Social Icons

भानुभक्तको कुमारीचोक र धनञ्जयको मृत्यु - प्रा.डा. शर्वराज आचार्य


इतिहास आप्त वचन होइन। इतिहासका घटनालाई तथ्यखोजको कसौटी लागेका
उदाहरण छन्। मोतीराम भट्टले लेखेको भानुभक्तको जीवनीका कतिपय घटना
कसौटीमा चढेका छन्। एउटा उदाहरण भानुभक्त कुमारीचोकमा थुनिएको घटना लिन
सकिन्छ। जीवनी लेखकका कलमहरू भानुभक्त कुमारीचोकमा थुनिएको मिति सम्बन्धमा
मतैक्य छैनन्। उनीहरूमध्ये मोतीराम भट्ट र शम्भुप्रसाद ढुङ्गेलले भानुभक्त आचार्य
वि.सं १९०९ कुमारीचोकमा थुनिएको उल्लेख गरेका छन् भने नरनाथ आचार्यले
पिता धनञ्जयको मृत्युपछि वि.सं.१९११ मा। भट्ट र ढुङ्गेलले धनञ्जयको मृत्युसाग
भानुभक्तको कुमारीचोकको सम्बन्ध जोडेका छैनन्। नरनाथ आचार्य र अन्य जीवनी
लेखकले वि.सं.१९०९ मा धनञ्जयको मृत्यु भयो, वि.सं.१९१० तिर बरखी सकियो।
त्यसपछि भानुभक्त आचार्य कुमारीचोकमा थुनिएका हुन् भनेका छन्। यसकारण वि.सं.
१९०९ र वि.सं.१९१० मध्ये कुन सालमा धनञ्जय आचार्यको मृत्यु भयो होला भन्ने
बारेमा यस पङ्तिकारलाई खुल्दुली पैदा भयो।
पङ्तिकारले चुादीरम्घा गाउाका आचार्य वंशका आप्तजनबाट धनञ्जयको मृत्यु
शूलरोगबाट पाल्पामा भएको थियो भन्ने सुनेको थियो। पछि उसलाई मृगेन्द्रशमशेरले
वि.सं.२००५ कार्तिकको नेपाली शिक्षा पत्रिकाको ठेली १ सङ्ख्या २ मा काशी मणिकर्णिका
घाटको ब्रÞमनालमा पिता धनञ्जय आचार्यको मृत्यु भएको भानुभक्तको स्वहस्त लिखित
पत्रको ब्यहोरा उतार गरेको जानकारी भयो। जानकारीपछि भानुभक्तले पाल्पामा
बिरामी भएका पिता धनञ्जयलाई काशी लगेका रहेछन् भन्ने लाग्यो। पत्रको ब्यहोरामा
पौष बदी ५ रोज १ भन्ने मिति लेखिएको रहेछ। त्यसताका लेखिने कतिपय पत्रहरूमा
संवत् लेखेको पाइादैन। ब्यहोरामा संवत् नदेखिएकाले पङ्तिकारलाई धनञ्जयको मृत्यु
साल पत्ता लगाउने शोच पैदा भयो। अनि सर्वप्रथम ज्योतिष सम्बन्धी इस्काइ भिजन
भन्ने सफ्टवेयर चलाउनेहरूसाग परामर्श लिने काम भयो। अन्त्यमा इतिहासकार तथा
प्राध्यापक दिनेशराज पन्तसाग परामर्श गरी निष्कर्षमा पुगियो। पन्तबाट वि.सं.१९०१
देखि वि.सं. १९१० सम्मका १० ओटा तत्कालीन मुढे पात्राहरूमा पौष बदी ५ रोज १
खोज्ने काम भयो। खोजीबाट वि.सं.१९०१ मा पौष १७ गते र वि.सं.१९०४ मा पौष
१३ बदी ५ रोज १ परेको भेटियो। वि.सं.१९०२ र वि.सं.१९०३ को पौष महिनामा
क्रमश: रोज ६ र ३ परेको पाइयो। वि.सं. १९०५ देखि वि.सं १९१० सम्मका ६ वटा
पौष महिनामा क्रमश: रोज ६, ३, २, ७, ६, र ३ रहेको पाइयो। वि.सं.१९०१ को पौष
बदीको पञ्चमी ५७ घडी २४ पला र वि.सं.१९०४ को पौष बदीको पञ्चमी ५०
रजस्थल 
घडी ५० पला रहेको देखियो । मृगेन्द्र शमशेरले दिएको सूचनाका आधारमा प्राध्यापक
दिनेशराज पन्तको अमूल्य सहयोगले धनञ्जय आचार्यको मृत्यु वि.सं. १९०१ पौष १७
अथवा वि.सं.१९०४ पौष १३ मा हुनसक्ने सम्भावित सत्य देखेपछि पङ्तिकारको खुल्दुली
मेटियो।
मोतीराम भट्टले भानुभक्त वि.सं.१९०७ को वैशाख महिनातिर मदेशको जागिर
पाई २ वर्ष काम गरेपछि सरकारी बााकी लागेछ र वि.सं. १९०९ मा जागिर खोसिएर
५ महिना जति कुमारीचोकमा थुनिएका थिए भनेर लेखे। नरनाथ आचार्यले आफूले
ठुलाबा यज्ञनिधि आचार्यबाट जागिर खाएको कुरा नसुन्नु, रम्घाली आचार्य वंशमा
जागिर खाएको जनश्रुति नहुनु, लिखतहरूमा जागिर खाएको पद नलेखिनु, ‘जागिर
छैन धनी म छैन’ भनी कवितामा लेखिनु मोतीराम भट्टले जागिर खाएको अड्डाको
नाम नलेख्नु जस्ता तर्क दिएर मोतीरामका आप्त वचनमाथि कसौटी लगाए। नरनाथ
आचार्यको तथ्यखोजको कसौटी अनुसार पिता धनञ्जयको सरकारी बााकीमा छोरा
भानुभक्त कुमारीचोकमा थुनिएका थिए। त्यसपछिका जीवनी लेखकहरूले नरनाथ
आचार्यकै लेखाइअनुसार कलम चलाए। यस्तो कलम चले पनि मोतीरामलाई विश्वास
गर्नेहरू नेपाली भाषा साहित्यका धेरै पाठक छन्।
भनिन्छ, धनञ्जय वि.सं.१९६८ तिरै जागिरमा प्रवेश गरेका थिए। मोतीराम र
शम्भुप्रसादबाहेक भानुभक्तका जीवनी लेखकहरूले धनञ्जयको मृत्यु वि.सं.१९०९
मा भएको बताएका छन्। यस आधारमा धनञ्जयले धेरै वर्ष जागिरे जीवन बिताएको
देखिन्छ। जीवनी लेखकहरूको भनाइमा भानुभक्तले एक वर्ष जति वि.सं. १९१० सम्म
पिताको बरखी बारे। बरखी सकिएपछि कुमारीचोकमा उनी वि.सं.१९११ को कार्तिक
महिनातिर थुनिए, यही साल पौष महिनामा बिदा लिएर छोरा रमानाथको व्रतबन्ध गर्न
चुादीरम्घा आए। तर अहिले गरिएको तथ्यखोजमा वि.सं. १९०८ देखि वि.सं. १९१०
सालसम्मका पौष महिनामा बदी ५ रोज १ परेको देखिएन।
धनञ्जय आचार्यको मृत्यु वि.सं. १९०१ अथवा १९०४ को पौष महिनातिर
देखिएकाले बाबुको बााकीमा भानुभक्त आचार्य कुमारीचोकमा थुनिएका होइनन् कि
भन्ने देखिन्छ। पहिले पहिलेका मानिस जागिरबाट निवृत्त भएपछि आÇनो पद नलेख्ने
पनि भेटिन्छन् । पद नलेख्नेमा भानुभक्त पनि पर्न सक्छन्। खोसुवा हुने र कुमारी
चोकमा थुनाएर आफूमाथि कलङ्क लगाउने जागिरे पद भानुभक्त आचार्य जस्तो भावुक
कविलाई दु:स्वप्न जस्तै हुादो हो। कलङ्क लगाउने पद कसलाई पो प्रिय हुन्छ र ?
आÇनो झगडिया भाट थरको शब्द मिले जस्तो भाटा शब्द त भानुभक्तले घरमा प्रयोग
गरेनन् भने कुमारी चोकमा थुनाउने जागिरे पद उनलाई किन मन पथ्र्यो ? फेरि जागिर
खोसिएर थुनिएका भानुभक्तले कवितामा जागिर छैन धनी म छैन घरको भन्ने कविता
लेख्नुमा स्वाभाविक नै देखिन्छ। कवितामा ‘मान् माथि पनि भुक्तमान् थपिदिया’ भन्नुमा
मान भनेको जागिर र त्यसमाथि दु:ख थप्ने काम भयो भन्ने कविताको वाच्यार्थ रहेको
छ। बरू मोतीराम भट्टले भनेअनुसार भानुभक्त आफौले खाएको जागिरको सरकारी
बााकीका कारण वि.सं.१९०९ तिर कुमारीचोकमा थुनिएका थिए कि ? 
 
" "
\
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
|
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
/
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
|
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
/
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*