Social Icons

नारीवादी कोणबाट बधूशिक्षा : एक विश्लेषण - डिल्लीराम पौडेल

विषयप्रवेश:
राजनीतिक समतामूलक विचार बोकेको र सन् १९६० तिर सुरू भएको पुरूष
केन्द्रित अतिवादी चिन्तनका विरूद्धको आन्दोलन हो नारीवाद। नर र नारी सृष्टि
विकासका दुई अति महत्वपूर्ण पक्ष हुादाहुादै पनि विभिन्न बहानामा नारीलाई पछाडि
पार्ने र दोस्रो दर्जाको नागरिकका रूपमा हेर्ने प्रवृत्ति बढ्दै गएपछि सहअस्तित्व खोज्ने
क्रममा नारीवाद अगाडि आएको देखिन्छ। विश्वप्रसिद्ध चिन्तक, विचारक तथा विभिन्न
धर्मले पनि नारीप्रति नकारात्मक टिप्पणी अर्थात् दृष्टिकोण राखेको पाइन्छ। प्लेटोले
नारीलाई दासजस्तै ठानेर बौद्धिक कर्मबाट अलग राख्नु ठान्थे भने एरिस्टोटलले पुरूषलाई
शक्ति र गति भएको सक्रिय पूर्ण र आत्मयुक्त अनि स्त्रीलाई शक्ति र गति नभएको
निष्क्रिय, अपूर्ण र आत्मारहित व्यक्तिका रूपमा चिनाएका थिए। त्यस्तै होमरले कहिल्यै
विश्वास गर्न नहुने प्राणी, नित्सेले ईश्वरको दोस्रो गल्ती, फ्रायडले पुरूषलाई सामान्य
मानिस र स्त्रीलाई खण्डित मानिस जस्ता पदावलीहरूले अवमूल्यन गरेका छन्। (पौडेल:
२०६९:६) यस्ता नकरात्मक पुरूष मानसिकताका विरूद्ध स्वर उराल्ने काम अमेरिकी
स्वतन्त्रता संग्राम र फ्रान्सेली राज्यक्रान्तिदेखि नै प्रारम्भ भएको देखिन्छ। खास गरी
सन् १९९४ मा प्रकाशित सिमोन द बुबाको ‘द सेकेण्ड सेक्स’ नामको कृतिले नारीवादी
चिन्तनको बीजारोपण गरेको देखिन्छ। नारीवादले नारीका जीवनमा सुधारको चाहना
राख्दछ, पुरूषको शोषणबाट मुक्त गराउने अपेक्षा गर्छ, उसको व्यक्तित्वको विकास
चाहन्छ र आन्तरिक जीवनको उत्थान चाहन्छ। यसरी समग्रतामा नारीवादले नारीमाथि
हुने उत्पीडन, शोषण तथा सामाजिक विभेदलाई अन्त्य गर्दै लैंगिक समानताको वकालत
गर्ने प्रयत्न गरेको देखिन्छ।
भानुभक्त आचार्य नेपाली साहित्यका आदिकवि हुन् भलै यसमा मतमतान्तर र
कतिपय विद्वानहरूका फरक दृष्टिकोण होलान् पनि। उनले बधूशिक्षा, भक्तमाला,
प्रश्नोत्तर, रामायण, रामगीता जस्ता महत्वपूर्ण कृतिहरू लेखेका थिए। ती मध्ये
बधूशिक्षालाई नारीका बारेमा लेखिएको एउटा विवादास्पद कृतिका रूमा लिन सकिन्छ।
१३२ पङ्क्ति तथा ३३ श्लोकमा आबद्ध अति सङ्क्षिप्त यस कृतिमा सम्पूर्ण रूपमा
पुरूषलाई अनुकूल हुनेगरी नारी चल्नुपर्ने भन्दै नारीलाई कठोर सांग्ले अनुशासनमा
रजस्थल 
बााध्ने प्रयत्न गरिएको छ। वर अर्थात् पतिलाई पति परमेश्वर ठान्दै उनकै खुसीमा
नारीले आफूलाई समर्पित गर्नुपर्ने धारणा भानुभक्तको रहेको छ।
विषय विस्तार:
नेपाली: साहित्यका आदिकवि भानुभक्त आचार्यलाई तुलनात्मक दृष्टिकोणले अंग्रेजी
साहित्यका युग प्रवर्तक चौसर र हिन्दी साहित्यका कवि तुलसीदासको दााजोमा राख्न
सकिन्छ। रामायण जस्तो अत्यन्त महत्वपूर्ण र लोकप्रिय कृति दिएर उनी सम्पूर्ण
नेपालीको मन मस्तिष्कमा अटाउन सफल भानुभक्तले बधूशिक्षामा भने नारीप्रति न्याय
गर्न सकेको देखिदैन। यस कृतिमा नारीलाई आदर्श प्रेम र त्यागकी प्रतिमूर्तिका रूपमा
लिने भन्दा पनि अति बढी नै कठोर अनुशासनमा राख्ने प्रयत्न भानुको रहेको देखिन्छ।
निश्चित रूपमा तत्कालीन समय नारीप्रति अनुदार नै थियो। हिन्दु धर्ममा नारीलाई
कतै दुर्गा, कतै सरस्वती, लक्ष्मी जस्ता देवीका रूपमा र कतै नरकका द्वारका रूपमा
वा दासीका रूपमा हेर्न विरोधाभाषपूर्ण दृष्टिकोण रहेको छ। इस्लाम धर्ममा नारीलाई
मस्जिदमा जानसमेत निषेध गरिएको, बाहिर कतै निस्कनु पर्दा समेत पूरै ढाकिएर
निस्कनुपर्ने, पुरूषको वासनात्मक तिर्खा मेट्नु नै तिनको जीवनको उपयोगिता देख्ने
जस्ता नारी विरोधी मान्यता रहेका छन्। यसैगरी क्रिश्चियन धर्ममा नारीलाई पाप
कर्ममा प्रवृत्त हुने वा ईश्वरको आज्ञा उल्लङ्घन गर्ने व्यक्तिका रूपमा लिइएको छ।
यसरी संसारका अधिकांश धर्म नारीका विपक्षमा रहेको देखिन्छ। भानु पनि कट्टर
हिन्दुवादी भएका तथा कतिपय हिन्दु कट्टरताका प्रभाव उनमा पनि परेकाले र सो
कुराको प्रतिबिम्ब बधूशिक्षामा पनि देखिएकाले नारीवादका दृष्टिले यो कृति आलोच्य
नै देखिन्छ।
हाास्नु छैन कदापि नारीहरूले वेश्या हुन्या हाास्तछन्
वेश्या लौ नहउन् तथापि घरको काम् ती सबै नास्तछन्।
(बधूशिक्षा, श्लोक १९ पृ:४)
हाास्नु स्वास्थ्यका हिसाबले पनि फाइदाजनक नै मानिन्छ। हाास्नु, रूनु, रिसाउनु,
खुसी हुनु मानिसका संवेगहरू हुन् त्यसैले मान्छे कहिले हाास्छ त कहिले रून्छ पनि।
यो मानवको जन्मसिद्ध अधिकार पनि हो। तर भानुभक्तका नारीहरू कदापि हास्नु हुादैन
भन्ने अभिव्यक्ति भने कठोर नै देखिन्छ। कि रजनीशले भने जस्तै हाासोका विभिन्न प्रकार
बताएर यस्तो प्रकारको हाासो हाासेमा यस्तो सङ्केत जनाउने भन्ने कुरा उल्लेख गरेको
भए मुनासिव ठहरिन्थ्यो। नत्र भने हाास्तैमा सबै काम बिगार्ने र वेश्या हुने भन्ने आसय
अतिशयोक्तिपूर्ण नै देखिन्छ।
सौताको रिस गर्नु पाप छ बहुत् एकै दुवैका पति
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
मर्दामा पनि जानुपर्छ जसले मिलेरसागै सती। (बधूशिक्षा, श्लोक १३, पृ: ३)
स्वभाविक रूपमा कवि ह्दय अत्यन्त कोमल र संवेदनशील हुने गर्दछ। तर
भानुको कवि ह्दय सतीप्रथा जुन अत्यन्तै अमानवीय र मानव विरोधी क्रूर प्रथा हो
त्यसप्रति पनि संवेदनशील नवनी परम्पराप्रति नै कहर रूपमा प्रस्तुत भएको देखिन्छ,
जसलाई युक्ति सङ्गत मान्न सकिदैन। यसरी भानुभक्तले पुरूषले चाहेमा जति पनि बिहे
गर्न सक्ने तर नारीले भने पतिको मृत्युपश्चात अर्को बिहे त परै जाओस् बााच्नसमेत
नपाउने र ज्यूादै जलेर मर्नुपर्ने कुरालाई समेत सहज रूपमा लिएको देखिन्छ जसलाई
सकारात्मक मान्न सकिदैन।
प्रात: कालमहाा उठेर पहिले ध्यान् ईश्वरैको गरून्
सो ईश्वर् पति हुन् भनेर पछि त्यो भक्ती पतीमा धरून्।
(बधूशिक्षा, श्लोक १, पृ:१)
स्वामीका चरणारविन्द युगको जल् भक्तिले पान् गरून्
निर्मल् देह गराउनाकन उ जल् केही शरीरमा छरून्।
(बधूशिक्षा, श्लोक ५, पृ:२)
प्राणका नाथ् पतिका अगाडि गइ जो फर्माउाछन् सो गरोस्
भन्छन् ल्यान तमाखु खान्छु भनि ता चााडै तमाखू भरोस्।
(बधूशिक्षा, श्लोक २८, पृ:५)
यसरी तत्कालीन सामाजिक अवस्था, संस्कार, परम्परा तथा नारीप्रतिको
दृष्टिकोणलाई वस्तुनिष्ठ ढङ्गबाट विश्लेषण गरी नारी स्वरलाई पनि मुखरित गर्नुको
सट्टा परम्परावादी सोचाइकै निरन्तरताको दृष्टिले भानुभक्तले हेरेका छन् नारीलाई
बधूशिक्षामा र त्यस्तै अनुरूप उभ्याएका छन्। बधूका लागि वर नै सर्वेसर्वा हो भन्ने
विचार र दष्टिकोण भानुले अगाडि सारेका छन्। कुनै पनि राष्ट्र, समाज, परिवार
व्यवस्थित रूपमा अगाडि बढ्न आचारसंहिताको आवश्यकता पर्दछ। जसलाई नियम,
कानुन, मर्यादा, अनुशासन, शिक्षा आदि नाम दिन सकिन्छ। सायद बधूशिक्षाको उद्देश्य
पनि नारीलाई कडा अनुशासनमा बााधी हरेक परिवारको पारिवारिक रथलाई सहज
रूपमा अगाडि बढाउनु रहेको हुनसक्छ। तर पनि पुरूष कुनै नियम र बन्धनमा बााधिनु
नपर्ने महिला भने जहिले पनि कठोर अनुशासनमा बााधिइरहनुपर्ने कुरालाई नारीवादले
स्वीकार्न सक्दैन।
यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता:
यत्रैतास्तु न पूज्यन्ते सर्वा तत्रास्फला: क्रिया: (मनुस्मृति, ३/५६)
जहाा नारीहरूको आदरसत्कार गरिन्छ, त्यहाा देवताहरू पनि रमाउन्छन्। जहाा
यिनीहरूको आदरसत्कार गरिदैन त्यहाा सम्पूर्ण धार्मिक कार्यहरू निष्फल हुन्छन्।
रजस्थल 
मनुले वैदिक कालमा नै नारीप्रति यति ठूलो सम्मान र आदर प्रकट गरेको भएतापनि
भानुकालमा भने भानु नारीप्रति त्यति उदार हुन सकेको देखिदैन।
अर्ध भार्या मनुष्यस्य भार्या श्रेष्ठतम: सखा
भार्या मूलं त्रिवर्गस्य भार्या मूलं तरिष्यत: (महाभारत आदिपर्व ७४/४१)
पत्नी पुरूषको आधा भाग हो। पत्नी पुरूषको सबैभन्दा श्रेष्ठ साथी पनि हो।
पत्नी धर्म, अर्थ र काम यी तीन पुरूषार्थको मूल कारण पनि हो। पत्नी संसार तर्न
चाहने व्यक्तिका कर्महरूको मूल पनि हो। यसरी महाभारतमा पनि नारीलाई अत्यन्त
सम्मानजनक रूपमा चित्रण गरिएको छ। निश्चय पनि तत्कालीन परिवेश र परिस्थिति
नारीप्रति उदार थिएन। नारीलाई अवला, बौद्धिकता नभएकी, गहिराइ नभएकी, पुरूषकी
उपभोग्या र विचार शून्य ठान्ने परम्परावादी चिन्तनको दबदबा थियो। आजको २१
औं शताब्दीका आाखाले हामीले भानुकालीन समय र समाजलाई हेरेर त्यसै अनुरूप
विश्लेषण गर्दा भानुप्रति अन्याय हुन सक्छ। तथापि शास्त्रका ज्ञाता, बौद्धिक, चिन्तनशील
र सुधारवादी व्यक्तित्वका रूपमा परिचित भानुभक्तले बधूशिक्षामा भने नारीप्रति न्याय
गर्न सकेका छैनन्।
उपसंहार:
भानुभक्त आचार्य नेपाली साहित्यका आदिकवि जसको नेपाली साहित्यमा छुट्टै
विशिष्ट र गरिमामय स्थान रहेको छ। उनले तत्कालीन समयमा रामायणजस्तो अति
महत्वपूर्ण कृति दिएर भावनात्मक रूपमा पनि खण्डित नेपालीहरूलाई एकताको सूत्रमा
बााध्ने काम गरे। मर्यादा पुरूषोत्तम रामको गुणगान गरी पुरूषवर्ग गर्वित भए भने सती
नारी सीताको गुणगानले नारी वर्ग पनि अवस्य गर्वित भए होलान्। तर पनि बधूशिक्षामा
उनले नारीप्रति न्याय गर्न सकेको देखिदैन। हरेक कुरा पुरूषको अनुकूल हुनुपर्ने,
प्रत्येक नारी पुरूषको इसारामा चल्नुपर्ने र उसैलाई पति परमेश्वर ठान्दै उसकै सेवा
टहलमा जिन्दगी गुजार्ननुपर्ने तर पुरूषले नारीप्रति कुनै जिम्मेवारी पनि पूरा गर्नुनपर्ने
भन्ने दृष्टिकोणबाट नारीलाई दिइएको शिक्षालाई नारीवादले किमार्थ स्वीकार्न सक्दैन।
वैदिक समाजमा स्त्रीको स्थान उच्च रहेको कुरा वैदिक वाङ्मयको अध्ययनबाट समेत
स्पष्ट बुझन् सकिन्छ। भानुभक्त आचार्य स्वयम् वैदिक धर्मका पनि ज्ञाता र तत्कालीन
परिस्थितिका पनि द्रष्टा भएकाले नारीप्रति एकोहोरो रूपमा कठोरता प्रदर्शन गर्नु
वाञ्छनीय देखिदैन। निश्चय पनि तत्कालीन समय परम्परावादी थियो, नारीलाई केवल
भोग्या र वासनापूर्तिको साधनको रूपमा हेरिन्थ्यो र तिनै कुराहरूको प्रभाव बधूशिक्षामा
पनि देखियो जसलाई अहिलेको आाखाले विश्लेषण गर्दा भानुप्रति न्याय नहुन पनि सक्छ।
तथापि भानुको कवि मन तथा कवि ह्दय पनि नारीप्रति परम्रावादी दृष्टिले जुन रूपमा
बधूशिक्षामा पोखिन पुग्यो त्यो भने आलोच्यको विषय नै बन्न पुगेको देखिन्छ।
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
सन्दर्भसूची:
आचार्य, भानुभक्त (२०५८) भानुभक्तको रामायण चौ.सं. ललितुर: साझा प्रकाशन
आमोदवर्धन कौण्डिन्न्यायन (२०६३) वैदिक धर्मशास्त्र र सम्पत्तिमा महिलाको अधिकार,
ललितपुर: साझा प्रकाशन
गौतम, लक्ष्मण (२०६६), समकालीन नेपाली कविताका प्रवृत्ति, काठमाडौं : पैरवी
प्रकाशन
झा, गङ्गानाथ, (सन् २००४), मनुस्मृति, मेधातिथि विरचित मनुभाष्यसहित, दिल्ली:
पुनर्मु परिमल पब्लिकेसन्स
पौडेल, विष्णु, (२०६९) नारीवादी सिद्धान्त र नेपाली उपन्यासमा यसको प्रारम्भिक रूप,
पोखरा: सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान।
बराल, कृष्णहरि र नेत्र एटम (२०५८) उपन्यास, सिद्धान्त र नेपाली उपन्यास दो.सं.
ललितपुर: साझा प्रकाशन।

 
" "
/
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
/
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
|
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
/
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
|
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*