Social Icons

भानुभक्तको रचनामा पाइने व्याङ्ग्य चेतना - गङ्गा कर्माचार्य पौडेल

हाम्रा राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिकी समारोह विभिन्न
कार्यक्रमहरूको आयोजना गरी यसपाली धुमधामले मनाइादै छ । दर्जनौा पत्रपत्रिकाहरूले
उनको नाममा विशेषाङ्क प्रकाशित गर्ने तयारी गरिरहेका छन् । दिनहुाजसो कविगोष्ठी,
अन्तरक्रिया, पुस्तक विमोचन जस्ता साहित्यिक गतिविधिहरू ह्वात्तै बढिरहेका छन् ।
यो मात्रै त हेर्दै यस्तो लाग्छ साहित्य साधकहरू मात्र नभई नेपाली भाषालाई माया गर्ने
सबैमा एकप्रकारको असार पन्ध्रले छोएको छ । २०० वर्षपछि आएर यसरी नेपाली भाषा
साहित्यको क्षेत्रमा हलचल मच्चाएर सर्जकहरूलाई जुरुक जुरुक उचाल्ने भानुभक्तको
जन्म कहाा र कसका घरमा भएको थियो त ? आउनुस् पाठकवृन्द्ध इतिहास पल्टाएर
हेरौा ।
“हाम्रो यो हिमाच्छादित पाशुपत क्षेत्र पून्यभूमि नेपाल अधिराज्यको भूमध्य भागमा
पर्ने गण्डकी अञ्चल अन्तरगत तनहुा जिल्लाको चुादी रम्घा गाउा निवासी पवित्र ब्राÞमण
कुलमा धुरन्धर विद्वान् श्रीकृष्ण आचार्यका जेठा सुपुत्र धनञ्जय आचार्य तथा बुहारी
धर्मावतीदेवी आचार्यको पवित्र कोखबाट विं. सं. १८७१ साल असार २९ गते बिहिबारका
दिन अपर्‍हान्न चुादीरम्घा भन्ने गाउामा आदिकवि भानुभक्त आचार्यको शुभजन्म भएको
हो ।
कविजीका आफ्ना पिता धनञ्जय आचार्य सरकारी सेवातर्फ लागि पाल्पा तहसिल
अड्डाको हाकिम खरिदार पदमा नियुक्त हुनु भएर वहाा प्राय: पाल्पामा नै रहनुपर्ने
भएकाले कवि भानुको प्रारम्भिक कालदेखिकै शिक्षा–दीक्षा, लालन–पालन आदि सम्पूर्ण
जिम्मा पितामह श्रीकृष्ण आचार्यकै कर्तव्यभित्र पर्न आएको हुादा कविजीले सम्पूर्ण
शिक्षादीक्षा आदि कुरा विद्वान् पितामह श्रीकृष्ण आचार्यबाट नै प्राप्त गर्ने अवसर पाउनु
भएको थियो ।
(मुक्तिनाथ आचार्य
भानुभक्ताचार्य
चुादी रम्घा, तनहुायो जानकारी मैले भानुभक्त आचार्यका योग्य सन्तानमध्येका एक मुक्तिनाथ
आचार्यले लेख्नुभएको साझा प्रकाशनबाट प्रकाशित भानुभक्तको रामायण २०५८
(चौथोपटक प्रकाशित) पुस्तकबाट जस्ताको तस्तै प्रस्तुत गरो । अब भानुभक्तले आफ्नो
जीवन कालमा के, कस्ता कति पुस्तक लेखेर गए त्यसतर्फ ध्यानाकर्षण गर्न चाहन्छु ।
१. रामायण
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
२. भक्तमाला
३. प्रश्नोत्तरमाला
४. बधूशिक्षा
५. अन्य फुटकर रचनाहरू
“भानुभक्तको पहिलो पुस्तक रामायणले नै त्यस वेलाका नेपालीहरूको ह्दयमा
ढुङ्गामा अक्षर बन्ने सौभाग्य पायो । त्यसैले आज २०० वर्षसम्म पनि जस्ताको तस्तै
रहन साफल भएको छ । रामायणपछि पनि थुप्रै ग्रन्थहरू लेखिए, महाकाव्य लेखिए ।
तैपनि रामायणलाई कसैले हल्लाउन सकेका छैनन् । रामायणको महत्व उसवेलामा
जति थियो । अहिले पनि उत्तिकै छ । रामायणका बारेमा प्रा. शिवगोपाल रिसाल
लेख्नुहुन्छ– “भानुभक्तको सर्वश्व नै रामायण हो । रामायणको माध्यमबाट भानुको
किरण नेपालका डााडाकााडा, भीरपहरा, वनकन्दरा, नदीनाला, हिमालका चिसा स्यााठहरू
पगाल्दै, तराईका ताता बाफहरू छिचोली भारतका दार्जिलि·, आसाम बनारस, देहरादुन
अनि वर्मा, मलाया, सिंगापुर, हङ्कङ आदि ठाउामा फिाजिादै र जहाा–जहाा नेपालीहरू
पुगेका छन्, त्यहीा–त्यहीा पच्छ्याउादै गएकोमा नेपाली गौरवको अनुभव गर्दछन् ।”
त्यसैगरी भानुभक्त आचार्यले लेखेका भक्तमाला, प्रश्नोत्तरमाला बधूशिक्षाले पनि
समाजमा ठूलै हलचल मच्चाएको हो अझ बधूशिक्षाले त झन् नारीहरूलाई बढी नै
प्रभाव पारेको थियो र त्यो प्रभाव अहिलेसम्म पनि पूरै हटिसकेको छैन । अब म
भानुभक्तका रचनामा पाइने व्याङ्ग्य चेतनाको खोजतर्फ कलम डोर्‍याउन चाहन्छु ।
कलम डोर्‍याउादै जाादा सिस्नो घारीमा जाकिने डर पनि त्यत्तिकै लागिराछ । त्यसकारण
हाम्रा हास्यव्यङ्ग्यका पण्डित भैरव अर्याललाई अघि लाउन उचित ठानो मैले । अब यहाा
हुादै नभएकालाई कसरी अघि लाउनेछस् ? भन्नुहोला । यस्ता पण्डित यहाा नभए पनि
उनका विचार भूतले कहाा छोडेको हुन्छ र ? फेरि उनले भानुभक्त साइनो लाएर यसो
भनेका छन्– “कवि बाजे मैले यो ठट्टा गरेको मात्र हो है, कारण तपाईा ठट्यौला व्यक्ति
हुनुहुन्थ्यो । व्यङ्ग्यविनोद निकै मन पराउनुहुन्थ्यो । तपाइाले तारापतिसित बन्दुकबारे
ठट्टा गरेको, जेलमा प्रदर्शित उडुस, उपियाको नाचगान बारे विरोध गरेको कहिल्यै
नबिर्सिने गरी मैले पनि पढेको छु ...। तपाईा हाम्रा पक्का साहित्यिक बाजे हुनुहुन्छ,
। कवि बाजे हुनुहुन्छ ...व्यङ्ग्य बाजे पनि हुनहुन्छ ।” व्यङ्ग्य बाजेले कस्ता कस्ता
व्यङ्ग्य रचना गरे हेरौा है त ।
जागिर छैन धनि म छैन घरको केवल् कुदालो खनी
खान्थ्याा दुख्ख गरेर चाकरि गर्‍याा मान् पाउालाकी भनी ।
एक् मन् चित्त लगाई चाकरी गर्‍याा खूशी भएछन् हरी
मान्माथि पनि भुक्त्तमान् थपिदिया कैल्यै नखोस्ने गरी ।।
उसवेलामा राणाशासन थियो । कुटो कोदालो गरेर खान पुग्ने भएपनि भानुभक्तले
मानकाखातिर राणाको सेवा गरे । चाकरी गरे तर मान पाउनुको सट्टा झन् भुक्तमान
पाए । यसरी एकोहोरो सोझो तरिकाले काम गरेर केही उपलब्धि हासिल गर्न नसकिने
रजस्थल 
उस वेलाको जस्तो प्रवृत्ति अहिलेको समाजमा पनि विद्यमान छ । लुच्याइा, मूख्र्याइा,
धुत्र्याइा गर्नेहरू मात्र फड्को मारेर कताका कता पुगिसकेका हुन्छन् ।
रोज् रोज् दर्शन पाउाछु चरणको ताप् छैन मन्मा कछू,
रातभर् नाच् पनि हेर्छु खर्च नगरी ठूला चयन्मा म छू ।
लामखुट्टे उपियाा, उडुस् इ सागि छन् इन्कै लहड्मा बसी
लामखुट्टेहरू गाउाछन् ति उपिञाा नाच्छन् म हेर्छु बसी ।।
कारागारभित्र बसेका वेलामा भानुभक्त आचार्यले त्यहााको स्थितिलाई व्यङ्ग्य
रचना मार्फत् जनसमक्ष बाहिर ल्याए । त्यो वेला जहाा राणाशासन थियो जनताले
आफ्नै घरमा पनि सुखपूर्वक हिाड्न पाएका थिएनन् भने कारागारको हालत झन् गए
गुज्रेको थियो ।
ख्वामित् आज हजुर्हरू पृथ्वीका मालिक् छादामा पनि,
ब्राÞमण्को व्रतबन्ध अड्कन तयार् देख्याा र मालिक् भनी
जाही रात गर्‍याा प्रभू चरणमा जो मर्जि होला भनी,
कन्ढैसित् भनि मर्जि हुन्छ त भन्या क्यारूा सहन्छू पनी ।
समाजमा चलेको रीतअनुसार छोराको व्रतबन्ध गर्ने वेला भइसकेकाले भानुभक्तले
तत्कालीन प्रशासनसित अनुनय विनय गरे । यसमा उनले व्यङ्ग्य मात्र हैन हास्य पनि
प्रयोग गरेका छन् ।
विन्ती डिट्ठा विचारीसित म कति गरूा चुप् रहन्छन् नबोली
बोल्छन् ता ख्याल् गर्‍याझौ अनि पछि दिन्दिन् भन्दछन् भोलिभोली ।
की ता सक्दीन भन्नू कि तब छिनिदिनू क्यान भन्छन् इ भोली
भोलीभोली हुादैमा सब घर वितिगो बक्सियोस् आज झोली ।
भानुभक्तले त्यसवेलाको अड्डा अदालतमा हुने ढिलासुस्तीलाई त्यसरी मज्जैले
व्यङ्ग्यवाण हिर्काएका छन् । आज दुई सयवर्षसम्म पनि नसुध्रेको नेपालको प्रशासनिक
तौरतरिकालाई भानुभक्तका उक्त श्लोकले बेस्सरी घोचेको अनुभव गर्न सकिन्छ ।
यसरी हेर्दा भानुभक्तका रचनामा व्यङ्ग्यवाण प्रचुर मात्रामा रहेको पाइन्छ । वास्तवमा
सोझो मुखले भनेको नसुन्नेलाई यस्ता व्यङ्ग्य रचनाले राम्रैसित चिमोट्न सफल हुन्छ
र उसलाई सुध्रिने अवसर प्राप्त हुन्छ ।
वास्तवमा भानुभक्त आचार्य सरस्वतीका वरदपुत्र थिए र त आशुकवि बने ।
जतिवेला जुन घटना देख्यो उनी तुरुन्त कविता लेखिहाल्थे । उनले नेपाली भाषा
साहित्यलाई ठूलो गुन लगाएका छन् । आज २०० वर्षमा मात्र हैन भानुको हजारौा हजार
वर्षसम्म पनि उनको गुनलाई कसैले बिर्सन हुने छैन । अहिले नेपाली भाषालाई अन्य
विदेशी भाषाहरूले अतिक्रमण गर्न लागि परेका छन् । नेपाली भाषालाई ओझेल पार्न
खोजिादै छ यस्तो स्थितिमा भानुभक्तलाई सम्झेर नेपाली ठेट भाषालाई जोगाई राख्न हामी
सम्पूर्ण नेपालीहरूको जिम्मेवारी हुन आउाछ । अनि मात्र भानुभक्तको द्विशतवार्षिकीले
सार्थकता पाउनेछ ।
 
" "
|
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
/
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
|
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
|
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
|
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*