Social Icons

आसामको नेपाली जनजीवन र भानभुक्त - लीलबहादुर क्षत्री


आसाममा नेपालीहरूको बसोबास कहिलेबाट आरम्भ भो यो कुरा सठीक भन्न
सकिदैन तर भानुभक्तको जन्मताकै आसाममा नेपालीहरू प्रथम आएर बसोबास गर्न
थालेको कुरा पुष्टि हुन्छ। केलाउादै जाादा आसाममा नेपालीहरू पस्नाको दुई कारणहरू
फेला पर्दछन्। प्रथमत: बृटिशद्वारा स्थापना गरिएका विभिन्न फौजहरूमा नेपालीहरू
भर्ति भए अनि त्यसैको माध्यमबाट आसाममा पसे। आसामको पहाडी इलाकाहरूमा
आसाम राइफल्सको स्थापना गरियो। प्रथम आसाम राइफल्स लुशाई पहाडको अइजलमा
राखियो। दोस्रो सदियामा, तेस्रो नागाहिल्सको कोहिमामा, चौथो लोख्रामा। यी सबै

आसाम राइफल्समा ८५ प्रतिशत नेपालीहरू नै थिए। शिलङ्ग ८ गोर्खा राइफल्सको
हेडक्वाटर बन्यो। सन् १८२४ मा सिलहट लाइट इन्फेन्ट्रिको स्थापना भएको थियो।
त्यसमा पनि गोर्खा सैनिकहरू पर्याप्त मात्रमा थिए। शिलङ्गको गोर्खा लाइब्रेरी क्लब
र गोर्खा ठाकुरबारी यिनै इन्फेन्ट्रिका अवकासप्राप्त सैनिकहरूको सहयोगले क्रमश: सन्
१८८६ मा र १९२४ मा बनेको हो भन्ने था लाग्छ।
आसाममा विशेषत: तराई क्षेत्रमा नेपालीहरू प्रथम बसेको अर्को कारण पनि छ।
उनीहरूलाई अन्य जातिलाई झौ यहााको उद्योगधन्दाले, व्यापारवाणिज्यले तानेर ल्याएको
होइन अपितु उनीहरूलाई तानेको हो आसामको सघन जङ्गलले। स्वभावैले गाईा भैसी
पाल्न मन पराउने जाति भएकाले आसामको जङ्गलमा उनीहरूले वस्तुका निम्ति फराकिलो
चरन भेटे। उनीहरू भौसी खेद्दै जलपाइगढी, सिलगढीबाट कोचबिहार हुादै आसाम पसे,
पहिले ब्रÞमपुत्र वारि, अनि बिस्तारै ब्रÞमपुत्र पारि। पशुपालन र खेतिपाती उनीहरूको
प्रमुख व्यवसाय बन्न गयो। पशुहरूको पालनपोषणमा जंगलमै रमाउने यो जाति आज
आसामको जंगल सकिदैजाादा बिस्तारै आफ्ना वस्तुहरूसित चरनको खोजीमा, नेफाको
(अरूणाचल) छेउछाउ पुगिसकेको छ।
आज आसाममा रैथाने भई बसेको असमीया नेपालीहरूको संख्या पुग नपुग १५ लाख
होला, यद्यपि सरकारी जनगणनाले १९६१ सालमा देखाएको संख्या मात्र २ लाख १५ हजार
रजस्थल 
छ। यी नेपालीहरू आसामलाई नै आफ्नो मातृभूमि सम्झी यहााको हर समस्यासित जुधेर
रैथाने भई बसेका छन्। यद्यपि यहााको अन्य छिमेकी भाइहरूको दााजोमा यिनीहरू धेरै
पछौटे, उपेक्षित र न्यायसङ्गत अधिकारबाट वञ्चित छन्। कतिपय आफ्नै अज्ञानताले
गर्दा अनि कतिपय पक्षपातको शिकार भएर।
यो सत्य हो, वेला वेला नेपालबाट पनि आफ्नो रोजगारको खोजीमा र कति लाहुरे
हुने मोहले नेपालीहरू आसाम पस्छन्। अनि भरिया, पाले घरायसी, नोकर आदि काम
गरेर कान्छा र दाज्यूको थप खिताब प्राप्त गरी दुई चार पैसा सङ्गेटेर घर फर्कन्छन्।
नेफा र अन्य पहाडी इलाकामा बाटो खन्दा पुरिएर वा कोइला खातमा किचिएर कति
आसामका सीमाहरूको रक्षा गर्दागर्दै गोलीको शिकार बनेर आफूलाई आसामकै माटोसित
मिलाउने, नेपालीको पनि कमी छैन। आसाममा होस् वा विश्वको अरू कुनै कुनामा,
नेपाली जहाा पनि गएको छ, सेवक बनेर बसेको छ। शोषक बनेर होइन। नेपालको
सुधार व्यवस्थापछि आसामबाट नेपाल फर्कदै गरेका नेपालीको संख्या पनि कम छैन।
आसाममा नेपालीहरू जहिलेदेखि आए, उनीहरूका पोका र कुम्लामा न गतिला
लुगा थिए न धन सम्पत्ति नै। सातु सामलको साथै उनीहरूले आफ्ना कुम्लामा एउटा
कुरा भने दह्रो गरी बााधेर ल्याएका थिए। त्यो हो नेपाली परम्परा र नेपाली संस्कृति।
त्यो परम्रा र संस्कृति भने अझ जस्ताको तस्तै उनीहरूले जोगाएर राखेकै छन्। नेपालका
पहाड पर्वतबाट आएर आसाममा रैथाने भई बस्ने नेपालीहरूमा धेरै कालसम्म केही
परिवर्तन आएन। आसामको गर्मीले गर्दा पुरूषवर्गको पोशाकमा केही भिन्नता आए पनि
अन्य कुरामा भने उनीहरू उही परम्परालाई अङ्गालेर उस्तै नै रहे। नारी वर्गमा त
भेषभूषा र गरगहनामा समेत धेरै कालसम्म केही परिवर्तन देखिएन। अझ पनि आसामको
गाउाघरमा हाम्रा बूढी आमाहरूलाई चेप्टे सुन, तीलहरी र शिरफूलले ढकमक्क भई
तीज तिहारमा निस्केको हामी देख्न पाउाछौं।
आसामको ग्रामीण क्षेत्रमा पशुपालन र खेतिपातीको व्यवसाय लिएर जमेका धेरै जसो
नेपाली पुर्खाहरू, नेपालको पूर्वी भागबाट आएका हुनाले, पूर्व कै चलनचााजो उनीहरूमा
पाइन्छ। तीज तिहार पूजा व्रतादिमा नेपाली नारीहरू स·िनी गाउाछन्। पुरूषवर्गमा,
बालन खेल्ने, रसिया गाउाने, बिहे बटुलोमा, कविता र सिलोक भन्ने चलन छ। यस्ता
कुराहरू अझ पनि आसामको गाउाघरमा पाइदैछ यद्यपि आजका शिक्षित युवा सम्प्रदायमा
भने यी कुराहरू लोप हुादै गएका छन्।
नेपालको ग्राम्य जीवनमा झौ नै आसामको नेपाली जीवनमा पनि भानुभक्तको
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
सर्वोत्कृष्ट कृति रामायण देखिनुभन्दा अघिदेखि नै भाका लाएर सिलोक हाल्ने चलन
थियो। उनीहरू बिहेबटुलोमा वा गोठ बस्ता सााझ बिहान सिलोक भन्ने गर्थे। तिनमा
धेरै जसो लौकिक रचना हुन्थे र स्वकथित। अक्षर चिन्नेहरू टुकीको उज्यालोमा कृष्ण
चरित्र र अरू त्यसवेला उपलब्ध धार्मिक ग्रन्थहरू पनि बााच्थे।
भानुभक्तको रामायण जब प्रचारमा आयो, यसको सरल भाषा, लालित्य, लय र
छन्दले जसरी नेपालभित्रका नेपाली जनतालाई आकृष्ट गर्‍यो त्यसरी नै आसामे नेपालीहरू
पनि रामायणप्रति मुग्ध भए। भानुभक्तको रामायण आसामका नेपालीहरूमा जति छिटो
फैलियो र जनप्रिय हुन सक्यो, त्यति नै छिटो नेपालभित्रको जनजीवनमा हुन सकेन भन्दा
अत्युक्ति हुने छैन। यसको पहिलो कारण हो नेपालभित्रका पहाडी जनताहरू शिक्षाको
रााकोबाट अझ धेरै टाढा थिए जहाा कि आसामे नेपालीहरूले अरूको देखासिकी पनि
शिक्षाको मोल केही बुझेका थिए र सााउ अक्षरसम्म भए पनि चिन्ने प्रयत्न गर्थे। अर्को
कुरा नेपालभित्रका ग्रामीण जनताको निम्ति रामायणको पुस्तक प्राप्त गर्नु पनि सहज
थिएन। उनीहरूमा एक त किन्ने सामर्थ थिएन, दोस्रो सामर्थ भए पनि पुस्तक प्राप्त गर्नै
गाह्रो थियो। यस कुरामा आसामवासी नेपाली भने सुविधाजनक स्थितिमा थिए। उनीहरूको
आर्थिक स्थिति रामायणको पुस्तक किन्न नै नसक्नेसम्मको नराम्रो थिएन र बनारसबाट
पुस्तकहरू झिकाउन केही सजिलो पनि पथ्र्यो। यी कुराहरूको सत्यता केबाट प्रमाणित
हुन्छ भने अझ पनि नेपालीको गाउाघरबाट आसाम बस्ने आफ्ना नातेदार सम्बन्धीहरूलाई
धार्मिक पुस्तकहरू पठाइदिने वा ल्याइदिने आग्रह गरिएका पत्रहरू आउाछन्।
जे होस् भानुभक्तीय रामायणले आसामका गोठहरू उज्यालो पार्‍यो, बिहे बटुलोमा
रामायणका सिलोक भन्ने होडबाजीमा छर्ल· उज्यालो हुन थाल्यो। शहर बजारमा कोठी
कुर्ने पालेको निम्ति रात काट्ने यही रामायण साधन बन्यो। यो रामायण यति जनप्रिय
बन्यो कि कति सााउ अक्षर नचिनेका नेपालीहरूले पनि सुनेर कण्ठस्थ गरेकै भरमा
सारा रामायण गाउान थाले। कतिले रामायणका श्लोक गाउादा गाउादै त्यसैबाट साउा
अक्षर चिने। रामायण उनीहरूको शिक्षा गुरू बन्यो। अवश्य यी कुराहरू आसामका
नेपालीहारूमा मात्र लागु हुादैन, नेपालको ग्राम्य जीवनमा पनि यी कुरा त्यति नै लागु
भए। नेपालको पहराकन्दरा अझ पनि धेरै यस्ता व्यक्ति छन् जो लेख्न पढ्न जान्दैनन्
तर सम्पूर्ण रामायण मुखाग्र गाउाछन्।
आसामको नेपाली जनजीवनमा भानुभक्तीय रामायण सूर्यको किरण झौ फैलियो।
रामायण बााच्न र सिलोक हाल्नैको निम्ति पनि धेरैले लेख्न पढ्न सिके। रामायण बााच्न
रजस्थल 
जान्नु तिनताक गौरवको कुरा थियो, विद्वताको निशानी मानिन्थ्यो। यस्ले धेरैलाई कविता
लेख्ने प्रेरणा पनि दियो र शार्दूलविक्रीडित छन्दमा निकै कविताहरू पनि कोरिए।
सरल र सरस भाषा अनि मीठो लय र छन्द नै त्यो कुरा थियो जसले भानुभक्तीय
रामायणलाई यति जनप्रिय पार्‍यो। धेरैपछि आसाममै पद्मप्रसाद ढु·ानाद्वारा, रामायण
सप्तरत्न, धनुष्भ· आदि रामायणका विभिन्न भागहरू लेखिए जो गुण र स्तरको दृष्टिबाट
निकै माथि छन्। तर भानुभक्तीय रामायणको जनप्रियता यिनले पाउन सकेनन्। तल्लो
र मध्यम वर्गका जनतामा एक दिन नारद सत्यलोक पुगि गया... ले आज पनि उत्तिकै
ठाउा ओगटेको छ, जहाा रामायण सप्तरत्न र धनुष्भ· बितेका कुरा भइसके।
नेपाललगायत अन्य सबै ठाउा झौ नै आसामका नेपाली जनता भानुभक्तका कृतिसित
परिचित भए तर स्वयम् भानुभक्तसित धेरै कालसम्म उनीहरू परिचित हुन सकेनन्।
उनीहरू रामायण पढ्थे तर त्यो कस्ले लेखेको हो जान्दैनथे। धेरैले प्रकाशकलाई नै
लेखक भनेर ठान्दथे। कारण ठूलाठूला अक्षरमा प्रकाशकको नाउा छापिएको हुन्थ्यो।
धेरै पछि मोतीरामले लेखेको भानुको जीवनी पनि आसाममा उति प्रचार भएन।
समय बित्दै जाादा आसाममा जब नेपाली भाषामा प्राथमिक र माध्यमिक शिक्षादिने
चााजो मिल्यो, विशेष गरी पहाडी इलाकाहरूमा नेपाली स्कुलहरू खोलिए र नेपाली
पढाइ हुन थाल्यो, तब छात्रहरूले आफ्ना पाठ्यपुस्तकादिमा भानुभक्तको विषयमा पढ्ने
मौका पाए। यसरी पहिलोपटक नेपाली रामायणका जन्मदाता भानुलाई छात्रहरूले चिन्न
सके। यस दिशामा नेपाली पाठ्युस्तकहरूमा भानुभक्तको चिÞनारी गराउने पारसमणि
प्रधानज्यूलाई नदिई सकिदैन।
आसाममा बाबु डम्बरसिंह गुरूङले गोर्खा लिगको माध्यमबाट समाज र सागठनको
मोल बुझाउनु भो। नेपाली भाषा र साहित्यप्रति जनतामा चेतना जगाउनु भो। गोर्खालीगका
सभाहरूमा भाषाको चर्चा हुादा भानुभक्तको चर्चा पनि निस्कन्थ्यो। त्यसरी पनि जनताले
भानुभक्तको केही चिनारी पाए। यसरी भानुभक्तको कृतिसित जनता झ्यामी सकेर पनि
कृतिदातालाई चिन्न आसामका जनतालाई धेरै समय लाग्यो।
छात्र तथा केही शिक्षितवर्गले आसाममा भानुलाई केही अघि चिने, तर यहााका
तल्लो तहका सर्वसाधारण जनता, जुनवर्गमा भानुको रामायण साह्रै प्रिय छ त्यो वर्गले
भानुलाई तबसम्म राम्ररी चिन्न सकेन जबसम्म यहाा भानुजयन्तीको प्रथा चलेन। अनि
शिक्षितवर्गले पनि नेपाली साहित्यमा भानुको कुन स्थान छ त्यसको अड्कल जयन्ती
प्रथाको पछि मात्र लाउन सके।
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
आसाममा भानुजयन्तीको प्रथा कहिले र कहााबाट थालियो, त्यसमा निकै विवाद
देखिन्छ र ठोस प्रमाणको अभावमा केही ठोकेर भन्न सकिदैन। शिलाङ्गमा सन.
१९४८ तिरै जयन्ती पालन गरिएको हो भन्ने भनाइ छ तर प्रमाण केही फेला परेन।
दर· जिल्लामा विहालीतिर सन. १९५३ मा प्रथमजयन्ती मनाइयो। डिगबोइमा पनि
त्यही सालबाट जयन्ती प्रथा थालिएको हो भन्ने जान्न पाएा। गौहाटीमा सर्वप्रथम सन्
१९५५ (सम्वत २०१२) मा भानुजयन्ती आरम्भ भयो। प्राप्त भएको तथ्य अनुसार सन्
१९५३–५५ देखिनै आसाममा भानुजयन्तीको प्रथा आरम्भ भो र दुई चार वर्षभित्रमा यो
व्यापक रूपमा फैलियो।
आज आसामको कुना कुनामा भानुजयन्ती पालन गरिन्छ। वर्षमा एक चोटि भए
पनि भानु र उनका कृतिहरूको चर्चा गरेर जनतालाई ती कुराहरूसित अवगत गराइन्छ।
राम जस्तो अमूल्य रत्न नेपाली जनतालाई दिएर नैतिक जागरण ल्याउने, मातृभाषासित
प्रत्येक नेपालीको ह्दयमा श्रद्धा जगाइदिने एक महामानवको रूपमा भानु पुजिन्छन्।
भानुजयन्ती प्रथाले आसामका नेपाली जनतामा भानुभक्त राम्ररी चिनिए, यसमा केही
संशय छैन। गौहाटीको प्रथम जयन्तीमा बााडिएको पर्चामा लेखिएको थियो, रामायण वा
रामगीता, भक्तमाला वा प्रश्नोत्तरी, कुनै न कुनै रूपमा भानुका कृति पहरा कन्दराबाट
लिएर शहरका अट्टालिकासम्म गुञ्जेको छ तर कवि भानुलाई हाम्रा साधारण जनतामा
थोरैले मात्र जान्दछन्। हुन पनि त्यस वेलासम्म त्यस्तै नै थियो। भानुका कृतिसित राम्ररी
परिचित भए पनि भानुभक्तको नाउा धेरैले सुनेका थिएनन्। भानुजयन्तीको पर्चा बााड्दा
धेरैले प्रश्न गरेका थिए भानुजयन्ती भनेको के हो ? भानुभक्त को हुन् ? इत्यादि।
आज आसाममा भानुलाई नेपाली जनताले त चिने नै, भानुजयन्तीको प्रथाले गर्दा
अन्य छिमेकी जातिहरूले पनि यो कुरा जाने कि नेपालीमा पनि धेरै अघि रामायणको
अनुवाद भएको रहेछ जब कि भारतका धेरै भाषाहरूमा भएकै थिएन। भानुको प्रतिभाबाट
उनीहरू पनि परिचित भए।
भानुका कृति तथा उनको जीवनीसम्बन्धी एक दुई लेखहरू असमीया र अङ्ग्रेजी
भाषामा लेखी आसामका पत्रपत्रिकामा प्रकाश पनि गरिएका छन्। यसको साथै उनका
कृतिहरू अरू भाषामा अनुवाद गर्ने कुराकानी पनि चलिरहेको छ। यसरी भानुलाई
नेपाली छाप्राका आध्यारा कुनाबाट बाहिर निकालेर सबैको सामु उभ्याउने जमर्को आसामे
नेपालीहरू गर्दैछन्।
आसाममा भानुजयन्तीको प्रथाले यहााका नेपाली जनतालाई भानुसम्बन्धी जानकारी
रजस्थल 
गराउनुको साथै मातृभाषाप्रति उनीहरूलाई आकृष्ट पनि पार्‍यो। त्यसवेलादेखिनै स्कुल
कलेजमा मातृभाषा नेपाली लिने नेपाली छात्राहरूको संख्याले वृद्धि पायो। त्यसभन्दा
अघि धेरैजसो छात्रहरू मातृभाषाको रूपमा पनि अरू नै भाषा पढ्दथे। वेला वेला
झुल्कने सामयिक पत्रिकाहरू पनि अलि बाक्लै देखिन थाले। यद्यपि दीर्घजीवी कुनै पनि
भएनन्। शिक्षितवर्गमा अरू नेपाली कवि तथा साहित्यकारप्रति जान्ने उत्सुकता पनि
त्यसै वेलादेखि पलायो।
भानु जयन्ती बिस्तार बिस्तार आसमको नेपाली जनजीवनमा एउटा जातीय चाडको
रूपमा व्यापक भएर फैलदैछ। आज धेरै ठाउा यस उपलक्ष्यमा सांस्कृतिक प्रदर्शनी गरिन्छ,
गीत नृत्यादि प्रस्तुत गरिन्छन् तर भानु वा उनका कृति सम्बन्धी विशेष चर्चा हुादैन।
भानुजयन्ती विस्तारै फेसनमा परिणत हुादै गइरहेको छ। यो अवश्य उत्साहबद्र्धक कुरा
होइन। नेपाली भाषाका पृष्ठपोशक, भानुभक्तको जयन्ती उपलक्ष्यमा, नेपाली भाषा र
साहित्य नै चर्चाको प्रमुख विषय बन्न सके असल हुने छ। सांस्कृतिक प्रदर्शनीमा पनि
भानुका कृतिलाई नै प्रमुखता दिनसके वेश होला।
आज आसामका विभिन्न ठाउामा भानुका नाउामा अनुष्ठानहरू पनि स्थापना भएका
छन्। जस्तै शिला·, बाताबारी, (ग्वालापाडा) चारआलि र दर·का अन्य कतिपय ठाउामा
र लखिमपुर जिल्लाका केही गाउाहरूमा पनि भानु पुस्तकालय, गौहाटीमा भानु स्मृति संघ
र अन्य कतिपय ठाउामा भानु विद्यालय पनि खोलिएका छन्। ती सबै अनुष्ठानले आफ्ना
आफ्ना क्षेत्रमा मातृभाषाको केही न केही सेवा गरेकै छन्। डिग्बइबाट हस्तलिखित
पत्रिकाको भानु विशेषाङ्क पनि सन. १९५३ सालमा निस्केको हो र केही प्रतिहरू अन्य
वर्ष पनि निस्के। भानुजयन्तीको अवसरमा गौहाटीबाट स्मृति र मालिगाउाबाट क्रमश:
नवध्वनि (२९६९) र हाम्रो ध्वनि (१९७० र ७१) भन्ने पत्रिका पनि निस्के।
आसामको नेपाली जन जीवनमा भानु र उनका कृतिको परिचय अब यथेष्ट
भइसकेको छ। तर उनको जीवनी र कृति सम्बन्धी गम्भीर अध्ययन, छानविन, अनसु न्धान
जस्ता चिन्तनशील कार्यपट्टि भने आसामको नेपाली विद्वान समाज अहिलेसम्म खुब
कमै लागेको देखिन्छ। अवश्य साधनको कमी नै मूल कुरो हो जसले गर्दा उनीहरू त्यस
दिशातिर बढ्न सकेका छैनन्। अबता भानु सम्बन्धी प्रशस्त सामग्री बोकेर ‘भानु’को
‘भानु विशेषाङ्क’ पनि हाम्रो सामु आइरहेछ। यसले आसामका शिक्षितवर्गलाई पनि
भानुभक्त सम्बन्धी जानकारी बढाउने र त्यता पट्टि बढ्दा रुचि लिने बाटो खोलिदिनेछ।
रचनाकाल १९७१, (साभार: भानु विशेषाङ्क ‘भानु’ २०२८)
 
" "