नेपालको एकीकरण भयो कि भएको छैन ? नेपाली जनता राष्ट्रको रूपमा परिणत
भए या भएका छैनन् ? नेपालका विभिन्न जाति जनजातिहरूका बीचमा नेपाली भाषा
स्वाभाविक रूपले फैलिएको हो कि शासक वर्गले जबर्जस्ती लादेको हो ? भानुभक्तको
रामायणले समाजमा सकारात्मक भूमिका खेल्यो कि नकारात्मक ? केही वर्षयता केही
मानिसले यसखाले तर्क वितर्क र विवादहरू उठाइरहेका छन्। भाषा साहित्य र संस्कृतिद्वारा
नेपाली जनताको सेवा गर्ने भानुभक्त आचार्यको २०० औं जयन्तीको सन्दर्भमा उपर्युक्त
विवादहरूबारे केही चर्चा गर्नु सान्र्दभिक भन्ने ठान्दछु।
भूगोल, भाषा, संस्कृति, अर्थतन्त्र र मनोविज्ञानले जब जनसमुदायलाई एकताको
मालामा उन्दै लैजान्छन् त्यसबाट राष्ट्रको जन्म हुादै जान्छ। राष्ट्रबारे बहुसम्मत प्रचलित
धारणा यही हो। यस दृष्टिले नेपाली जनता राष्ट्र बन्ने क्रममा कहाासम्म पुगे त ?
एकथरी मानिसले कुन्नि के आशयले हो अहिलेसम्म पनि पृथ्वीनारायण शाहलाई
विस्तारवादीको संज्ञा दिंदैछन्। यदि उनलाई विस्तारवादी भन्ने हो भने पृथ्वीनारायण शाहको
नेतृत्वमा भएको विजय अभियानमा जजसका राज्य रजौटाहरू हार्दै गए उनीहरूले मुक्ति
अभियान चलाएर आआफ्ना मुलुकको स्वतन्त्रता हासिल गर्नुपर्छ भन्ने निचोड निस्कन्छ ?
यदि कुनै बाइसे, चौबीसे, सेन, नेवार वा किराात शासकहरूका सन्तानले त्यस्तो कल्पना
गरे भने नेपाली जनताबाट यो आफ्नै पुर्खाका राज्यसीमाभित्रका जनता वा जातिहरूबाट
समर्थन पाउन सक्लान् ? अहिले नेपाली राष्ट्रिय चेतना एकताको जुन स्तरम्म पुगेको
छ त्यो फेरि भुरे, टाकुरे, राज्य रजौटा र कविलातन्त्रतिर फर्कन्छ भन्ने कल्पना कसैले
गर्न सक्छ ? इतिहासका विकासको नियम बुझेको मान्छेले त त्यस्तो कल्पना गर्दैगर्दैन,
औसतन सद्दे दिमाग भएका नेपालीले पनि त्यस्तो आत्माघाती कल्पना गर्न सक्तैनन्।
नेपालको राष्ट्रिय एकता निर्माणमा पृथ्वीनारायण शाह र भानुभक्तको भूमिकाबारे
विख्यात साहित्यकार स्व. ह्दयचन्द्र सिंहले लेखेका छन्: पृथ्वीनारायण शाह नेपाललाई
बनाउने र नेपाली राष्ट्रमा एकता स्थापना गर्न खोज्ने एउटा महान् सपूत हुन्। उनीबाट
रजस्थल
नेपालमा केही रगत बगेपनि उनको हिंसाबाट भौगोलिक राष्ट्रियता जाग्रत भई नेपालको
गौरव बढेको हुनाले नेपालको निम्ति उनी प्रात: स्मरणीय महात्मा हुन् तर उनको
सपना पूरा हुनमा भानुक्तको कलम सबभन्दा बढ्ता सहायक हुन आएको छ। त्यसैले
पृथ्वीनारायण शाहको तरबारभन्दा पनि भानुभक्तको कलम अहिले नेपालमा बढ्ता
गारै वपण्ू ार् र पभ्र ावशाली छ। भानभु क्तका े कलम पच्र ारमा खबु आइदिएकाल े पथ्ृ वीनारायण
शाहको खुकुरीलाई आज संसारका मानिसहरूले गोरखाली दावबाट झिकी नेपाली दावमा
राख्दैछन्। (भानुभक्त: एक समीक्षा, वि.सं. २०१३, पृ:१५) यसप्रकार ह्दयचन्द्र सिंहले
पृथ्वीनारायणलाई नेपाली राष्ट्रिय एकता गर्न चाहने महान् सपुत मान्दै उनले गरेको युद्ध
र रगतलाई ऐतिहासिक आवश्यकताको सन्दर्भमा हेरी त्यस हिंसाले भौगोलिक राष्ट्रियता
जागेकामा गौरवको अनुभूति गरेका छन्।
पृथ्वीनारायण शाहको सपना पूरा हुनमा भानुभक्तको कलम सबभन्दा बढी सहायक
भएको छ भन्ने ह्दयचन्द्रको भनाइअनुसार भानुभक्तको कलमले भाषा र संस्कृतिमध्ये
कुन चाहिा अङ्गद्वारा राष्ट्रको एकीकरणमा बढी योगदान पुर्यायो त ?
भारतका प्रसिद्ध राजनीतिज्ञ तथा लेखक कन्हैयालाल माणिकलाल मुन्सी लेख्दछन्,
‘उन्नाइसौं शताब्दीको आरम्भमा नेपालका विविध वर्गको जातिका रूपमा एकीकरण भयो
औ यो जाति यौटा राजनीतिक शासनका अधीन भयो। यो नवीन जातिसित यसलाई एक
तुल्याउन समर्थ भएको भाषा तथा संस्कृतिमा परस्पर बााध्ने साधनको अभाव थियो। विविध
वर्गका मानिसलाई मिलाउने एकताको मूल भाषा तथा संस्कृति प्रदान गरेर भानुभक्तले
नेपालको अनुपम सेवा गरे। उनले रामायणद्वारा परस्पर मिलाउने एउटा ठूलो शक्ति
सृष्टि गरे। सर्वसाधारणको भाषाका रूपमा विकसित हुने प्रामाणिक रूप नेपाली भाषाको
भयो।’ (भानुभक्त रामायणको दार्जिलिङ संस्करणको प्रस्तावना ई.१९५४ पृ:१९) छिमेकी
मुलुकमा एक जना वरिष्ठ विद्वानले नेपाली जातिको एकीकरणमा भानुभक्तले भाषा र
संस्कृति दुवै तत्वबाट योगदान गरेको कुरा स्पष्ट रूपले यसरी स्वीकारेका छन्। त्यसलाई
उनले जनताका एकताको एउटा ठूलो शक्ति सिर्जना भएको मानेका छन्।
भाषा र साहित्य दुवै नै संस्कृतिका अङ्ग हुन्। तिनमा पनि सांस्कृतिक दृष्टिले
साहित्यको ठूलो महत्व छ अर्थात् आम जनतामा भिज्न सक्ने सरल र सरस साहित्यले
जनताको चेतना र संस्कृतिको विकास गर्नमा ज्यादै ठूलो भूमिका खेल्छ। त्यसैले विभिन्न
जातिहरूको एकता र राष्ट्रको निर्माणमा भानुभक्तले भाषा र संस्कृतिका दुवै अङ्गबाट
रजस्थल (भानु विशेषाङ्क–२०७०)
ठूलो योगदान गरेका छन्।
नेपालका विभिन्नजातिहरूको एकतामा भानुभक्तको भाषा साहित्यले खेलेको विशिष्ट
भूमिकाबारे ह्दयचन्द्रसिंह प्रधान बडो स्पष्ट भाषामा भन्छन्: ‘भानुभक्तको भाषाले नेवार,
पर्वते वा खस भन्ने साम्प्रदायिक भावना मेटाइदियो। भाषा, मीठो शैली, सुन्दर रस र
भक्तिभाव हुनाले मानिस रामायणतिर तानिन थाले र नेवारहरूले पनि त्यसको आस्वादन
लिन नेपाली (पर्वते भाषा सिक्न थाले। फलस्वरूप नेवार र पर्वतेहरूको ह्दय एक
अर्कासित नजिक आउादा आउादै मानवताको नातामा टाासिएर परस्पर हुन आए।’ (उपर्युक्त
पृ:१७) प्रधानको यस भनाइले नेपाली भाषालाई अरू भाषाभाषीहरूमाथि कसैले लादेको
नभई यो जनताले स्वेच्छाले साहित्य पढ्ने र विभिन्न जाति एक अर्कामा परस्पर नजिक
आउने प्रवृत्तिले नेपाली भाषा अरू जातिहरूमा फैलिएको हो भन्ने प्रष्ट पार्छ।
एकथरी मानिस अहिले पनि भन्दैछन् खस जातिका मानिसहरू धेरै समय सत्तामा
बसेकाले उनीहरूले आफ्नो भाषालाई अरू जातिका जनतामा लादेका हुन्। वास्तवमा
कुनै सरकारले जनतामाथि अर्को भाषा लाद्ने कुरा इतिहासको अपवाद वा विरल घटना
मात्र हो। यदि त्यो कुरा शाश्वत विषय हुन्थ्यो भने नेपालमा सबभन्दा बढी किराात,
लिच्छवी र नेवारहरूका भाषा अरू जनतामा लादिनु पर्ने हो, किन भने इसापूर्व झण्डै
आठसय वर्ष किराातले बाग्मती उपत्यकामा शासन चलाएका थिए। त्यसपछि सात सय
वर्ष जति झन्डै कोसीदेखि गण्डकी प्रदेशसम्म फैलिएको राज्य लिच्छवीहरूले चलाए।
बाग्मती उपत्यकामा मध्यकालमा आठ नौ सय वर्ष नेवारहरूले शासन गरे। सत्तामा
त्यत्ति लामो समयसम्म बस्नेहरूले आ–आफ्नो भाषा संस्कृति धेरै जनतामा लाद्न सक्नुपर्ने
हो तर भाषा त्यसरी लादेर लादिदैन र त्यो आफ्नै स्वभावअनुसार परपरसम्म फैलिने
वा सीमित ठाउामा साागुरिएर बस्ने हुन्छ।
नेपाली भाषा नेपालभित्र मात्र सीमित छैन। त्यो त नेपालभन्दा पूर्व दार्जिलिङ,
सिक्किम, भुटान, आसाम, मेघालय, मणिपुर र बर्मा, म्यानमारसम्म फैलिएको छ।
अहिले दार्जिलिङ र सिक्किममा नेपाली भाषाको विकास र संरक्षणमा सबै जाति
जनजातिका मान्छेले जुन अथक प्रयत्न गरिरहेका छन् के त्यो कुनै सरकार वा जाति
विशेषको दबाबले गर्दा भएको हो ? अहिले दार्जिलिङ पश्चिम बंगालअन्तरगत पर्छ।
के त्यहाा बङ्गाल सरकारको दबाबले नेपाली भाषा सबै जाति जनजातिले अङ्गालेको
भन्न मिल्छ ? भुटान सरकार आफ्नो मुलुकबाट नेपाली भाषा हटाउन चाहन्छ तर
रजस्थल
त्यहाा नेपाली भाषी सबै जाति जनजातिकै संख्या ठूलो छ। त्यस्तो कसरी हुन सक्यो त ?
वास्तवमा नेपाली भाषा पश्चिमदेखि पूर्वतिरका सबै जातिमा सर्दै जानु र नेपाल बाहिर
झन् लोकप्रिय हुनुमा प्रमुख कारण नेपाली भाषाभाषी जनताले निरन्तर सबैतिर बसाइा
सार्दै हिाड्नु हो। संसारमा जो त्यसरी बसाइा सार्दै रहन्छ उसको भाषा संस्कृति पनि
फैलिन्छ। एउटै क्षेत्रमा साागुरिएर बस्नेहरूको भाषा संस्कृति सर्दैन। त्यसैले ह्दयचन्द्रसिंह
त यहाासम्म भन्छन्: ‘राणाकालमा शिक्षा र साक्षरताको प्रचार भए आफ्नो स्वार्थमा
धक्का लाग्ने देखेर राणाहरूले जनतालाई निरक्षर भट्टाचार्य बनाउने र उनलाई लुट्ने
प्रयत्न चलाइरहेको वेला भानुभक्तको रामायणले सिपाही, किसान र भरियाका दीनहीन
छोराछोरीहरूलाई पढ्ने, सिक्ने, कुत्कुति, जागृति र प्रेरणा उब्जाई दियो। खाली रामायण
पढ्नकै निम्ति पनि मानिसहरूले कखहरा सिके।’ (उपर्युक्त) यस भनाइबाट राणाहरूले
नेपाली भाषा लादे कि जनताले राणाशाहीका बारबन्देज फोरेर शिक्षाको निम्ति त्यो भाषा
सिके भन्ने स्पष्ट हुन्छ। पुष्पलाल त्यसभन्दा पनि अगाडि बढेर भानुभक्तको रामायणले
जनआन्दोलनलाई सघाएको कुरा स्वीकार्दै भन्छन्: ‘राणाकालमा पूरोहित वर्गले धर्ममा
आफ्नो एकाधिपत्य कायम गर्न धार्मिक पुस्तक पढ्ने अधिकारबाट जनतालाई बञ्चित
गरेको थियो। यो हक केवल गुरूपूरोहित वर्गलाई मात्र थियो। भानुभक्तको रामायणले
ईश्वर र सर्वसाधारण जनताको बीचमा माध्यमको रूपमा खडा भएको गुरू पूरोहित
वर्गको स्वार्थमा कुठाराघात गर्यो। यस मानेमा नेपाली जनआन्दोलनमा यसलाई
रामायणको देन मान्नुपर्छ। (नेपाली जनआन्दोलनको एक समीक्षा: पुष्पलाल छानिएका
रचनाहरू पृ:१७४) पुष्पलालले यसरी भानुभक्तका कृति सर्वसाधारण जनताको शिक्षाको
माध्यमसमेत बनेको कुरा पनि स्वीकारेका छन्।
प्रस्तुत सन्दर्भहरूले नेपालको एकीकरण, नेपाल राष्ट्रको निर्माण प्रक्रिया र नेपाली
भाषा साहित्यको विकास आदि बारे उठाइदिएका शङ्का र तर्क विर्तकहरूलाई स्पष्ट र
सटिक जवाफ दिन्छन् भन्ने मलाई लाग्छ।
२०५९।३।२५ स्वयम्भू
जगत कोइ जान्दैनन् भनुा त सका बात् पनि सुन्या
पलक्भर ता योगी अघिसरि बडो ज्ञान कहन्या
उनै काम् गर्छन् ता यमपुरिमहाा चोट मिलन्या
अहो यो क्याले हो बुझिबुझि सभै लोक भुलन्या। (भक्तमाला, श्लोक १६)