पश्चिम जंगलका राज्यपाल स्वर्गीय हरेन्द्रकुमार मुखोपाध्यायको संरक्षकत्वमा
दार्जीलिङको नेपाली साहित्य सम्मेलनले प्रकाशित गरेको भानुभक्तको रामायणको
सम्पादन गर्दा यी सूर्यविक्रम ज्ञवालीज्यूले आठ थरीका भानुभक्तीय रामायण उपयोग
गर्नुभएको रहेछ। यो कुराको उल्लेख त्यो पुस्तकमा भनिएको छ। ती आठ किताबको
सूचीमा सबभन्दा पूरानो चाहिा संवत् १९४४ पौष पूर्णिमाको मितिको मोतीराम भट्टले
भूमिका लेखेको भारत जीवन प्रेसवाला सातकाण्डी रामायण रहेछ। हुन त ज्ञवालीज्यूले
त्यहीा संस्करणलाई भानुभक्तीय रामायणको सर्वप्रथम संस्करण हो भन्नुभएको छैन तापनि
त्यसभन्दा पहिलेको कुनै संस्करण देखिएको छैन भन्ने कुरा वहााको लेखमा स्पष्ट भएको
छ। वहााको यही सूचीको आधारमा होला काठमाडौं नगरपालिकाको मुखपत्र जनचेतनाले
पनि मोती जयन्तीको विषयमा बोल्दै लेख्यो: नेपाली भाषाको साहित्यिक ग्रन्थका सर्वप्रथम
प्रकाशक पनि मोतीराम भट्ट नै हुन्। उनले काशीमा भारत जीवन प्रेसको निरीक्षण
आफौले गरिरहेका वेला भानुभक्तको रामायण छपाएका थिए। यो नै नेपाली साहित्यमा
सर्वप्रथम प्रकाशित कृति हो। हुन त रघुनाथको सुन्दर काण्ड रामायण पनि काशीको
गोरखा यन्त्रालय नामक प्रेसबाट वि.सं. १९४५ सन. १८८८ मै छापिसकेको थियो, दुवै
रामायण वि.सं. १९४५ मा सन. १८८८ मा प्रकाशित भएका थिए भन्ने विद्वानहरूको
भनाइ छ, भानुभक्तकृत भाषा–रामायणमा लेखिएको मोतीराम भट्टको भूमिका हेर्दा
भानुको रामायण वि.सं. १९४४ पौष शुल्क १५ शुक्रबारको दिन निस्केको देखिन्छ।१
जनचेतनाको यस सम्पादकीयमा नेपाली साहित्यका सबभन्दा पहिला प्रकाशक
मोतीराम हुन् भन्ने मात्र प्रमाणित गर्न तर्क दिएको जस्तो लाग्छ। त्यसैले संवत् १९४५
सालमा नै भानुभक्तको र रघुनाथको रामायण छापिएका हुन् भन्ने विद्वानहरूको मत छ
भन्ने कुरा गरेर पनि मोतीरामले आफ्नो चााहि संस्करणको भूमिका १९४४ को पुसमा
लेखिसकेकाले यो ऊभन्दा केही मैन्हा मात्र भएपनि अघिको हो भन्ने जनचेतनाको जिरह छ।
मोतीराम भट्टका मामा पण्डित नरदेव पाण्डेयले संवत् १९९५ मा प्रकाशित गरेको
कविवर मोतीराम भट्टको जीवनीलाई हामीले ऐलेसम्म मोतीराम सम्बन्धी एकमात्र
प्रमाणिक ग्रन्थ मान्नुपरेको छ। हुन त यस किताबमा पनि मोतीरामले प्रकाशित गरेका
भानुभक्तीय रामायणहरूको ठीक–ठीक प्रकाशन मिति दिएको छैन। जस्तो उनी लेख्तछन्:
१ जनचेतना वर्ष ३ अङ्क १७
रजस्थल
‘उता प्रेसको पनि उन्नति गर्नुपर्ने हुनाले यिनले (मोतीरामले सर्वप्रथम भानुभक्तकृत
रामायण बालकाण्ड छपाइहाले र यो नेपाली भाषाको पहिलो संस्करण हो भनी
बेलायतको लाइब्रेरीमा पनि पठाए।’२ तर यो कुन सालको कुरा हो त्यो खोलिएको छैन।
अडकल लगाउने हो भने योभन्दा पैलेको बेहोरा संवत् १९३८ (मोतीराम बनारस गएका)
को भएको र यसभन्दा पछिको घटना १९४१ मा (उनले गरेका उपकारहरूको वर्णन)
भएकाले यो मोतीरामको रामकृष्ण बर्मालाई गुहारी भारत जीवन प्रेस स्थापना गर्ने र
बालकाण्ड छपाउनेमा ३८ र ४१ सालको बीचमा भएको हुनुपर्छ। त्यो बाहेक नरदेवले
लेखेका छन् ‘त्यो बालकाण्ड रामायण घडाघडा बिक्री भएर एकदम सिद्धियो। त्यसैले
कविजीले फेरि सातै काण्ड रामायण जम्मा गरी छपाए।’३ यस हिसाबले त मोतीरामले
छपाएको बालकाण्ड र सातकाण्डी सम्पूर्ण रामायणको प्रकाशन मितिमा धेरै समयको
अन्तर परेको थिएन भन्ने र १९४१ सम्ममा दुवैथरी रामायण छापिइसकेका थिए भन्ने
पनि बुझिन्छ।
यता ज्ञवालीज्यूले ‘भानुभक्त स्वर्गे भएका १९ वर्षपछि १९४४ सन् १८८७ मा
काशीको भारत जीवन प्रेसद्वारा मोतीराम भट्टका सहायताले सम्पूर्ण सात काण्ड रामायण
छापियो।’४ भनी लेख्नुभएबाट नरदेव र वहााका कुरा बाझिन गएका देखिन्छन्। ज्ञवालीज्यूले
आफ्नो भनाइको समर्थनमा प्रमाण दिदै मोतीराम भट्टले १९४४ को संस्कारणमा
लेखेको भूमिका अघि सार्नुभएको छ। त्यो भूमिकाबाट बालकाण्डका हकमा त नरदेवका
किताबमा लेखिएका कुरा सत्य थिए भनी मान्नुपर्ने देखिन्छ तर बालकाण्डपछि लगत्तै
सात काण्डी रामायण पनि मोतीरामले छपाइहाले भन्ने नरदेवको भनाइ गलत ठहरिन्छ।
मोतीरामको वाक्यलाई उद्धृत गर्दै ज्ञवालीज्यूले यस्तो लेख्नुभएको छ:
यो सातकाण्ड रामायण छापिनुभन्दा पहिले बालकाण्ड मात्र छापी प्रचार गर्यौं।
तर यसै अवसरमा अनेक विध्न बाधा पर्दा अरू काण्ड छपाउनाको उत्साह दव्यो र अरू
महाशयहरूले साझामा २००० पुस्तक समग्र सात काण्ड छपाइ प्रकाश गरे भनी त्यो
साझामा छापिएका रामायणका संस्कारण पछि संवत् १९४४ सन् १८८७ मा आफूले
छपाएका रामायणको संस्करणका भूमिकामा मोतीराम भट्टले लेखेको छ।५
हुन त माथि भनेको मोतीरामले सबभन्दा पैले छपाएका बालकाण्डका प्रति कतै
पाइएको सुनिएको छैन तापनि नरदेवको कथन सत्य हो भने वेलायतको कुनै ठूलो
पुस्तकालयमा मोतीरामले पठाएको त्यो प्रति सुरक्षित रहेकै नै हुनुपर्छ। यसबारे सोधपुछ
२ मोतीराम भट्टको जीवनी पेज : १६
३ मोतीराम भट्टको जीवनी पेज : १६
४, ५ ‘भानुभक्तको रामायण’ नेपाली सा. सम्मेलन, भूमिका पेज ४३
रजस्थल (भानु विशेषाङ्क–२०७०)
हुनुपर्ने हो, त्यसबाट अरू नभएपनि त्यो किताबको प्रकाशन मितिको ठीक ठीक पत्ता
लाग्ने थियो।६ कसैले पनि यतापटिट् ध्यान दिएको जस्तो लाग्दैन।
अब सवाल उठ्छ: मोतीरामले बताएका साझामा छापिएको रामायणको समग्र
सातकाण्डी संस्करण कुन हो ? साझामा छापिएको मात्र भनेर साझेदारहरूको नाम
नदिएकाले यसमा पनि खोज्नेहरूलाई उकालो परेको छ। ज्ञवालीज्यूको संस्करणमा पनि
त्यो चााहि संस्करण छैन।७ तर वहााले खोजी नगर्नु भएको अवश्य नै होइन होला। हुन
त त्यो साझाको संस्कारणको खोजी अरूतिरबाट पनि कुनै न कुनै रूपमा भएको होइन
तर फलप्राप्ति कसैबाट सुनिएको थिएन। हाल एउटा भानुभक्तीय रामायणको पुस्तक
फेला परेको छ। यो पुस्तक त्यहीा साझाको संस्करण हो भन्ने लाग्दछ। यस पुस्तकमा
प्रकाशन मिति संवत् १९४२ माघ बदी ११ भनी लेखिएको छ। हुनलाई त जम्मा ३१२
पेजको यो जीर्ण भैसकेको पुस्तकमा १५० पेज जति मात्र सबुत छन् तापनि मुख पृष्ठ
र आखिरी पेज मौजूद भएकाले यसबारे थाहा पाउनपर्ने सबैजसो कुरा थाहा पाउन
सकिन्छ। यस पुस्तकको साइज ५ह८ इन्च रहेको छ। अनि यो संस्करण निकाल्नामा
हात पं. डमरूवल्लभको नै थियो धेरै भन्ने थाहा हुन्छ तापनि मुख पृष्ठमा हेर्दा यो
किताब साझामा छापिएको थियो भन्न गाह्रो पर्दैन। किताबको बाहिरपट्टि आवरणमा
यस्तो यस्तो लेखेको छ:
अधीनातधीन जनोकपरिकारूणिक भानुभक्तसूरिणा निर्मिता भाषा रामायणमाला
डमरूबल्लभ पण्डित सहायेन श्री पण्डित देवराजवर शर्मा भाषानुसारेण संशोधिता
पक्र ाशिता च शभु म ् वितनाते ु श्रीबदी्र नाथ भडं ारी सभागी भ ै (हव ंै ?) जनै पभ्र ाकर यन्त्रालये
प्रतापकुावर गुरू नीजि स्वामिना मुद्रित।
जसलाई लिनाको मनसुबपर्छ शहर नैपाल इन्द्रचोक देवराज पण्डित के पास बनारस
रामघाटमै पण्डित डमरूवल्लभके पास मिलेगा।८ यसबाट त यो किताब छाप्दा पं.
देवराज, श्री बद्रीनाथ भण्डारी र पं. डमरूवल्लभ गरी तीन जना साझेदार थिए भन्ने
बुझिन्छ। मोतीरामले भने झौ यो संस्करणको जम्मा दुई हजार थान किताब छापिएको
थियो। लेखेको छ ‘पहिली दफे २००० पुस्तक छापी गयी।’ यसरी सबै कुरा ठयाक्क
मिल्न आउाछ। त्यसो भएपछि यो संस्करण छापिनुभन्दा पैले याने १९४२ सं. भन्दा पैले
नै मोतीरामको बालकाण्ड छापिइसकेको थियो भन्दा नरदेवले दिएको समय (अर्थात ३८
६ हाल त्यो किताब पनि मदन पुरस्कार पुस्तकालयमा प्राप्त भएको छ। त्यसमा प्रकाशन मिति
संवत १९४१ आश्विन कृष्ण र छपाउनेको नाम पण्डित प्रेमलाल काफ्ले छ। माथिको निबन्ध
मोतीरामको बालकाण्ड हेर्नुपर्छ। लेखक
७ भानुभक्तको रामायण, ने.सा. सम्मेलन, भूमिका पेज २९
८ हाल सो पुस्तक मदन पुरस्कार पुस्तकालयमा सुरक्षित छ। लेखक
रजस्थल
देखि ४२ सालको बीच) मा बालकाण्ड छापिएको थियो भन्ने पनि मिल्न आउाछ। त्यति
भएपछि मोतीरामले आफ्नो भूमिकामा उल्लेख गरेका समग्र सात काण्ड रामायणको
संस्करण यही डमरूवल्लभको हो भन्न करै लाग्छ।
मोतीरामले खोजमेल गरी भानुभक्तको बालकाण्ड रामायण छपाए। त्यसको
हामीहरूले उपकार मान्नुपर्छ। हामीले मान्दै आएका पनि छौं। तर डमरूवल्लभले सातै
काण्ड रामायण सर्वप्रथम छपाइदिए त्यसको भने चाहिनेजति उपकार हामीले अझै मान्न
पाएका छैनौं। कुन मेहनतले त्यो वेला रामायणको सातकाण्ड एकत्र गरियो होला, त्यसको
हामी अन्दाज लगाउन सक्तछौं। डमरूवल्लभले आफ्नो संस्करणको भूमिकामा यसबारे
अलिकति लेखेका छन्: त्यो भूमिकाको पूरा व्यहोरा यस्तो छ:
‘श्री पण्डितवर भानुभक्तले आफ्ना देसिलाई ज्ञानपूर्वक परमपद जावन भन्ननिमित्त
र बालखहेरू पढून् भन्न कारणले छन्दसित भासा बनाइदिए स्व भासा रामायण पण्डित
डमरूबल्लभ साहायेता गरी श्री पण्डित देवराजले नेपालबाट दुई पोस्तक झिकायेर श्री
कासी जिएक, पुस्तक खोजि तिन पुस्तकमा पाठ मिलाई अत्यन्त शुद्ध गराई छपायाको छ
मेरो यो मिहनेत यस्निमित्त हो कि सबै जना आफ्नु धर्म न छाड्न भन्न्या आसयेले हो
सबैले जानि पढ्नु पर्छ प्रार्थन छ शम्भु।’ पण्डित डमरूबल्लभ पोखर्याल्।
यस भूमिकाबाट पनि हामीलाई धेरै कुरा खुल्दैन। यसमा पैसा कसको हो र
मेहनत कसको हो त्यसै भन्न सकिन्न। ‘पण्डित देवराज भाषानुसारेण संशोधिता’ भनेर
मुख पृष्ठमा र भूमिकामा पनि दुइटा पुस्तक नेपालबाट झिकाउने काम देवराजले नै गरे
को लेखिएकोले खोजमेलमा मेहनत देवराजले नै गरेका हुन् कि भन्ने लाग्दछ। त्यसो हो
भने पैसाको मद्दत चाहिा डमरूवल्लभको हुनुपर्छ। यो कुराको पुष्टि किताबको भित्रपट्टि
परेका संस्कृतका दुई श्लोकबाट पनि हुन्छ। यसमा देवराजले छपाए या मुद्रायितम् र
डमरूवल्लभले छाप्न लगाए या मुद्रापयिता भनेर लेखिएबाट र ‘यो किताब हेरिदेऊ’
भन्ने प्रार्थना डमरूवल्लभ गर्दछन् भनी ‘जना वीक्षन्ता कृपयेति चामिलति श्री डम्बरू
बल्लभ:’ भनेकोबाट किताब छपाउने खर्च गर्ने डमरूवल्लभ नै थिए भन्न सकिन्छ।
अचेलको भाषामा भन्ने हो भने डमरूवल्लभ पोख्रेल प्रकाशक र देवराज शर्मा सम्पादक
थिए भन्नुपर्दछ। अनि मुखपृष्ठमा ‘बद्रीनाथ भंडारी सभागी भै (ह्वै?)’ भन्नाको अर्थ
चाहिा पैसाको मामलामा डमरूवल्लभ र यी बद्रीनाथ साझेदार थिए कि भन्ने अडकल
काट्न सकिन्छ। जे भएपनि सम्पादनको काम यो संस्करणमा निकै राम्रोसाग भएको
देखिन्छ। पैलो कुरा त विचार गर्नुपर्ने के छ भने ज्ञवालीज्यूले पाठभेदको सम्पादन गरी
जुन जुन पाठ दिनुभएको छ धेरै या करिब करिब सबै ठाउामा यो साझाको संस्करणमा
पनि त्यही पाठ परेका देखिन्छन्। पण्डित देवराजले गरेको संपादनको एउटा राम्रो नमुना
रजस्थल (भानु विशेषाङ्क–२०७०)
बालकाण्डको ४८ सौं श्लोकमा परेको छ। ४८ सौं श्लोकको आखिरी लाइन र ४९
सौं श्लोकको पहिलो लाइनमा उही–उही कुरा दोहरिएका छन् तर देवराजले यी दुवैलाई
मिलाई एक बनाएका छन् यसरी:
अन्तध्र्यान् भगवान् तहीा हुनुभयो त्रैलोक्यका नाथ् हरि
अन्तध्र्यान् भगवान् जसै हुनुभयो इन्द्रादिलाई पनि
ब्रÞमाले खुशि भै अह्राउनु भयो भूलोक जाऊ भनी।।
लाई छोट्याएर:
‘अन्तध्र्यान् भगवान् तहीा हुनुभयो इन्द्रादिलाई पनि
ब्रÞमाले खुसि भै अह्राउनु भयो भूलोक जाऊ भनी।’ बनाइएको छ।
छपाइका भूलले गर्दा यो संस्करणमा कतै कतै एक दुई लाइन छुटेका र श्लोक
संख्या हाल्नेको भूलले गर्दा कुनै कुनै काण्डमा एकआध श्लोक कम भएको जस्तो
देखिन्छ। जस्तो कि सुन्दरकाण्डमा पङ्क्तिहरू कम नभए तापनि श्लोकसंख्यामा कम
भएको छ। अयोध्याकाण्डमा त दुई श्लोक नै कम भएका रहेछन् तर ती दुई श्लोक
कहाानिर कम भएका हुन् पेज टुटेकाले थाहा हुन सकेन। उत्तर काण्डमा भने सिलसिला
मिलेको श्लोकसंख्या नदिएर सर्ग–सर्ग गरी जम्मा ९ (८ ?) सर्गमा समाप्त गरिएको
रहेछ। अनि, यो संस्करणमा पनि रामायणको आखिरी श्लोक उही छ जुन साहित्य
सम्मेलनको संस्करणमा छ। अर्थात् यो:
‘शंभूले पार्वती थैं खुसी भइ बहुतै प्रेमपूर्वक कÞयाको
संसार् पार् गर्नलाई सभकन सजिलो सााघुझैं भै रÞयाको
जानी यस्लाई जो ता जनहरू बहुतै प्रेमले पाठ गर्छन्
संसार्का सौख्य सब् भोग गरिकन दुनियां सब् सहज् पार तर्छन्’
यो सबैबाट डमरूबल्लभले प्रकाश गरेको रामायण सर्वप्रथम संस्करण भए तापनि
आशा गर्न सकिनेभन्दा बढ्ता शुद्ध र राम्रोसाग सम्पादन भै छापिएको रहेछ भन्नुपर्छ ।
त्यसउसले पण्डित देवराज पनि हाम्रो धन्यवादका पात्र छन्। यो रामायणको संस्करण
हेरेपछि हामीलाई यति त भन्न करै लाग्छ, के भने देवराजले मोतीरामको काम धेरै
नै हल्का गरिदिएका हुन्। सातकाण्डी रामायण छपाउादा उनलाई बालकाण्डको जस्तो
खोजमेलमा दौडधुप अवश्य पनि ज्यादा गर्नुपरेन होला। हस्तलिखित ग्रन्थहरूको खोजमेल
गरी रामायणको सम्पादन गरिदिने गर्ने यस्ता देवराजको बारेमा हामीले केही थाहा
पाउनुपर्दछ। हामीलाई ऐले यिनको बारेमा साह्रै थोरै कुरा थाहा छ। यिनको परिचय दिादा
यिनीभन्दा बढ्ता नाम चलेका यिनीका दाजुबाट सुरू गरिन्छ। फर्म विश्वराज हरिहर
शर्माका मालिक विश्वराज यिनका दाजु हुन्। यिनीहरूका तीन भाइमध्येका अर्का एक
रजस्थल
जना दानराज शर्मा पनि नक्साल चन्द्रप्रभा प्रेसका मालिक थिए। यिनीहरू लामिछाने
थिए। त्योबाहेक, हाम्रा देवराजले एउटा किताब पनि लेखेका थिए भन्नेसम्म सुनिएको
छ त्यति हो। अरू केही थाहा हुादैन। थाहा पाउने कोही भए यिनका बारेमा जानेबुझेका
कुरा प्रकाश गरिदिनुहोला भन्ने आशा गरिन्छ।
अब यता, ऐलेसम्म हामी नेपालीहरूले डमरूवल्लभलाई कवि रघुनाथको
सुन्दरकाण्डको प्रकाशक भनेर मात्र चिनेका थियौं। यिनी पोखरेल भएकाले होला रघुनाथ
पोखरेलको किताब प्रकाशित गरेकामा यिनले कतैबाट पनि चाहिनेजति धन्यवाद
पाएनन्। यिनमा राष्ट्रिय साहित्यसेवीहरूको सम्मान गर्ने जुन पवित्र भावना थियो त्यस
कुराले प्रकाश पाएको थिएन। त्यहीा भावनाले प्रेरित भएर यिनले सर्वप्रथम भानुभक्तको
रामायण छाप्ने काम गरे। अझ त्यहीा भावनाले कुत्कुत्याउादा आफ्नो पूाजी लगाएर
छापाखाना राखी सर्वप्रथम नेपाली प्रकाशक हुने पनि यिनै थिए। यिनी कतिसम्म राष्ट्रिय
थिए त्यसको देखादेखी प्रमाण त यही थियो कि भानुभक्तको रामायण यिनले पहिलेबाट
छापे, आफ्नै थरगोत्रका रघुनाथको रामायण पछिबाट। यस्तो देख्दा यिनले भानुभक्तको
महत्व र स्थान उसैवेला बुझिसकेका रहेछन् भन्न कर लाग्छ। त्यति मात्र होइन, यो
रामायणको आखिरी पृष्ठमा डमरूवल्लभले भानुभक्त र उनका रामायणका बारेमा २।४
श्लोक प्रशंसाका रूपमा छपाएका छन्। त्यसबाट मुखपृष्ठ तथा भूमिकामा भानुभक्तका
लागि उपयोग गरिएका विशेषणबाट भानुप्रति यिनको भाव कति श्रद्धालु थियो त्यो
थाहा हुन्छ। भानुको रामायण नेपाली दुनियााको मुटुमा कसरी पसेको छ, त्यो यिनले
ह्दयङ्गम गरिसकेका थिए।
अझ त्योभन्दा पनि, नेपाली जनतालाई कवि भानुभक्ताचार्यको घरथरको परिचय
दिई चिन्हाउने श्रेय पनि डमरूवल्लभलाई छ। त्यो काम उनले यही साझा संस्करणको
आखिरमा एउटा श्लोकमा गरेका छन्। यसरी चिनापर्ची गराउने, त्यो श्लोक हुनत
डमरूवल्लभले आफौले लेखेका होइनन्।९ तापनि त्यसलाई सर्वप्रथम छपाई नेपालीका
घरघर पुर्याउने कर्तव्य डमरूवल्लभले नै पूरा गरे। त्यो श्लोक यही हो:
‘रामायण् छ अगम् इ संस्कृतमहाा पुग्दैन सब्को गति
भाषा श्लोक बनाइदिन्छु र पढून् लागोस् हरीमा मति
यस्तो सुर्गरि भानुभक्त कविले भाषा बनाई दिया
थर् आचार्य छ घर त हो तनहुामा सारै दयालू थिया।’