Social Icons

नेपाली भाषा साहित्यको क्षेत्रमा भानुभक्तको योगदान - भूपनिधि पन्त


जन्म र परिवेश:
भानुभक्त आचार्यको जन्म वि.सं. १८७१ असार २९ गते गण्डकी अञ्चल तनहुाको
चुादी रम्घामा भएको थियो । उनको जन्म हुादा पृथ्वीनारायण शाखको शङ्खघोष
अनुसार नेपाल एकीकरणको अभियान दु्रतगतिमा अगाडि बढिरहेको थियो । तत्कालीन
नक्सा अनुसार नेपालको सीमाना पूर्वमा टिष्टा र पश्चिममा काागडासम्म पुगेको हामी
पाउाछौं । यस अर्थमा भन्दा भानुभक्त आचार्यको जन्म विशाल नेपालमा भएको थियो ।
यसै समय भारतमा उपनिवेशवादी भूमिका खेल्ने इष्ट इन्डिया कम्पनी आफ्नो प्रभुत्व
जमाउादै नेपालतर्फ वक्रदृष्टिले हेर्दै सीमाना मिचेर निहुा खोज्न थालेको थियो । आखिर
नेपालले अंग्रेजसाग युद्ध नगरी सुख पाएन । दुई वर्षसम्म नेपाली सपुतहरू जिउज्यान
दिएर लडे । आखिर वि.सं. १९७३ मा सुगौली सन्धिको नाउाले नेपाल र अंग्रेजका बीच
वाध्यतापूर्वक सन्धि गरियो । यो सन्धिले नेपालले विजय गरेको एक तिहाइ भूभाग
भारततर्फ गाभियो । विशाल नेपाल खुम्चिएर सानो भयो । मेची र महाकाली सीमाना
लाग्यो । भानुभक्तको बाल्यकाल नेपाल पराजयबाट पीडित थियो ।
अध्ययन र अनुभूति:
भानुभक्तको किशोर अवस्थामा नेपालमा सार्वजनिक विद्यालयहरू थिएनन् ।
गाउाघर कै शिक्षित पण्डितहरूको पिाढी पाठशालामा विद्याथीहरू अध्ययन गर्ने गर्थे ।
भानुभक्तले आफ्नो अध्ययनको श्रेय आफ्ना बाजे पं. श्रीकृष्ण आचार्यलाई दिएका छन्।
बाग्लुङ नं. पा. ५ मूलपानी बस्ने विश्वनाथ रेग्मीको खोज अनुसार बद्रीनाथ पन्तका
नाति जलशायी पन्तले विश्वनाथका बाजे गोपाल रेग्मीलाई वि.सं. १९९६ श्रावण ४
रोज ३ मा दान वक्स गरिएको कागजमा भानुभक्तलाई पढाए वापत बाजे पं. बद्रीनाथ
पन्तले प्राप्त गरेको जग्गा भनी उल्लेख भएको हुादा भानुभक्तले पछि बागलुङमा गएर
पढेका रहेछन् भन्ने सिद्ध हुन आएको छ । उक्त लिखित कागजमा भानुभक्तलाई पण्डित
भनिएको हुादा सम्भवत: संस्कृत साहित्य वा पुराण बद्रीनाथ पन्तले भानुभक्तलाई पढाएको
हुनुपर्छ । तनहुा चुादी रम्घाका पण्डितहरूको पिाढी पाठशालादेखि बाग्लुङ र बनारससम्म
भानुभक्तको अध्ययनको क्षेत्र मानिएको छ ।
नेपाली भाषा र साहित्य लेखन:
रजस्थल 
घाासीसागको सम्वादबाट प्रेरित भएर लेखिएको दुई कवितालाई भानुभक्तको
पहिलो कविता मानिएको छ । उक्त कविता वि.सं. १८९३ मा बाइस वर्षको उमेरमा
उनले लेखेको पाइन्छ । यसपछि क्रमश: वि.सं. १८९८ मा सत्ताइस वर्षको उमेर हुादा
भानुभक्तले रामायण लेखनको सुरू गरेको पाइन्छ भने वि.सं. १९०६ मा पैंतीस वर्षको
उमेरमा भानुभक्तले बालाजी वर्णन र कान्तिपुर सम्बन्धी कविताको रचना गरेको अभिलेख
छ। उक्त दुई कविता भाषा र साहित्यको दृष्टिले परिमार्जित पाइन्छ । यसपछि वि.सं.
१९०९ मा अठ्तीस वर्षको उमेरमा क्रमश: रामायणको अयोध्याकाण्ड, अरण्यकाण्ड,
किष्किन्धाकाण्ड र सुन्दर काण्डको रचना गरी वि.सं. १९१९ मा ३९ वर्षको उमेरमा
रामायणको युद्धकाण्ड र उत्तरकाण्ड समाप्त गरी प्रश्नोत्तर तथा भक्तमाला अनुवाद गरेर
वि.सं. १९१९ मा ४८ वर्षको उमेरमा बधूशिक्षा मौलिक रचना र वि.सं. १९२५ मा
५४ वर्षको उमेरमा मृत्युशय्याबाट रामगीता अनुवाद गरेपछि भानुभक्तको स्वर्गारोहण
भएको जीवन हामी पाउाछौं ।
भानुभक्तको समकालीन भाषा साहित्य:
भानुभक्तको समकालीन भाषा साहित्य भन्नाले हामी केही वर्ष अघिदेखिका नेपाली
गद्य र पद्यलाई उदाहरणको रूपमा प्रस्तुत गर्न सक्छौं । भानुभक्तको समय सगुण
भक्तिकाव्यको युग थियो । यस युगका कविहरूमा वसन्त शर्मा, इन्दिरस, विद्यारण्य
केशरी आदि अग्रज र रघुनाथ भानुभक्तभन्दा केही पछाडिका कवि थिए । यिनीहरूका
कवितामा भक्तिभाव भएपनि भाषा र शैलीका दृष्टिले रचनाहरू सरल र भाव प्रवाहित
थिएनन् । गोपिकास्तुतिको अनुवादमा इन्दिरसको कविता हेरौं:
तिमी रह्यानछौ पुत्र गोपिका ह्दय साक्षी हौ सर्वदेहिका ।
विधिकि बिन्तिले लोक पाल्नु भो, यदुकुलैविषे जन्म लिनु भयो । ।
अयोध्याकाण्डको रामभारत सम्वादमा भानुभक्तको रचना:
रामले वनै गै मुनिभेष धर्नु, यााहीा भरत्ले वसि राज्य गर्नू
भन्या पिताको जब सुन्न पायाा, आज्ञा उसैले वन जान आयाा ।
अब गद्य रचनातर्फ हेरौं वि.सं. १८९२ भन्दा अघि नै मुद्राराक्षस नामक किताबमा
लेखिएको आत्मबोध विषयको एउटा अंश यस्तो छ ।
मोक्षको कारण तत्व ज्ञानै छ । तत्वज्ञानविना मोक्ष हुादैन । जप–तप–व्रत–पूजाहरू
त पापको नाश गन्र्या मात्रै हुन् । मोक्ष दिनसकन्या होइनन् । जस्तो दारूवा (दाउरा)
पानी भााडाहरू छन् त पनि अग्निविना भात पाक्दैन । अग्नी भया मात्र पाग्छ । तस्तै
मोक्ष पनि तत्वज्ञानले मात्र मिल्छ । अरू कुराले मिल्दैन । (पााच सय वर्ष पृ २६२)
मुद्राराक्षस (१८९२) को २७ वर्षपछि वि.सं. १९१९ मा भानुभक्तले छोरा रमानाथलाई
काठमाडौंबाट लेखेको चिठीको एक अंश:
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
उत्तरकाण्ड रामायण केहि बााकी बनाउन रह्याको थियो र सबै इष्टमित्रले त्यो
रामायण समाप्ति गरिजानु भन्या लोकले गाउन्या छ । तपाईलाई पनि जौ हुनु सिद्धि
यतैबाट हुन्याछ, सिद्ध गराइ जाउ’ भनी बडा बडाले पनि वेस हो भनी त्यै सिद्ध गराउन
लागि रह्याा छु। सय डेड सय सिलोक बनाउन बााकि छ। यो सिद्ध गराई भरि वैशाखमा
अवश्य आइपुग्छु ।... मिति १९१९ साल वैशाख १ दि २ रोज शुभम् । भानुभक्त आचार्यको
विशेषता गद्यमा होइन पद्यमा हो । गद्यमा पनि उनको कमल चल्दथ्यो भन्ने दर्शाउन
उपर्युक्त हरफहरू उल्लेख गरिएको हो । उक्त चिठी, पााच सय वर्षको पृष्ठ ३२४ मा छ ।
रामायण अमर ग्रन्थ:
भानुभक्त आचार्यलाई आदिकविको रूपमा सम्मान गरिएको मुख्य कृति रामायण
हो । अध्यात्म रामायणबाट अनुदित यो रामायणमा नेपाली विशुद्ध भाषाशैली र विविध
छन्दको प्रयोग गरिएको र यसको मूल उद्देश्य लोककल्याण भएकाले रामायण लोकप्रिय
भएको हो । रामायण कुनै जाति र वर्ण विशेषको मात्र पठनीय ग्रन्थ होइन । यो त
कल्याण मार्गमा लाग्ने सबै मानव मात्रको पठनीय ग्रन्थ भएकाले यसको पठनपाठन
नेपालका सबै जात वर्गले गरेको पाइन्छ । भानुभक्त रामायणको विभिन्न काण्डभित्र
आत्मबोध मोक्षसाग सम्बन्धित उक्तिसूक्तिहरू पाइन्छन् । यस्ता उपदेश प्रसङ्गवस स्वयम्
श्रीरामबाट भएको छ । राम वनवास जान लाग्दा कौशल्याको विलापलाई लक्ष्मणजीले
सहन नसकेर क्रोधित बनेका अवस्थामा श्रीरामजीले लक्ष्मणलाई यसरी सम्झाउाछन्:
सुन्यौ भाइ, संसार्मा शरिर अति कच्चा छ जनको
शरिर् कच्चा जानी नगर तिमि रिस् कत्ति मनको । ।
सबै भोग् चञ्चल् छन् बिजुली सरि एक छिन् त रहन्या
विचार् यस्तो राखी सहु तिमि बडो हुन्छ सहन्या । ।
आत्मज्ञानका बारेमा लक्ष्मणजीलाई उत्तरकाण्डमा श्रीरामजी:
जो यो तत्वमसी छ वाक्य यसको वाक्यार्थ जानी लिनू
यस्मा तीन् पद छन् ति तीन पदको तात्पर्यमा मन् दिनू । ।
तत्का अर्थ परात्म हुन् ति पदमा त्वं भन्नु जीवात्म हो
इन्को ऐक्य बुझाउन्या असि छ पद् रात् दिन् विचार गर्नु यो । ।
जन्म र मृत्यु जीवनका दुई बिन्दु हुन् । बीचमा आफ्नो कर्म र विधि अनुसार
उत्तारचढाव भइरहन्छ । यस्तोमा विचलित नहुनु धैर्य हो । मोक्ष जीवनको अन्तिम
लक्ष्य हो । यसको निम्ति सत्कर्ममा तन, मन र धन उत्सर्ग गर्नुपर्दछ भन्ने रामायणको
उद्घोषणा हो ।
नेपाली भाषा साहित्यको क्षेत्र:
हामीहरू अहिले भानुभक्तको दुई शतवार्षिकी मनाइरहेका छांै । अहिले नेपाली भाषा
रजस्थल 
केवल साहित्यमा मात्र सीमित छैन । यसको प्रयोगको क्षेत्र ऐन कानुन, पाठयपुस्तक,
अनुवाद, बोलिचाली, विद्यालयदेखि विश्वविद्यालयसम्म र व्यवस्थापिका, कार्यपालिका र
न्यायपालिका तथा पत्रपत्रिका र सञ्चार क्षेत्रका सबै तहमा हामी पाउाछौं । नेपाली भाषा
साहित्यको प्रचारप्रसारमा नेपालीहरू पुगेका सबै ठाउामा पाइन्छ । लोकगीत र लोक
साहित्यको क्यासेट, डिस्क आदिले गर्दा नेपाली कला संस्कृतिमा पनि नेपाली भाषा साहित्यले
महत्वपूर्ण क्षेत्र ओगट्न पुगेको छ । नेपालमा बहुभाषा, बहुधर्म र बहुसंस्कृतिको प्रचलन
भए पनि नेपाली भाषा नबुझ्ने व्यक्ति विरलै पाइन्छ । नेपाली भाषा साहित्यको मुहानमा
बसेर भानुभक्तले सद्भावनाको शङ्खघोष गरेका र शताब्दीयौंदेखि नेपालीहरूले आफ्नो
राष्ट्रिय भाषाको विकासमा योगदान गर्दै आएका हुादा यसको श्रेय प्रत्येक शताब्दीका
साधकहरूलाई पनि दिनुपर्छ भन्ने मेरो धारणा छ ।
भानुभक्तको व्यक्तित्व र व्यवहार:
हाम्रो परम्परागत सनातन धर्ममा धर्म, अर्थ, काम, मोक्ष चार पुरूषार्थ मानिएको
छ। भानुभक्तको जीवनको मूल उद्देश्य मोक्ष भएपनि उनी व्यावहारिक जीवनबाट मुक्त हुन
सकेका थिएनन् । बाबुले जागिर खाएकोमा कुमारी चोकको वक्यौता तीर्न नसक्दा त्यसको
निम्ति पााच महिना उनले कारागारको सास्ति भोग्नुपरेको थियो । गाउाका गिरिधारी
भाटसागको जग्गा मुद्दामा उनले अदालत धाउनु परेको थियो । अदालतका कर्मचारीको
व्यवहार र ढिलासुस्तीमा उनी पीडित थिए । छोराको व्रतबन्धको समय कारागारबाट
मुक्ति पाउन उनले जनरल कृष्णबहादुर राणालाई बिन्तिपत्र चढाएर अनुनय विनय गर्नु
परेको थियो । छोरा पढाउनु पर्ने समय आफू यत्रतत्र रहनुपर्दा उनलाई घर व्यवहारको
चिन्ता थियो । भानुभक्त आफ्नो बाल्यकालदेखि नै राष्ट्रप्रतिको चिन्ता र पीडाले घेरिएका
थिए । उनी दुई वर्षका हुादा देश सााघुरिएर मेची महाकालीमा सीमित भएको थियो ।
उनी पच्चिस वर्षको हुादा भीमसेन थापाले कारागार भित्रै आत्महत्या गरेका थिए । उनी
३१ व्र्षका हुादा वि.सं. १९०३ मा जंगबहादुरले कोतपर्व, भण्डारखालपर्व र अलौपर्वका
नाउामा आफ्ना विरोधीलाई सखाप पारेका थिए । यस्ता घटनाहरूका बारेमा बोल्ने र
लेख्ने काम उनले गरेनन् । भानुभक्तले सूत्रपात गरेको नेपाली भाषाले पृथ्वीनारायण
शाहले एकीकृत गरेको नेपाललाई एक सूत्रमा उनेको थियो । सारांशमा भन्दा यसलाई
भानुभक्तको मुख्य योगदान मानिएको छ ।

(९८४६०३३६२४, पोखरा)



कस्लाई हो शत्रु भनेर जान्नू
आफ्नै दशै इन्द्रिय शत्रु मान्नू
कस्लाई खुब् मित्र भनेर मान्नू
जीत्या तिनै इन्द्रिय मित्र जान्नू । (प्रश्नोत्तरमाला, श्लोक: ७)
 
" "