Social Icons

भानुभक्त आचार्य र प्रश्नोत्तर कवितामा प्रयुक्त नैतिकता - लोकहरि पाण्डेय ‘क्षितिज’


विषयप्रवेश:
प्राथमिककालीन नेपाली कविताका केन्द्रीय प्रतिभा भानुभक्त आचार्य (वि.सं.
१८७१–१९२५) मूलत: अध्यात्मवादी सहज कवि हुन् । वि.सं. १८७२ को सुगौली
सन्धिपश्चात् नेपाली कविताहरूमा वीरधाराका कविता लेखनमा भन्दा भक्तिभावपूर्ण
कविताको संरचना गर्नमा प्रवृत्त रहेको पाइन्छ । यस अन्तर्गत असत्यमाथि सत्यको
विजय प्रतीक रामको उदात्त, अनुशासित, कष्टमय जीवन र उनका लौकिक, अलौकिक,
कृत्यहरूको वर्णन गर्दै यस धाराका कविहरूले रामको स्तुति गाएका भेटिन्छन् । यस
धाराका कविहरूले मूख्य आधार वाल्मीकिको अध्यात्मक रामायणलाई बनाएको भेटिन्छ
। यसै धाराका अर्थात सम्पूर्ण भक्तिधाराका सर्वाधिक सशक्त अत्यधिक प्रतिभाशाली
र पूर्णत: भौतिकवादी कवि हुन् भानुभक्त आचार्य । भानुभक्तीय रामायण संस्कृतको
अध्यात्म रामायणमा आधारित भए तापनि पर्याप्त मौलिकता र नेपालीपन भेटिनु
यसको उच्चतम विशेषता हो । वि.सं. १९९८ मा बालकाण्ड लेखेपनि यिनले वि.सं.
१९१० तिर रामायणको लेखन पूरा गरेका हुन् । प्रश्नोत्तर काव्य (वि.सं. १९१०)
पछि लेखिएको हो । यही प्रश्नोत्तरमाला शीर्षकमध्येबाट केही श्लोकहरूको मात्र यहाा
नैतिकतामा केन्द्रित रहेर चर्चा गर्ने प्रयास गरिएको छ ।
शिल्प संरचना:
कवि भानुभक्त आचार्यको ४८ श्लोकमा लेखिएको प्रश्नोत्तरमाला शीर्षकबाट
छानेर झिकिएका आठौं, नवौं, बाइसौं, पच्चीसौं, सत्ताइसौं र सैतीसांै श्लोकहरूको मात्र
यहाा चर्चा गरिएको छ । चार पाउको एक श्लोक भएको छओटा श्लोकमा संरचित
प्रश्नोत्तर छन्दोवद्ध कविता हो । यसका प्रत्येक श्लोक प्रश्न गरी उत्तर दिने संरचनामा
आबद्ध छन् । सबै प्रश्न र उत्तरले आध्यात्मिक विषयवस्तुलाई समेटेर यसमा गहन ज्ञान
सरल ढङ्गमा अभिव्यक्त गरिएको छ ।
श्लोकहरूमा प्रयुक्त नैतिकता:
प्रश्नोत्तरमाला शीर्षकको आठौं श्लोकमा कविता गहनतम् भावहरू बेजोड रूपमा
प्रक्षेपित छन् । तृष्णा त्यो अतृप्त भाव हो र असन्तोषी प्रवृत्ति हो जसले मानवता र
आदर्शको उचाइलाई कटान गर्छ र नैतिकता भााचिन पुग्छ । तृष्णाको तुच्छताले मावनता
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
पोखिन्छ । तृष्णा र दरिद्रता एक अर्काका पर्याय हुन् । भीमकाय तृष्णाको बहावले घर नै
विनाश हुन सक्छ । जीवनमा पीडा र दुर्घटनाका सम्भावनाहरू तृष्णाकै कारण देखिन
सक्छन् । भौतिक जीवनको तुच्छतालाई बुझेर कविले धनको वास्तविक अर्थलाई स्पष्ट
पारेका छन् । ‘सन्तोषम् परम सुखम्’को भावनालाई पनि अति गम्भीरताका साथ प्रस्तुत
गरेका छन् । प्रश्नोत्तरमालाको आठौं श्लोकको दोस्रो पङ्क्तिमा कवि भन्छन्:
कुन हो धनी सब नरले कह्याको ?
सन्तोषले जो छ खुशी रह्याको । ।
यसरी कविले सन्तोषले खुसी रहन सक्ने मान्छेलाई धनीको उपमा दिएका छन् ।
अतृप्त इच्छाका पिछलग्गुहरूलाई सन्तोष नै धन भएको नैतिक उपदेश यो पङ्क्तिमा
दिइएको छ ।
प्रश्नोत्तरमाला शीर्षकको नवौं श्लोकमा उद्यम र ममताको पक्षमा कवि उभिएका
छन् । जीवनको नस्वरता एकातिर छ भने कृतित्वको अमरता अर्कातिर छ । उद्यम विना
जीवन बिताउने व्यक्तिहरूको लाचारी र अकर्मण्यपूर्ण व्यवहारको चित्रण गर्दै जीवनमा
केही नगरी खाने व्यक्तिहरू मात्र धरतीका लागि बोझ सावित हुने तथ्य कविले अगाडि
सारेका छन् । अकर्मठ र निरर्थक जीवन जिउनु ज्यूादै मरे सरह ठान्दै कविले उद्यमको
उच्चतालाई व्यक्त गर्दै ममतारूपी पाशालाई अमृत समान ठानेका छन् । नवौं श्लोकको
पहिलो पङ्क्तिमा कवि भन्छन्:
ज्यूादै मर्‍याको भनी नाम् छ कस्को ?
उद्यम विना वित्तछ काल जस्को ।
परिश्रमको उच्च महिमा दर्शाइएको यस श्लोकमा उद्यम नै मानव जातिको
लागि सर्वोपरि विषय रहेको कुरा अभिव्यक्त गर्दै ‘बााच्न खाऊ खान नबााच’ भन्ने उक्ति
चरितार्थ भएकोछ ।
प्रश्नोत्तरमालाको बाइसौं श्लोकमा कविले पापलाई जीवनकै विनाशक तत्वका
रूपमा अथ्र्याउादै शास्त्रज्ञानको महत्वलाई मार्मिक रूपमा अभिव्यक्त गरेका छन् । जीवन
बााच्नका लागि मात्रै होइन, केही गर्नका लागि पनि हो । पाप जीवनकै विनाशक र
ध्वांसित तत्व हो । स्वार्थको अर्को नाम नै पाप हो । पापका अगाडि कहिल्यै सर्न
नहुने तथ्य अगाडि सार्दै कविले सत्यलाई नै सार्थक जीवनको कसिमा बााधेर तुलना
गरेका छन् । शास्त्रज्ञानको अध्ययनले मानिस विद्वान बन्न सक्छ । विद्वानहरूको
शास्त्रज्ञानको अध्ययनलाई आत्मसात गरी निरन्तरता दिइरहनुपर्छ भन्ने नीतिपरक तथ्य
कविले गम्भीरताका साथ प्रस्तुत गरेका छन् । एक्काइसौं श्लोकको दोस्रो पङ्क्तिमा
कवि भन्छन्:
विद्वान् पुरूष्ले कति काम गर्नु
रजस्थल 
स्वधर्म थामिकन शास्त्र पढ्नु । ।
प्रश्नोत्तरमालाको पच्चीसौं श्लोकमा विद्याको महिमालाई अत्यन्त सारगर्भित
रूपमा प्रस्तुत गरिएको छ । ‘विद्या राजसु पूज्यते न तु धनम् विद्या विहीन पशु’ भन्ने
संस्कृत श्लोकलाई यस श्लोकले चरितार्थ गर्न खोजेको अनुभव हुन्छ । विद्याले मान्छेलाई
सज्जन बनाउने कुरा उल्लेख गर्दै विद्याविहीन व्यक्तिलाई कविले मूर्ख र पशुको दृष्टान्त
दिएका छन् । यस लोकमा सज्जन र दुर्जन गरी दुवै खाले मान्छे छन् भन्दै दुर्जन अर्थात्
पापीहरूको सङ्गत सज्जनहरूले किमार्थ गर्नुहुादैन भन्ने नीतिपरक उपदेश कविले
अत्यन्त कलात्मक ढङ्गले दिएका छन् ।
पच्चिसौं श्लोकको पहिलो पङ्क्तिमा कवि भन्छन्:
कुन् हो पशुतुल्य भनी कह्याको ?
विद्या नभै मूर्ख पढी रह्याको । ।
यसरी विद्याको ओजनलाई कसैले जोख्न नसक्ने र विद्याले मानिसलाई पूज्य
बनाउने सन्देश कविले मार्मिक रूपमा दिएका छन् । समग्रमा यस श्लोकमा ‘विद्वान
सर्वत्र पूज्यते’को भाव अभिव्यक्त भएकोछ ।
सत्ताइसौं श्लोकमा कविले जीवनको नस्वरतालाई अत्यन्त भावपूर्ण तवरले
अभिव्यक्त गरेका छन् । जीवनमरण शाश्वत कुरा हो । जन्मेर कहिल्यै नमर्ने व्यक्ति
नभएको कुरा उल्लेख गर्दै भौतिक जीवनको क्षणभङ्गुरतालाई तुच्छ ठान्दै कृतित्व नै
सर्वदा जीवन्त रहने कुरा व्यक्त गरेका छन् । उपयुक्त समयमा नबोल्ने मानिसलाई
लाटोको संज्ञा दिादै कविले सत्कार्य गरेर कीर्ति राख्ने कुरालाई अघि सारेका छन् । यसै
सन्दर्भमा कवि भन्छन्:
कस्लाई लाटो छ भनेर भन्छन् ?
जो ता बखत्मा पनि चुप् रहन्छन् । ।
सैतीसौं श्लोकमा कविले पुन: विद्याको अपरम्पार महिमालाई अभिव्यक्त गरेका
छन् । विद्या र मातालाई पर्यायका रूपमा लिादै सुखप्रदायक वस्तु भनेकै विद्या हो, जसले
मातासरि सुख प्रदान गर्छ र विद्वान व्यक्तिहरूले आफूमा रहेको ज्ञान अरूलाई दिनुपर्छ
यसरी आफ्नो ज्ञानको नीतिपरक तथ्य अगाडि सारेका छन् । विद्यालाई ज्ञानचक्षुले
सशक्त माध्यम ठान्ने कविले विद्याले नै मानवलाई महान बनाउने कुरा व्यक्त गरेका
छन् । यसै सन्दर्भमा विद्याप्रशंसा कवि भन्छन्:
कुन् हो जतीजति दियो उति बढ्न जान्या ?
विद्यै रहेछ बुझि निश्चय तेहि मान्या । ।
भाषा र लय:
सरल, सहज र सरस भाषिक प्रयोग भएको यो कवितामा सुरूका पााच श्लोक
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
उपजाति छन्दमा संरचित छन् भने अन्तिम अर्थात प्रश्नोत्तरमालाको सैतीसौं श्लोक
वसन्ततिलका छन्दमा संरचित छ । समानुपातिक वर्ण वितरण र अन्त्यानुप्रासको
संयोजन गरिएको यो कविता लयात्मक र श्रुतिमधुर बनेको छ । यसमा उपमा र
दृष्टान्त अलङ्कारको सशक्त प्रयोग छ ।
उपसंहार:
वि.सं. १९१० को आसपासमा रचिएका मानिने प्रस्तुत श्लोकहरू कवि भानुभक्त
आचार्यको प्रश्नोत्तर मालामा सङ्गृहीत छन् । कवि भित्रको नीतिचेनताको उपज नै
यो कविता हो । यसमा कविले मानव जीवनसाग सम्बन्धित व्यावहारिक नैतिक र
आध्यात्मिक आदर्शको सङ्केत दिएका छन् । यो कविता संस्कृत भाषामा शंकराचार्यले
लेखेको मणिमाला कविताको अनुवाद मानिन्छ । यसमा विद्याको प्रशंसा, प्रत्येक
नागरिकमा हुनुपर्ने गुण र कर्तव्यको भावना आध्यात्मिक दृष्टिले भौतिक संसार झुटो
भएकोले ईश्वर र मानवसेवामा समर्पित भएर परलोक सपार्न मार्गनिर्देशन गरिएकोछ ।
सन्र्दभसूची:
अधिकारी, हेमाङ्गराज, प्रयोगात्मक नेपाली शब्दकोश, प्र.सं. २०६१, विद्यार्थी
प्रकाशन प्रा.लि. कमलपोखरी, काठमाडौं
आचार्य भानुभक्त, रामायण प्रश्नोत्तरमाला
दाहाल, दुर्गाप्रसाद, नेपाली कविता, नाटक र साहित्यको इतिहास, तेस्रो सं. २०६३,
केपी पुस्तक भण्डार, डिल्लीबजार, काठमाडौं
श्रेष्ठ दयाराम र अन्य, नेपाली साहित्यको सङ्क्षिप्त इतिहास, सातौं सं. २०६१,
साझा प्रकाशन
शर्मा मोहनराज र अन्य, नेपाली कविता नाटक र इतिहास, २०६३ सिष्टमेटिक
प्रिन्टिङ सर्भिस पुतली सडक काठमाडौं ।
 
" "