धार्मिक ग्रन्थहरूको अनुवाद परम्परालाई दृष्टिगत गर्ने हो भने भाष्य, टीका र
पुनर्कथन, पुनव्र्याख्या, पुनर्रूक्ति इत्यादिदेखि आजको अनुवाद जसलाई हामीले अङ्ग्रेजीको
टान्सलेशन (त्चबलकबितष्यल) शब्दले बुझ्ने गरेका छौ । रामायणको अनुवादलाई
पनि यसै अर्थमा बुझ्नुपर्ने हुन्छ । वेदव्यासकृत अध्यात्म रामायणलाई आधार बनाई
अवधिमा तुलसीदासले रामचरित मानसको रचना गरेका हुन् भने नेपालीमा आदिकवि
भानुभक्त आचार्यले गर्नु भएको हो। राम कथालाई आधार मानी धार्मिक आस्था, विश्वास,
परम्परा, रीति र मान्यता अनुसार आफ्नै भाषिक सौन्दर्यका साथ तुलसीदास र भानुभक्तले
रामायणको रचना गरेका हुन्। दुवै कविहरूले हिन्दुहरूको धार्मिक भावना, आस्था र
परम्परा अनुसार मर्यादा पुरूषोत्तम रामको कथानकलाई छन्दबद्ध महाकाव्यको रूपमा
प्रस्तुत गरेका छन्। दुवै कविहरूको छन्द विधान र प्रस्तुतिक्रम भिन्न भिन्न भए तापनि
स्तुतिगान, ईश्वरीय महिमा बखान एवम् भक्तिभावमा भने एकरूपता देखिन्छ। महाकवि
वा श्रेष्ठ कविहरूमा हुनुपर्ने तीनवटा गुण प्रतिभा, अध्ययन र अभ्यास दुवै कविहरूका
रचनाहरूमा परिपक्क रूपमा देखिन्छ। कवि वा साहित्यकारहरूमा प्रतिभा त जन्मजात
नै हुन्छ तर त्यस प्रतिभाको प्रस्फुटनका लागि कुनै न कुनै घटना वा दुर्घटना मुख्य
कारण वा कारकको रूपमा रहेको पाइन्छ र हुन्छ भन्ने विश्वास पनि रहेको छ। यसै
सन्दर्भमा भानुभक्तको जीवनमा घाासीको प्रसङ्ग र तुलसीदासको जीवनमा पत्नीको
कठोर वचन उल्लेख्य छन्:
घाासीको प्रसङ्गलाई भानुभक्तले यसरी प्रस्तुत गरेका छन्:
भर् जन्म घाास तिर मन् दिइ धन् कमायो
नाम् क्यै रहोस् पछि भनेर कुवा खनायो।।
घाासी दरिद्रि घरको तर बुद्धि कस्तो
मो भानुभक्त धनि भै कन आज यस्तो।। १
मेरा इनार न त सत्तल पाटि क्यै छन्
जे धन् र चीजहरु छन् घरभित्र नै छन्
तेस् घाासीले कसरि आज दियेछ अर्ति
धिक्कार हो मकन बस्नु न राखि र्कीति।। २
नाम, यश र कीर्तिका निमित गरिब दरिद्री घाासीले कुावा खनाउाछ भने म धनी
रजस्थल
भानुभक्तले न सक्ने ? यही प्रश्न उठ्यो त्यतिखेर कविका मनमा र घाासीको यस कृत्यलाई
अर्ति सम्झी कविले लोककल्याणका निमित्त कलम समातेको प्रष्ट हुन्छ। तुलसीदासजीका
विषयमा पनि के भनिएको छ भने: एक पटक उनकी धर्मपत्नी आफ्नो भाइ लिन आउादा
सागै माइत गएकी रहिछन्। तर पछि पछि तुलसीदास नि पत्नीको माइत (आफ्नो ससुराली)
पुगेछन्। पत्नीलाई लाजै भयो। उनले तुलसीदासलाई निकै धिक्कारिछन् र भनिछन्: मेरो
यस हाड मासुको शरीरप्रति तिम्रो यत्रो आसक्ति छ, यसको आधा आसक्ति पनि यदि
भगवानप्रति हुादो हो त तिम्रो बेडा पार हुने थियो, तिमी बैठुण्ठ जाने थियौ। पत्नीको
यस्तो वचनले तुलसीदासको ह्दय मर्माहत भयो, औडाहा भयो, खपिनसक्नु भयो। उनी
एक क्षण पनि त्यहाा न बसी फर्किए। त्यहााबाट तुलसीदास प्रयाग गए र गृहस्थी जीवन
त्याग गरी साधु बने। फेरि तीर्थाटन गर्दै काशी पुगे। मान सरोवरका नजिक उनलाई
काकभुशुण्डिज्यूको दर्शन भयो। त्यसपश्चात् काशीमा तुलसीदासले रामको कथा वाचन
सुरू गरे। भनिन्छ त्यहाा तुलसीदासलाई एक दिन एउटा प्रेत भेटियो जसले तुलसीदासलाई
श्री हनुमानज्यूको ठेगाना बतायो। हनुमानलाई भेटी तुलसीदासले उहाासाग श्रीरामको दर्शन
गर्ने तीव्र इच्छा प्रकट गरेछन्। हनुमानज्यूले भन्नुभएछ, तिमीलाई चित्रकूटमा श्रीरामका
दर्शन हुने छ। तदनुरूप तुलसीदास चित्रकूटतिर लागेछन्। त्यहाा वाल्यरूपमा श्रीराम
प्रकट भएछन् र तुलसीदासलाई भनेछन्: बाबा, मलाई चन्दन दिनोस्, हनुमानले सोचेछन्
कहीा फेरि तुलसीदासले धोका त खाादैनन् ? अत: तोताको रूप धारण गरेर निम्न दोहा
भनेर तुलसीदासलाई सचेत गराएछन्। दोहा यस प्रकार छ:
चित्र कूटके घाट पर भइ संतन की भीर
तुलसिदास चंदन घिसें तिलक देव रघुवीर।।
यसरी तुलसीदासका विषयमा विभिन्न प्रसङ्गहरू हामी पाउाछौा तर यस्ता प्रसङ्गहरू
भानुभक्तका विषयमा पाइादैन। तर दुवैको काव्यात्मक प्रतिभाको प्रस्फुटन उक्त घटना
विशेषका प्रभावले भएको बुझिन्छ। विश्वका प्रायश: कालजयी कृतिका रचनाकारहरूका
विषयमा यस्तै घटनाहरू वा प्रसङ्गहरू उल्लिखित भएका छन्। यत्ति मात्र होइन विश्वका
महापुरूषहरूका विषयमा पनि यस्तै प्रसङ्गहरूको उल्लेख भएको पाइन्छ। महात्मा
गान्धीलाई उहाा दक्षिण अफ्रिकाका बेरिष्टर हुादा रेल यात्रा गर्दा गोराहरूले रङ्ग भेदका
कारण डब्बाबाट जबरजस्ती हुइभ्याएर कोच बाहिर प्लेटफार्ममा फालिदिनाले भारतबाट
अंग्रेजहरूलाई लखेट्ने आन्दोलनका अगुवा बने। हुन त उहाा साहित्यकार पनि हुनुहुन्थ्यो।
उहााले जेलमौ लेखेको आफ्नो आत्मकथा र सरल भाषामा गीताको अनुवाद र व्याख्यालाई
उहााको साहित्यिक प्रतिभाको रूपमा लिन सकिन्छ। गौतम बुद्धका विषयमा पनि उहााले
देखेका जरा, मरण र मानवीय कष्टले द्रविभूत भई दरबारै छोडी ज्ञान र सत्मार्गका खोजीमा
जंगल पसेको भनी प्राचीन इतिहासमा लेखिएको छ। यस्तै विलक्षण प्रतिभाका धनीहरूको
विषयमा केही अपवादका कुराहरूपनि त नभएका होइनन्। सुसम्पन्न र राजसीठााट
भएकाहरूद्वारा पनि प्रशस्त रूपमा विश्वप्रसिद्ध कृतिहरू लेखिएका छन्। कालिदास,
रजस्थल (भानु विशेषाङ्क–२०७०)
सेक्सपियर, रवीन्द्रनाथ टैगोर जस्ता प्रतिभावान कविहरू पनि यस पृथ्वीमा जन्मिए।
यिनीहरू आर्थिक रूपले सुसम्पन्न थिए पनि हिन्दीका उपन्यास सम्राट मुंशीप्रेमचन्द र
सूर्यकान्त त्रिपाठी निराला विपन्न भए पनि साहित्यकाशमा चम्किएका ताराहरू हुन्।
प्रतिभाले धनी र गरिब हुादैन अवसर र सुविधा जुर्नु पर्यो।
रामचरित मानसका रचनाकार तुलसीदासको जन्म संवत् १५५४ मा भएको थियो
भने भानुभक्त आचार्यको जन्म संवत् १८७१ भा भएको हो। तुलसीदासको समयमा भारत
पराधीन नै थियो र भारतको केन्द्रीय सत्ता मुसलमान शासकहरूको हातमा थियो।
मुसलमान शासकहरूले एकातिर आफ्नो इस्लाम धर्मको प्रचारप्रसार गर्दथे भने हिन्दू
धर्मको अधोगतिको कालखण्ड थियो त्यो। अत: यस्तो परिस्थितिमा धर्मको रक्षा हेतु पनि
कविहरूले कलम समात्नु पर्यो। यस काल खण्डमा भक्त कविहरूको जन्म भयो। यस
अवधिलाई हिन्दी साहित्यको भक्तिकाल भनिन्छ। भक्तिकालका कविहरूमा मीरा, कवीर,
दादु आदि रहेका छन्। भक्तिकाल दुई धारामा विभाजित थियो, सगुण भक्ति र निगुर्ण
भक्ति। सगुण भक्ति पनि राम र कृष्ण धारामा विभाजित थियो।
वाल्मीकि रामायण र अध्यात्म रामायणकै अनुवाद तुलसीदास र भानुभक्तले गर्नु
भएको थियो भनिए तापनि वाइवल, कुरान जस्ता क्रिश्चियन तथा इस्लाम धर्मका धार्मिक
कृतिहरूको अनुवाद सरह रामायणको अनुवाद गरिएको पाइादैन। रामायणको अनुवाद गर्दा
तुलसीदास र भानुभक्त दुवैले कथानकलाई यथावत् राखी भावानुवाद गर्नु भएको छ र
दुवै कविहरूको कृति मौलिक कृति सरह नै पाठकहरूले पढ्ने गरेका छन्। तुलसीदासले
अध्यात्म रामायण र गीताका श्लोकहरूलाई अवधि भाषामा प्रस्तुत गर्नु भएको हो।
निश्चय नै ‘श्रीरामचरित्र मानस’ हिन्दी साहित्यमा मात्र होइन विश्व साहित्यमै उत्कृष्ट
कोटिको महाकाव्य हो र साधारण लेखपढ गर्ने पाठकदेखि स्नातकोत्तर तहका शिक्षित
व्यक्तिसमेतले यस्को रसास्वादन गरेको पाइन्छ। तुलसीदासकृत रामचरित मानसमाथि
कैयन विद्वानहरूले शोधकार्य गरेका छन् र कैयनले यसमा विद्यावारिधि गरेका छन्।
रामचरित मानस उत्तम काव्य लक्षणहरूले युक्त सर्वाङ्गसुन्दर साहित्यका सबै रसहरूको
आस्वादन हुने, काव्यकलाको दृष्टिलेसमेत सर्वोच्च कोटिको कृति हो र यसमा आदर्श
गार्हस्थ्य जीवन, आदर्श राजधर्म, आदर्श पारिवारिक जीवन, आदर्श पातिव्रत धर्म, आदर्श
भातृ धर्मका साथै सर्वोच्च भक्ति, ज्ञान, त्याग, वैराग्य तथा सदाचारको शिक्षा दिने,
सन्देश दिने, स्त्री, पुरूष, बालबालिका, वृद्ध र युवा सबैका लागि अत्यन्त उपयोगी र
सर्वोपरि कृति हो। तुलसीदासकृत रामायणको विधिपूर्वक पाठ गर्ने हेतुले पारायण विधिबाट
रामायणको शुभारम्भ गरिएको छ। पारायण विधिमा, तुलसीदासज्यूले वाल्मीकि, शिवजी
तथ हनुमानज्यूलाई आह्वान गर्दै ‘अथ: आÞवानमन्त्र’द्वारा रामचरित मानसको रचना
गर्नु भएको छ। यसरी आह्वान, पूजन र ध्यान गरी मन्त्रोच्चारणसहित विधिपूर्वक
रामायणको पाठ गर्ने कुराको उल्लेख रामचरित मानसमा पाइन्छ। बालकाण्डको पहिलो
श्लोक यस प्रकार छ:
रजस्थल
वर्णानामर्थसंघानां रसानां छन्दसामपि
मङ्गलानां च कत्र्तारौ बन्दे वाणीविनायकौ।
(अक्षरहरू, अर्थसमूह, रस, छन्द र मङ्गलकारिणी सरस्वतीजी र गणेशजीको म
बन्दना गर्दछु।)
यसैगरी शिवपार्वती, वाल्मीकि र हनुमानजीको बन्दना गर्नु भएको छ। तुलसीदासकृत
रामायण बालकाण्ड, अयोध्याकाण्ड, अरण्यकाण्ड, किष्किन्धाकाण्ड, सुन्दरकाण्ड, लङ्का
काण्ड र उत्तरकाण्ड गरी सातवटा शीर्षकमा विभाजित गरिएको छ। रामचरित मानस
दोहा र चौपाई छन्दमा लेखिएको छ। रामचरित मानसमा अन्तिम सोपान उत्तरकाण्डमा
रामराज्यको भव्य र विस्तृत वर्णन गरिएको छ। वाल्मीकिकृत रामायण र भानुभक्तीय
रामायणमा झौ रामद्वारा समस्त परिवार बन्धुबान्धवसहित सरयू नदीमा गई आफ्नो
विष्णु रूपमा प्रकट भई आफ्नै लोकमा प्रस्थान गरेको वर्णन तुलसीकृत रामायणको
उत्तर काण्डमा वर्णन गरिएको पाइदैन। यसरी तुलसीदासले रामकथालाई सुखान्त रूपमा
प्रस्तुत गर्नु भएको छ। भानुभक्तीय रामायणमा पनि श्री बालकाण्ड, श्री अयोध्याकाण्ड,
श्री अरण्यकाण्ड, श्री किष्किन्धाकाण्ड, श्री सुन्दरकाण्ड, श्री युद्धकाण्ड र श्री उत्तरकाण्ड
गरी सात खण्ड छन्। तुलसीकृत रामायणमा लङ्काकाण्ड छ भने भानुभक्तीय रामायणमा
युद्धकाण्ड छ। भानुभक्तीय रामायणमा सीताको विषयमा भनिएको कुरा तुलसीकृत
रामायणको बालकाण्डमा उल्लेख भएको पाइदैन। हनुमानले तत्व ज्ञानका विषयमा
रामसाग जिज्ञासा राख्दा रामले सीतालाई आज्ञा गर्नु हुन्छ र सीताले त्यस रहस्यको
उद्घाटन गर्नुहुन्छ।
...अर्को तत्व त केही छैन हनुमान् कुन् आज आर्काे का हाू
राम् हुन् ब्रÞम इनैकि शक्ति बलिई माया भन्याकी मा हूुा ।।३४।।
अर्को श्लोकमा भनिएको छ:
यस्ता काम जती भया ति सब काम् गन्र्या म हूा ता पनि
भन्छन् लोक र रामलाइ सबका कर्ता इनै हुन् भनी
अन्तर्यामि अनादि साक्षि त ति हुन् कर्ता कहाा ती थिया
मेरा गुण लिादा त लोकहरुले कर्ता भनी पो दिया।।३७।।
आफ्ना हजुरबा श्रीकृष्ण आचार्यले आफ्नो अन्तिम उत्तरार्धमा काशीमै देहत्याग
गर्ने निर्णय गर्नु भयो र काशीमा कल्पवास बस्न जाादा आफ्ना प्रिय नाति भानुभक्तलाई
पनि सागै लिएर जानु भयो। काशी प्रवासका बखत भानुभक्तले काशीका विद्वानहरूबाट
उच्च शिक्षा हासिल गर्ने शुभ अवसर पाउनु भयो। काशीका विद्वानहरूलाई प्राप्त ज्ञान
र शिक्षाको प्रभाव भानुभक्तद्वारा यदाकदा हिन्दीका शब्दहरूको प्रयोगले पनि प्रमाणित
गरेको देखिन्छ। जस्तै:
केही दूर् गइ रामलाइ ऋषिले विद्या सिकाई दिया।८७। (बाल काण्ड)
पौंच्या राम् पनि कैकयी र दशरथ् जाहाा बस्याका थिया।४५
रजस्थल (भानु विशेषाङ्क–२०७०)
यस काम्ले जति छन् यहाा इ सबको प्राण् खैचि ऐल्हे लियौ।।४८।(अयोध्याकाण्ड)
भन्छन् लक्ष्मणलाइ भाइ, फजिती खुप् कैकयीले दिइन्
राजालाइ वशमा गरेर बहुतै हुर्मत् प्रभूको लिइन्। ५६। (अयोध्यकाण्ड)
सोही माफिक बिन्ति बात् पनि गर्यमा वाल्मीकि छन् झन् पुरा।६२।
छ कोही मालुम ता म कन कहु जान्छू अब तहाा।८५। (अयोध्याकाण्ड)
एक बात् न बोलिकन जल्दि उठेर जाऊ ।३५। (अरण्यकाण्ड)
रस्ता कह्या भवसमुद्र सहज् तरीन्या।७३। (किष्किन्धाकाण्ड)
कूलै भष्म गराउन्या छु करुणा राख्दैन उस्मा कवै।८२। (किष्किन्धा काण्ड)
औरै कोहि भया त निश्चय यहीा मारी दिन्या पो थियाा।९०। (युद्धकाण्ड)
माथिका यी केही उदाहरणहरूले के पनि देखाउाछ भने भानुभक्तले अध्यात्मरामायण
सरल भाषामा भावानुवाद गर्दा हिन्दी र फारसीका सहज सुपाच्य, सरल शब्दहरूको प्रयोग
गर्नु भएको छ। जुन उहााको काशीप्रवासका समय हिन्दी, फारसी, उर्दुका बोलीचालीमा
प्रयुक्त हुने शब्दहरू हुन्। दुवै कविश्रेष्ठ तुलसीदास र भानुभक्तका विषयमा एउटा कुरा
भन्नु नै पर्ने हुन्छ। काव्यानुवादका विषयमा अनुवाद शब्दको जुन अर्थ आज हामी बुझ्दछौं
र स्वीकारेका छौं त्यस अर्थमा तुलसीकृत रामायण र भानुभक्तीय रामायणलाई सहज
अनुवादको श्रेणीमा राख्न मिल्दैन। यी दुवै स्वतन्त्र र मौलिक कृतिहरू नै हुन् भन्दा कुनै
आपत्ति न हुनुपर्ने हो। आध्यात्मिक विचार, भक्तिभाव र कथानक बाहेक लगभग सबै
तत्व मौलिक छन्। अनुवादको गन्ध कुनैमा पनि छैन। धार्मिक ग्रन्थहरूको अनुवादमा
अन्तरभेद छुट्याउनका लागि यी दुवै रामायण, कुरान र बाइबलको अनुवादलाई पहिलो
स्थानमा राख्नुपर्ने हुन्छ। धार्मिक ग्रन्थहरूको अनुवादमा सर्वप्रथम बाइबलकै अनुवाद भएको
पाइन्छ। तर त्यो आजसम्म पनि शब्दानुवादकै श्रेणीमा पर्दछ। कट्टर धार्मिक विश्वासका
कारण त्यस्ता धार्मिक कृतिहरूको अनुवादमा अनुवादक अर्थको अनर्थ नलागोस् भन्ने डरले
आफ्नोतर्फबाट ‘न केही जोड्ने न केही छोड्ने’ भन्ने अनुवादको मान्यताभन्दा अगाडि
बढ्न सकेनन्। उनीहरूका लागि प्रत्येक शब्द नै ईश्वरीय वचन भएको हुादा भावानुवाद
गर्ने जमर्को गरेनन्। रामायणलाई पनि आध्यात्म रामायणको अनुवाद मान्दै आइए तापनि
रामायणकारहरूले स्वतन्त्र र मुक्तरूपले आफ्नो र काव्यात्मक प्रतिभाको प्रदर्शन गरेका
छन्। तत्कालीन सामाजिक परिवेश र मान्यताअनुरूप रामायणको रचना गरिएको छ।
तुलसीदासले रामचरितमानसको सुन्दरकाण्डको ५८ सर्गको तेस्रो दोहामा यसो
भन्नुभएको छ।
प्रभु भल कीन्ह मोहि सिख दीन्ही। मरजादा पुनि तुम्हरी कीन्ही।
ढोल गवाार सूद्र पसु नारी। सकल ताडना के अघिकारी।
यस दोहाको दोस्रो लाइन ‘ढोलगंवार सूद्र पशु नारी। सकल ताडनाके अधिकारी’।
भनिएको छ जस्को अर्थ ढोलक, गंवार (गाउाले, असभ्य, अशिक्षित) दलित जाति छ। पशु
(चौपाया) र स्त्री (महिला) सबै शङ्का गर्नुपर्ने, यिनीहरूप्रति सतर्क र सचेत हुनुपर्ने अथवा
रजस्थल
यिनीहरू अविश्वासका पात्र हनु भन्न े अथर् लाग्छ। ‘ताडना’ यिनीहरूलाइर् ताडनपु नर् े अथार्त ्
ताडनाका अधिकारी भनिएको छ। हुन त रामचरित मानसका टीकाकार हनुमानप्रसाद
पोद्दारले ताडनाको अर्थ शिक्षा भन्नु भएको छ। तर पशु र ढोलक शब्दहरू प्रयोग
भएको हुादा शिक्षा अर्थ उचित हो झौ लाग्दैन। यस दोहाले गर्दा तुलसीदासलाई ‘मनुवादी’
भएको आरोप समेत खेप्नु रेको थियो। यसप्रकारका अभिव्यक्तिहरू भानुभक्तकृत रामाणमा
पाईंदैन। तुलसीकृत रामचरितमानसको कालखण्ड पराधीन भारतको कालखण्ड थियो
र सामन्ती युग थियो। नेपाल पराधीन न भएपनि निरङ्कुश तन्त्रको अधीन थियो र
सामन्ती परिवेशमा जकडिएको थियो। सामन्ती युगमा नारीलाई भोग र मनोरञ्जनको
वस्तुको रूपमा प्रयोग गरिन्थ्यो। नारी स्वतन्त्रता, समानाधिकार भन्ने आधुनिक सोच
सामन्तीकालमा हुादैन थियो। यसै अर्थमा तुलसीदासको उक्त कथनलाई लिन सकिन्छ।
भानुक्तले पनि बधूशिक्षामा यस्तै विचार व्यक्त गर्नु भएको छ। यथा:
प्राण्का नाथ् पतिका अगाडि गयि जो फर्माउाछन् सो गरोस्
भन्छन् ल्यान तमाखु खान्छु भनि ता चााडै तमाखू भरोस्।
किस्मिस् दाख बदाम मिस्रि नरिवल् जो चिज छ सो सो दिई
पाऊ मिच्न तयार भै अघि सरोस् तेल्को कटौरा लिई। २८।
जब त पति निधाउन् काखमा त्यो निदावस्।३०। (बधूशिक्षा)
यसरी भानुभक्तले नारीलाई दास (सेविका) को रूपमा प्रस्तुत गर्नु भएको छ।
निदाउन् र निदावस् शब्दको अन्तरले त्यति वेला नारीका विषयमा समाजको सोच,
धारणा र विचार अभिव्यक्त भएको पाइन्छ। यति मात्र होइन, बहु विवाहको औचित्यलाई
यसरी प्रष्ट्याउनु एको छ:
सौताको रिस गर्नु पाप छ बहुत् एकै दुवैका पति
मर्दामा पनि जानुपर्छ जसले मीलेर सङ्गै सती। (बधूशिक्षा १३)
यसमा भानुभक्तले सती प्रथालाई मान्यता प्रदान गर्नु भएको बुझिन्छ। दुवै कवि
शिरोमणिहरूद्वारा विरचित रामायणको लोकप्रियता, मान्यता र विशेषताहरूको वर्णन गर्नु
पर्दा भारतका अवधि र हिन्दी भाषी प्रदेशहरूमा आज पनि श्रीराम चरितमानसको गायन,
भजन र पाठ गर्ने परम्परा हामी पाउाछौं। त्यो भानुभक्त रचित रामायणको गायन र
पठनपाठन भएको पाइदैन। भारतका गाउागाउामा रामभक्तहरूले रामचरितमानसका दोहा र
चौपाइहरूको वाद्ययन्त्रसहित सामुहिक गायन गर्ने परम्परा नै छ र साहित्यका विद्यार्थीहरूले
आफ्नो पाठ्यक्रमकै आधारमा पढ्नुपर्ने हुन्छ। विश्वविद्यालयहरूमा शोधको विषय हुन्छ,
कैयनले विद्यावारिधि पनि गरेका छन्। तर यस अर्थमा भानुभतmरचित रामायणको सही
उपयोग भएको पाइादैन। भन्नुपर्दा भानुरचित रामायण तुलसीरचित रामायणभन्दा कुनै
पनि दृष्टिले कम छैन। छन्द विधान, गेयता, नाटकीयता, उत्सुकता, सरलता र कथात्मक
आनन्दले सिागारिएको छ भानुभक्तीय रामायण। नाटकीयता, उत्सुकता र कथात्मकता
भानुकृत रामायणका अतिरिक्त विशेषताहरू हुन् जुन तुलसीकृत रामायणमा पाइदैन।
रजस्थल (भानु विशेषाङ्क–२०७०)
भानुभक्त मुक्तककार पनि हुन्
२ जगतराज शर्मा
लौकिक संस्कृत साहित्यमा प्रशस्त मुक्तक पाइन्छन् र पो संस्कृत साहित्यका
आचार्यहरूले मुक्तकको परिभाषा दिएका छन्। ती आचार्यभन्दा पहिला नै अग्नि पुराणले
महाकाव्य, खण्डकाव्य र चम्पु काव्यको सीमा निर्धारण गर्ने क्रममा मुक्तकको परिभाषा
दिएको छ। मुक्तकम् श्लोक एवैकश्चमत्कारक्षम: सताम्
(अग्नि पुराण: अध्याय, ३३७: श्लोक १६)
मुक्तक छैटौं शताब्दीका महाकवि कालिदासले पनि लेखेको पाइन्छ। कालिदासका
समकालीन अन्य कविहरूले पनि मुक्तक लेख्थे। त्यतिखेर समस्यापूर्तिमा मुक्तक नै
लेख्थे। नैतिक उपदेशहरू पनि मुक्तकशैलीका हुन्थे। तिम्रो के इच्छा छ ? तिम्रो
उद्देश्य के हो ? यस्ता प्रश्न कसैले गर्यो भने तत्काल एक श्लोकमा उत्तर दिन्थे। त्यस्ता
चार पाउयुक्त पद्यमा न कथा हुन्थ्यो, न पूर्वापर सम्बन्ध हुन्थ्यो। काव्यालङ्कारमा पनि
स्वतन्त्र श्लोक भनेर मुक्तकलाई चिनाइएको छ। संस्कृतको समयोचित पद्य मालिकामा
कालिदास र उनका प्रतिश्पर्धि तीन कवि समेतका चार पद्य आहा झ् भन्ने खालका लहरै
राखेको छ। हेरौं महाकवि कालिदासको यो पद्य:
कदाकान्तागारे परिमल मिलत्पुष्पशयने
शयान कान्ताया कुचयुगमहम् वक्षसि बहन्
अए मुग्धे, कान्ते कुटिल नयने चन्द्रवदने
प्रसिदेत्य कोषन् निमिषमिव नेस्यामि दिवसान्।
इसाको छैटौं शताब्दीको अन्त्यतिर सुरू भएको मुक्तक लेखन पण्डित अम्बिकादत्त
व्याससम्म निरन्तर चलिरÞयो। पण्डित व्यासले ‘शिवराज विजय’ नामको ऐतिहासिक
उपन्यासमा एउटा चार पङ्क्तिपुञ्ज सुन्दर मुक्तक उपयुक्त प्रसङ्गमा दिनुभएको छ।
हेरौं संस्कृत भाषामा लेखिएको उक्त मुक्तक:
रात्रिगमिस्यति भविष्यति सुप्रभातम्
भास्वान् उदिस्यति हसिस्यति पड्ढजश्री
इत्थंविचिन्त्य इति कोषगते द्विरेफे
हा झ् हन्त हन्त झ्झ् नलिनिम् गजमुज्जहार
सूर्य कमलमा भमरो बस्यो र रस चुसिरÞयो। सूर्यास्त भएर सूर्यकमल खुम्चिदा
भमरो फूलभित्रै थुनियो र सोच्न थाल्यो। रात्रि बित्ने छ। कमल फक्रने छ अनि मुक्त
हुनेछु। तर दुर्भाग्य ज·ली हात्ती आयो कमलको डट्टा सबै चपाइदियो र भमरो मर्यो।
कतिपूर्ण अर्थ छ यसमा।
मुक्तकलाई संस्कृत साहित्यका मनीषिहरूले काव्यको लघुतम् रूप मानेका छन्।
फुटकर कवितालाई लघुरूप, खण्डकाव्यलाई मध्यम रूप र महाकाव्यलाई विस्तारित रूपमा
परिभाषित गरेको पाइन्छ। मुक्तक नयाा होइन र उर्दूको ‘कत्अ’ कै प्रतिरूप पनि होइन।
निथ्रेनी:
रजस्थल
छोटो आकारमा संरचित भएर पनि लामो प्रभाव पार्ने भएकाले यो लोकप्रिय बन्दै गएको
सााचो हो। चारपदयुक्त ‘रूवाइ’ शैलीका मुक्तक ऐले लोकप्रिय बन्दै गएका छन्। यही
लोकप्रियतालाई हेरेर ‘अन्य शैलीमा मुक्तक बन्न सक्तैनन्’ भन्नु उचित हो जस्तो लाग्दै
न। हामीहरू नेपाली भाषालाई संस्कृत भाषाकी ‘छोरी’ र संस्कृत भाषा ‘आमा’ स्वीकार
गर्दछौं। यसरी नै हिन्दी र बङ्गाली भाषा पनि नेपाली भाषाकै दिदीबहिनी हुन्। हिन्दी
बङ्गालीमा झौ नेपाली भाषामा पनि संस्कृत भाषाको प्रभाव छ र पनि वर्तमानमा आएर
संस्कार र व्यवहारले गर्दा अङ्ग्रेजीले बढी नै दखल गरेको पाइन्छ। यसो हुनु विज्ञानका
वरदानहरूको अधिकतम उपयोग गर्न पाउादाको परिणाम होला ग्रामीण क्षेत्रमा बस्ने निर
क्षरहरूबाट पनि अङ्ग्रेजीका शब्दहरूको प्रयोग गरिन्छ। तिनीहरूलाई सोध्दा अर्थ भन्न
सक्दैनन् र पनि ठीक अर्थ लाग्ने गरी प्रयोग भने गर्दछन्। यस्तो प्रयोगमा आएका अङ्ग्रे
जीलाई आगन्तुक भनेर स्वीकार गरिरहने हो भने नेपाली भाषा वर्णसङ्कर बन्दै जान्छ।
‘आकार’का दृष्टिले ‘रूवाइ’ मात्रै मुक्तक होइन, ताङ्का, चोका, सेदोका र हाइकु
पनि मुक्तक नै हुन्। यस बाहेक कम्तीमा दुई पङ्क्ति र बढीमा दस बाह्र पङ्क्तिसम्मकालाई
मुक्तक भनिन्छ भन्ने अभिमत धेरै विद्वानहरूको पाइन्छ तै पनि नयाा पुस्ताले त्यसलाई
किन ह्दयङ्गम गर्दैन र भन्छ ‘श्लोकमा मुक्तक हुन्न र त्यसरी लेख्न पाइदैन’ भनेर।
मुक्तक शम्भुप्रसाद ढुङ्गेलले पनि लेखे, लेखनाथले पनि लेखे। ‘लालित्य’ कविता
सङ्ग्रहमा सङक्लित ‘सत्य सन्देश’ शीर्षकका एक श्लोकी पद्य ‘मुक्तक’ नै हुन्। यही
शैलीमा मुक्तक लेख्नेहरू ऐलेसम्म छन् । पोखराका तेजनाथ घिमिरेको ‘कालचक्र’ छन्दमा
लेखिएको मुक्तकसङ्ग्रह हो। त्यसमा शृङगारिक मुक्तक उति छैनन्। त्यसमा राजनीतिक
विकृति, सांस्कृतिक विचलन र राष्ट्रियताको चिन्तामा केन्द्रित रहेर लेखिएका तीन सय
अधिक मुक्तक छन्। यसरी नै पाल्पा पोखराथोकका स्रष्टा कृष्णप्रसाद कोइरालाले पनि
‘वीचिमाला’ शीर्षकको सङ्ग्रहमा यस्तै मुक्तकहरू सङ्कलित गरेका छन्। मोतीराम भट्टले
पनि मुक्तकहरू लेखेका छन् र समस्यापूर्तिका माध्यमबाट मोती मण्डलीले मुक्तक सिर्जनाको
अभियान नै चलाएका हुन्। यसरी नेपाली भाषामा मुक्तक लेख्ने मोतीरामले चलाए पनि उनको
स·त नपाएकाबाट पनि मुक्तक लेखिएका छन् भाषा साहित्यमा । भानुभक्त आचार्य, मोतीराम
भट्ट, शम्भुप्रसाद ढुङ्गेल र कवि शिरोमणि लेखनाथ पौड्याल हुादै तेजनाथ घिमिरे
पोखरा, एवम् कृष्णप्रसाद कोइराला पाल्पासम्मको योगदान छ। यो सबै छन्दमा मुक्तक
लेख्नेहरू हुन् । यतिखेर यी पङ्क्तिहरू जोडिरहदा यो अकिञ्चनले ‘मधुपर्क’को २०७१
वैशाख अङ्क सम्झन पुग्यो मुक्तक सिलोक बन्दैछन् भनेर चिन्तित भएकाहरूले आयोजना
गरेको राष्ट्रिय मुक्तक सम्मेलनका विचारहरू छन्। सरूभक्त रूवाइ शैली ‘प्रयोग’ हो
भन्नु हुन्छ भने, चेतन कार्की र डा. मुरारी पराजुलीले ‘संस्कृत साहित्यबाटै ‘मुक्तक’
लेखनले निरन्तरता पाइरहेको छ, रूवाई मात्रै मुक्तक होइनन्’ भन्दै ‘अग्रजहरूमाथि
पूर्वाग्रह राखेर खनिन हुन्न’ भन्ने धारणा राख्नु भएको छ। त्यो भनाइ यो विचरालाई
उपयुक्त र मनन योग्य लाग्यो। भानुभक्त आचार्य आशुकवि हुन्। उनको आशुकवित्व
यिनै मुक्तकहरूमा झल्कन्छ। ताप्केमा खोइलाले हर्लङ्हर्लङ् हल्लाएर भुट्दा अर्खलिएका
मकै जति भोक लागे पनि विनासितन चपाउन गाहै्र हुन्छ। यही प्रसङ्गमा उनीभित्रको
रजस्थल (भानु विशेषाङ्क–२०७०)
मुक्तककार यसरी प्रकट भयो:
असल मुग्रे केरा कि त मही हवस् बेस अमिलो
किता सेता मूला कि त बरू हवस् साग उसको
असल् हुन्थ्यो धूप्मा नतर यसरी खानु कसरी
भुटी ल्यायौ थाल्मा मकइ तिमिले क्याान यसरी ।
यसरी भानुभक्त आचार्य पछिल्लो ससुराली गाउा मानुङ्मा गएर चारैतिर हेर्दा जुन
सौन्दर्य देखे त्यसबाट अभिमूत भएपछि एउटा श्लोक बनाइहाले।
मानुङ्को सरि गाउा उत्तम ठूलो लागेन कााही पनी
वास्नालाई रमाइला अति चिसो आऊाछ हावा पनी
घर्मा नै बसि फेर् हिमालयजिको वाराहिजीको पनी
शुक्ला दक्षिणतर्फ उत्तर दिशा माहेन्द्रि दर्शन पनी।
मानुङ्को डााडो दमौली बजारको दक्षिणतिर छ। त्यसको पनि दक्षिणतिर शुक्ला
(सेती) बगेकी छन् भने उत्तरतर्फबाट मादी नदी बग्छिन्। पानीको अभाव रहेको निकै
फराकिलो त्यो ठाउाबाट पूर्व, पश्चिम, उत्तर, दक्षिणतर्फ टाढाटाढासम्म देख्न सकिन्छ।
माथि मगर जातिको बाक्लो बस्ती छ। तर घााचमा खनाल ब्राÞमणका घर छन्। त्यही
गाउामा प्रा. यदुनाथ खनालको घर पनि छ। त्यस डााडाको पूर्वमा सेती र मादीको
सङ्गम छ । त्यसकै किनारमा व्यास गुफा छ। मादीकिनारमा उर्वर फााट छ। निकै र
मणीय त्यो डााडामा पुग्दा भानुभक्तले रचना गरेको उपर्युक्त पद्य मुक्तकीय शैलीको छ।
ऐले गण्डकी अञ्चलमा तीन प्रसिद्ध बाराही मन्दिर छन्।
१. ताल बाराही (कास्की पोखरा)
२. रोलबाराही (स्याङ्जा राङ्भाङ गाविसमा)
३. ढोरवाराही तनहुाको ढोरफिर्दीमा। आदिकविको यो श्लोकको सङ्केत त्यही
ढोरबाराहीतिर हो। अर्को कुरा भानुभक्त एकदिन कुनै एक मित्र कहाा बस्न पुगे। त्यहाा
उनले मझेरीमाथिको दलिनमा घुसारेर राखेको नयाा नै एउटा भोरूवा बन्दुक देखे।
त्यसलाई प्राप्त गर्न पाए भन्ने मोह जाग्यो। अनि उनले तत्कालै रचेर एउटा श्लोक
सुनाए। जो यस्तो छ:
विद्वान् जन्ले लोहालाइ बेच्नु छैन,
भन्दा सुन्थ्याा यो कुरो हो कि हैन
लोहा बेची मोल क्या लीनु होला
खड्गै–पूजा–निम्ति यो दीनु होला।
धेरै समय पहिला यो अकिञ्चनले अन्तिम पङ्क्तिलाई ‘योग्यै जानी यो ऊसै दीनु
होला’ सुनेको थियो तर यहाा ‘खड्गै–पूजा–निम्ति यो दीनु होला’ हुन पुगेको छ। ‘नैष्टिक
ब्राÞमणलाई बन्दुक किन’ भन्ने प्रश्न आऊला कि भनेर सम्पादन भएको पो हो कि ?
मेरो दिमागले यस्ता चतुष्पदी श्लोकहरू मुक्तक हुन् र आदिकवि भानुभक्त मुक्तककार
पनि हुन् भन्ने बुझ्यो।