Social Icons

अमरत्व प्राप्त गरेका भानू ! - गोर्खे साइँलो


तर्छू क्षार समुद्र आज सहजै भन्न्या इरादा धरी
श्रीराम्का चरणारविन्द मनले अत्यन्त चिन्तन् गरी ।
भन्छन् वीर्हरूलाइ ताहिा हनुमान् हे वीर हो झ् पार् तरी
सीताजी कन भेट्दछू म अहिले जान्छू बडो वेग् गरी ।।
– भानुभक्त आचार्य, (सुन्दरकाण्ड, रामायण)
जन्मे भानु असार उन्तिस गते यै गण्डकी क्षेत्रमा
बाजे कृष्ण पिता धनञ्जय थिए आचार्यको वंशमा ।
रम्घा मण्डलमा रचेर कविता घाासी कुवा पोखरी
छाहारी रुखमा बसेर कविले सोच्थे सुधा बेसरी ।।
– गोर्खे साइालो (कादम्बरी – २०६३)
मान्छे भनौा वा कुनै पनि प्राणीहरू यो जीवन र जगतमा जन्मेपछि मर्नुपर्छ
यो ध्रुवसत्य र अकाटय कुरा हो । अर्थात् यसलाई हामी यो चराचर सृष्टि जगत्को
नियम यही नै हो भनेर ठोकुवा र्गन सक्दछौा । किन भने आजसम्म मृत्युलाई जित्न
कोही मानव सक्षम देखिएका छैनन् । यसरी अस्ति, हिजो र आजसम्मका परम्परा र
प्रवृतिलाई नियालेर हेर्दा मानवीय जीवनका विविध गति–विधि र प्राप्तिलाई आधार
बनाउादा मानिसको तीनओटा मात्र जिम्मेरवारीहरू वहन भएको पाइन्छ । जसमा
एउटा काम सुरूमै समाप्त हुन्छ त्यो जन्मनु हो, जुन जन्मिनासाथ स्वत:सकिन्छ।
अर्को दोस्रो भाग अलि लामो छ जुनकालले केही गर्नु हुन्छ, तर यो पाटो भने
मानिसको जीवनचक्रले भिन्दा–भिन्दैरूपबाट निर्वाह गरेको पाइन्छ, चाहे त्यो राम्रो
नराम्रो, कृत्य वा अकृत्य कु–कृत्य आदि होस् । मानवीय जीवनको अन्तसम्म त्यही
नै कालान्तरलाई छाडेर जाने हो । त्यसैको परिणामले नै हरेक मानवलाई पछिल्लो
कालान्तरसम्म अमरत्व प्रदान र्गदछ । यसैकारणले परापूर्वकालदेखि केही मानवहरू
आफूलाई अमर बनाउन सतप्रयासरत थिए र उनीहरूलाई नै अमरत्व कायम राख्न
आजपर्यन्त प्रयासरत छादैछन् । मानिसहरूले भौतिक रूपमा अमरत्व प्राप्त गर्न नसके
पनि अरू विविध माध्यमहरूबाट संसारमा अमर हुने प्रयासमा प्रयासरत छन् र
मानवहरू सफल देखिएका छन् । अर्थात् केही महामानवहरू आफ्नो भौतिक शरीर
नाश भएर गए पनि आफूले छोडेर गएको सु–कीर्तिद्वारा कालान्तरसम्म यो संसारसामू
अमरत्व प्राप्त अर्थात् कहिल्यै नमर्ने बनेर गएका छन् ।
रजस्थल 
यस्तै किसिमको प्रसङ्ग कोट्याउनका लागि माथि उल्लिखित रामायणको
सुन्दरकाण्डको श्लोकको सहारा लिइएको छ । सो श्लोक आदिकवि भानुभक्त
आचार्यद्वारा रचना गरिएको हो । यी र यस्तै विभिन्न कृतिहरू नेपाली समाजबीच
प्रकाशित गरेर आदिकवि भानुभक्त आचार्य हामीबीच अमर हुनुभएको छ । वि.सं
१८७१ असार २९ गते धनञ्जय र धर्मावतीदेवीको पुत्रको रूपमा चूादी रम्घामा
भानुभक्त आचार्यको जन्म भएको थियो । भानुभक्त श्रीकृष्ण आचार्यका नाति र
धनञ्जय आचार्यका पुत्र भएकाले उनको अध्ययनको थालनी आफ्नै घरमा आफ्नै
बाजे अर्थात (हजुरबुवा) बाट भएको थियो । उनका बाजे जब काशीबास जानु
भयो, भानुभक्त पनि बाजेको साथमा काशी गएका थिए । यस अवसरमा ५/६ वर्ष
भानुभक्त बनारसमा बस्ने अवसर पाए र त्यहाा उनको अध्ययन राम्रो भयो । उनको
साहित्यतिर र धर्मतिरको प्रभाव पनि उनकै बाजे श्रीकृष्ण आचार्यको योगदानबाट
परेको थियो ।
अहिले हामी आ–आफ्नो किसिमले उहााको द्विशतवार्षिकी मनाइरहेका छौा ।
हामी उहाालाई यसरी नै हृदयत: स्मरण गरिरहेका छौा । भविष्यका मानवहरूले पनि
यसलाई चटक्कै बिर्सेर बस्नसक्ने छैनन् र दिनानुदिन उनको स्मरण भई नै रहने
छ भन्ने कुरामा कुनै दुई मत नहोला । भानुभक्त आचार्यको साहित्यिक घरको जग
भनेको प्रमुखत: ‘नेपाली रामायण’ नै हो । साथै उहााका अन्य प्रशस्तै प्रकाशित
तथा अप्रकाशित रचनाहरूलाई आम पाठक, विश्लेषक जस्ता जनसमुदाय बीचमा
पुर्‍याएर भानुभक्त आचार्यलाई अमर बनाउने कार्यमा मोतीराम भट्टले आफ्नो
युवाअवस्थाका जोश जाागर र पसिनाहरूले दरिलो हुनेगरी सिाचित गरे हुन् र यसैबाट
उनी स्वयम् पनि अमर भएका हुन् । मोतीले गरेको त्यो श्रमको फलस्वरूप नै
भानुभक्त आचार्यलाई ‘आदिकवि’ को उपाधि दिइएको हो भनेर जानकारी विभिन्न
पत्रपत्रिका एवम् कृतिहरूमा उल्लेख गरिएको पाइन्छ । यसै सन्दर्भमा प्रोफेसर डा.
नारायणप्रसाद खनालले आफ्नो आलेखमा यसरी अमूल्य मत ब्यक्त गरेको हामी
पाउछौा जसलाई यहाा प्रस्तुत गर्न सान्दर्भिक ठानेर पेश गरेको छु ।
रामायण र रामभक्तिपरक साहित्य लेखन परम्परा
१. पृष्ठभूमि
जुन काव्यले भानुभक्त आचार्य (१८७१–१९२५) लाई भानुभक्त बनायो, यसको
स्रोत संस्कृत साहित्यका आदिकवि वाल्मीकि र उप आदिकवि पाराशर्य व्यासद्वारा
रचित रामायणहरू नै हुन् । रामायणको महत्व र परम्परा सनातन नै रहेको बुझिन्छ
तापनि वाल्मीकि र व्यासले नै त्रेतायुगमा ‘राम’ लाई अयोध्या राज्यका राजा दशरथ र
उनकी महारानी कौशल्याका कोखबाट ऋषिको नियोग पद्धतिद्वारा अवतारी पुरूषका
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
रूपमा धर्तीमा अवतरण गराएका हुन् । यिनै रामको जीवनी नै रामायण हो ।
नेपालीहरूको परम सौभाग्यको विषय हो, भानुभक्तीय रामायण नेपालको पहिलो
रामायण महाकाव्य हो र भानुभक्त नेपालीका आदिकवि हुन् ।
रामायण शब्दको रचना राम र अयन दुई शब्दको समास व्युत्पन्न पद्धतिद्वारा
भएको हो । यसको अर्थ हो– रामको गति, रामको बाटो, रामको चाल, रामको जस्तो
पन्था, रामको जस्तो हिाडाइ, रामको जस्तो व्यवहार वा क्रियाकलाप, रामको जस्तो
आदर्श, पितृभक्ति, भ्रातृप्रेम र मर्यादा पुरूषोत्तमका निमित्त उचित चरित्र तथा लोकप्रिय
राज्य सञ्चालन इत्यादि ।‘राम’ शब्द पनि व्युत्पन्न र अव्युत्पन्न गरी दुई प्रकारको
हुन्छ । रमन्ते देवता योगिनो देवयोनिविशेषा वा यस्मिन् इति राम: अर्थात् जसमा
देवता वा योगीजनहरू र यक्ष, गन्धर्व, किन्नर आदि रमाउाछन्– आनन्दित, हर्षित,
प्रफुल्लित वा कृतकृत्य हुन्छन्, त्यही शुद्ध, बुद्ध र मुक्त स्वभावनिष्ठ तत्व राम हो । यस
दृष्टिले हेर्दा राम भनेको परंबÞ्रह्Þम तत्व हो । उसलाई परम शक्ति वा सर्वशक्तिसम्पन्न
तत्वका रूपमा ग्रहण गरिएको छ । कालान्तरमा ‘राम’ भन्नाले रामावतारका रूपमा
अवतरित दशरथपुत्रमा यो रूढ हुन गयो । यदाकदा यसले परशुराम र बलरामलाई
पनि सङ्केत गरेको पाइन्छ । संस्कृतको गणित या ज्योतिषशास्त्रमा ‘राम’ शब्दले यिनै
तीन जनाको संयुक्त प्रतीक स्वरूप तीन अङ्कलाई जनाउाछ । अर्काे अव्युत्पन्न ‘राम’
मृगजाति विशेषमा प्रचलित छ, जो रामायणसाग असम्बद्ध छ । ‘राम’ बारे कबीरले
उल्लेख गरेका दोहाको सार यस्तो छ :
कस्तूरी नाभिमा नै छ मृग खोज्छ जगत्भरि
राम छन् जनमा व्याप्त देखिादैनन् कठैबरी । (अनु. नाप्रख)
‘राम’ उत्तरकोसलका इक्ष्वाकुकुलोत्पन्न क्षत्रीय राजा हुन् तर भानुभक्तले सकल
ब्रÞह्माण्डका अधिपतिका रूपमा रामको चित्रण गरेका छन् भने रामलाई साक्षात्
विष्णुको अवतारको रूपमा ग्रहण गर्ने परम्परा पौराणिक ग्रन्थ सम्प्रदायले प्रदान गरेकै
छ । यिनै चराचर जगत्का अधिपति स्वरूप रामको चरित नै रामायण हो । रामायण
प्रसिद्ध महाकाव्य हो । यसको विषयवस्तु रामकथा हो र यसका पात्रहरू अत्यन्त
अमानवीय प्रकृतिका छन् । राम, लक्ष्मण, भरत र शत्रुघ्न नियोग पद्धतिबाट जन्मेका
हुन् भने सीताको जन्म पनि अमानवीय नै रहेको छ उनी धरती पुत्री हुन्, जो राजर्षि
जनकले यज्ञार्थ भूमि संशोधन गर्दा हलाको सियामा अल्झेको अवस्थामा भेटाएका
हुन्, त्यसैले जनकले नै यिनको पितृत्व स्वीकार गरेका थिए । अन्तमा यिनी धर्तीभित्र
नै पसेर दिवङ्गत भएकी थिइन् । रामका सहयोगी हनुमान, सुग्रीव, अङ्गद, नल,
नील, जाम्वबान् आदि सबै तिर्यग्योनिका पात्र हुन् भने रावण दश टाउके र मायावी
हुनु, कुम्भकर्ण छ महिना सुकला हुनु, इन्द्रजीत, अक्षयकुमार लगायत रावणका
रजस्थल 
छोराहरूमा पनि राक्षसी गुण या मायावीपन देखिनु, लङ्केनी स्वयं मायावी देखिनु र
अहिल्या ढुङ्गो हुनु अनि ढुङ्गाबाट मानव हुनु मात्र होइन इन्द्रले पनि यसै कालमा
शतयोनिको सजाय भोग्नुपरेको छ । भानुभक्तद्वारा रचित रामायणमा यी सबैका गुण,
चरित्र र महत्वहरूलाई रामको पक्षबाट सकारात्मक र रावणको पक्षबाट नकारात्मक
ढङ्गले बयान गरिएको छ ।
नेपालीमा रामायण लेख्ने परम्परा भानुभक्त अघि रहेको देखिन्न । संस्कृत
वाङ्मयमा नेपालीहरूले रामायण वा तत्सम्बद्ध कृति लेखेको हुनसक्ने सम्भावना रहे
तापनि नेपालीमा भानुभक्त नै पहिलो रामकथाका महाकवि हुन् । यद्यपि रघुनाथ
पोख्य्राल वा भट्ट (१८६८–१९१८) ले रामायणको सुन्दरकाण्डलाई अनूदित गरेर
नेपालीमा पद्यबद्ध गरेका छन्, जसको सुन्दरकाण्ड र भानुभक्तका सुन्दरकाण्डको
भावरमणीयता, अनुवाद र कवित्व कलाको तुलनात्मक अध्ययन इतिहास शिरोमणि
बाबुराम आचार्य (१९४४–२०२९) ले गरेका छन् । यसै गरी गुमानी पन्त र सत्यधर
सूरि कोइरालाको पनि रामकाव्य प्रणयनमा अभिरुचि रहेको देखिन्छ ।
भारतीय परम्परामा भासले प्रतिमा नाटक र अभिषेक नाटकमा रामचरितलाई
दृश्यकाव्यमा प्रस्तुत गरेका छन् भने भवभूतिले उत्तररामचरित र महावीरचरितका
माध्यमबाट नाटकीकरण गरेका छन् । राजशेखरले बालरामायण र क्षेमेन्द्रले
रामायणमञ्जरीका माध्यमबाट रामचरितलाई व्याख्या गरेका छन् भने कालिदासले
रघुवंश, भट्टिले भट्टिकाव्य वा रावणवध, कुमारदासले जानकीहरण, मुरारिले आदर्श
राघव जस्ता संस्कृत भाषानिबद्ध रामचरितका विविधता प्रस्तुत गरेका छन् । भारत र
भारतबाहिर रामायण अनुवाद गर्ने परम्परा पनि व्यापक छ । तेलगू, गुजराति र अवधी
आदि भाषामा र पछि हिन्दीमा पनि रामकथा अनूदित भएको छ । तुलसीदासको
रामचरित मानस अवधी भाषामा रचित रामचरितको एक आदर्श ग्रन्थ हो भने
मैथिलीशरण गुप्त (१८६६–१९६४) साकेत (महाकाव्य–सन् १९३२) हिन्दीमा रचिएको
छ । के थाहा भानुभक्तले पनि तुलसीकृत रामायणबाट थोरबहुत सहयोग लिएका
थिए कि ?
नेपाली साहित्यको प्राथमिक कालको रामभक्ति काव्यधारा अन्तर्गत देखिएका
रघुनाथ र भानुभक्तको रामकथालाई कवित्वको उपजीव्य बनाउने प्रयत्न नै नेपाली
रामायणको प्रारम्भ बिन्दु हो । परन्तु मौखिक लोकसाहित्यका रूपमा त्यतिवेला
प्रचलित लोकरामायण वा रामकहानीलाई कदापि नजरअन्दाज गर्न सकिादैन किनकि
रामकथा पौराणिक परम्परामा आइसकेको पनि रामायण रचना कालकै हाराहारीबाट
नै हो भन्ने मान्नु पर्छ । यहाा त्यस्ता कतिपय रामायण र तत्सम्बद्ध ग्रन्थकारहरूको
नामसम्म प्रस्तुत गर्ने जमर्काे गरिन्छ, जसमा वर्णानुक्रमिक केही रचनाकार र
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
केही रचना उल्लेख गर्न सकिएको छ । यसबाट के थाहा हुनसक्छ भने नेपालमा
रामभक्ति परम्पराका काव्य, कथा र अन्य सृजना विगत २०० वर्षदेखि आजसम्म पनि
स्रष्टाहरूबाट भैरहेका छन्, यो गौरवकै विषय हो ।
अज्ञात (?) रामाश्वमेध (गद्य–१८९० अघि), अज्ञात (?) अध्यात्मरामायण
अरण्यकाण्ड (गद्य–१८९३), अज्ञात (?) अध्यात्मरामायण किष्किन्धाकाण्ड (गद्य–१९०४),
अज्ञात (?) अद्भुत रामायण (गद्य– ?), अज्ञात (?) रघुवंश टीका (गद्य– ?), अनङ्गनाथ
पौड्याल (१९५२–२०३४) रावण–अङ्गद संवाद (काव्य–१९९१), अनन्तप्रसाद गौतम
(?) रामायणानन्त (काव्य–२०३०), उद्दीप सिंह थापा (?) रामचन्द्रको वनवास
(१९९९), एकदेव ढकाल (?) रामगीता (२०३२), ऋषिभक्त पौडेल (१९३४–१९८४)
श्रीरामकीर्तन वर्णन (२००३), कमल दीक्षित (सं.) (१९८६) सुन्दरानन्दको रामायण
(?), कमला सांकृत्यायन (सन् १९३०), तुल्सीकृत रामायण र भानुभक्तीय रामायणको
तुलनात्मक अध्ययन कविप्रसाद गौतम (१९६०–२०४५) रामायणान्त, कालिदास
पराजुली (१९३६–२००७) उत्तररामचरित्र (अनु–१९९१), कृष्णप्रसाद घिमिरे (१९७६–
२०४९) वाल्मीकि रामायण (अनु.), रामविलाप (खण्डकाव्य), कृष्णप्रसाद रेग्मी
(१९४०–१९८५) लक्ष्मण प्रश्नोत्तरी (१९७९), कृष्णनाथ सिग्देल (१९४८–२०२५)
रामायणको बालुन (?), कुलचन्द्र गौतम (१९३४–२०१५) तुलसीकृत रामायण
(ने.टी.–१९९६), राघवालङ्कार (२०१५), आदर्श सीतारामौ (२०१२), कुसुम मञ्जरी
देवी सीता (काव्य), शारदा (१९९५–९६) मा धारावाहिक प्रकाशित, कुसुमाकर न्यौपाने
(डा. २०१७) लोकरामायण (२०६५), कोमलदत्त तिवारी (१९०१) रामगीता (काव्य–
भाष्य), कोमलनाथ अधिकारी (१९५०–२०२३) रघुवंश (अनु. २०१५), खड्गप्रसाद
श्रेष्ठ (१९३९–२००२) बालकाण्ड रामायण (१९८८) गणेश (?) रामचरितम् (काव्य),
गणेशप्रसाद अर्याल (१९६६– २०२४) रामभक्तमाला (काव्य–२०१५), बालरामायण
(२०६२), गुमानी पन्त (१९४७–२००४) रामनाम पञ्चासिका, राममहिमा वर्णन,
रामसहस्रगण दण्डक, रामविषमभक्ति विज्ञप्ति सार, राममहिमा–गुणराज उपाध्याय
खनाल (१९७२–२०३१) भरतमिलन (महाकाव्य–२०२९), कलङ्कमोचन (नाटक–
२०२४), गोविन्दराज विनोदी (२०१०) सूर्पणखा (खण्डकाव्य–प्रेसमा), चक्रपाणि
चालिसे (१९४०–२०१५) गोर्खा सङ्क्षिप्त रामायण (गद्य–१९७५), चन्द्रेश्वर दुवे
(१९९५) भानुभक्त र घाासी (खण्डकाव्य), छविलाल ढुङ्गेल (१८९६–१९६३) कुशलोदय
(नाटक–१९५४), सुन्दरचरित (नाटक–१९५१), जगन्नाथ मिश्र (?) रावणगीता (काव्य–
२०५५), जगन्नाथ सेढाईं (१९२४–१९८५) रामचरित्र (लेखोट), जनकलाल ढुङ्ग्याल
(१९३३–? ) रामायण सारसङ्ग्रह (?), जय धमला (१९९९–२०३३) रामकी सुमति
(अनु.), ज्ञानमणि नेपाल (१९८९) महीरावण बध (नाटक), ज्योतिप्रसाद गौतम
रजस्थल 
(१९७४) रामायण कुञ्ज (२००४), डिल्लीजङ्ग गुरूङ (१९६१–२०२१) सुन्दरकाण्ड
(काव्य–२०६३), नेपाली तुलसी रामायण (महाकाव्य–२०५९), ताराप्रसाद जोशी
(१९६२–२०४२) आदर्शराघवको शास्त्रीय विवेचना (२०४३), तारानाथ शर्मा नेपाल
(१९४४–२०३२) राघवविलाप (काव्य–१९८०), तीर्थराम झा (१९८१) देहरामायण
(समीक्षा), तुलसीप्रसाद ढुङ्गेल (१९५७–२०३९) नेपाली सङ्गीत रामायण (२०१६),
श्रीरामराज्य (पद्य), दधिराम मरासिनी (१९३९–२०२०) श्रीरामचरितामृतम् (१९८५),
दयाराम श्रेष्ठ (प्रा.डा २०००) रामकथा परम्परा र भानुभक्तीय रामायण (२०४१),
दामोदर शर्मा झा (?) बालबोध रामायण (२००३), दुर्गादेवी आचार्याणी (१९५४–
१९८५) अनसूया–सीता संवाद (गद्याख्यान), दुर्गा न्यौपाने (१९५९–२०३४) पुरानो
राम (२०१८), रमणीय रामायण (?), देवकान्त पन्थ (१९९३– ?) सीतास्वयम्बर
(काव्य–२०२६), देवीप्रसाद पौडेल ‘हवल्दार’ (१९६८) सीता (गद्यकथा), श्रीरामगीता
(भाषा), देवीप्रसाद सापकोटा (१९३०–२०१०) रामगीता (तत्वदीपिका टीका–१९७६)
नारायणदत्त शास्त्री (१९८९) राम वनबास (कविता–२०२१), नगेन्द्र शर्मा (१९८८)
मेरो रामायण – एक ट्रेजेडी (कथा– ?), पतञ्जलि गजुरेल (१८८०–१९४४) रामायणको
कथा, पद्मनाथ पन्त (१९५३–२०११) राधेश्याम रामायण–पद्मप्रसाद ढुङ्गाना (१९५०–
२००१) रामायण शिक्षा (१९९५), रामायण सप्तरत्न (१९९८), धनुषभङ्ग लक्ष्मण
परशुराम संवाद, पद्मप्रसाद शर्मा उपाध्याय (?) अध्यात्मरामायण लङ्काकाण्ड
(१८९६), रामाश्वमेधकाण्ड, पूर्णानन्द उपाध्याय (भट्टराई (?) रामायणको बालुन
(१९६९), पुष्पराज देवकोटा (१९९१) सङ्क्षिप्त पद्यरामायण (२०६६), पहलमानसिंह
स्वाार (१९३५–१९९१) किष्किन्धा काण्ड (२०२३), पवनकुमार खनाल (२०१६) रामभक्त
गुणराज र उहााको रामभक्ति (२०४४), रामदास (महाकाव्य–२०४५), प्रेमनाथ सत्याल
(१९७५–?) लङ्केश्वर माहात्म्य र स्तुति (अध्यात्म काव्य), प्रेमराज शर्मा पौडेल
(१९६०–२०२८) रामायण (पद्याख्यान–१९९६), श्रीसीतास्तोत्र, रामामृत, महावीर
महिमा (२००३), बाबुराम आचार्य (१९४४– २०२९) तुलनात्मक सुन्दरकाण्ड (२००३)
भक्तराम शर्मा दाहाल (?) अध्यात्मरामायण बालकण्ड (१९१७), भरतराज मन्थलीय
(१९८२– ?) महारामायण (२०५०), रामगीता (२०५५), भाइकाजी कार्की (?)
सीताराम विवाह, भुवनप्रसाद ढुङ्ग्याल (१९२२–१९९३) अध्यात्मरामायण–सुन्दरकाण्ड
(काव्य–१९८९), भैरव अर्याल (१९९४–२०३२) विरही राम (काव्य), भैरवसिं अज्ञात
(?) हनुमन्नाटक (गद्य–१८८०), अध्यात्मरामायण लङ्का, युद्धकाण्ड (गद्य–१८५५),
भोग्यप्रसाद भण्डारी (१९८६–२०५३) गेयरामायण, भोजराज भट्टराई (?) आनन्द
रामायण (श्लोकबद्ध–१९५३ अघि), मदनमणि दीक्षित (१९७९) सीता र द्रौपदी
(२०४८), मदनमोहन मिश्र (१९९३) सीताहरण (खण्डकाव्य–२०१७), रामराज
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
(खण्डकाव्य–२०१९), महेश्वर राय (१९९७) सीताको माटोदेखि लिङ्कनको देशसम्म
(यात्रा–२०४३), माधुरी भट्टराई (१९८४), माधुरी रामायण मीनप्रसाद नेपाल (१९६८–
२०३५) श्रीरामको वनगमन (काव्य–१९९० तिर) मुकुन्द शर्मा चालिसे–रामायण चम्पू,
, मुक्तिनाथ आचार्य (?) रामायण (सं. २०६२), मुक्तिनाथ तिमिल्सिना (१९७१–
२०४६) रघुवंश (अनु. २०००) रामगीता यज्ञप्रसाद सुवेदी (१९९५) रामायण भजन,
युद्धप्रसाद मिश्र (१९६४–२०४७) रामायण अरण्यकाण्ड (२०२७), रघुनाथ पोख्र्याल
(१८६८–१९१८) रामायण सुन्दर काण्ड, रमेशचन्द्र अधिकारी (२०११) सीतायन
(महाकाव्य भाग १–१२ –२०२५), रमाकान्त बराल (१९१९–१९८०) अद्भुत रामायण
(श्लोकबद्ध–१९४९), रविलाल काडेल (१९६८–२०३५) रविकृत रामायण (२०१२),
रामानन्द गिरि (डा. सन् १९४८) रामगीता (नेपाली अनुवाद र व्याख्या–२०५३),
राजदैवज्ञ उपेन्द्रध्वज (?) अध्यात्मरामायण लङ्काकाण्ड (१९१२), रामदास (?)
भक्तिकाण्ड रामायण (१९२२), रूद्रराज पाण्डे (१९५७–२०४३) ब्रÞह्मरामायण
(२०२१), रूद्रप्रसाद उपाध्याय ढकाल (१९५५–२०१७) सङ्क्षिप्तरामायण अर्थात्
रामायणसार (१९८६), रेवतीरमण न्यौपाने (१९३३–१९९८) तुलसीकृत रामायण (अनु
पूर्वार्ध–१९६५ अघि), तुलसीकृत रामायण (अनु उत्तरार्ध–१९८१), अग्निवेश्य रामायण
(?), रोहिणी भण्डारी (१९९६), रामगीता (अनु.) २०४१, लक्ष्मीकान्त भट्टराई (?)
लक्ष्मण प्रश्नोत्तर–नवीन भक्तमाला (१९५४), लक्ष्मीप्रसाद देवकोटा (१९६६—२०१६)
रामायण (खण्डकाव्य) २००४, रावण जटायु युद्ध (खण्डकाव्य), २०१५, सीताहरण
(खण्डकाव्य—२०२४), लेखनाथ पौड्याल (१९४१–२०२२) मेरो राम वा रामायण
सार (२०११), वासुदेव भट्टराई (१९४५–२०२९) श्रीमद्वाल्मीकीय रामायण (भाग १
र २) १९९७, वासुदेव मरासिनी (२००७) हनुमान चरित्र (गद्य–२०६९), वाणीविलास
पाण्डे (?) चित्रकूटोपाख्यान (काव्य–१९७५), विश्वराज पाण्डे (१९९३) बालरामायण
वैयाकरण नेपाल (१९१३–१९७९) किस्किन्धाकाण्ड (काव्य–२०३४), शङ्करराज पन्त
(?) रामपाञ्चायन स्तोत्र, शम्भुप्रसाद ढुङ्गेल (१९४६–१९८६) तुलसीकृत रामायण
(काव्य–१९७६), रामाश्वमेध (काव्य–१९७४), शान्ति क्षेत्री (२००४) रामायणका नारी
पात्रहरू (चिन्तन), शालिग्राम गौतम (१९६५–२००५) रामाश्वमेधकाण्ड (१९९३),
शिवगोपाल रिसाल (१९९४) श्रीरामनाम (अध्यात्मकाव्य–२०४७), शिखरनाथ सुवेदी
(१९२१–२००५) रामाश्वमेध काण्ड (काव्य), शिवा विद्यालङ्कार (शिवकुमार प्रधान)
(?) उत्तररामचरित (अनु.), शिवनिधि जोशी (?) सीता भरत बालुन (१९७०–१९६९),
शेषराज रेग्मी (१९६४–२०४४) रघुवंश (टी. २०२२), उत्तररामचरित (टी. २००६),
प्रशन्नराघव (टी. २०१०), श्रीविलास शर्मा (?) अध्यात्मरामायण लङ्काकाण्ड (गद्य–
१८९३), सत्यधर सूरि कोइराला (?) रामायण बालुन (?), सुन्दरानन्द बााडा (१८४०–
रजस्थल 
१९०१ ?) अध्यात्मरामायण (सं. कमल दीक्षित–२०१९), सोमनाथ सिग्द्याल (१९४१–
२०२९) आदर्शराघव (महाकाव्य–२००५), सिंहवीर नायक (?) अध्यात्मरामायण बाल,
लङ्काकाण्ड (गद्य–१८८८), हरिदयालसिंह हमाल (१९०१–१९६९) श्रीरामबालविलास
(काव्य), हरिहर शर्मा (लामिछाने (?) रामगीता (अनुवाद–१९५५), हेमराज ज्ञवाली
(१९९५) हनुमान स्तुति, हेमवल्लभ पााडे (?) अग्निध रामायण (१९५५), अग्निवेश्य
रामायण (१९६१), होमनाथ शर्मा खतिवडा (१९११–१९८४) रामाश्वमेध–रामायणको
आठौं काण्ड (१९६०)
उपसंहार
अन्तमा विभिन्न समयका विभिन्न लेखकहरूका उपर्युक्त रामायण रामायणसाग
सम्बद्ध गद्य–पद्यात्मक कृतिहरूको अपूर्ण विवरणबाट पनि बुझ्न सकिन्छ, नेपालमा
रामायणको कथा श्रवण गर्ने, यसलाई लौकिक जीवनमा भन्ने–सुन्ने परम्परा कायम
गर्ने, आफ्नो जीवनशैलीमा रामका आदर्श गुणहरूलाई आत्मसात् गर्ने, रामायणका
पात्रहरूमध्ये रामको भ्रातृप्रेम, लक्ष्मणका सोत्साहिक रामसीताप्रतिको सहयात्रा,
भरतको रामप्रतिको अनुराग, हनुमानको स्वामीभक्तिको दृष्टान्त, विभीषणको
न्यायप्रियता, सीताको पातिव्रत्य, सुग्रीवको मित्रता मात्र होइन सौतेनी डाह,
रामवनगमन, सीता परित्याग, बालीको मृत्यु, रावण लगायत कैयौं राक्षसी सेनापति र
सैनिकको सत्यानाश, चित्रकूटनिवास, पञ्चवटी निवास, सूर्पणखा प्रकरण, अहिल्याको
उद्धार, शवरीको रामभक्ति जस्ता अनेक विषयवस्तुमा व्यापक छलफल, जिज्ञासा र
विषयबोध गर्ने परम्पराबाट कुनै नेपाली विमुख रहेको मान्न सकिादैन । यसैको परिणाम
नै रघुनाथ भानुभक्तको रामायण लेखनको शुभारम्भ हो भने होमनाथ खतिवडाको
रामाश्वमेध काण्ड लेखन अपूर्ण रामायणी कथाकाव्यको परिपूर्णता तर्फको महत्वपूर्ण
कदम हो । उल्लिखित रामायणी कृतिका अतिरिक्त संस्कृतका वाल्मीकिरामायण
र अध्यात्मरामायण तथा भारतीय भाषामा लेखिएका तुलसीकृत रामायण आदिको
व्यापक पठन–व्याख्यान पनि नेपालमा हुने गरेको पाइन्छ । तुलसीकृत रामायणका
अवधी भाषामा दोहाहरू वाद्यवादनसहित गाउने गरेका उदाहरण अझै पाइन्छन् ।
साहित्य सृजनाका दृष्टिले छविलाल ढुङ्गेलको संस्कृत भाषा निबद्ध कुशलवोदयम्
नाटक (सानुवाद) जस्तै अन्यान्य रामायणलाई उपजीव्य मानेका तमाम कृति हुन
सक्छन् भने उल्लिखित रामभक्तिका आध्यात्मिक धारामा विविध कालखण्डमा रचित
कृतिहरूले नेपालमा भानुभक्तले बसालेको रामकथामृत पान गर्ने, काव्य रचना
गरेर समाजलाई आस्वादन गराउने व्यापक परम्परा रहेको कुरा छर्लङ्ग हुनेगरी
बुझ्नु जरूरी छ । शोध–अनुसन्धानको व्यापक अध्ययन–विश्लेषण भइरहेको वर्तमान
अवस्थामा भानुभक्तीय रामायणको र रामभक्ति परम्पराका साहित्यिक कृतिहरूको
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
विभिन्न शैक्षिक–प्राज्ञिक निकायबाट शोधपत्र पनि प्रस्तुत भइरहेका छन् । यथार्थमा
रामभक्ति कविताको र त्यसका उपजीव्यतामा रचित साहित्यिक कृति लेखन परम्परा
निकै समृद्ध रहेको मान्नुपर्ने हुन्छ । पद्यको सृजन परम्परा विशाल नेपाली साहित्य
फााटमा नजाने कति रामभक्ति साहित्यका स्रष्टा र तिनका सृष्टि यहाा छुटे होलान्
परन्तु रामभक्ति साहित्यको हालसम्मको अध्ययन परम्परा बुझ्न खोज्नेहरूका लागि
भने यो जिज्ञासा केवल आधेरी जुनकिरी हो भन्ने आत्मबोध भइरहेको यथार्थ जगजाहेर
छ ।
सन्दर्भस्रोत
भट्टराई, घटराज, नेपाली लेखक कोस, काठमाडौं : लक्ष्मीप्रसाद देवकोटा
प्रतिष्ठान, २०९५६ ।
भट्टराई, शरच्चन्द्र शर्मा, नेपाली साहित्यको इतिहास (माध्यमिक काल),
काठमाडौं : त्रि.वि.पा.वि.के., २०३७ ।
भट्टराई, शरच्चन्द्र शर्मा, माध्यमिक नेपाली गद्याख्यान, काठमाडौं : नेपाल
राजकीय प्रज्ञा प्रतिष्ठान, २०५० ।
तानासर्मा, नेपाली साहित्यको इतिहास, काठमाडौं : सहयोगी प्रकाशन, २०२७ ।
सुवेदी, हंसपुरे, संस्कृत वाङ्मय : सङ्क्षिप्त अध्ययन, काठमाडौं : त्रि.वि.पा.वि.के.,
२०३७ ।
खनाल, प्रा.डा. नारायणप्रसाद, पल्लव साहिसित्यक पत्रिका– १८, पल्लव साहित्य
प्रतिष्ठानका निमित्त भरतप्रसाद लामिछाने– २०७० ।
(गजल कटेरी, विशालमार्ग, नारायणगढ, चितवन ।)
 
" "