परिचय:
वि.सं. १८७१ साल असार २९ गते पिता धनञ्जय आचार्य तथा माता धर्मदेवीको
कोखबाट भानुभक्त आचार्यको जन्म भएको हो । उनी गण्डकी अञ्चल, तनहुा जिल्लाको
रमणीय भूमि चुादी रम्घा भन्ने ठाउा, शिक्षित एवम् सचेत परिवारमा भानुका भक्त भएर
जन्मेका थिए । जसरी अन्धकारलाई पन्छाउादै भानुले आफ्ना किरणमार्फत उज्यालो
छरिदिन्छन् त्यसरी नै भानुभक्तले आफ्ना रचनाहरूद्वारा साहित्यका किरण छर्दै नेपाली
भाषा र साहित्यको ज्योति बालिदिने काम गरे ।
पााच वर्षको उमेरदेखि नै आफ्नै घरमा बाजे श्रीकृष्ण आचार्यको प्रेरणाले संस्कृत
भाषाको अध्ययन गर्ने अवसर पाएका भानुभक्तले एउटा श्रमिक घाासीबाट उत्प्रेरित भएर
काव्य रचना गर्न थाले । घाासीकै प्रेरणाले अध्यात्म रामायणलाई नेपालीमा भावानुवाद
गरे । त्यसपछि उनले भक्तमाला, प्रश्नोत्तर, बधूशिक्षा र अन्य फुटकर कविताहरू
रचना गरे । यिनले रचना गरेका काव्य कृतिहरू सम्पूर्ण पाठक तथा श्रोताहरूका लागि
अत्यन्त लोकप्रिय बन्न पुगे ।
नेपाली भाषामा पनि कविता रचना गर्न सकिन्छ भन्ने उदाहरण धार्मिक एवम्
आध्यात्मिक चेतनाको उजागर, नैतिक चेतनाका धरोहर, आशुकवित्व, नेपाली भाषा
साहित्य र एकताका उन्नायक, प्राथमिक कालका सशक्त अनि केन्द्रीय प्रतिभा बन्न
पाउनु आदि कवि भानुभक्त आचार्यका विशेषता हुन् । आचार्य नेपालका राष्ट्रिय
विभूति हुन् । नेपाली साहित्यका आदिकवि हुन् अनि सम्पूर्ण नेपाली भाषा साहित्य
अनुरागीहरूका आधार स्तम्भ हुन् ।
सरलता, काव्यात्मकता, मौलिकता, भाषा, शैलीगत मधुरता, व्यङ्ग्यात्मकता,
सामाजिकता, प्रकृतिप्रेम, देशप्रेम आदि भानुभक्त आचार्यका कृतिगत विशेषता हुन् ।
प्रश्नोत्तर कवितालाई सम्झदा:
प्रश्नोत्तर कविता आध्यात्मिक नैतिक चेतनामा आधारित छ । यस कविताको
मूल सन्देश नीतिचेतना प्रवाह गर्नु हो । शङ्कराचार्यको संस्कृतको प्रश्नोत्तरबाट
भानुभक्तले नेपाली भाषामा अनुवाद गरी लेखेका हुनाले यसको नामकरण प्रश्नोत्तर
राखिएको हो । यस कविताले मानव जीवनलाई सफल र सार्थक बनाउन व्यवहारिक,
नैतिक तथा अध्यात्मिक पक्षलाई जोड दिादै आदर्शको बाटो आगाल्नु पर्ने सन्देश दिएको
छ । नैतिक मूल्य, मान्यता र आदर्श हराउादै गएको वर्तमान अवस्थामा आजका
युवावर्ग, सामाजिक कार्यकर्ता, राजनीतिज्ञ, उद्यमी, शिक्षक, विद्यार्थी र कर्मचारीलगायत
रजस्थल
सम्पूर्ण तह र तप्कामा रहेका जनमानसलाई राम्रोसाग निर्देश गरेको छ । उपजाति र
वसन्ततिलका छन्दमा रचिएको यस कविताले जीवन र जगतका विभिन्न पक्षमाथि प्रश्न
उठाएर त्यसको उचित उत्तर दिने प्रयास गरेको छ । हाल कक्षा १० मा अध्ययनरत
विद्यार्थीहरूलाई अनिवार्य नेपाली विषयको पाठ्यपुस्तकमा सात श्लोक समावेश गरी
यसैका माध्यमबाट अन्य श्लोकको खोजी गर्दै सत्यको पक्षमा लाग्न सकून् भन्ने आशा
एवम् भरोसा यस कवितामा गरिएको छ ।
शत्रु र मित्र को हुन् ?
मानिसका दस इन्द्रियलाई जसले छाडा छाडी दिन्छ ती सबै शत्रु र जसले आफ्नो
वसमा राख्न सक्छ ती सबै प्रिय मित्र हुन् भन्ने सन्देश दिादै हामी मावन जातिले सोचेर,
सम्झेर, विचार पुर्याएर बोल्नुपर्ने, काम गर्नुपर्ने र सोही अनुसार व्यवहार गर्नुपर्ने
उपदेश दिएको छ । यी सन्देश अत्यन्त जीवनोपयोगी छैनन् त ?
दु:खी र सुखी को हुन त ?
जसले इन्द्रियहरूलाई वशमा राख्न नसकी भौतिक संसारमा देखेजति सबै आफ्ना
बनाउने, पुग्नै नसक्ने तृष्णा लिन्छ त्यो दु:खी र इन्द्रियहरूलाई वशमा राखी आफूलाई
सन्तुष्ट राख्न सक्छ त्यही सुखी बन्न सक्दछ भन्ने उपदेश दिादै मनमा लोभ, मोह पाल्नु
हुादैन भन्ने तर्क पनि त्यति नै उपयोगी ठहरिएको छ । उदाहरणको लागि ऋषिमुनिहरू
तपस्यारत छन्, सुखी छन्, हामी भोग विलासीहरू भौतिक सुखसुविधा खोज्नेहरू दु:खी
बन्न पुगेका छौं ।
सच्चा गुरू को हुन ? यसैगरि उद्यम के हो ? धन्य को हुन्छ ? गर्नै नहुने काम
के हो ? मानिसको गहना के हो ? सर्वत्र सम्मान कसले पाउाछ ? आमा सरह सुख
दिने वस्तु के हो ? जति दियो उति बढ्ने कुरा के हो ? धर्म के हो ? बन्धु को हुन
? यी आदि प्रश्नउत्तरहरूको माला प्रश्नोत्तर माला हो । जन्मेपछि मानिस निष्क्रिय
भएर बस्नु हुादैन । समयलाई खेर फाल्नु हुादैन । जसले समयको महत्व बुझ्दैन आफू
गतिशील हुादैन अल्छी गरेर समय बिताउाछ, केही उद्यम गर्दैन त्यो ज्याूदो लास हो भन्दै
आजका युवा वर्गलाई सक्रिय तथा क्रियाशील बनी कुनै न कुनै उद्यम गर्नैपर्ने शिक्षा
यस कविताले दिएको छ ।
उदाहरण:
ज्यूादै मर्याको भनि नाम छ कस्को ?
उद्यम्विना बित्दछ काल जस्को
कुन् हो सबैले गुरू भन्नु पन्र्या ?
जो हो हितैको उपदेश गन्र्या ।
जसले सम्पूर्ण जगतको हित हुने उपदेश दिन्छन् ती सच्चा गुरू हुन् । गुरू ज्ञानका
स्रोत हुन् । उपदेशको खानी हुन् र मानवहितका मार्गनिर्देशक हुन् । गुरूको एउटा
वाणीले जगतकै कल्याण हुन्छ । उद्यमशील व्यक्तिले आफू, परिवार, समाज र राष्ट्रलाई
नै अग्रगति दिन्छ । उद्यमी र उद्यम व्यवसायले देशको कच्चा पदार्थको सदुपयोग,
रजस्थल (भानु विशेषाङ्क–२०७०)
बेरोजगारी समस्या समाधान र आयस्रोत वृद्धि गरी राष्ट्रिय अर्थतन्त्रलाई टेवा दिने कार्य
गर्दछ । सधंै सच्चा, इमान्दार, कर्तव्यनिष्ठ, मेहनती, परिश्रमी, लोककल्याणकारी काममा
लाग्नुपर्दछ । विद्याआर्जन गर्नु पर्दछ भन्ने अर्ति उपदेश दिने व्यक्ति सच्चा गुरू हुन् भन्ने
नैतिक चेतनाको प्रवाह यस कविताले गरेको छ ।
परोपकार धन्य हो । पापकर्म गर्नै नहुने काम हो । मानिसको गहना भनेकै
विद्या हो । ज्ञान प्राप्ति हो । शास्त्रीय गुणले युक्त व्यक्तिले सघै सम्मान पाउाछ ।
आमा सरह सुख दिने वस्तु पनि विद्या हो । जति दियो उति बढ्ने कुरा पनि विद्या नै
हो । आजका भौतिकवादी मानिसहरू मूल्यवान गहना पहिरिएर लोकलाई नै आकर्षण
गरिरहेका छन्। ती गहना क्षणिक हुन्, नाशवान् हुन् । लोक हितमा लाग्नु धर्म हो ।
लोभी, पापी तथा स्वार्थी मानिसहरू परहित मन पराउादैनन् । स्वार्थकै कारण परहित
गर्न छाडेर मानवीय सेवाबाट टाढिन पुगेका छन् । संसारले मन पराउने गहना भनेकै
मानिसको शील, स्वभाव तथा विद्या हो । विद्वान मानिसलाई सभा, सम्मेलनमा बस्न
सुहाउाछ । विद्या कुवेरको भण्डार जस्तै हो । मौकामा सहयोग पुर्याउने जो कोही बन्धु
हुन् त्यसैले सङ्कटमा बन्धुलाई चिन्नु पर्दछ र सम्झनु पर्दछ । मानिसले लोकनिन्दाबाट
बच्ने कार्य गर्नुपर्दछ ।
निष्कर्षमा भन्नुपर्दा यस कवितालाई सम्झदा आदिकवि भानुभक्त आचार्यले सम्पूर्ण
मानव जातिलाई उद्यमी, परोपकारी, सद्गुणी, सदाचारी बनी मानवबस्तीमा लाग्नुपर्ने
सन्देश दिएका छन् । मानिस सधैं आत्मसंयमी र सन्तोषी बन्दै ज्ञान, बुद्धि, विवेक र
कर्मले लोक कल्याणकारी कार्यमा जुट्न र जुटाउन सक्नु पर्दछ । मानवसेवा नै ईश्वर
प्राप्तिको बाटो हो । लोकनिन्दाबाट बच्ने काम गर्न सके मात्र जीवनलाई सफल र
सार्थक बनाउन सकिन्छ भन्ने उपदेशहरू हिजो जति महत्व बोकेका थिए आज पनि
त्यति नै महत्वपूर्ण छन् र भोलि पनि त्यति नै महत्वका रहने छन् । नीतिका कुरा
कहिल्यै पुराना हुादैनन् । ती शाश्वत सत्य हुन्छन् ।
(भनपा चितवन)