Social Icons

भानुभक्त र चसर - शिव कुमार अधिकारी


धन्य धर्मकवि चौसर हाम्रा (धरणिधर कोइराला)
मानव जीवनसाग साखिल्ले सम्बन्ध रहेको वस्तु संस्कृतिभित्र पर्दछ। पहिचानका
लागि गरिएका प्रयत्नहरू, जमर्काहरू पनि संस्कृतिका अभिन्न अङ्ग हुन्। संस्कृति
पहिचान हो, राष्ट्रियताको चुरो हो। सामुहिक प्रयत्न र वैयक्तिक फरक फरक गरिमाका
हुन्छन् तर कहिलेकााही वैयक्तिक प्रयत्न राष्ट्रियताको धरोहर बन्न जान्छ। भानुभक्त
आचार्यको यस्तै प्रयत्नले उनलाई राष्ट्रिय विभूतिको गरिमामय पदमा पुर्‍यायो र धरणीधर
कोइरालाले उनलाई अङ्ग्रेजी आदिकवि चसरसाग तुलना गर्दै ‘धन्य धर्म कवि चौसर हाम्रा’
भनेर उनको गरिमालाई उद्धरित गर्न पुगे। महाकवि लक्ष्मीप्रसाद देवकोटाले उनलाई
‘बिहानीका शुक्र तारा, नेपाली हे प्रथम ध्वनि’ भनेर भन्नुले त धरणिधर कोइरालाको
यो भनाइलाई थप पुष्टि पुर्‍याएकाले चसर र भानुभक्त आचार्यमा के के सादृश्यता र
अन्तरहरू छन् जान्न खोज्नु समीचीन हुन आउाछ।

चसर र आदिकवि भानुभक्त आचार्यको कालखण्डमा फराकिलो अन्तर छ। चसर
को जन्म १३४० ईस्वीमा भएको भने आदिकवि भानुभक्त आचार्यको विक्रम सम्वत १८७१
साल। यी दुवै काल खण्डमा ४१७ वर्षको अन्तर छ। विचारको दृष्टिले चार शताब्दीमा
ठूलो अन्तर पर्नुपर्दछ।
क्लासिकल वैज्ञानिक न्यूटन र सापेक्षतावादका प्रणेता अल्वर्ट आइन्स्टाइनको
कालमा २३६ वर्षको अन्तर छ। यी दुवै वैज्ञानिकको चिन्तनमा भएको फरकले चसर र
आदिकवि भानुभक्त आचार्यको तुलनामा केही अर्थ राख्दैन। यसबाट के निस्कर्षमा पुग्न
सकिन्छ भने जति ठूलो काल खण्डको अन्तर भए पनि मावन चिन्तनको विकासको क्रम
समान हुन्छ, शून्यबाट नाम रूप, नाम रूपबाट शून्य।
चसर रक्सी पसलेका छोरा हुन्। १७ वर्षको उमेरमा दरबारका जागिरे, १९ वर्षको
उमेरमा पिकार्डको लडाइामा सहभागी र राजाबाट क्षतिपूर्ति नदिएसम्म बन्दी जीवन
बिताउन विवस भएका थिए। फर्केपछि राजा एडवार्ड तृतीयका छोरा युवराजका सेवक
भए। ३० वर्ष हुादा नहुादा उनी कुटनीतिक सेवामा प्रवेश गरे। फाल्न्डर, फ्रान्स र इटालीका
लागि राजदूत पनि भए। १३७४ ईस्वीमा उनी राजश्व कार्यालयमा जागिरे भए । ११ वर्ष
पछि सो पदबाट राजिनामा दिए पछि उनी नाइट् बनाइए र संसदमा प्रतिनिधित्व गरे।
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
तर आदिकवि आचार्यको जीवन योभन्दा थोरै भिन्न छ। उनका पिता धनञ्जय
आचार्य राजा गीर्वाणका पाला सरकारी जागिरदार थिए। सायद उनको पद राजस्व
परिचालन कार्यालय कुमारी चोकमा खरिदार थियो। त्यस वेलाको प्रचलन अनुसार संयुक्त
परिवार व्यवहारमा थियो र बाबु जागिरे भएकाले घर नहुादा उनको लालनपालन, शिक्षा,
संस्कार आदिको प्रबन्ध उनका पितामह श्रीकृष्ण आचार्यले सम्पादन गरे। यसरी उनको
जीवनमा परिष्कार ल्याउन उनका पिताको भूमिका गौाड र पितामहको भूमिका प्रमुख
रहिआएको छ। चसरका जीवनमा उनका पिता वा पितामहको केही भूमिका भएको
उल्लेख पाइदैन। चसर मेधावी थिए र विभिन्न स्थानमा उनले गरेको सेवा र सङ्गतले
उनलाई परिष्कार दिएको थियो।
चसरका दुर्दिन लङ्कास्टरका ड्यूक जोहन अवगन्टका दुर्दिनबाट सुरु हुन्छ। उनले
पद र प्रतिष्ठा गुमाउनु परेको कुरा अनेकौं स्थानमा उल्लिखित छ। यस्तै दु:ख आदिकवि
भानुभक्तले बेहोर्नु परेको कुरा उनको कविता:
‘बिन्ती डिठ्ठा विचारीसित म कति गरूा चुप् रहन्छन् नबोली’ भन्ने कविताले
प्रष्ट पार्दछ तर यी दुर्दिन उनी आफै सङ्लग्न कार्यले नभै उनका पिताले कुमारी
चोकमा बरबुजारथ गर्न नसक्नुको परिणति उनले व्यहोर्नु पर्नुको कारणबाट भएको भनेर
उनका नाति रमानाथले लेखेका छन्।
चसरलाई काव्यात्मक रुचि प्रकृतिले र परिष्कार फ्रान्सले दिएको हो। उनका
कृतिमा उनका पूर्ववर्ति कविहरू सर ग्वायनको रहस्यवाद, ल्याङल्याण्डको विद्रोहात्मक
प्रवृत्ति जस्तो जो पर्ल भन्ने कृतिमा छ, विल्मिफको धार्मिक विद्रोह, गोवरको किसान
विद्रोह र बारबरको स्कटलैण्डको र वेलायतका बीचको काव्यात्मक विखण्डनको प्राचुर्य
पाइन्छ। चसरले आफ्नो युगको समग्र प्रतिनिधित्व गर्छन्। आदिकवि भानुभक्त आचार्यका
पूर्ववर्ति कविहरू रघुनाथ पोखरेल जसको रामायणको सुन्दर काण्ड मात्र उपलब्ध छ,
जसलाई आदि कविको थान्कोमा राख्न प्रयत्न गरिएको थियो, ‘वंशीचरित्र’ द्रौपदीविलापका
रचयिता विद्यारण्य केशरी, विमल बोधानुभवका रचयिता वीरशाली पन्त र वीररस प्रधान
‘खााडो’ले आदिकवि भानुभक्त आचार्यलाई उनसाग भएको काव्यात्मक प्रतिभालाई मलजल
त हाले होलान् तर चसरलाई जस्तो प्रभाव पारेको छनक कतै पाइादैन तर रघुनाथ
पोखरेलको रामायणले रामायण लेख्न अभिप्रेरित गरेको भने हुन सक्छ।
चसरले फ्रेञ्च कवि माशुको ‘रोमन डिला रोजको’ अङ्ग्रेजीमा अनुवाद गरे जस्तै
आचार्यले संस्कृतका विश्वविराट महाकवि व्यासको आध्यात्म रामायणको नेपालीमा
भावानुवाद गरे। ‘रोमन’ले चसरलाई काव्यात्मक शैली दियो भने रामायणले भानुभक्तलाई
रजस्थल 
आदिकविको उपाधि। रामायणको साधारणीकरण यस्तै भयो कि नेपालका विविध जातजाति,
लिङ्ग, वर्ण सबै एकाकार भएर नेपाली बने, नेपाली जाति बन्यो। अब भाषाको कुरा
लिऊा। चसरको कालमा ब्रिटेनमा लेटिन, ग्रिक र फ्रेञ्च भाषाको सर्वाधिक प्रभाव थियो।
अङ्ग्रेजी कवि वा लेखकले रचेका कृतिहरूमा तिनको मनग्ये प्रभाव देखिएको छ। कुनै
कुनै कविका कवितामा भएका पङ्क्तिहरू पूरै फ्रेञ्च वा लेटिनमा लेखिएको पाइएको छ
तर चसरले आफ्नो अभिव्यक्तिको माध्यम झर्रो अङ्ग्रेजी भाषालाई बनाए। उनको अङ्
ग्रेजी दक्षिणी भेकको थियो। यो अङ्ग्रेजी नै पछि पष्लनुक भ्लनष्किज मा विकसित भयो।
चसरले अङ्ग्रेजीलाई राष्ट्रिय भाषाका रूपमा विकसित गरे जस्तै आदिकवि भानुभक्तले
नेपाली भाषालाई राष्ट्र भाषाका रूपमा उभ्याउन गरेको प्रयत्न अविस्मरणीय छ।
नेपाल बहुजातीय, बहुभाषिक देश भए तापनि झर्रो नेपालीलाई सम्पर्क भाषा मात्रै हैन,
जातीय भाषाका रूपमा सबै जात जातिले ग्रहण गरेका कुरा सोरठी घाटु जस्ता जातीय
संस्कृतिका गीतहरूमा भएको भाषाले प्रमाणित गर्दछ।
 
" "
|
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
/
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
\
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
|
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
\
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*