Social Icons

राष्ट्रिय विभूति भानु - कृष्णप्रसाद पोखरेल

ाष्ट्रिय विभूति भानु
२ कृष्णप्रसाद पोखरेल
प्राकृतिक सौन्दर्यपूर्ण छटाले भरिपूर्ण मेरो देश लाग्छ मलाई विश्वभरिकै सौन्दर्य
थुपारी घप्लक्कै खन्याएको वीर पूर्खाहरूले आफ्नो ज्यान पचाएर बचाएको, प्रकृतिदेवीले
आफ्ना उतुङ्ग पर्वतस्तनहरूबाट अविरल दुग्ध जल बर्साइरहेको एक मनोरम मुलुक जहाा
प्रकृति स्वयम्ले आफ्ना काखमा राखेर सुम्सुम्याउादै कयौा राष्ट्रभक्त, देशभक्त विभूतिको
जन्म र संरक्षण दिइरहेको । लाग्छ इतिहासका विगत अनि भोगाइका घटनाक्रम
वर्तमान अनि भविष्यका ताजा स्मृतिवेगका रचनामाथि परिपूरक बन्दो रहेछ । अणु
अणुको संयोजनबाट निर्मित कहानी विशाल अनि विराट बन्दो रहेछ । प्रकृति सुहाउादो
आवरणमा रचिएका बहुरङ्गी फूलहरू सुन्दर उपवन बनी बास्नादार अत्तर छरिरहादा
रहेछन् । वातावरणीय सुन्दरतामा रङ्गिई आफ्ना अन्तरनिहित क्षमता प्रस्फुटन गरी
लोकको कल्याण गर्ने व्यक्ति विभूति बन्दारहेछन् । त्यस्तै नेपाली माटोमा समय समयमा
उषाको लाली जस्तै गरी आफ्नो अस्तित्व अविनाशी बनाएका पात्रहरूमध्ये भानुभक्त
पनि अटल छन् र हुनेछन् पनि ।
भनिन्छ आवश्यकता नै आविस्कारकी जननी हो । भनाइ र व्याख्यानमा केही
कठिनाइ छचल्किएपनि भानुभक्त पनि नेपाली धर्तीका आवश्यकता थिए र त वि. सं.
१८७१ साल असार २९ गतेका दिन नेपाली साहित्य आकाशका नक्षत्र, पिता धनञ्जय
आचार्य र माता धर्मावती आचार्यको कोखबाट गण्डकी अञ्चलको तनहुा जिल्लाको
चुादी रम्घामा प्रथम स्वास ग्रहण गर्दछन् । विश्व वाङ्मयमा खोज आविष्कार अनि
प्रतिस्पर्धाको जुहारी चलिरहेको बखत पिछडिएको, पिल्सिएको अनि आवश्यकतालाई
मनन गर्न नसकेको नेपाली संसारमा शैक्षिक उपलब्धिका लागि कुनै त्यस्तो औपचारिक
ज्ञानालय सहज नहुने हुादा आफ्नो औपचारिक यात्रा घरैबाट श्रीगणेश गरेका भानुभक्त
आफ्नै हजूरबाका एक शिष्य बने ।
आफ्नो स्वाध्यायन तिखार्दै पाइला अघि बढाएका भानुभक्त विशेषत: एक सामान्य
अनि दैनिक गुजारामा तल्लीन घाासीबाट प्रभावित बनी आफ्नो कवित्व प्रस्फुटन गर्न र
साहित्यको श्रीवृद्धि गरी चेतना फैलाउन उद्यत रहे । उनका रचनारूपी सञ्जाल यानेकी
व्यङ्ग्यरूपी वाण प्रहार अनि साहित्यिक विविधताले भरिपूर्ण भेटिन्छन् । नेपाली त्यस
कालखण्डमा नेपाल–अङ्ग्रेज युद्ध र सुगौलीसन्धिको पराजयले उत्पीडित नेपालीहरूको
छेदविच्छेद मुटुलाई उनले रामायणरूपी सञ्जिवनी पिलाएर उपचार गरे । चन्द्र सूर्यको
रजस्थल 
चमक झौ चम्किएका नेपाली साहित्यका ज्योति भानुभक्त आखिर नेपाली साहित्यमा
परिपूरक बनी स्थापित भए । भौगोलिक एकिकरणको रूपमा नेपाल राष्ट्रको निर्माण
भएको वेला साझा र सुरम्य फूलबारीमा एक भानु रूपी चम्किलो तारा उदायो ।
चम्किलो ताराका ती किरणले नेपाल फूलबारीमा साहित्यिक सुवास फैलायो । वास्तवमा
जातीय, आध्यात्मिक आदर्शवादी, नैतिक एवम् सुधारवादी कविका रूपमा पनि नेपाली
साहित्य गगनमा जाज्वल्यमान कवि बन्नपुगे भानु । ढिलासुस्ती र भ्रष्टाचारी शैली
मौलाएको तत्कालीन परिस्थितिलाई व्यङ्ग्य प्रहार अनि भोलिवादी सङ्कीर्ण सोचप्रति
ग्लानिका स्वरहरू र तात्कालिक परिवेशको सुन्दर चित्रण उनमा स्पष्ट दृश्यावलोकन
गर्न सकिन्छ ।
रोज् रोज् दर्शन पाउाछू चरणको ताप् छैन मन्मा कछु
रात्भर् नाच् पनि हेर्छु खर्च नगरी ठूला चइन्मा म छु ।
लाम्खुट्टे, उपियाा, उाडुस सागी छन् यिन्कै लहर्मा म छु
लाम्खुट्टेहरू गाउाछन् नि उपियाा नाच्छन् म हेर्छू बसी ।
यसका अलावा आशुकविको समेत छनक दिने भानुभक्तका गजाधर सोतीको
घर जाादाको प्रसङ्ग र बधूशिक्षा रचनाको सन्दर्भले प्रमाणित गरेजस्तो भान हुन्छ ।
आखिर क्षमता साधन अनि कृति साध्य रहेछ, साधन यानेकी साधक बिनाको रगटाइ
केवल कलम कापीको संयोगमात्र बन्ने गर्दछ । त्यस्तै कहानी र प्रकरण नबनुन् भनी
भानुभक्तका यी अतुलनीय क्षमता अवशेष नबनुन् भनी उनका भौतिक संरचना सागै सति
गएको आभास नहोस् भनी हाम्रा युगकवि मोतीराम भट्ट भानुभक्तका सच्चा कर्तव्यपालक
सर्जक बनी सबका मनमनमा शान्तिको न्यानो दीप प्रज्वलन गर्न तल्लीन भइरहे ।
इतिहासको माग र आवश्यकताको पृष्ठभूमिमा सच्चा भूमिका निभाई भानुभक्तमाथि
मात्र नभई नेपाली साहित्यमाथिनै मोतीराम भट्टले न्याय गरे ।
भानु नेपाली साहित्यका रानु हुन् भन्दा अतिसयोक्ति नहोला जहााकि रानोविनाको
मौरीको संसार छिन्नभिन्न हुन्छ त्यस्तै भानुविना नेपाली साहित्य अधुरो अपूरो यानेकि
दिशाविहीन बन्नेछ । भानुभक्तीय ज्ञानालयमा कखरा चिनेर देवकोटीय पाठशालामा
प्रवेश गर्न सहज भएको छ । हाम्रा मननीय कुरामात्र यी हुन् जो नेपाली माटो अनुकूल
नेपाली जीवनशैली अनुरूप साहित्यलेखी प्राथमिक कालीन कविता परम्पराका प्रतिनिधि
एवम् हाम्रा प्रिय कवि बनेका छन् अहिले हाम्रा अगाडि भानुभक्त मिथक पात्र बनेर प्रस्तुत
भइरहेछन् हामी उनलाई खोज्न अतीतका अनेकौा स्मृति बिम्बमा हराउाछौा ।
समयातीत सागरमा रम्न नजानेपनि गङ्गारूपी समय निरन्तर चलिरहादो रहेछ।
हाम्रा ती भूत भविष्यका कथारूपी इतिहास बनिरहादा रहेछन् । सौन्दर्यको शिर उपर
जागा हामी अतीत भुल्न तल्लीन जस्ता देखिएका छौा । हामी अगाडिका सपना सुनौलो
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
र रङ्गिन कल्पना गर्नुभन्दा अतीतलाई केबल विनाशकारी व्याख्यान गर्दछौा । हामी
र हाम्रो भन्नु भन्दा म र मेरो सङ्कीर्ण सोचाइमा विचलित बनिरहेछौा । हाम्रा ती
विभूतिका बाटो हिाड्न हामी हिचकिचाहट अनि क्रोधित भान गर्दछौा । चेतनाका
सञ्जाल फैलाएका ती साहित्यिक रचना हामी बिर्सन खोज्दा देशप्रेम र देशभक्ति नै
धरापमा परेको अनुभूत गर्दछौा । सम्भावनापूर्ण छनक अनि एउटै मालामा अनुवन्धित्
मेरो देश नेपाल आज विभिन्न सङ्कीर्ण अनि जातिवादी भेदमा विभक्त भइरहेको
हामी पलपल महसुस गर्दछौा । सङ्कल्प र वाचा गर्नेहरूलाई देशविकासको सपना
छोड्नेहरूलाई निरन्तर घच्घच्याउने हाम्रा सर्जकका ती अमूल्य देन आज पनि उक्तिकै
ताजा र स्मरणीय छन् । विकसित भनौा भन्दा पनि अविकसित मुलुकको नाइके मेरो
देश अनि देशका राजनेता भनि अहङ्कार पाल्नेहरू सम्मान गर्न सिक हाम्रा ती अमूल्य
निधिमाथि, अनुसरण गर तिनका अमूल्य सुझाव अनि उनीहरूका सुमार्गका चरणप्रति
। राष्ट्रियतालाई मजवुद पार्ने तत्वहरू धेरै छन् र ती मध्ये एक अभेद्य अस्त्र साहित्य
पनि हो । माटोरूपी भूखण्डप्रति मुटुरूपी जनताको आस्था र भक्ति जीवन्त नहुञ्जेल
राष्ट्रियता सशक्त बन्दैन । तत: देशप्रति जनताको आस्था जागरूक गराउने साहित्यको
खााचो भानुभक्तका साहित्यिक कालमा मात्र नभइ अहिले पनि उक्तिकै महत्वपूर्ण छ
राष्ट्रिय तथा जातीय एकताको शङ्खनाद गर्नु अपरिहार्य छ ।
जो जन्मन्छ त्यो मर्छ यानीकि जसको आदि हुन्छ त्यसको अन्त्यमा हामी शङ्का
गर्न सक्दैनौा । साहित्याकाशका जाज्वल्यमान नक्षत्र, झल्झलाकार मोती भानुभक्त
पनि यो साासारिक जीवनको तीतो यथार्थ इन्कार गर्न नसकी स्वार्थी युगलाई बिदाइका
हात हल्लाउादै ५४ वर्षको उमेरमा ओझेल पर्नु भयो । उनका पार्थिव अवशेष हामी
बीच नभएपनि उनका अमूल्य ती सिर्जना हाम्रा पथप्रदर्शक बनिरहनेछन् । हामीलाई
नयाा अनि नवीनतम् बाटोमा हिाड्न सत्प्रेरणा प्रदान गरिरहेछन् । अनेकताभित्रको
अद्भुत सौन्दर्य, धार्मिक सहिष्णुता, साम्प्रदायिक सद्भाव, क्षेत्रीय मेलमिलाप, साास्कृतिक
सहभागिता र जातीय सद्भावना जस्ता भानुका विशेषता रविकिरण बनी नेपालका कुना
कन्दरामा दीप जगाइरहनेछन् ।
भानुका ती मार्गलाई सहर्ष स्वीकार गरी मुलुकभित्रका विसङ्गतिका लहरहरू
चुडाल्नु र ती तत्वको उपचार र कााटछााट गरी देशको भौतिक पहिचान कायम गर्नु
नै हाम्रो भानुप्रति मानव जीवनको कर्तव्य अनि लक्ष्य हुनेछ । केवल असार २९ हरेक
वर्ष सालिकहरूमा माल्यार्पण, पुष्पगुच्छार्पण गर्दैमा भानुप्रति सच्चा कर्तव्य अनि लक्ष्य
निभाएको किमार्थ पनि हुनेछैन । मात्र वास्तविकताको गङ्गामा सयर गरेका भानुका
वाणीहरू पालना गर्नु नै उनीप्रति सच्चा श्रद्धा सुमन हुनेछ ।
(हर्मी–४, निभारे गोर्खा
 
" "
|
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
|
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
|
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
|
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
|
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*