गत असार २९ गतेदेखि हाम्रा अर्थात् नेपाल र नेपालीका आदिकवि भानुभक्त
आचार्य २०० वर्ष पुगेर २०१ वर्ष लागे । त्यसै भएर आज हामी उनको द्विशतवार्षिकी
र द्विशतएकौा जन्मोत्सव मनाइरहेका छौा । ठूलो आभार र अत्यन्त आदरपूर्वक
जन्मोत्सव मनाइने नेपाली वाङ्मयिक–साहित्यिक स्रष्टाहरूमध्ये सबैभन्दा पुराना र
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘नेपाली साहित्यको इतिहासमा सर्वश्रेष्ठ पुरूष’लाई
समेत आधार मान्दा सबैभन्दा वरेण्य पनि यिनै हुन् । तर भानुभक्तको कुरा थालेपछि
भाषा र नेपाली भाषाको कुरा आउाछ । पहिले भाषाकै कुरा गरौा अलिकति ।
भाषाको कुरा थालेपछि म जहिले पनि अष्ट्रियाली–वेलायती दार्शनिक लुडविग
विटजेन्स्टीन (ीगमधष्न ध्ष्ततनभलकतभष्ल( ज्ञडडढ(ज्ञढछज्ञ)को भनाइ त्जभ ष्mिष्तक या
mथ बिलनगबनभ mभबल तजभ ष्mिष्त या mथ धयचमि। (मेरो भाषाको सीमा नै मेरो
संसारको सीमा हो ९त्चबअतबतगक ीयनष्अय(एजष्यिकयउजष्अगक, ज्ञढद्दद्द० सम्झिहाल्छु ।
मानव जीवनमा भाषा कति महत्वपूर्ण हुन्छ भन्ने कुरा यति थोरै शब्दमा तर यति
समग्रतामा भन्नसक्नु सााच्चै भाषाको चमत्कारिकता नै हो र वक्ताको भाषिक–बौद्धिक
क्षमता पनि । हो, जति, जस्तो भाषिक क्षमता त्यति, त्यस्तै बुझाइ, गतिविधि, उपलब्धि
र हैसियत पनि हुन्छ । भाषा नभए वा उत्तेजना, भय, सङ्कोच वा जुनै कारणले पनि
प्रयोग गर्न नसके वा गरे पनि प्रभावशाली ढङ्गले गर्न नसके र त्यसका समर्थनमा
सान्दर्भिक परिवेश पनि बनाउन नसके टाढा त के आफ्नै नातागोताभित्रको संसार
पनि बिरानो, असहयोगी वा उपयोगहीन भैदिन्छ । तर भाषा छ भने वा कम्तीमा
हाउभाउ र टुटेफुटे पारामै पनि ज्यानदार पाराले ज्यानदार भाव अभिव्यक्त गर्नसकेमा
र त्यसको सान्दर्भिक परिवेश पनि बनाउन सकेमा उसका लागि सामान्यत: न कोही
पराइ रहन्छ न केही अप्राप्य । ‘मुख भए (भाषाको ज्ञान र त्यसको प्रयोगमा प्रवीणता
भए) मुलुक पाइन्छ’ (नभए भएको पनि नभए बराबर हुन्छ) भन्ने हाम्रो नेपाली
उखानको तात्पर्य ठ्याक्कै यही हो । ‘हाने मर्छ, बोले टर्छ,’ ‘बोल्नेको पीठो पनि बिक्छ
नबोल्नेको चामल पनि बित्तैmन’, ‘तीजको कुरा गर् न बूढी, खाएजस्तै लाग्छ’ ‘राजा
स्वदेशमा पुजिन्छन्, विद्वान् सबैतिर’ आदि पनि यसै भावार्थका अन्यान्य शब्दान्तरण
(खभचकष्यल) मात्र हुन् । अर्को भाषामा अर्को पाराले गरिएको यसैको अर्को शब्दान्तरण
रजस्थल (भानु विशेषाङ्क–२०७०)
हो बेकनको ‘स्पिकिङ मेक्स अ रेडिम्यान’ (च्भबमष्लन mबपभक ब ागिि mबल, धचष्तष्लन
बल भहबअत mबल धजष्भि कउभबपष्लन, ब चभबमथ mबल(इा भ्मगअबतष्यल(( ाचबलअष्क
द्यबअयल)। यसलाई नेपालीमा ‘बोल्यो कि पोल्यो’ भन्नु सुहाउादो होला कारण बोलेपछि
दायित्व सुरू भैहाल्छ । संस्कृतमा पनि एउटा उखान छ जसले भन्छ—जतिसुकै
गमक्क, झमक्क परेको भए पनि नबोलुन्जेल हो, बोल्नासाथ त ऊ कुन ड्याङको
मूला हो भन्ने छर्लङ्गै खुलिहाल्छ ।
भाषाको प्रयोगअनुसार मानिसको हैसियत बन्छ भन्ने कुरा सिद्ध गर्न अङ्ग्रेज
साहित्यकार जर्ज बर्नार्ड शाले ‘पिग्मेलियन’ भन्ने एउटा नाटक लेखेका छन् ।
त्यसमा एउटी निहायत निम्नवर्गीय फूल बेच्ने केटीलाई उच्च सम्भ्रान्त बोलचालको
भाषा सिकाएर एक समयपछि एउटा त्यस्तै उच्च वर्गीय सम्भ्रान्तहरूका भेलामा
सरीक गराइन्छ जसमा उसको व्यवहार ऊ निम्नकोटीकी गावार गाउाले नभएर कुनै
उच्चवर्गीय सुकुमारी नै हो भन्ने प्रदर्शन गर्न सफल हुन्छ । त्यस्तो उाचो हैसियत
अनुभव भएपछि उसले आफ्नो प्रशिक्षकसागै विवाह गर्ने अपेक्षा राख्छे तर उसले
नमानेपछि दुखित भएर आफ्नो पुरानो गाउाले प्रेमीसागै विवाह गर्छे । यसबाट के
देखिन्छ भने भाषामात्र उच्च वा सम्भ्रान्त भएर पुग्दैन तर जीवनशैली र परिवेशीय
यथार्थ पनि तदनुसारकै हुनुपर्छ अन्यथा त्यो बोझचाहिा हुनपुग्छ ।
भाषाको चामत्कारिक उपयोग (खासमा दुरूपयोग) राजनीति र धर्ममा जति
प्रत्यक्ष देख्न, भोग्न पाइन्छ त्यति अन्त कहीा पाइादैन । तर त्यसको सबभन्दा ठूलो
विशेषता के हुन्छ भने त्यो देखादेखी झूट, भ्रम र असम्भव कथन त्यसैले पूर्ण दुरूपयोग
हो भन्ने थाहा पाएर पनि उल्टो झन् इमानदार, हार्दिक र सद्भावपूर्ण ठानिइन्छ र
ससम्मान मज्जाले चलिरहन सफल हुन्छ ! जस्तो धर्ममा ‘यतिउतिलाख मृत्युञ्जय
पाठ गरेपछि मरेको पनि जागेर फर्किन्छ’ भनेर फुर्ति लगाइन्छ र त्यस पाठका निमित्त
भनेर यतिउति ब्राÞमण भोजन, दक्षिणा, तिल–घृत–मधु–वस्त्र–अन्न आदि भनेर बकाइदा
जागिर खाने काम हुन्छ तर मृतवत् कहिल्यै नफर्किनसक्छ, मृत त फर्केर आउादैन नै
(पढ्नोस् डा. गोमादेवी शर्मा लिखित सत्य घटनामा आधिारित कथा ‘जालो’, मिर्मिरे,
पूर्णाङ्क २८७)। मरेका मान्छेलाई फलानोफलानो नरक हुादै स्वर्ग पुग्न (टिकट नै
उपलब्ध गराउालाजस्तै विश्वसनीयतासाथ)र उहाा खान लाउन चाहिने खर्च भनेर
देखादेखी यहाा अर्कैले खान्छ केवल उपर्युक्त शब्दजडित व्याख्यानका भरमा विश्वास
किंवा ठूलो पितृभक्त भएको विश्वासमा मक्ख पारेर । स्वस्थानीमा स्वस्थानी माताको
व्रत भनेर देखादेखी शिवलिङ्गको पूजा गराइन्छ तर मानिस माताको लिङ्ग हुादैन
भन्ने तथ्य जान्दाजान्दै पनि निश्शङ्क पूजा गर्छन् बडो भक्तिभावसाग ।
राजनीतिमा त कुशलतापूर्वक ढााट्नु, अझ फेरिफेरि ढााट्न सक्नुभन्दा अर्को
ठूलो राजनैतिक योग्यता नै हुादैन भनेर चर्चिलले विश्वप्रसिद्ध उक्तिका रूपमै स्थापित
रजस्थल
गरिदिएका छन् ुत्जभ बदष्ष्तिथ तय ायचभतभिि धजबत ष्क नयष्लन तय जबउउभल तयmयचचयध,
लभहत धभभप, लभहत mयलतज बलम लभहत थभबच। ब्लम तय जबखभ तजभ बदष्ष्तिथ
बातभचधबचमक तय भहउबिष्ल धजथ ष्त मष्मलुत जबउउभलु (ष्क तजभ जष्नजभकत त्रगबषिष्अबतष्यल
या ब कगअअभककाग िउयष्तिष्अष्बल।) सबैभन्दा बढी र सबैभन्दा आधिकारिक तौरमा
खुल्लम्खुल्ला ढााटिने गरेको एउटा संसार प्रसिद्ध राजनैतिक वाग्विनोद हो साम्यवादी
सपना देखाएर बााचुन्जेल जागिर खाने बामपन्थी पनि भनिने कम्युनिस्ट राजनीति ।
कम्युनिस्ट घोषणापत्र जारी भएयता डेढसय वर्षभन्दा बढी समयदेखि विश्वमा यस
साम्यवादी फूलबुट्टे सपनाको निमित्त करोडौा मान्छेले ज्यान दिइसकेका छन् र यो क्रम
पिाढीदरपिाढी गतिमान छ । खासमा त्यो घोषणापत्र जारी भएका मितिदेखि राष्ट्रियदेखि
विश्वराजनीतिसम्मको स्वतन्त्र मार्ग हराएको छ र त्यो शिवजीका जटामा घुमिरहन
बाध्य गङ्गाको पानीजस्तै त्यसका वरिपरि फनफनी घुमिरहन बाध्य भएको छ ।
जुनजुन मुलुकले आफूलाई यस सिद्धान्तको जालोबाट निरपेक्ष राख्नसके तिनीहरूले
केही कोस बाटो तय गरेका छन् तर बााकी यही भुलभुलैयामै घुमिरहेका छन् र एकथरी
महाबुद्धिमान्हरू यो भुलभुलैयाको व्याख्या गरेरै आ–आफ्नो चुल्हो तताइरहेका छन्।
यो झुट्टो सपना अझै कतिन्जेल न रोकिने हो भन्ने छााट देखिादैन । कारण यसका
अनेकअनेक नामका नवव्याख्याता मार्फत् झन्झन् झरिलाखिरिला शब्दाडम्बरमा
झन्झन् आकर्षक नवनवसंस्करण निस्किने क्रम घटेको छैन । नेपालमा झर्रा
कम्युनिज्म नयाा संस्करणमा ओर्लियो अगिल्लो पिाढीबाट ‘जबज’का नाममा र हाल
त्यसका निमित्त मरिहत्ते गर्ने व्याख्याताहरू कान्तिपुरका पन्नामा त्यसलाई सिागारेर,
सजाएर भाजाउनमा व्यस्त भेटिन्छन् । आफूलाई झन् साक्षात् माक्र्सकै अवतार
जत्तिकै झर्रो सिद्धान्तवादी ठान्ने ड्यासमाओवादीनामे संस्करणका नवअभिवक्ताहरूको
त बयान गरेर के साद्दे हजार जिब्रो भएका शेष नागले भेट्तैनन् । तर यो गजलमा
‘क्रान्तिको सपना अन्तत: एउटा उच्छ्वासमात्र भयो
जनयुद्ध थेग्ने यही ज्यान थोत्रिएको निवासमात्र भयो
हिाडेको त समानता, शान्ति, समृद्धि खोज्नै थियो
पुगिएछ अन्तै, व्यर्थ भ्रमसागको सहवासमात्र भयो ।’
भनेजस्तै पन्ध्रहजार मान्छे मराएर, त्यत्तिकै घाइते पारेर, त्यत्तिकै बेघरबार
पारेर त्यत्तिकै टुहुरा र विधुवा बनाएर करिबकरिब रित्तो हात आएको यो सिद्धान्तका
व्याख्याताका नवव्याख्या सुन्न कतिपय मान्छे अझै ताछाडमछाड गरिरहेकोमा गज्जब
लाग्छ । झन् जब महाभारतको नवटेली शृङ्खलाका एक प्रमुख खेलाडी शकुनिले
एउटा आाखा चिम्लिएर दुर्योधनलाई पाण्डुहरूविरूद्ध नयाानयाा षडयन्त्रका तानाबानाबारे
बुझाउने कसरत गरेजस्तै (र त्यस्तै रित्तो हात किंवा सशाखा विनाश गराउने यसका
कति नेता एक कदम अगि दुवै आाखा चिम्लेर आफ्ना अकाट्य दलिल सहितका
रजस्थल (भानु विशेषाङ्क–२०७०)
अमृतमय व्याख्यान सुरूगर्छन् र भक्तजन यति श्रद्धानत तन्मयतापूर्वक सुन्नथाल्छन्,
लाग्छ स्वर्गीय कृपालुजी महाराजकै अर्को अवतार भएको छ ।
सिद्धान्त वा दर्शन कहाा जस्ताकोतस्तै लागु हुन्छ र दुनियाामा ! दर्शनले त
भन्छ नि संसार क्षणभङ्गुर हो तर कति अरब वर्षदेखि यथावत् छ । दर्शनले त
भन्छ नि मानव जीवन पानीको फोकोजस्तै हो कुन वेला फुट्छ पत्तै हुादैन तर ९०
प्र.श.भन्दा बढी मान्छे ५० काटेरै मरेका हुन्छन् । सत्ता, सम्पत्ति, सुख सबै मिथ्या हो
भनेर पुराण भन्ने महाप्रभुहरू दुईहातले त्यही सोहोरिरहेका हुन्छन् । गीतामा कृष्णले
भने ‘यी सबै मरिसकेका छन् । त्यसैले यिनलाई मार्नु कुनै पाप हुादैन’ तर तिनलाई
मारिसक्न अर्जुनहरूलाई १८ दिन मरिहत्ते प्रयास गर्नुपर्यो कति जालझेलसमेत !
देवकोटाले भनिदिए एकबाट एक झिके एकै बााकी रहन्छ तर परीक्षामा त्यस्तो लेख्यो
भने विद्यार्थीले आलु खान्छ । अत: दर्शनले भन्यो भन्दैमा दैनिक व्यवहारमा भैदिादैन ।
केटाकेटीमा एउटा दन्त्यकथा सुनेको कि पढेको थियो । राति घरमा चोर्न पसेको
एउटा चोरलाई घरपतिले पक्डेर अघाउाजी गोदेपछि बोरामा हालेर सडक किनारको
एउटा रूखमा झुण्डाइदिन्छ र त्यसमा ‘हरेक बटुवाले यसलाई एक घुस्सा हान्नू’ भन्ने
लेखेर टाासिदिन्छ । लगातार गोदाइ, भोक, तिर्खा, निद्रासमेतले कतिबेर थिलथिलिएपछि
त्यसका खोपडीमा ज्ञानको प्रस्फुटन हुन्छ । फलत: परबाट अर्को बटुवा आएको
देख्नासाथ ऊ एकालाप सुरू गरिहल्छ । त्यसमा ऊ स्वर्गवासी मातापितासाग बात
मारिरहेको हुन्छ । बटुवा छक्क परेर एकछिन सुनिरहन्छ । ऊ दुखसुखका कुराबाहेक
स्वर्गीय मातापिताबाट ऋण धन, लिनदिन, सााधसीमाना आदि घरव्यवहार सम्बन्धी
कतिपय जानकारी पनि लिइरहेको हुन्छ । संयोग त्यस बटुवाका पनि कुनै प्रियजन
भरखरै स्वर्गीय भएकोले उसलाई पनि कुरा गर्न पाएहुन्थ्यो भन्ने लागिहाल्छ र
पाठकलाई अनुमान भैसक्यो होला, बोरामा दश मिनेटको लागि भनेर बटुवाले प्रवेश
गर्छ र हाम्रो मिस्टर चोरले चम्पट कस्छ ।
तीस–चालीसको दशकतिर प्राथमिक उपचारको तालिम क्रममा जहाा जहिले
जस्तो अवस्थामा पनि मानिस साधनविहीन हुादैन भन्ने बताउादै प्रशिक्षक स्वेडिस
स्वयंसेवक होल्गर लिप्पेले भनेको सम्झिन्छु । थ्यग बधिबथक जबखभ तजचभभ तजष्लनकअयितज,
जबलमक बलम दचबष्ल। ब्रेन अर्थात् मष्तिष्कले उपाय सोच्छ, जसको अन्त्य हुादैन,
उनका भनाइको तात्पर्य थियो । त्यो सोचाइ (यथार्थको सूचना, हौसला, कामको
योजना, आवश्यक सहयोगको माग इ.) मुखबाट भाषाका रूप र माध्यममै उपचारको
पात्र र समाजका अरू मानिससम्म पुग्छ र काम बनाउन सम्भव हुन्छ ।
भाषाको महत्वका बारेमा जति कुरा गरे पनि धित मर्दैन, अथवा पर्याप्त हुादैन।
यस प्रसङ्गमा म बाइबलमा उल्लेखित बेबेलको धरहरा (त्यधभच या द्यभदभ)िको
कुरा गर्ने रहर रोक्न सकिरहेको छुइान । त्यो एउटा छोटो किस्सा हो जसमा मानिस
एउटा सिाढी बनाएर स्वर्गमा धावा बोल्ने काममा यस्तरी जुट्छन् र यति धेरै सफल
रजस्थल
भैसक्छन्, स्वर्ग अब धेरै टाढा रहादैन, स्वभावत: स्वर्गमा ठूलो हल्लाखल्ला मच्चिन्छ।
त्यसो त देवताहरूका निमित्त त्यो सिाढी भत्काइदिन वा हजारौा लाखौा मान्छे नै
मारिदिएर त्यो योजना भताभुङ्ग पारिदिन कुनै गाह्रो थिएन तर उनीहरू गम्भीर
थिए मानवले फेरिफेरि त्यस्तो योजना कार्यान्वयन गर्ने र कुनै न कुनै दिन सफल
हुने कुरामा । अत: उनीहरू त्यसको स्थायी समाधान चाहन्थे जुन पाइरहेका थिएनन्।
अन्त्यमा उनीहरूमा त्यो उपाय फुर्यो । त्यो थियो सबै मानव समुदायका भाषामा
भिन्नता उब्जाइदिने ! वस, उनीहरूले अविलम्ब समुदायपिच्छे भिन्नभिन्न भाषा हुने र
उही समुदायको उही भाषा पनि समय, ठाउाअनुसार भिन्न भैरहने वा एकनास नरहने
बीऊ छारिदिहालेछन् । त्यस दिनदेखि मानिसलाई आपसमा लड्नै भ्याइनभ्याइ भएको
छ एकार्काको पुख्र्यौली, जात, थर, वंश पहिल्याएर को ठूलो र को सानो हिसाब गरेर
अनि स्वर्ग जाने त के आफ्नै हालतको सुद्धी लिनेसमेत फुर्सत् छैन । उता देवतालाई
भने आनन्दैआनन्द !
यही कथाको अलिक भिन्न संस्करण पाठ्यपुस्तकमै पढिएको थियो कक्षा
चार/पााचतिर लेप्चा जातिको लोककथा भनेर । त्यसमा चाहिा धरहराले आकाश
छोएपछि छेडेर अगाडि बाटो बनाउन माथि हुनेले तलकासाग एउटा टाागो पठा भन्छ।
तर तलकाले काटेर ढाल भनेको बुझ्छ र सााच्चै काटेर लडाइदिन्छ । फलस्वरूप
उनीहरूको योजना त सफल हुादैन नै, उनीहरूमा कहिल्यै नमेटिने फाटो पनि हुन्छ
कारण एकथरीले जानाजान लडाएको आरोप लगाउाछन् । यसबाटचाहिा भाषाको
प्रयोगमा प्रशस्त असमझदारी, भ्रम र दुरूपयोग हुनसक्ने र त्यसको मनग्गे दुरूपयोग
हुनसक्ने यथार्थ पनि चरितार्थ हुन्छ । विश्वसम्पर्क र विश्वमामिलाको क्षेत्रमा अङ्ग्रेजी
भाषाको र अङ्ग्रेजी जान्ने समुदायको दबदबा रहेको सबैले जानेबुझेको कुरा हो ।
यसैबाट के पनि खुल्छ भने मानवीय सिर्जना वा कलामध्ये सबैभन्दा महत्वपूर्ण,
प्राथमिक र शक्तिशाली सिर्जना वा कला भाषा र भाषाको प्रयोगमा प्रवीणता नै हो ।
यसैले एक मान्छेलाई अर्कोसाग, एक समुदायलाई अर्कोसाग र एक राष्ट्रलाई अर्कोसाग
जोड्छ (वा तोड्छ) र एउटालाई अर्कोभन्दा उच्च र आदरणीय वा त्यसको विपरीत
बनाउाछ पनि ।
तर भाषामात्र भएर नपुग्ने, त्यसलाई प्रभावशाली ढङ्गले प्रयोग गर्न सक्ने
भाषिक कला (चजभतयचष्अ) सन्दर्भ र प्रसङ्गअनुसार शब्दको छनोट, प्रस्तुतिको
सीप, भावभङ्गी र त्यसलाई पुष्टि गर्ने परिवेशीय हैसियत, आत्मविश्वास, ज्ञान
वा जानकारीको भण्डार आदि पनि भाषासँग जोडिएका त्यसका अभिन्न पक्ष हुन् ।
भानुभक्तले ‘विद्वान् जन्ले लोहालाई बेच्नु छैन’ भनेर जोसुकैलाई भनेको भए पक्कै
काम हुने थिएन न बन्दुकवालाले नै त्यसरी खुरूक्क दिहाल्थ्यो होला !
तर मान्छेका यस्ता सबै सहायक व्यवहार भाषासँगै सुरू हुन्छन्, भाषामार्फत नै
प्राप्त हुन्छन् र भाषाकै रूपमा प्रयोग पनि हुन्छन् । अत: प्रमुखचाँहि भाषाको ज्ञान नै
रजस्थल (भानु विशेषाङ्क–२०७०)
हो । जे होस् मनुष्यको मानुषिक, जातिको जातीय तथा राष्ट्रको राष्ट्रिय एवं सभ्यताको
ऐन्धनिक (उचयउभििष्लन) तथा सांस्कृतिक सबै दृष्टिले सबैभन्दा ठूलो परिचायक
तथा सहायक स्वरूप पनि, औजार वा उपकरण पनि, अलङ्कार पनि, परिष्कारको
संवाहक पनि र उद्र्धगमनको वाहन (खभजष्अभि) पनि भाषा र भाषाका कलेवरमा
प्राविधिक–प्राज्ञिक (सङ्कलनात्मक/वर्णनात्मक/विश्लेषणात्मक—अभिधात्मक) र
भावुक सिर्जनात्मक—अभिव्यन्जनात्मक लोकसाहित्य (वाचित) तथा अभिलेख साहित्य
(लिखित) का रूपमा विरचित/व्यवहृत हुने सबै भाषिक सिर्जना र सिर्जनाको त्यस
समग्र संप्रवाहमा अभिसिञ्चित वा परिमिलित (उभचmभबतभम) सूचना वा अभिज्ञान,
सौन्दर्यिक–वैनोदिकता तथा भावनात्मक विचार वा वैचारिक भावना र ती सबैको
भण्डारण वा सङ्ग्रह पनि भाषा नै हो, भाषामै हुन्छ भाषाकै रूपमा र भाषा मार्फत
नै हुन्छ । अत: भाषाको अभावमा न मानुषिकता हुन्छ, न जाति–राष्ट्र–सभ्यता । त्यस
अवस्थामा त्यो जनावर, पशु आदि भनिने सजीव वस्तुहरूभन्दा एक तहमात्र भिन्न
एउटा बथानमात्रै हुन्छ । तर भाषाको उपस्थिति हुँदा त्यस्तो निश्चित वा आधिकारिक
मानव समुदाय (जाति) र राष्ट्र नभए पनि सभ्यता भने रहिनै रहन्छ । आज आर्य
जाति र उनीहरूको आर्याव्रत (उहीउही)नभए पनि संस्कृत तथा रोम र रोमेली जनता
नभए पनि ल्याटीन भाषा र तिनीहरूमा सन्निहित वाङ्मयिक, प्राज्ञिक, साहित्यिक सबै
भण्डारण (उचयउभचतथ) र त्यसको कलेवर, पौष्टिकता तथा आँच छँदैछ । यो अलिकति
लम्तिएको सान्दर्भिक विमर्शका प्रकाशमा भानुभक्तका बारेमा कुरा गर्दा उनलाई स्व.
बालकृष्ण समले भाषाभक्त, रामभक्त र देश वा राष्ट्रभक्तसमेत तीन भक्त भनेको
सम्झना हुन्छ । त्यसमा दुईमत छैन पनि । तर उनका भाषाबाहेकका यी दुई र त्यहाँ
नपरेका अन्य दुई भक्त्याइँ पनि भाषाकै बुइचढेर आउँछन् भाषाकै माध्यमबाट तथा
भषाकै भेषमा र भाषाभित्रै अभिसिञ्चित (उभचmभबतभम) भएर । कारण रामभक्त भए
उनी रामको गाथा फिाजाएर जुन भाषामार्फत् भाषाकै रूपमा भयो । उनीसाग भाषाको
ज्ञान र प्रयोगकुशलता थिएन भने उनले रामायण लेख्न (वा अनुवाद गर्न सक्ने
थिएनन् । त्यस अवस्थामा उनी सामान्य नेपाली (खस) भाषी त रहने थिए तर यस्ता
भाषाभक्त हुनेथिएनन् सागै रामभक्त पनि र यस्तो विशेष उल्लेखनीय राष्ट्रभक्त पनि।
अत: उनी मूलत: भाषाभक्त नै हुन् ।
उनी राष्ट्रभक्त पनि हुन् कारण उनले घाासीले जस्तै आफ्नो कीर्ति रहने
कुनै काम गर्नुपर्छ भन्ने सोच आएपछि के गर्ने त भन्ने सन्दर्भमा धर्मशाला वा
पुल बनाउनेभन्दा ठूलो जनतालाई रामगाथा सुनाउने र त्यसमार्फत् रामले जस्तै
पितृभक्त हुने र गृहस्थी धर्म निर्वाह गर्ने सन्देश दिएर उनीहरूको आत्मिक उत्थान
गर्न सघाउने सोच बनाए । यसबाट उनले विशेष जनहितकार्य गरेर त्यसमार्फत्
कीर्तिवान् रहने मनसुबा देखाएको खुट्टिन्छ । उनी आजीवन त्यसमा लागिरहन्छन् पनि
अत: त्यो भनेको राष्ट्रभक्ति वा देशभक्ति नै हो । उनको यो भक्त्याइा पनि भाषाको
रजस्थल
बुई चढेर नै आउन सफल हुन्छ । अत: उनी पहिले भाषाभक्त नै हुन् ।
तर उनको व्यक्तित्व र कृतित्वमा गौरगर्दा उनलाई महसुर अथवा पक्का
काम वा कत्र्तव्य भक्त पनि देखिन्छ । उनले जुन दिन वा जुन क्षण ‘मेरा इनार न
त सत्तल पाटी क्यै छन्’ ‘धिक्कार हो मकन बस्नु नराखी कीर्ति’ भने र त्यसका
निमित्त रामकथा लेखेर प्रचार गर्ने निधो गरे त्यस दिन वा क्षणदेखि उनको जीवन
त्यस कार्यको सम्पादनका मार्गमा गतिशील भयो र मृत्युपर्यन्त अबिराम चलिरह्यो
कर्मण्यैवाधिकारस्ते माफलेषु कदाचनको जीवन्त प्रतिमान बनेर । उनले घाासीबाट
कुनै कीर्तिमानी काममा जीवन लगाउनु पर्ने ज्ञान पाएजस्तै हामीचाहिा उनीबाट
त्यो ज्ञान प्राप्त गर्दछौा । अत: उनी काम वा लक्ष्यभक्त पनि हुन् । उनले हामी आम
सर्वसाधारणजस्तो कहिले छोड्ने कहिले थाल्ने गरेनन् लागेपछि लागेका लाग्यै गरे र
दिक्क वाक्क मान्दै झर्कोफर्को नभै प्रेम र चाहनाले गरे ।
उनले यो काम यसरी गरे मूलत: नाम वा कीर्ति रहोस् भनेर । अत: उनी
नामका पनि भक्त हुन् भन्नु अन्यथा हुादैन । घाासीको विचार सुनेपछि सर्वप्रथम
उनलाई आफ्नो नाम वा कीर्तिकै फिक्री भएको हो । त्यसका निमित्त गर्नुपर्ने कामका
रूपमा नै नेपालीमा रामायण लेखन गर्ने रोजेका हुन् । उनले कृष्ण वा अरूबारे
पनि लेख्नसक्थे तर उनले रामलाई नै रोजेकाले उनी रामभक्त पनि भए । यो काम
अर्थात् यो लेखन उनले नेपालीमा गरे सम्भवत: किनभने प्रचलित भाषाहरूमध्ये बढी
संचरित र संस्कृतपछि बढी समृद्ध त्यसैले उनका उद्देश्यका निमित्त बढी सक्षम भाषा
यही थियो । यसबाट, उनको यस कार्यबाट अचेल ‘टु इन वान’ भनेजस्तै ‘फाइभ इन
वान’ काम भयो । भाषासेवा, जनसेवा वा राष्ट्रसेवा, ईश्वरसेवा, कामसेवा र अन्तत:
स्वयंको सेवा । तर उनले काम गरेका भने आफ्नो नाम र कीर्तिका लागि नै हो ।
उनको रोजाइ, काम गराइ, काम गर्ने सीप, लगन र यसबाट निस्किने निष्कर्षअनुसार
शिक्षा, चरित्र, भावना आदि आधारभूत किसिमले उनी उर्वर सोच, दृढ अठोट भएका
प्रयाप्त शिक्षित, सक्रिय वा जाागरिला उभचकभखभचबलत र असल मानिस भएकाले एउटै
उद्देश्यका लागि काम गर्दा त्यसका अन्य चार उपलब्धि पनि हासिल भए । प्राय: सबै
काममा यस्तै हुन्छ । भात पकाउादा भोजनबाहेकै न्यानो पनि पाइन्छ, व्यस्तता पनि
र अरूलाई खुवाउने पुण्य पनि ।
उनको त्यस कामले कालान्तरमा यति ठूलो योगदानको जस ल्याउने उनले
सायद सोचेका थिएनन् त्यसवेला । तर उनको कामको सबैभन्दा ठूलो योगदान
भाषाका क्षेत्रमा भयो किनभने त्यसले भषासागै भाषामार्फत् राष्ट्रसेवामा अतुलनीय
योगदान पुर्यायो । यसरी उनी नामकामात्र होइन पााच कुराका भक्त भए—नाम, काम,
भाषा, राष्ट्र र भगवान् । आज द्विशतवार्षीकीमा यस रजस्थलमार्फत् यी महान् वरेण्य,
अनुकरणीय पूर्वजप्रति शतशत नमन ।
prakashmanidahal@gmail.com