यतिखेर नेपाली भाषा र साहित्यको पहिचानका प्रतीक राष्ट्रिय विभूति आदिकवि
भानुभक्त आचार्यको द्विशतवार्षिकी चलिरहेको छ । स्वदेश तथा विदेशमा यस पावन
अवसरको सदुपयोग गर्दै विभिन्न कार्यक्रमहरूको आयोजना गरिने क्रम जारी नै छ ।
सबैभन्दा खुसीको कुरा हामी नेपाली भाषा साहित्यप्रेमीहरूको लागि त यो रहेको छ
कि–केही सीमित स्रोत र साधनसागै केही व्यक्तिहरूको सहभागितामा हरेक वर्षको असार
२९ गतेको दिन पारेर गरिदै आएको सनातन कर्मकाण्डी कार्यक्रम र र्यालीको सााघुरो
घेरोलाई तोड्दै यसपालीको भानुजयन्ती अत्यन्तै वृहत् रूपले राष्ट्रिय पर्वकै रूपमा
सभ्य र भव्यताका साथ सुसम्पन्न हुने क्रममै रहेको छ एकातिर भने अर्कोतिर ठूला
छापा माध्यमहरूले समेत सम्भवत: पहिलो चोटि विशेष महत्वका साथ भानुभक्तलाई
हेर्न थालेको आभाष भएको छ । भानुभक्तमाथि केन्द्रित भएर लेखिएका रचनाहरूले
उल्लेख्य रूपले स्थान पाइरहेको देखिएको छ । हरेक गाउाघरदेखि लिएर दूरदराजका
वस्तीहरूमा भानुभक्तको विशेष चर्चा परिचर्चासागै भानुजयन्ती मनाउादै गरिएका
खबरहरूले यसपाली राजधानीका प्रमुख पत्रपत्रिकाका पानाहरू भरिएको देखियो । यस्तो
लाग्यो कि नेपाल र नेपालीहरूले भानुभक्तलाई यसैपालीदेखि बल्ल राम्रोसाग चिनेछन्
र त उनलाई यस अगाडिभन्दा बढी मात्रै नभएर सार्थक रूपले समेत सम्झिने काम
भयो र ढिलै भएपनि भानुभक्तले नेपाली भाषा साहित्यरूपी विशाल घरको श्रीवृद्धि
गर्ने मात्रै नभएर बलियो जग बसाल्ने क्रममा पुर्याएको अद्वितीय योगदानको उचित
मूल्यांकन सहित कदर गरियो । यो हामी नेपाल र नेपाली भाषा साहित्यलाई भित्रैदेखि
माया गर्नेहरूको लागि त झन् अत्यन्तै खुसीको कुरा हो । किनभने कुनै पनि किसिमको
घर बलियो हुनको लागि सबैभन्दा पहिले त्यो घरको जग बलियो हुनुपर्छ । नेपाली
भाषा साहित्यरूपी घर निर्माण त धेरै टाढाको कुरा, घर बनाउने सोच विचारमा
समेत कोही कसैको अलिकति ध्यान पनि नगएको त्यस वेलामा भानुभक्तले नेपाली
भाषा साहित्यको विशाल घर निर्माण गर्ने र सबै नेपालीहरूलाई त्यही घरभित्र ओत
लागेर सुरक्षित गराउने पवित्र मनसायका साथ गहिरो जग खनेर चारै कुनामा बलिया
खम्बाहरू गाडेर जतिसुकै रेक्टर स्केलको भूकम्प आए पनि त्यसले भत्काउन त के
हल्लाउन समेत नसक्ने खालको बलियो घर निर्माण कार्यको शिलान्याससागै दु्रतगतिमा
काम गर्दै गए । त्यसपछिको क्रममा उनका सहयात्रीहरूले त्यो घरमा विभिन्न किसिमले
रजस्थल
साजसज्जा थप गरी फूलबुट्टा भर्दै वर्तमान समयमा यस्तो लोभलाग्दो र आकर्षक सुन्दर
घरको निर्माण भैसकेको छ कि नेपाली भाषा साहित्यरूपी उक्त घरले सारा संसारलाई
लोभ्याउादै गएको छ र त यो नेपाली भाषा साहित्यरूपी घरको अवलोकन, अध्ययन
एवम् विश्लेषण गर्नै भनेर विदेशीहरू समेत यहाा आउन थालेको धेरै नै समय भैसकेको
छ । अझै यसपालीदेखि त दूरदराजका सर्वसाधारण नेपालीहरूले समेत भानुभक्तलाई
सम्झिएर नेपाली भाषा साहित्यको घरलाई अझै विस्तार गर्दै झन् विशाल आकारमा
फैलाउने जस्तो महान एवम् ऐतिहासिक कार्यमा डटेर लागिरहेको देखिन्छ ।
वि.सं. १८७१ आषाढ कृष्णअष्टमी, आदित्यबारका दिन चुादीरम्घामा जन्मिएर
हुर्किएका अनि लामो समयसम्म त्यहीा नै बसोवास गरेका भानुभक्त आफ्ना हजूरबा
(श्रीकृष्ण आचार्य, जो आफ्नो समयका संस्कृतका ठूला विद्वान थिए) साग सानो उमेरमै
बनारस गएर पढेका थिए । बनारस बसाइंकै क्रममा आफ्ना हजूरबा र उनका मित्र
मण्डलीको आध्यात्मिक सङ्गतले भानुभक्तलाई पनि अध्यात्मको क्षेत्रमा गहिरो रुचि
पैदा भएको देखिन्छ । आफ्ना हजूरबाले दिनहुा पाठ गर्ने अध्यात्म रामायण सुनेकै भरमा
उनलाई कण्ठस्थ भैसकेको थियो भन्ने कुरा थाहा पाउन सकिन्छ । जसको प्रयोग सफल
एवं कुशलतापूर्वक भानुभक्तले अत्यन्तै मीठो, सरल, सहज, स्वभाविक एवम् सरस
नेपाली भाषामा अध्यात्म रामायणको रूपान्तरण मात्र होइन मौलिकता भरेर आफूभित्र
लुकेर रहेको प्रखर कवित्व शक्तिलाई सबैको सामु सार्वजनिक गरे । संस्कृत भाषाको
जगजगी रहेको त्यो वेलामा समेत उनले कुशलतापूर्वक मौलिकरूपले नेपाली भाषामा
अध्यात्म रामायणको यसरी लिपिबद्ध गरेर देखाइदिए कि जसको प्रभावकै कारणले
गर्दा उक्त रामायण सर्वाधिक लोकप्रिय हुन सफल भयो र आजसम्म पनि उत्तिकै
लोकप्रिय रहिरहेको छ । अनि त्यसैको ताप र रापले भानुभक्तभन्दा अगाडि नेपाली
भाषा साहित्यको क्षेत्रमा कलम चलाउादै आएका प्राय: सबै कविहरूसागै उनीहरूको
कवितालाई समेत ओझेलमा पारिदियो र त भानुभक्तलाई निर्विकल्प रूपले स्पष्ट
किटानका साथ तर्क सङ्गत ढङ्गले आधिकारिकता सहित नेपाली भाषा साहित्यका
आदिकविको रूपमा मोतीराम भट्टले चिनाउने काम गरे ।
हुन पनि भानुभक्तको रामायण पढिसकेपछि कोही कसैलाई पनि वेदव्यासद्वारा
रचित अध्यात्म रामायणको सपाट अनुवाद हो भन्ने लाग्दैन । किनभने यसमा
भानुभक्तले आफूभित्र लुकेर रहेको प्रचुर कवित्वशक्तिको भरपूर उपयोग गरी काव्य
अनुवादको सीमारेखालाई नै मेटाइदिएका छन् । जसले गर्दा यो आफैमा शक्तिशाली
नेपाली मौलिकतासागै विशिष्ट छन्दोबद्ध अनुपम काव्य कृति बन्न सफल भएको छ ।
एउटा ज्यदाू ा े नपे ाली परिवशे बाल्े न सक्न े सामथ्यर् राख्द ै आएका े भानभु क्तीय रामायणका
पङ्ति पङ्तिहरू, जसको सबैले मुक्तकण्ठले प्रशंसा गर्दछन् र भन्दछन् कि–भानुभक्तको
रामायण नेपाली भाषा साहित्यको विशिष्टतासागै मौलिकताले भरिएको एउटा अद्वितीय
अनुपम उपलब्धि हो । त्यसैले त भानुभक्तको रामायणको अन्य थुप्रै भाषामा अनुवाद
रजस्थल (भानु विशेषाङ्क–२०७०)
गरिदै छ र अन्य धर्म, संस्कृति एवम् समुदायमा यसको उच्चतम काव्यरस प्रवाहित
गरिदैछ । यसबाट के कुरा स्पष्ट हुन्छ भने भानुभक्तको नेपाली रामायणको भाषिक
एवम् काव्यिक सामथ्र्य र शक्तिलाई नेपालका विभिन्न समुदाय र अन्य मातृभाषीहरूले
मात्रै नभएर नेपाल बाहिरका अन्य समुदायसागै फरक भाषा बोल्नेहरूले समेत सहर्ष
स्वीकार गर्दै आएका छन् । यहाानेर फेरि के कुरा स्पष्ट रूपले मध्यदिनको घाम जस्तै
छर्लङ्ग हुन्छ भने नेपाली भाषा साहित्यको विकास, विस्तार एवम् संरक्षणको दिशामा
आफ्ना पाइलाहरू दृढतापूर्वक चालेर नै भानुभक्त भाषिक रूपबाट नेपाली राष्ट्रिय
एकताका प्रतीक नै बनेका थिए र त वर्तमान समयसम्म आइपुग्ने क्रममा राष्ट्रिय
र अन्तर्राष्ट्रिय जगतमा छरिएर रहेका अनेकौं जातजाति र भाषाभाषीका नेपाली
मनमुटुहरूलाई एकापसमा बलियो गरी जोड्ने शक्तिशाली साहित्यिक/सांस्कृतिक
सेतुको रूपमा दृढताका साथ उभिएका छन् उनै भानुभक्त ।
कुनै पनि स्वतन्त्र मुलुक एवम् सार्वभौमसत्ता सम्पन्न मुलुकवासीहरूका लागि
भौगोलिक/राजनीतिक एकता मात्रै सबैथोक कदापि हुनै सक्दैन । त्यसलाई ‘सबैथोक’
को रूपमा सदैव क्रियाशील तुल्याइ राख्ने अचुक उपाय भनेकै सांस्कृतिक एकता हो,
जसलाई भावनात्मक एकताको रूपमा बुझ्ने गरिन्छ । हाम्रो देशमा यही सांस्कृतिक
अथवा भावनात्मक एकताका प्रथम सूत्रधारको रूपमा उदाएका व्यक्तित्व भानुभक्त नै
हुन् । त्यसैले त वर्तमान समयमा उनी झन् संसारको विभिन्न कुना कुनामा छरिएर
रहेका सम्पूर्ण नेपालीहरूका संस्कृतिकसागै जातीय एकताका प्रतीकको रूपम पूजनीय
भएर रहेका छन् ।
नेपाली भाषा नेपालको राष्ट्रभाषामात्रै नभएर संसारभरि छरिएर रहेका
नेपालीहरूको एकमात्र साझा भाषा समेत हो । छिमेकी राष्ट्र भारतमा पनि यो एक
राज्यभाषाकै रूपमा रहेको छ । नेपाली भाषाको विकास, विस्तार एवं संरक्षण कार्यमा
राजनीतिक, सामाजिकसागै विभिन्न भाषाशास्त्रीय अनेकौं कारक तत्वहरू भएतापनि
यसलाई नयाा मोड, तीव्र गतिसागै स्वभाविक रूपले जीवन्तता प्रदान गर्ने पहिलो श्रेय
भानुभक्तलाई नै जान्छ । जसले गर्दा दार्जिलिङ, सिक्किम, भुटान, डुवर्स, आसाम,
मेघालय, मणिपुर, नागाल्याण्ड, वर्मा, हङ्कङ्, मलायादेखि लिएर अन्यत्र जहाासुकै
बोलिदै आएको नेपाली भाषा साहित्यका उन्नायक उनै भानुभक्त हुन् भनेर उल्लेख
गर्दा कुनै अतिशयोक्ति हुादैन । त्यसैले समस्त नेपालीहरूको बीचमा भाषिक एवं
सांस्कृतिक एकताको मौलो गाड्ने जस्तो महान एवं ऐतिहासिक शुभकार्यको थालनी
उनै भानुभक्तले गरेका थिए भन्ने कुरामा कोही कसैको दुईमत हुनै सक्दैन ।
वर्तमान एक्काइसौं शताब्दीको यो घडीमा आएर नेपाली भाषा र साहित्यको समृद्ध
स्वरूप देख्ने जुन सुनौलो अवसर हामीले पाइरहेका छौं र आफैमा मख्ख परिरहेका
छौ । यहाासम्म नेपाली भाषा साहित्यलाई डोर्याएर ल्याइपुर्याउने क्रममा भानुभक्तले
पुर्याएको योगदान आफैमा चिरस्मरणीय बनेको छ ।
रजस्थल
आफ्नो सरल, भाषाशैली, सहज एवं स्वभाविक अभिव्यक्ति जस्ता काव्यगत
विशेषतासागै कवि कर्मशील ओजस्वी व्यक्तित्वको रूपमा यो २०० वर्ष मात्रै नभएर
यस्ता हजारौं लाखौं २०० वर्षसम्म पनि उत्तिकै सशक्ततासागै जिउादा जाग्दा भएरै
रहने छन् अनि नेपाली भाषा साहित्यलाई अभिव्यक्तिको प्रमुख र एकमात्र माध्यम
बनाउाने हामी सबैको लागि उनी अनन्तकालसम्म प्रिय आदि कविको रूपमा हाम्रो
अन्र्तहृदयको पवित्र सिंहासनमा विराजमान भएरै बााच्ने छन् यो जगतमा चन्द्रसूर्यको
उज्यालो रहुन्जेल ।
भलै, भानुभक्तकालीन अध्यात्मवाद र भक्तिवाद वर्तमानकालीन प्रगतिशील एवम्
नवयुगको सदैव आकाङ्क्षा राख्ने हामी नेपालीहरूका लागि सर्वग्राह्य हुन नसक्ला,
त्यो आफ्नै ठाउामा रहेको छ । तर यहाानेर तपाई हामी सबैले एकचोटि गहिरिएर
सोच्नै पर्ने गााठी कुरो के रहेको छ भने –भानुभक्तको बारेमा सही, सार्थक, निश्पक्ष एवं
वास्तविक मूल्याङ्कन गरिएको त्यतिवेला मात्रै ठहरिने छ, जतिवेला हामीले उनको
मूल्याङ्कन उनी स्वयम्कै पाश्र्वभूमि र तत्कालीन समय र परिस्थितिको सन्दर्भलाई
मूख्य केन्द्रबिन्दुमा राखेर गरिरहेका हुनेछौं । अनि फेरि विचारगत परिस्थितिमा एकैचोटि
क्रान्ति नेपाली दन्त्यकथामा आकाशबाट एकाएक फूरौला वर्षिए झैं वर्षिएर आउादैन
र साहित्यमा समसामयिक घटनाक्रमहरूको कुशल चित्राङ्कन तब मात्र सम्भव हुन्छ,
जब साहित्यले आफैमा एउटा सुनिश्चित मार्ग पहिल्याएर गन्तव्यस्थलतर्फ अर्जुनदृष्टि
लगाएर निर्विघ्न रूपले आफ्नो यात्राको थालनी गरेको हुन्छ भन्ने तथ्यलाई आाखा
चिम्लिएर भानुभक्तको साहित्यमा समसामयिक घटनाहरूको सघन प्रभाव परेको
देखिएन भन्दै गरिएको एकतर्फी आलोचनाले कहिल्यै केही कसैगरी आफ्नो औचित्य
सावित गर्नै सक्दैन भन्ने कुरामा म ढुक्क भैसकेको छु । किनभने जतिवेला सुगौली
सन्धिमा हस्ताक्षर हुादै थियो, त्यतिवेला भानुभक्त एउटा अबोध ३ वर्षे शिशुको रूपमा
आमाको न्यानो काखमा खेल्दै थिए र त्यसको करिब अठार वर्षको अन्तराल पश्चात्
आएर मात्रै उनले नेपाली भाषा साहित्य लेखन कार्यमा आफ्नो कलम चलाउन थालेका
थिए । यी र यस्तै विविध तथ्यहरूलाई बिर्सिएर आफ्नै विचारको आग्रहमा पूर्वाग्रही
मनोग्रन्थीले अभिप्रेरित भएर सुनियोजित रूपमै तत्कालीन भानुभक्तलाई वर्तमान
समयमा आएर आलोचनाको नाममा खेदो खन्दै नेपाली भाषा साहित्यरूपी विशाल
वृक्षको जरा खोतल्ने काम कसले, कहााबाट, किन गरिरहेको छ र कुन प्रयोजनको
लागि गर्न लगाइरहेको छ ? यसप्रति हामीले विशेष ध्यान दिनुपर्ने वेला भैसकेको छ ।
नेपाली भाषा साहित्यको क्षेत्रमा प्रारम्भिक कालमा कलम चलाउने कविहरू
सबैजना कुनै न कुनै किसिमले तत्कालीन शासकहरूमै आश्रित थिए । तिनीहरू सबैको
कवि–कर्मशील व्यक्तित्व व्यक्तिगत स्वार्थले अभिप्रेरित भएको थियो । सुवानन्द दासदेखि
लिएर यदुनाथ पोखर्यालसम्म आइपुग्दा समेत यही परम्परा टड्कारो देख्न सकिन्छ ।
रघुनाथको रामायण अनुवाद अधुरो प्रयासको रूपमा मात्रै सीमित भएको थियो ।
रजस्थल (भानु विशेषाङ्क–२०७०)
उमेरको हिसाबले हेर्दा रघुनाथ भानुभक्तभन्दा जेठा थिए भन्दैमा कविता लेखनका
दृष्टिले रघुनाथ भानुभक्तभन्दा जेठा थिए भन्न मिल्दैन र वास्तवमा कविता लेखनका
दृष्टिले रघुनाथ भानुभक्त भन्दा कान्छा नै थिए भन्ने कुरा स्पष्ट रूपले उल्लेख गरिएको
देखिन्छ । त्यतिमात्रै होइन कि रघुनाथले भाषा, शिल्पशैली आदिका दृष्टिले समेत
भानुभक्तलाई उछिन्ने सामथ्र्य राख्न सकेको देखिदैन । इन्दिरस, विद्यारण्य केशरी, वसन्त
शर्मा लगायतका केही प्रतिभाशाली कविहरूले कृष्णभक्तिको मूलमार्गलाई पछ्याउादै
शृङ्गारिक भावधाराको संचार गरेसागै उनीहरूको भाषा, शिल्पशैली आदिमा अपेक्षाकृत
केही विकास र विस्तार भएको त देखियो तर उनीहरू कोही कसैले पनि भानुभक्तको
काव्य सामथ्र्यलाई नै उछिन्न सक्ने शक्ति भने हासिल गर्नै सकेनन् ।
भानुभक्तको लेखनीमा सामाजिक सचेतना भेटिएन भन्न समेत पछि नपर्ने
लालबुझक्कड कथित बौद्धिक व्यक्तित्वहरूलाई पूर्वाग्रहीपनले टपक्कै टालिएको
चिन्तनको थोत्रो चस्मा फुकालेर, ठण्डा दिमागमा गहिरिएर, बुद्धिको बिर्काे पूरै घैंटोको
पिंधसम्म घाम लाग्ने गरी नखुल्दासम्म दोहोर्याउादै भानुभक्तद्वारा पाल्पाली सुब्बालाई
विवाहका सम्बन्धमा लेखिएको पत्र, मित्रपत्नीको बारेमा केन्द्रित भएर लेखिएको श्लोक,
भोलिवादको विरोधमा लेखिएको कविता लगायतका उनका अन्य फुटकर रचनाहरू
पढ्ने नि:शुल्क तर मूल्यवान सल्लाह सुझाव बाहेक अरू के नै दिन सकिन्छ र ?
त्यसपछि बल्ल उनीहरूको मुखारवृन्दबाट सहजै फुत्किदो हो कि—“भानुभक्तीय
साहित्यको मूल्याङ्कन गर्दै गर्दा उनको सामाजिक सचेतनाको पक्षलाई पनि दृष्टिगत
गर्नु अत्यावश्यक हुादोरहेछ, जहाा उनका कृतिहरूभित्र सुधारवादी चेतनासागै सामाजिक
आदर्श नै बढी मात्रामा मुखरित भएर आएको पो त रहेछ है ।” तर उनीहरूलाई
त्यसरी भानुभक्तको साहित्यको बारेमा गहिरिएर अध्ययन, चिन्तन, मनन एवं विश्लेषण
गर्ने फुर्सद नै कहाा छ र ? फेरि फुर्सद भएर पो के नै गर्नु ? त्यस्तो सामथ्र्य पनि
त हुनुपर्यो ।
युगले चाहादैमा र समाजले रहर गर्दैमा नेपाली भाषा साहित्यको क्षेत्रमा
आदिकविको रूपमा चिरपरिचित धरोहर भानुभक्त जस्ता वाङ्मयी अनमोल रत्नहरू
पटक–पटक जन्मिदैनन् । भानुभक्तका बारेमा हजारौं पृष्ठहरू लेखिनेछन्, छापिनेछन् ।
नेपाली भाषा साहित्यको सिंगै युग रहेसम्म उनको बारेमा हुने चर्चापरिचर्चासागै लेखिने
र छापिने क्रम रोकिने छैन । वि.सं. १९२५ मा यस संसारबाट ५५ वर्षको अल्पायुमै
भौतिक रूपले बिदा लिएर गएका भानुभक्तले तत्कालीन समयको पुरातनपन्थी सोच
एवम् नेपाली भाषालाई असभ्य, पाखे अनि अशिक्षित गाउालेहरूले बोल्ने भाषाको
रूपमा सोचेर गरिदैं आएको हेय र तिरस्कारपूर्ण व्यवहारलाई लत्याउादै रामायणको
माध्यमबाट सबैको घरघरमा गुञ्जाइदिएर नेपाली भाषालाई एउटा बेग्लै इज्जत र
प्रतिष्ठा दिलाउने काम गरे । अर्थात् नेपाली भाषाको अस्तित्व समेत धरापमा परिरहेको
संवेदनशील परिस्थितिमा ठूलै जोखिम मोलेर उनले नेपाली भाषा साहित्यको क्षेत्रमा
रजस्थल
एउटा भाषिक क्रान्तिकै उद्घोष गरिदिए र त आज हाम्रो बीचमा नेपाली भाषा
साहित्यले विकास र विस्तार हुादै आफूलाई अन्र्तर्राष्ट्रियस्तरमा समेत पुर्याउन सफल
भैसकेको छ । यसको सबैभन्दा पहिलो श्रेय समेत उनै भानुभक्तलाई जान्छ । जसले
गर्दा आदिकवि भानुभक्त आचार्य नेपाली भाषा साहित्यको क्षेत्रमा एउटा सिङ्गो
प्रज्ञा–प्रतिष्ठान नै हुन् भन्दा कुनै अतिशयोक्ति हुादैन ।
अन्त्यमा, हामी सबैले देखिरहेकै कुरा हो–हाम्रो वरिपरि रहेका अधिकांश मान्छेहरू
आफ्नो जीवनमा जसरी सामान्य रूपले उदाएर आएका थिए ठीक त्यसैगरी सदाको
लागि अस्ताएर गएका छन् तर नेपाली भाषा साहित्यका धरोहर आदिकवि भानुभक्त,
जसको सच्चा, सार्थक एवं विशिष्ट कवि कर्मकै फलस्वरूप साहित्यले संस्कृतवाजहरूको
अतिवादी अङ्कुशबाट फुत्किएर पहिलोचोटि सर्वसाधारण नेपाली जनताहरूसाग
आत्मीय साइनो गाास्न सफल भयो । भानुभक्तले आफ्ना अग्रज एवं पूर्वज कवि
साहित्यकारहरूबाट कुनै प्रेरणा प्राप्त गरेकै थिएनन् भन्न खोजिएको कदापि होइन
तर यो विशेष महत्वपूर्ण एवं ऐतिहासिक भूमिकाको पहिलो श्रेय भने भानुभक्तलाई
नै प्राप्त भएको कुरामा कोही कसैको दुईमत हुनै सक्दैन । किनभने भानुभक्त भन्दा
अगाडि नेपाली भाषा साहित्यको क्षेत्रमा धेरै नै कविहरूले आफ्नो कलम चलाए तर
काव्यिक गुण र विशेषतामा उनलाई उछिन्न सक्ने सामथ्र्य राख्ने कोही पनि नभएकै
हो । निसन्देह, भानुभक्तले आफ्ना पूर्ववर्ती र समकालीन सबै कविहरूलाई उछिनेकै
हुन् । उनै भानुभक्त जसले सबैभन्दा पहिले व्यापक रूपमा शुद्ध नेपाली भाषा लेखन
अभियानको थालनी गरे । जसले भाषागत संवेदनशीलतालाई उच्च महत्व दिंदै लालित्य,
सरलता, सहजता, स्वभाविक एवं ओज, प्रसाद, अभिव्यक्ति लगायत प्राय: सबै काव्यगत
विशेषताहरू पस्किन सफल भए । जसले कहिल्यै पनि व्यक्तिगत स्वार्थले अभिप्रेरित
भएर ‘स्तुति’ का निम्ति साहित्य–साधना गर्नै चाहेनन् । जसले फुटकर कविताहरू
मार्फत आफ्नो निर्भीक कवि व्यक्तित्वको परिचयसागै आफ्ना साहित्यिक कृतिहरूमा
नेपाली जातीय रङ्ग र मौलिकताको अमिट छाप छोड्न सफल भए । जसले आफ्ना
पूर्ववर्तीहरूको परावलम्बनबाट मुक्त भएर नेपाली भाषा साहित्यको एउटा नयाा युगको
उद्घोष गरे । त्यसैले उनी आदि राष्ट्र कवि हुन्, नेपाली जातीय विभूति हुन् । जो
चिरकाल पर्यन्त फेरि कहिल्यै पनि नअस्ताउने गरी उदाएर चम्किरहेका छन् ‘धुव्रतारा’
भएर । जसको अद्वितीय गुण र गरिमालाई एउटा सच्चा नेपाली भाषा र साहित्यप्रेमी,
देशभक्त नेपालीले कहिल्यै पनि विर्सन सक्ने छैन र त हामी सम्पूर्ण नेपालीहरूले
भानुजयन्तीलाई नेपाली भाषा, साहित्य र संस्कृति दिवसका रूपमा मनाउनका लागि
आतुर भैरहेछौं ।
तीनदोबाटे–७, करादी खोला, स्याङजा, हाल :– त्रिभुवन विश्वविद्यालय कीर्तिपुर,
काठमाडौं (मो.नं.९८४६१३६१३७)