Social Icons

भानुको भाषा र असारको शून्य दिन - रजनी ढकाल


समयसाग बेखबर चेतना र आकाशभरि धुम्मिएको बादल एउटै रूपका प्रतिमूर्ति
लागिरहेछन् । चुपचाप सुतिरहेका टेलिफोनका तारहरू, आवाजहीन शून्य मस्तिष्क
पनि उस्तै उस्तै लागिरहेछन् । बन्द कोठामा खबरहीन भएर निस्क्रिय रहनु कुनै सुन्दर
सङ्केत होइन जीवनको । यसैले त यस्तो लागिरहेछ ।
आज भानु जयन्ती । १९६ औा भानु जयन्ती । अनि आज असार २९ गते । तर
न भानु जयन्तीको उमङ्ग छ न असारको झरी छ । न कुनै चेतनाको निकास छ न
कुनै समयको विकास छ । किन समय यसरी चुपचाप छ ? किन अडिएको छ समय
क्रियाहीन चेतनामा गुजुल्टिएर ? यो असमयको चर्को घाम नेपालीहरूका थाप्लामा
किन यसरी बजारिइरहेछ ?
बिहानदेखि मनमा अनुभूतिका थुप्रै मूर्छनाहरू आए, गए । थाकेको छ मन
मनकै गनगने सोचाइहरूसाग । थाकेको छ समय कुनै परिवर्तनहीन परिस्थितिसाग ।
हो, यही अन्योलको बादलमा अडिएको छ मेरो देशको समय, असारलाई क्रियाहीन
बनाएर, वर्षादलाई रोकेर । पानी बोकेर पनि नवर्षिने बादल जसरी कृषकको लागि
एउटा व्यङ्ग्य हो, अनुभूति मनभरि गुम्फिएर पनि नलेख्ने कलम लेखकको जीवनको
खिसिट्युरी हो । आज आफैंलाई व्यङ्ग्य गरिरहेछ मेरो मन यो देशका नेताहरूको
मनमा रूपान्तरित भएर ।
आज बादल कुन समयको बदला लिइरहेछ । बुढिादै घुाडा टेक्न थालिसकेको
धानको बीऊसाग टेक लिने बादललाई देखेर मुर्म‘रिइरहेछ मन । पानीको तिर्सनामा
पटपट फुटिरहेका खेतका गराहरू देखेर दुखिरहेछ मन । उफ् ! नेपाली जनताको
चाहनाको खेतमा कहिल्यै समयमा रोपाईा हुने भएन । कहिले हुन्छ खै संविधानको
रोपाईा ? अनि कसरी भित्रिन्छ नेपाली जनतामा शान्तिको मङ्सिर ?
आजको दिनप्रति कुनै भ्रम छैन । यो असारको महिना हो । आज भानु जयन्ती
पनि हो र हो यो फुर्सदिलो समय, एउटा कलमको लागि । देखिरहेछु कुनै परिस्थिति
पनि स्वीकार्न लायक छैनन् । आकाशभरि धुम्मिएको छ बादल । न तर्किन्छ, न बर्सिन्छ।
तल किसानहरू खेतका गरामा खोस्रिन खोजिरहेछन् । पानी खोजिरहेछन् रोपाईा गर्न,
न खोलो छ, न कुलेसो छ, न आकाशको पानी छ । खोलो र कुलेसो भए त असार
किन कुर्थे किसानहरू ? छैन र त आकाशको भर परिरहेछन् ।
न बर्सिन्छ आकाश, न खुल्छ उनीहरूको निकास । बुढिएर घुाडा टेकेको धानको
रजस्थल 
बीऊले हेरिरहेछ आकाश, किसानको कोदालोले हेरिरहेछ आकाश, खेतका गराका चिरा
परेका धााजाहरूले हेरिरहेछन् आकाश । सबैको केन्द्रबिन्दु उही आकाश छ । एउटै
आकाश छ । तर आकाश निराश पारिरहेछ सबैलाई । आध्यारो बादलमा मात्रै रिसाउन
जानेको छ । धुम्मिएर गजधम्म बसिरहेछ नेपालीको भविष्यको संविधान लेख्न कुनै
निकास दिन नसक्ने नेपाली नेताहरूझैं । यो मौसमको असारले पनि कसरी चिनेको
छ यो देशको असारलाई । कुनै निकास नहुने अल्मलिएको क्षणसाग मितेरी गाासिरहेछ,
समयले यसरी पनि चिन्ने रहेछ देशको अवस्था ।
झाडापखालाले सोत्र्यान भएको जाजरकोट र रुकुमका गाउाहरूमा पनि सायद
यसरी नै अडिएको छ असार । पानीविहीन, औषधीहीन असारका गर्मी दिनहरूले
मच्चाएको महामारी सुन्न व्यस्त छु म कोठाभित्रै । यी समाचारका हरफहरूमा,
टेलिभिजनका दृश्यहरूमा चीत्कार भर्ने असारलाई कसरी स्वीकार्छ र यो मनले, नेपाली
मनले । तर विवश छ, आफू अगाडि घटेका घटनाहरू निरीह भएर हेरिरहन । के सधैं
अभिशप्त जीवन बााच्नु नै नेपालीको नियति हो ? नेताहरू आकाशमा हेलिकप्टर लिएर
घुमिरहन्छन्, तल जनताहरू औषधी नपाएर मर्छन् । हेलिकप्टरमा उडेर आकाशबाट
हेर्नु नेताको कर्तव्य हो अनि औषधीविहीन मर्न जनताको नियति । नेपाली समाजका
हिजोआजका दिनहरू यसैगरी हिंडिरहेछन् । यो असार दिन नेताको कर्तव्यको आकाश
भएर टाागिएको छ त जनताको विपन्नता, दुर्भाग्य र अभिशाप भएर धरधरी रोइरहेको छ ।
हैन, आज भानु जयन्ती ! केही त गर्नै पर्छ, खै के गरौा । किन लेखिन्न कलमले,
किन बोधो भएको छ मस्तिष्क ? के असार आउनु भनेको भानुजयन्ती पनि आउनु हैन
र ? के भयो, आज बादल लाग्ने नै भयो त यो मनमा पनि । किन गाइादैन रामायणको
श्लोक आज, किन सुनिंदैन असारे गीत आज ? खै कतै केही सुन्दिना ।
जताततैबाट म बेखबर छु या समय बेखबर छ नेपाली समाज र संस्कृतिसाग ?
मनमनमा न रोपिएसम्म कविताका बीऊहरू कसरी हुन्छ भानुजयन्ती ? मनमनमा
नलेखेसम्म नेपाली भाषाले आफ्नो रूप कसरी, बनाउाछ र कसरी हुन्छ भानुजयन्ती ?
आज नेपाली भाषिक अस्तित्व नै खतरामा पर्न लागेका वेला, यही भाषाले जोडेका
नेपालीहरू आपसमा तेरो र मेरो भाषा भनेर फुट्न लागेका बेला कसरी खुसी होला
भानुभक्तको आत्मा ? देशको धड्कन संसदमा विदेशी भाषाबाट बारम्बार बलात्कृत
भइरहेछ नेपाली भाषा !
कसरी धरापमा पार्न सक्छन् हा नेपाली भाषालाई नेपालीहरूले ? के सााच्चै अहिले
असारले असारलाई बिर्सिए जस्तै होला ? के आफ्नो धर्म बिर्सिएको असारझैं कृतघ्न
बन्लान् नेपालीहरू नेपाली भाषाप्रति ? नेपालीहरूका बीचमा नेपाली भाषाले पाएको
सम्मान के यसरी नै उखेलिंदै जाला ? उफ्, यही भाषाले बााधेको जातीय एकतामा
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
आज किन भाषिक महाभारत देखिरहेछु ?
माफ गरिदेऊ भानुभक्त, यदि यस्तो दिन आएछ भने पनि । किनकि नेपालमा
समय उल्टिएको छ । यहाा प्रकृतिले त आफ्नो नियम बिर्सिन थालेको छ । हो, यहाा
सबैले आफ्नो स्वरूप र स्वभाव भुल्न थालेका छन् । कुनै दिन तिम्रो पुनरागमन
होला र सम्झाउाला यी अविवेकी आफन्तलाई । अनि माफ गरिदेऊ मलाई, मेरो लेख्न
नसक्ने कलमलाई । आज, यो पवित्र दिनमा पनि जन्माउन सकिन कुनै सुन्दर गीत
वा कविता, लेख्न सकिन कुनै गतिलो निबन्ध ।
आज नेपाली भाषाको कुलोमा बगेर तिम्रो मनको खेतमा रोपाईा गर्न आउन
चाहने मेरो इच्छाको असार शुष्क छ । आएछ भने कविताको बाढी कुनै दिन
धमिलो मन लिएर भेट्न आउने छु तिमीलाई ।
(२०६६ भानुजयन्ती, डायरीबाट)
प्रतिज्ञा मैले यो यमसित गर्‍याा जन्मि अब ता
सिताराम् भज्न्याछू विषयहरूमा छोडि ममता
प्रतिज्ञा सो बिर्सीकन जन धनै खोजि भुलियो
सिताराम् भज्न्या हो शिव शिव उसै आज भुलियो।१।
सिताराम् भज्न्याछू भनिकन प्रतिज्ञा अघि गरी
गयाको होस् आयीस् कति दिन भजिस् भन् अघि सरी
यसो भन्नन् ख्वमित् मकन यमराज् तेस् बखतमा
कसो भन्नू मैले भुलिकन रह्याा येस् बखतमा।२।
गयो बालक् काल्को वय पनि उसै बालरसले
यसै रित्ले यौवन् पनि बितिगयो मोहवशले
भयो वृद्धावस्था अझ पनि भजीादैन मनले
कसो गर्नन् ख्वामित् मकन यमका दूतहरूले।३।
घडी दिन् पक्षै मास् ऋतु अयन यै काल गतिले
घट्यो आयू मेरो विषय अझ खोज्दैछ मनले
कृपानाथ् हे स्वामी अब कसरि संसार तरुाला
कृपा राख्या जावस् नतर त अनाथ् बीच परुाला।४।
(भक्तमाला, १–४)
 
" "