Social Icons

स्मृत–सन्दर्भ - तीर्थराज अधिकारी


हिजो पनि यही कार्यक्रम दृश्य (डी.भी.डी.) हेरो जुन २०५३ साल आषाढ
२९ गते नारायणी अञ्चलको वीरगञ्जमा सभ्य एवम् भव्यतापूर्वक मनाइएको थियो,
१८३ औं भानु जयन्ती । कर्मचारी मिलन केन्द्र वीरगञ्ज, नारायणी वाङ्मय प्रतिष्ठान,
प्रभात काव्य यात्रा र निसादको अग्रसरतामा आयोजना गरिएको उक्त कार्यक्रममा
स्थानीय बुद्धिजीवी, व्यापारी, उद्योगपति, स्कुल–कलेज विद्यार्थी, सरकारी तथा गैर
सरकारी कर्मचारहिरूको स्वतस्फूर्त भावले गहन सहभागिता रहेको थियो । बारा, पर्सा,
चितवन, मकवानपुर र रौतहट जिल्लाका सयौं स्थापित तथा नवोदित साहित्यकारहरू
समेतले भाग लिनुभएको उक्त कार्यक्रमको प्रभातफेरि स्थानीय माईस्थान (गहवा माई
बाट प्रारम्भ भएको जुलुसमा झााकी, पञ्चैबाजा सहितको भानुको पूर्ण कदको तस्बिर
रथको माथिल्लो भागमा राखी भानुभक्तीय श्लोकहरू प्रसारणको साथै ब्यानर–नारा
सहित बजार परिक्रमा गर्दाको क्षण विशाल उत्सव मनाइरहेको भान हुन्थ्यो । स्थानीय
भानु चोकमा प्रतिस्थापित उनको प्रतिमामा श्रद्धापूर्वक माल्यार्पण पश्चात् कर्मचारी
मिलन केन्द्रको परिसरमा बृहत् काव्य गोष्ठीमा परिणत भएको उक्त समारोहमा
करिब चार दर्जन साहित्यकारहरूले कविता पाठ गर्दा वरिपरिको वातावरण नै सुमधुर
प्रतीत भएको थियो । तत्कालीन प्र.जि.अ. श्री देवेन्द्रबहादुर सिंह, इ. सुरेशप्रकाश
आचार्य, विश्वनाथ रेग्मी, शालिग्राम पराजुली, गणेशकुमार श्रेष्ठ आदिको विशेष
सक्रियतामा आयोजित उक्त कार्यक्रम भानुजयन्ती समारोह समितिका सचिव डा.श्री
घनश्याम नेउपाने ‘परिश्रमी’ द्वारा बडो प्रभावकारी तवरले सञ्चालन गर्दा त्यस
बखत अविछिन्न रूपमा परिरहेको मूसलधारे वर्षाले पनि कार्यक्रम बिथोल्न सकेको
थिएन । कर्मचारी मिलन केन्द्र वीरगञ्जको अध्यक्ष भएको नाताले आयोजक मूल
समितिको अध्यक्ष म आफंै रहेको हुादा पनि मेरो स्मृति पटलमा रहिरहेकोले त्यो श्रव्य
दृश्य (डी.भी.डी.) पटक–पटक हेर्ने गर्दछु ।
‘भानुभक्त पढेर हाम्रो शिक्षा प्रारम्भ हुन्छ, उनलाई हेला गरेर समाप्त हुन्छ’
(प्राध्यापक राजनारायण प्रधान–पैतीस प्रसिद्ध पुरूष ।)
नेपाली भाषाका आदिकवि, नेपाली जातिका जातीय कवि हुन् भानुभक्त । उनका
कवितामा उन्नत दृष्टि र नेपाली परिवेशले ओतप्रोत भएको पाइन्छ । समाजवादी
विचारको डींग हााक्ने, मजदुर र किसानको नारा बोकेर हिाड्ने तर आफ्नै घरमा भने
तलब बिनाको नोकर राख्ने, खान लाउन राम्ररी नदिने यस्ता छद्मभेषी सज्जनप्रति
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
तीखो व्यङ्ग्य (कटाक्ष) गर्दै भानुभक्त ‘मो भानु भक्त धनी भै कन आज यस्तो ...’
वि.सं १९४८ मा उनलाई मोतीराम भट्टले आदिकवि भने, त्यसको करिब ५०
वर्षपछि राणा प्रधानमन्त्री जुद्ध शमशेरले आदिकविको दर्जा नै दिन खोजे । पिता
धनन्जय आचार्य र माता धर्मावती देवी आचार्यको सन्तानको रूपमा वि.सं १८७१
आषाढ २९ गते तनहाूको चुदी रम्घामा जन्मिएका भानु सानै उमेरदेखि लाक्षणिक
रूपमा कवि हृदयी थिए ।
भक्तमाला, रामायण (रामगीता समेत) प्रश्नोत्तरी, बधूशिक्षा, तीन खण्डकाव्य
र उनन्चालिस वटा फुटकर कविताका स्रष्टा भानु नेपालका राष्ट्रिय विभूति हुन् ।
अभिव्यक्ति, सौन्दर्य र रसले भरिपूर्ण लालित्यका त्रिवेणी भानु नेपाली भाषाको रूप
र शैलीको स्थापना गर्ने पहिलो कविका रूपमा चिनिन्छन् । अध्यात्म रामायणको
अनुवादमा प्रयुक्त भाषा अत्यन्त व्यावहारिक र सृजन देखिन्छ । उनलाई शृङ्गार
रसका उत्प्रेरकका रूपमा पनि हेर्ने गरिन्छ ।
कसै–कसैले उनलाई व्यञ्जना कवि भन्ने गर्दछन् । त्यस बखत अहिले जस्तो
हाास्य र चुट्किलाको त्यति प्रचलन थिएन । हास्य विनोद पनि शिष्ट र शालीन हुनु
आवश्यक थियो । वीर र शृङ्गार रसका कविता धेरैले मन पराउाथे । छन्दोबद्ध कविता
रुचिकर लाग्दथे । त्यस वेला श्रोता कम हुन्थे । उनका श्लोकहरू सारा नेपालीको
कण्ठहार बनेका छन् । एक प्रतिभा सम्पन्न, प्रखर राष्ट्रवादी चिन्तकका रूपमा
समस्त देशभर उनैको कृति फैलन गयो । जुनसुकै अवस्थामा पनि उनको मनको
कविले उनलाई छोडेन । राष्ट्र उनलाई प्राणभन्दा पनि प्यारो लाग्दथ्यो । उनको
आस्था राष्ट्रप्रेमको सूचीमा अटल रहेको छ । भावबोध उनको आफ्नो निजी विचार
धारामा आधारित छ । आजको कवितामा बौद्धिकताको प्राधान्य आएको छ तर उनको
कवितामा भाव प्राधान्यता प्रचुर मात्रामा पाइन्छ । उनका कवितामा सुप्रष्ट बिम्ब
झल्कन्छ । भानुले आफ्ना कविताद्वारा नेपाली पाठकलाई एउटा बहुमूल्य उपहार
दिएका छन् ।
‘जागा कउन् हो कसरी उ जान्या ?
जो सत् असत्को छ विवेक गन्र्या ।।’ प्रश्नोत्तरी
(जागेको मान्छे को हो त भने सत् असत्को विवेकी ।) नीति शास्त्र
जुन वस्तु कहिलै नाश हुादैन, अविनाशी छ, त्यो नित्य र सत्य पनि हो । आत्म
स्वरूप ‘म’ परब्रÞह्म हो, जो नित्य छ र सत्य त्यही हो । द्रष्टा त्यही हो, यही यथार्थको
बोध हुनु नै नित्य–नित्य वस्तु विवेक हो । तीनै काल अर्थात् भूत, भविष्य र वर्तमानमा
समान रूपले रहने जुन वस्तु हो त्यो सत् हो, जुन वस्तुले आफू र अरूलाई पहिचान
गर्न सक्छ त्यो चित् हो (चैतन्य) पहिचानबाट प्राप्त भएको सुखानुभूतिलाई आनन्द
रजस्थल 
भनिन्छ । यसरी सत्यको पहिचानबाट प्राप्त भएको सुखानुभूतिलाई सच्चिदानन्द
अर्थात् परब्रÞह्म भनिन्छ ।
सारा नेपाली समाजले भानुलाई श्रद्धाको भावले स्मरण गर्दछ । हृदय स्पर्शी
चोखो मीठो नेपाली भाषा शैलीका सुमधुर छन्द प्रवाहलाई मुक्तकण्ठले प्रशंसा
गर्दछ । रामायणले लोक पद्यको परम्परा बढायो, भाषिक एकीकरण गर्‍यो, धार्मिक,
आध्यात्मिक धाराको उत्खनन गर्‍यो भने भक्ति र वीर रसको प्रवाह गर्‍यो । भानुले
कवि प्रतिभा र कविता शैलीको निजत्व र आशुत्व वहन गरेका छन् ।
जीवन निर्वाहको लागि कुनै व्यवसाय, पेसा वा व्यवसायमा आबद्ध हुनु पर्दो
रहेछ । तर आफू जागिरे नभएपनि बाबु धनञ्जयको वक्यौताको फर्सोटका लािग
भानु कुमारी चोकको तीतो अनुभूतिसहित घर फर्किए । विक्रम संवत् १९२५ सम्म
जन्मभूमिको सेवा गर्दागर्दै यो धरतीलाई छोडेर गए ।
सारा नेपाली भाषीले केवल भानुले लगाएको ऋण तिर्नु मात्र छैन, गुणलाई
केलाएर श्रद्धा पनि गर्नु छ । कहिलेकाहीं मानसिकताको दरिद्रताले बहुप्रतिष्ठित
सवालहरूको अवमूल्यन गरिएको हुन्छ । त्यो त सरासर अपरिस्कृत मनोभावना हो।
महान पुरूषहरू कहिलेकाहीं मात्र जन्मन्छन्, सबैले गहनता प्राप्त गरेका हुादैनन् ।
इतिहासले सम्झने पुरूषहरू मध्ये एक हुन् भानुभक्त आचार्य । पृथ्वीनारायण शाहले
एकीकृत गरेको अनुष्ठानमा आदि कविले आत्मा प्रदान गरेर त्यसलाई सदा जीवन्त
बनाउने काम गरे । कला, साहित्य र संस्कृतिले राष्ट्रको पहिचान र गरिमा बढाउने
यस्ता मूर्धन्य ऐतिहासिक व्यक्तित्वको स्मरण हुनु नै राष्ट्रको सम्झना हुनु हो ।
उनलाई सम्झनु भनेकै साहित्यको श्रद्धा गर्नु हो । वर्षभरि उनलाई सम्झेर जयन्ती
मनाउा, द्विशतवार्षिकी मनाउ, मनले मनाउा, भनेर मनाउ व्यवहारले मनाउ, भानु
जयन्ती ।
 
" "
\
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
/
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
\
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
|
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
|
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*
*