परिवर्तन र गतिशील रहनु नै सायद जगत जीवनको यथार्थता हो । प्रत्येक व्यक्ति
वर्तमानमा उभिएको, बााचेको र यावत् कर्म गरिरहेको हुन्छ । उसको हिजो इतिहासमा
बदलिदैं गइरहेको हुन्छ भने भोलि भविष्यका रूपमा बााकी नै रहन्छ । ऊ वर्तमानको
यथार्थ स्वयम् बन्दछ र वेगवान समयको गतिमा इतिहास निर्माण गरिरहेको हुन्छ ।
“सम्यक सरतिइति संसार” अथवा“जायते गच्छति इति जगत्” भन्ने जानेरै वा नजानेरै
पनि परिवर्तनशील सामाजिक संरचनामा वैयक्तिक समाजिक वा सामूहिक (राष्ट्रिय)
रूपमा आÇनो कर्म गरिरहको हुन्छ । उद्देश्य उसका अनेकौा होलान्, हुन सक्लान् तर
प्रमुख र अन्तिम उपलब्धि भनेको उसको आÇनो कर्म–कार्यप्रतिको सन्तुष्टि रहन्छ ।
आÇनो युगमा, आÇनो परिवेशमा, आÇनाका लागि (परिवार, समाज, देश, जाति) कति
गर्यो, त्यसको मूल्याङ्कन आउादो पुस्ताले गर्नुपर्छ र गर्छ पनि । जो थिए, ती हुादैनन् ।
जस्तो थियो त्यो पनि परिवर्तन भइसकेको हुन्छ । आस्था, विश्वास, आकाङ्क्षा, उद्देश्य
र प्राप्ति पनि युगानुकूल सबै बदलिइसकेको हुन्छ । अरू त के दुनियाामा ‘सत्य’ पनि
स्थान, समय र परिवेश अनुसार फरक फरक हुने गर्छ भने परिवर्तनको यस दुनियामा
‘एउटा’ तथ्यबाहेक कुनै पनि वस्तु स्थिर र स्थायी रहादैन भन्ने कुरा सहज स्वीकार्य
बन्न पुग्दछ। उसले आÇनो समयको सामाजिक, भौतिक, मानसिक वा बौद्धिक, नैतिक,
धार्मिक, भौगोलिक अवस्था र परिवेशबाट प्राप्त संज्ञानलाई उपयोग गरेर फेरि समाजकै
लागि केही दिएको हुन्छ । उसका देन र प्रदानहरू अल्प वा दीर्घकालीन प्रभावका हुन
सक्नछन् । आÇनो युग, समाज वा परिवेशबाट आर्जित ज्ञान, चेतनाद्वारा ऊ आÇनो
समाज बदल्ने चेष्टा गरिहेको हुन्छ । अर्थात् मान्छे समाजबाट केही आलोचना वा
समर्थन जसरी होस्, भविष्यले सम्झिरहेको हुन्छ । त्यस्तै नेपाली जाति, भाषा, साहित्य
र वाङ्मय जगत्का निम्ति हाम्रा आदिकवि भानुभक्त आचार्य स्मरणीय रहेका छन् ।
पुरानो जति सबै त्याज्य रहादैन । किन भने पुरानो नभएको भए नयााको जन्म हुने
सम्भावना नै रहादैनथ्यो । प्रत्येक युगका आÇना मौलिक चिन्तन परिस्थिति, मान्यता
र आकाङ्क्षा हुन्छन् । त्यस युगको मानिसले युगीन चेतनाको दियालोमा आफ्नो
जीवन र कर्मलाई सफल र सार्थक तुल्याउने हरसम्भव प्रयास गर्दछ । कतिले समाज
र राष्ट्रलाई नै अग्रगति प्रदान गरिरहेका हुन्छन् । यसकै आधारमा भोलिले हिजोको
महत्व सम्झिन्छ। श्रद्धा गर्छ र शिर झुकाएर आदर गर्छ हिजोलाई । स्तुत्य कर्महरूको
गुणगान गर्दै भविष्यको बाटो तय गरिन्छ । वर्तमान भनेको केवल आफू मात्र हुादैन ।
रजस्थल
हिजोको अनुभव र भोलिको सपना वा कल्पनाको बीचमा अल्झिएको समयको बाबु,
छोरा र नातिको बराबर तीन पुस्ते कालखण्ड हुन्छ । एकले अर्कालाई आधार नदिए
वर्तमान स्वयम् बााच्न सक्दैन । तसर्थ समय परिस्थिति र मान्यताको सााचोमा ढल्दै र
क्रमिक रूपमा फेरिदै आएको हाम्रो युग, परम्परा र इतिहासमा भाषासेवी, साहित्यकर्मी,
वाङ्मयप्रेमीले रामायणका रचनाकार भानुभक्त आचार्यप्रति अपार श्रद्धा प्रकट गर्दछन् र
गर्नैपर्छ पनि । किनभने आजभन्दा दुई सयवर्ष अघि उनी एक्लैले सुरू गरेको यात्रा र
उपलब्धिको परिणाम आजका धेरैको भन्दा अझ गह्रौ रहेको छ ।
मलाई लाग्छ, उनले त्यो वेला रामायण, प्रश्नोत्तर, भक्तमाला, बधूशिक्षा, रामगीता
र अनेक सुन्दर, आकर्षक, प्राकृतिक, सामाजिक तथा व्यङ्ग्यात्मक फुटकर कविता
नेपाली भाषामा लेख्न प्रेरणा कहााबाट पाए हुनन् ? मेरी आमाले हामीलाई उपदेशात्मक
ढााचामा सुनाएका श्लोकहरू पनि आदिकवि कै रहेको कुरा जब मैले थाहा पाएा त्यसपछि
त उनीप्रति मैले झन् श्रद्धा गर्न थालें । दसै वर्षमा विवाह भएर घर आएर बुर्हातन
खपेर करिब चारबीस हिउाद बिताएर आमा भएको पनि दशक भइसक्यो । तर उहााले
भन्ने गरेका कविता भानुभक्तकै भएको कुरा म नेपालीको विद्यार्थीले त बल्ल थाहा पाएा
भने अरू सामान्यले कसरी थाहा पाउने । यो त आफ्ना पुर्खाप्रति मैले गरेको बेवास्ता
मात्र हो, अनादर र अपमान भने होइन । आजभोलि त पुरानाको बदख्याइा गर्न सके र
तिनलाई निम्न कोटीको देखाउन सके नै आफ्नो प्रतिभायुक्त वाक्चातुर्य बढेको र स्वयम्
उच्च कोटीको रहेको प्रमाण मान्नेहरू तथाकथित मोर्डन एजका, विद्वानका दृष्टिमा त
भानुभक्त, मोतीराम, लेखनाथ, देवकोटा जस्ता पुरानाहरू पैतालाले टेकेर माथि उक्लिने
भर्याङ्का सिंढीभन्दा केही नरहेको मैले पनि सुनेको छु ।
भानुभक्तका कृतिहरूको युगीन प्रवाहमा ठूलो महत्व रहेको छ । अध्यात्मवादी
पूर्वीय दर्शनको शीतल छहारीमुनि बसेर उनले रचना गरेका कृतिहरूले तत्कालीन
नेपाली राष्ट्रियता, समाजमानसिकता र सांस्कृतिक परम्परालाई उजागर गरेका छन्।
उनी वर्ष दिन नहुादै नेपाल सदासदाको लागि घाइते भएको थियो र वीर नेपालीहरू
मुर्छित भएका थिए सुगौली सन्धिको असह्य प्रहरबाट । सिङ्गो राष्ट्रिय मानसिकता नै
अशान्त र उद्विध्न भएको वातावरणमा बालवय बिताएका भानुभक्तले सचेत असचेत
जुन रूपमा भए पनि जो दिए राष्ट्र र जातिको, परम्परागत धर्म, चिन्तन र संस्कारको
परिचय दिए । त्यति वेलाको बालाजुलाई स्वर्ग माने, राजधानीका युवतीलाई अप्सरा
ठाने र काठमाडौंलाई दिल्ली, पटना, मद्रास, भोट र लन्डनसाग तुलना गरे । रामायण,
भक्तमाला, रामगीता, प्रश्नोत्तरमा पारलौकिक प्राप्तिका निम्ति इहलोकका दु:ख, दर्द,
पीर, बाधा र हानि भुल्न सिकाए जुन राष्ट्रिय दृष्टिले उपयुक्त नै थियो । यद्यपि उनले
जङ्गबहादुरको विरोध किन गरेनन् ? प्रजातन्त्र चाहिने कुरा गरेनन् र प्रगतिशील
रजस्थल (भानु विशेषाङ्क–२०७०)
रहेनन् । परम्रावादी भए भनिएला र भनिएको पनि पाइन्छन् । जुन बारे कााचा
बरबराहट बाहेक अरू भन्न सकिन्न । उनले सोच्ने, देख्ने, बुझ्ने, जान्ने र त्यसबाट
सिकेर अघि बढ्ने सामाजिक परिवेश जस्तो थियो त्यही सिकेका छन्, यथास्थितिबाट
एक पाइलो भए पनि अघि बढेका छन् र हामीलाई वा हामी कुन कित्ताबाट आज यहाा
आएका छौं भन्ने चिनाइदिएका छन् । उनको बधूशिक्षामथि चढेर उनलाई सत्तोसराप
गर्ने विद्वान अबुझहरूको कमी हाम्रोमा छैन । ‘हास्नु हुन्न कदापि नारिहरूले वेश्या हुने
हाास्दछन्’ भनेर अनि ‘गजाधर् सोतीकी घरबूढी अलच्छीन कि रहिछन्’ आदि भनेर उनले
अपराध गरेका छन् रे । उनी माफिका लायक छैनन् रे यस्तै सुनिन्छ र पढिन्छ। विज्ञान
र प्रविधिको विकासको सदुपयोग गर्दै २१ औं शताब्दीको आजको विद्वान, समालोचकलाई
त समाज विकासको गति र चेतनाको परिवर्तनका कारण थाहा छैन भने भानुभक्तलाई
के भन्ने । मानवीय जीवन, युग, समाज, सामाजिक, सांस्कृतिक वातावरण, चालचलन,
परम्परा, रीतिरिवाज, मान्यता, आदर्श, नैतिकता, धारणा यी यस्ता प्रभावी तत्व हुन्
जसका सामु तथ्यपूर्ण र विज्ञानसम्मत मानसिकता त धरमराउाछ भने उनले नारी
सम्बन्धी सामाजिक मान्यता र चलनचल्तीको त्यति वेलाको कुरा लेखे त के अपराध गरे
र ? बरू उनले त हामीलाई त्यो समयको समाज वास्तविकता उदाङ्गो पारेर राखिदिए
। त्यसका लागि उनलाई धन्यवाद दिनैपर्छ ।
थप अर्को कुरा, साहित्यकारले साहित्य सिर्जना गर्ने आधारभूमि कुन हो ? धरतीमा
बसेर चन्द्रमाको बयान गर्नु वा कोरा कल्पना गर्नु नै साहित्यको अर्थ हो र ? कदापि
होइन । आफू र आफ्नो वरिपरिको वातावरणले उसलाई जस्तो प्रभाव पारेको हुन्छ
त्यसकै प्रतिक्रिया स्वरूप लिखित रूपको अभिव्यक्ति साहित्य हो । साहित्यमा समाजको
रूप, वातावरण, धारणा, मान्यता, व्यवहार, आदर्श, सुन्दर, असुन्दर प्राप्ति, अप्राप्तिका
साथै सामाजिक इच्छा र सपना पनि रहन्छ । त्यो वेला समाजले जुन कुरालाई
मान्य मान्यो र कुनलाई तुच्छ र हेय ठान्थ्यो सबै त्यसमा पाउन सकिन्छ । त्यसैले
आजको समाज सुहाउादो नहुादैमा भानुभक्तलाई नकार्नु अधकल्चो चिन्तन हो, परिपक्व र
सामाजिक दृष्टिकोण होइन । अझ अर्को कुरा, सायद माथि कतै भनें, पुराना सबै त्याज्य
हुन्नन् । अब भन्छु धेरै ग्राÞय हुन्छन् पुरानाहरू । युग, जीवन, समाज, चेतना सबैमा
परिवर्तन आउादैमा पुर्खा पुर्खा हैनन् भनेर नकार्न मिल्छ र ? मिल्दैन । हाम्रो पुरानो र
मूल जरो त्यहीा छ र त हामी यति फैलियौं भन्ने बिर्सन हुादैन । भानुभक्तजस्ता जातीय
कविलाई परम्परावादी मान्नु र राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायणलाई सामन्तवादी
ठान्नु तथा तिनको अपमान गर्दा नै आफ्नो उच्चताको मापन हुन सक्ने मानसिकता
पाल्नु समाज र स्वयम्लाई नै घातक बन्नु हो । अङ्ग अनुसारको रोग व्यक्तिगत हुन
सक्ला तर महामारीले त मान्छे हेर्दैन भन्ने बिर्सन हुादैन अस्तु ।