यतिखेर दिनको ठीक पााच बजेको छ । बिहान साढे ६ बजे प्रारम्भ भएको जागिरे
दैनिकीबाट एक घण्टा अगाडि अर्थात् चार बजे निवृत भएपछि धुनिबेसी आदर्श क्याम्पस
कार्यालय अगाडि महेशधर्म उच्च माध्यमिक बिदालयको छतमा थुचुक्क बसेर वरिपरिको
परिवेश नियाल्दै भरदिनको थकान मेटाउने प्रयास गरिरहेको छु । समय बेलगाम
कुदिरहेछ । यताउति पोखिन खोज्छन् आाखा । खोज्छु भेट्न र प्रयत्न गर्छु वातावरणमा
हराउन । तर सक्दैसक्दिना । किन रु चित्तबुझ्दो र भरपर्दो उत्तर मैलाई थाहा छैन ।
एकतमास बनेको छ मन । गन्तव्य कता होला रु थकान अनुभव गर्दो हो कि नगर्दो
हो रु नगर्दो हो त ठीकै होला तर यदि गर्दो हो भने कहाा बसेर कसरी मेटाउादो हो
त्यसलाई रु पाइला कता पुगेर रोकिएलान् । कसरी हिंडिरहेको होला, किन हिंडिरहेको
होला । कसको लागि हिंडिरहेको होला । मनमस्तिष्क बारम्बार प्रश्न कोरल्दै जान्छ ।
सााच्चै हो, हिंड्नेहरू कसैलाई कुरेर बस्दैनन् । त्यस्तो इतिहासै छैन । यात्रामा
भेटिएकाहरूलाई साथ र हात दिनु अर्कै कुरा । कुर्नेहरू जीवनभर कुरेको कुर्यै हुन
पनि सक्छन् । त्यो देखेको मैले पनि छु । मैले मात्र हैन, धेरैले देखेका छन् । त्यस्तोको
सङ्ख्या हजारौंमा होला । अझै अगाडि बढ्दा लाखौं, करोडौं र अरबौंमा पनि पुग्न
सकिएला । त्यसैमा कैयौंको जीवन व्यय भएको छ । सायद परिस्थितिलाई आत्मसात
गरेरै ऊ एकोतार हिंडिरहेको हुनसक्छ कसैलाई नपर्खेर । उसका पाइला रोकिएको,
छेकिएको, थुनिएको वा घातक अवरोधमा परेको समेत छैन । सम्भवतस् त्यै भएर
होला गन्तव्य पथको पक्का यात्री त्यसलाई मैले देख्न, छुन वा भेट्न सक्दै नसकेको ।
त्यसो भए ऊ कहिलेसम्म हिंडिरहला त रु मनमा प्रश्नहरू बारम्बार जन्मन्छन्,
हुर्कन्छन् र बढ्न थाल्छन् । तर अहिलेसम्म मैले कसैलाई पनि सोध्न सकिरहेको छैन ।
तपाईं मलाई प्रतिप्रश्न गर्न सक्नुहुन्छ, किन रु सााच्चै हो धरोधर्म म आफैंलाई पनि
यसको जानकारी छैन । मात्र यति अनुमान गर्न सक्छु उसको गति, यति र लय केहीको
पनि कुनै भेउ छैन । कसैसाग बोलेको वा सुखदुस्ख साटासाट गरेको जानकारी समेत
छैन । कतै चौतारीमा सितल ताप्न बसेको वा उभिएरै थकाइ मेटेको पनि देखेको छैन ।
खुसी भएको वा रिसाएको अनुभव पनि सागालेको छैन । यतिचाहिा भन्न सक्छु मैले
जाने–बुझे वा देखेसुनेसम्म ऊ हिंडेको हिंड्यै छ । जाडो–गर्मी, हिउाद–वर्षा, सुख्खा–बाढी,
अहा केहीले कतै छेकवार लगाउन सकेको छैन । यसर्थ सहजताका साथ भन्न सकिने
अवस्था छ ऊ वर्षौवर्षदेखि हिंडिरहेछ आफ्नो विचार, चिन्तन र कल्पनाको धरातलमा ।
रजस्थल
आज २०७० साल चैत्र ३ गते सोमबार । साहित्यकार मिलन समीरको निक्कै
अघिको एउटा आग्रहले आाखामा उपस्थित भै औंला ठड्याइरहेको छ । समय नचिन्नेले
आफूलाई पनि कहिल्यै चिन्दैन । यो उक्तिलाई काट्न सक्ने हैसियत मसाग छादैछैन ।
त्यसैले चुपचाप छु, मौन छु र घोरिइरहेको छु । समय जति घर्कदैछ आग्रहको उपस्थिति
पनि सघन बनिरहेछ । ‘सर रजस्थल त्रैमासिकको भानु विशेषाङ्कका निम्ति एउटा
लेख उपलब्ध गराइदिनु होला’ एउटा शालीन आग्रह थियो उहााको’ । सहमतिको शिर
हल्लिएको थियो मेरो । उहाासागको जम्काभेट वा भलाकुसारीमा समय यथेष्ट रहेको
महसुस गर्दै आफैंलाई आश्वस्त पार्थें । ‘फागुन मसान्त अन्तिम टुंगो हो नि’ उहााको
पहिलो चेतावनीयुक्त आग्रहले यतिखेर भने भरपुर मात्रमा तर्साइरहेको छ । हरेक
सम्झनालाई समय छादैछ क्यारे, किन गर्नुपर्यो हतार भन्दै आजसम्म मौन बसेको म
यतिखेर भने हडबडीमा छु । चटारोमा छु र उपयुक्त अवस्थामा यथोचित काम गर्न
नसक्ने भनेर आफ्नो मूल्याङ्कन आफैं गरिरहेको छु । प्राप्त समयभन्दा तीन दिन
पछाडि छु । आवश्यक काम उपयुक्त समयमा गर्न नसक्ने कस्तो म रु किन समयभन्दा
अघि वा निश्चित समयमा काम गर्न तत्पर भइन रु आफैंलाई प्रश्न सोधिरहेको छ
मौन भाषामा । मैले जस्तै सबैले समयको मूल्याङ्कन गर्न जानेनन् भने के गति होला
देश, समाज र परिवारको रु व्यक्ति–व्यक्तित्वको, विचार–विश्वासको, आस्था–अठोटको,
उत्साह–उमङ्गको, जोश–जाागरको, तर एउटा कुरामा धेरै धेरै अघिदेखि निश्चिन्त छु
म बाहेक सबैले समयको महत्व अत्यन्तै राम्रोसाग जान्नु भएको छ, चिन्नु भएको छ
र बुझ्नु भएको छ । यसमा मैले शङ्का गरिरहनु नै पर्दैन ।
आफूले गर्नुपर्ने काम ठीक समयमा गर्न किन सकिन मैले रु ताजुप लाग्छ
आफैंदेखि । यतिखेर किंकर्तव्य विमुढ भएर सोचिरहेको छु । छ महिना अगाडि अवगत
कामसमेत ठीक समयमा नगर्ने कस्तो प्राणी म रु यो पनि कुनै तरिका हो रु यसरी
पनि कतै हिंड्न सकिन्छ वा गन्तव्य फेलापार्न सकिन्छ रु सााच्चै भन्ने हो भने यतिखेर
आफ्नै प्रश्नको उत्तर आफू स्वयम्साग छैन । अनि छैन भनेर डङ्का पिट्दैमा समस्याको
समाधान हुने कुरा पनि भएन । बुझेर यथासमयमै उपायको खोजी गर्नुपर्ने । परिस्थिति
आत्मसात गरेर अगाडि बढ्नु पर्ने । भनेको काम सके समयभन्दा अगाडि नै र त्यति
नभए यथासमयमा पूरा गर्नुपर्ने नैतिक दायित्व हुादाहुादै पनि किन अन्तिम पाइतो कुरेर
बसो रु यतिखेर आफैंदेखि लाज लागिरहेको छ । सायद त्यसैले होला मैले समयलाई
कतै देख्न, भोग्न, छुन, भेट्टाउन वा छाम्न केही पनि गर्न नसकेको । एउटा सत्य छ
सबैले स्वीकार्नु पर्ने र नस्वीकार्दा पनि खासै लछारपाटो नलाग्ने समयलाई पछ्याउन
नसक्नेले आफूलाई पनि पछ्याउन सक्दैन र अरू कसैको अघि वा पछि पनि लाग्न
सक्दैन । समयलाई नबुझ्नेले कुनै पनि हालतमा आफूलाई बुझेको र जानेको हुादैन ।
रजस्थल ९भानु विशेषाङ्क–२०७००
अनि आफूलाई नचिन्ने र नदेख्नेले अन्य कसैलाई पनि चिन्न, जान्न, बुझ्न र अनुभव
गर्न सक्दैन । म नढााटी भन्छु, माथिका यी सबै कुराहरूबाट पृथक रहेकाले म जहााको
त्यहीा र जस्ताको त्यस्तै छु वर्तमानको आागनीसम्म ।
पोथी कुखुरीले कोरेलेका भर्खरैका चल्लाझैं देखिएका छन् बारीका कान्लाहरू
नासपातीको फूलमा । अत्यन्तै मसिना चिचिला देख्न सकिन्छ लिचिमा, आापमा,
कटहरमा र आलुबखडामा । मौरीहरू भुन्भुनाइरहेछन्–कोइरालो, डुम्री, सिप्लिकान,
टााकी, खर्सेतोका फूल, चिचिला र पाउलाहरूमा । धुनिबेसी आदर्श क्याम्पसको
कार्यालय घनिष्ठ साथी बनिरहेछ । डढेलाले कालाम्मे बनेका डााडापाखाहरू ङिस्स
हाासेर हेरिरहेछन् यी सब परिदृश्य । पर–पर क्षितिजमा बिदार्थीहरू उकालो ओरालो
हिंडिरहेको मलिन दृश्य अनुमान गर्न सकिन्छ । जीवनको अर्थको खोजीमा रहेका ती
कतिले खोजेका कुराहरू कसरी प्राप्त गर्लान् मन प्रश्न जन्माउाछ र उत्तरका निम्ति
असरल्ल छाडिदिन्छ । इन्द्रथानको डााडो, चन्द्रागिरि, चित्लाङको डााडो, गुरदुमथली,
नागार्जुन र कोटखाल डााडाले मुस्कान साटिरहेछन् एकआपसमा । तर, यकिनका साथ
भन्न सक्दिना कसले कसलाई हेरेको हो वा कसैले कसैलाई पनि हेरेका हैनन् । कतै
मैलाई त हेरिरहेका हैनन् प्रश्न ठिङ्ग उभिन्छ । चोर आाखाले हेर्छु उनीहरूतिर, सबैले
मैलाई हेरेजस्तो पनि लाग्छ । किन हेरेका होलान् त जिज्ञासा उत्पन्न हुन्छ मनमा ।
सानो देखेर हेरेका होला, एक मन भन्छ । समय नचिन्ने फुच्चे मनुवा भनेर हेरेको
होला, अर्को मन जवाफ दिन्छ । म ठिङ्ग उभिएर नियाल्छु चारैतिर तर आवाजहीन
अवस्थामा ।
अझै अरू पनि हेरौंन, आाखा आग्रह पस्कन्छन् । नाई भन्न सक्दिना । दहचोक,
रानीवन, जीवनपुर, नौबिसे र छत्रेदेउरालीका अलि होचा डााडाहरू मतिर फर्केर
मुस्कुराउाछन् र आफूभन्दा माथिल्ला भागलाई औंला ठड्याउाछन्, छक्क पर्छु । आफू
अग्लिन नसकेपछि होचिएकामा गर्व गर्ने तरिका हो यो । कुखुरेचौर, खत्रीगाउा, छत्रेपाटी,
पुरनडााडा, डडुवा, ऱ्यालेचौर, बट्टार मेरो तर्कको पक्षमा मुस्कुराउादै ठिङ्ग उभिन्छन्
। मन हौसिन्छ, रौसिन्छ र फुर्फुरिन्छ । निर्बाध बगिरहेछ महेश खोलो । आफ्नो
उद्गमस्थल नारायणस्थानबाट बग्दा सङ्लो र कञ्चन रहे पनि अलिकति तलबाट
मानवीय दोहनले ऊ थिलथिलिएको छ । तथापि बगिरहेछ निरन्तर हज्जारौं हजार
जीवनका लागि । वैकल्पिक राजमार्गको नाममा डङ्का पिटिएको धार्के–सीतापाइला
सडक लम्पसार परेको छ गोहीजस्तै । सयौं किसानलाई सपना बााड्दै कैयौंलाई जग्गा
विहीन तुल्याएको यो मार्ग सपनाको राजमहलभन्दा बढी केही पनि हुन सकिरहेको
छैन । तथापि यस क्षेत्रका बासिन्दाहरू उधारै सही कमसेकम सपना त देख्न पाइएका
छन् भन्दै आशाको माला पहिरिएर हिंडिरहेछन् बााचिरहेछन् ।
रजस्थल
ँरजस्थल” त्रैमासिकको भानुभक्त विशेषाङ्कका निम्ति मिलन समीरले लेख
माग्नु भएको बुझ्ने म नेपाली भाषाका वरिष्ठ साधकका रूपमा परिचित सम्मानित,
पुजित समादरणीय व्यक्तित्व बारेमा के र कसरी लेख्ने भन्ने दुविधामा छु, अन्योलमा
छु, दोसााधमा छु, दोधारमा छु । अझै भन्ने नै हो भने मैले लेख्न हुन्छ कि हुादैन र सक्छु
कि सक्दिन भन्ने सोच पनि छ मनमा । आजभन्दा दुईसय वर्ष अगाडि जन्मेर एकसय
पैंतालीस वर्ष अगाडि यो धरातलबाट बिदा भएका उनका सम्बन्धमा लेख्न कहााबाट
र कसरी सुरू गर्नु रु मनले यकिन गर्न सकिरहेको छैन । यताबाट सुरू गरौं उता
छुट्ला । उताबाट सुरू गरौं यता छुट्ला । त्यसो भए लेख्दै नलेखौं न त, लेख्दै लेखिएन
भने कतै छुट्ने वा हराउने सम्भावनै रहेन । तर त्यो पनि मनले मानिरहेको छैन ।
संसारदेखि डराउने हो भने ओढारमा बसे हुन्छ । किनकि, धरतीको जीवन सङ्घर्षपूर्ण
हुने भएकाले त्यसबाट तर्सने, डराउने र आत्तिनेले यहाा केही पनि गर्न सक्दैसक्दैन ।
भानुभक्त आचार्य नेपाली भाषाका आदिकविका रूपमा परिचित स्रष्टाको नाम
हो । नेपाली भाषालाई आजको अवस्थामा आइपुग्न वा जनमानसमा भिजाउन उनको
योगदान महत्वपूर्ण छ । टुक्राटुक्रामा विभक्त नेपालीहरूलाई भाषिक एकताको सूत्रमा
बााध्न सरल भाषामा लेखिएको रामायण र अन्य कृतिहरूले अतुलनीय योगदान पुर्याएको
कुरा दिउासोको घामजस्तै छर्लङ्गै छ । यो सत्यलाई नकार्न वा हेयको दृष्टिले हेर्न
खोजियो भने त्यो भानुभक्तप्रति घोर अन्याय गरेको ठहरिन्छ । भानुभक्त आचार्यलाई
अन्यथाको आाखाले हेर्ने वा उनीप्रति नकारात्मक सोच राख्ने जो कोही सग्लो नेपाली
हुन सक्दैन । कसैको इसारामा चलेका भन्दा बाहेक कोही पनि त्यस्तो सोच्नै सक्दैन ।
किनकि, नेपाली भाषा व्यक्ति विशेषको वा जाति विशेषको भाषा हुादै होइन । धेरै अन्य
मातृभाषीहरूको समेत नेपाली भाषा मातृभाषा बनिसकेको छ । यस्तो अवस्थामा कसैले
नेपाली भाषालाई जाति विशेष, क्षेत्र विशेष र वर्ग विशेषसाग जोड्यो भने त्यो ती
जातिविरूद्ध षड्यन्त्र गरेको ठहरिनेछ किनकि, नेपाली भाषा नेपालको हो र नेपालीको
हो । कसैले यसलाई हेलााको दृष्टिले हेर्छ भने उसलाई नेपाली भाषा बोल्ने अधिकार
पनि छैन । नेपाल नेपालीको हो, नेपाली नेपालको हो । नेपाल सबै नेपालीको साझा
फूलबारी हो । १२५ को हाराहारीमा रहेका जाति र भाषा नेपालको साझा सम्पत्ति
हुन् । नेपालमा बोलिने जम्मै भाषा नेपाली हुन् । सबैको उचित सम्मान गर्नुपर्छ,
संरक्षण हुनुपर्छ । यिनीहरूको उत्थान नै नेपाली भाषाको उत्थान हो । यिनीहरूको
संरक्षणले नेपाली भाषाको विकासमा महत्वपूर्ण योगदान पुग्छ । भानुभक्त अघि पनि
नेपाली भाषा थियो । वक्ताहरू थिए । यो भाषामा लेखिएका रचनाहरू उपलब्ध थिए ।
तर भानुभक्तको भाषामा जुन लालित्य, मिठास र जादुमय सौन्दर्य पाइन्छ त्यो उनी
पूर्वका लेखकमा पाइादैन सम्भवतस् त्यसैले होला उनलाई जनमानसबाट आदिकविको
रजस्थल ९भानु विशेषाङ्क–२०७००
सम्मान प्राप्त भएको । भानुभक्तले जीवनकालमा न आफ्ना मुद्रित कृति देख्न सके,
न त आदिकविको सम्मानै पाए । उनको कृति प्रकाशनदेखि मानसम्मानसम्मका जम्मै
काम मृत्युपछि मात्र भयो तर आजका कतिपय कथित हामीहरू उनलाई अन्यथाको
आाखाले हेर्दा मज्जा मानिरहेका छौं । अझै कोही कोही त भानुभक्तलाई गालीगलौज
गर्न, बद्नाम गराउन, नेपाली नेपालीको बीचमा फुट ल्याउन र उनले लेखेका
रचनाहरूलाई लेखेकै हैन भन्ने झूठको खेती गर्न समेत कम्मर कसेर लागिरहेका छन् ।
आदिकविका सम्बन्धमा विद्वान्हरू बीच बाक्लै मतभिन्नता छ । विवाद छ ।
तर्क–वितर्कहरू छन्, मतहरू छन्, कुमतहरू पनि छन्, कोही आदिकवि मान्नु हुन्छ,
कोही मान्नु हुन्न । उहााहरूलाई मान्ने वा नमान्ने दुवै छुट छ । भानुभक्तप्रतिको सम्मानै
हो यो । यही मततिर समर्थन छ मेरो पनि । हामी नेपालीहरू सयौं सगरमाथा उक्लन
सक्छौं । आपसमा कटाक्ष गर्दै एकअर्काको विरूद्ध क्षणभरमै जाइलाग्न पनि सक्छौं ।
पानी बाराबार गर्न पनि सक्छौं, सााध सीमानामा कााढेतार लगाउन पनि सक्छौं ।
तिललाई पहाड बनाएर विवादको थुप्रो लगाउन पनि सक्छौं । लहलहैमा एक अर्काको
विरूद्ध आरोपप्रत्यारोपको प्रशान्त महासागर निर्माण गर्न सक्छौं । दङ्गा फसाद र
मुक्कामुक्कीमा उत्रन सक्छौं । अझै आफ्नो सााधसीमानाभन्दा बाहिरकाको आश्वासन
मात्र पनि पाउन सक्यौं भने आफू धुरीमा बसेर त्यसैको छिंडिबाट आगो झोस्न पनि
सक्छौं । यसैले आदिकवित्वका बारेमा विवाद गर्नु र हुनुलाई मैले नौलो कुरा पटक्कै
मानेको र ठानेको छैन ।
हामी आफू स्वयं केही जान्दैनौं । आफ्नाले भनेको पनि मान्दैनौं । विश्वास
गर्न पनि सक्दैनौं, सजिलै सक्छौं केवल अविश्वास गर्न । शङ्काको घर ठड्याइ लङ्का
जलाउन । आागनको डिलभन्दा पर जान नसके पनि लङ्का पलङ्काको डिङ हााक्न ।
आफूमा अन्तरनिहित सामथ्र्य र शक्ति अरूका निम्ति प्रयोग गर्न खप्पिस हामी अरूले
दिएको स्याबासीमै पनि नाकका पोरा फुलाएर रौसिन र हौसिन दुवै सक्छौं । आफू
आफन्त र आफ्नाका लागि केही गर्न नसके पनि परायाका लागि ज्यानै बाजीमा
लगाउन सक्छौं । आस्था र विश्वास दोबाटोमा डढाएर बलेको राप मज्जाले ताप्न
सक्छौं । तापको हुड्कार, डडाल्नोमा बोकेर टाढा टाढा पुग्न सक्छौं । गाढा निन्द्रामा
निदाउन सक्छौं । तर आफू बीचका सानातिना मतभिन्नता, वादविवाद र अन्तरद्वन्द्व
एकआपसमा मिलाउन वा सुल्झाउन सक्दैनौं । यसका निम्ति अरूहरू नै अग्रसर
बन्नुपर्छ । उनीहरूले पाइला अगाडि चाल्नु पर्छ । एकलाई चुल्याएपछि र दुईलाई
होच्याएपछि खुच्चिङको भाकामा सन्तोषको सास फेर्छौ र सन्तुष्टिको हाई काढ्छौं ।
त्यसपछि लाग्छ मस्तको निन्द्रा । अन्यथा हुन्छ र हुादैन, हो र होइन जस्ता सामान्य
प्रसङ्गले खासै महत्व राख्दैन । विवादका लागि विवाद बेग्लै कुरा, हैन भने भानुभक्त
रजस्थल
बारेका विवाद यतिलामो समयसम्म गरिरहनु आवश्यक छैन र हुादैन पनि ।
नेपाली माटोमा दुई सय वर्ष अगाडि जन्मेर बाइसे चौबीसे, उपत्यका र सेनजस्ता
टुक्राटुक्रामा विभाजित मानसिकता जोड्न सफल भानुभक्त नेपाली एकताका प्रतीक
हुन् । सयभन्दा बढी भाषा बोलिने नेपालमा नेपाली भाषालाई सम्पर्क भाषाको रूपमा
अगाडि ल्याउन उनको लेखनीले महत्वपूर्ण भूमिका खेलेको कुरा कसैको आाखाबाट
पनि टाढा छैन । सबैको भाषाको उत्तिकै महत्व छ जत्तिको छ नेपालीको । नेपालमा
बोलिने सबै भाषाहरूको उत्थान हुनुपर्छ, जोगाउनु पर्छ र संरक्षण गर्नुपर्छ । यतिमात्र
हैन तिनीहरूको विकासमा राज्यले पनि सघाउनुपर्छ यसमा पनि कसैको दुईमत हुन
सक्दैन र आवश्यक छैन । नेपालमा मातृभाषाका रूपमा बोलिने सबै भाषाहरू नेपाली
नै हुन् यसमा पनि कसैको टाउको दुख्नु आवश्यक छैन । एकातिर अरू भाषाको
विकासमा नेपाली मातृभाषीले पनि दिलो ज्यानले सघाउनु आवश्यक छ भने अर्कोतिर
नेपाली भाषाको विकास र विस्तारलाई अन्य मातृभाषीहरूले टेढो नजरले हेर्नु पनि
सान्दर्भिक देखिन्न । मिसनभन्दा बाहेक कसैले हेरेका पनि छैनन् । हेरेको छ भने
कसैको बुझाइछ भने त्यो पनि गलत हो । यसर्थ हामी हिजोदेखि आजसम्म मिलेर
बसेका छौं र बसिरहन पनि सक्छौं । मिलेरै बस्दा पनि आफ्नो विकास आफैंले गर्न
कसैले रोक्न सक्दैन । इष्र्या र द्वेषलाई छोडी सकारात्मक प्रतिस्पर्धा रोज्ने हो भने
एउटै ओछ्यानमा सुतेर पनि आ–आफ्नो निन्द्रा निदाउन सकिन्छ । नेपालमा बोलिने
जम्मै भाषाहरू एकअर्काका प्रतिस्पर्धी हुादै हैनन् र हुन पनि सक्दैनन् । तिनीरू त
एकअर्काका परिपूरक हुन्, सहयोगी हुन् । एकआपसमा हातेमालो गर्दै अगाडि बढ्न
सक्छन्, सिक्न सक्छन् र सक्छन् परिपूरकको काम गर्न ।
पूर्वाग्रह नराखी छातीमा हात राखेर भन्ने हो भने नेपाली भाषालाई नेपालमा
बस्ने र बोल्ने नेपालीलेभन्दा नेपालबाहिर बस्ने नेपालीहरूले धेरैभन्दा धेरै माया गरेका
छन् । विकास र विस्तारमा दिलो ज्यानले सघाएका छन् । उत्थानमा सक्रिय बनेका
छन्, उन्नतिमा दत्तचित्त भएका छन्, प्रचारप्रसारमा दिलो ज्यानले खटेका छन् ।
नेपालभित्र होस् वा बाहिर नेपाली भाषा विभिन्न मातृभाषा बोल्नेहरूको सम्पर्क
भाषाको रूपमा रहेको छ । स्वदेशभित्रभन्दा पनि बाहिर यसले ज्यादा सम्मान पाएको
छ । विभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरूको बीचमा यो मेलमिलापको भाषा
भएको छ । आपसी सुख–दुस्ख, प्रेम, सद्भाव र एकताको भाषा भएको छ । सिरिया,
बोस्नियाा, फकल्याण्ड, मलया, काबुल र बर्मा लगायतका मुलुकमा प्रथम तथा द्वितीय
विश्वयुद्धमा लडेका लाखौं सङ्ख्याका अन्य मातृभाषाका वीर योद्धाहरूको प्रिय भाषालाई
आज कसरी कम आाकलन गर्नु रु नागालैण्डको कोइलाखानीका मजदुरहरू हुन् वा
मेघालय, आसाम, मणिपुर लगायतका स्थानमा गाई पाल्ने र खेतीपाती गर्ने किसान
रजस्थल ९भानु विशेषाङ्क–२०७००
९त्यो जुनसुकै मातृभाषी होस् को प्यारो भाषाको रूपमा विकसित भाषालाई किन
कम आाकलन गर्नु रु के नेपालीको विकास भनेको अन्य भाषाको विनाश हो र रु
हैन, कदापि हैन । यदि हामीमध्ये कसैले पनि त्यस्तो सोच्छौं भने हामीले आफ्नो
मातृभाषालाई कहिल्यै उत्थान गर्न सक्दैनौं । आफू बााच्न अरू मर्नु पर्दैन, हाम्रो ध्यान
त्यतातिर जानु नितान्त आवश्यक छ ।
अझै एक पाइलो अगाडि बढेर आाखा खोल्दा नेपाली भाषा आजको अवस्थासम्म
आइपुग्न अन्य मातृभाषीहरूको विशिष्ट योगदान रहेको कुरा कसैबाट छिपेको छैन ।
खुल्ला मनले वर्तमानदेखि विगतसम्म आाकलन गर्ने हो भने त्यसको पुष्टि हुन्छ । आदि
गायक सेतुराम देखि मास्टर मित्रसेन र कोइलीदेवीको नाम लिादा पनि यो कुरा बुझ्न
सकिन्छ । नेपाल बाहिरका सूर्यविक्रम, धरणीधर, पारसमणि, गङ्गाप्रसाददेखि ठाकुर
चन्दन सिंहलगायत सयौंको यसको उत्थानमा अतुलनीय योगदान छ । यी प्रतिनिधि
नाम हुन्, यस्ता नामहरूको सङ्ख्या गन्दै जाादा हजारौं हजारको सङ्ख्या पुग्छ । सबै
सबै प्रति नतमस्तक छु म । आभारी छु उहााहरूको कामबाट, योगदानबाट अनि त्याग
र समर्पणबाट । यस लेखको आशय कसैले पनि नेपाली भाषालाई र भानुभक्तलाई कम
आाकलन गरेर नाक नखुम्च्याउा, सत्ता प्राप्तिको साधन नबनाउा र क्षणिक प्रियताको
निम्ति मन पर्दो नगरौं । छाती र आाखा सााघुरो नबनाउा । बरू यसबाट सिक्दै, खोज्दै
र जान्दै आफू अगाडि बढौं तथा आफ्नोलाई पनि अगाडि बढाऔं भन्ने हो ।
वि।सं। १९७१र०७२ को आसपासमा कलकत्ता विश्वबिदालयद्वारा यसले विषयगत
मान्यता पाउादा सिङ्गो नेपाल भन्ने देश अनभिज्ञ थियो । अनजान थियो । यसलाई
त्यहाा पुर्याउन मरिमेट्नेहरू नेपाल बाहिर नेपाली मन बोकेर बस्नेहरू थिए । नेपाली
छात्ती उचालेर हिंड्नेहरू थिए । आाखामा विश्वासको सगरमाथा नचाउनेहरू थिए ।
देशको माटो शिरमा राखेर सधैं त्यसको सुवास लिनेहरू थिए । तन जहाा रहे पनि मन
नेपालमा राख्नेहरू थिए । कतै पनि भाषिक सङ्कुचन थिएन तिनीहरूसाग । आफू जहाा
जे जस्तो अवस्थामा जसरी र जुन मातृभाषाको भए पनि उनीहरूको नजरमा नेपाल
र नेपाली सबथोक थिए । त्यसैले कसैले कलमले, कसैले कुचीले, कसैले स्वरले, कसैले
शब्दले नेपाली भाषा, साहित्य, संस्कृति र कलालाई सघाए तन, मन तथा धनले । लगत्तै
इलाहावाद विश्वबिदालयमा र केही पछि पटना विश्वबिदालयमा यस भाषाले मान्यता
प्राप्त गरेको थियो । हो, त्यसरी विस्तारै हिंड्दै, उठ्दै, सिक्दै नेपाली भाषा आजको
अवस्थामा आइपुगेको हो । गर्नेहरूलाई आफू संसारको जुनसुकै कुनामा बसेको भए
पनि यी कामहरू गर्न भानुभक्तको रामायणले घचघच्यायो, हौस्यायो र प्रेरित गर्यो ।
यसकारण जहाा जहाा नेपाली पुगे त्यहाा त्यहाा भानुभक्त र उनको रामायण पुग्यो । आफैंले
पढेर भन्दा अरूको सुनेर रामायण कण्ठ गर्नेहरूले भानुभक्तको झन् धेरै प्रचारप्रसार
रजस्थल
गरे, विकास र विस्तार गराए । भाषा ओसारप्रसारमा चित्त लगाए, विकासमा मरिमेटे ।
आस्थाको विरूवा रोपे फूलबारीमा र गोडे मज्जैले अजम्बरी बनाएर ।
काम र मामको खोजीमा नेपालबाहिर पुगेका नेपालीहरूले भानुभक्तलाई सबैभन्दा
बढी चिने । पहिले चिने, जाने, बुझे, महसुस गरे । आवश्यक देखे, सम्झे र ठाने ।
त्यसैले उनीहरूले आफ्नो अस्तित्वसाग उनलाई जोडे । स्वविवेकले, चेतनाले, जे
जसरी मूल्याङ्कन गर्नुपर्छ भन्ने लाग्यो त्यसै अनुसार गरे । त्यहाा न कसैको आदेश
थियो, न त कुनै सङ्कीर्णता । त्यसैले मुलुक बाहिरका विभिन्न स्थानहरूमा अत्यन्तै
श्रद्धाका साथ पुजिए र मानिए नेपालीहरूका एकताका प्रतीक । कलाकार तुलसी
घिमिरेले एउटा कार्यक्रममा आाखाबाट बर्रर्र आासु झार्दै सुनाएको कुरा यतिखेर पनि
सम्झिरहेको छु म । उनको भनाइ थियो– ‘नेपालले भानुभक्त र नेपाली भाषालाई राम्रो
सम्मान गरेन सिक्किम–दार्जिलिङतिर भानुजयन्तीमा त जसरी पनि घर आउनुपर्छ
भनेर आफन्तीले घर छाडेर बाहिर जान लागेका परिवारका सदस्यहरूलाई भन्छन् ।
त्यहाा भानुजयन्तीमा राष्ट्रिय बिदा पनि दिइन्छ । हाम्रो तुलनामा नेपालमा खास केही
गरेजस्तो लाग्दैन । तपाईंहरूले नचिनेको हो कि हामीले नबुझेको हो कुन्नी भानुभक्तले
नेपालमा सम्मान नपाएको हो ।” उनको कुराले लज्जाबोध भयो मलाई । जहाा भानु
जन्मे त्यहाा उनको त्यति चर्चा छैन तर जहाा उनी जन्मेका होइनन् त्यहाा राष्ट्रिय
बिदा दिइन्छ र अत्यन्तै श्रद्धा गरिन्छ, घिमिरेको कुराले स्तब्ध बनायो र अहिले पनि
त्यो क्षण सम्झादा त्यस्तो अनुभूति हुन्छ । काउकुती लाग्यो आफैंदेखि । स्तब्ध बनें
आाखा र मन छचल्कियो पटकांै पटक ।
भानु जस्ता स्रष्टाका बारेमा मजस्तो अल्पज्ञानीले कलम नचलाएकै जाति एक
मन भन्छ । धत त्यस्तो पनि कहीा तर्क हो रु आाट गर, साहस बटुल । त्यस्तो भन्नु
कायरता हो । जतिसुकै वर्ष अघि जन्मेका र जस्ता स्रष्टा भए पनि लेख्न सकिन्छ,
बोल्न सकिन्छ, विचार प्रस्तुत गर्न सकिन्छ । त्यसैले पाएको कामबाट पछि नहट ।
त्यो तेरो कर्तव्य र दायित्व पनि हो । जिम्मेवारी र नैतिकता समेत हो । अनि लेख्ने
भनेको बुझ्नेले हो, सक्नेले हो, जान्नेले हो र दायित्वबोध गर्नेले हो । जिउादाको मात्र
लेख्ने हो अथवा लेखक स्वयंमको जीवनकालमा लेखिएकालाई मात्र आधार मान्ने हो
भने भानुभक्तका बारेमा केही पनि लेखिंदै लेखिदैनथ्यो किनकि उनका बारेमा सर्वप्रथम
लेख्ने वा चिनाउन भगीरथ प्रयासमा जुट्ने मानिस उनले मृत्युवरण गर्दा केवल तीन
वर्षका थिए । यसकारण पनि निर्भीकताका साथ निर्धक्क भएर देखेको, सुनेको, बुझेको
र जानेको कुरा लेख्नुपर्छ अर्को मन भन्छ र सागसागै आदेश पस्कन्छ ।
अन्यौलमा अलमलिन्छ मन । विचारको पाटो विस्तारै आध्यारिन खोज्छ ।
दिशाहीनताको स्थिति ठिङ्ग उभिन्छ आाखा अगाडि । त्यसै त्यसै लरबरिन खोज्छ,
रजस्थल ९भानु विशेषाङ्क–२०७००
रोक्छु जबर्जस्ती लगामका साथ । देशका विभिन्न भागमा जनस्तरमा निर्माण भएका
भानुभक्त सहितका सालिकहरू निर्मम तरिकाले फुटालिएको एक दशक हुन लागेको
छ । वीरगन्ज नयाा बसपार्क निकटको भानुभक्त आचार्य र मेरै गृह जिल्ला बाराको
कलैयास्थित देवकोटा चोकमा स्थापना गरिएको लक्ष्मीप्रसाद देवकोटाका सालिक
फुटाउन नेतृत्वदायी भूमिका निर्वाह गरेर त्यतिबेला आत्मगौरव गर्नेहरू वर्तमानमा के
सोचिरहेका होलान्, अथवा तिनीहरूको आत्मसन्तोषको उचाइ कति होला रु यतिखेर
ती गर्व वा हीनताबोध के गरिरहेका होलान् मन एक्लै छड्कन थाल्छ । ती स्थानमा
सालिक निर्माणका क्षणहरू स्मृतिपटलमा विस्तारै आउाछन् । अठोट अनि दृढता आाखामा
टुपलुक्क पाहुना बन्छ । आदरणीय अग्रजहरूले एकएक रूपैयााको भिख मागेर निर्माण
गरेका ती सालिक न सत्तासीनहरूको उपहार थिए न त थियो त्यसको निर्माणमा
राज्यकोषको कुनै पनि अंशको व्ययभार । त्यसमा मात्र दानवीरहरूको इच्छाशक्ति
थियो । जोश र जाागर थियो । चाहना र कामना थियो । अनि थियो केही हुनुपर्छ तथा
गर्नुपर्छ भन्ने दृढ अठोट ।
अस्तित्वबोधले काम गरेको थियो त्यसमा । न राज्यले अह्राएको थियो न त
खर्चको कुनै भारै बहन गरेको थियो । छरिएका मनहरू, कर्तव्यबोधले थिचिएका
आाखाहरू र भावनाको सागर जुर्मुराएपछि स्थिति विशिष्ट बनेको थियो । दुनियाादारीसाग
सहयोगको भिक्षा माग्दा न जात सोधिएको थियो, न वर्ग, धर्म, लिङ्ग र समुदाय । न
धनी गरिबको सीमारेखा कोरिएको थियो न त थियो सामुदायिक र साम्प्रदायिक भेद
नै । हिमाल, पहाड र तराईका मनहरू एकाकार भएका थिए । अटाएका थिए एउटै
आस्था–विश्वासको कसौंडीमा । नेपाली भाषाका स्रष्टा भए पनि भोजपुरी, मैथिली,
थारू, तामाङ, लिम्बू, अवधी, नेवारी सबै सबैका मनहरू उत्तिकै सक्रिय थिए । सबैको
चाहना जोडिएको थियो, भाव एक गठ भएको थियो । छाती फुलेको थियो तिहारको
सयपत्री र मखमलीजस्तै । अनि मनहरूभित्र उत्साहको दियो बलेको वा बालिएको
थियो झलझलाकार बनाएर । ती सालिक निर्माणमा सरकारी ढुकुटीको चुनदामसमेत
एकातिर खर्च भएको थिएन भने अर्कोतिर आदेश साधनरसाधक बनेर कतै आएको
थिएन, बरू थियो बाधक नै । तथाकथित भलाद्मीहरू गल्ली गल्छेडामा सााढेझैं डुक्रन्थे
तर आवश्यकतामा न सहयोगी बन्थे, न चल्थे, न चटपटाउाथे, केवल ठिङ्ग उभिन्थे ।
बुझेको नबुझ्यै, सुनेको नसुन्यै र देखेको नदेख्यै गर्थे । त्यस्ताहरू कसरी सहयोगी
र सकारात्मक हुनु । यो चाहिा हो धेरै मनहरू एकत्रित बनेपछि, अनगन्ती आाटहरू
अठोट बोकेर ठिङ्ग उभिएपछि थुप्रै सहृदयी छातीहरू जुलुसमा लाम लाग्न तम्तयार
बनेपछि तथा शान्त हातहरू जर्याकजुरूक उठेपछि ती बाध्य भएका थिए । तथापि
स्वीकृतिको शिर हल्लिन महिनौं लागेको थियो । भरियादेखि रिक्साचालक हुादै बटुवा,
रजस्थल
यात्री र मनकारीहरूको सहयोग, सद्भाव र सत्प्रयत्नमा जनस्तरबाट निर्माण भएका
ती कसरी बाधक भए इच्छाशक्ति बोक्नेहरूका निम्ति । अठोट उचाल्नेहरूका निम्ति रु
जाागर फलाउनेका निम्ति रु विश्वासको सगरमाथा चढ्न उत्साहित हुनेहरूका
निम्ति रु झण्डै एकदशक अघि भत्काइएका सालिकहरू सम्झादा मेरो मनमा अहिले
पनि प्रश्नहरूको लर्को लाग्छ । त्यतिबेलादेखिकै चारैतिर उत्तर खोजिरहेको छु तर
यतिखेरसम्म उपलब्ध हुन सकेको छैन । खै कहिले, कसरी, कसले र कस्तो उत्तर दिने
हो मन प्रतीक्षामा छ । एउटा कुरामा भने ढुक्क छु विश्वस्त छु मेरो प्रश्नको उत्तर
एकदिन अवश्य प्राप्त हुनेछ ।
आफू राम्रो बन्न अरू नराम्रो हुनैपर्छ भन्ने मान्यताले कहिल्यै घर गरेन ममा ।
मेरो विकासमा अरूको विनाश आवश्यक छ जस्तो पनि सोचिएन कहिल्यै, सोच्छु,
अरूलाई नराम्रो नगरेरै पनि आफूले राम्रो बन्न सकिन्छ । असल हुन सकिन्छ, विकास
गर्न सकिन्छ, उकालो चढ्न सकिन्छ । प्रगतिमा पाइला बढाउन सकिन्छ । उन्नतिको
शिखर मज्जाले उक्लन सकिन्छ । आस्थाको पर्खाल ठड्याउन सकिन्छ । विश्वासको
सिंढी चढेर माथि माथि पुग्न सकिन्छ । बाटो नदेखेकाहरूलाई देखाउन सकिन्छ । हात
समातेरै हिंडाउन सकिन्छ । विचारको धुलो निधारमा लगाइदिन सकिन्छ । सङ्कीर्ण
मनभित्र यथार्थताको पाटो थुपुक्क राखिदिन सकिन्छ । दुस्खेको आाखामा मलहमपट्टी
बााधिदिन सकिन्छ । विचार शून्यतामा हराएकाहरूलाई आस्थाको दियो सल्काएर
उपलब्ध गराइदिन सकिन्छ । मनमस्तिष्कमा कुरूपताको खेती गरिरहेकाहरूलाई
यथार्थतामा ओरालेर बाटो देखाउन सकिन्छ । भोको पेट र दुस्खेको छाती बोकेर हिंड्न
बाध्यहरूलाई समाधानको बाटो देखाउन सकिन्छ । आस्थाको विरूवामा मलजल गरेर
हिंड्न उत्प्रेरित गर्न सकिन्छ । ऊभित्र रहिरहेका अथाह सम्भावनाका बीउहरूलाई
मलजल गर्दै हुर्काउन, बढाउन र फुलाउन–फलाउन सहयोग गर्न सकिन्छ ।
एउटा कुरा पक्का हो– हामी आफूभित्रको क्षमता पहिल्याउन नसकेरै पछाडि
परेका हौं । कस्तुरीले आफ्नै सुगन्ध थाहा नपाएको स्थिति हो यो । अरूले देखाइदिए
पछि हामी देख्छौं । आफैंले कहिल्यै खोज्दैनौं । सोचविचार गर्दैनौं । बुझबुझारथमा
लाग्दैलाग्दैनौं । त्यसैले त आजसम्म आफ्नो लागि भन्दा अरूका लागि हज्जारौं गुना
बढी काम गरेका छौं । चारैतिर भौंतारिएका छौं, हतारिएका छौं, चटारिएका छौं,
पिरोलिएका छौं, आदेश कुरेका छौं, उर्दी पर्खेका छौं, बाटो ढुकेका छौं । इतिहासदेखि
वर्तमानसम्म आफ्नो लागि भन्दा अरूको लागि धेरै धेरै गरेका छौं, खटेका छांै, छरिएका
छौं, असरल्ल बनेका छौं, मात्र बााच्नका लागि बााचेका छौं । हाासेका छौं, नााचेका छौं,
गाएका छौं । तनमन र धन लगाएर धेरै धेरै गरेका छौं । गर्दैछौं र सम्भवतस् अझै
पाएसम्म गरिरहने ताकमा छौं ।
रजस्थल ९भानु विशेषाङ्क–२०७००
नयाा निर्माणका निम्ति आदि पुर्खादेखि सञ्चित हुादै आएका विचार, मूल्य, मान्यता,
आस्था र परम्पराजस्ता कुराहरूको समूल नष्ट आवश्यक ठान्नेहरू दिशाहीनताको
स्थितिमा रूमल्लिइरहेछन् । उनीहरूका विचारमा पुराना जम्मै ध्वंस पार्नुपर्छ, विध्वंस
गर्नुपर्छ । त्यसको वा तिनीहरूको नाम निसाना कतै राख्नु हुन्न । यो खतरनाक
सोच हो । यस्तो सोच नेपाली हुनै सक्दैन । आयातीत धारणाहरूले हाम्रो विकास
गर्दै गर्दैनन् । नितान्त अतिवादी र विध्वंसकारी सोच हो यो । यसको विपक्षमा छु
म । यस खालका डरलाग्दा विचारले हामीलाई अगाडि हैन सधैं सधैं पछाडि धकेल्छ
र धकेलिरहन्छ । पुरानाजति नराम्रो भन्ने धारणा यदि राख्ने हो भने हाम्रो अस्तित्व
रहादै–रहादैन । हाम्रो माटो एकदिन मानवविहीन बन्नेछ । नयाालाई स्वीकार्ने नाममा
पुरानाको अस्तित्व नामेट पारियो भने त्यो घातकसिद्ध हुनेछ । पुरानाबाट शिक्षा लिएर
नयाा निर्माण वा थालनी गर्न सकिन्छ र त्यो सही बाटो पनि हो । पुरानोभन्दा नयाा
सुन्दर, उच्च, महत्वपूर्ण र सबैलाई काम लाग्ने हुनुपर्छ । पछिल्लो हेरेर अघिल्लोलाई
छ्या भनाउन सक्नु नै नयााको विशेषता हो । भत्काइएका मनहरू जोडिन वर्षौंवर्ष
लागेझैं भौंतिक संरचनाको निर्माणमा पनि यस्तै स्थिति रहन्छ । यसर्थ नयाा र पुराना
दुवैको संवेदनशीलता बुझेर अगाडि बढ्नु नै आजको आवश्यकता हो ।
हिजोका भानुभक्तलाई आजको आाखाले हेरेर हामी मूल्याङ्कन गरिरहेका छौं र
खोजिरहेका छौं पूर्णाङ्क ल्याउन । सााच्चै हो, सके त राम्रै पनि हो, विवेकपूर्ण नजरले
हेर्दा के त्यो सम्भव होला त रु भैदे हुन्थ्यो कामना हो तर त्यस्तो कहाा भएको छ र रु
यसैले भन्नुपर्छ, हिजो हिजै हो । आज आजै हो र भोलि भोलि नै रहनेछ । तपाईं हामी
उनको व्यक्तित्वलाई, विचारलाई, आस्थालाई, मूल्य–मान्यतालाई र जीवनदृष्टिलाई
आजको तुलोमा राखेर जोखिरहेछौं । त्यो पनि धार्नी बिसौलीमा हैन किलोग्राम वा
क्विन्टलमा । उनलाई कोरा वर्तमान आाखाले पढिरहेछौं । विश्वासको तसलामा खन्याएर
छड्काइरहेछौं । विचारको पाटोमा छरिरहेछौं । वरपर र तलमाथिका कुरा गरिरहेछौ,ं
यो पनि हो– कुरा गर्न पाइन्छ । विचार विमर्श गर्न सकिन्छ । उचनिच हेर्न पनि हुन्छ
तर यसो भनिरहादा आजका आाखाले हिजोका प्रत्येक वस्तुको सही मूल्यांकन गर्न
सकिन्छ भनियो भने त्यसलाई लोकले पत्याउला र रु लौ भैगो, लोकले मान्यो वा
पत्यायो रे । तपाईंको ब्रह्मले सही ठान्छ त रु त्यसैले भन्न सकिन्छ हिजोका भानुलाई
आजका आाखाले मात्र हेर्न खोजियो भने हेर्नेहरूलाई कित पूर्वाग्रहीको आरोप लाग्छ
कि त खोटी नजरवाला भनेर बुझ्नुपर्छ ।
समय फेरिएको छ, समाज परिवर्तन भएको छ, विचारहरू बद्लिएका छन् ।
विश्वास झाङ्गिएको छ, नवीन आस्था मौलाएको छ, सोचहरू रूपान्तर भएका छन् ।
दृष्टिकोण फक्रिएको छ, चाहना लहराएका छन् । मूल्य–मान्यता र दृष्टिकोणमा व्यापक
रजस्थल
भिन्नता देखिएको छ । हिजोका चिन्तन, मान्छे, विश्वास र कल्पना आजमा एकाएक
कसरी घुलिन सक्छन् र रु पक्का हो सक्दैनन् । हिजो पुर्खा बााचेको परिवेश आज कहाा
जस्ताको त्यस्तै छ र रु आजका जति जम्मैलाई राम्रा, सुन्दर, असल र अग्रगामी अनि
हिजोका सबैलाई नराम्रा कुरूप र प्रतिगामीको माला पहिर्याउादै जाने हो भने हामी
र हाम्रा पुर्खाहरूले लगाउने माला कस्तो हुने हो कुन्नी त्यसको उत्तर सबैको छातीमा
सङ्गृहीत हुनु पनि अति आवश्यक छ ।
हिजोभन्दा आज राम्रो हुनुपर्छ असल हुनुपर्छ, विकसित हुनुपर्छ, सरल हुनुपर्छ,
सहज हुनुपर्छ, स्वस्थ हुनुपर्छ, सफल हुनुपर्छ, सबैको हुनुपर्छ, प्रगतिउन्मुख हुनुपर्छ ।
यसमा दुई मत छैन र हुन पनि सक्दैन । विकासको सामान्य नियमै हो यो सबैले जान्न,
बुझ्न र महसुस गर्न सक्ने । बााकीमा हिजो हिजै हो, आज आज हो र भोलि भोलि
नै हुनेछ । हिजोबाट आजले सकारात्मक शिक्षा ग्रहण गर्दै भोलिको सुन्दर भविष्यको
कामना गर्न सक्नुपर्छ । यदि भोलिको बारेमा आजै सोचिएन भने त्यो अनिश्चित हुनेछ ।
अनिश्चितताको कल्पना गर्नु पनि बेअर्थ छ । यसर्थ विकासको सामान्य नियमलाई
सम्झने हो भने हिजोलाई धारेहात लाएर बस्दैमा आज र भोलि सुन्दर हुन सक्दैन ।
सुन्दरताको निम्ति गालीगलौज, आरोप–प्रत्यारोप, कर्केनजर, आक्रोश र कुण्ठा केहीको
पनि आवश्यकता पर्दैन । यदि पर्छ भने त्यो सकारात्मक सोच, दृढ इच्छाशक्ति र
सुन्दर दृष्टिकोण हो ।
विज्ञान प्रविधिको प्रचुर विकास भैरहेको तथा केही न केही उपयोग गरिरहेका
आजका सचेत, बौद्धिक, चिन्तनशील, विवेकी भनिएका हामीले समेत आफूभन्दा वरपर
कतै हेर्न र देख्न नसकिरहेको परिप्रेक्ष्यमा भानुले साहित्यिक क्षेत्रमा गरेको कामलाई
सामान्य आाकलन गर्नु आफ्नै अबमूल्यन गर्नु जस्तै हो । उनले न त कुनै शासकको
पक्षमा काम गरेका छन् न त कुनै उद्देश्यमूलक संघसंस्थाको । विभाजित मानसिकतामा
रूमल्लिइरहेको त्यो समाजलाई रामायण लगायत आफ्ना रचनामार्फत् जसरी दीक्षित
पारे त्यो नै स्तुत्य छ र त्यसैका निम्ति उनको सााचो हृदयले मूल्यांकन गर्नु आवश्यक
देखिन्छ । त्यस्तो काम तपाईं हाम्रा पुर्खाले गरेको भए पनि हुन्थ्यो किन गरेनन् रु बरू
यतातिर चिन्तन गर्ने पो हो कि रु हिजो गरिएका काम कुरोलाई त्यो समाज, समय
र चेतना बुझेर सकारात्मक सोचले हेर्ने बानीको विकास पो गर्ने हो कि रु भएका
राम्रा कुरालाई शिरोधार्य गर्दै नभएको थप्दै जाादा राम्रो हुन्छ कि रु सोचौं न ठण्डा
दिमागले । उनको कामले तत्कालीन समाजले के पायो र के गुमायो । कस्तो प्रभाव
पर्यो रु सकारात्मकरनकारात्मक के बढी छ त्यसको प्रभाव, आज कति छ र भोलि
कस्तो रहला रु यतातिर घोत्लिने, सोच्ने र बाटो खोज्ने बेला भएन र रु अर्कोतिर
उनले आफ्नो कामले कसैलाई छेकेनन् र रोकेनन् पनि । त्यसकारण आजका हामी
रजस्थल ९भानु विशेषाङ्क–२०७००
उनीमाथि किन कमिलाको गोलोझैं खनिन खोज्दैछौं रु यो सब बेकार हो । तसर्थ
सकारात्मक आाखाले हेरौं, खोजौं र चिन्तन मनन गरौं । यसो गर्नु आफूले आफैलाई
चिन्नु हो, बुझ्नु हो, थाहा पाउनु हो, महसुस गर्नु हो र आफ्नै खुट्टामा उभिनु हो ।
अर्काको बैसाखी उसैलाई फिर्ता दिएर सुन्दर गन्तव्य आफैंले खोजेर फेला पार्नु हो ।
उनको लेखनीले संसारका विभिन्न भागमा बसोबास गरिरहेका नेपालीहरू,
नेपाली समाज, संस्कृति, प्रचलन र मनहरूलाई एकसूत्रमा बााध्नेदेखि जीवनमुखी
बनाउनेसम्मको काम गर्यो । विवश छाती र दर्फरिएका आाखामा विश्वासको जलले
सिंचन गर्यो । मणिपुर, मेघालय र आसाम लगायतका स्थानहरूमा जंगल फाडानी
गरेर खेतीपाती गर्दै जीवनगुजारा गरिरहेका सामान्य तथा गरिब नेपालीहरूलाई नेपाल
र नेपाली भाषाप्रति चनाखो रहन झकझक्यायो । कालापानीदेखि नागालैण्डसम्म
बााच्ने अभिलाषाका साथ भौंतारिएका सयौं आत्माहरूलाई आफन्तजन र घरपरिवार
सम्झायो । यसैगरी कुल्ली, कान्छा, दरबान र बहादुरको पदवी धारण गर्दै ओइलिएका
छातीहरूलाई भाषाप्रति मोह जगायो । मोहित तुल्यायो । भाडाका सिपाहीका रूपमा
भारतका विभिन्न स्थानहरू लगायत बर्मा, सिंगापुर, मलाया र बेलायतका विभिन्न
छाउनीहरूमा घरपरिवार र आफन्त बिर्सिएर बााच्न बाध्य मुटुहरूलाई आशावादिताका
साथ नजिक्याउन सघायो । तिनीहरूमा आशाको दियो जलाउन र आफैंसमेत बल्न
प्रेरित गर्यो । त्यसैले उनको मूल्याङ्कन हिजो पनि भएको थिएन र आज भएको छैन ।
यसकारण आजको सतही आाखा, कुटिलभाव, चिन्तन, विचार र इतिहासप्रति कृतघ्न
आाखाले हेर्न खोजियो भने त्यो न्यायपूर्ण र विवेक सङ्गत हुनै सक्दैन ।
कठै भानुभक्त १ नेपालीजस्तो सामान्य भाषामा रामायणको अनुवाद गरेबापत
तत्कालीन पण्डित सभाहरूमा कति अपहेलित र हेयका दृष्टिले हेरिए होला ।
तथापि उनले जनबोलीलाई कदर गर्दै आफ्ना रचनाहरू यो भाषामा लेखिरहे । हो,
मोतीरामजस्ता स्रष्टाले नभेट्टाएको भए आज भानुभक्त हुने थिए वा थिएनन् यो भन्न
सकिने अवस्था छैन । सुपात्र मोतीरामको हातमा रचना परेकाले उनी चिनिए । उनलाई
आदिकविको पद न कुनै शासकले दिएका हुन् न त कुनै राजामहाराजाको प्रशस्ति
लेखेर प्राप्त भएको हो । उनी जेजस्तो अवस्थामा जसरी चिनिए त्यसको सम्पूर्ण श्रेय
युवक कवि मोतीराम भट्टलाई जान्छ । जम्मा ३० वर्षको आयु बााचेका मोतीराम नेपाली
भाषाका सााच्चिकै मोती हुन् । भानुभक्तलाई सारा नेपालीमाझ परिचित गराउने उनले
नेपालीमा गजल मात्र भित्र्याएनन् जीवनी, समालोचनाजस्ता विधाको समेत प्रादुर्भाव
गराए । त्यसैले नेपाली भाषामा उनको तुलनायोग्य पात्र अझै जन्मिसकेका छैनन् ।
भानुभक्त बितेको ४०र४१ पछि जन्मिएका महाकवि लक्ष्मीप्रसाद देवकोटाले
मुनामदन लेख्दासमेत खप्की खानु परेको र झ्याउरे कविको संज्ञा पाएको सन्दर्भ
रजस्थल
सम्झादा उनीभन्दा अघिका भानुभक्तले खप्की खाएनन् वा तत्कालीन समाजमा विद्वान्
भनी कहलिएका पण्डितहरूले आलोचना गरेनन् होला भन्न सकिन्न तर उनी पछाडि
हटेनन् । कर्ममा निरन्तर लागिरहे । सकेको गरे, गरेको सके । यसै कारण आज पनि
हामी उनको नाम श्रद्धापूर्वक लिने गर्छौं । बधूशिक्षाको प्रसङ्गमा भने उनी प्रशस्त
आलोचित छन् । सानो–ठूलो, वर्ण, रंग जात र समुदायको विभाजनले कसैलाई पनि
अगाडि बढाउादैन । त्यो बाधक हो विकास निर्माणको । यसर्थ यस्तो कुरालाई हामीले
प्रश्रय दिनु राम्रो होइन तर, यसो भन्दैमा भानुभक्तलाई ठूल्ठूला स्वरले सराप्दैमा,
चिच्याएर गाली गर्दैमा, नारी विरोधीको पगरी लगाईं दिंदैमा उनी पाखण्डी र हामी
अग्रगामी सोचका कुनै पनि हालतमा ठहरिन सक्दैनौं । उनको मूल्याङ्कन इतिहासको
त्यही चरणमा पुगेर मात्र गर्न सकिन्छ । अर्थात् उनी जन्मेको, हुर्केको, बढेको र भोगेको
समाजको अध्ययन पछिको मूल्याङ्कनलाई मात्र यथार्थको निकट मान्न सकिन्छ । यदि
त्यसो नगरी आरोप मात्रै लगाउादै जाने हो भने धेरैलाई धेरै आरोप लगाउन सकिन्छ ।
जसमा अस्तिका भानुभक्त मात्र हैन तपाईं हाम्रा पुर्खा र आजको स्वयं तपाईंहरूसमेत
फुत्किन सक्ने अवस्था छैन ।
भानुभक्त दुईसय वर्ष अगाडि तनहुामा विद्वान ब्राम्हण परिवारमा जन्मिएका हुन् ।
पण्डित परिवारको अवस्था त्यो समाजमा जे हुन्थ्यो उनको पनि त्यस्तै भयो होला ।
टुक्राटुक्रामा विभाजित राज्यहरू क्रमशस् एकताको सूत्रमा बााधिदै गइरहेको अवस्थामा
नेपालले असमान सुगौली सन्धिमा सही गर्नर्ुपरेको थियो । त्यसैको सेरोफेरोमा भानुभक्त
आचार्य जन्मिएका थिए । सुगौली सन्धिको सेरोफेरोसम्म वीरधारामा रमाइरहेको
नेपाली साहित्य त्यसपछि भक्तिधारामा प्रवेश गरेको हो । भक्ति धाराका तीन कित्ता
राम, कृष्ण र निर्गुण मध्ये भानुभक्त रामभक्ति धाराका केन्द्रीय प्रतिभा हुन् । सुगौली
सन्धिपछि नेपाल आफ्नो वास्तविक आकारबाट नराम्ररी खुम्चिएको थियो । सन्धिले
दुखेको मनलाई भक्ति साहित्यले सान्त्वना दिने काम गर्यो । संस्कृत भाषामा प्रचलित
रामकथालाई भानुभक्तले नेपाली भाषामा भावानुवाद गरी संस्कृत नजान्ने धेरैलाई
रामकथा पढाए । त्यसले उनलाई उच्चताको शिखरमा पुर्यायो । यो कृति न कसैले
लेखाएको थियो न त कसैलाई खुसी पार्न नै लेखिएको हो ।
भानुभक्त आचार्य केवल मानव हुन् । उनलाई हामीले मानवकै रूपमा चिन्ने
कोसिस गर्नुपर्छ । उनी देव वा दानव केही होइनन् । उनलाई अर्को विशेषणले चिन्नु
पनि आवश्यक छैन । हाम्रो जस्तै उनको शरीर हाड र मासुले बनेको हो । उनका
पनि कमीकमजोरी हुन सक्छन्, किनकि जोसुकैको कमी कमजोरी हुन्छ । यदि कसैले
गर्दैन भनेर भन्यो भने त्यसलाई पनि यथार्थको नजिक ठान्न सकिन्न । यसकारण
भानुभक्तको अतिरञ्जनपूर्ण प्रशंसा वा आलोचना गर्नुभन्दा पहिले हामीले आफ्नो
रजस्थल ९भानु विशेषाङ्क–२०७००
परीक्षण गर्नु आवश्यक छ । त्यतिमात्र हैन हाम्रा पूर्वजहरूको पनि पुनस् मूल्याङ्कन
गर्नु सान्दर्भिक ठहर्छ । बोलीको लागि मात्र बोल्ने हो भने बेग्लै कुरा हैन भने अरूको
मूल्याङ्कन गर्नुभन्दा पहिले आफ्नो र आफ्नाको मूल्याङ्कन गर्न सकियो भने त्यो
सधैं सधैं सकारात्मक हुनेछ ।
देशका विभिन्न स्थानहरूका अन्य व्यक्तिहरूको अतिरिक्त कलैया र वीरगन्जका
भानुभक्त आचार्य र लक्ष्मीप्रसाद देवकोटाका सालिकहरू फुटेपछि यो प्रसङ्ग हाल
काठमाडौंमा बसोबास गरिरहेका साहित्यकार मित्रलाई सुनाउादा उनी जसरी प्रस्तुत
भएका थिए त्यसले मलाई आचम्भित बनाएको थियो । अहिले पनि जति जतिखेर
उनलाई भेट्छु त्यति त्यतिखेर त्यो क्षण नचाहादा नचाहादै पनि मेरो नजरमा टुपलुक्क
आइपुग्छ । मेरो विचारमा ठूला वा जान्ने बुझ्नेहरूले राम्रोलाई राम्रो र नराम्रोलाई
नराम्रो नै भन्छन् होला भन्ने थियो । असल खराबमा आफ्नो र अरूको भाव आउादैन
होला भन्ने थियो । अहा, त्यस्तो हुादै होइन रहेछ, छक्क पर्नुपर्यो मैले धेरै समयसम्म ।
त्यसपछि भने मेरो आाखाको पर्दा छ्याङ्गै उघ्रियो । तथाकथित ठूलाबढाहरू समेत
समय परिस्थिति, परिवेश र माहोल अनुसार प्रस्तुत हुने रहेछन् । सत्यलाई सत्य र
असत्यलाई असत्य भन्न नसक्नेहरूको राज यो देशमा रहेको कुरा त्यसपछि मात्र
अनुभूत भयो । छातीमा देश नहुनेहरू, आस्थामा विश्वास नसागाल्नेहरू, विचारमा
अठोट नभएकाहरू, स्वार्थमा वर्ग, समुदाय, जात, रङ्ग र लिङ्गमा आगो लगाउादा
रहेछन् र आफू मज्जैले ताप्ने रहेछन् । अरू भर्सेला परून् केही मतलब हुादो रहेनछ
भन्ने ज्ञान भयो । उनलाई त्यसैको प्रतिनिधि पात्र ठहर्यायो मेरो मनले ।
उनको आसय थियो– ‘त्यहाा ती सालिकहरू राख्ने नै होइन’ म स्तब्ध बनेको
थिएा, उनको विचारले, विश्वासले ओहो १ मान्छेको रूप । उनले खिस्स हाास्दै मलाई
धाप मारेका थिए । एक छिनसम्म प्रतिक्रियाविहिन थिएा म । भानु र देवकोटाका
सालिक नफोडी त्यसकै छेउमा वा अन्यत्र कतै चाहना गर्नेले अर्को राख्न सकिहाल्छ
नि, उनीहरूले प्रतिकार गर्लान् र रु मैले आफ्नो शिर ठाडो पारेर उनीतिर फर्केर
प्रतिकार गरेको थिएा । त्यसपछि उनी मौन बनेका थिए । आज पनि ती मित्रलाई
देख्नासाथ देशका विभिन्न भागमा फुटेका सालिकहरू बारम्बार आाखामा आइपुग्छन् ।
दशक हाराहारीदेखि नै सालिकविहीन छन् ती स्थानहरू । मन कामना गरिरहेको
छ अर्काको भत्काउनेले आफ्नोबनाएको भए पनि त हुन्थ्यो नि तर अहा, छैन कतै
केही । मित्रले भुले होलान् तर मैले अहिलेसम्म पनि बिर्सन सकिरहेको छैन । नराम्रो
कामलाई जसले, जहाा र जहिले पनि नराम्रै भन्न सक्नुपर्छ । त्यहाा परिवार, आफन्त,
पार्टी, जात, वर्ग र लिंगको उपस्थिति हुनु हुादैन भन्ने सोच राख्ने मैले उनीबाट पनि
त्यस्तै अपेक्षा गरेको थिएा । राम्रो हाम्रो हुनुपर्नेमा हाम्रो राम्रो भैरहेको वर्तमानमा ती
रजस्थल
मित्रको भनाइ एक प्रकारले व्याख्या विश्लेषण गर्दा उपयुक्त नै होला तर सत्यलाई
पनि समयअनुसार परिभाषा गर्न थालियो भने चाहिा एकदिन उसको आगालोमा असत्यै
असत्य मात्र हुनेछ भन्दा कुनै आश्चर्य नलिए हुन्छ ।
सत्य र असत्यको परिभाषासमेत झण्डा र डण्डा अगाडि राखेर गर्ने समयमा
हुर्किबढेको र पढेको मैले भानुभक्तलाई कुन छेउबाट सम्झनु रु यतिखेर मज्जैले एक्लो
अन्योलमा छु । अप्ठेरोमा र दुविधामा छु । त्यतिखेर मसाग त्यसरी प्रस्तुत हुने विद्वान
मित्र उनको पूर्व अडानमा होलान् कि नहोलान् रु त्यो आफ्नो ठाउामा छ तर उनले
प्रतिनिधित्व गरेका ती मान्छेहरू आज कसरी प्रस्तुत होलान् रु मन हतारिएको छ
उत्तर पाउन । असहज बनिरहेछ आाखा, छाती र मुटु । तपाईं परिभाषा खोज्नु होला
तर म दिन सक्ने अवस्थामा छैन । किनकि त्यो मात्र अनुभूत गर्ने कुरा हो । बिगारेर,
भत्काएर र दोषजति अरूको शिरमा खन्याएर आत्मगौरव गर्नेहरूको कुनै कमी छैन
यहाा । नयाा निर्माणमा हैन पुराना ध्वंसमा गौरव गर्नेहरू आत्मरतिमा रमाइरहेका छन् ।
उनीहरूलाई केही भन्नु छैन मेरो । नयााको निम्ति सबै पुरानोको विनाशरविध्वंस
आवश्यक छ भन्ने विचारको पक्षपाती हुन सक्दैसक्दिना । त्यो घातक सोच, चिन्तन,
दृष्टिकोण र विचार हो । कहिल्यै नयाा निर्माण गर्न नसक्नेले मात्र यस्तो सोच राख्छ ।
सत्य यो पनि हो यति ठूलो नकारात्मकता छातीमा राखेर हिंड्दा अगाडिको बाटो
भेट्टाउनै सकिन्न । अगाडि जानु नै छैन भने बेग्लै कुरा, हैन जानुछ भन्ने सोच र अठोट
हो भने मनका कुविचार कुभावना र कुसोचको तिरस्कार गर्नैपर्छ । किनकि त्यसलाई
बोकेर अगाडि पुग्न त के सुबाटो पहिल्याउनै सकिन्न ।
एउटा कुरा पक्का हो, छातीमा सकारात्मक सोचको अलिकति पनि बीउ छ
भने नराम्रोलाई अगाडि राखेर भविष्य सुन्दर र राम्रो बनाउन सकिन्छ । कुरूपतालाई
साक्षी राखेर सुन्दरताको सिर्जना गर्न सकिन्छ । पहिलाका बेतिथि र अव्यवस्था भावी
पुस्ताका लागि नमूना हुनसक्छन्, प्रेरणाप्रद हुन सक्छन् । त्यसलाई हेरेर, तुलना गरेर
उनीहरूले भविष्यको गोरेटो अझै सुन्दर तथा सुस्पष्ट बनाउन र नयाा आधार फेला
पार्न सक्छन् । वर्तमानलाई सहज तुल्याउन सक्छन् । दुवैको तुलना गरेर भन्न सक्छन्
नराम्रोलाई यसरी सुधारिएछ, सुन्दर तुल्याइएछ । अगाडिको बाटो सहज पारिएछ ।
हामीले पनि यसबाट शिक्षा ग्रहण गर्नुपर्छ । अझै राम्रो र सुन्दर तुल्याउनुपर्छ । हाम्रा
अग्रजले नराम्रोलाई साक्षीका रूपमा राखेर राम्रो बनाए, सुन्दर तुल्याए र हामीलाई
छाडेर गए । त्यसैले हामीले झन् राम्रो र अझ सुन्दर बनाएर भावी पिढीलाई छाड्नुपर्छ
जसरी छाडे अग्रजहरूले ।
एक पुस्ताले गरेको काम अर्को पुस्तालाई हस्तान्तरणै नगरी मेट्ने सोच पाल्ने
हो भने आजसम्मको हाम्रो इतिहास मेटिनेछ, भत्किने छ र बिग्रने छ । त्यसपछि
हामी संसारमा इतिहासरविगत नभएका र भविष्यको कुनै पनि सोच समेत नराखी
केवल वर्तमानमा बााच्न पाए पुग्ने प्राणीका रूपमा संसारसामु दर्ज हुनेछौं । भूत र
रजस्थल ९भानु विशेषाङ्क–२०७००
भविष्य दुवै नभएकाहरूको मूल्याङ्कन विश्व समुदायले कसरी गर्ला, एउटा सानो
तस्बिर आाखामा नााच्न खोज्छ । यसर्थ वर्तमान सुन्दर, सुस्पष्ट र अग्रगामी तुल्याउन
इतिहासलाई खरानी पार्नु पर्दैन । मात्र सुरक्षित राख्दै सकारात्मक शिक्षा ग्रहण गरे पुग्छ,
भाव आत्मसात गरे पुग्छ । कल्पनाको धरातललाई सकारात्मकताको बाटो हिंडाउन
अठोट गरे पुग्छ । बरू त्यसलाई संरक्षण वा जस्ताको त्यस्तै रहन दिएर नयाा विचार
र सोच उमार्न सकिन्छ ।
नकारात्मक सोचले घर गरेकाहरूको मनमस्तिष्क सधैं विध्वंसमा नाचिरहन्छ ।
अनि उसैलाई प्राथमिकताको सूचीमा राखेर अगाडि बढ्ने हाम्रो प्रवृत्तिले ठूलो काम
गर्छ त्यसमा । सकारात्मक सोचको विकासमा अवरोध तेस्र्याएपछि उत्पन्न हुने समग्र
स्थिति हो त्यो । तसर्थ सकारात्मक सोच, दृष्टिकोण, मूल्यमान्यता र विचारधाराको
विकास गर्न सकियो भने यस्तो स्थिति स्वतस् समाप्त हुन्छ । एउटा कुरा हामी आफू
स्वयंलाई कहिल्यै चिन्दैनौं तर अरूलाई मनग्गे चिन्छौं । त्यो पनि सामान्य हैन, शिरदेखि
पुच्छरसम्म वा वरपर, तलमाथि सबैसबैतिर । आफ्नो काम कर्तव्य र अधिकार जान्दै
जान्दैनौं, अरूको आवश्यकताभन्दा बढी जान्दछौं । आफ्नो नैतिक दायित्व बुझ्दैनौं,
मात्र अधिकार बुझ्छौं । अनि अरूको अधिकार कहिल्यै बुझ्दैनौं, केवल कर्तव्य बुझ्छौं ।
आफूले गर्नुपर्ने काम कर्तव्यको कुनै हेक्का हुादैन तर अरूले गर्नुपर्नेको लामै फेहरिस्त
हुन्छ । जीवनमा आफू कहिल्यै चेला बन्न नजान्ने हामी गुरू बन्न हरहमेसा उद्यत
रहन्छौं । सिक्न होइन सिकाउन, हेर्न होइन देखाउन, बुझ्न होइन बुझाउन, पढ्न
होइन पढाउन, सुन्न होइन सुनाउन, बोल्न होइन बोलाउन, गर्न होइन गराउन, उठ्न
होइन उठाउन हरहमेसा पलप्रतिपल प्रयत्नशील रहन्छौं र अहिलेसम्म रहिरहेका छौं ।
आफ्नै विवेक, सोच र चिन्तनले हामी अगाडि कहिल्यै बढेनौं । विचार, आस्था र
विश्वासले बाटो खोजेनौं । आफूलाई कहिल्यै छाम्दै छाम्दैनौं । केबल अरूकै भरमा,
इसारामा र अगुवाइमा हिंड्न खोज्यौं र हिडिंरहेछौं । आफ्नो विश्वास गरेनौं र गर्दैनौं
तर अरूको भरमा, इसारा र अगुवाइमा हिंड्न कम्मर कस्यौं, कस्छौं । आफ्नै विश्वास
गर्दैनौं तर अरूको विश्वासमा चुर्लुम्म डुब्छौं । फुर्कन्छौं र उफ्रन्छौं । आलोचनाको
डोरीमा पोयो लगाउाछौं र आत्मरतिमा पौडन्छौं । अरूद्वारा आफ्नाको आलोचना
गराउाछौं । उछितो कढाउाछौं र सन्तोषको सास फेर्छौं । उसले के पायो, अनि मैले
के पाएा र के गुमाएा भन्ने सोच्नु अगाडि कमसेकम त्यसले त धुलो चाट्यो नि भन्दै
आत्मरतिमा डुब्छौं । भोलि भर्सेलामा परोस् भन्दै आजैका बारेमा पोखिन्छौं, हराउाछौं
र विलीन बन्छौं तर अलिकति पनि पश्चतापबोध गर्दैनौं त्यसैले हामी उकालो होइन
ओरालो झरिरहेछौं । अनि आत्मरतिमा रमाउादै आफ्ना र आफन्तलाई तातोपानीले
खुइल्याउादैछौं न्वारनदेखिको बल निकालेर ।
विडम्बना १ छातीमा प्रतिशोधको आगो दन्काउादै आफूलाई अग्लिन अरूलाई
होच्याउनै पर्छ भन्ने गलत मानसिकता बोकिरहेछौं । अत्यन्तै गलत सोचाइ र चिन्तन
रजस्थल
हो यो । यदि त्यस्तो सोचले मस्तिष्कमा डेरा जमाइरहने हो भने त्यसले घात मात्र
गर्ने निश्चित छ । सकेसम्म त्यसबाट दूर रहनु नै श्रेयस्कर हो । एकपटक जरा गाड्यो
भने कुनै हालतमा बाहिर्याउन सकिन्न । यसर्थ बेलैमा सोच्नु राम्रो हो । यत्ति कुरा
निर्धक्कका साथ भन्न सकिन्छ आफू अग्लिन अरूलाई होच्याउन र छोट्याउन पर्दैन ।
आफू ज्ञान, विवेक, बुद्धि र चेतनाले अग्लिदै जान सकियो भने स्वतस् अरूलाई होचो
तुल्याउन सकिन्छ । अर्थात् एउटा अग्लिनु भनेको अर्को स्वतस् होचिनु हो । किनकि
दुवैको स्थिति समान भएको इतिहास विरलै भेटिन्छ । मभित्र यो सोचले वर्षौंदेखि राज
गरिरहेको छ । अहिलेसम्म यसले मलाई अगाडि पाइला चाल्न पलपलामा हौस्याइरहेको
छ, रौस्याइरहेको छ । उत्साहित गरिरहेको छ । सकरात्मकता नै जीवनको सही बाटो
हो भन्ने मतको कट्टर समर्थक वा अनुयायीको नाताले नयाा निर्माणका निम्ति पुरानाको
विध्वंसरविनाश कुनै पनि अवस्थामा आवश्यक छैन भन्ने सोच राख्छु ।
ओहो, म त कता बहकिएछु कता १ नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको
द्विशतवार्षिकीको उपलक्ष्यमा सानो आलेख तयार गर्ने सिलसिलामा वरिपरिको परिवेश
हदेर् ै सोि चरहके ा े म भावनाका े तरङग् मा पा े पोि खएछ ु छताछल्ु ल । भानभु क्त आचायर् नपे ाली
भाषाका आदिकवि । यो भाषालाई आजको अवस्थामा आइपुग्न उनका रचनाहरूले
महत्वपूर्ण भूमिका खेलेको कुरामा कुनै शङ्का छैन । उनी मिसन लेखक होइनन् ।
त्यसैले उनको विपक्षमा रहेकाहरू तर्क, विचार वा खोज अनुसन्धानभन्दा प्रतिशोध र
इष्र्याले ग्रसित धेरै छन् । उनी सर्जक व्यक्ति हुन् । उनलाई त्यही आाखाले हेर्नुपर्छ ।
अन्य मानवहरूका कमीकमजोरीझैं उनका पनि हुन सक्छन् । कुनै पनि हालतमा उनी
देवता होइनन् । देवताको स्थानमा नामाङ्कितहरूका समेत कमीकमजोरी भेटिन्छन्
भने व्यक्ति भानुमा भेटिनुलाई अन्यथाको आाखाले हेरिनु आवश्यक पनि छैन । म
भानुभक्तलाई असल मानिस भन्न चाहान्छु । अर्थात् उनी नेपाली जातिका अगुवा हुन् ।
उनको कामले नेपाल र नेपालीलाई अगाडि बढ्न सहयोग गरेको छ, यो यथार्थ हो
। यतिखेर वरिपरिको परिवेश आध्यारिइसकेको छ । सबै आ–आफ्ना वासस्थानतिर
लाग्ने सुरसारमा छन् । घर–घरका धुरीबाट धुावा देखिन लागेको छ । वरिपरि बाासका
झाङहरूमा बास बस्ने धुनमा रहेका सारूङका आवाजहरू कानमा प्रतिध्वनि बन्न
आइपुग्छ । म तन्द्राबाट यथार्थमा ओर्लन्छु । भानुभक्तको बारेमा लेख्ने कुरा यही हो
भन्न नसके पनि उनको विम्ब आाखामा उपस्थित बनेको छ । मित्र मिलन समीरसाग
सल्लाह गरेर लेख्ने विषयमा भोलि छलफल गरौंला भन्ने सोच राख्दै मेरा पाइला पनि
छतबाट क्रमशस् जमिनतिर ओर्लन सुरू गर्छन् । आाखामा, मनमा, छातीमा भानुभक्त
र उनको समय क्रमशस् उपस्थित हुन खोज्छ । किनकि जमिन अर्थात् माटो नै सबैको
आधार हो ।
स्वाभिमानवस्ती, डुमरवाना–७ बारा