Social Icons

भानुभक्त आचार्यका कवितामा रसविधान - संकर प्रसाद गैरे

१. परिचय
भानुभक्त आचार्य नेपाली साहित्यको प्राथमिक कालका शीर्षस्थ व्यक्ति हुन्।
वि. सं. १८७१ सालमा तनहुा जिल्लाको चुादी रम्घा भन्ने ठाउामा जन्मिएका आचार्य
शिक्षित, सम्पन्न र सम्भ्रान्त परिवारमा जन्मिएकाले शिक्षाआर्जनको उचित प्रबन्ध
मिल्यो । यिनका पिता धनञ्जय आचार्यभन्दा बाजे श्रीकृष्ण आचार्य आफ्नो समाजमा
अधिक प्रतिष्ठित थिए । भानुभक्तले उनैबाट शिक्षादीक्षा लिएका थिए । यिनले संस्कृत
साहित्य, व्याकरण तथा ज्योतिषको विशेष अध्ययन गरेका थिए । करीव बाइस
वर्षको उमेरबाट कविता सिर्जनामा लागेका आचार्यलाई यस क्षेत्रमा लाग्न घाासीबाट
प्रेरणा मिलेको भन्ने किम्बदन्ती पाइन्छ । फलस्वरूप घाासीकै विषयमा सिर्जना गरेको
रचना नै उनको पहिलो कविता हो भन्ने बुझिन्छ । यिनले भक्तमाला, प्रस्नोत्तरमाला,
रामायण, बधूशिक्षा र रामगीताका साथै केही फुटकर कविताहरूको पनि सिर्जना
गरेका छन् । यिनको निधन १९२५ सालमा भएको हो ।
२. फुटकर कविता सिर्जना सन्दर्भ
भानुभक्त आचार्यले रामायणका साथै आफ्ना केही लामा कविताहरूको
रचना विशिष्ट उद्देश्यले गरेको पाइन्छ, तर यिनले फुटकर कविताहरूको रचना
भने तात्कालीन अवस्थालाई हेरेर क्षणिक आनन्द र उद्देश्यले गरेको देखिन्छ, तापनि
तिनमा समेत कुनै न कुनै गूढ रहस्य लुकेको पाइन्छ ।
आचार्य रामभक्तिधाराका कविको रूपमा परिचित छन् । नैतिक आदर्श
यिनका कविताको मूल मर्म देखिन्छ । यिनलाई मूलत: शान्त रसका कवि मानिन्छ
तापनि यिनका केही रचनामा शृङ्गार तथा हास्य रसको समेत उत्पत्ति भएको उल्लेख
गरेको पाइन्छ । यहाा यिनका केही फुटकर कविताहरूलाई प्रतिनिधि रचनाको रूपमा
चयन गरी तिनमा प्रयुक्त रसभावको विश्लेषण प्रस्तुत गरिएको छ ।
२.१ ‘अमरावति कान्तिपुरी नगरी’ मा प्रयुक्त रस
सन् १८४९ मा छिमेकीसाग जग्गाको विषयमा झगडा परेकोले मुद्दा गर्न
काठमाडौं गएको वेला त्यहााको सौन्दर्यबाट प्रभावित भई आचार्यले लेखेको कविता
अमरावति कान्तिपुरी नगरी यिनको प्रसिद्ध फुटकर रचना हो । यो कविता नेपाली
साहित्यमा शृङ्गारिक कविताको रूपमा परिचित छ । यस कविताको अङ्गी रसका
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
रूपमा शृङ्गार रस देखिए पनि यसमा वीर र शान्त रसको समेत उत्पत्ति भएको
पाइन्छ ।
शृङ्गार रस : यस कविताको प्रथम श्लोकमा कविले स्वर्गसरी आफ्नो
कान्तिपुरीको सौन्दर्य वर्णनका निम्ति सुन्दर युवतीहरूले शृङ्गारयुक्त परिधानमा हिाड्ने
गरेको सन्दर्भलाई उठाएका छन् । यसबाट कवि हृदयमा दमित रूपमा बसेको
वासनाले युवतीहरूको त्यस किसिमको परिधान र चपल चाञ्चल्ययुक्त हिाडाइलाई
सुन्दर मान्न पुगेको प्रतीत हुन्छ र त्यसैबाट कान्तिपुरी सुन्दर लागेको प्रतिध्वनित
हुन्छ । कवि भन्छन् :
चपला अबलाहरू एक् सुरमा,
गुनकेसरिको फुल ली शिरमा ।
हिाडन्या सखि लीकन ओरिपरी ।
अमरावती कान्तिपुरी नगरी ।।
यहाा शृङ्गार रसको उपकरणहरूमा कान्तिपुरीका युवतीहरू विषय र कवि
आश्रय बनेका छन् । युवतीहरूले गुनकेशरीको फूल कपालमा सिउरेर एक सूरमा हिाड्नु
परकीय तथा कविले त्यसको अवलोकन गर्नु स्वकीय उद्दीपन हुन् । ती सुन्दरीहरूको
सौन्दर्य प्रंसाधनका साथै लामबद्ध हिाडाइले प्रभावित कविले उनीहरूलाई एकतमासले
हेरिरहनु अनुभाव तथा अवहित्था, उन्माद व्यभिचारीभावद्वारा कवि हृदयमा स्थित रति
स्थायीभावको उत्पत्ति भएकोले यहाा शृङ्गार रसको उत्पत्ति भएको छ ।
वीर रस : यस किविताको चौथौ श्लो्कमा वीररसको प्रयोग भएको पाइन्छ ।
वीर रसका चार भेद (युद्ध, दया, धर्म र दान) मध्ये युद्धवीर रसको यहाा उपस्थिति
देखिन्छ ।यस श्लोकमा कान्तिपुरीलाई अति शूर र वीरहरूले भरिएको नगरीको रूपमा
चित्रण गर्दै ती वीर नेपालीहरू पिसतोल, बन्दुक, तरबार, कटार, खुाडा र खुकुरी भिरेर
हिड्ने गरेको बताएका छन् ।यस किसिमको वीरताको पहिचानका लागि कान्तिपुरका
नेपालीसरि अरू कोही नभएको बताएका छन् । यस सन्दर्भमा कान्तिपुरीका साहसी
नेपालीहरू विषयालम्बन र कवि आश्रयालम्बन बनेका छन् । उनीहरूका खुाडा
खुकुरी आदि हतियारहरू परकीय तथा उनीहरूको उत्साही स्वभाव देखेर कवि
हृदयमा परेको प्रभाव स्वकीय उद्दीपन हो । नेपाली वीरहरूका हतियार आदि भिरेर
हिाडेको क्रियाकलापलाई अवलोकन गर्ने कविको स्वभाव अनुभावको रूपमा देखिन्छ।
अवहित्था, हर्ष व्यभिचारीभाव हुन् भने यहाा उत्साह स्थायीभावको रूपमा उपस्थित
छ ।
शान्त रस : प्रस्तुत कविताको पााचौं श्लोक शान्त रसको नमुना रचनाको
रूपमा देखापर्दछ । सांसारिक माया, मोह, घृणा, लोभ आदिबाट विमुक्त हुने अवस्था
रजस्थल 
नै शान्त रसको दशावस्था हो । यस कवितामा कविले कान्तिपुरीको वर्णनका क्रममा
रिस, राग, कपट, छल रहित र अथाह धर्मयुक्त स्थलका रूपमा कान्तिपुरी रहेको र
त्यसको रखबारी पशुपतिनाथले गरेको उल्लेख गरेका छन् । कवि भन्छन् :
रिस राग कपट् छल छैन जााहाा,
तब धर्म कती छ कती छ याहाा ।
पशुका पति छन् रखबारि गरी,
शिवकी पुरि कान्तिपुरी नगरी ।।
यसमा प्रयुक्त भावले कवि हृदयमा युक्त निर्वेद/शान्ति स्थायीभावको
उत्पत्ति भएको प्रतीति हुने हुादा यहाा शान्त रसदशा देखापर्दछ, जसका लागि रिसराग
कपट र छलरहित समाज तथा पशुपतिनाथ विषयका रूपमा र कवि आश्रयका रूपमा
उपस्थित देखिन्छन् । परकीय उद्दीपनका रूपमा कान्तिपुरी निवासीहरूको सौम्यावस्था
र पशुपतिको आश्रय देखापर्दछ भने स्वकीय उद्दीपनका रूपमा शान्ति चाहने कवि
हृदय देखिन्छ । मति, धृति, यहाा व्यभिचारीभावका रूपमा उपस्थित देखिन्छन् । यसरी
आचार्यको प्रसिद्ध कविता अमरावति कान्तिपुरी नगरी विविध रसले युक्त कविताका
रूपमा देखापर्दछ ।
२.२ ‘मैले आज बालाजि देख्याँ’ मा प्रयुक्त रस
प्रस्तुत कविता आचार्यको दुई श्लोक संरचनामा आबद्ध कविता हो । यस
कवितालाई कवि आचार्यले बालाजुको वर्णनमा आधारित कविताको रूपमा प्रस्तुत
गरेका छन् । यस क्रममा यो कविता पूर्णत: शृङ्गारिक बन्न पुगेको छ ।कविले आफूले
बालाजी देखेपछि त्यसको सौन्दर्यले निकै प्रभावित बनेको सन्दर्भलाई प्रस्तुत गरेका
छन् । प्रारम्भमा आफूलाई वरिपरि लहरामा चराहरू झुल्दै बसेको र उनीहरूको मधुर
वचनले मन नै हरिदिएकोले त्यो स्थान स्वर्ग प्रतीत भएको अभिव्यक्ति दिएका छन् ।
यस सन्दर्भलाई टुङ्ग्याउने क्रममा कवि आचार्यले
यााहाा बसेर कविता यदि गर्न पाऊा,
यस्देखि सोख अरू थोक म के चिताऊा ।
भनेका छन् । यहाा आइपुग्दा नैतिक आध्यात्मिक आदर्शवादी कवि भानुभक्त
शान्तरस प्रिय बन्न खोजेका हुन् कि ? भन्ने प्रतीत हुन्छ तर त्यस पछिका दुई पङ्क्ति
उस्माथि झन् असल सुन्दरि एक् नचाऊा,
खैंचेर इन्द्रकन स्वर्ग यहीा बनाऊा ।।
ले कवि पूर्णत: शृङ्गारिक बनेका देखिन्छन् । यस सन्दर्भमा काठमाडौं बालाजी
विषयालम्बन र कवि आश्रयालम्बन बनेका छन् । बालाजीको सौन्दर्य र लहरामा
बसेका चराहरूको चिरीबिरी परकीय उद्दीपन बनेर देखापरेका छन् भने कवि
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
आचार्यको सौन्दर्यवादी चेतना र कविता रचना गर्ने इच्छाशक्ति स्वकीय उद्दीपनका
रूपमा देखापरेको छ । कवि आचार्य कान्तिपुरी स्थित बालाजीको सौन्दर्यबाट प्रभावित
बनेर यत्रतत्र घुम्दै त्यहााको सौन्दर्यावलोकन गर्नु अनुभाव हो । अवहित्था, उन्माद
व्यभिचारीभावद्वारा कवि हृदयमा अवस्थित रति स्थायीभावको उत्पत्ति भएको पाइन्छ ।
२.३ ‘रोज् रोज् दर्शन पाउँछू...’ मा प्रयुक्त रस
यो कविता भानुभक्त आचार्यद्वारा लेखिएको चार पङ्क्तिको मुक्तकीय
संरचनाको कविता हो । यो कविता आफूले जागीर खाएर हिसाब बुझाउन नसक्दा
कुमारीचोकमा थुनिएको वेला उनको हाल सोध्न आउनेलाई व्यङ्ग्य गरी लेखिएको हो
भन्ने किम्बदन्ती पाइन्छ । यो कविता अभिधार्थमा हास्य रसयुक्त छ भने व्यङ्ग्यार्थमा
करूण रसको भाव पाइन्छ । तथापि नेपाली समालोचनामा यसलाई हास्यरसको
नमुनाकै रूपमा उपयोग गरिएको पाइन्छ । विकृत अवस्थाबाट हास्य रसको उत्पत्ति
हुन्छ । यहाा लामखुट्टेहरू कानमा आएर कराउने गरेकोलाई कविले गायन मान्नु
र उपियाा फड्किनुलाई नृत्य मान्नु, जसलाई उनी भेट्न चाहन्नन् उनैलाई नित्य
देख्नुपरेको बाध्यतालाई भाग्यमा रूपान्तरण गरिएकोले यहाा हास्य रसोत्पत्ति भएको
मानिन्छ । जहाा कविलाई विषय बनाइ पाठक आश्रय बन्दछन् । कविको बसाइको
अवस्था र त्यसलाई प्रस्तुत गर्ने शैली परकीय तथा त्यसले पाठकमा पर्ने प्रभाव
स्वकीय उद्दीपन बन्दछ । तर यस अभिव्यक्तिमा कवि हृदयको पीडा बुझ्ने र उनमा
अपनत्व देख्ने पाठकका लागि यो कविता हास्यात्मक नभई पीडादायक छ । जसले
करूणत्मक अवस्थाको सिर्जना गरिदिन्छ । जेलको कालो कोठरीमा थुनिनु कविका
निन्ति पीडाजनक छ । त्यसैमाथि लामखुट्टेहरूले कानैमा कराएर सुत्न दिंदैनन् ।
उपियााहरू शरीरमा फड्किन्छन् र डस्छन् । बीच बीचमा शासकहरू आएर कस्तो
छ भनी सोध्छन् जो उनीलाई पटक्कै मन पर्दैन र असह्य हुन्छ । कविको यस
दयनीय अवस्थाले करूण रसको उत्पत्ति हुन्छ । यहाा उपियाा लामखुट्टे र शासक
विषय तथा कवि आश्रय बनेका छन् । लामखुट्टेको आवाज, उपियााको डसाइ र
शासकहरूको सोधाइ उद्दीपन बनेका छन् । त्यसबाट कविको अनुहारमा देखिने
पीडाबोधक अवस्थाहरू अनुभावका रूपमा देखापरेका छन् । यस कवितामा अमर्ष,
औत्सुक्य, चिन्ता, दैन्य आदि व्यभिचारीभावयुक्त शोक स्थायीभाव भएको करूण रस
देखापर्दछ ।
२.४ ‘गजाधर् सोतीका...’ मा प्रयुक्त रस
कविवर भानुभक्त आचार्य घुम्दै जाने क्रममा सााझ पर्दा आफ्ना मित्र
गजाधर सोतीकोमा बास बस्न पुगेको तर गजाधर घरमा नभएको र भर्खरकी बुहारी
घरमा भएकोले अपरिचितलाई घरमा बास दिन हुादैन भनी गजाधरकी श्रीमतीले बास
रजस्थल 
नदिएपछि केही पर गएर अन्यत्र बास बसेको र अर्कोदिन हिाड्ने वेलामा कविजीले
यौटा कविता लेखी गजाधरका नातिको दौराको तुनामा बाधिदिएर छोडेको भन्ने
किम्बदन्ती पाइने यो कविता हास्य रस प्रधान छ ।
गजाधर् सोतीकी घर बूढी अलच्छिन्की रहिछन्
नरक जानालाई सबसित बिदाबादि भइछन्
गयौं सााझ्मा तिन्का घर पिडिमााहा बास गरियो
निकालीन् सााझैमा अलिक पर गुज्जान गरियो ।।
यस कवितामा उत्पन्न हास्यरसका निम्ति गजाधर सोतीकी घर बूढी
विषयालम्बन र कवि आश्रयालम्बनका रूपमा उपस्थित छन् । सोतीकी घरबूढीको
अलच्छिनको स्वभाव परकीय तथा आश्रयहीन कविको अवस्था स्वकीय उद्दीपन हुन्।
प्रारम्भमा कविजी सोतीका पिाढीमा बास बस्नु, सोतीकी बूढीले घरबाट निकाल्नु तथा
अलि पर गएर गुज्रान गर्नु अनुभाव हुन् । अमर्ष, दैन्य, यहाा व्यभिचारीभावका रूपमा
देखिन्छन् । यसबाट हाासो स्थायीभावको उत्पत्ति भएकोले यो कविता हास्यरस युक्त
छ ।
३ निष्कर्ष
उपरोल्लिखित कविताहरूले कवि भानुभक्त आचार्यका कवितामा शृङ्गार, हास्य,
वीर, करूण, शान्त रस पाइन्छ भन्ने देखाउाछन् । यसका साथै आचार्यका कतिपय
फुटकर कविताहरू नेपाली साहित्यमा जुन रसका रचनाका रूपमा परिचित छन्
तिनमा वास्तवमा अन्य रसको समेत उपयोग भएको पाइन्छ भन्ने देखाउाछन् ।
आचार्यका कतिपय अन्य रचनाहरू समेत रसभावका दृष्टिले महत्वपूर्ण छन् । उनको
“बिन्ती एक म गर्दछु सुन प्रिये...” शृङ्गार रसयुक्त कविता हो भने “क्वै उठ्छन् त
सबेरमा ति धनकै...” अद्भुत रसले युक्त कविता हो । “यत्ती छन् सब देवता भनि
यहाा...” शान्त रसको कविता हो र “क्याले भुल्छौ जगत्मा...” भयानक रसले युक्त
कविता हो । यी विभिन्न रचनामा प्रयुक्त रसगत भिन्नताले आचार्य अनेक रसभावका
कविता रचना गर्न सफल कवि व्यक्तित्वका रूपमा देखापर्दछन् ।
सन्दर्भग्रन्थ सूची :
आचार्य, भानुभक्त, भानुभक्तको रामायण, चौ. सं., काठमाडौं : साझा प्रकाशन, २०५२ ।
उपाध्याय, केशवप्रसाद, पूर्वीय साहित्य सिद्धान्त, ते. सं., काठमाडौं : साझा प्रकाशन २०५५।
रिसाल, राममणि, नेपाली काव्य र कवि, चौ. सं., काठमाडौं : साझा प्रकाशन, २०५० ।
लुइटेल, खगेन्द्रप्रसाद, कविता सिद्धान्त र नेपाली कविताको इतिहास, काठमाडौं : नेपाल
राजकीय प्रज्ञा प्रतिष्ठान, २०६० ।
शर्मा, मोहनराज र खगेन्द्रप्रसाद लुइटेल, पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्त, काठमाडौं :
विदार्थी पुस्तक भण्डार, २०६१ ।
(९८४७०८८२१२, उपप्राध्यापक, नेपाली शिक्षण विभाग, त्रिभुवन बहुमुखी क्याम्पस, तानसेन, पाल्पा)
 
" "
\
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
|
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
|
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
\
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
|
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*