आदिकवि भानुभक्त आचार्य जसले राष्ट्रपिता पृथ्वीनारायण शाहले नेपाल भूमि
एकीकरण गरे झैं नेपाली भाषालाई राष्ट्रिय भाषा बनाउने काम गरे, यस्ता महान प्रतिभा
जन्माउने तनहुाको माटोलाई सलामी दिने लक्ष्य राखेर कैयौं वर्षदेखि सुदुरपूर्वको झापाली
तेराख प्रतीक्षारत थियो। स्याङ्जाबाट निस्कने साहित्यिक त्रैमासिक पत्रिका रजस्थलका
प्रधान सम्पादक विश्वप्रेम अधिकारीले भानु विशेषाङ्क निकाल्दै छौं। पूर्वबाट पनि
एउटा लेख चाहियो भनी फोन गर्नु भएको थियो। भानुकाबारे लेख्दा भानु जन्मिएको
ठाउा नपुगी के लेख्नु भनी बसेको थिएा। यो मेरो मनको इच्छा साहित्य सङ्गमले पूरा
गरिदियो। म जे चाहन्थो त्यही भयो। शुक्ला साहित्य सङ्गमले समय समयमा निकाल्ने
विशेषाङ्कमा म लेख पठाईरहन्थो। रचनाको माध्यमले म त्यहाा पुग्दै गएा। तनहुाले
मलाई लोभ्याउादै गयो र शुक्ला साहित्य सङ्गमले मलाई खोज्दै गयो। यो वर्ष कविता
विशेषाङ्क विमोचन कार्यक्रममा मलाई पूर्वी नेपालबाट सम्मान गर्ने निर्णय गरी निम्तो
पठायो। मेरो मनमा भानुको तनहुा भरिएको थियो। निम्तोलाई प्रशन्न चित्तले स्वीकार
गरो। अब आदिकवि भानुकाबारे लेख्ने विश्वास जागेर आयो। शुक्ला साहित्य सङ्गमको
कविता विशेषाङ्कको विमोचन र सम्मान कार्यक्रम २०७० फागुन २४ गते थियो। यो
समारोहमा भाग लिनुपूर्व नै आदिकविको जन्मस्थल पुग्ने सोच बनाई फागुन २२ गते
बिहान ४ बजेको बस चढी धुलाबारी झापाबाट पश्चिमतर्फ लागो। सर्वप्रथम मलाई
दुलेगौंडा बजार पुगेर बस्नुपर्ने थियो। पोखराछेउ दुलेगौंडा एक प्रकारले लामो बस
यात्रामा पर्छ। गाडी व्यवस्थापनको कमजोरीले ढिलो हुादै गयो। बेलुका ८:३० बजेमात्र
दुलेगौंडा बजार ओर्लिएा। नचिनेको ठाउा र नचिनेका मान्छे बीचको राति पुग्नुभित्र
असमन्जसहरू त हुने नै भए। शुक्ला साहित्य सङ्गमका अध्यक्ष आनन्द सुन्दर श्रेष्ठसाग
सम्पर्क त भयो तर उहाा काम विशेषले पोखरा पुग्नुभएको रहेछ। काम पनि नसकिएको
पानी पनि परेकाले उतै बस्ने गरी दुले गौंडामा रहेका संस्थाका संरक्षक शेषमणि आचार्य
र सचिव नारायण श्रेष्ठलाई फोन गरी म भएको ठाउामा पठाउनु भयो। दुवै व्यक्तित्व
अपरिचित, परिचय भयो। उहााहरूले मलाई बस्नको लागि रिमाल गेष्ट हाउस (होटल)
पुर्याउनु भयो। केही समय पछि केही वर्ष अघि १–२ पटक चस्स भेट भएका शुक्ला
साहित्य सङ्गमका उपाध्यक्ष प्रा. जनार्दन दाहाल आइपुग्नु भयो। रमाईलोसाग तनहुामा
रजस्थल
गफगाफ भयो। उहााहरूले हाास्दै भन्नु भयो:–यो तपाईं सुत्ने यही खाट हो जुन खाटमा
कुलपति बैरागी कााइला, उपराष्ट्रपति परमानन्द झा, महाकवि मोदनाथ प्रश्रित यस अघि
सुतिसक्नु भएको छ। झापाली तेराख पनि यसैमा बिराजमान हुनुहोस्। संयोग नै होला
म ऐतिहासिक खाटमा खानापछि सुत्न पुगो। साह्रै थाकिएकोले म भुसुक्क निदाएछु।
कहिल्यै नपुगेको ठाउा–तनहुाको दुलेगौंडा–बिहान उठेर हेरो–पोखरातिर जाने र
पोखराबाट आउने गाडी चल्न थालेका थिए। बिहान साधै कुहिरो लाग्छ हिजो आज भन्ने
कुरा झापाबाट फोन सम्पर्क गर्दा सुनेको ठाउा तर चारैपट्टि छ्याङ्ग उघ्रिएकाले आज
मेरो आदिकविको जन्मस्थल हेर्ने धोको रमाईलोसाग पूरा हुने भयो भनेर रमाएा। मुख,
हात, खुट्टा धोएर बिहानको चिया खाएा। केही छिन्पछि नारायण श्रेष्ठ आईपुग्नुभयो।
हिजो नै सङ्केत गर्नुभएको थियो। त्यहााको ढोरबाराही एफ. एम. १०३.८ साहित्यिक
विचार व्यक्त गर्न; त्यतातर्फ नारायणजीले लिएर जानुभयो। बिहान ७:३० मा कार्यक्रम
सुरू गर्नु भयो रामशरण नेपालीले। आधा घण्टाको कार्यक्रममा मैले आदिकवि भानु र
उहााको जन्मस्थल तनहुालाई ढोग गरेर अन्तर्वार्ता दिएा। त्यसपछि नारायणजीले ढोरबाराही
एफ एमको टावर अड्याउने अग्लो भवनको छतमा लिएर जानुभयो। नारायणजीले भन्नु
भयो:– यहााले पूर्वबाट प्रकाश लिएर आउनु भएछ। आज झलमल्ल घाम लाग्यो।
हिमाल टल्किएको छ दृश्य हेरौं। छतबाट आाखै अगाडि जस्तो धौलागिरि, अन्नपूर्ण,
माछापुच्छ्रे हिमालहरूको सुन्दर अवर्णनीय दृश्य देखियो। हिमाल हेर्न नपाइने झापाको
बसाइ भएको मलाई यो दृश्यले अत्यन्तै आकर्षित गर्यो। तर म केही हतारिएा। आज
२०७० फागुन २३ गते शुक्रबार आदिकविको जन्मस्थल राम्ररी हेर्ने दिन। नारायणजी
र म रिमाल गेष्टहाउस आयौं। शेषमणिजी पनि आइपुग्नु भयो। शेषमणिजीलाई रम्घा
कसरी पुग्ने भनी कुरा राखो। उहााले गेष्टहाउसमा खाना चााडै बनाउन लगाउनुभयो
अनि मलाई आÇनो घर लिएर जानुभयो। राति आइपुगेको दुलेगौंडा बजार नगरोन्मुख
गा.वि.स रहेछ। राम्रो बजार। शेषमणिजीकोमा चिया पिईयो। उहााले फोन गरेर
काशिराम ढकाललाई यात्रा सहयोगीको व्यवस्था गरिदिनुभयो। खाना खाइसक्दा ९:३०
मा सहयोगी ढकालजी आइपुग्नुभयो। दुलेगौंडाबाट रम्घा पुग्न निकै टाढा रहेछ करिब
७०–८० किलोमिटर। दुलेगौंडाबाट गाडीमा हाम्रो साहित्यिक तीर्थस्थल रम्घातर्फको
यात्रा सुरू भयो। गाडी हुाइकियो–खैरेनीटार, जामुने भञ्ज्याङ, सदरमुकाम दमौली हुादै
घाासीकुवा, छरकन भण्डार, नाला भञ्ज्याङ, डुब्रे भन्सार भन्ने ठाउामा पुगियो। त्यहााबाट
बाटो फाट्दो रहेछ–एउटा लमजुङको सदरमुकाम बेंसीशहर जाने, यसलाई छोडी देब्रेतर्फ
लागि सेवा बगैंचा पुग्यौं। भन्सार मूल सडक–पृथ्वी राजमार्गबाट सानोबाटोबाट सेवा
बगैंचा पुगिन्छ। सेवा बगैंचा पुग्ने बाटामा धेरै जसो पीपल र कहिा कहिा वरपीपलका
पुराना रूखहरू बाक्लै रहेछन्। सेवा बगैंचासम्म मात्र गाडी पुग्दो रहेछ त्यो पनि
रजस्थल (भानु विशेषाङ्क–२०७०)
ट्याक्सी मात्र। त्यहाा ओर्लिएर एक वृद्ध सज्जनलाई सोधो–भन्सारबाट यहाासम्म यति
धेरै वरपीपलका रूख कसले लगाएको हो ? ती महोदयले भने–आदिकवि भानुभक्तका
बाजे श्रीकृष्ण र पछि भानुभक्तले लगाएका हुन भन्छन् मानिस। कतै कतै पीपल वृक्षका
ठूला हाागा काटिएका पनि देखिन्थे। सेवा बगैंचाबाट मानिस र घोडा गाई–गोरू मात्र
हिड्न सक्ने चुादी खोलामा बनाइएको लामो पुलबाट पारी पुग्दा रम्घा बेंसीको पवित्र
धरती टेक्न पुगियो। दुलेगौंडाबाट यहाासम्म आईपुग्दा झण्डै ८० किलोमिटरको यात्रा
भइसकेको थियो। अब पैदल यात्रा सुरू हुने भयो। सेवा बगैंचाबाट १५–२० मिनेट
हिड्दा चुादी खोला पार गरी भानुभूमिमा सजिलै पुग्न सकिादो रहेछ। त्यहाा पुगेर रम्घा
बेंसीको माटोलाई श्रद्धाले शिरमा लगाईयो र भानुजन्मस्थल विकास समितिबाट निर्मित,
व्यवस्थित र सञ्चालित भानु स्मारक पुगियो। शेषमणिजीले मेरा सजिलाका लागि
पठाइदिनुभएको गाईड व्यक्ति काशिराम ढकाल त कहिल्यै त्यता पुग्नुभएकै रहेनछ।
मैले मेरा गाईड भनेका काशिरामको पनि गाइड गरो। पहिला त सबै जान्दछु भन्थे
पछि उल्टा र पुल्टा देखाउन पुगे। विदेशी पर्यटकहरूलाई लिएर गइरहेका उनीहरूका
गाईडले मलाई यहाा पुग्न केही सजिलो पारेका थिए। त्यसो त शेषमणिजीले केही
व्यक्तिका फोन नं. दिई वहााले नै उनीहरूलाई फोन गरी मेरो शारीरिक आकृति
समेतको जानकारी दिई मद्दतका लागि भन्नु भएको रहेछ। त्यहााका कर्मचारी शिवभक्त
रानाभाट, म त्यहाा गेटमा पुग्नु अगाडि नै मलाई लिन गेटमा आइपुग्नु भएको रहेछ।
रानाभाटले त मलाई चिन्नु भयो र आÇनो परिचय पनि दिनुभयो। शेषमणिजीले मलाई
सजिलो होस् भनेर त्यहाा चल्तीका नेता विद्यानाथ ढकाललाई पनि फोन गर्नु भएको
रहेछ। वहााको फोन पनि आयो–त्यहााबाट दुई तीन घण्टा टाढा रहेछ वहााको घर–
नभ्याइएको चर्चा गर्नु भयो। यसरी भानुको जन्मस्थल पुग्न मलाई मद्दत भएको थियो।
भानु स्मारकमा प्रवेश गरियो। भानु गा.वि.स वार्ड नं. ३ मा रहेको चार/पााच
रोपनी जमिनलाई घेराबारा गरिएको रहेछ। भानु जन्मस्थल विकास समितिले यो कार्यलय
सञ्चालन गरेको रहेछ। दुईतले भवन–आदिकवि भानुबारे सम्पूर्ण जानकारी माथिल्लो
तलामा रहेछ। भवनको अगाडि पट्टि आदिकविको पूर्णकदको सालिकमा शिर झुकाएर
ढोग गरेपछि मलाई लिएर त्यहााका कर्मचारी शिवभक्त रानाभाट स्मारक कक्षमा प्रवेश
गरे। हासिला, फुर्तिला, सहयोगी रानाभाटलाई हाासी हाासी जिस्क्याएा–आदिकवि भानुलाई
मुद्दा हालेर दु:ख दिने गिरिधारी रानाभाटकै सन्तान नै त हुनुहुन्छ होला नि तपाईं पनि
? रानाभाट झन् के कम हाास्दै भने–हाम्रै सन्तान नै हुनुपर्छ त्यसैले त म यहाा भानु
कै सेवारत भएर बसेको छु। सेवा गरेको १० वर्ष भयो। त्यो क्षेत्रमा रानाभाटहरूको
संख्या धेरै रहेछ। म सरकारी खरिदार पदको कर्मचारी हुा। सरूवा भएर यहाा आएको
मुस्कुराउादै रानाभाटले भने। सर्वप्रथम आदिकवि भानुभक्त सुत्ने गरेको कााटी नहानी
रजस्थल
बनाएको चााप काठको खाट देखाए। म कहाा पुगो, के सोचो कुन्नि झ् आदिकवि सुतेको
त्यही खाटलाई ढोगेर एकछिन् लमतन्न भएर सुत्न पुगेछु। मेरा यात्रा साथी काशिरामले
किटिक्क फोटो खिच्नु भएछ। म हतपत्त उठो–आदिकवि सुत्ने बस्ने खाटमा सुत्ने बस्ने
काम गल्ती गरेको महसुस गरी आदिकविलाई ढोगेर क्षमा मागो। भानुको खाटको
निरीक्षण गरें। खाट एकजना मात्र मजाले सुत्न मिल्ने रहेछ। लेखक, कवि प्राय: एक्लै
सुत्ने गर्छन् भन्ने मेरो धारणा छ। आदिकविको संयमता झल्कन्थ्यो खाटबाट। आदिकवि
भानु पशु–पन्छीप्रेमी पनि हुनुहुादोरहेछ भन्ने तथ्य खाटको सिरानी अड्याउने फलेकमा
हानिएका पशु…–पन्छीका चित्रले पुष्टि गर्दथ्यो। खाटको सिरानी देब्रे दाहिनेतिर चरा र
बीचमा दुई वटा हात्तीको चित्र पटाई खोपी कलात्मक ढंगले बनाईएको थियो। २००
वर्षअघिको काष्ठकलाकृति तयार गर्ने कुन मिस्त्री या कलाकार थिए होलान् भन्नेतर्फ
पनि मन गयो। खाटकै उत्तरतर्फ सजाएर राखेको आदिकविको मदुस (सन्दुक) रहेछ।
त्यो पनि बडो होसियारीसाथ बनाइएको कलाकृतिमय थियो। त्यसमा लगाउने तालाहरू
र दराजमा राखिएको ताला हाम्रो पुरानो भाषामा भन्ने हो भने वेलायती गाई भने झैं
भोटे ताला गज्जबको थियो। म यहाा यसलाई आदिकवि ताला नाम राख्न चाहन्छु।
सङ्ग्राहलयका दराजतर्फ आाखा लगाएा। आदिकवि भानुले प्रयोग गरेका सामाग्री, पूजा–
पाठदेखि भात खाने थाल, बटुकातर्फ आाखा घुम्दै गए। आदिकवि भानु सौखिन हुनुहुन्थ्यो
भन्ने थाहा पाइयो। महङ्गो हुक्का पनि त्यहाा सजाएर राखिएको थियो। कविले लेख्न
प्रयोग गरेको मसीदानी, कलम पनि त्यहाा थिए। आदिकवि भानुले लेख्नु भएका प्राय: सबै
कृतिको उहााकै अक्षर पढ्न पाइन्थ्यो। आदिकविले मुद्दा खेप्नु परेका कागत तमसुकहरू
सबै जतनका साथ राखिएको रहेछ। दुई पट्टि काठको फल्याकजस्तो चिल्लो काठको
खबटाले च्यापिएको भानुभक्तीय पाण्डूलिपि कविजीकै खाटमा बसेर छातीमा राखें। यो
दृश्यको पनि सहयोगी साथीले फोटो खिच्नु भएछ। आदिकविका किताबका पाण्डूलिपि
कविकै अक्षरमा लेखिएको पाएपछि मैले ती महान प्रतिभा मोतीराम भट्टलाई सम्झिएर
भाव विभोर हुादै कल्पनाको तरङ्गमा डुब्न पुगो। बिहान फूलेर मगमग वास्ना दिादै
बेलुका बिलिन हुने लीली फूल या रातभरि फूलेर बिहान पृथ्वीमातामा सपर्पित हुने
सुगन्धित पारिजात फूल जो विश्वव्यापी नाम राख्न सफल भए झै ३० वर्षको कलिलो
उमेरमै नेपाली साहित्यको जग बसाउन, कवि भानुभक्तका धेरै वर्षदेखि लुकेर रहेका
कृतिको खोज गरी आदिकविको उद्घोष गर्दै नेपाली साहित्यलाई अमर तुल्याउनका
साथै नेपाली साहित्यलाई जग बसाउने आÇना अन्य धेरै विधामा रचनामार्फत महत्वपूर्ण
योगदान दिने महान प्रतिभा मोतीराम भट्टलाई सम्झिादै गएा। विश्व चर्चित ‘वक ट्र’
विशाल वृक्ष जसको काठ पनि काम लाग्दैन र फूल पनि वास्ना नदिने, यो रूखका पात
पशुलाई कुनै प्राणीलाई काम लाग्दैन यस्तो बिकामे ‘वक ट्री’ झै लामो समय बााच्ने
रजस्थल (भानु विशेषाङ्क–२०७०)
पृथ्वीका बोझ हामी मानिसका बगालभित्रबाट अन्धकार युगमा पनि अलग धार पक्रने
महान प्रतिभा मोतीराम भट्ट कम उमेर मै धरतीमा विलिन हुनु कस्तो बिडम्बना।
यस्तै नेपाली भाषालाई सरल तुल्याउादै जनताका मर्म बुझी सुरू मै:– एक् दिन् नारद
सत्यलोक् पुगिगया लोक्को गरूा हित् भनी महाकाव्यमा नेपाली जनतालाई यो लोकलाई
सम्झने हाम्रा आदिकवि भानुभक्त र भानुलाई आदिकवि बनाउन योगदान दिदै नेपाली
साहित्यलाई आधुनिकतातर्फ उन्मुख गरी बाटो देखाउने मोती–रामकथाका राम र हनुमान
झौ नेपाली भाषा रहुन्जेल अमर रहने ठानेको छु मैले। यिनै कुरा खेलाउादै आदिकवि
बारेको सङ्ग्राहलयमा राखिएको हारमोनियममा आाखा परे। यो कहााबाट आईपुग्यो होला
भनेर रानाभाटमा जिज्ञासा राखो। उनले भने आदिकवि भानुभक्त चलचित्र बनाउादा
प्रयोग भएको यो बाजा यादव खरेलले यहीा छोड्नु भएको हो। भानुसम्बन्धी सामग्री
मात्र यहाा राखे राम्रो हुन्छ भनी सल्लाह पनि दिएा। यसरी हेर्दै जाादा त्यहाा आदिकविले
प्रयोग गरेका थप सामग्रीहरू यसप्रकार पाएा:– लोहोटा, धुपौरो, मकल, मसुरा (सन्दुक),
खाना खान बस्ने पिरका (पिरा, साना–ठूला), ताई, पाथी, ओदान, ढिब्री (तेलराख्ने भााडो,
ढुंङ्गाको आरी, ढुंङ्गाको कचौरा, गाग्री, पेटारो (चोयाको बिर्काे भएको ढाकी विशेष
रूपमा बेहुला बेहुलीको लुगा राख्ने, आदिकविले लगाएका खराउ, आचमनि, पञ्चपात्र,
चन्दनखोरी, सिमाङ्क (काठको ठेकी जस्तो झुण्ड्याउने भएको हतर, प्याङ, ताउलो
(खड्कुालो, शङ्खार्ध–अर्घ बनाउने घण्टा, दियो, कोपरा, आदिकविले लेखेका सम्पूर्ण
कृतिको हस्तलिखित पुस्तक, मुद्दा पर्दाका तमसुक कागतहरू आदि। हेर्ने काम मसिनो
गरी गरियो। आदिकविका अक्षर पढ्ने कोसिस पनि गरो। एकनासका अक्षर, कतै केरमेट
नगरिएका, सम्पूर्ण कृति हेर्दा आदिकविको लेखनकला उत्कृष्ट रहेछ भन्ने थाहा पाइयो।
आदिकवि भानुभक्तका कृति मोतीराम भट्टले खोज अनुसन्धान गरेको पाइए
तापनि सङ्ग्राहलयमा भएका पाण्डूलिपिबाट के सिद्ध हुन्छ भने युवा कवि मोतीरामको
खोज र निधनपछि आदिकविका रचना र हस्ताक्षरहरू फाटफुट रूपमा पछिसम्म पनि
प्राप्त भै रहेको रहेछ जस्तो डा. व्रतराज आचार्यले धेरै मेहनतसाग खोजिएको लघु
सिद्धान्त कौमुदीको भानुभक्तले वि.सं. १८०० मा प्रतिलिपि उतार गरेका अन्तिम
पृष्ठ आदिकविका नाति मुक्तिनाथ आचार्यका सौजन्यले भानु पुस्तकालय चुादी रम्घामा
पुगेको रहेछ। यो लेखकले त्यहाा पढ्न पायो। १३.६×३.२ इन्च को बाक्लो मडुवा
कागजमा लेखिएको पाण्डूलिपिको ‘मिति श्रीशाके १७६४ मासे ७ पक्षे १ तिथौ १० बारे
७ लिखितमिदम्पुस्तकं श्री भानुभक्त शर्मणा स्वार्थम्’ लेखेको पाइन्छ। यसबाट नातिले
पो लेखे कि भन्ने ठाउा छैन। भानुका अन्य ग्रन्थमा पाइएका हस्तलिपिसाग मेल खान्छ।
युवाकवि मोतीराम भट्टको खोजपछि पाइएको अर्को प्रमाण ‘तुलसीपूजा विधि’
शीर्षकमा यसको अन्त्यमा लेखिएको फोटोकपी भानुभक्त स्मारक ग्रन्थ–भानुभक्त
रजस्थल
पुस्तकालय चुादी रम्घामा पढ्न पाइयो। यो पूजाविधि स्व. सूर्यविक्रम ज्ञवालीको
सङ्ग्राहलयमा सुरक्षित रहेको कुरा डा. व्रतराज आचार्यको खोजमूलक किताब ‘आदिकवि
भानुभक्त’ जीवनी र किताबको सम्परीक्षण पनि पढ्न पाइन्छ। भानुले तुलसीपूजा
विधिको अन्त्यमा यस्तो लेख्नु भएको छ:– ‘इति तुलसीपूजा समाप्त’। शुभंभूया लेखक
पाठकयो: श्री भानुभक्त शर्मण पण्डितेन ‘सम्वत १९१४ आश्विन पौणमास्याम्’।
तुलसीविधिको फोटोकपी यहाा राख्ने कोसिस गरेको छु। किनकि यो फोटोकपीबाट
पाठकहरूलाई आदिकविको हस्ताक्षर जान्ने सौभाग्य प्राप्त हुनेछ। मोतीराम भट्टको
अनुसन्धानपछि खोज भइरहेका प्रमाणहरू रम्घा बेंसीको पुस्तकालय र डा. व्रतराज
आचार्य (भानुभक्तका खनाति) का किताब, लेखबाट जानकारी पाइन्छ। यो अध्ययन
खोजपछि म सङ्ग्राहलयबाट बाहिर निस्की अन्य खोजमा लागो। भानुभक्त जन्मस्थल
विकास समितिबाट निर्मित भानु गा.वि.स. ३ मा रहेको भानु स्मारकको कार्यालयबाट
निस्केपछि मेरो लक्ष्य भानु जन्मिएको रम्घाको शिखर कटेरी (हाल धर्मशाला) तर्फ
रÞयो। भानु स्मारक चुादी बेंसीबाट उत्तर–पूर्व अग्लो डााडोमा रहेको जन्मस्थान (हाल
त्यहाा त्यस्तो केही नभएपनि) पहाड नचढेका मानिसलाई हम्मेहम्मे पर्दो रहेछ। नाउा नै
शिखर कटेरी–शिखरमा रहेको कटेरो। सानो गोरेटो उकालो बाटो, साल (सखुवा)का
रूखहरूले भरिएको। म पुगेको समयमा सखुवाका पात झरी बाटोभरि बिछिएका। टेक्न
नजान्ने हो भने चिप्लिएर पछारिने डर। उकालो चढ्न लगभग ३०–४० मिनट र झर्न
भने छिट्टै। उहाा पुग्दा–भानुभक्तको वि.सं. १८७६मा पं. श्रीकृष्ण आचार्यले बनाएको
घर, भत्किसकेकोले त्यही जन्मस्थलमा–भानु जन्मस्थललाई साहित्यिक तीर्थस्थलका
रूपमा विकसित गर्ने लक्ष्य लिई श्री ५ को सरकारबाट विकास समिति ऐन २०१३ले
दिएको अधिकार प्रयोग गरी भानु जन्मस्थल विकास समिति गठन गरिएको संस्था
हो। यसै समितिबाट प्रस्तावको खण्ड क–४ (क) मा भानुभक्तका देनलाई देशभित्र र
बाहिरसम्म प्रचार–प्रसार गर्ने लक्ष्य लिई आदिकविको जीवनीमा आधारित श्रव्य–दृश्य
सामग्री निर्माण गर्ने लक्ष्य लिई वरिष्ठ चलचित्र निर्देशक यादव खरेलको निर्देशनमा
ऐतिहासिक नेपाली कथानक चलचित्र ‘आदिकवि भानुभक्त’ निर्माण गर्न–यादव खरेल
कै कुशल निर्देशन अनुसार भानुको जन्मस्थल शिखर कटेरीमा दुई तले घर निर्माण गरी
२०५४–५६ मा त्यसै घरमा चलचित्र तयार गरिएको तर संरक्षणको अभावमा त्यो घर
डढेलोले जलिसकेकोले त्यहाा हेर्न बााकी केही थिएन। त्यहाा रहेका जलेका सामग्री–चुादी
बेंसीकै स्मारक स्थलमा ल्याई थुपारेको पनि पाइयो। त्यसको अलिक पर भानु प्रा.वि. छ,
त्यसैको परिसरमा आदिकविको अर्धकदको सालिक हेर्न पाइयो। जनसंख्या कम भएकोले
गाउा सुनसान झैं लाग्दथ्यो। शिखर कटेरीस्थित आदिकवि भानुभक्त आचार्यको सालिकको
टाउको गर्धनमैं काटी भेट्न नसकिने गरी एक खेप Çयााकिएको रहेछ भन्ने पनि थाहा
रजस्थल (भानु विशेषाङ्क–२०७०)
पाइयो। यस्तो जानकारी लिादै गर्दा मलाई निकै पीडाबोध भयो। जहाा पनि कु–तत्व हुादा
रहेछन्। म बसेको नेपालकै सुदुर पूर्व मेचीनदीमा जोडिएको मेचीनगर नगरपालिकाको
कााकरभिट्टाको देवकोटा पार्कमा राखिएको अर्धकदको महाकवि देवकोटाको सालिक
पनि यही बितेको ३–४ वर्षभित्र ३–४ खेप गर्धन भााची कविको टाउको Çयााकिएको
पाईएको थियो। झापाका साहित्यकार, समाजसेवीहरू मिली कु–तत्व बिरोधमा र्याली,
भाषण, पत्र–पत्रिकामा लेख्ने कामका साथै नेपाल सरकारलाई पटक–पटक जानकारी
गराइएको थियो। महाकवि देवकोटाको सालिक तोडिनु कस्तो दु:ख लाग्दो कुरा हो।
शिखर कटेरीबाट तल रम्घा गाउामा ओर्लिएपछि आदिकविसाग अनेकौं प्रसङ्ग
जोडिएको चुादी बेंसी (चुादी त्यहााको खोलो लाई हेर्ने यो यात्रीको मनसुवा रÞयो। आजको
यात्रामा लामो पैदल हिाडाइ र गाडीको यात्राले थाकिादै गए पनि भानु क्षेत्र हेर्ने मन
भने थाकेको थिएन। फेरि कर्मचारी रानाभाटसाग सहयोग लिइयो। भानु स्मारक भानु
सङ्ग्राहलय परिसरमै भनौं भानु संस्कृत मा.वि.रहेछ। त्यो दिन के भएर हो विद्यालय
बन्द थियो। स्मारकै छेउ–छाउमै भानु संस्कृत विद्यापीठ (क्याम्पस) पनि रहेको पाइयो।
आदिकविको चुादी बेंसीको खेतमा पानी लगाउने कुलो–हर्राबोटे कुवा पश्चिम पनि
बराहबााद (कुलो रहेछ। भानुभक्तले गिरिधारी रानाभाटका छोरा वीरभद्र रानाभाटसाग
सल्लाह लिई उनीहरूकै खेत क्षेत्रबाट कुलो खनिादा बाबु रानाभाटले मुद्दा हालेको कुलो
पनि राम्ररी हेर्न पाइयो। यही कुलाको मुहानमा आदिकविका बाजे पं. श्रीकृष्णको
तपोभूमिमा रहेको यादवेश्वर महादेवको मन्दिर क्षेत्रको पनि अवलोकन गरियो। भानु
गा.वि.स. २ स्थित पटेके बगैंचाक्षेत्र (त्यस वेलाको पनि हेरियो। आदिकवि भानुको
कूलदेवता स्थान–वर्तमान कार्यालयबाट पश्चिम उत्तर नजिकै साउने खोल्सी–आदिकविको
पानी खाने पधेरो क्षेत्रको पनि सामान्य रूपले अवलोकन गरियो। यसरी हेर्दै खोज्दै जाादा
भानु स्मारक सङ्ग्राहलयबाट–४ किलोमिटर दक्षिणतर्फ आदिकविसाग नजिक रहेका कालु
जैसीको गाउा चुादी पारी बकलाङ गाउा पर्दो रहेछ। जहाा आदिकवि भानु जाइरहनु हुन्थ्यो
भन्ने प्रमाण प्रशस्त पाईएको छ। भानु सङ्ग्राहलयमा कालु जैसीलाई वि.सं. १९१७
फाल्गुण शुदी ३ रोज ५ का दिन रू १२।– सापटी लिएको र त्यसको साक्षी श्यामलाल
उपाध्याय आदि रहेको स्वयम् आदिकविले लेखेको तमसुक पनि हेर्न पाइयो। यहीा जाादा
आदिकविलाई भुटेको मकै दिएको र यस सम्बन्धी आदिकविले कविता समेत लेखेको–
‘असल मुग्रे केरा...’ कविता हेर्न पढ्न पाइन्छ। आदिकवि भानु कहिलेकााही ऋण दिने
पनि गर्नुहुन्थ्यो भन्ने प्रमाण भानु सङ्ग्राहलयमा रहेका आदिकविकै अक्षरमा लेखिएको
तमसुक पनि हेर्ने मौका पाइयो। २०।– रूपैयाको ऋण वि.सं. १९१८ मा साधुराम
नेवारलाई व्यापारी प्रयोजनका लागि दिएकोले यसको ब्याज २२% राखेको पाइन्छ। यो
तमसुक फाल्गुण बदी १२ रोज ३ मा लेखिएको र साक्षीमा लक्ष्मीप्रसाद पण्डित एकजना
रजस्थल
मात्र रहेको पाइन्छ। कालु जैसीलाई १२।– रूपैया दिादा ब्याज नलिएको सापट ऋणको
रूपमा रहेको पाइन्छ। पैसा डुब्ने डरले मात्र कागज लेखाइएको बुझिन्छ।
घाँसीकुवातर्फ
आदिकविको जन्मस्थलतर्फ जाादा बाटामै रहेको घाासीकुवा फिर्दा हेरौंला भनी
सोचेको थिएा। नभन्दै फिर्दा गाडीबाट ओर्ली घाासीकुवातर्फ मोडिएा। मुङ्लिङबाट पोखरा
जाने पक्की सडक दाहिनेपट्टि रहेछ घाासीकुवा या यसो भनौं हामी पूर्वी नेपालबाट
त्यता जाादा मुङ्लिङ्बाट पोखरा जाने पृथ्वी राजमार्ग हुादै डुम्रे पुगी दमौली (तनहुाको
सदरमुकाम) तिर लाग्दा बाटोमा दाहिनेपट्टि घाासीकुवा बाटैमा पर्दो रहेछ। यो क्षेत्र
घाासीकुवा गा.वि.स. वार्ड नं. ५ मा पर्दछ। यो घाासीकुवा पहिले सडक नबनिदा जंगल
क्षेत्र रहेछ। पृथ्वी राजमार्ग बनाउादा सडकले कुवा क्षेत्र छोएकोले घाासीकुवालाई दक्षिण
क्षेत्रबाट उत्तर दिशा सडक छेउ सारिएको रहेछ। दक्षिण क्षेत्रमा विशाल पर्वत परेकोले
त्यहाा स्मारक बनाउन नसकिने भएकोले पृथ्वी राजमार्गदेखि उत्तरतर्फ सारिएको रहेछ।
घाासीकुवा क्षेत्रमा–कार्यालय, भानु र घाासीको अर्धकदको सालिक, सानो तिनो उद्यान
पार्क कार्यालय उत्तरतर्फ घाासीकुवा आदि रहेछ। म झण्डै एक घण्टा घाासीकुवा स्मारक
भित्र थकाई मार्दै टहलिादै बिताएा। कुवाको पानी शिरमा अर्चाउादै (छर्कदै पञ्चामृत झैं
खाादै घाासीको सालिकको अनुहार हेर्दै रमाएा–भावुक भएा। घाासी र भानुमा शिर झुकाएा।
घाासी गरीब भएपनि उहााभित्र रहेको महानताको हृदयले सम्मान गरो। घाासीसाग भानुको
भेट नभएको भए भानुभक्त आचार्यको नामनिशान रहने थिएन कि भन्ने सम्झिएा।
अनि घोरिएा–भानु हाम्रा श्रद्धेय आदिकवि तीन खेप जन्मिनुभएछ:– १) आचार्य कुलमा
२) घाासीसागको भेटमा ३) युवाकवि मोतीराम भट्टको खोज अनुसन्धानमा। यो लेख
लम्बिादै पनि जाादो छ–लहरो तान्दा पहरो गर्जिने पनि गर्छ। हाम्रो पूर्वीय साहित्यका
तीन महारथीलाई सम्झिन पुगो–वाल्मीकि, कालिदास, तुलसीदासलाई महान साहित्यकार–
महाकवि बन्न प्रेरणा दिने तीन नारी रत्न महिला पात्रलाई सम्झिएा। महान बन्ने प्रेरणा
त सत्सङ्ग र सामान्य मानिसबाट पनि प्राप्त हुादो रहेछ। यस्ता कैयौं उदाहरण पाइन्छन्
यो मानव जगतमा।
घाँसी चामुनारायण पन्त
आदिकवि भानुभक्त आचार्यका बारेमा त हजारौं लेखकहरूले लेखेको र लेख्दै
गरेको प्रमाण पाइन्छ। भानुभक्तलाई आदिकवि बन्न प्रेरणा दिने घाासीका बारे साह्रै
कम लेखिएको छ भन्दा पनि हुन्छ। घाासीका बारे दुईचार हरफ लेखे राम्रो होला भन्ने
ठानी यहाा लेख्दै छु। चाामुनारायण पन्त थरका एक ब्रÞमाण थिए। युवाकवि मोतीराम
भट्टले घाासीसाग वि.सं. १८९१मा भानुभक्तको भेट भएको थियो भनेका छन्। घाासीबारे
मोतीराम भट्ट, नरनाथ आचार्य (आदिकविका नाति) र आदिकविकै खनाति डा. व्रतराज
रजस्थल (भानु विशेषाङ्क–२०७०)
आचार्यको घाासीसाग भेट भएको स्थानको फरक–फरक धारणा पाइन्छ। मोतीराम
भट्टको धारणा त धेरै ठाउामा पहिले नै आइसकेको छ। नयाा दृष्टिकोणबारे म यहाा
राख्न चाहन्छु। नरनाथ आचार्यले उनको लेख २०३६को पेज ४९मा ससुराली जाादा
कुर्लङ खोलाको बायाापट्टि सेपमा एउटा चिसो पानीको कुवामा भेट भएको जनाएका
छन्। डा. व्रतराज आचार्यले उनको पुस्तक ‘आदिकवि भानुभक्त’ जीवनी र कविताको
सम्परीक्षणको पेज १८ मा भानुको भेट कुर्लङ बेंसीको बुल्दी खोला किनारामा घाासीसाग
भेट भएको लेखेका छन्। घाासीकुवा कहाा थियो यो पनि विवादकै विषय देखिन्छ। तर
एउटा कुरा पक्का के हो भने–घाासीबाट भानुले प्रेरणा पाएकै हुन घाासीले कुवा खनाएकै
हो। घाासीकुवा जो अहिले रहेको छ यो ठाउामा पहिले थिएन। यसको दक्षिणमा रहेको
र पोखरातर्फ जाने पृथ्वी राजमार्ग निर्माण गर्दा घाासीकुवा बीचबाटामा पर्न गएकोले
यसलाई उत्तर सार्ने काम भएको प्रमाण पाइन्छ। पृथ्वी राजमार्ग नबन्दा यो जंगल
क्षेत्रभित्र थियो। यसको खोजी भएको नै थिएन। बाटो बन्दाबन्दै घाासीकुवाबारे धेरैलाई
थाहा हुादै गयो। तत्कालीन तनहुा प्रमुख जिल्ला अधिकारी राजेन्द्रपुरूष ढकाल र स्थानीय
जनतासमेतको अनुरोधमा चिनियाा पक्षसाग कुरा मिलाई सडक उत्तरतर्फ सारी एउटा
सानो कुवा निर्माण गरी घाासीकुवाको सङ्केतपाटी राखिएको र पछि यही ठाउालाई
यहााको कुर्लङ गा.वि.स.को नाम परिवर्तन गरी घाासीकुवा गा.वि.स. बनाई यो ठाउालाई
चर्चामा ल्याएको पाइन्छ। घाासीकुवा क्षेत्रमा ‘भानु–घाासी’ पार्क निर्माण गरी आदिकवि
भानुभक्त र घाासी चाामुनारायण पन्तको अर्धकदको सालिक निर्माण भएको पाइन्छ।
घाासीका परिवार र बसोबासबारे त्यस्तो उल्लेख्य खोज भने गरिएको पाईदैन।
आदिकवि भानुबारे मोतीराम भट्टको खोजपछि यसलाई अघि बढाउने काम धेरै
साहित्यकारबाट भएको पाइन्छ। वि.सं. १९९५मा ब्रÞमशमशेर ज.ब.रा.को प्रथम,
मौलिक र स्वतन्त्र ‘कवि भानुभक्त’ नामको किताब प्रकाशित भयो। यसपछि लामो
खोज अनुसन्धान गर्दै दार्जिलिङबाट सूर्यविक्रम ज्ञवालीले वि.सं. १९९७मा ‘भानुस्मारक
ग्रन्थ’ प्रकाशित गरे। यो ग्रन्थले भानुको महत्वलाई नेपालीहरूको ह्दयमा केही
झक्झकाउने काम भयो। यसपछि आदिकविकाबारे धेरै रचना प्रकाशित भए। वि.सं.
२०००मा नाटककार बालकृष्ण समले साहित्यिक कृतिमा आदिकविलाई ल्याई ‘भक्त
भानुभक्त’ नाटक लेखे। यसपछि २००३ मा धेरै खोज अनुसन्धान गरी बाबुराम
आचार्यबाट ‘पुराना कवि र कविता’ मा आदिकविको अन्य कविसाग तुलना गर्दै
भानुलाई आदिकवि हुन भन्ने सिद्ध गर्ने काम भयो। कालिम्पोङ भारतबाट वि.सं. २००
९मा पारसमणि प्रधानको सम्पादन ‘भानुभक्त ग्रन्थावली’ किताब प्रकाशित भयो।
पारसमणि प्रधान र सूर्यविक्रम ज्ञवालीबाट भानुभक्तकाबारे भारतका नेपाली आवासीय
क्षेत्रमा पाठ्यपुस्तकमा राखी पढाउन सुरू भयो। योभन्दा पहिले नै निस्किएको ‘भारती’
रजस्थल
पत्रिकाबाट पनि नेपाली साहित्य र भानुको देनबारे उल्लेख्य कामहरू भइसकेको
पाइन्छ। आदिकविका सन्ताहरूबाट पनि धेरै जानकारी प्रकाशमा आयो जस्तै:– नरनाथ,
डा. व्रतराज आचार्यका किताबहरू पढ्न पाइन्छ। श्री ५ को सरकारले वि.सं. २०१९
भानु जयन्ती अवसरमा भानुको ५ पैसे टिकट प्रकाशित गरेको छ। यसरी आदिकविका
नाउामा हजारौ लेख, पुस्तक, संघसंस्था आदिको जानकारी पाइन्छ। यो वर्ष नेपाल
सरकारले २००औं भानु जयन्तीको अवसरमा विशेष कार्यक्रम गर्दैछ भन्ने सुनेको छु।
नेपाल बाहिरबाट आदिकवि भानुभक्तको कदर सम्मान तथा नेपाली
भाषालाई जीवन्त पार्ने कामहरू यसरी भएका छन्।
मैले आजभन्दा लगभग ४० वर्ष उताबाट आदिकवि भानुभक्तलाई नेपाल
बाहिरका साहित्यकारले कसरी कुन रूपमा मान–सम्मान र नेपाली भाषालाई जीवन्त
बनाउने काम गरे अनुसन्धानात्मक तरिकाले यहाा प्रस्तुत गर्ने सोच लिएको छु। नेपाली
भाषाका आदिकवि श्रद्धेय भानुभक्त आचार्यले पश्चिम नेपालको त्यस समयको विकट
जिल्ला तनहुाको अझ विकट ठाउा रम्घा माथिको शिखर कटेरी डााडामा जन्म लिएर
नेपाली भाषालाई अमर बनाउन सक्ने काव्य, महाकाव्य र फुटकर कविता लेखेर
छाडे। यसको खोजी गरी वि.सं. १९२३ मा जन्मिएका युवाकवि मोतीराम भट्टले
१९४८मा भानुभक्तलाई आदिकविका रूपमा सार्वजनिक गरे। युवाकवि मोतीराम
भट्ट ३० वर्षमात्र बााचे। आदिकविले पनि ५४ वर्षको उमेरमै यो रमणीय धरती
छोडेर गएका थिए। आदिकवि भानुले लेखेका कृतिहरू २३ वर्षसम्म पहाडि कन्दरामा
गुप्तवासको अवस्थामा रहे। मोतीराम भट्टले अथक खोज प्रयास अनुसन्धान नगरेको
भए भानु आदिकवि हुन्थे कि त्यसै बिलाएर जान्थे भन्न सकिन्न। वि.सं. १९४८ पछि
मोतीराम भट्टले सार्वजनिक गरेको उद्घोषण यस समयको विकट अन्धकार, अशिक्षित
समाजभित्र ४० वर्षसम्म कसैले पनि मोती र भानुका कृतिकोपछि लागेर त्यसलाई
अघि बढाउने कोसिस गरेनन्। ४० वर्ष भनेको लामो समय हो। ४० वर्षपछि भानुको
साहित्यलाई सार्वजनिक गर्ने या भानुले गरेका योगदान पछ्याउने काम नेपाल बाहिर
दार्जिलिङबाट कलमका शक्तिशाली अत्यन्त प्रतिभाशाली इतिहास खोजकर्ता या भनौं
अध्येता सूर्यविक्रम ज्ञवालीबाट सुरू भयो। मोतीराम भट्टबाट प्रस्तावित आदिकवि
भानुको खोज अभियानलाई सूर्यविक्रम ज्ञवालीले अगाडि नबढाउनुभएको भए आदिकवि
भानुलाई स्थापित गर्न अझै ढिलो हुने या हराउन पनि सक्थ्यो होला। पूर्वबाट सूर्योदय
भए झैं आदिकवि भानुलाई जीवन्त बनाउन नेपाल बाहिर पूर्वबाट अविस्मरणीय कामहरू
भएका छन्। नेपालमा शिक्षाको उदय हुनु पूर्व नै नेपाल बाहिरबाट नेपाली भाषालाई
अमर बनाउने काम प्रशस्त रूपमा भएका पाइन्छन्।
१) आदिकवि भानुलाई नेपाली जगतमा, नेपालीहरूमा प्राण भर्ने ऐतिहासिक
रजस्थल (भानु विशेषाङ्क–२०७०)
व्यक्तित्वका रूपमा सूर्यविक्रम ज्ञवालीले लेखेका छन्:– “भानुभक्त नेपाली साहित्यका
धु्रवतारा हुन्। कहिल्यै ननिभ्ने अग्निशिखा हुन् औ मानिस मात्रका हृदयलाई शीतल पार्ने
चन्द्रज्योत्स्ना हुन्।”
२) सूर्यविक्रम ज्ञवालीले १९४८ पछि या ४० वर्षपछि १९८९मा सम्पूर्ण रामायण
अनि १९९७ मा स्मारक ग्रन्थ निकालेर आदिकविलाई धेरै कोणबाट नेपाली संसारमा
प्रचार प्रसार गरी नेपाली भाषालाई जीवन्त बनाए।
३) ४२ वर्षअघि आलोचनाको परम्परा शीर्षकमा कालिम्पोङ निवासी गोकुल
सिन्हाले अत्यन्त शक्तिशाली समलोचना लेखी आदिकवि भानुका साथै मोतीराम भट्ट
र सूर्यविक्रम ज्ञवालीलाई महान विभूतिका रूपमा सम्मानपूर्वक व्याख्या गरेका छन्।
सिन्हा अगाडि लेख्छन् :–ज्ञवाली भानुभक्तका निमित्त खटेर कहिल्यै थाक्दैनन्। उनैको
अथक परिश्रमले भानुभक्तको मृत्यु भएको सत्तरी वर्षपछि वि.सं. १९९७ मा भानुभक्त
स्मारक ग्रन्थ प्रकाशन भयो जुन नेपाली पत्रकारितामै पनि अपूर्व प्रकाशन थियो। यसले
भानुभक्त सम्बन्धी थप अनुसन्धानहरू दिनाका साथै भानुभक्तप्रति अत्यन्त चाख पल्काइ
दिएको छ र भानुभक्तलाई अरू अरू परिप्रेक्ष्यमा हेर्ने दृष्टिकोण बढाइदिएको छ। स्मारक
ग्रन्थ कोशकाव्य नै भएको छ। उनी अगाडि लेख्छन् : भानुभक्तले लेखेको प्रत्येक पङ्क्ति
नेपाली साहित्यको अतुलनीय सम्पत्ति हो भन्दै ज्ञवाली भानुभक्त सम्बन्धित् लेख र
लेखकको समुचित आदर कदर गर्छन्। हुन पनि आजसम्म भानुभक्तमाथि प्रकाशित
समस्त पुस्तकहरूसित ज्ञवाली बिराना छैनन् र ती पुस्तकहरूको परिचय र भूमिका
लेखक ज्ञवाली सिवाय दोस्रा हुादैनन्। यिनी भानुभक्तलाई रामचन्द्र झैं शीर्षस्थानमा राखी
आÇनो साहित्यिक धर्ममा अचल छन्। गोकुल सिन्हा जस्ता नेपाली साहित्यका ज्ञाता
आÇनो आलोचनाको परम्परा शीर्षकमा गहन खोजपछि यस्तो लेख्छन् :– सं. १९९५मा
मेजर जनरल ब्रम्ह शमशेर ज.व.रा.को प्रथम, मौलिक र स्वतन्त्र कवि भानुभक्त
नामक आलोचनात्मक ग्रन्थ प्रकाशित भयो। ग्रन्थको भूमिकामा ज्ञवालीले लेखेका
छन् :– नेपाली साहित्य सम्मेलनद्वारा प्रकाश गर्न तजवीज गरिएको भानुभक्त स्मारक
ग्रन्थका निमित्त यौटा लेख पाउा भनी जनरल साहेवसाग जो प्रार्थना गरेथो त्यो वहााबाट
स्वीकार गरिबक्सी जो लेख लेखी बक्स्यो सो यो पुस्तकका रूपमा आज प्रस्तुत गरिएको
छ। यिनले भानुभक्तलाई सर्वगुण सम्पन्न महापुरूषको रूपमा मात्र नहेरी एक युग
र संस्कारले बााधिएका सांसरिक कवि व्यक्तिको मानवी सहज गुणको मूल्याङ्कन गर्दै
त्यसमा निहित उज्यालो र आध्यारो दुवै पक्षको आलोचना मोतीराम पछि पहिलो ठहर्छ।
यसले मोतीरामले बसाएको परम्परा थाम्दै र नौलो पथ पक्रादै, आलोचनाको क्षेत्रमा
प्रथमोप्रथम दोष पनि औल्याउाने काम गरे। प्रशस्ति मात्र आलोचना बनिरहेको परम्परा
यहाा आएर हाागियो। दोषगुणको समुचित मूल्याङ्कन अब पछि आउनेहरूले गर्न सिके वा
रजस्थल
भनौं आाटे। समलोचनाको उद्देश्य जनाउादै बÞमशमशेर लेख्छन् :– होला र ठट्टाको पात्र
(पनि) सबै ठूला मानिसहरू एक बखत न एक बखत बन्नु परेको देखिन्छ र सो हुनु नै
कोही मानिसको ल्याकत र गुण जनाउने कुरा रहेछ भन्ने देखिन्छ। तसर्थ कसैले खाली
रीसले आफूलाई ठट्टा गर्यो भन्दैमा आÇनो कर्तव्य बाटोबाट फरक हुनु उचित होइन।
कवि र कविताको मूल्यमा यिनी लेख्छन्:– “एक दिन् नारद सत्यालोक् पुगीगया लोक्को
गरौं हित् भनी” भन्ने श्लोक कुनचााहि नेपालीको कानमा नपरेको होला ? यही श्लोकले
श्रीगणेशाय नम: गरेको कवि भानुभक्तले हाम्रा भाषामा उल्था गरेका सातकाण्डको
रामायण नेपालको हरएकका झुपडीमा एक फेरा न एक फेरा कसो नपसेको होला ?
यो कम शिक्षित देशमा यस्तो ठाउा पाउनु सानो कुरा होइन।
शक्तिशाली समालोचक : समालोचनाको परम्परा शीर्षकलाई पुष्टि गर्न
र यो परम्पराको थालनी युवाकवि मोतीराम भट्टलाई प्रथम स्थान दिन्छन्। ‘कवि
दुई प्रकारका हुन्छन्। पहिला स्वाभाविक अर्थात सहज कवि, दोस्रा संसर्गी अथवा
कृत्रिम कवि। स्वाभाविक कवि बराबर कृत्रिम कवि कदापि हुन सक्दैन। सहज कविको
कविताका बराबर संसर्गी कविता कहिल्यै हुन्न। सहज कवितामा अर्थ र शब्दको
अलङ्कार सरासर देखिन्छ। जो सहज कवि छ उसले कविता लेख्न हुने नहुने कुराको
केही बिचार राख्दैन अर्थात् कसैको परवाह गर्दैन। यस्तो कविता गरे ज्यान जाला भन्ने
भय कत्ति मान्दैन। यस्तो स्वभाव संसर्गी कविमा कदापि हुन्न।’
गोकुल सिन्हा सूर्यविक्रम ज्ञवालीलाई अत्यन्तै श्रद्धाले सम्मान गर्दै उनले गरेका
योगदानहरूको टिप्पणी गर्दै अगाडि लेख्छन् :– सूर्यविक्रम ज्ञवाली साहित्यका तपस्वी
हुन। यिनका लेखी रामचन्द्र, भानुभक्त, घाासी, मोतीराम सब समान छन्। कसैको
दोष, त्रुटि यिनका आाखामा पीर पार्ने गरी पर्दैन। भट्ट विरचित जीवनचरित्र, यिनलाई
विस्वस्त सूत्र छ। धेरै बाझेको ठाउा कुमारीचोकमा मात्र ज्ञवाली भट्टसित सहमत
छैनन्। नत्र भने ‘मो’ भट्टकै किर्ते हो भन्ने धेरैका वादलाई पनि प्रतिवाद गर्दै रामायाण
‘मैले’, ‘मइले’ शब्दान्तर दृस्टान्त अघि सार्छन। यसैले ‘घाासीसित भेट’ भएको झगडालु
ठाउा पनि यिनको निम्ति शान्त छ। ‘इनार’ खनाइ घाास बेचाइ तर्कहरू पनि अनर्गल
ठान्छन्। अनि ज्ञवालीको अर्को विशेषता छ मोतीरामले प्रस्तुत गरेको भानुभक्तको
तस्बिरमा काउन्टर साइन गर्नेमा। “फोटोग्राफ तयार छादै छ हेर्नुमा यी यस्तै थिया’
भनी पेश गरिएको लाईन ब्लकमा ज्ञवालीले “त्यो चित्र वास्ताविक वा कल्पित हो भन्ने
कुरा अझ निर्णय भएको छैन” भनी पाद टिप्पणी दिएका भए पनि पछिबाट भारतीको
कुनै कुनै अङ्कमा उनले काशीमा कुनै बूढाहरू भेटेका र उनीहरू भानुभक्तका गाउाले
र समकालीन हुन् भन्ने बुझी भानुभक्त सम्बन्धी चर्चा चलाउादा तिनीहरूले भानुभक्त
आफू साना छादा देखेका मोटा, तगडा, गोरा, यस्तै चित्रसित मिल्दो कुरा गरेका थिए र
रजस्थल (भानु विशेषाङ्क–२०७०)
उनले यस विषयमा उक्त चित्र धेरै अंशमा सत्य हुनसक्छ भन्ने अड्कल काटेका छन्
फेरि ‘कण्डैसित’ भन्ने मान्छेको शारीरिक आकृति प्राय: यस्तै हुन्छ भन्ने मनोवैज्ञानिक
विश्लेषण पनि गर्न खोजेका छन् र अहिले नरनाथ कृत सच्चा जीवन चरित्रमा पनि
लेखिएको छ। ‘नाक र शरीर ठूलो भएका गोरा बूढा थिए’ अनि भन्छन् मोतीरामले
किर्ते खडा गरेका हैनन्। काठमाण्डौमा दिदी चाहिाकोमा भएको ग्रुप फोटोबाट भानुभक्त
अंश झिकी नक्कल उतारेको। अब यो सच्चा जीवनको कुरो कच्चा मानेर भएको
छैन। ज्ञवालीले भानुका निम्ति के गरेका छैनन् ? सबभन्दा ठूलो कुरो त भानुभक्तलाई
‘आदिकवि’को सम्मान दिलाउने र भानुको जन्मतिथि मनाउने थिति बसाउने श्रेय यिनै
सूर्यविक्रम ज्ञवालीलाई छ।
पारसमणि प्रधान
सूर्यविक्रम ज्ञवाली पछाडि नेपाल बाहिर कालिम्पोङ निवासी विद्वान् नेपाली
भाषाविद् र विभिन्न साहित्यका ज्ञाता पारसमणि प्रधानले भानुभक्तीय रामायणलाई
गुरू घर बनाई नेपाली भाषालाई कालिम्पोङ, दार्जिलिङ, खरसाङ, सिक्किम, सिलिगुढी,
आसाम, भुटानसम्म फैलाउने काम गरेको पाइन्छ। यो अभियानलाई कविवर श्रद्धेय
धरणीधर कोईराला लगायत धेरै विद्वतवर्गले अगाडि बढाएको पनि पाइन्छ। लेख लामो
हुने भएकाले सबै नाम राख्न सकिएन पछि केही विद्वान्वर्गका धारणा सङ्क्षिप्त रूपमा
राख्ने नै छु। यहाा विद्वान् लेखक गोकुल सिन्हाका भनाइ लेखकहरू अगाडि राख्दा
राम्रो हुने सम्झी यहाा प्रस्तुत गरेको छु। आलो... परम्परा शीर्षकको समलोचनामा
सिन्हा लेख्छन्:– सम्पादक पारसमणिले ठूलो ठहर मात्र नहेरी ठूलो टपरी पनि हेरे
र ग्रन्थावली ‘गागरमा सागर’ वा ‘मुठ्ठीमा राम’ भयो। यी बाहेक पारसमणिले
भानुभक्तीय सुन्दरकाण्ड, भक्तमाला, प्रश्नोत्तर, बधूशिक्षाका फुटकर प्रकाशनहरू पनि
गरी भानुभक्तीय साहित्य सुलभ गरिदिए। यसरी ज्ञवालीले भानुभक्तको प्रचार गरे
भने पारसमणिले प्रसार गरे। साउा अक्षरसम्म जानेका मानिसहरूले कनिकुथीकन पनि
भानुभक्तको रामायण पढ्छन् भन्ने कुरा प्राथमिक पाठशालासम्म पढेका नानीहरूले
पनि घोकी घोकी पढेका छन्। प्राथमिक कक्षादेखि नै नेपालीका नानीहरूलाई भानुभक्त
चिनाउने भानुभक्त पढाउने पारसमणि नै हुन।
‘भानुभक्त कविका कवितामा
बाल–वृद्ध–बनिता गर धामा
भानुभक्त कविका कविता ली
गाउा नित्य कविका कविता ती’।
सामाजिक शिक्षा अधिकारी श्री सूर्यविक्रम ज्ञवालीले भानुभक्तीय साहित्य प्रौढ–
शिक्षण–सामग्री बनाई प्रचार गरे भने अध्यापक श्री पारसमणि प्रधानले यसलाई
रजस्थल
पाठ्यवस्तु बनाई घोकाए। यसरी बालहरूका निम्ति पारसमणिले र वृद्ध–वनिताहरूका
निम्ति ज्ञवालीले धामा गरे।
ग्रन्थावली बाहेक पनि पारसमणिले भानु सम्बन्धी प्रशस्त लेख कविताहरू लेखेका
छन् तर यिनको पनि भानुभक्तप्रति कुनै दृष्टिदोष देखिन्न।
रामकृष्ण शर्मा
नेपाल बाहिर रहने एकमात्र प्रकाण्ड समालोचक प्रसिद्ध न्यायाधीश रामकृष्ण
शर्मा आदिकवि भानुभक्तमाथि आलोचनाको फलामे कोर्रा बर्साउने सशक्त कलमबाच
हुन। यिनले निर्ममतापूर्वक भानुलाई आÇनो शक्तिशाली कलमको निशाना लगाएका
छन्। यिनले भानुको तमोगुण परिपूर्ण रूपमात्र देखे भन्दा फरक पर्दैन। अर्को कुरा त
यिनले पाश्चात्य समालोचना परम्परालाई पछ्याएको महसुस हुन्छ। आदिकवि भानुमाथि
नेपालबाहिर रहेका साहित्यकारमा रामकृष्ण एक्ला हुन। यिनी न्यायाधीश भएकाले
भानुभक्तको प्रतिवादीका रूपमा उभिएको मैले बुझेको छु। विद्वान् समालोचक रामकृष्ण
शर्मा आÇनो समलोचनामा यस्तो लेख्छन्। जसलाई मैले बुादागत रूपमा यहाा राख्ने
कोसिस गरेको छु:–
मैले भानुभक्तको विषयमा लेख्न थाल्दा एउटा मुख्य कुराले मेरो मनमा आसन
जमाएको थियो त्यो यही हो ज्गmबलष्कबतष्यल या न्यमक बलम मभषष्अबतष्यल या
जगmबल दभष्लन। देवतालाई मनुष्यत्व दिनु र मानिसलाई देवत्व दिनु हिन्दुहरूको
पूरानै खेल हो।
स्याहा स्रेस्ता बुझाउन नसक्ने भानुभक्तमाथि सरकारको अत्याचार मात्र देख्ने
कि भानुभक्तको भूल पनि खोज्ने यो बिचारणीय कुरो सााचो हो।
गजाधरकी घरबूढीको पक्षमा गरिएको वकालतले घरबूढी निर्दोष ठहर्छिन्।
किन्न पर्ने बन्दुक जस्तो हतियार लाज पचाएर याचक भएर माग्नुमा कविको
मानसिक दुर्बलता देखिन्छ।
भाटको रीसले घरको भाटोनै मिल्काउनुमा चाणक्यजस्ता रिसाहा प्रमाणित
हुन्छन्।
भाषाको प्रचार भानुभक्तको रामायणले गरेको होइन। बाहुन, क्षेत्री, कामी
दमाइहरूको बास बसाइले हो।
आÇनो जन्मोत्सव र जन्मस्व मनाउने साथै बाबुको श्राद्ध गर्न छाडेका वा
नसक्नेलाई भानुभक्तको जन्मोत्सव मनाउने प्रेरणा केले दियो ?
यसरी हेर्दा कयौं कुरामा भानुभक्तलाई यिनले मानेका छैनन्। भानुको फोटोमा
शङ्का गर्छन्। जन्मोत्सव मान्नु पर्दैन भन्छन्।
सुश्री निर्मला शाही एम. ए. बी.टी.
मेरो बासस्थान सुदूरपूर्व मेची किनार धुलाबारी झापाबाट भारतको यू.पी. प्रान्तको
रजस्थल (भानु विशेषाङ्क–२०७०)
उत्तराखण्ड अवस्थित देहरादुन धेरै टाढा पर्छ। आजभन्दा लगभग ४४ वर्ष पहिले हामी
नेपालीहरूमा शिक्षाको अवस्था कमजोर थियो। नारी जाति त झन पछाडि परेकै थिए।
यो अवस्थामा पनि सुश्री निर्मला शाही एम. ए. बी. टी. एक प्रकाण्ड विदुषी सशक्त
नारी हस्ताक्षरका रूपमा नेपाली समाजमा चर्चित नाम हो। साथै एक समालोचक पनि।
शाहीको नारीप्रति भानुभक्तीय दृष्टिकोण एक आलोचनात्मक दृष्टि लामो समालोचनाका
केही अंश मैले यो लेखमा राख्ने प्रयास गरेको छु:– ‘समयानुसार भानुले रामभक्ति गरे।
मर्यादा पुरूषोत्तम रामको गुणगानले नारी वर्ग पनि अवस्य गर्वित भए होलान् तर
भानुभक्तको अन्य कृतिहरूमा उनको नारी दृष्टिकोण सङ्कुचित र अनुदार छ।’
स्वास्थ्य विश्लेषकहरूले त हाास्नु स्वास्थ्यको लागि सर्वोत्तम औषधी मानेका
छन्। फेरि हाास्दैमा वेश्या नै भै हाल्ने कसरी ? के यो संसारमा वेश्यामात्र हाास्छन्
र ? त्यसो भए पुरूष हाासे के भन्ने ? कसैले भन्लान् यो युग (भानुभक्तीय समय) नै
सङ्कुचित थियो तर हाास्ने हक वैदिक युगदेखि नै मानिस मात्रले पाएको हो भने भानु
युग वैदिक युगभन्दा पहिलेको त होइन ?
भानुले नारीको मौलिक अधिकार हनन गरिदिएका छन्।
हाास्नु छैन कदापि नारीहरूले, वेश्या हुने हाास्दछन्।
यस् लोकमा परलोकमा सुख मिल्या सो हेर जान्छन् सति
स्त्री छाड्न सक्न्या सुखीमा गनिन्छन्।
प्रा. लक्खीदेवी सुन्दास एम. ए. एल.एल.वी.
चार दशक अघिदेखि समालोचनातर्फ कलम चलाउने प्रकाण्ड विदुषी नारी रत्न
लक्खीदेवी सुन्दासको नाम लिादा श्रद्धाले शिर निउरिन्छ। खरसाङ बंगाल निवासी नारी
प्रतिभा लक्खीदेवि सुन्दास हाल प्रा. डा. भई सकेकी छिन्। उनका कैयौं कृति सार्वजनिक
भइ सकेका छन्। ४० वर्ष अघि उनको भानुभक्त र नारी शीर्षकको समालोचना
छापिएको थियो। त्यही समालोचनाका १–२ हरफ यहाा राख्न चाहन्छु :–
नेपाली आदिकवि श्री भानुभक्त आचार्यलाई तुलनात्मक दृष्टिकोणले अंग्रेजी
साहित्यका युग प्रवर्तक चौसर र हिन्दी साहित्यका कवि तुलसीदासको दााजोमा राख्न
सकिन्छ।
हाम्रा आदिकवि भानुभक्तलाई नारीको आकर्षणले बााधेको छैन। नारीलाई
देखे तिनले आदर्शको रूपमा। तिनकी नारी कर्मले बााधिएकी छिन्, कर्तव्यले बााधिएकी
छिन् आदर्शको निम्ति नारी। तिनकी नारी ‘ट्रिममेन्ट’मा हामी पाउाछौं व्यावहारिकता।
ती दिन्छन् नारीलाई व्यावहारिक शिक्षा। त्यही शिक्षा हामी तिनको बधूशिक्षामा देख्छौं।
त्यही भावको जगेरा तिनका रामायण र अन्य फूटकर कवितामा पाउाछौं। हाम्रो पहाड
बस्तीमा परम्परादेखि चलिआएको नारीको पति र सासूससुराप्रतिको सेवा–त्यही नै
रजस्थल
नारीको धर्म र कर्तव्य। त्यही भाव पूर्णरूपेण जगेरा भएको छ तिनका कवितामा।
नेपाली साहित्यप्रेमी जनताको सामु बधूशिक्षा लेखिएको घटनाको उल्लेख गरी रहन
नपर्ला।
कवि (भानु को दृटिकोणमा नारीलाई मनोरञ्जनको वस्तु अथवा नारी हेय
वस्तु देख्दैनौं तर देख्छौं त्याग, सेवा र आदर्शका रूपमा नारी घरकी लक्षिणकी बत्ती
नारी।
दार्जिलिङ–बंगाल निवासी कमला साँङ्कृत्यायन एम.ए.
साहित्य रत्न, ऐतिहासिक युगपुरूष राहुल सााङ्कृत्यायनकी तेइस वटी पत्नीमध्ये
एक नेपाली धर्मपत्नी हुन कमला सााङ्कृतानयन। उनको भानुभक्तका कृति शीर्षकको
खोजमूलक लेख आजभन्दा ४६ वर्ष अघि सुस्केरा भानुभक्त बिशेषाङ्कमा छापिएको
थियो। त्यसैको सानो अंश राखेको छु:– ‘भानुभक्तले ज्यादै प्रसिद्ध ग्रन्थचााहि लेखेनन्।
उनको सबभन्दा ठूलो रचना रामायण हो यसले नेपाली साहित्यमा उच्च स्थान प्राप्त
गरेको छ। उनी आशुकवि र निर्भीक थिए। कुनै बिचित्र घटना उनका अगाडि घट्ने
बित्तिकै पद्यमा लेखिहाल्थे। आचार्य बाबुरामले त्यस्ता केही पद्यहरू जम्मा गर्नुभएको
छ। तर नि:सन्देह उनी तिनीभन्दा धेरै हुनुपर्छ।’
आजभन्दा ६५ वर्ष अघि लेखिएको समालोचनात्मक ग्रन्थ ‘आदिकवि भानुभक्त
आचार्य’ मैले पढ्ने मौका पाएको थिएा। यस ग्रन्थका लेखक दार्जिलिङ, बंगाल भारतका
धन्यवादका पात्र छन् यस ग्रन्थले आदिकविलाई ब्युाझाउने काम गरेको छ।
कृष्णप्रसाद ज्ञवाली
भारतको भारती पुस्तकालयमा बडाबजार–सिलाङ २ मेघालयबाट चार दशक
अगाडि कृष्णप्रसाद ज्ञवालीले भानुको व्यक्तित्व र विशेषता शीर्षकमा गहन र लामो
लेख लेखेका छन्। त्यो लेखको सानो अंश यहाा प्रस्तुत छ:–कसैले भानुभक्तलाई महान
हुन् भनेर मलाई प्रश्न गर्छ भने यताउता नसोचीकन भानुभक्त जनताका कवि भएकाले
महान हुन् भनेर सबैलाई सोझो उत्तर दिन्छु। सङ्क्षेपमा भानुभक्तको व्यक्तित्व ठीक
नेपाली जातित्व जस्तै थियो। अनि नेपाली जातित्व भानुभक्तका व्यक्तित्व जस्तै बन्नु
पर्छ। यो नै हामी नेपालीहरूको उज्ज्वल परम्परा र उच्च संस्कृतिको पृष्ठभूमि हो।
नेपाल बाहिर आदिकवि भानुभक्त आचार्यका नाममा बनेका संघसंस्थाहरू
आदिकवि भानुभक्तको पहिलो सालिक आजभन्दा ६५ वर्ष पहिले दार्जिलिङको
चौरास्तामा १७ जुन १९४९ मा स्थापित भएको थियो। सालिक बनाउन १५ अगस्त
रजस्थल (भानु विशेषाङ्क–२०७०)
१९४७ मा नेपाली साहित्य सम्मेलन दार्जिलिङले अभियान सुरू गरेको थियो। यो
महत्वपूर्ण ऐतिहासिक अभियानका कर्ता हुनुहुन्थ्यो सूर्यविक्रम ज्ञवाली मुख्य र साथ दिने
पारसमणि प्रधान, मोतिचन्द्र प्रधान, नन्दध्वज राई, इन्द्र सुन्दास।
आदिकवि भानुभक्तको दोस्रो सालिक १९६७मा भानु साहित्य अध्ययन
समितिद्वारा कालिम्पोङ शहरमा भानु प्रतिमाको नामबाट स्थापना गरिएको थियो।
यसपछिमात्र नेपाल ब्युाझिएर रानीपोखरी छेउमा वि.सं. २०१६मा भानुको सालिक
स्थापना गरेको पाइन्छ।
आजभन्दा १७ वर्ष अगाडि बंगालको सिलिगुढी शहरमा रेलवे स्टेशनपूर्व
आदिकवि भानुभक्तको अत्यन्त आकर्षक सालिक निर्माण गरिएको छ।
३ वर्ष अगाडि सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङको अगुवाइमा राजधानी
गान्तोकमा अहिलेसम्मकै सबैभन्दा ठूलो पूर्णकदको आदिकवि भानुभक्तको सालिक
निर्माण गरिएको छ।
नेपाल बाहिर भानुका नाममा कहाा के भए ? धेरै वर्ष पहिलेको इतिहास यसरी
बोल्छ :–
भानु पुस्तकालय, धानखेती, सिलाङ, मेघालय
भानु पुस्तकालय, माझ गाउा, बिहाली, दरंग, आसाम
भानु संघ, रहघल, नौगाउा, आसाम
भानु पुस्तकालय, नौगाउा आसाम
भानु पुस्तकालय, अमलीघाट, नौगाउा आसाम
भानु स्मृति संघ, गौहाटी आसाम
भानु पाठशाला, सिलिगुढी, दार्जिलिङ
भानु पुस्तकालय, भुराल, आसाम
यसरी खोज्दा भानुका नाउामा धेरै संघसंस्था पाइने छन्।
भानु जयन्ती कसरी मनाइन्छ ?
नेपाली साहित्य सम्मेलन, दार्जिलिङले सर्व प्रथम जातीय चाड पर्वको रूपमा
भानुजयन्ती धुमधामले मनाउन सुरू गरेको हो।
सिक्किममा भानु–जयन्ती राष्ट्रिय चाडपर्वका नाउामा सरकारी बिदा दिईन्छ
र त्यो दिन घरघरबाट सबैले दौरा, सुरूवाल, टोपी अनिवार्य रूपमा लगाउने परम्परा
छ। सबैले भानु जयन्ती मनाउने गर्छन्।
कालिम्पोङ, खरसाङ, डुवर्स, आसामको गौहाटी, तेजपूर, मेघालय, सिलाङ
त्यसै गरी कोलकता, त्यहाा रहेको ‘त्रिशुली’ नेपालीहरूको सामाजिक साास्कृतिक
सङ्गठनको तत्वावधानमा भानुजयन्ती धुमधाम मनाउने गरेको पाइन्छ।
रजस्थल
मणिपूर, ऐजल, नागाल्याण्ड, त्रिपूरा, अपर आसामको डिबुगढ, तीन सुकिया,
डिगबोइ, रहधला, सोलोङ, दरभङ्गा, जानपुर, सिग्री, गोलिया, कमलपोखरी, विहाली,
बटियाभारी, रौता, ओदाल, गुडी आदि सर्वत्र भानुजयन्ती मनाईन्छ।
बम्बई, देहरादुन, बनारस, भुटान, मलाया, सिंगापुर, बर्मा यसै भनौं
भानुजयन्ती सबै नेपाली बस्तीहरूमा चाडपर्वका रूपमा मनाइने गर्छ। तर हिजोआज
नेपालमा भानुजयन्तीमा बिदासम्म दिइन्न।
नेपाल भित्रका केही अग्रज साहित्यकारका
दृष्टिमा आदिकवि भानुभक्त
युवाकवि मोतीराम भट्ट
राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्ट जसको अथक खोज प्रयासबाट भानुभक्त
आचार्य आदिकवि बन्न पुगे, तिनै महान् प्रतिभा मोतीराम भट्टको दृष्टिमा भानुभक्त
आचार्य :–
“कवि भानुभक्त आचार्य सहज कवि थिये। अर्काका करमा कैल्है पनी बसेनन् यै
कारणले जागीर ठूलो नामको इच्छासम्म राखेनन्। आÇना मनोमानसित चित्त प्रशन्न
भयाका बखत् कविता गर्दथे। निज कवि भानुभक्ताचार्यका परममित्र श्रीयुत सुब्बा
धम्र्मदत्त ज्योतिषीका मुखजबानी मैले सुनेको छू कि कवि भानुभक्त एक दिनमा ६०
श्लोक शार्दूलविक्रीडित छन्दमा बनाउन सक्दथे। रामायण युद्धकाण्ड बनाउादा १ दिन
कवि भानुभक्तले ६० श्लोक शार्दूल वृत्तमा बनाएका छन् अर्थात् १४२ १/२ ग्रन्थका
बराबर कविता बनाए। निज कविले कविता गर्नुपर्दा प्रथम आधा घडीको अन्दाज विचार
गर्दथे। वहांपछि कलम् थाम्नुपर्दैनथ्यो। ई कविका पद्य र गद्य एकनास हुंथे जो अजतक्
कवितामा प्रत्यक्षै देखिन्छ। कविको भनाइको छांट कवितामा चौपट्ट देखिन्छ। जस्तासुकै
पद हुन् कविले राख्न आाटे भने नराखी छोड्दैन्थे”–भानुभक्तको जीवनीबाट
युवाकवि मोतीरामले सर्वप्रथम सं १९४८मा किटानका साथ भानुभक्तलाई
आदिकवि घोषित गरे। मोतीराम भट्टले यस्तो लेखेका छन् :– “... गोर्खा भाषामा हुन
त धेरै नामका कवि भानुभक्त भन्दा पैल्है भए तर कविताको मर्म जानी भाषा पद्य लेख्ने
कविहरूमा आदिकवि भानुभक्त हुन्”।
नाटककार बालकृष्ण सम
नेपाली भाषाका महान नाटककार बालकृष्ण सम २०२८ श्रावण १२ मा ज्ञानेश्वर
काठमाण्डौंमा बसी लेख्छन्:– हाम्रो पााच युग परिवर्तन भयो १) महर्षि दीर्घतमा २)
आदिकवि वाल्मीकि, ३) महाकवि कालिदास ४) आदिकवि भानुभक्त ५) कवि शिरोमणि
लेखनाथ।
रजस्थल (भानु विशेषाङ्क–२०७०)
भानुभक्त साहित्यको भाषा विद्वान् समूहको मात्र नभई जनतामा ओर्लन्छ। ‘लोक्को
गरूा हित् भनी’ भनेर हाम्रो भाषाका आदिकवि भानुभक्त अघि सर्छन्। वाल्मीकिले
संस्कृतमा पूर्ण महाकाव्य रामायण लेखेजस्तै भानुभक्त नेपाली भाषामा सर्वप्रथम पूर्ण
महाकाव्य रामायण लेख्छन्। तसर्थ हाम्रा आदिकवि भानुभक्तले हाम्रो देशमा युग
परिवर्तन ल्याए। उनको प्रेरणाले नेपाल नयाा बन्यो।
महाकवि लक्ष्मीप्रसाद देवकोटा
महाकवि देवकोटा लक्ष्मी निबन्ध संग्रहमा लेख्छन्:– उनमा (भानुमा) नेपाली
साहित्य उत्पत्ति स्वदेशी डोको र घााससाग सम्बन्ध राख्दछ। भानुभक्तले दुंङ्गाको
तकियामा सुतेर ब्युझादा फूलको हृदय भेटाए। घाासीमा उनको परमेश्वर बोल्यो, सच्चा
नेपाली हृदयलाई ब्युाझाइदियो र सुन्दर देशमा बोलाएर लग्यो।
राष्ट्रकवि माधवप्रसाद घिमिरे
आजभन्दा ४४ वर्षअघि साहित्यमा तपस्यारत राष्ट्रकवि लैनचौर काठमाण्डौंमा
बसेर भानु सम्बन्धी लेख्छन्:– भानुभक्तले जुन वेला रामायण लेखे, त्यस वेला नेपाली
व्याकरणसमेत लेखिएको थिएन। भाषाभित्र केही सहज नियम हुन्छन्। हाम्रो नेपाली
भाषाभित्र यौटा यस्तो नियम छ जो कुनै व्याकरणमा लेखिएको छैन। त्यस नियमअनुसार
कालवाचक शब्दमा ‘देखि’ प्रत्यय लाग्छ ‘बाट’ प्रत्यय लाग्दैन। कुनै गाउालेले ‘हिजोबाट
पानी पर्न लाग्यो’ भन्योभने ऊ हाास्छ। हिजोदेखि पानी पर्न लाग्यो भन्नु पर्छ भन्ने उस्को
भित्री चेत छ। यही जनमानसमा रहेका यस्तै नियमलाई हामी नेपाली प्राकृत व्याकरण
भन्न सक्छौं। भानुभक्त संस्कृतका ज्ञाता हुादाहुादै पनि संस्कृत रामायण अनुसार आÇनो
रामायण लेख्दैनन्। उनी आÇनो नेपालीपनतिर सचेत आÇनै मनसित सोधेर लेख्छन्,
नेपाली प्राकृत व्याकरण अनुसार लेख्छन्।
भानुले हाम्रो भाषालाई आÇनै कानले सुनेका छन् र यो भाषाको श्रुतिमधुरतामा
उनी मुग्ध छन्। आजभोलि लेखिने लोकलयका गीतमा भानुको यही संगीतमय भाषा
पाइन्छ जहाा व्याकरणले पनि आÇनो कर्कश रूप छोडेर उखान टुक्कामा जस्तै सङ्क्षिप्त,
सुन्दर र अति सुकोमल रूप लिएको हुन्छ।
मोहनराज शर्मा
वरिष्ठ साहित्यकार मोहनराज शर्माले मेची महाविद्यालय भद्रपुरमा हुादै २०२६
सालमा भानुका बारेमा यस्तो लेखेका छन् :– कविका रूपमा देखिने पहिलो व्यक्तित्व
भानुभक्त नै हुन्। अत: उनलाई नै आदिकवि मान्नुपर्छ। रामायण अनुवाद भए पनि शैली
छ, मिठास छ, आÇनो भाषा छ, लोकको हित गर्ने लक्ष्य छ। उनका फुटकर कविताले
उनको कवि व्यक्तित्वलाई झन प्रस्ट पारेको छ।
जगदीशचन्द्र रेग्मी
रजस्थल
आÇनो जुगका जाज्वल्यमान बुद्धिजीवी कविका रूपमा भानुभक्तको उपलब्धि
त्यति मात्र हैन। आदिकविमा हुनुपर्ने बहुमुखी अभिव्यक्तिमा सामाजिक जीवन र त्यसको
अनुशासन, देशको प्रशासन पट्टि आलोचनात्मक दृष्टि बाहेक राष्ट्रिय भावना पनि
भानुले व्यक्त गरेका थिए। नेपाल राज्यको राजधानीको तारीफ गरी लेखिएको उनको
कविताले यो कुरो प्रष्ट्याएको छ। अनि यो कवितामा उनी राजधानीको गौरवका
रूपमा सामान्य रैतीलाई लिन्छन् तर उनी कतै पनि राजा, राजदरबार र प्रधानमन्त्रीको
उल्लेखसम्म गर्दैनन्। वास्तविक कुरो त के हो भने इतिहासमा पहिलोपल्ट नेपाली
साहित्य राजकीय आश्रयबाट मुक्त भएको थियो। यस मुक्तिका जन्मदाता गाउाले र
टाकनटुकन गरी हातमुख जोर्ने सामान्य आर्थिक थितिका भानु थिए अनि सर्वसम्मतिले
यिनी आदिकवि मानिइ आएका छन्। आदि कवि भानुभक्त नेपाली रैतीका वास्तविक
प्रतिनिधि देखिन्छन्। (१८ भदौ २०२८)
प्रा. डा. बासुदेव त्रिपाठी
‘भानुभक्तको कवित्व : आÇनै प्रश्न र आÇनै उत्तर’ शीर्षकको लामो समालोचनामा
४२ वर्षअघि त्रिपाठी लेख्छन् :– भानुको शब्दशय्या भाषाको ओजस्विता, गम्भीरता र
कमनीयताको नमूना बन्न गएको छ। सन्दर्भ अनुसार उनी भाषाको शैली नजानिादो
ढंगले बदल्न सिपालु छन् र सजीव सशक्त भाषा प्रयोग गर्न खप्पीस देखिन्छन्।
भानुभक्त भावावेग र सौन्दर्य उन्मादका कवि होइनन्।
गोविन्द भट्ट
नेपाली भाषा साहित्यका वरिष्ठ समालोचक, प्रखर बौद्धिक तथा दार्शनिक व्यक्तित्व
गोविन्द भट्टले आजभन्दा करिव ४५ वर्ष पहिले लेखेको भानुभक्त र आजको नेपाल
शीर्षकको लामो समालोचनाका केही अंश :–
१) वि.सं. १९०३ मा जंगबहादुरले खडा गरेको एकतन्त्री सामन्ती साशन पछि
गएर केही अम्शमा २००७ सालको पाूजीवादी प्रजातान्त्रिक क्रान्तिबाट हट्न गयो
तर राष्ट्रिय स्तरमा नै भानुभक्तको रामायणले जन्माएको सामन्तवादी–परम्परावादी
संस्कृतिको कठोर नियन्त्रणबाट भने अझै नेपाली हृदय मुक्त हुन सकेको छैन।
२) भाषा वा शैली फेर्दैमा कोही प्रगतिशील वा पण्डित वादको बिरोधी भै
हाल्दैन। मुख्य वस्तु त उसको विषयवस्तु वा दर्शन पक्ष नै हुन्छ। नेपाली रामायण,
भक्तमाला र बधूशिक्षाले नेपाली समाजमा ल्याएको भयंकर मानसिक, साास्कृतिक क्षति
तथा दुष्परिणामहरू तथा विशेष गरी तल्ला वर्गका बीच नेपाली रामायणले फिाजाएको
भक्तिवादलाई देख्दा कहिलेकााही त कतिसम्म नरमाइलो लाग्न थाल्छ भने इनै आदर्शवादी
रचनाहरू नै व्यापक स्तरमा फिाजाउनुका लागि नेपाली साहित्य समात्नु थियो भने बरू
भानुभक्तले दुरूह र क्लिष्ट संस्कृत नै लेखेको भए धेरै वेस हुन्थ्यो होला। निस्क्रिय र
रजस्थल (भानु विशेषाङ्क–२०७०)
आत्मसमर्पणवादी बनाउने वेदान्ती विचारहरूको बिखालु प्रभावबाट बिचरा सर्वसाधरण
जनता त जोगिन्थे।
३) समालोचनाको अन्त्यतिर भट्ट भानुका केही सकारात्मक पक्षहरू लेख्न
पुग्छन्:–
क) नेपालको दीर्घसूत्री नोकरशाही प्रशासनको ढिलासुस्ती र भ्रष्टचारका उनी
(भानु प्रथम निर्भीक आलोचक हुन्। आज पनि भोलिको आश्वासनबाट दिक्क भैसकेका
नेपालीहरूको मुखमुखमा ‘बिन्ती डिठ्ठा बिचारीसित म कति गरूा’ भन्ने कविता कण्ठस्थ
भएर झुण्डिएको छ। आजका अल्छी कर्मचारी र फटाहा हाकिमहरू अनि नेपालका
छट्टु मन्त्री र नेताहरूले आ–आÇनो कोठामा भानुभक्तको तस्बिर झुण्डाएर पनि अझै
भोलि–भोलि भनेर सर्वसाधारण नेपाली जनतालाई दु:ख दिनु र उल्लु बनाउन छोडेका
छैनन् र भानुभक्तको त्यो कविता यत्तिका वर्षपछि पनि झन् झन् ताजा र नौलो हुादै
जाादो छ। भानुभक्तको पालाको ‘भोलि’ आज १५० वर्षपछि पनि ‘आज नगद भोलि
उधार’ झैं जस्ताको तस्तै छ।
ख) कृष्णभक्ति र शृङ्गाररसमा नै बढी अल्मलिएको अनि भारतीय भाषाहरूको
नक्कल गरेर फाट्टफुट्ट कविताहरू रचिने युगमा पूर्णत ठेट नेपाली भाषा र उखान
टुक्काहरूका आधारमा नै महाकाव्य र काव्यहरू रचेर देववाणीको ठाउामा जनवाणीलाई
मान्यता प्रदान गर्ने उनको आाटिलो कामले नेपाली बौद्धिक जगतभित्र सर्वथा नयाा क्षितिज
उघारी दिएको हो। तुलनात्मक रूपबाट रसिक कृष्णलाई भन्दा व्यवहारवादी रामलाई
नै आÇनो साहित्यको प्रमुख पात्र छान्ने उनको प्रवृत्तिबाट पनि साहित्य साहित्यका
लागि मात्र नभएर जीवनका लागि हो भन्ने सिद्धान्तका उनी अनुयायी हुन् भन्ने अर्थ
निकाल्न सकिन्छ।
प्रा. शिवगोपाल रिसाल
प्रा. रिसालले रामशाह पथ, काठमाण्डौमा २०२७।०४।३।७ का दिन रामकथाका
गायक आदिकवि भानुभक्त आचार्य शीर्षकमा अत्यन्त प्रभावशाली समालोचना लेखेका
छन्। जसका केही हरफ यस प्रकार छन्:– ‘सरस्वतीका वरदपुत्र भानुले नयाा युगको
सिर्जना गरे, ज्ञानामृतको पान गरे गराए–नेपाली मुटुको माझमा बसेर। यस्तो विषयमा
काव्य निर्माण गरे जसको शाश्वत सार्वभौम, सर्वकालीन, महनीय महिमा छ। यिनी
शान्तिका पुजारी, धर्मका भकारी, भाषाका अवतार र प्रेममा अत्यन्त उदार थिए। ’
भानु उदाए– ‘लोक्को गरूा हित् भनी’। नेपालको पश्चिमी क्षितिजबाट व्यासले
अर्को अवतार लिए, वाल्मीकिले ज्ञानको कुवाबाट चिहाए, तुलसीदासले नेपाली भाका
फेरे। विधवा क्रौञ्चपन्छीको कवि जागे झैं, आÇनै अर्धाङ्गिनीको भत्र्सनाले तुलसीदासको
भक्त बौर्िहए झैं घाासीको लोकोपकारकारी मुटुको बहले भानुभक्तको आध्यात्म दर्शनको
रजस्थल
धारा वर्षियो। भानुलाई खोर (कुमारी चोक) ले जीवन मुक्त बन्न प्रेरणा गर्यो– उनले
रामायणलाई ज्ञानको साधन बनाए। उपिायाले उनलाई उफार्यो, लामखुट्टेले नचायो।
उनले दु:खमा सुख देखे, आासुमा पनि हाासे, जीवनको यथार्थ मर्म बुझे। जागिरमा
मात्तिएनन्, थुनिादा पनि आत्तिएनन्, खोरले भानुलाई भक्त बनायो, घाासीले कवि बनायो,
भक्त कविलाई ज्ञानमा पुर्यायो। उनले बालेको काव्यको दियोले आज नेपाली जगत नै
आलोकित भएको छ र उनको रामायण कहिल्यै ननिभ्ने अग्निशिखा हो अनि ह्दयलाई
सदासर्वदा शीतल पार्ने इन्द्र ज्योत्स्ना हो।
भानुको रामायणमा सर्वकालिक सर्वदेशीय र सर्वजातीय भावना पाइन्छ, के
बाहुन, के क्षेत्री, के तामाङ, के लिम्बु, के गुरूङ, के नेवार अनि हिमाल, तिब्बत, भारत,
पाकिस्तान, लंका, मलाया, सिंगापुर, फिजीसम्म पनि सबैको लागि रामायण प्यारो
बन्यो। त्यसैले रामायण सबैको हो। पृथ्वीनारायण शाहको मीठो सपना भानुले पूरा
गरे। जातीय एकता, भावनात्मक मिलन, धार्मिक सहिष्णुता, भाषात्मक सङ्गठन, राष्ट्रिय
जागरण आदिको लागि पृथ्वीभन्दा पनि बढी महिमा भानुको देखिन्छ।
भानु रसिक, शृङ्गारी, भावुक, स्पष्टवादी, हास्यौला, ढट्यौला, रसिला, मिजासिला,
फरासिला र सुकिला कवि थिए। उनलाई कसैको डर थिएन। आÇनो आत्माले देखेको
कुरा लेख्न हिच्किचाउादैनथे। राम कथाका गायक भानुले आÇनो रामायणलाई नेपाली
आत्माको अभिव्यक्ति, नेपाली समाजको प्रतिबिम्ब, नेपालीको सर्वस्व मानेका छन्।
भानुका परमात्मा, अद्वैत, परिपूर्ण, अखण्ड, ब्रÞमस्वरूप हुन्।
आÇना आराध्यदेव भगवान रामलाई आदिकविले राजा भनेर आदर्श पुत्र, पति,
मित्र आदि भनेर चिनाउन चाहेनन्, किन्तु उनका राम साक्षात् परब्रÞम नै हुन् र उनको
रामकथा पनि उही निर्गुण परमात्माको गुणानुवाद, बयान र अनुसन्धान हो। यसैमा
रामकथा गायक आदिकवि भानुभक्त आचार्यले शाश्वत शान्ति पाए–रामलाई आत्मसात
गरे। राममय बने।
भानुभक्तीय रामायणमा नेपाली आत्माको पुकार छ, नेपाली जिब्रोको बोली छ,
नेपाली हृदयको छाप छ।
बालकृष्ण पोखरेल
प्रकाण्ड भाषाविद् बालकृष्ण पोखरेल–उनको भानुभक्तीय रचनामा पाईने भाषागत
वैशिष्ट्य समालोचनामा लेख्छन्:– भानुभक्तको भाषाबारे उद्गार पोखेर मात्रै हामीलाई
भएको छैन। अब आइपुगेको छ भानुभक्तीय कोश तथा व्याकरण निर्माण गर्ने समय।
त्यो व्याकरण एवं कोश नै पछि गएर उन्नाईसौं शताब्दीको साहित्यिक भाषालाई जान्ने
आधार हुने छ। त्यसका साथै अठारौं, सत्रौं गर्दै तलबाट आउने कुम्भै राना, त्यतैबाट
आउने अठौती मल्ल अनि माथिबाट आउने च्यापाजिउ हिमजिउका पालाको नेपाली
रजस्थल (भानु विशेषाङ्क–२०७०)
भाषासम्म नपुगी हाम्रो भाषाको राम्रो प्रतिष्ठा हुने छैन :–
मालथली थरूवाले ज्योति हाल्या बल्ल
ताहीं जन्मि उठ्यो अठौली मल्ल।।
(यो समलोचना लगभग ४५–५० वर्ष अघिको हो।।)
अन्य केही साहित्यकारका धेरै वर्षअघि व्यक्त धारणाहरू
क) भानुभक्तभन्दा अघि वर्तमान नेपाली भाषा केवल खस कुरा थियो, नेपाली
भाषालाई ल्याएको श्रेय त भानुभक्तलाई नै छ। हृदयचन्द्र सिाह प्रधानको नेपाली काव्य
र उसका प्रतिनिधि कवि–पृष्ठ २८ बाट
ख) आग्रेजी साहित्यको जग स्थापित गर्ने चौसरको जो स्थान छ, कवि भानुभक्तको
हाम्रो भाषा र साहित्यमा त्यही स्थान हुनुपर्छ।
(रूप नारायण सिाह, भारती वर्ष १ अङ्क ३)
ग) सरस, सरल, सुन्दर र सुकोमल अभिव्यञ्जना भानुभक्तको काव्यात्मक गुण
हो।
(अगमसिाह गिरीको भानुभक्तका कृति/अध्ययन पुस्तकको पेज नं. ८८)
घ) यत्तिका लालित्य र सरलता यिनका समकालीन रघुनाथ पोखर्याल आदिका
कवितामा पाईादैन। भानुभक्त परलोक भएको करिब चालिस वर्षपछि माधवीमा प्रकाशित
भएका पण्डित लेखनाथ पौड्यालका कवितामा मात्र फेरि त्यस किसिमको लालित्य र
सरलता देख्न पाउाछौं। (बाबुराम आचार्यको पुराना कवि र कविताबाट।)
ङ) यिनको (भानुको रचना प्रणाली अत्यन्त सरल र आकर्षक छ, काव्यमा
(कवितामा) रहनुपर्ने प्रसाद, अर्थामि, ओजक्रान्ति, समाधि प्रभृति गुण र रसाभिव्यक्ति
समेत यिनका काव्यमा यत्रतत्र व्याप्त छन्।
(कुलचन्द्र गौतम–भानुभक्त स्मारक ग्रन्थ पृष्ठ १६ दार्जिलिङबाट सं. १९९७।)
च) संस्कृतको परम्परालाई वास्ता नगरी सर्वसाधारणले समेत बुझ्ने ढङ्गले
भाषामा लयबद्ध गरी भाषालाई साहित्यिक परिधान दिने श्रेय भानुभक्तलाई छ।
(यज्ञराज सत्यालको नेपाली साहित्यको भूमिका, पृष्ठ २९–२०१७ बाट।)
छ) भानुभक्तले चौसरले झैं उच्चस्तरीय समाजमा प्रचलित शाही–देशी भाषा
९प्ष्लनकु भ्लनष्किज० लाई प्रधानता अपनाएनन्। उनको भाषामा उनको ‘रम्घा’
ज्यादै मुखरित छ। यसले ठूलो लाभ गर्यो। उनका पूर्वजहरू दरबारी प्रचलनमा
स्वभावत: चलेका हिन्दी, अरबी, फारसीपनको भुमरीमा जसरी परेका छन्, त्यसबाट
उम्कने वृत्ति भानुभक्तमा देखिने छ, त्यसको विपरीत ... जातीयता र सभ्यताको जुन
सम्मिश्रण आजसम्म हाम्रो राष्ट्रिय जीवनमा हुादै आएको थियो त्यसको अस्वभाविक
रजस्थल
उपेक्षा भानुभक्त वा अरू कुनै कविबाट हुन सक्दैनथ्यो। यसकारण उनमा पनि भाषामा
सामान्यत: प्रचलित अरबी, फारसी र हिन्दीका शब्द आएका छन्, चाहे ती पुराना
कविहरूलाई हेरी कम्ती मात्रामै किन नहोउन्।
(बालचन्द्र शर्मा, साझा समालोचना, पृष्ठ ६७–६८ बाट २०२५)
ज) कवि भानुभक्तभन्दा अगाडि एकाध जनाले नेपालीमा श्लोकहरू लेखेका छन्।
तर एउटा गौथली आउादैमा ग्रीष्म ऋतु आउादैन भन्ने अग्रेजी उखान जस्तै थोरबहुत छन्द
बनाउादैमा कवि भन्न सकिन्न। (मृगेन्द्र शमशेर–कवि भानुभक्ताचार्य)
झ) यो सरल रामायणले नेपाली साहित्य भण्डारलाई धनी मात्र बनाएन कि
घरघरमा घुस्न गई सबैको दिलमा श्लोक र कवितातर्फ रुचि गराई नेपाली भाषाको
पूरा प्रचार गरायो।
(ब्रÞम शमशेर–भानुभक्त स्मारक ग्रन्थ पेज नं. ८, सं. १९९७ दार्जिलिङ।)
नेपालभित्र आदिकवि भानुभक्त आचार्यका नाउँमा बनिएका नयाँ,
पुराना सालिक, साँस्कृतिक, शैक्षिक संघ संस्थाको सङ्क्षिप्त विवरण।
वि.सं. २०१६ सालमा काठमाण्डौंको रानीपोखरी पश्चिम पहिलेको दरबार
स्कुल हाल भानु उ.मा.वि.को पूर्वआागनमा त्यसवेलाको भानुजयन्ती समारोह समितिद्वारा
आदिकवि भानुको नेपालकै पहिलो सालिक स्थापित गरिएको थियो।
भानुको दोस्रो सालिक झापा जिल्लाको भद्रपुरमा डा. ऋषिकेश उपाध्याय,
भवानी घिमिरे, एस.एल. शर्मा, गङ्गाधर उपाध्याय, स्वयम्भूलाल श्रेष्ठ, वसन्तकुमार
खड्काको प्रयासमा नाटककार बालकृष्ण समद्वारा २०२५ श्रावण ७ गते भव्यताका साथ
अनावरण गरिएको पाइन्छ।
सुनसरी जिल्ला धरान नगरमा २०३३ असार २९ गते महानन्द सापकोटाबाट
सिलान्यास, २०३४ चैत्र ३ गते तत्कालीन प्रधानमन्त्री कीर्तिनीधि बिष्टबाट अनावरण
भएको अर्धकदको सालिक भव्यरूपमा सजाएर राखिएको त्यो ठाउा भानुचोकको नामले
चिनिन्छ।
झापाको मेचीनगर नगरपालिका, मेची नदीकिनार पश्चिम कााकरभिट्टा
शहरको दक्षिण कााकरभिट्टा क्याम्पसको बीच भागमा नेपालकै सबैभन्दा ठूलो, अग्लो,
पूर्णकदको सालिक भव्य रूपमा २०६२ असार २९ गते राष्ट्रकवि माधवप्रसाद घिमिरेको
हातबाट अनावरण गरिएको छ। प्रवेशद्वारमा नेपालको गौरव कायम रहने गरी कलाकृति
शहीद प्रवेशद्वारको व्यवस्था भएको छ।
आदिकविको नाउामा ‘भानु साहित्यिक प्रतिष्ठान’ नामको संस्था निर्माणका
साथै लगभग २० लाखको अक्षयकोष खडा गरी वर्षदिनमा १ जना बरिष्ठ साहित्यकारलाई
एकलाख र स्थानीय साहित्यकारलाई १० हजारको पुरस्कार दिने व्यवस्था गरेको छ।
रजस्थल (भानु विशेषाङ्क–२०७०)
यसै गरी देशभित्र बिभिन्न ठाउामा सालिक राख्ने काम भएको छ।
भानुभक्तका नाउँमा खोलिएका पुराना समयका संस्थाहरू
भानु माध्यमिक विद्यालय, रानीपोखरी, काठमाण्डौं
भानु मोरङ साास्कृतिक संघ, बिराटनगर
भानु हाईस्कुल, बन्दीपुर, गण्डकी अञ्चल
भानु वाचनालय, लाहान, सगरमाथा अञ्चल
भानु पुस्तकालय, दिक्तेल, मझुवा, सगरमाथा अञ्चल
भानुभक्त मेमोरिएल इङ्ग्लिस स्कुल, पानीपोखरी, काठमाण्डौं
भानु माध्यमिक विद्यालय, चुादीबेंसी तनहुा, गण्डकी अञ्चल
भानु पुस्तकालय तथा संग्रालय तनहुा, गण्डकी अञ्चल
भानु नमुना प्राथमिक पुस्तकालय, खराङ, कोशी अञ्चल
भानु हाईस्कुल, ताप्लेजुङ, मेची अञ्चल
भानुभक्त हाईस्कुल, मंगलबारे, इलाम, मेची अञ्चल
भानु माध्यमिक विद्यालय, बेजडीचौर, सुर्खेत, भेरी अञ्चल
भानु निम्न माध्यमिक विद्यालय, धनकुटा, कोशी अञ्चल
भानु निम्न माध्यमिक विद्यालय, रत्नचोक, म्याग्दी, धौलागिरि अञ्चल
भानु विद्याश्रम, गुल्मी, लुम्बिनी अञ्चल
भानु निम्न माध्यमिक विद्यालय, सल्यान, राप्ती अञ्चल
भानु मिडिल स्कुल, दैलेख, भेरी अञ्चल
भानु मिडिल स्कुल, सीता बजेरी चौर, दैलेख, भेरी अञ्चल
भानु मिडिल स्कुल, सुर्खेत, भेरी अञ्चल
भानु मिडिल स्कुल, कञ्चनपुर, महाकाली अञ्चल
भानु प्राईमरी स्कुल, कैदरे, भदौरे, आठराई कोशी अञ्चल
भानु प्राथमिक स्कुल, लेवा, सोलुखुम्बु, सगरमाथा अञ्चल
भानु रा.प्र. स्कुल, सैसम ओखलढुङ्गा, सगरमाथा अञ्चल
भानु विद्यालय प्रा.स्कुल, भैंसे भट्टेडााडा, ललितपुर,
भानु प्रा. स्कुल, स्वरा गोर्खा, गण्डकी अञ्चल
भानु प्रा. स्कुल, इल, डोल्पा, धौलागिरि अञ्चल
झापामा खोलिएका भानुका नाउँका विद्यालयहरू
भानु उच्च माध्यमिक विद्यालय, २०१४ बाहुन्डाागी, झापा
भानु उच्च मा.वि., लालझोडा, शिवगञ्ज, झापा
भानु प्रा.वि., भद्रपुर –६, झापा
रजस्थल
भानु नि.मा.वि. धाइजन–८, झापा
भानु नि.मा.वि., घैलाडुब्बा, झापा
भानुभक्त प्रा.वि., टागनडुब्बा, झापा २०१८
भानुभक्त उच्च मा.वि. गल्याङ, स्याङ्जा
भानुभक्त मा.वि. कुवाकोट, स्याङ्जा
भानुभक्त आवासीय मा.वि., पोखरा
नेपालभित्र धेरै विद्यालय, सहकारी, गाउा, टोलका नाम पनि भानुका नामबाट
राखिएका छन्।
सारांशमा आदिकवि भानुभक्त आचार्य
भानुभक्तको जन्म रम्घाको शिखर कटेरी (हाल धर्मशाला) तनहुामा २९ असार
१८७१मा आमा धर्मवती र पिता धनञ्जय आचार्यबाट भएको थियो। भानुभक्त नाम
हुनुमा केही नयाा प्रशंग जोडिन आएको पाइन्छ। धनञ्जयको धेरै वर्षसम्म सन्तान
नभएकाले सन्तान प्राप्तिका लागि उनले १० वर्ष सूर्य उपासना गरे। १० वर्षको
उपासनापछि ४० वर्षको उमेरमा धनञ्जयलाई पुत्र प्राप्त भयो। तसर्थ खर्दार धनञ्जयले
छोराको नाम भानुभक्त लगाएका थिए भन्ने कुरा आएका छन्। भानुभक्तमा सानैदेखि
विलक्षण प्रतिभा थियो भनिन्छ। ६ महिनामा अन्नप्रासन गर्दा बालक भानुभक्तका अगाडि
वस्त्र, शस्त्र, पुस्तक, कलम, मसी, सुन राखिएकोमा भानुले सर्वप्रथम कलम छोएका थिए
त्यसपछि मसीदानी। यस्ता प्रतिभाशाली भानुको जन्म कुण्डली यस्तो देखिन्छ:–
भानुभक्तको शिक्षा आरम्भ यसरी भयो :–
खभानुभक्तलाई घरमा नै हजूरबुबा श्रीकृष्णबाट सुरूको शिक्षा दिईएको थियो।
खयाज्ञ्यवल्क प्रणीत सप्तश्लोकी सूर्यकवच पढाइएको थियो।
रजस्थल (भानु विशेषाङ्क–२०७०)
खभानुभक्तले ज्योतिषको अध्ययन कास्की गुरूकुलमा गर्नुभएको थियो।
खहजूरबा श्रीकृष्ण वि.सं. १८८६मा काशीबास गर्न जाादा भानुभक्तलाई पनि
सागै लिएर गएका थिए। भानुभक्तले बिहान–बेलुका हजूरबासाग अध्ययन गर्नु भयो।
दिउासो पाठशालामा। काशीमा भानुभक्तले कोश, व्याकरण, साहित्य अध्ययनका साथै
ज्योतिषको अध्ययन र अभ्यास गर्नुभएको थियो।
खकाशीमा हुने विद्वत् समारोहमा पनि भाग लिनु भएको थियो।
भानुभक्तको व्रतवन्ध
वि.सं. १८७८ व्रतवन्ध बढो धुमधामका साथ सम्पन्न भएको थियो। हजूरबा
श्रीकृष्ण आचार्यले नाति भानुभक्तलाई गायत्रीमन्त्र दिनुभएको थियो। गायत्री मन्त्र प्राप्त
गरे लगत्तै हजूरबासाग भानुभक्तले कौमदी, रूद्री, वेद पढ्न थाल्नु भएको थियो।
विवाह
आÇनै वंशका नरनाथ आचार्यको खोज अनुसन्धानमा भानुभक्तका नाति शिवभक्तले
भानुभक्तका दुई पत्नीलाई पिण्ड दिएको लेखेका छन्। जस अनुसार तनहुा जिल्लाको
रामरूङ भन्ने गाउामा परशुराम खनालकी छोरी चन्द्रकान्तासाग पहिलो विवाह भएको र
१८ महिनापछि चन्द्रकान्ताको मृत्यु भएकोले दोश्रो विवाह तनहुा जिल्लाकै मानुङ गाउा
मादी नदी पारि विद्याधर खनालकी छोरी चन्द्रकलादेवीसाग १८८६ मा भएको थियो।
भानुभक्तले वि.सं. १८९०मा काशीबाट फिरी गृहस्थी जीवन सुरू गरेका थिए।
घाँसीसँग भेट ऐतिहासिक घटना
भानुभक्त आचार्यको वि.सं. १८९१मा बुर्लङ बेंसी बुल्दी खोला किनारमा घाासी
चामुनारायण पन्तसाग भेट भएको थियो। यो घाासीसागको भेट नै भानुभक्तको जीवनमा
आमूल परिवर्तन आउन सुरू भई घाासीले झैं आफूले पनि कीर्ति राख्ने भावना जागृत
भएको थियो। यो ऐतिहासिक दिनलाई चर्चामा ल्याउने धेरै कम लेखकले गरेका छन्।
आदिकवि भानुभक्तको साहित्यिक योगदान
घाासीसागको भेटपछि जन्मिएको स्वत:स्फूर्त कविता ‘भरजन्म’बाटै भानुभक्त अगाडि
बढ्दै यही कविताको भावभूमिबाट भानुभक्त आचार्य नेपाली साहित्यका आदिकवि बन्न
पुग्नुभयो।
वि.सं. १८९८ मा रामायण बालकाण्ड लेखन।
वि.सं. १९०१मा मामा जयलालका भदा–सालो पर्ने कलाधरलाई गायत्रीमन्त्र सुनाउन
मामाघर जाादा भोर्लेटार गजाधर सोतीकोमा बास बस्न पुग्नु बास नपाउादा ‘गजाधर
सोतीकी घर बुढिया’ कविता लेख्नु। यो कविता सानो भएपनि लेखक–समालोचकबाट
भानुको साहित्यिक, व्यक्तिगत जीवन चरित्रलाई कतै राम्रो कतै नराम्रोसाग चर्चा गरेका
छन्।
वि.सं. १९११मा भानुभक्त कुमारीचोकमा ५ महिना थुनिएर रहादा त्यो समयमा
अयोध्याकाण्ड, अरण्यकाण्ड, किष्किन्धाकाण्ड, सुन्दरकाण्ड, रामायण लेखन गरेको
रजस्थल
पाइन्छ। यसै समयमा अत्यन्त चर्चित, निर्भीक, बिन्तिपत्र–रोज रोज दर्शन–लेखी राणा
सरकारलाई बुझाएको पाइन्छ। धेरै खोज अनुसन्धाताको मत बाझिएको छ। मैले
युवाकवि मोतीराम भट्टको खोज इ.स. १९११मा कुमारीचोकको खोरमा रहेकोलाई यहाा
प्रस्तुत गरेको छु।
वि.सं. १९१५मा युद्धकाण्ड लेखिएको पुष्टि र प्रमाण पाइन्छ।
वि.सं. १९१९मा आदिकवि भानुभक्तले उत्तरकाण्ड लेखेको उहााकै अक्षरबाट सिद्ध
हुन्छ। उहााले १९१९ वैशाख बदि २ रोज ४ लेख्नुभएको पाइन्छ।
१९१९ वैशाखमा तारापतिको घरमा बस्न पुग्दा–सासू बुहारीको दन्तबजानले
निन्द्रा नलाग्दा राति नै ‘बधूशिक्षा’ लेखी त्यही घरमा छोडेको पाइन्छ। यो बधूशिक्षालाई
धेरै जसो प्रगतिवादी साहित्यकारले बेठीक ठानेका छन्।
वि.सं. १९०६मा काठमाण्डौ (कान्तिपुर) जाादा बालाजुको बाईसधारा र
कान्तिपुरका युवतीहरूको शृङ्गार, चञ्चलता, चपलता, मधुर मुस्कान कालिदासले
वर्णन गरेभन्दा राम्रा सुन्दरीहरूको आकर्षणले आशुकवि भानुभक्तले कलम समात्न
बाध्य भई ‘अलकापुरी कान्तिपुरी नगरी’ कविता लेख्नु भयो। यो कविता राम्रो, मीठो त
छादैछ यसबाट आदिकविको काव्यात्मक गुणको पनि परिचय पाइन्छ।
आदिकवि भानुभक्त साहित्यमा जताततै पोखिनुभएको छ। कतै भुटेर खान दिएको
मकैमा, कतै बन्दुक फेला पार्न, कतै बास बस्न नपाउादा, कतै पानी खाने कुवाको
पानी, बन्दी अवस्थामा उपिाया र मच्छरले टोक्दा, कतै बन्दी अवस्थाबाट छुट्दा, कतै
कचकचका कारण सुत्न नपाउादाको अवस्थामा। जताततै लेखिएका स्फुट कविताको
महत्व तत्कालीन नेपाली भाषा आन्दोलनको खादिलो जग बसाउन कोसेढुङ्गाको काम
भएको पाइन्छ।
समय र परिस्थिति अनुसार साहित्य जन्मन्छ। आदिकविले जुन समय सशक्त
फुटकर कविता लेख्नुभयो ती कविता आजको आधुनिक युगलाई पनि चुनौती दिने
खालका छन्। अहिलेका साहित्यकारहरू पनि महाभारतकालीन विषयवस्तुमा महाकाव्य
लेखिरहेका छन्। त्यस समयमा भानुभक्तले जुन साहित्य दिनुभयो त्यसको आलोचना
गर्नु हठवादिता मात्र ठानिन्छ।
तुलसीपूजा विधि
वि.सं. १९१४ मा तुलसीपूजा विधि लेखेको पाइन्छ।
रामगीता अनुवाद
वि.सं. १९२५मा रामगीता तयार गरिएको पाइन्छ। यो समयमा आदिकवि ज्वरोले
थलिादै गएको समय थियो।
रामायण पाण्डूलिपि तयार
वि.सं. १९२५ मा पटक–पटक लेखिएको रामायणलाई जम्मा गरी आदिकविले सातै
काण्डको रामायणको आÇनै अक्षरमा पाण्डूलिपि तयार पार्नुभयो।
रजस्थल (भानु विशेषाङ्क–२०७०)
भक्तमालाको परिमार्जन
बिरामी परी ओछ्यान परेपछि छोरा रामनाथलाई लेख्न लगाई आफूले ओछ्यानमा
सुती सुती भक्तमालाको परिवर्तन गरी ४१ श्लोकलाई घटाई २२ श्लोक पार्नुभएको
पाइन्छ।
आदिकविका मुख्य कृतिहरू
१) सम्पूर्ण रामायण २) प्रश्नोत्तर माला
३) बधूशिक्षा ४) भक्तमाला
५) रामगीता ६) प्रशस्तै फुटकर कविताहरू
आदिकवि भानुभक्तबारे सङ्क्षिप्त केही कुरा
आदिकवि भानुभक्त आचार्य नेपालीहरूका आाखामा महान भएपनि उहााको
व्यक्तिगत जीवन सुखमय भने थिएन भन्दा अत्युक्ति नहोला। उहााका पिताजी खर्दार
धनञ्जय आचार्यको अड्डाको हरहिसाब फस्र्यौट गर्न बााकी रहेकोले त्यसैको निउामा
आदिकवि भानुभक्त आचार्यले कुमारी चोकमा कठोर यातना भोग्नुपरेको थियो।
छोराको उपनयन कार्यमा जान नपाउादा आशुकवि भानुभक्तले बन्दी अवस्थामा
लेखेको विन्तीपत्र, सााघुरो खोरमा उपियाा र मच्छरले सुत्न नदिादा राणा सरकारको मुटु
थर्काउने गरी लेखिएको कविता त्यो समयको अत्यन्तै शक्तिशाली, साहसिलो निर्भीक
रहेको–प्राय: सबै समालोचक, पाठकले मूल्याङ्कन गरेका छन्। राणा शासकलाई
त्यसवेला त्यसरी लेख्ने कसैले आाट गर्दैनथे। मुख्य कुरा बिनाकारण आदिकविले धेरै कष्ट
भोग्नु पर्यो। भानुभक्तलाई गिरिधारी भाटले सुरूमा बराहकुलो सम्बन्धमा र त्यसपछि
सीमाना मिचेको यी दुई मुद्दा कम पीडादायक थिएनन्। सीमाना सम्बन्धी मुद्दा लामो
समयसम्म चलेको थियो। आदिकवि भानुभक्त सङ्ग्रहालयमा आदिकविले स्वयम् लेखेका
प्रतिवादीहरूका पाण्डूलिपि यो लेखकले हेर्ने मौका पाएको छ। कवि मानसिकता भएका
मानिसलाई मुद्दा जस्तो विषयमा अल्झिनु सामान्य मानिदैन तर आदिकविले आफूलाई
परेका या आफूले प्रत्यक्ष भोगेका विषयलाई साहित्यिक भावधारामा ढाल्नुभएको छ।
साहित्यिक लेखन प्रवृत्ति प्रयोगका दृष्टिले आदिकविले जुनसुकै विषयलाई साहित्यिक
उर्जाका रूपमा ढाल्नुलाई त्यो समयमा अत्यन्तै नौलो प्रयोग मानिन्छ। आदिकविले
जीवनमा आइपरेका सबै समस्या या घटनालाई साहित्यिक विषयमा ढाल्नुलाई म
भानुभक्त प्रवृत्तिका रूपमा एक उज्यालो विम्ब, प्रतीक मान्दछु।
रम्घा आदिकविका आचार्य परिवारभन्दा रानाभाट परिवारकै बाहुल्य रहेको गाउा
रहेछ। अहिले म त्यहाा पुग्दा पनि प्रशस्तै रानाभाटहरू भेटो। भानुभक्तजस्ता चिनिएका
परिवार, राणा सरकारमा खर्दार जागिर खाएका व्यक्तिका सन्तानलाई काठमाण्डौ पहुाच
कठिन थिएन। भानुभक्त काठमाडौं गइरहेको पाइन्छ तर आदिकवि र उहााका परिवारले
गाउा छोडी काठमाडौं बस्ने मन कहिल्यै गर्नुभएन। जन्मथलोको माया मुटु जस्तै प्यारो
रहेको पाइन्छ। जन्मेको ठाउालाई तिरस्कार गरेर शहर पस्ने आजका सुविधाभोगी
रजस्थल
ठूलाबडा, साहित्यकार, राजनेताले आदिकवि भानुभक्तको सोच चिन्तनलाई सम्झन
जरूरी छ।
आदिकवि भानुभक्तको निधन
आदिकवि भानुभक्त आचार्यको निधन ५४ वर्षको उमेरमा भयो। ५४ वर्षलाई
अर्धआयु मान्नुपर्छ। वंशपरम्परा अनुसार हजूरबा श्रीकृष्णको निधन काशीको
मणिकर्णिका घाटमा भएको थियो। आदिकविका पिता खर्दार धनञ्जय आचार्यको पनि
मृत्यु काशीको मणिकर्णिका घाटमा नै भयो। तर आदिकवि भानुभक्तले लामो समय
ज्वरोले थलिादा पनि किन काशी मणिकर्णिका घाट रोज्नु भएन ? यो धेरै महत्वपूर्ण
विषय छ। आयस्रोत नभएको पनि होईन, अब मरिन्छ भन्ने ज्ञान नभएको पनि होइन।
आदिकविले आÇनो निधन स्थल नेपालमै रोज्नु भयो। आÇनै जन्मस्थलोलाई मान्यता
दिनुभयो। आदिकविको निधन समय आएपछि दशदान, वैतरणी आदि कर्म घर मै गरिए।
त्यसपछि मात्र जलाश्रयका लागि मस्र्याङ्दी नदीको सतीघाटभन्दा केही माथि गाई थुने
घाटमा पुर्याई खुट्टा पट्टिको भागलाई मस्र्याङ्दी नदीको चिसो पवित्र पानीमा डुब्ने
गरी राखेर अर्धजल शय्यामा सुताई परम्परा अनुसार मुखमा तुलसी पानी, सुनपानी
राखियो। बिस्तारै आदिकविका आाखा बन्द हुादै गए। नेपाली साहित्यका धरोहर आदिकवि
भानुभक्तले यो रमणीय धर्ती त्यसमा पनि आÇनै माटो–पानीमा १९२५ मा देह विसर्जन
गर्नु भयो। आदिकवि भानुभक्त परम्परालाई मान्यता दिादै हाम्रा महान नाटककार
बालकृष्ण समले पनि ‘इच्छा’ कवितामा आÇनै देशलाई मरणस्थल रोज्नु भएको छ।
संस्कृत साहित्य लेखनको परम्परालाई तोड्दै नेपाली भाषामा आÇना सम्पूर्ण कृति तयार
गर्नु, आÇनै भूमिमा देह विसर्जन गर्नु जस्ता आदिकविका मातृभूमि प्रेमलाई अन्य नेपालीले
पनि सिक्न सक्यौं।
२०७१ १।१२ गते (मेचीनगर–५, धुलाबारी, झापा, ९८४२६३४६६२)
सन्दर्भ ग्रन्थ :
ख भानुभक्त विशेषाङ्क ‘भानु’ मासिक
ख नेपाली साहित्यका भौप्वालहरू–जीवन नामदुंग
ख अनावरण–भानु साहित्यिक प्रतिष्ठान
ख आदिकवि भानुभक्त आचार्य–भाइचन्द्र प्रधान–कालिम्पोङ, भारत
ख आदिकवि भानुभक्त: जीवनी र कविताको सम्परीक्षण–डा. व्रतराज आचार्य
ख आदिकवि भानुभक्त पटकथा–यादव खरेल
ख बधूशिक्षा
ख मोती ग्रन्थावली
ख विभिन्न समालोचकहरूका कृतिहरू
ख आÇनै प्रत्यक्ष यात्राका अनुभवहरू