै एकताको आदि विचार
हौ भानुभक्त ।
४
विवादहरू
निरर्थक छन्
पहरामा गुराास फुल्छ ।
५
भानुभक्त
आदि कवि हुन्
भनुभक्त आदि कवि होइनन्
नरीवादी होइनन्, मौलिक कवि होइनन् ।
६
आकाशमा उड्ने
जेटबिमान
राइट ब्रदर्शको आविष्कारको समय
अहिलेको अत्याधुनिक प्रविधिले सुसज्जित
थियो होला ?
थिएन भने हामी राइट ब्रदर्शलाई
विमानको आविष्कारक मान्ने किन ?
७.
मैले
बोलेको ध्वनि
कस्को हुनसक्छ ?
सारेको पाइला कस्को हुन सक्छ?
८.
अन्धविश्वासले ग्रस्त
रूढिवादको तगारोमा
समयनिरपेक्ष प्रमाण खोज्नु
दृष्टि दोष कि ? सार्थक कि निरर्थक ?
वालिङ–५, मिर्दी (९८५६०३१६६६)
भानुभक्त
चिन्तु गिरी
अलिकति बाबु बाजेको रिनले
अलिकति जेलनेल र
घाासीको प्रेरणाले
केही आफ्नै प्रतिभाले खारिएर
मोतीरामको प्रकाशले उजेलिादै
आज प्रत्येक नेपालीका मनभित्र
गुन्गुनाइरहेछन्।
धुवाासाको मसीमा
निगालाको कलम चोब्दै
लामखुट्टेलाई टोकाउादै जेलभित्र
उडुसले ब्यूाझाएको वेला
राणाको दृष्टिमा अपराधी
निरीह बचेरो बनेर
अनिदाा आाखाहरू मिच्दै
सिर्जिएका भानुका अक्षरका फूलहरू
म, बिजुली बत्ती र
प्रजातन्त्रको उज्यालो प्रकाशभित्र बसेर
घोकिरहेछु।
आज उनका चेलाहरू
सत्ताबाट उपेक्षित भए पनि
जनताबाट अनुमोदित छन्
त्यसैले प्रशन्न र प्रफुल्लित छन्।
पु.ब.न.पा.९, स्याङ्जा (९८४६०४६४१९)
भानुभक्त
---------------------------------------------कमला श्रेष्ठ
भानुभक्त जन्मेउ तिमी तनहुा गाउामा
कविता लेखी नाम कमायौ पूरै यो जगतमा
धेरै तिम्रो ज्ञान रैछ धेरै तिम्रो बुद्धि
संस्कृत रामायण उल्था गरी, दियौ तिम्ले सुद्धि
नेपालीमा रामायण सबैले पढ्न पाए
भाका मिलाई राम गीत गाउादा भए
हामी पनि मान्छौ तिम्रो कवितालाई राम्रो
धेरै ज्ञानगुन दिइ उद्धार गरेउ हाम्रो
छोरो रैछौ धनन्जयको श्रीकृष्णको नाति
चढाउछाौ तिम्लाई हामी आदरको फूलपाती
सबैजना चिन्छन् तिम्लाई आज शहर गाउा
तिम्रो आज भानुभक्त चलेको छ नाउ
कोही भन्छन् ठ्लो कवि कोही आदिकवि
जे भनेनि तिम्रो आज चलेको छ छवि
एकदिन भानुसित घाासी भेट भयो
घाासी दाइले घाास बेची कुवा खनाउने भयो
घाासी रैछ गरिब घरको तर बुद्धि धेरै
उन्लाई लाग्यो धनी भइ छैन बुद्धि मेरै
उन्को मनमा खल्बल भयो उस्को कुरा सुन्दा
धिक्कार रैछ मेरो जुनी क्यै नगरी बस्दा
लोक्को हित हुने काम गर्छु मत धेरै
रामायण र कविता लेखे उन्ले धेरै धेरै
रामायण र भक्तमाला रामगीता लेखे
रामायण लेखिकन मनको धोको मेटे
आज उन्को चारैतिर कृति फैलेको छ
सबै जनले घरघरमा उन्कै गीत गाएको छ
स्याङजा