Social Icons

भानुभक्त र मोतीराम : छोटो चर्चा - महेश्वर शर्मा

मान्छे अघिल्लो जेठो, कागज पछिल्लो जेठो भन्ने लोक मान्यता छ । आदिकवि
मानिएका भानुभक्तका बारेमा पनि त्यो वेलाको भौगोलिक स्थिति, यातायातको कठिनाइ,
सूचनाको स्रोतको कमी, आदि कठिनाइको अवस्थामा जसले जे सुन्यो त्यसैलाई
विना प्रशोधन लेख्ने छाप्ने काम हुनु स्वभाविकै थियो । भानुभक्तको देहान्त (सम्वत्
१९२५) भएको बाइसतेइस वर्ष पछि अरूहरूबाट भानुभक्तका श्लोक (कविता) सुनेका
कल्कलाउादो उमेरका काठमाडौं निवासी मोतीराम भट्टमा चाख पैदा हुनु र सुनेका
कुरामा कवि कल्पनाको जलप चढाएर उनका बारेमा लेख्नु, अनि सं. १९४८ मै
जीवनचरित्र नै छपाउनु, यस्तै भानुभक्त बितेका १९ वर्षपछि सं. १९४४ मा बनारसबाट
मोतीरामकै सहयोगमा सातकाण्ड रामायण छापिनु असाधारण कुरा थिए । भानुका अरू
कविता पनि उनले खोज्दै छाप्दै गरेका पनि छन् । त्यसैले गर्ने भन्दा गराउने ठूलो भने
झौ भानुभक्तका साथ मोतीरामको जति प्रशंसा गरेपनि थोरै हुन्छ ।
मोतीरामले भानुभक्तका बारेमा लेखेका कतिपय कुरा अमिल्दा (काल्पनिक जस्ता) र
भानुभक्तकै कद छोट्याउने भएपनि शून्यस्थितिमा एउटा आधारभूमि तयार पारिदिनुलाई
चानचुने काम मान्न सकिदैन । एउटा आश्यर्च के लाग्छ भने: भानुभक्तको जस्तो पठित
र सचेत परिवारका कसैले पनि भानुका बारेमा समयमै नलेख्नु र काठमाडौंको एउटा
कााचै उमेरको भनौं युवकले त्यतिको खोजिनिती गरेर एउटा पहाडी भेकका अपरिचित
व्यक्ति कविको जीवनचरित्र नै लेखेर छपाउनु सामान्य काम थिएन । नि:श्वार्थरूपमा
अरूलाई अघि बढाउने र चम्काउने काम गर्ने मोतीराम जस्ताहरू समाजमा होलान्,
नहोलान् अथवा कति होलान् ? भन्न गाह्रो छ । यसबाट मात्र चिनेर चाल पाउने खुपी
त्यो कलिलो उमेरमै मोतीराम भट्टमा कति रहेछन त ? अन्दाज गर्न सकिन्छ ।
हुन त नेपाली साहित्यमा उसैवेला गजल प्रवेश गराउने र मोतीमण्डली नै
तयार पार्ने काम गरेर आफ्नो ठाउा मोतीरामले सुरक्षित पारेकै हुन् तैपनि भानुभक्तको
जीवनचरित्र नै त्यो मूल वस्तु हो जसले गर्दा मोतीराम अझै पनि चम्किए । अरूलाई
अघि बढाउने कामले मान्छे आफै अघि बढ्दो रहेछ भन्ने उदाहरण स्वयम् मोतीराम
भएका छन् । गर्ने भन्दा गराउने ठूलो भनेको पनि सायद यस्तै सुकर्मलाई होला । तर
अर्को अघि नबढोस् भनेर तगारो तेस्र्याउने आजको स्थिति हेर्दा त्यो वेलाका मान्छे कति
उदार, इमान्दार र अग्रगतिमा रहेछन् भन्ने मोतीरामको कामले आजको पुस्तालाई कति
झक्झक्याउन सक्ला ?
वास्तवमा मोतीरामद्वारा लिखित भानुभक्तको जीवनचरित्र नै त्यो ऐना हो जसबाट
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
हामी नेपालीले नेपाली भाषाका उद्धारक भानुभक्तलाई चिन्न पायौं । भानुका बारेमा
आजम्म जसजसले जे जति लेखेपनि मूल स्रोत भनेको त्यही जीवनचरित्र हो । त्यो
चरित्रमा तनहुाको जीवनमा नमिल्ने कतिपय काल्पनिक कुरा परेका भएपनि त्यसले
एउटा गोरेटो त पहिल्याइदियो नि भन्नैपर्छ, । कहााको त्यो वेलाको काठमाडौ, कहााको
रम्घा ? स्वयम् घटनास्थलहरूमा नपुगेपनि काठमाडौं जाने आउने तनहुागेलीहरूसाग
सोधपुछ गरेरै भएपनि मोतीरामले लेखे भन्नेमा दुई मत छैन । त्यसैले पनि कतिपय
प्रसङ्ग नमिल्नु स्वभाविक हो । आफूले सुनेका मौखिक कुरा प्रशोधन गर्ने अवसर पनि
भएन होला । त्यसैले लेखाइमा उल्टोपाल्टो परेको हुनुपर्छ । जीवनचरित्रका प्रसङ्गमा
मोतीराम लेख्छन्:
स्वस्ति श्रीयुत भानुभक्त कविका जीवन् कथा जो थिया
भाषाका अनुरागि जन्हरू सबै जानून् भनी लेखिया । ।
भनेपछि फेरि अगाडि लेख्छन्:
जाहाा जे जति पाइयो उ उति ह्वा गैगै सबै सोद्धथ्याा
पक्का हाल् कविराजको यसरि मो एक् एक् गरी जोड्दथ्याा । ।
उक्त श्लोकमा मोतीरामले मो लेखेको देखिनाले भानुभक्तले लेखेको भनिएको ‘मो
भानुभक्त धनि भैकन आज यस्तो’ को ‘मो’ भानुभक्तको नभएर मोतीरामकै हो भन्ने
कुरा स्वत:स्पष्ट हुन्छ । किन भने मो भन्ने चलनै त्यतिवेला पनि तनहुातिर थिएन ।
मोतीराम अगाडि लेख्छन्:
यस्तै रीत्सित तीन वर्ष बितिगो जो जत्ति जम्मा गर्‍याा
सो सब्बै अब छापि गर्दछु प्रकाश् भन्याा इरादा धर्‍याा
यसरी तनहुाबाट काठमाडौं आउने मानिससाग भानुभक्तका बारेमा सोधीखोजी
लेखेको भन्ने बुझिनाले भनाइ र बुझाइको फकरले पनि कतिपय अपत्यारिला कुरा
अथवा अत्युक्ति परेका पनि हुनसक्छन् । गजाधरकी बूढीको व्यवहार, ढिकीमा बास
बस्ने कुरा, गजाधरका छोरालाई श्लोक लेखेर तुनामा बााधिदिएका जस्ता कुरा काल्पनिक
वा अत्याधुनिक पनि हुनसक्छन् । त्यस्तै घाास बेच्ने चलनै नभएको तनहुा तर मोतीरामले
काठमाडौंमा घाास बेचको देखेका हुनाले घाासीको कुरा जोडेर कविता लेखेको हुनुपर्छ
भन्न सकिन्छ ।
मोतीराम पनि रसिक स्वभावकै हुनाले भानुको चरित्रलाई पनि चाखिलो बनाउने
धुनमा उनले कतिपय नमिल्दा कुरा जोड्न खोज्दा भानुलाई नै हलुङ्गो बनाउने काम
भएको हुनुपर्दछ । कतिपय श्लोक भानुभक्तले लेखेका भनेर मोतीराम आफौले लेखेको
बुझ्न सकिन्छ । जस्तै:
भानूभक्त भनी प्रसिद्ध नरमा जस्को छ नाऊा पनी
रजस्थल 
घर् तिन्को तनहूा छ बेसि चुादि हो गाउा त रम्घा भनी । ।
प्रख्यात् छन् सब थोकमा ति गुणि हुन् विद्वान् कवी खुप् थिया
यो प्रश्नोत्तर बुझ्नलाइ सजिलो भाषा बनाइ दियाा । ।
यसरी आफूले आफैलाई प्रख्यात् छु, गुणी छु, विद्वान् छु कवि हुा इत्यादि बनेर
भानुभक्तले लेखे होलान् त ? पत्याउन गाह्रो छ । त्यस्तै कतिपय अरू पनि विवादास्पद
कुरा पनि छन् । जस्तै: भानुले जागिर खाएकै होइनन्, आफ्ना पितालाई लागेको
कुमारीचोक बुझाउन नसक्दा मात्र जेलमा परेका हुन् भन्ने कुरा पनि छ । तैपनि
जो होस् मोतीरामले जति नै असम्भव, नमिल्दा र अस्वाभाविक कुरा लेखेका भएपनि
भानुभक्तलाई उज्यालोमा ल्याउने अपूर्ण काम गरेका हुनाले उनका अरू त्रुटिलाई क्षम्य
मान्नुपर्ने हुन्छ ।
(९८४११७८८५४)
 
" "
|
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
|
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
|
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
|
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
|
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*