Social Icons

भानुभक्त र सिर्जना - डा. अच्युतशरण अर्याल


गण्डकी अञ्चलका धरोहरका रूपमा भानुभक्तलाई लिने कि समग्र देश र विदेशमा
समेत प्रसिद्ध भानुभक्तलाई बुझ्ने भन्ने वर्तमान समस्यामा स्थान, समय र समाज
गुज्रिरहेको प्रतीत हुन्छ ।
भानुभक्तको स्थान हेर्नेलाई थाह छ । तल खोला, माथि बारीका गरा र नजिकै
पानीको स्रोत माथि जङ्गल । यस्तो दक्षिण फर्केको उपत्यका भानुजन्म स्थल । उनको
स्थानलाई उनकै उत्तराधिकारीहरूले संरक्षण नगरेको जे जति गरे त्यो भानु लिखित
भानुभक्तका रचनाका विविध प्रतिहरूले मात्र स्थान सुरक्षित गर्न सक्छन् । यहाा स्थानले
भानुको नेपाली साहित्यमा कुन स्थान हो र भानुको जन्मस्थललाई अझैसम्म गन्तव्य
स्थल बनाउन किन नसकिएको होला ? भन्ने बुझाउन खोजिएको हो ।
भानुभक्तको समय आजभन्दा २०० वर्ष अघिको थियो । नेपाली जातिको २००
वर्षको इतिहासका साक्षीका रूपमा उनका कृतिहरू बोल्नुपर्ने हो । उनका कृतिहरूमा
नेपाली समाजका स्वरहरू देखापर्छन् । ती तस्बिरहरूले आजसम्मका नेपाली समाजलाई
निरन्तर निर्देशन गरिरहेकै छन् त ?
अथवा भानुभक्तको समयमा रहेको समाजमा पनि लोकेष्णा, वित्तेष्णा र पुत्रेष्णा
देखिन्छ । भानुभक्तको समयमा लोकेष्णा रहेका आधार उनकै कृतिहरूमा पाइन्छ ।
रामायणमा उनले ‘लोक्को गरूा हित्’ भनी उल्लेख गर्नुले लोक अवधारणा देखापर्छ ।
यो लोक अवधारणाले भानुभक्तले लोकको के हित गरे त भनेर खोज्ने फुर्सत हुने हो भने
शिक्षा मन्त्रालयको पौढ शिक्षाको अभियान र भानुको रामायण लोकहित अभियानमा भानु
लोकहित अभियान सिर्जनात्मक पौढ प्रयोगका रूपमा जीवन्त लाग्दछ । भानुका कृतिमा
उनी धनी भएको कुरा उल्लेख छ । त्यसले साहित्यकार गरिब हुादैन भन्ने बुझाउाछ ।
उनको पुत्रेष्णा उनका चिठी पढ्नेहरूलाई ज्ञात छ । भानुभक्तका साहित्य सिर्जनालाई
विधागत दृष्टिले हेर्न सकिन्छ । भानुभक्तको समग्र अध्ययन गर्न नपर्ने नेपाली साहित्यको
इतिहासमा उनको नाममा जे जति सिर्जनात्मक कृति थिए र छन् उनकै उत्तराधिकारीहरूले
जानून् । हामीले त देखे सुनेको आधार र ऐतिहसिक तथ्यका आधारमा लेख्ने कुरा
मात्रै हो । यस आधारमा हेर्दा भानुका फुटकर कविता खण्डकाव्य स्तरका कविता र
महाकाव्यस्तरका कविता पाइन्छन् । उनका फुटकर कवितामा प्रश्नोत्तर, भोलिलाई लिन
सकिन्छ । खण्डकाव्यस्तर रचनामा भक्तमाला, बधूशिक्षा जस्ता उपदेशात्मक कविता छन्।
ती आजका सन्दर्भमा कति छान्न केलाउन पर्ला त्यो छुट्टै कुरा भयो । त्यसले उनले
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
गरेका सिर्जनाहरूमा फुटकर रचना जति मध्यम स्तरका रचना लोकप्रिय देखापर्दैनन्
उनका फुटकर कवितामा जुन डिठ्ठा बिचारीको यथार्थ वर्णन छ र नेपालीका घर
बिताउने कुरा छ । आजसम्मको राणाकालीन, राजाकालीन, पुरानोप्रजातन्त्र, पञ्चायत,
बहुदलकालीन लोकतान्त्रिक गणतन्त्र वा समावेशी प्रजातन्त्र कालसम्म उस्ताको उस्तै
छ। भानुभक्तको समयको सिर्जनामा रहेको यर्थाथ आजको युवापुस्ताले पनि अड्डा भनिने
ठाउामा दुई घण्टा बिताउनु पायो भने थाहा पाउन सकिन्छ । यस्तो कटु यथार्थ लेख्ने
भानुभक्तलाई कसरी मूल्याङ्कन गर्नुपर्ला, समयले गर्ला ।
उनको महाकाव्य सक्षम रचनाका रूपमा भानुभक्तको रामायण प्रसिद्ध छ । यो
रामायण घरैपिच्छे हुनुपर्छ र हुन्छ । पाठालोचना शास्त्र अनुसार उनका कृतिहरू धेरैले
घरमा राखेको कृतिबाट पुन: प्रतिलिपि गराएर लेखेको हुनुथ्यो । हाम्रा इतिहासका
निर्माताहरूले ती पाठमध्येको ठीक पाठलाई मान्यता दिएको होला खोजकै विषय भयो ।
जे होस् भानुका सिर्जनामध्ये फुटकर कविता र रामायण बिर्सन नपर्ने सिर्जना देखापर्छन्।
भानुभक्तलाई भक्तिकालीन साहित्यको दृष्टिले हेर्दा उनी रामभक्त, साहित्यका उपासक
मानिन्छन् । उनले उपासना गर्ने राम र उनको समय समग्र रामायणले नेपाली राम
नेपाली सीताको प्रतिनिधित्व गर्ने कुराले गर्दा होला यसमा पहाडी सौन्दर्यशास्त्र लुकेको
हुनुपर्छ भन्ने सहजै आकलन गर्न सकिन्छ । नत्र मधेशमा भानुभक्तको साहित्य फाल्नुपर्ने
थिएन होला । त्यसैले गोपालसिंह नेपालीको सालिक राख्ने विहार भानुभक्तको सालिक
नफाल्ने दार्जजिङ भानुको सालिक फाल्ने मधेश तुलनीय हुनसक्छन् सक्तैनन् । फेरि
सोच्दै गरौला ।
त्यस्तै भानुलाई आदिकवित्वको भारी बोकाएर मात्रै हुादैन भन्ने प्रयासहरू आइसकेपछि
पुन: त्यही कुरा लेखिरहने विषय भएन । त्यस्तै भानुभक्तलाई व्यापार व्यवसाय गराउन
हिड्न ठीक वा बेठीक यो विषय पनि भानुभक्त जस्तै छ कथा, उपकथा सकल कथा ।
यहीनेर भानुभक्तले उठाएको प्रसङ्गले हाम्रो २०० वर्षे कालको झल्को दिन्छ त्यो
हो दरिद्र बुद्धि । यिनको कृतिगत साध्यले भन्छ:?
घाासी दरिद्रि घरको तर बुद्धि कस्तो
मो भानुभक्त धनी भैकन आज यस्तो ।
यस साध्यबाट हामीहरूको लोक हितकारी बुद्धि, धनी गरिब बुद्धि अर्थात विभेदकारी
चिन्तन २०० वर्ष पुरानो देखिन्छ । अब हामीमा समावेशी बुद्धि खोज्नुपर्ने राम्रो नेपाली
भाषालाई हाम्रो नेपाली भाषा भन्नुपर्ने, गण्डकीका माधव घिमिरे, बासुदेव त्रिपाठी, यदुनाथ
खनाल, सरूभक्तहरूको मूल्याङ्कन भएको छैन उहिलेका भानुभक्त, लेखनाथलाई कस्ले
खोज्ने किन खोज्ने भानुभक्तका सिर्जनामा प्रश्न उठाउन सकिन्छ ।
(मो. ९८४१३७७३१२)
रजस्थल 
भानुलाई सम्झदा मनमा उठेका कुरा
२ त्रिभुवन शर्मा
यो वर्ष हामी आदिकवि भानुभक्त आचार्यको दुइसर्यौ वर्ष जयन्ती मनाउने क्रममा
लागि रहेका छौं । स्याङ्जा साहित्य प्रतिष्ठानले राष्ट्रिय विभूतिहरू, साहित्यकारहरूको
सम्झनामा विशेषाङ्कहरू प्रकाशन गर्दै आइरहेको छ । यसरी स्वतन्त्र सेनानी विशेषाङ्क,
लक्ष्मीप्रसाद देवकोटा विशेषाङ्क, भीमनिधि तिवारी आदि विशेषाङ्कहरू प्रकाशित भैसकेका
छन् । यो स्याङ्जा साहित्य प्रतिष्ठानको त्रैमासिक साहित्यिक माला ५७ औं अङ्क
रजस्थलमा आदिकवि भानुभक्तको २०० औं वर्षजयन्तीको उपलक्ष्यमा भानु विशेषाङ्क
प्रकाशन गर्ने जमर्को प्रतिष्ठानले गरेको छ । यसका लागि स्याङ्जाका अग्रज साहित्यकार
प्रतिष्ठानका अध्यक्ष तथा प्रधानसम्पादक विश्वप्रेम अधिकारी लागि पर्नु भएको छ ।
२०७० असारदेखि २०७१ असारसम्म भानु द्विशतवार्षिकी समारोह मूल समितिले
विविध कार्यक्रमको आयोजना गरी भानु जयन्ती मनाउने कार्य अवधि राखेको छ ।
स्याङ्जा साहित्य प्रतिष्ठानले पनि जिल्लाको विभिन्न क्षेत्रमा गोष्ठी, समारोह आदि
गर्ने कार्यक्रमका साथ भानु विशेषाङ्क प्रकाशन गर्न लागेको हो । भानुद्विशतवार्षिकी
समारोह मूल समितिले मूल सन्देश, प्रस्तावना र वार्षिक कार्यक्रमको रूपरेखा सार्वजनिक
गरिसकेको छ । जो महत्वपूर्ण, समय सान्दर्भिक, मननीय तथा अनुसरणीय छन् । यसै
अनुरूप कार्यक्रम अगाढि बढी सम्पन्न हुने छन् र भानुप्रति सच्चा श्रद्धाञ्जली हुने छ ।
रामायण च्याप्ने, विर्के टोपी, दौरा सुरूवाल, पछ्यौरा र पटुकाको आकर्षक
पहिरनमा देखिने भानु विद्वान घरानामा जन्मेका पं. श्रीकृष्ण आचार्यका नाति तथा खरिदार
धनञ्जयका एक मात्र छोरा थिए । उनको अध्ययनमा कुनै कमी थिएन । उनको शिक्षा
आर्जन घरमै र वाराणसीमा भएको थियो । कलिलै उमेरमा उनी यशश्वी, विद्वान र
कवि बन्न पुगे । भानुभक्त आचार्य स्वाभाविक अर्थात सहज कुशाग्र बुद्धिका आदर्शवादी
कवि हुन् । उनको पहिलो कविता घाासी मानिएको छ ।
यिनको जन्म पत्रिकाको रचनालाई प्रथम रचना हुन सक्छ भनिए तापनि घाासी
कवितालाई नै पहिलो रचना मानिएको छ । भानुभक्तलाई कविता लेख्ने प्रेरणा घाासीबाट
प्राप्त भएको मानिन्छ । यो घाासी कवितामा मानव जातिको हित, समाजसेवा र भलाइका
प्रति समर्पण हुनु मानव धर्म हो भन्ने भावना उन्मुख छ । यो भावना घाासी पात्रबाट
मुखरित गराएका छन् र आफू कवि पनि घाासीकै प्रेरणाबाट कवि बन्न उत्प्रेरित भएको
व्यक्त गरेका छन् ।
नेपाली कविताको विकासक्रम लोकगीत, लोकगाथा, भजन, बालुन आदिबाट अलिखित
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
रूपमा हुादै आएको पाइन्छ । लिखित कविता कवि सुवानन्ददासको ‘पृथ्वीनारायण’
शीर्षकको वीर गाथा कविता मानिएको छ । उक्त कविता लोकजीवनबाट प्रभावित
वीर गाथामा आधारित छ । यसको रचनाकाल १८२५ मानिएको छ । सुवानन्ददासले
पृथ्वीनारायण शाहको एकीकरणको कार्यलाई वीर गाथाको चर्चाबाट कविताको
थालनी गरे। अंग्रेजसागको युद्धपश्चात नेपाली कविता साहित्य वीर धाराकालबाट भक्ति
धाराकालमा रूपान्तरित भएको पाइन्छ । नेपाली कविताको विकासक्रमलाई विद्वानहरूले
विभिन्न किसिमले काल विभाजन गरेका छन् तापनि मुख्यत: निम्न तीन कालमा वर्गीकरण
गरेका छन्:
प्राथमिक काल १८२५ देखि १९४० सम्म
माध्यमिक काल: १९४१ देखि १९७४ सम्म
आधुनिक काल: १९७५ देखि हालसम्म ।
प्राथमिक काललाई पनि मुख्यत: दुई भागमा वर्गीकरण गरिएको छ । वीरधारा
काल र भक्तिधारा काल । भक्ति धारालाई पनि तीन भागमा वर्गीकरण गरिएको छ ।
कृष्णभक्ति धारा
रामभक्ति धारा
निगुर्ण भक्ति धारा
भक्ति धाराकाललाई नेपाली साहित्यको प्रारम्भ भएको मानिन्छ । रामभक्ति
धारालाई समातेर भानुभक्त अग्रणी कविका रूपमा अगाडि बढे । भानुभक्तले सरल
नेपाली भाषामा कविता लेखेर सबै नेपालीलाई नेपाली भाषाप्रति मोह जगाइदिए । भानुले
सरल, सुबोध भाषाको प्रयोग गरी सरल शैलीमा संगीतमय कविता लेखे । अपठितले
पनि बुझ्ने, लोक भाकामा गाउन सकिने कविता र रामायणको रचना गरेर भानुभक्तले
नेपाली भाषालाई सबै नेपालीको भाषा बनाई ठूलो गुन लगाए । त्यसैले भानुभक्त आचार्य
आदिकवि कहलिए । आदिकवि मात्र हैन भाषिक एकताका प्रतीक पनि हुन पुगे भानु ।
भानुभक्तीय रामायण संस्कृत अध्यात्म रामायणको अनुवाद मात्र नभइ कविको मौलिक
कवित्व झल्केको छ, प्रतिविम्बित भएको छ यसमा । नेपाली साहित्यको महत्वपूर्ण
ग्रन्थ मात्र नभै नेपाली मात्रको सर्वाधिक लोकप्रिय महाकाव्य पनि बनेको छ रामायण।
भानुभक्तीय रामायणको अहिले अन्य थुप्रै भाषामा अनुवाद भइसकेको छ र अझै अन्य
धेरै भाषामा अनुवाद हुने क्रम जारी छ ।
भानुका फुटकर कविता हास्यव्यङ्ग्य, शृङ्गारिक, विनोदप्रिय र प्राकृतिको वर्णन
भएका छन् । उनको मनमा लागेका र भोगेका कुराहरूलाई तत्काल कवितामा उतार्न
सक्ने क्षमतावान आशुकवि हुन् भानु । धार्मिक, नैतिक र सामाजिक भावना भएका प्रखर
कवि हुन् भानु । उनका कविताले समाजमा नैतिकता सिर्जना गर्न, आदर्श समाज निर्माण
रजस्थल 
गर्न निर्देश गरेका छन् । सरकारको ढिलासुस्तीलाई व्याङ्ग्यात्मक रूपमा चोटिलो प्रहार
गर्ने काम नि भएको छ उनका कवितामा । भानुभक्तका कृतिहरू प्रकाशित गरिदिने र
उनलाई यथार्थ रूपमा चिनाउने काम युवा कवि मोतीराम भट्टबाट भएको थियो ।
हामी बहुभाषी, बहुजाति, बहुसंस्कृति अवलम्बन गरेका नेपाल राष्ट्रका बासिन्दा
हौं । सबै जातजातिको भाषा र संस्कृतिको पहिचान सम्मान पनि गर्नु पर्दछ । तथापि
सबै जातजातिलाई समेट्ने एक सूत्रमा आबद्ध गर्ने राष्ट्र र राष्ट्रिय गौरवलाई उचो राख्ने
सबैको प्यारो राष्ट्रभाषा नेपालीलाई कहीा कतैबाट आाच पुग्ने काम हुन हुादैन । राष्ट्र
भाषा नेपालीलाई सगौरव अङ्गीकार र प्रयोग गर्न पछि पर्नु हुादैन । यसैमा नेपाल र
नेपालीको शिर ठाडो हुने छ भन्ने कुरामा दुई मत हुन सक्दैन ।
देश विदेशमा भानुभक्तका सालिक निर्माण भएका छन् । भानुजयन्ती सबै ठाउामा
बस्ने नेपालीहरूले भव्य रूपमा मनाउने गरेका छन् । नेपाली भाषा र संस्कृतिलाई
राष्ट्रको गौरवको विषयमा लिइन्छ । नेपाली भाषाभाषी भएका विदेशका ठाउामा पनि
नेपाली भाषाको उत्थानका लागि धेरै कामहरू भएका छन् । दुर्भाग्यको कुरा हाम्रै देशमा
बनेका भानुभक्तका सालिक भत्काइयो । यस्तै पृथ्वीनारायण शाहको सालिक तोडियो
के यो राष्ट्र वाद हो ? यो कस्तो राष्ट्रभक्ति हो ? राष्ट्र एकीकरण गर्ने पृथ्वीनारायण
शाह, भाषिक एकताका प्रतीक आदिकवि भानुभक्त आचार्यको सालिक तोड्ने अनास्था
गर्ने काम कस्तो बुद्धिमानी हो ? यसले राष्ट्र र राष्ट्रियताका लागि कस्तो सन्देश दिन्छ?
यसप्रति हामी गम्भीर हुनै पर्दछ ।
अन्तमा भानु द्विशतवार्षिकमा मूल समितिले ज्यादै महत्वपूर्ण कार्यक्रम अगाडि
सारेको छ । भनुका सालिक निर्माण गर्ने, भानुका कृतिको अन्य भाषामा अनुवाद गर्ने,
अध्ययन केन्द्र स्थापना गर्ने, श्रव्यदृश्य सामग्री निर्माण गर्ने जस्ता थुप्रै राम्रा र गौरवका
कार्यक्रमको आयोजना र निर्देश गरेको छ । यो नेपाल र नेपाली साहित्यको शिर
उचो राख्ने प्रशंसनीय कार्य हो । देश विदेशमा यस्तै रचनात्मक कार्यद्वारा भानुप्रति
श्रद्धाञ्जली अर्पण गरिदै छ । यसै सन्दर्भमा यो सानो लेखोटबाट भानुलाई स्मरण गर्दै
हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।
अस्तु ।



यो चिन्ता मनमा भयो र अहिले सोधूा उपाई भनी
आयाको छु दयानिधान् कसरि पार् तर्नन् सहज् यी पनी
येस्तालाई उपाय तर्न सजिलो कुन् हो उ आज्ञा गरी
मेरो चित्त बुझाइबक्सनु हवस् क्याले इ जान्छन् तरी।६।
(रामायण श्लोक: ६)
 
" "
|
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
/
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
/
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
/
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
\
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*