Social Icons

नेपाली जातित्यका विकासमा भानुभक्तको स्थान - श्री सूर्यविक्रम ज्ञवाली


प्रकृतिमाताको क्रीडास्थल स्वर्ग समान पुण्यभूमि हाम्रो नेपालमा अनेक वीर पुरूषले
समयसमयमा जन्म ग्रहण गरेका छन्। यी वीराग्रणीहरूले आफ्नो वीरताको कार्यले
नेपालका इतिहासका स्रोत नै आफूले चिताएका दिशामा बगाई देशको ठूलो उपकार गरेको
कुरो हामीलाई थाहा छ। यस्तै महात्माहरूलाई राष्ट्रनिर्माता भनी इतिहासमा भनिन्छ।
यिनै राष्ट्रनिर्माता महात्माहरूका महान् कार्यको समय समयमा स्मरण गर्नाले हाम्रो
आत्माले शक्ति, जीवन औ तेज प्राप्त गर्छ र हामी स्वदेशका योग्य सन्तान हुन सक्छौं ।
आजका ३८० वर्ष पहिलेको कुरो भन्छु औ आफ्ना वेलाको त्यो सानो कुरो कति

ठूलो कुरोको बिऊ रहेछ त्यसको विचार गर्नुहोस् औ त्यो बिऊ राख्ने महात्मालाई नमस्कार
गर्नुहोस् पश्चिम नेपालमा लमजुङ भनेको एउटा सानो इलाका छ। त्यो इलाकाका राजा
यशोब्रÞमाका तीन छोरा थिए। (१) नरहरि शाह, (२) द्रव्य शह र (३) नरपति शाहा।
यशोब्रÞमालाई राजा भनेको मात्र हो, अचेल राजा भन्नाले जो चित्र हाम्रा मनमा उत्पन्न
हुन्छ, अर्थात ठूलो दरबार, झलमल्ल गर्ने शिरपेच, धेरै धन, महान ऐश्वर्य, हुकुम मान्ने
मानिस इत्यादि तिनको यी यशोब्रÞमा नितान्त अभाव थियो । यिनी फुसको छाना भएका
घरमा बस्थे। मोटा लुगा लाउाथे औं यिनको आमदानी पनि थोरै थियो। राजाको जेठोबाहेक
अरू छोरो हुनु बडो बेमोजको कुरा हुन्छ किनभने जेठो छोरो ता गद्दीको हकवाला हुनाले
एक दिन राजा हुने सपना ऊ सधै देखिरहन्छ तर अरू छोराका सम्मुख अधीनतावाहेक
अरू थोक केही रहदैन। अतएव यी भाइहरूमध्ये अल्लि स्वतन्त्र बुद्धि भएको कुनै भाइ
भयो भने आफ्नो अवस्था परिवर्तन गर्न छटपटाइरहन्छ। यशोब्रÞमाका माहिला छोरा
द्रव्य शाह स्वतन्त्र प्रकृतिका मानिस थिए। उनलाई चौतरिया भएर बस्न मन थिएन, राजा
हुने उनको रोल थिएन। त्यसै मुरमुराई बसेका थिए। एक दिन छिमेकको गोरखामाथि
आक्रमण गरी उहााको राजालाई लडाईमा मारी आफू गोरखाका राजा भए। तिनताकका
पहाडका जीवनमा यो एउटा साधारण घटना थियो। जसरी गोरखाको मतवाली खण्डका
राजालाई मारी द्रव्य शाहले गोरखा जितेथे उसैगरी अर्को बलियो राजाले उनलाई मारी
रजस्थल 
गोरखा लित्न सक्थ्यो। लमजुङ्का राजा नरहरि शाहले गोरखा मेरो हुन्छ भनी आफ्नो
हक कायम गर्न खोजे तर द्रव्य शाहले मानेनन्। मेरा बाहुवलले आर्जन गरेको राज्य
मेरो हुन्छ भनी हठ गरी उनी बसे। दाज्यूभाइको गोरखाका लागि झगडा पर्‍यो। लडार्इं
भयो। द्रव्य शाह गोरखाका राजा भएको भैगए। स्वतन्त्र गोरखा राज्यको स्थापना भयो।
गोरखाली राजा गोरखाली प्रजा भन्ने भाव सृष्टि भयो। यी सबै कुरा त्यो वेला आगाका
झिल्का जस्ता थिए। बलेर आगाका फिलुङ्गा होलान् भन्ने कसका मनमा थियो ? उस्तै
कोही मनस्वीबाहेक अरू कसले यो बिऊ बढेर रूख होला भनेर चिताएको होला ?
द्रव्य शाहपछि उनका चारौं पिाढीमा राम शाह भनेका राजा भए। यिनले आफ्ना
पराक्रममले गोरखा राज्यको विस्तार बढाए। उत्तरमा भोटका सीमानासाग गोरखाको
सीमाना जेडिन गयो औ पूर्वमा नुवाकोट इलाकासम्म पुग्यो। पश्चिमका लमजुङ, तनहाू
आदि राज्यलाई लडाइा गरी यिनले दबाइराखे। द्रव्य शाहले लाएको बिऊ अब एउटा
मजाको बोट भयो। पहाडका राजकाजमा गोरखाली जातिको आदर हुन थाल्यो। द्रव्य
शाहले लाएको बिउ कसैले चिताउादै नचिताएका रूपमा बढ्न थाल्यो।
राम शाहका सातौं पिाढीमा गोरखामा फेरि घाम झुल्क्यो। पृथ्वीनारायण शाह
गोरखाका राजा भए। यिनले पूर्वपट्टि आक्रमण गरे औ प्राय: आफ्नो जीवनभरि साग्राम
गरी नेपाल खाल्डाका नेवारी राज्यहरू तथा अझ पूर्वको किरात र लिम्बुवान प्रदेश
जिती आफ्नो राज्यको सीमाना दार्जीजिङ्सम्म पुर्‍याए औ दक्षिणमा पनि निकै राज्य
जिते। अब ता द्रव्य शाहले लाएको बिऊ एउटा रूख भयो। पहाड खण्डमा सबै योसाग
डराउने भए औ यसको धाक मान्ने भए।
राज्यविस्तार सागसागै एउटा अर्को परिवर्तन यो जातित्वमा हुन आयो। गोरखाली
जातित्वमा नेवार र किरात जातित्व मिसिन आए। गोरखालीसाग बहादुरी थियो, नेवारसाग
कला थियो औ किरातसाग प्राचीन गौरव थियो। तीनै जाति मिसिए औं एउटा नवीन
जातित्वको सृष्टि भयो। त्यो थियो नेपाली जातित्व। यो जातित्वलाई जन्म दिने बित्तिकै
पृथ्वीनारायण शाहको मृत्यु भयो। तर उनको पाञ्चभौतिक शरीर नभए तापनि उनको
आत्मा अझ नेपालीहरूका माझमा थियो औ छिटै नेपालीहरूले आफ्नो राज्य पश्चिमतिर
बढाई सतलजका किनारसम्म पुर्‍याए। बीचमा एक दुई बाधा आइ लागे। अन्त्यमा यो
राज्यको सीमाना पूर्वमेची पश्चिमकाली हुन आयो। सम्झनुहोस् गोरखालाई, कति सानो
थियो। सम्झनुहोस् अहिलेको नेपाली साम्राज्यलाई। त्यसका तुलनामा कति ठूलो छ ?
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
यो भर्खर जन्मेको नेपाली जातित्वको गौरव अति ठूलो भयो। हिन्दू स्वतन्त्रता
भारतमा हरायो। हिमालयका आश्रयमा त्यसको रक्षा गरेर बस्यो नेपाजी जातित्वले।
अझसम्म हिन्दू स्वतन्त्रता त्यहीा बसेको छ।
नेपाली जातित्व यसरी हिन्दू स्वतन्त्रताको एक मात्र वारिस भयो। यसका सहायक
थिए नेवा, किरात, मगर, गुरूङ, तामाङ। सबै भिन्न भिन्न बोली बोल्थे। सबैका आचार
विचार पृथक पृथक थिए। अर्का शब्दमा भनूा भने नेपाली जातित्व विविध जातिको एउटा
पसारो थियो। एउटा थुप्रोको अर्को थुप्रोसाग आन्तरिक सम्बन्ध र सहानूभूति थिएन।
नेपाली जातित्व मूक थियो। बोल्न सक्तैनथ्यो किन भने यसको भाषालाई बुझाउने केही
युक्ति भएको थिएन। नेपाली जातित्व बलहीन थियो किन भने यसका सबै अङ्गले हामी
जातीय शरीरका अङ्ग हौं भनेर ठानेका थिएनन्। साम्राज्य ता यसले जितेको थियो तर
यसलाई डढाउन सक्ने आगो पनि यसैभित्र भियो। त्यो आगो कसरी निभ्यो ?
यिनै ताक तनहूामा एक जना बाहुन जन्मे। यिनको नाउा थियो भानुभक्त। यिनले
नेपाली बोलीमा कविता गर्ने विचार गरी रामायण नेपाली बोलीमा लेखे। यिनको रामायण
लेखिने बित्तिकै बाहुन छेत्रीले मात्र पढेनन् किन्तु मगरले पढे, गुरूङले पढे, नेवारले पढे।
किरातीले पढे। तामाङले पढे औ सो पढी सबै नेपाली जातित्वको कत्रो ठूलो गौरव तथा
कति ठूलो धनका वारीस आफू भएका रहेछन् थाहा पाउन लागे औं सबैले त्यो महान्
सम्पत्तिको उत्तराधिकारी हुन पाएको हुादा खुसी भए। नेपाली जातित्वरूपी घरका थप
थप राखिएका इाट अब भानुभक्तका साहित्यका बज्रलेपले जोरिन आए। सबै रामलाई
गौरवका दृष्टिले हेर्न थाले। सीता सबैकी आदर्श नारी भइन्। लक्ष्मण जस्ता भाइको सबै
आदर गर्न थाले। औ रामराज्यको मधुर कल्पना सबैले देख्ने सपना भयो।
यी कुरा बाहेक नेपाली जातिले भाषा पायो। अब यो सबैलाई आफ्ना कुरा
बुझाउन सक्ने भयो। भानुभक्तपछि यो भाषामा होमनाथ बोले, मोतीराम बोले। हाल
लेखनाथ, बालकृष्ण शम्शेर, सिद्धिचरण जस्ता कवि नयाा नयाा सुर झिकी यसै भाषामा
गीत गाउादैछन्। दिन प्रतिदिन यसलाई बोल्ने र गाउनेको संख्या बढ्दो छ। यसले गर्दा
यो जातिका मानिसको दु:ख र दर्द तथा सुख र आशा अंश नगरिएको सम्पत्ति भएको
छ। युरोपका विगत महायुद्धमा एउटा मगरले विक्टोरिया क्रस पाउादा बाहुन छेत्रीको
मुटु हर्ष र गौरवले उफ्रन थाल्यो औ पटना विश्वविद्यालयमा एउटा नेवारले सर्वोच्च
स्थान प्राप्त गरी परीक्षा पास गर्दा सारा नेपाली घमण्डले आफ्नो जुघाा मुर्सान थाले।
रजस्थल 
यो ऐक्य, यो भ्रातृभाव औ यो समानताका विकास सागसागै नेपाली जातित्व झन् झन्
बलियो हुादो छ औ यसको यश र कीर्ति बढ्दो छ।
आज हामी, नेपाल हाम्रो बगौचा, हामी त्यसका फूल हौं भन्न लागिरहेछौं। आज
फलानो लडाइामा जित्ने, ढिस्को लडाइामा हार्ने भन्ने कुरा हराइसक्यो। आज हामी सबै
नेपाली जातित्वका सुन्दर बगौचाका माली भएका छौं। आज हामी सबै पहिलेका कुरा
बिर्सी त्यो बगौचा कसरी राम्रो हुन्छ, कसरी त्यसमा राम्रा राम्रा फूल फुल्लान्, कसरी
त्यसमा सुन्दर फूलका बिरूवाहरूलाई बढ्न नदिने झारपात एउटा पनि नरहुन् भनी ता
छाड कि म छााड गरेर परिश्रम गर्न लागिरहेका छौं। आज हामी सबै हाम्रो नेपाल सााचीकै
भूस्वर्ग होस् भनेर उद्योगमा लागेका छौं। आफ्ना वर्गत बुद्धिले भियाएसम्म चेष्टा गर्न
सबै अघि सरेका छौं। सबैले मैलपोस सुरूवाल लाएका छौं। सबै नेपाली भाषा बोल्छौं।
सबै पशुपतिनाथ र गुहेश्वरीको आराधना गर्छौ। सबै श्वेत हिमाच्छादित पर्वतराजबाट
प्राण ग्रहण गर्छौ। सबै प्रेमकी बागमतीमा नुहाउादछौं। पश्चिमका सातवटी काली औ
पूर्वका सातवटी कोसीलाई आफ्नै दिदीबहिनी ठानेका छौं। सबैका मुखबाट एकनाससाग
हाम्रो नेपाल भन्ने ध्वनि निस्कन्छ।
जातित्वको यो विकास भर्खर जस्तो भएको छ। अझ यसले पुग्नु पर्ने ठाउा टाढै छ।
तर बाटो ता हामी लागिसकेका छौं। त्यसमा केही सन्देह छैन। त्यो बाटो खन्न झण्डै
पहिलो भने जस्तो कोदालो कसले बाहुला सारी आफ्ना हातमा लियो ? को म एउटा नयाा
बाटो बनाउाछु भनी बाटो नभएका ठाउामा अघि सर्‍यो ? कसले म सबैलाई रामभक्तिका
धागोमा उनी माला गाास्छु भनी कम्मर कस्यो ? कसले म मेरा सारा दिदीबहिनीहरूलाई
सीता तुल्याउाछु भन्ने सपना देख्यो ? को म नेपाली मात्रलाई राम, लक्ष्मण, भरत,
शत्रुध्नको प्रेमपूर्ण भ्रातृभावका डोरीले बााध्छु भनी अग्रसर भयो ? कसले झण्डै मूक भने
जस्तो नेपाली जातित्वलाई भाषा दियो ? कसले जाबो एउटा नेपाली बोलीलाई उदाउन
लागेका सूर्यको कान्ति भएको साहित्यको रूप दिने चेष्टा गर्‍यो ? कसले खनेको बारी
आज नेपाली साहित्यकारहरू गोडी झन् राम्रो तुल्याउने चेष्टा गर्दैछन् ? ती हुन् हाम्रा
भानुभक्त तनहूाका एक जना साधारण बाहुन। आउनुहोस् आज उनको स्वर्गवास भएको
सत्तरी वर्षका अवसरमा ऐले हामी उनको जयन्ती मनाउादै छौं। ती महात्माको गुणगान
गरौं औ तिनलाई नमस्कार गरौं।
(वि.ए.बी.टी दार्जलीङ)

 
" "
\
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
|
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
|
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
/
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
/
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*