Social Icons

भाषा वाङमयका युगपुरूष आचार्य - परशुराम तिमसिना


मृत्यु अवस्यम्भावी छ । यो कसैले टारेर टर्दैन । यस धर्तीमा जन्म लिने सबै
प्राणीहरू समयको चक्रसागै एकदिन मृत्युवरण गर्न पुग्छन् र त्यसपछि क्रमश:
तिनीहरूको नामोनिसान पनि हराउादै जान्छ । यस धर्तीमा अवतरण गर्ने प्राणीहरूमध्ये
मान्छेलाई सर्वश्रेष्ठ प्राणी मानिन्छ । यो पनि मृत्युदेखि अछुतो छैन, जन्मन्छ, मर्छ । तर
कोही कोही यस्ता मानिसहरू पनि छन् जो मरेर पनि आफ्नो यशस्वी कर्मका फलले
गर्दा कहिल्यै मर्दैनन् तिनीहरूको स्थूल शरीर नष्ट भएर जान्छ तथापि अमरत्व प्राप्त
गर्न सफल छन् । यस्तै अमरत्व प्राप्त गर्न सफल व्यक्तित्वहरूमध्ये नेपाली भाषा र
वाङ्मयका प्रवर्तक आदिकवि भानुभक्त आचार्य हुन् ।
भानुभक्तले नेपाली भाषामा रामायण लेखे तर रामायण लेखे भन्दैमा उनलाई
हामीले धर्मगुरू वा हिन्दूधर्मका प्रचारक मात्र मान्यौं भने उनीप्रति ठूलो अन्याय हुने
छ । उनी त नेपाली भाषा र वाङ्मयका युगपुरूष र प्रवर्तक हुन् । यसो भन्दैमा
भानुभक्तभन्दा अगाडि नेपाली कविहरू थिएनन् भन्ने होइन । सुवानन्द दास, इन्दिरस,
विद्यारण्य केशरी, शक्ति वल्लभ, उदयानन्द, वसन्त शर्मा, गुमानी पन्त, यदुनाथ
पोखरेल, रघुनाथ भट्ट आदि थिए तर उनीहरूका कवितामा क्लिष्ट शब्द शैलीको
भरमार प्रयोग भाषागत क्लिष्टता, संस्कृत तथा हिन्दी भाषाका शब्दहरूको सम्मिश्रण
आदिका कारण सर्बसाधारणले त के पढेलेखेका विद्वत् वर्गलाई समेत उनीहरूका
कविता बुझ्न गाह्रो पर्छ । उदाहरणार्थ केही कविका केही कवितांशलाई हेरौं :–
चीर खैंचत दुशासन घेरी
आई नाथ शरणागत तेरी
लाज राख कुरूका बिच मेरी
हुागि मै जनम जन्मकी चेरी । १ । द्रौपदी स्तुित
(विद्यारण्य केशरी)
चरण्पद्ममा पैजनी वाहुलीमा
क्वणत् कंङ्कणै किङ्किाणी छन् कटीमा
द्विजामी असल् पैह्री खेल्दा झटक् त्यो
सदा सम्झादा छाति मेरो भरिन्थ्यो । २ । कृष्ण चरित्र
(यदुनाथ पोखरेल)
वचन् राखी आया रघुवर पिताको सहजमा ।
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
उ आफ्नू मन्दिर्मा जनकतनयाका नगिचमा ।।
कमल् जस्ता कोमल् चरण ति पखाली जल पिइन् ।
सुवर्णैको सिंहासन तहिा लगि बैठन दिईन् । ।
(रघुनाथ भट्ट, रामायण सुन्दरकाण्ड)
भानभु क्त आचायर्  नपे ालका गाउ ा घर, लके बसें ी, शहर बजार घमु ी नपे ालीका घर
आागनमा बोलिने र व्यवहारमा दिनप्रतिदिन आउने शब्द र लवजसाग परिचित भै सकेका
हुादा उनले आफ्ना कविता र श्लोकहरू उनीहरूकै शब्द र लवजमा लेखिदिए । त्यसैले
उनका कविताहरू सबै ठाउामा नेपालीहरू रुचिका साथ पढ्छन् र पढ्न नजान्नेहरू
पनि अरूलाई पढ्न लगाई सुनेर आनन्द लिन्छन् । रामायण कै भाषानुवादलाई हेर्दा
पनि हिन्दी र संस्कृतबाट प्रभावित कवि रघुनाथ भट्टको रामायणको सुन्दरकाण्ड र
भानुभक्तको रामायणको सुन्दरकाण्डको अनुवाद गर्ने कला आ–आफ्नै किसिमको देखिन्छ ।
रघुनाथ भट्टको सुन्दरकाण्डभन्दा उनका रामायणका अन्य भागहरू भेटिएका छैनन् ।
रघुनाथ भट्टको रामायणको सुन्दरकाण्ड यसरी सुरू भएको छ :–
अगम बल लगाया सिन्धु गोखुर् बनाया,
असुरदल जलाका मेरूकाया बनाया ।
सुमति गुण चलाया धन्य ती फेरि आया,
कपिपति कहलाया रामको प्रेम पाया ।।
भानुभक्तको रामायणको सुन्दरकाण्ड चााहि यसरी शुरू भएको छ :–
तर्छू क्षार समुद्र आज सहजै भन्या इरादा धरी ।
श्रीराम्का चरणारबिन्द मनले अत्यन्त चिन्तन् गरी ।।
भन्छन् वीर्हरूलाई तााहि हनुमान् हे वीर हो ! पार् तरी ।
सीताजीकन भेट्तछू म अहिले जान्छू बडो बेग् गरी ।
अध्यात्म रामायण नै यी दुई कविका कविताका आधार भए तापनि भाषामा
ठूलो अन्तर छ । रघुनाथ भट्टको सुन्दर काण्डमा भाषालाई भन्दा कथालाई बिशेष
महत्व दिएको देखिन्छ भने भानुभक्तले चााहि मूल विषयवस्तुलाई नछोडी बरू मूलमा
नभएका एकदुईवटा पद थपी भाषालाई रसिलो र स्वादिलो बनाएको पाईन्छ । त्यस्तै
रघुनाथ भट्टका कवितामा भन्दा भानुभक्तका कवितामा नेपालीपन बढी पाईन्छ ।
त्यसरी नै कविका काव्यमा हुनुपर्ने गुणहरू लालित्य, सरलता र विचारको मौलिकता
भानुभक्त आचार्यका रामायण र अन्य कविता कृतिहरूमा पाईन्छ भने भानुभक्त
आचार्य पूर्वका कुनै कविका कविताहरूमा यस्ता गुणहरू पाईदैनन् ।
भानुभक्तको रामायण र उनका अन्य कविताहरूमा देशप्रेमको भावना प्रकृति
वर्णन त्यतिकै पाईन्छ र अन्य भाषाका शब्दहरू आफ्ना कविताहरूमा नपरून् भन्ने
रजस्थल 
तर्फ पनि उनी ज्यादै सचेत देखिन्छन् । यिनीमा भएको अर्को विशेषता रामायण र
अन्य कविताहरू ज्यादै सुवोध, सरल, सरस र जति पढेपनि अल्छी नलाग्ने बरू अझ
पढौं पढौं लाग्ने छन् । आज पनि उनको रामायणलाई अति रुचिका साथ पढिन्छ
र पढाईन्छ । कुनै पनि कृतिकारको मूल्याङ्कन, कृतिगत विशेषता र त्यो समयको
आधारमा गर्नु पर्ने कुरामा भानुको मूल्याङ्कन गरिएको पाईन्छ । त्यसै आधारमा
भानुभक्तलाई आदिकविको उपाधि प्राप्त भएको हुनुपर्छ ।
भानुभक्त आचार्य हिन्दी भाषामा रामायण लेख्ने तुलसीदास, बंगाली भाषामा
लेख्ने क्रितीवास, र तामिल भाषाका कम्बर जस्तो रामको गुणगान र महिमामा जीवन
बिताएका सन्त होइनन् । लोकमा उनी गृहत्यागी सन्त नभै गृहस्थी जीवन बिताएर
नेपालीमा रामायणको अनुवाद गर्ने कविका रूपमा स्थापित भए । उनी स्पष्टवादी,
निर्भीक व्यक्ति थिए भन्ने कुरा यिनको जीवनका विभिन्न प्रसङ्ग तथा घटनाक्रमले
पुष्टि गर्दछन् । गिरिधारी भाटसागको जग्गा विवाद, गजाधर सोतीलाई लेखेको पत्र,
पाल्पाली मित्रलाई लेखेको पत्र, कृष्णबहादुर राणालाई लेखेको पत्र, नेपाली सरकारी
कार्यालयको ढिलासुस्तीका विषयमा गरिएको व्यङ्ग्यात्मक कविता आदिबाट पुष्टि हुन्छ ।
नेपालका सरकारी कार्यालयहरूमा हुने गरेका ढिलासुस्तीप्रति गरेको तीखो प्रहारले
नै माथिका कुराहरूको पुष्टि गर्दछन् । भानुभक्तका बारेमा जति लेखे पनि सकिन्न ।
नेपालीमा भानुभक्तको बारेमा लेखिएका कृतिहरू जति छन् अन्य साहित्यिक स्रष्टाहरूको
बारेमा सायदै होलान् । उनको लेखनमा कृत्रिमताको सट्टा स्वाभाविकता, क्लिष्टताको
सट्टा सरलता, सहजता, नीरसताको सट्टा सरसता पाईन्छ । भानुभक्त आदिकवि
हुन् वा आदिकवि होइनन् भन्ने विषयमा अल्मलिनुभन्दा पनि उनलाई उनकै युगका
कविहरूका बीचमा अन्वेषण गर्नु र मूल्याङ्कन गर्नु बढी सान्दर्भिक होला । अस्तु: ।
(मेचीनगर–४, मागुरमाडी, ९८४२६५५६०३)
अपार संसार समुद्रमाहाा
डूब्याा शरण् कुन् छ मलाई ञाहाा।।
चााडो कृपाले अहिले बताऊ
श्रीकृष्णको पाउ छ मुख्य नाऊ।।
कुन् हो सदा बन्धनमा पऱ्याको
जस्ले छ यो मन् सुखमा धर्‍याको
मुक्ती भन्याको त पदार्थ कुन् हो
वैराग्य भन्नू चिज जान्नु जुन् हो ।।
ठूलो नरक् कुन छ भनेर जान्नू
यही शरीरै छ भनेर मान्नू।।
कस्तो स्वभाव् स्वर्ग भनेर जान्नू
तृष्णा छुट्या स्वर्ग भनेर मान्नू।।
कुन् ज्ञान् छ ठूलो भनि लीनु पन्र्या
वेदान्तका ज्ञान छ दु:ख हन्र्या
कुन् हो सहज् मोक्ष गराइ दीन्या
ज्ञान् हो अरुको किन नाम लीन्या।
(प्रश्नोत्तरमाला, १–४)
 
" "