Social Icons

भानुभक्त र नेपाली भाषा - डा. लक्ष्मणप्रसाद गौतम


भाषा र स्रष्टा जहिले पनि जोडिएका हुन्छन्, संयुक्त हुन्छन् र परस्पर अनुस्यूत
हुन्छन्। स्रष्टाले भाषाका माध्यमबाट नै आफ्नो अभिव्यक्ति प्रकट गर्छ र भाषाका
माध्यमबाट नै उसको सिर्जनात्मकता बाहिर आउाछ। यस अर्थमा स्रष्टा, उसको सिर्जना र
भाषाका बीच अभेद्य सम्बन्ध नै रहेको हुन्छ। यसरी प्रत्येक स्रष्टा भाषाको प्रयोक्ता हो र
प्रत्येक सिर्जना भाषाको प्रतीक हो भन्ने स्पष्ट हुन्छ। यिनै र यस्तै भाषिक सम्बन्धभन्दा केही
पृथक् रूपमा नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्य र नेपाली भाषालाई जोड्न
सकिन्छ र जोड्नुपर्छ। नेपाली भाषा नेपालको राष्ट्र भाषा हो र नेपाली जातिको जातीय

भाषा पनि हो। अझ त्यति मात्र नभएर यो सम्पर्क भाषा पनि हो। नेपाल बहुभाषिक मुलुक
हो र यहाा क्षेत्रीय वा स्थानीय र जातीय भाषाहरू धेरै छन्। एउटा क्षेत्रको व्यक्तिले अर्को
क्षेत्रको व्यक्तिसाग वा एउटा मातृभाषा भएको व्यक्तिले अर्को मातृभाषा भएको व्यक्तिसाग
कुरा गर्दा नेपाली भाषा नै प्रयोग गर्ने हुनाले नेपाली भाषा साझा भएको व्यक्तिसाग कुरा
गर्दा नेपाली भाषा नै प्रयोग गर्ने हुनाले नेपाली भाषा साझा सम्पर्कको भाषा हुन पुगेको
छ। यसरी भिन्नभिन्न मातृभाषाका व्यक्ति वा भिन्नभिन्न मातृभाषीहरूका बीच भाषाका
माध्यमबाट एकीकरण गर्ने काम नेपाली भाषाले गरेको छ। तसर्थ यो भाषा नेपालीहरूका
बीचको एकतात्मक भाव बोकेको भाषा पनि हो।
राजनीतिक वा भौगोलिक रूपमा टुक्राटुक्रा परेको मुलुकलाई पृथ्वीनारायण शाहले
एकीकरण गरे र विशाल नेपालको निर्माण गरे भने भाषाका माध्यमबाट भानुभक्त आचार्यले
नेपालीहरूलाई एकीकरण गरेको र उनले गरेको यो एकीकरण वस्तुगत र भौतिक नभई
भावात्मक र अभौतिक प्रकृतिको छ। भानुभक्तको युग भनेको संस्कृत भाषाको वर्चस्व
भएको युग हो र गुरूकुलीय परम्परामा संस्कृत भाषा/व्याकरण र साहित्य तथा कोशग्रन्थ
एवम् कर्मकाण्डीय शिक्षाको वर्चस्वशाली समयको युग पनि हो। यद्यपि भानुभक्तपूर्वका
केही कविहरूले र उनका समकालीन केही कविहरूले पनि नेपाली भाषामा कविताहरू
लेखेका छन्। यस सन्दर्भमा भानुभक्तलाई मात्र किन नेपाली भाषाका आदिगायक मान्ने
त ? भन्ने प्रश्न नि आउाछ। भानुभक्तपूर्वका र उनका समकालीन कविहरूले पनि नेपाली
भाषामा त लेखे र संस्कृत भाषामा लेख्नेहरूलाई उच्च पठित ठान्ने र नेपाली भाषामा
लेख्नेहरूलाई त्यतिवेलाका संस्कृतका विद्वानहरूले हेय दृष्टिले हेर्ने परिपाटी रहेको तथा
रजस्थल 
संस्कृतमा लेख्न नजान्नेले मात्र नेपालीमा लेख्छन् भन्ने मानसिकता रहेको स्थितिमा नि
आफू स्वयम् संस्कृतका प्रकाण्ड विद्वान हुादाहुादै पनि नेपाली भाषामा साहित्य सिर्जना गरे,
त्यसलाई विशेष प्राप्तिपूर्ण मान्नुपर्छ।
तत्कालीन विद्वत् समाजको त्यस स्थितिमा भानुभक्त नै नेपाली भाषाका आदिगायक
मानिनु र उनको नै सबैभन्दा बढी लोकप्रियता देखिनुको कारण नै उनले तत्कालीन
धार्मिक नेपाली समाजलाई सरल, सम्प्रेष्य र लोकजीवनले सजिलै गुनगुनाएर आत्मसात्
गर्नसक्ने रामगाथा दिनु नै हो। त्यसवेलाको समाज धर्मभीरू थियो र रामगाथालाई
तत्कालीन नेपाली जीवन र समाजले अत्यन्त आस्था र श्रद्धाका साथ लिन्थ्यो। संस्कृतका
विद्वान् वा पूराणवक्ताहरूले दिएका प्रवचनहरू सुनेर मात्र रामगाथाको आस्वादन गर्नुपर्ने
स्थितिमा अपठित र निरक्षर नेपालीहरूले पनि सजिलै गुनगुनाउन सक्ने गरी संस्कृतको
अध्यात्म रामायणलाई नेपाली अनुवाद गरी रामायणको पुर्नसिर्जन गरेकाले र उनको
त्यो रामायण अत्यन्त लोकप्रिय भई नेपाली जनजिब्रोले अत्यन्त चााडै र सहजै आत्मसात्
गरेको हुनाले पनि नेपाली भाषाका आदिगायकका रूपमा भानुभक्तलाई लिनु नेपालीका
लागि गौरवमय हुन आउाछ।
सरकारी कामकाज र अन्य सन्दर्भहरूमा नेपाली भाषाको प्रयोग धेरै पहिलेदेखि
भएपनि र साहित्य सिर्जनामा समेत नेपाली भाषा अवलम्बन् गरिएका स्थितिहरू देखिएपनि
साहित्यिक कृतिलाई लोकजीवनले आत्मसात गरेको चाहिा भानुभक्तीय रामायण मात्र हो।
पृथ्वीनारायणले राज्यविस्तार गर्नुभन्दा धेरै अघिदेखि नै नेपाली भाषा जनभाषाका रूपमा
हिमवत् खण्डका यस प्रदेशमा प्रतिष्ठित भइसकेको कुरा बुझिन्छ। तथापि जनसाधारणले
भाका हालेर पढ्न रस मान्ने रसिलो, महत्वपूर्ण र सम्पूर्ण कृति भानुभक्तकृत रामायणभन्दा
अघि अर्को कुनै प्राप्त नभएकाले भानुभक्तकृत भाषा रामायण यसको रचना हुादै गरेका
वेलादेखि नै लोकको रुचिको विषय हुादै आएको कुरा भानुभक्तकै हस्ताक्षरका चिठीबाट
र मोतीरामले १९४४ संवत्मा प्रकाशित गरेका रामायणका भूमिकामा लेखेका, ‘हाम्रा
गोरखा राजमा आजकल यौटा पनि क्वै यस्तो होवैन, जसले कवि भानुभक्त आचार्यको
नाम नसुनेको होला’ भन्ने वाक्यबाट पनि बुझिन्छ। (कौडिन्यायन, २०६७:१०७) तसर्थ
भानुभक्तीय रामायणले त्यति वेलाको जनकण्ठमा जुन स्थान पायो, त्यो त्यसको सरल,
सम्प्रेष्य र सुरुचिपूर्ण नेपाली भाषाको कारण हो। ग्राम्यभाषा वा लोकभाषा र परिष्कृत
भाषाको मध्यविन्दुमा रहेको जस्तो देखिए पनि रामायणको भाषा सरल तर परिष्कारपूर्ण
भएकाले सर्वसाधारणदेखि संस्कृतका विद्वान् र बौद्धिक व्यक्तित्वसम्म नै पनि भिजेको
देखिन्छ।
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
भानुभक्त र नेपाली भाषाको पारस्परिकता र सम्बद्धता संवेदना र भावनाको कुरा
मात्र होइन, वस्तुगतता पनि हो। लोकहितको प्रयोजनको अभिव्यक्ति नै रामायणको सुरूमा
रहेकाले नेपाली भाषाका माध्यमबाट लोकहित गर्ने उनको चाहना पनि रामायणमा
प्रतिबिम्बित रहेको छ र लोकहितको चाहना भएकाले नै उनले लोकरुचिको विषय र
लोकरुचि वा जनजिब्राको भाषा छानेका हुन् भन्ने स्पष्ट हुन्छ। ‘त्यसरी लोकरुचिको विषय
भएको, लोकबोलीमा नै रचिएको सरल र भाका हालेर पढ्न सकिने छन्दोबद्ध, गम्भीर,
धार्मिक, दार्शनिक, सांस्कृतिक, साहित्यिक ग्रन्थ भानुभक्तकृत भाषा रामायणले भारतका र
वर्माका विभिन्न प्रदेशमा सैनिकका रूपमा वा अन्य कर्मकरका रूपमा पुगेका नेपालीसमेत
सम्पूर्ण जनसाधारण नेपालीमा आदर्श नेपाली भाषाको गौरव धेरै बढाएको हो।’ (ऐजन)
आज नेपालका विभिन्न ठाउा र भारतका नेपाली भाषीहरू भएका ठाउाहरूमा
भानुभक्तको हार्दिक र भावनात्मक सम्मान हुनु, नेपाली भाषाका माध्यमबाट र रामायणका
माध्यमबाट नेपालीभाषीहरूका बीच भावनात्मक एकात्मकता कायम हुनु हो। अहिले नै
नेपाली भाषीहरू भएका तेस्रो मुलुकमा पनि यही भाषिक भावनात्मक एकताकै प्रतीकका
रूपमा भानुभक्तलाई सम्झिने गरिन्छ।
मथिका विविध सन्दर्भहरूबाट पनि नेपाली भाषाको गौरव बढ्न उनमा भानुभक्तकृत
भाषा रामायणको भूमिका धेरै नै देखिन्छ। भानुभक्तकृत भाषा रामायणमा समकालीन
नेपाली भाषाको जीवन्त रूपको प्रयोग भएकाले त्यसमा स्वाभाविकता, सरसता र
ओजपूर्णता पनि रहेको हुादा यस कृतिले नेपाली भाषाका प्रचारमा र लोकप्रियता बढाउना
विशेष भूमिका खेलेको र खेल्नसक्ने हुादा यस कृतिको भाषिक महत्व पनि धेरै छ।
(ऐजन) भानुभक्तीय रामायणका साहित्यिक, सांस्कृतिक, भाषिक, धार्मिक/पौराणिक,
आध्यात्मिक, राष्ट्रिय, नैतिक आदि धेरै महत्व छन् र तीमध्ये भाषिक महत्व सर्वाेपरि
देखिन्छ। भानुभक्तका कृतिहरूले देश विदेशमा रहेका भाषासाहित्यानुरागी नेपाली जातिका
बीच भाषिक माध्यमबाट एकात्मक भाव सिर्जना गरेको कुरा भारतीय नेपालीहरूले
नेपालका राष्ट्रिय पोशाकमा सजिएर महत्वपूर्ण उत्सवका रूपमा भानुजयन्ती मनाउने
गरेका सन्दर्भहरूले पनि स्पष्ट पार्छन्।
भानुभक्तका रामायणलगायतका कृतिहरूलाई एकछिन छोपिदिने हो भने नेपाली
साहित्यको, कविताको सिागो एउटा युग, धारा र प्रवृत्तिको नै विलोपन हुन्छ र नेपाली
साहित्यमा, नेपाली कवितामा ठूलो रिक्तता देखिन आउाछ। कहीा कतैबाट परिपूर्ति हुन
नसक्ने त्यो रिक्तता नै भानुभक्तको निर्विकल्पता हो।
भानुभक्तको रामायणबाट नै त्यतिखेरको जनमानसले नेपाली भाषाप्रति रुचि देखायो,
रजस्थल 
नेपाली भाषालाई माया गर्न सिकायो। नेपाली भाषाको महत्व बढायो र नेपाली जीवन तथा
समाजमा नेपाली भाषालाई सम्मानित रूपमा प्रतिष्ठापित तुल्यायो। यही नै भानुभक्तले
नेपाली भाषाका क्षेत्रमा दिएको अतुलनीय योगदान हो। महाकवि लक्ष्मीप्रसाद देवकोटाका
शब्दमा भानुभक्त नेपाली भाषाका सुन्दर शैशव हुन्, मधुर तोतेबोली हुन्, नेपाली भाषाका
शुक्रराता हुन् र नेपाली आकाशका प्रथम ध्वनि पनि हुन्। देवकोटाकै शब्दमा:
भाषाको यो शैशव सुन्दर
तोतेबोली मधुर सुधा
शुक्रतारा सुन्दर हाम्रा
नेपाली हे प्रथम ध्वनि।।
देवकोटाका यी वाणीहरू नेपाली भाषा र भानुभक्तका बीचको अन्योन्याश्रय जनाउन
प्रयाप्त छन् र आज नेपाली भाषासाहित्यले जुन विशालता, विराटता र व्यापकता प्राप्त
गरेको छ, त्यसका आधारभूमिमा भानुभक्त छन् भन्ने कुरा बिर्सन हुादैन। यस सन्दर्भमा
म पनि देवकोटाकै बोलीमा लोली मिलाएर भन्छु उनै पदावली:
भाषाको यो शैशव सुन्दर
नेपाली हे प्रथम ध्वनि।
प्रमुख सन्दर्भ:
कौडन्यायन, शिवराज आचार्य, सम्पा, भानुभक्तकृत भाषा रामायण, काठमाडौं:
रत्न पुस्तक भण्डार, २०६७
बन्धु, चूडामणि, सम्पा. नेपाली साहित्यको इतिहास, प्रथम खण्ड, काठमाडौं: नेपाल
राजकीय प्रज्ञा प्रतिष्ठान २०६०
शर्मा, रमा, सम्पा. मोतीग्रन्थावली, काठमाडौं: राष्ट्रिय युवा सेवा कोश २०४५।
 
" "
|
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
|
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
|
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
|
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
|
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*