Social Icons

भानुको सम्झनामा - खिमानन्द पोखरेल


हामी भानुभक्तलाई उनले गरेको साहित्यिक योगदानको कदर गर्दै प्रत्येक वर्ष
असार २९ गते देशका विभिन्न ठाउामा रहेका उनका सालिकहरूमा भव्य साहित्यिक
मनहरू लिएर अपार श्रद्धाभाव प्रकट गर्दछौा । प्रत्येक नेपालीले उनका बारेमा उनीद्वारा
लेखिएका रामायण पाठ गर्दै सम्झने गर्दछन् । रामायण हामी नेपालीको प्रत्येक मुटु
मुटुसाग स्पन्दन गाास्ने भानुभक्तीय रामायण छन्द शैलीको ग्रन्थ हो । यसमा भगवान
रामका वारेमा लेखिएको जीवन शैली छ । पुत्र, पिताप्रति कति कर्तव्यनिष्ठ र परायण
हुनुपर्छ भन्ने कुराको सम्पूर्ण नालीवेली प्रस्तुत गरिएको छ । कैकेयीको वचनबाट
चुक्न पुगेका राजा दशरथले आफ्नी श्रीमतीको वचन पूरा गर्नका लागि रामलाई १४
वर्षको वनवासको आज्ञा दिनु पर्‍यो । आफ्नो पिताको वचन प्रतिबद्धता प्रति आज्ञा
पालन गर्ने अठोट लिएर राम जङ्गल जान बाध्य भए । जङ्गलमा उनले निकै कष्ट
बेहोर्नु पर्‍यो । सीता रावणले हरण गर्दा पनि रामको अनुहारमा कुनै विचलन आउन
सकेन । उल्टो रावणसाग प्रतिकार गरी उसलाई पराजीत गर्दै सीतालाई पुन: आफ्नै
कुटीमा फर्काउन सफल देखिए राम ।
मान्छेले रामको वनवास यात्राका प्रत्येक हरफहरू छन्दोवद्ध भाकामा पढ्दा
जुन कुनै नेपालीका आाखाबाट आासु बग्ने गरेका कुराहरू आज पनि हामीसाग ताजै
छन्। भानुभक्त नेपाली काव्यजगतका शिखर पुरूष हुन् जस्को वर्णन गर्न सुरू गर्ने
हो भने रात दिन २४ घण्टाको समय पनि प्रसस्त पुग्नै सक्तैन । त्यतिखेरको अत्यन्त
अविकसित समाजमा रहेर यसरी साहित्यमा कलम चलाउनु भनेको कम जोखिमपूर्ण
थिएन । उनी काम विशेषले सरकारी कार्यालयमा जाादा काम ढिला सुस्ती भएको
देखे भने पनि कवितामा व्यङ्ग्य प्रहार गरी सचेत बनाउने प्रयास गर्थे तर उनको
कुराको सुनुवाई चााहि हुादैनथ्यो तै पनि आफूलाई असजिलो परेका कुराहरू उनी
यसरी व्यक्त गर्दथे ।
बिन्ती डिठ्ठा बिचारीसित म कति गरूा चुप् रहन्छन् नबोली ।
बोल्छन् ता ख्याल् गर्‍या झौ अनि पछि दिनदिन् भन्दछन् भोलिभोली ।।
की ता सक्दीन भन्नू कि तब छिनिदिनू क्यान भन्छन् इ भोली ।
भोलीभोली हुादैमा सब घर बितिगो बक्सियोस् आज झोली ।।
मुद्दा खेप्दा हैरान भएर यस किसिमको व्यङ्ग्य कविताको माध्यामबाट प्रस्तुत
गरेका अनेकौा र अत्यन्त सान्दर्भिक कुराहरूको पेटारो वेला वेलामा भानुभक्तद्वारा
रजस्थल 
फुकाइने गरेका उदाहरणहरू धेरै देखिन्छन् । भानुभक्तले आध्यात्म रामायणलाई सर्व
साधारण नेपालीले बुझ्ने सरल र सरस भाषामा प्रत्येकको जिब्रोमा झुण्डिने लयमा
आबद्धगरी रामायणको सिर्जना गरेका थिए । जब यसरी रामायणको सिर्जना भयो
तब प्रत्येक नेपालीले रामायणलाई लयबद्ध भाकामा गुनगुनाउान थाले । त्यसैले पनि
भानुभक्तीय रामायणको विशेष चर्चा हुन थाल्यो । भानुभक्तद्वारा रचिएका विभिन्न
महत्वपूर्ण रचनाहरूमा बधूशिक्षा, भक्तमाला आदिलाई विशेष रूपले प्रत्येक नेपालीको
मन मस्तिष्क र जिब्रोमा झुण्डिन सकेको कुरा सर्वविदितै छ । भानुभक्त नेपाली
साहित्य जगत्का अपूर्व साहित्यिक सारथी हुन् । भानुभक्तले साहित्य जगत्मा ठूलो
गुन लगाई छोडेका छन् । सर्वप्रथम हामीले गुनगुनाउने नै उनको पहिलो माध्यम
रामायण नै हो । हाम्रो समाजमा यहाासम्म भैसकेको छ कि रामायण ग्रन्थका रचयिता
को हुन् भनेर कसैले सोध्यो भने पनि धकफुकाएर नअक्मकाईकन सिधै भानुभक्त हुन्
रामायणका रचयिता भनेर भन्न कोही नेपाली पछि पर्दैन । त्यो वेलामा यसरी नेपाली
काव्य जगत्लाई गुन लगाउाने काम भन्नु मात्र साहित्य थियो । त्यतिखेर हरेकले
नेपाली साहित्य त्यति राम्रो तरिकाले बुझ्दैनथ्यो तैपनि नेपालीहरूले सरल र सरस
शैलीमा रामायणको रचना गरे पश्चात् भानुभक्तको अरू विशेष चर्चा हुनथाल्यो र
भानुभक्त भानु नै भएर रहे ।
भानुभक्तको जन्म तनहुाको चुादी रम्घा भन्ने ठाउामा एक आचार्य परिवारको
कोखबाट भएको हो । उनको जन्मदिवस हरेक वर्ष असार २९ गते पर्दछ । असार
२९ गते उनकै जन्मथलोमा भानुभक्तविशेष विभिन्न कार्यक्रमहरू राखेर धुमधामसाग
मनाउाने गरेका समाचारहरू हामी वर्षैपिच्छे सुन्दै आएका पनि छौा । त्यो दिन त
राजधानीबाट पनि वरिष्ठ साहित्यकारहरूलाई बोलाएर भव्य कार्यक्रम गर्ने गर्दै
आएको चलन अझ पनि टुटेको छैन । यसरी त्यति वेला भानुभक्तले साहित्यमा
चासो नदिएर बसेको भए सायद नेपाली साहित्य यति छिटो यसरी माथि पुग्न सक्ने
थिएन कि भन्ने कथन आजभोलि सबैको रहादै आएको छ ।
भानुभक्तले जसरी रामायणको सिर्जना गरे त्यसरी नै ख्याति कमाए । भानुभक्तले
नेपाली साहित्य संसारमा अपार गुन लगाउनु भनेको नेपाली साहित्यको श्रीवृद्धि हुनु
हो । भानुभक्तले आफ्नो सम्पूर्ण साहित्यिक उर्जा साहित्यमा नै खर्चेको देखिन्छ ।
उनले साहित्यलाई यसरी माया गरेकोले नै हामीले आज साहित्यमा उनकै पछि
लागेर अनुसरण गर्न पाएका छौा । भानुभक्तका साहित्यहरू पढ्दा जति आनन्द र
शिक्षाप्रद छन् त्यति सायद अन्य साहित्यमा भेट्न पनि सकिदैन भन्ने मेरो अवधारणा
छ । भानुभक्तले साहित्य सिर्जनामा लाग्दा कति कष्ट झेलनेल पनि ब्यहोरेका पनि
हुन सक्छन् तर उनमा रहेको प्रतिभालाई जस्तै परेतापनि कसैले मार्न सकेन यो
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
आजका हामीहरूको गौरवको कुरा पनि हो । भानुभक्तको जन्म कालमा उनिसागै अन्य
व्यक्तिको पनि जन्म भएथ्यो होला तर भानुभक्त मात्र किन साहित्यमा अगाडि
सरेर आफ्नो नाम कमाए त ? यस प्रश्नको उत्तर पनि सजिलै छ । उनि एक विद्वान
पण्डित घरानियाका व्यक्ति उनलाई शिक्षा हाासील गर्न पनि राम्रो वातावरण मिल्यो र
आफ्नो साहित्यिक प्रतिभालाई उनले यसरी अगाडि सारे भन्ने कुराहरू धक फुकाएर
नै भन्न सकिन्छ । त्यस बखत उनी धनाढ्य परिवारका व्यक्ति पनि रहेछन् भन्ने
कुराको सङ्केत पनि हामी सहजै अनुमान गर्न सक्छौं । जस्तै उनले एउटा घाासीप्रति
गरेको टिप्पणी यहाा प्रस्तुत गन्छि ।
भर्जन्म घाासतिर मन्दिइ धन् कमायो ।
नाम् क्यै रहोस् पछि भनेर कुआ खनायो ।।
घाासी दरिद्रि घरको तर बुद्धि कस्तो ।
मो भानुभक्त धनि भै कन आज यस्तो ।।
कस्तो स्पष्टसाग बोल्न सफल देखिएकाछन् यी पङ्तीहरू, कति शुद्धता छ यी
हरफहरूमा । कति अपार स्नेह जगाउन सफल देखिएकाछन् भानुभक्त घाासीप्रति ।
फेरि उनि भन्छन् ।
मेरा ईनार न त सत्तल पाटि क्यै छन् ।
जो धन् र चीजहरु छन् घरभित्र नै छन् ।।
यस् घाासिले कसरी आज दिएछ अर्ति ।
धिक्कार हो मकन बस्नु नराखि कीर्ति ।।
यसरी एउटा घाासीको मिहेनतको कमाइको जोहोबाट प्रेरणा पाएका भानुभक्तले
घाासी कै मिहेनतको प्रशंसा गर्दै आफू पनि त्यही घाासी कै बाटो अनुसरण गर्दै आफ्नो
नाम कमाउन पट्टि लागेर अन्त्यमा सफल पनि भए । मान्छेले अठोट गरेदेखि न हुने के
रहेछ र मनमा एउटा अठोट र दृढ सङ्कल्प बोकी हिाड्ने हो भने सफल भईन्छ भन्ने
उदाहरण हामी भानुभक्तले घाासीबाट पाएको प्रेरणाले नै बुझ्न सक्छौा। हामी घाासीको
घाासको कुरा मात्र नगरौा यौटा साधारण घाासीमा त यस्तो विचार प्रकट भयो भन्ने
कुरालाई हामी बुझौं यति बुझ्न सकेको खण्डमा अवश्य पनि हामी घाासीले आफ्नो
गास कटाएर गरेको योगदानको पनि केही हदसम्म त्यही घाासीबाटै प्रेरणा लिन
सक्छौ कि ? आज भोलिका साहित्यिक व्यक्तिहरूले जति जे जस्तो साहित्यमा आफ्ना
दिनहरू खर्च गरे पनि भानुभक्तका पालामा उनले खर्चेको साहित्यिक योगदानको
बारेमा आजका व्यक्तिहरूसाग बिल्कुलै कुरागर्नै मिल्दैन । त्यसवेला भानुभक्तले
मोतीराम भट्टलाई पनि माथि ल्याउने समेत् काम गरे । मोतीराम भट्टले छोटो उमेरमा
गरेको साहित्यिक योगदानको महान श्रेयनै भानुभक्तलाई आउाछ ।
रजस्थल 
भानुभक्त, मोतीराम पछि जुन जुन साहित्यिक व्यक्तित्व यस धरातलमा आए
उनीहरूले पनि राम्रोसाग साहित्यमा नाम कमाएर नै गएका छन् । असल व्यक्ति बार
बार जन्मिदैन उसको जन्म केबल एक पटक मात्र हुन्छ । फेरि असल व्यक्ति जन्मिन
त समय पनि लाग्छ । असल व्यक्तिको जन्म हजारौंमा होईन लाखौंमा मात्र एक हुन
सक्छ । यही जन्म नै उसको लागि काफी बन्न पुग्छ ।
हामी आज भानुभक्तको जन्म दिन मनाउन गैरहेका छौं । यो आजको दिन
साहित्य प्रेमीहरूकालागि उर्जावान र प्रेरणा दिने दिन हो त्यसैले पनि आजको दिन
देश विदेशमा रहनु भएका साहित्यप्रेमी महानुभावहरूले यस अवसरमा आफ्ना
रचनाहरू पढ्ने, सार्वजनिक गर्ने र भानुजयन्तिका बारेमा सार्थक मन्तब्य दिने कार्य
समेत गरेको पाईन्छ । भानुभक्तलाई भरमार सम्झिने प्रयास गरिन्छ । नेपालमा
भानुभक्तको विशेष खोजी भन्दा पनि नजिकैको मुलूक भारतमा स्थायी बसोबास गर्ने
नेपालीहरूले बढी चासोको विषय बनाएर श्रद्धा गरेको पाईन्छ । नेपालमा जन्मिएका
भानुभक्तलाई विदेशमा पनि यत्रो कदर र सम्मान गर्नु भनेको हामी नेपालीहरूको
सान र मान होईन र ? आफ्नो राष्ट्रमा जन्मिएका यस्ता व्यक्तित्वलाई हामीले चाहे
जति सम्मान कतै दिन सकेनौ कि ? हामीले दिने गरेको श्रद्धा उनकोलागि अपूरो
भइदियो कि ? हामीले उनीप्रति जतिसक्दो श्रद्धा भाव प्रकग गर्न सकेनौं कि ? यी
यस्ता कुराहरू हाम्रा सामू उठ्ने गरेका छन् । जसले हामीलाई भानुभक्तप्रति घट्दै
गएको श्रद्धाको पाठ सिकाउने प्रयास गरिरहेछन् । हामी कुरा धेरै गर्छौं काम थोरै
गर्छौं यसैले पनि मान्छे कुरा काट्छन् । कुरा काट्नेलाई कुरा नकाट्ने बनाउानकालागि
आफूले पनि केही गरेर देखाउनु पर्‍यो तब मात्र आफू बलियो बन्न सकिन्छ होईन र ?
 
" "