Social Icons

बहुमुखी प्रतिभाका धनी : भानुभक्त आचार्य - केदारनाथ खनाल


विलक्षण प्रतिभाका धनी आदिकवि भानुभक्त आचार्यको जन्म तनहु जिल्लाको चुादी
रम्घा गाउामा वि.सं. १८७१ असार २९ गते भएको हो। ख्यातनामा विद्वान् श्रीकृष्ण
आचार्य (१८१०–१८८९) का छ भाइ छोराहरूमध्ये जेठा धनञ्जय आचार्य (१८४५–
१९०९) का एकमात्र पुत्ररत्न भानुभक्त बाल्यकालदेखि नै कुशाग्र थिए। उनका पिता
धनन्जय पाल्पा माल (तहसिल) अड्डाका खरिदार हाकिम भएकाले सानैदेखि आफ्ना
हजुरबुबाको समुचित रेखदेखमा हुर्के। पितामहबाट त्यतिवेलाको अनौपचारिक शैक्षिक
प्रणाली अनुरूप चण्डी, रूद्री, अमरकोश, लघुकौमुदी आदि प्रारम्भिक शिक्षाका साथै
संस्कृत साहित्यसमेत घरैमा पढेर बाह्र वर्षको उमेरमा चिना बनाउन र व्यासासनमा
बसेर पुराण भन्न सक्ने भैसकेका थिए। ‘काश्यांमरणान् मुक्ति’ को चरितार्थ गर्दै पुगिसरी
आएका आस्तिक पण्डित श्रीकृष्ण आचार्य जीवनको उत्तरार्धमा कल्पबासको निम्ति काशी
जाादा भानुभक्तलाई समेत सागै लगे। उनले त्यहाा आफ्नो प्रिय नाति भानुलाई विभिन्न
विद्वान्हरूको सरसङ्गत र शिक्षादीक्षा प्राप्त गर्ने अवसर दिलाए। बनारसको धार्मिक,
आध्यात्मिक वातावरण र जीवनको उत्तरार्धमा कल्पवास बसेका हजुरबुवा एवम् उनका
साथी सङ्गतीहरूसागको बसउठ, त्यहााको शिक्षादीक्षा र वातावरणले उनको जीवनशैली,
आचारण, विचारलाई अध्यात्मतिर प्रवृत्त हुन प्रेरित गर्‍यो। श्रीकृष्णको स्वर्गबासपछि
दुईवर्षे बनारस बसाइबाट घर फर्कदा प्रतिभाशाली भानुभक्तले रामायण, महाभारत,
प्राच्य दर्शन, छन्द, रस–अलङ्कारशास्त्रादि विभिन्न विषय र ग्रन्थहरूको अध्ययन
गरिसकेका थिए। उनीभित्र विकसित भइरहेको रामभक्ति, भाषाभक्ति र राष्ट्रभक्तिपूर्ण
ज्ञान र क्षमताले निकास खोजिरहेको थियो। त्यसै परिप्रेक्ष्यमा घाासी उत्प्रेरक बने सुसुप्त
अवस्थामा रहेको अन्तर्निहित प्रतिभा प्रस्फुटित भयो :
घाासी दरिद्रि घरको तर बुद्धि कस्तो ...।
नेपाल एकीकरणको अभियानमा वीरधाराका रचनासाथ जुर्मुराएका साहित्यकारहरू
सुगौली सन्धिपछि त्यसै मुर्झाएका थिए। वि.सं. १९०३ को कोतपर्व र भण्डारखाल
पर्वबाट उदाएका जंगबहादुर राणाको शासनकाल त झन् कहालीलाग्दो नै थियो। त्यो
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
वेला ईश्वर–चिन्तन, भजन–कीर्तन बाहेक अर्को विकल्प पनि थिएन। विभिन्न टुक्रामा
विभक्त पहाडी राज्यहरूलाई पृथ्वीनारायण शाह (१७७९–१८३१) ले राजनीतिकरूपमा
एकीकरण गरेपनि युद्धकालीन धङ्धङी र अलग–अलग जातजाति, भाषा–भाषी संस्कृतिका
मानिसहरू एकआपसमा मिल्न सकिरहेका थिएनन्। यस्तो संक्रमणकालीन अवस्थामा
भानुभक्तीय रामायण समग्र नेपालीको ढुक्ढुकी बन्यो। यसले एउटा नेपाली र अर्को
नेपाली बीच भावात्मकरूपमा एकसूत्रमा आबद्ध हुन ठूलो मद्दत गर्‍यो। रामायणका
माध्यमबाट सबै जातजातिको सम्पर्क भाषा नेपाली बन्न सक्यो एकातिर भने अर्कोतिर
नेपाली भाषामा पनि रामायणजस्तो महाकाव्य लेख्न सकिादो रहेछ भन्ने जबर्जस्त प्रमाण
प्रस्तुत भयो। के घाासी, के खेतला, के गोठाला, के शिक्षित, के अशिक्षित र को जन्ती, को
घरपट्टि, बनजङ्गल, मेलापात, चाडपर्व, विवाह, व्रतवन्ध जहाा तहाा सबै ठाउामा सबैको
मुखबाट भानुभक्तीय रामायण घन्कन थाल्यो। सांस्कृतिकरूपमा समग्र नेपालीलाई एक
हुन र नेपाली भाषा राष्ट्रभाषाको रूपमा विकसित हुने अवसर प्राप्त भयो।
सर्वप्रथम संस्कृत साहित्यका आदिकवि वाल्मीकिले रामायण लेखे। सम्भवत:
पहिलो लौकिक साहित्य यही नै हो। भानुभक्तले चाहिा अठार पुराणका रचयिता महर्षि
वेदव्यासको आध्यात्म रामायणलाई उपजिव्य बनाएर नेपाली प्रकृति र संस्कृति सुहाउादो
सरल र सुबोध्य नेपाली भाषामा गुणानुवाद गरे।
बनारसबाट फर्केपछि भानुभक्तले बालकाण्ड लेखे। यसैबीच वि.सं. १८९१ ताका
कुलोबााधमा गिरिधारी भाटसाग मुद्दा पर्‍यो। अड्डा अदालत धाउनु पर्दा रामायणले
निरन्तरता पाउन सकेन, चारपााच वर्ष त्यसै थन्कियो। यिनका पिता धनन्जयले पाल्पामा
जागिर खाादा नबुझाएको हिसावकिताबको खोजीनीति भयो। कुमारीचोकबाट छानविनका
लागि यिनी पााच महिना थुनामा परे। संयोग नै भन्नुपर्छ भानुभक्तको जेल अवधिको
जीवन उपलब्धिमूलक बन्यो। त्यसवेला (१९१०) तिर अयोध्याकाण्ड, अरण्यकाण्ड,
किष्किन्धाकाण्ड र सुन्दरकाण्ड लेखियो। झ्यालखानाबाट छुटेको एक वर्षपछि युद्धकाण्ड
र उत्तरकाण्डको समेत भावानुवाद गरी सातै काण्ड रामायण सम्पन्न गरे। रामगीता
(१९२५) चाहिा साथी सुब्बा धर्मदत्तको आग्रहमा कालज्वरोले थलिएर अन्तिम अवस्थामा
पुगेका वेला बिस्तराबाटै आफूले भनेर छोरा रमानाथ (१९०३–१९६८) लाई लेख्न
लगाएर पूरा गरी १९२५ साल आश्विन शुक्ल पञ्चमीका दिन चौवन्न वर्षको उमेरमा
मस्र्याङ्दी नदीको किनार सतिघाटमा इहलीला समाप्त गरेका हुन्।
छन्द प्रयोग :
क) भानुभक्तीय रामायण (१८८९–१९१०)
वाल्मीकिले मूल रामायण अनुष्टुप छन्दमा र वेदव्यासले अध्यात्म रामायणको
अधिकांश श्लोक अनुष्टुप छन्दमा लेखे तापनि भानुभक्त आचार्यले चाहिा नेपाली जनजिब्रो
रजस्थल 
अनुकूलको भाका, लयमा गाउन सकिने गरी विभिन्न शास्त्रीय छन्दमा लेखेका छन्।
भानुभक्तमा छन्द अलङ्कारको राम्रो ज्ञान थियो। यसैले उनका कविताहरू विभिन्न
शास्त्रीय छन्दमा संरचित छन्। भानुभक्तको रामायणमा जम्मा १३१९ पद्य श्लोकहरू
छन्, जसमध्ये सबैभन्दा धेरै शार्दूलविक्रीडित छन्दका १०३३, वसन्ततिलका १३९, स्रग्धरा
४४, मालिनी ३७, ईन्द्रवज्रा ३५, शिखरिणी २९, द्रुतविलम्बित १ र स्वागता छन्दका १
छन्। अर्को शब्दमा भन्दा भानुभक्तीय रामायणको बालकाण्डमा १३९, आयोध्याकाण्डमा
१२३, अरण्यकाण्डमा १२२, किष्किन्धा काण्डमा १४३, सुन्दरकाण्डमा १५४, युद्धकाण्डमा
३८१ र उत्तरकाण्डमा २५७ समेत जम्मा १३१९ श्लोक छन्।
ख) रामायणेतर कृतिहरू
भानुभक्तको मुख्य ग्रन्थ रामायणका अतिरिक्त अन्य अनूदित र मौलिक कृतिहरू
यसप्रकार छन् :
अ) भक्तमाला (१९१०)
ईश्वरप्रतिको भक्तिभाव र दीनहीनता प्रकट एवम् नवधाभिव्यक्तिको अपूर्व ज्ञानको
भण्डार भक्तमालाका २२ पद्यहरूमा प्रथम १५ श्लोक संस्कृत अनुवाद र पछिल्ला ७
श्लोक मौलिक मानिएको छ। यो कृति सबै शिखरिणी छन्दमा संरचित छ।
आ) प्रश्नोत्तरमाला (१९१०)
आद्य शङ्कराचार्यद्वारा विरचित प्रश्नोत्तरमालाको छायानुवाद यो कृतिमा जम्मा
४८ पद्यहरू छन्। यी मध्ये ईन्द्रवज्रा ३१, उपेन्द्रवज्रा र वसन्ततिलका समेत समाविष्ट
छन्।
इ) बधूशिक्षा (१९१९)
मित्र तारापति उपाध्यायको घरमा बासबस्दा रातभर भएको सासू बुहारीको
दन्तबझानबाट दिक्क भएका आशुकविले उनैलाई निमित्त बनाएर लेखिएको कविता
हो बधूशिक्षा। तत्कालीन समाज सापेक्ष अत्यन्त व्यवहारोपयोगी नारी शिक्षामूलक यो
मौलिक रचनामा ३३ श्लोकहरू छन्। यी मध्ये शार्दूलविक्रीडितका ३०, मालिनीका २
र वसन्ततिलका छन्दका १ छन्।
ई फुटकर रचनाहरू
घाासीसाग सम्बन्धित दुई कविता, काठमाडौंको बालाजी वर्णनमा प्राकृतिक,
शृङ्गारिक, राष्ट्रियता, धार्मिक, आध्यात्मिक, दार्शनिक, औपदेशिक आदि विभिन्न
भावका ३९ फुटकर श्लोकहरू छन्। हालसम्मको अभिलेखमा भानुभक्त आचार्यको सात
काण्डे रामायण लगायत समस्त कविताहरूको सङ्ख्या १४४३ रहेको बताइन्छ।
बहुमुखी प्रतिभाशाली भानुभक्त आचार्यबारे मोतीराम भट्टदेखि नै विभिन्न कोण
प्रतिकोणहरूबाट अध्ययन अनुसन्धान हुादै आइरहेको छ। उनको आदिकवि उपाधि र
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
आदिप्रतिनिधि कविका बारेमा पनि अद्यापि चार्चा परिचर्चा छ। कयौंले विद्यावारिधि
गरिसकेका छन् भने कतिले गर्दै छन्, अझै धेरै गरिनेपनि छन्। यो सानो आलेखमा
भानुभक्त आचार्य सम्बन्धी बृहत् विषयवस्तु समेट्न सम्भव छैन। त्यसैले केही बुादामा
मात्र सीमित भएर गागरमा सागर समेट्ने प्रयास गरिएको छ।
धार्मिक, आध्यात्मिक एवम् दार्शनिक चेत
भानुभक्त मूलत: अध्यात्मवादी रामभक्ति धाराका केन्द्रीय कवि हुन्। मर्यादापुरूषोत्तम
राम र जनकनन्दिनी सीतामाईको महिमा सरल सुबोध्य र सम्प्रेष्य नेपाली भाषामा
रामायणको भावानुवाद गरेर समस्त लोकको कल्याणका निम्ति सच्चरित्रवान् बन्न
र आध्यात्मिक चेतना जगाउन अभिप्रेरित गरेका छन्। आपसी सद्भाव र मित्रताद्वारा
मुलुकमा रामराज्यको स्थापनाको साथै पापधर्म, न्यायान्याय, कर्तव्याकर्तव्य छुट्टयाउन
सक्ने विवेकको विकास गराउनु उनको काव्यिक ध्येय रहेको पाइन्छ। उनले बालाजी
वर्णनमा अध्यात्मभूमि नेपालको महिमा यसरी गाएका छन् :
पशुका पति छन् रखबारि गरी,
शिवकी पुरि कान्तिपुरी नगरी।

यत्ती छन् सब देवता भनि यहाा गन्नै नसक्नू भई
याहीा छन् सब तीर्थ पाप् हरि दिन्या जानू नपन्र्या कहीा।
ई नेपाल् सरि पूण्य भूमि त अहो देखीन मैले कतै
आर्या तीर्थ मरण् छ मुक्ति दिनमा तत्पर् खडा छन् सबै।।
प्रारब्धमा विश्वास राख्ने, जन्मजन्मातरसम्म पापपुण्यको प्रभाव रहने, दैवीचेतना
भएका यिनले नश्वर शरीरप्रतिको दृष्टिकोण प्रस्तुत गरेका छन् :
शरीर छ अति कच्चा अन्न जल्ले रह्याको
बिनति कति गरूा यो देहमा जो भयाको।
त्यस्तै अर्को उदाहरण
जस्द्वारा जसले जहाा जसरी जो गर्छन् त जुन् जुन् घरी
उस्द्वारा उसको वहाा उ फल भोग् छुट्दैन कस्तै गरी।
अनि,
क्याले भुल्छौ जगत्मा नरहरू बहुतै दु:खले पक्रिएका,
सब्का शिर्माथि लाठी दिनदिन यमका वज्र नै टक्रिएका।
देख्छौ, सुन्छौ, कहन्छौ अझ हरि नभजी वित्तमै चित्त लायौ,
ताप् होला खुब् मरण्मा हरि भज, नभजी व्यर्थ सब् दिन् बितायौ।।
राष्ट्रप्रेम
रजस्थल 
रामायणमा प्रयुक्त ‘अपि स्वर्णमयी लङ्का नमे लक्ष्मण रोचते’ को गुढार्थलाई
शिरोधार्य गर्दै राष्ट्रभक्त कवि भानुभक्तले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय एकताप्रति ओतप्रोत
हुादै काठमाडौंको वर्णनमा लेखेको कविता :
तरबार कटार खुाडा खुकुरी,
पिसतोल र बन्दुक सम्म भिरी।
अतिशूर र वीर भरी नगरी,
छ त कुन् सरि कान्तिपुरी नगरी।।
त्यसैगरी विश्वका विभिन्न विकसित देश र शहरहरूसित आफ्नो देशको तुलना
गरेर राष्ट्रभूमिलाई उच्च स्थानमा राखेका छन् :
कहिा भोट र लण्डन चीन सरी।
लखनौ पटना मदरास सरी।
अलकापुरी कान्तिपुरी नगरी।
भाषाप्रेम
भानुभक्त रामभक्त, राष्ट्रभक्त र भाषाभक्त हुन्। यिनी संस्कृतका अध्येता भएर
पनि सबै नेपालीले बुझ्ने बोलीचालीको सरल नेपाली भाषामा साहित्य लेखिनु पर्छ भन्ने
मान्यता राख्थे। त्यतिवेला हेलााको दृष्टिले हेरिने नेपाली भाषामा आफूले साहित्य सिर्जना
गरेर अरूलाई पनि प्रेरित गरे। तिमी इज्ज्यतदार हौ र आफ्नो मातृभाषाको इज्ज्यत
(नाक) राख्न सक्ने बुद्धिमान् र क्षमता राख्न सक्छौ भने सरल सबैले बुझ्ने शुद्ध नेपाली
भाषामा कविता लेख भन्दै गत न पतको न संस्कृत न नेपाली ठिमाहा भाषामा कविता
नलेख्ने सुझाव दिएका छन् :
भाषा श्लोक् भनु ता अवश्य अरू ता बुझ्दैन कोई पनी
संस्कृत् हुन् भनु ता इ शास्त्रिहरुता धेर् छन् अशुद्धा भनी।
भन्छन् आज ठिमाहका गणितमा तिम्म्रा शिलोक् ई गया,
भाषा श्लोक बनाइ राख तिमि नाक् बुद्धी र बर्गत् भया।।
प्रकृतिप्रेम
प्रतिभावान् भानुभक्त आचार्य प्रकृति प्रेमी हुन्। रामायणमा ठाउाठाउामा उनले
नेपाली प्रकृतिलाई आत्मसात् गरेर वर्णन गरेका छन् भने काठमाडौं जाादा बालाजुको
प्राकृतिक वातावरणबाट प्रभावित भएर तत्काल सिर्जना गरेको कविता यस्तो छ :
यति दिन पछि मैले आज बालाजि देख्याा,
पृथिवि तलभरीमा स्वर्ग हो जानि लेख्याा।
वरिपरि लहरामा झूलि बस्न्या चरा छन्,
मधुर वचन बोली मन् लिादा क्या सुरा छन्।।
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
यसैगरी उनको अर्को तनहुाको प्रिय छिमेकी गाउा मानुङ्को प्राकृतिक सुन्दरताको
वर्णन गरेका छन् :
मानुङ्को सरि गाउा उत्तम ठूलो लागेन कााही पनी,
बस्नालाई रमाइलो अति चिसो आउाछ हावा पनी।
घर्मा नै बसि फेर् हिमालयजिको वाराहिजीको पनी,
शुक्ला दक्षिण तर्फ उत्तर दिशा माहेन्द्रि दर्शन् पनी।।
शृङ्गारिकता
नेपाली साहित्यको माध्यमिक काललाई शृङ्गारिक साहित्यको उर्वर काल
मानिन्छ। यसका प्रवर्तक मोतीराम भट्ट हुन्। तथापि शृङ्गारिक धाराको प्रादुर्भाव
भानुभक्तकै पालादेखि भएको हो। जीवनीकार एवम् अन्वेषक मोतीराम भट्ट (१९२३–
१९५३) कै शब्दमा भानुभक्त हासिला, रसिला, ठट्यौला, मजाकी र विनोदप्रिय कवि थिए
भन्ने कुरा उनको कविताले पुष्टि गर्छन् :
चपला अबलाहरू एक् सुरमा, गनुकेसरिको फुल ली शिरमा।
हिाडन्या सखि लीकन वोरिपरी, अमरावति कान्तिपुरी नगरी।।

यााहाा बसेर कविता यदि गर्न पाऊा, यस्देखि सोख अरु थोक म के चिताऊा।
उस्माथि झन् असल सुन्दरि एक् नचाऊा, खौचेर इन्द्रकन स्वर्ग यहीा बनाऊा।।

बिन्ती एक म गर्दछू सुन प्रिये प्रीती निरन्तर् रहोस्,
तााहााको मन पिञ्जरा म मुनियाा यै चाल् सदाकाल् रहोस्।
तिम्रो त्यो मुखचन्द्र झल्कि मनमा तेस्ले उज्यालो गरी,
शीतल् गर्नु उचीत हो अधिक ताप् गर्दो छ सूर्यै सरी।।
हास्यव्यङ्ग्यकार
भानुभक्त एक सफल हास्य र व्यङ्ग्यकार कवि पनि हुन्। समाजमा व्याप्त
विकृति विसङ्गतिप्रति तीक्ष्ण व्यङ्ग्य हान्दै शिष्ट र शालीन तरिकाले चोटिलो प्रहार
गर्न निपूण देखिन्छन्। बोल्दा जिब्रो काटिने राणाकालीन समयमा पनि उनले आफूमाथि
भएको अन्याय, पिरमर्का र तत्कालीन शासन व्यवस्थाको ढिलासुस्तीप्रति तीखो व्यङ्ग्य
कसेका छन् :
बिन्ती डिठ्टा बिचारीसित म कति गरूा चुप् रहन्छन् नबोली,
बोल्छन् ता ख्याल् गर्‍या झौ अनि पछि दिनदिन् भन्दछन् भोलिभोली।
की ता सक्दीन भन्नू कि तब छिनिदिनू क्यान भन्छन् इ भोलि
भोली–भोली हुादैमा सब घर बितिगो बक्सियोस् आज झोली।।
रजस्थल 
यसैगरी ‘कस्तो छ बाजे झ्यालखानाको बसाइ’ भनेर सोधिएको प्रश्नमा कारागारको
हास्यास्पद व्यवस्थापन र दुर्दशाप्रति सङ्केत गर्दै कटु व्यङ्ग्य प्रहार गरेका छन् :
लाङ्खुट्या उपिया उडूस् इ सागि छन् यिन्कै लह्ड्मा बसी,
लाङ्खुट्याहरू गाउाछन् ति उपिञा नाच्छन् म हेर्छू बसी।
सुख्खा खडेरीको वेला दिउासोको खाजा खान हल्र्याङ्–हल्र्याङ् हााडीमा भुटेको
निख्लो मकै दिएको देखेर सुकेको मुख च्याप्प च्याप्प पार्दै भनेछन् :
असल मुङ्ग्रे केरा कि त महि हवस् बेस अमिलो,
कि ता सेता मूला कि त बरु हवस् साग उसको।
असल् हुन्थ्यो धूप्मा नतर यसरी खानु कसरी,
भुटी ल्यायौ थाल्मा मकइ तिमिले क्याान यसरी।।
न्यायिक चेतना
भानुभक्त आचार्य न्यायप्रेमी थिए। यिनी आफू कसैलाई अन्याय गर्दैनथे र अरू
कसैको अन्याय पनि नसहने स्वभावका थिए। चुादीखोलाको बाढीले बगाएको स्याउले
बााध ढकाल, अर्याल, आचार्य र भाटहरू समेत सबै खेतवाला मिलेर बााघ बााधे, खोलो
तर्काए। पछि तिनै मध्येका गिरिधारी भाटले आफ्नो कुलामुनिको खेतलाई टप्पु/सुख्खा
बनाइदियो भनेर भानुभक्तका विरूद्ध मुद्दा हालेपछि उसित कतिसम्म रिसाएछन् भने
आफ्नो घरगोठ, कटेरो छाउादा/बनाउादा बाास वा कुनै प्रकारको भाटा समेत प्रयोग
नगरी निगालाका सिठामात्र प्रयोग गरे अरे भन्ने रोचक किम्बदन्ती पनि सुनिन्छ।
भाटका विरूद्ध प्रतिवादी लगाउादै भनेका छन् :
ख्वामित् यस गिरिधारीले अति पिर्‍यो बेर्थै गर्‍यो झेल्पनि

उस् मौका गिरिधारी एही पनि भाट् सल्लाहमा नै थियो।

लुच्चा छन् यस भाटका सब कुरा आफै कुला मूनिकै
खेतैलाई त टापु भन्दछ भन्या यस् भाटको क्या सही।
सांस्कारिक चेतना
भानुभक्त आचार्यले आफ्नो परिचय कुलीन ब्राम्हण परिवारमा भएको र आर्यवंशी
धुरन्धर पण्डित श्रीकृष्ण आचार्यको नाति हुम् भनेर दिएका छन् :
पाहाड्को अति बेस देश् तनहुामा श्रीकृष्ण ब्राÞमण थिया,
खुब् उच्चा कुल आर्यवंशि हुन गै सत्कर्ममा मन् दिया।
विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया,
तिन्को नाति म भानुभक्त भनि हुाम् यो जानि चिह्नी लिया।।
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
वैदिक सनातनधर्म संस्कारमा हुर्केबढेका भानुभक्त आचार्य अनाहकमा आफू थुनामा
पर्नाले आठ वर्ष पुगेका एकमात्र छोरा रमानाथको व्रतवन्ध गर्न नपाएकोमा दु:खी हुादै
मुख्तियारका भाइ कृष्णबहादुरलाई लेखेको पद्यांश :
चालीस् वर्ष भयाा म, पुत्र पनि एक् मात्रै छ आठ् वर्षको,
आयो काल् व्रतवन्धको गरुा कसो बेला त हो हर्षको।
क्यारूा नाथ म ता पर्‍याा फजितिमा एक्लो ञाहाा छू फगत्,
कुन् पाठ्ले व्रतबन्ध पार् गरुा भनी देख्छू आध्यारो जगत्।।

गायत्री दिनु बाबुको छ अधिकार् भीक्षा दिनू माइको
ज्योतिष/ग्रह चेतना
भानुभक्तमा व्याकरण, साहित्य दर्शनको ज्ञान भएजस्तै ज्योतिष सम्बन्धी चेतना
पनि पर्याप्त थियो। बाह्र वर्षकै उमेरमा चिना, टिपोट बनाउन सक्ने, लगन घोर्‍याउने,
दशाग्रह हेर्ने र ग्रहस्थितिको ज्ञाता पनि यिनी थिए भन्ने कुरा उनको आफ्नै जन्माङ्क
ग्रहचक्रको उतारबाट पुष्टि हुन्छ :
मिथुन्मा सूर्यैै छन् गुरु निलय मिन्का विधु पनि,
महीसुत् बुध् राहू शशिसदनका इ तिन पनी।
कोशीय क्षमता
भानुभक्तमा पर्याप्त शब्दको भण्डार थियो। व्युत्तपन्नमतिका उनमा झर्रा नेपाली
शब्दहरूको कोशीय ज्ञान थियो। यसैकारण सि·ो रामायण लगायत खण्डकाव्यहरू र
फुटकर कविता रचना गर्न उनलाई शब्दको खााचो भएन। तत्काल आवश्यकता अनुरूप
उचित शब्द छानेर प्रयोग गर्न सक्ने क्षमता राख्दथे :
केश् कन्चेट् कुहुनू कपाल् र कलेजो काखी करङ् कन्सिरी,
कान्यागूजि र कुर्कुचा कटि र कान् कम्मर् र कापा पनी।
भैषज्य/आयुर्वेदीय ज्ञान
दर्शन, ज्योतिषशास्त्रमा जस्तै भानुभक्तमा आयुर्विज्ञान सम्बन्धी ज्ञान पनि प्रशस्तै
थियो। स्वदेशमा पाइने विभिन्न जडीबुटीहरूबाट औषधि बनाएर उपचार गर्न सक्ने
खुबी उनमा थियो :
पााच् तोला घिउ गाइको र खसिको बोसो समानै लिनू,
चिउरीको घिउ सोहि भाग करुवा तेल् भाग सोही दिनू।
औपदेशिकता
समग्र नेपाली समाजका गुरू, आदिकवि भानुभक्त आचार्य हाम्रो भाषा, साहित्य,
संस्कृति, आचार, विचार, संस्कारको परिमार्जन, संरक्षण, सम्बद्र्धनका प्रबल पक्षधर थिए।
रजस्थल 
यसबारे उनले विभिन्न समय र सन्दर्भमा समुचित सल्लाह र सदुपदेश दिएका छन्।
लेखपढ नगर्ने, चुरोट बिाडी तमाखु खाने, पासा जुवा खेल्ने र पैतृक सम्पत्तिमा धाक
लगाउनेलाई सुध्रन र त्यसो नगर्न उपदेश दिएका छन् :
पढ्नु गुन्नु, खेल्न माया नगर्नु‘.।
यसैगरी जाागर लगाएर राम्रोसाग लेखपढ् गर्न, आफ्नो खेतबारी, व्यवसाय टाठो
भएर गर्न, स्त्री जातिलाई दिउासो नसुत्न र घर आागन बडार कुाडार गरी सफासुग्घर
भएर बस्न तथा घरघरै कुरा काटेर नहिाड्न उपदेश दिएका छन् :
कतै खरानी छरि भुस कतै ता‘.।

गन्र्या कुरा धेर् घर घर् डुलेर,

यो चाहिा हो खास कुकुर्नी नारी‘।
धर्मदत्तले वृद्धावस्थामा दाङबाट विवाह गरेर दुलही भित्र्याएपछि बल्ल चेताएछन्।
दुलही उमेरदार छिन्, म बूढो भैसको, अब कति वर्ष सुखभोग गर्न सकिएला ? म
मरेपछि यिनको के हाल होला ? भन्ने चिन्ताग्रस्त भई सबै व्यहोरा खुलस्त पारेर आफू
भानुभक्तलाई लेखेको चिठी पढेर निकै बेर घोरिएपछि उल्लु भन्दै यस्तो जवाफ लेखेछन् :
पौले दाङ् गई एक् विवाह गरियो भन्या पनी लेखियो,
फेर् तेसै चिठिमा म मर्छु कहि भन्या पनी देखियो।
आयूको त विचार् विवाह नगरी पैल्Þये उचित् हो लिन्या,
उल्लू Þवौ तिमि उल्लुलाइ अहिले कुन् उत्तरा हो दिन्या।।
जुवा खेल्नु खराब हो, यसले समय, इज्जत र धनको पनि नाश गर्छ भन्दै आफू
जुवा खेलेर हारेकोमा पछुतो मानेका जुवाका पारखी भानुभक्तले पाशा, तास, कौडाजस्ता
कुनैपनि किसिमको जुवा नखेल्न सल्लाह दिएका छन् :
न पोथी पात्रा छन् न कलम मस्यानी छ सागमा,
सधैं हुक्का नारी थरकि फिंजि खेल्छौ चयनमा।

तिन् सात् एग्घार पन्ध्रै कउडि खडि भया दाउ त्यो हुन्छ तीया,
चार् आठ् बाह्रै र सोह्रै चित घबट जउन् होस त्यो हुन्छ चौका।

खेल्दामा साठी हार्‍याा दिन पनि सकियो आज भैय्यो हरूवा।
आशु कवित्व
भानुभक्त आशु कवि थिए। आफूले देखेका र अनुभूत गरेका विषयवस्तुलाई तुरून्तै
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
कवितामा उतार्न सक्थे। चपला अवलाहरू..., बालाजी वर्णन..., गजाधर सोतीको घरमा
बासबस्न नपाएको झोकमा लेखेको–गजाधर सोतीकी‘, झ्यालखानामा बस्दा–लामखुट्टे
उपियाा उडुस..., मित्र तारापतिको घरका सासू बुहारीको व्यवहारलाई लक्ष्य गरी
लेखिएको बधूशिक्षा सबै उनका आशु कवित्व प्रतिभाका ज्वलन्त उदाहरणहरू हुन्।
उपसंहार
सङ्क्षेपमा भन्दा विलक्षण प्रतिभाशाली भानुभक्त आचार्य हाम्रा चिरस्मरणीय राष्ट्रिय
विभूति हुन्। उनमा प्रचुरमात्रामा राष्ट्रप्रेम, प्रकृतिप्रेम, आध्यात्मिकता, शृङ्गारिकता,
सांस्कृतिक चेतना र सिर्जनात्मक क्षमता आदि विशेषताहरू विद्यमान थिए। उनलाई
आधुनिक आाखाले हेरेर रूढीग्रस्त परम्परावादी पण्डित भनी आलोचना गर्नुभन्दा २००
वर्ष अघिको मध्यकालीन नेपाली समाजका सचेत पथप्रदर्शक एवम् औपदेशिक जिम्मेवार
गुरू थिए भन्नु न्यायोचित हुन्छ। भानुभक्त आचार्यको व्यक्तित्व र कृतित्व बारेमा
अहिलेको विचारणीय प्रमुख पक्ष चाहिा के हो भने मोतीराम भट्टले भनेझौ मुख्त्यारका
भाइलाई रिझाएर जागिर खाएका थिएनन् भन्ने कुरा उनको कविताले नै पुष्टि गर्छ :
जागिर् छैन धनी म छैन घरको, केबल कुदालो खनी
खान्थ्याा दु:ख गरेर चाकरि गर्‍याा मान् पाउाला की भनी।
पिता धनन्जय पाल्पा माल अड्डाको हाकिम हुादा बुझाउन बााकी हरहिसाबको
खोजीनितिमा यिनलाई कुमारीचोक अड्डा मार्फत् झिकाएर थुनामा राखिएको हो।
चारकाण्ड रामायण यसै अवधिका उपज हुन्। पााच महिनाको छानबिन पछि बेकसुर
ठहरिइ जेल मुक्त भएका हुन्। अहिले भानुभक्त आचार्यको २०० औं जन्मजयन्ती
वर्षैभरि स्वदेश र विदेशमा पनि भव्यरूपमा मनाइादै छ। आदिकवि गण्डकी अञ्चल वा
नेपालका मात्र नभएर भानुको प्रकाश फैलिएसरि नेपाली भाषी जहााजहाा पुगेका छन्
त्यहाात्यहाा उनी पुगेका छन्। नेपालको राजनीतिक सीमाभित्रका विभिन्न जातजातिलाई
मात्र भाषिक र सांस्कृतिकरूपमा एकताबद्ध गरेका छैनन्, भौगोलिक सीमा नाघेर पूर्वमा
दार्जिलिङ, सिक्किम, भुटान, आसाम, बर्मादेखि चीन, कोरिया, जापानसम्म र पश्चिममा
भाग्सु, काागडा अझ पर भनौं एसिया, यूरोप, अमेरिका, क्यानडा तथा अष्ट्रेलिया र
अफ्रिकासम्म विश्वभरि छरिएर नेपालीहरू रहेका/भएका ठाउामा भानु पुगेका छन्।
उनले नेपाली भाषा साहित्यको जगमा हालेको मलजल र योगदानको चर्चा परिचर्चा
भइरहेको छ। आदिकवि भानुप्रति समर्पित साहित्यिक गोष्ठी, सेमिनार, प्रवचन, खोज
अनुसन्धान, पुस्तक पत्रपत्रिका प्रकाशन, सालिक निर्माण, पुस्तकालय स्थापना आदि
विविध कार्यक्रमहरू सम्पादन भइरहेको पावन अवसरमा कुनै न कुनै रूपले सम्लग्न
हुनु भनेको भानुभक्तप्रति श्रद्धाञ्जली अर्पण गर्नुमात्र नभई नेपाली भाषा, साहित्यप्रतिको
सम्मान हो र आफै सम्मानित पनि हुनु हो। अस्तु
(९८४५०४५९२८, भरतपुर–१०, चितवन,
knkhanal67@gmail.com
 
" "
/
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
|
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
/
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
\
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
|
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*