Social Icons

नेपाली साहित्यकाशका चम्किला तारा भानुभक्त आचार्य - कृष्णादेवी शर्मा श्रेष्ठ


नेपालका पुत्र सुपुत्र एक
साहित्य आभा प्रतिभा अनेक
यिन्ले तिनैका अघि व्यङ्ग्य गर्थे
डिट्ठा विचारी पनि छक्क पर्थे । (इन्द्रवज्रा)
वि.सं. १८७१ सालको असार २९ गते तनहुा जिल्लाको रम्घा चुादीबेसीमा जन्मिएका
भानुभक्त आचार्य श्रीकृष्ण आचार्यका नाति र धनञ्जय आचार्यका छोरा हुन् । मान्छेहरू
धर्तीमा जन्म लिन्छन् र आफ्नो आयु लाभ गर्दछन् अनि मरेर जान्छन् । मान्छे कति
एकै पटक मर्दछन्, कति त दुई पटक मर्दछन् भनिएको छ । तर कोही जन्मेर सदाका
लागि यस धर्तीमा अमर बन्दछन् । अरूको विगार पनि नगर्ने र कसैको भलो गर्न पनि
नसक्ने मान्छेहरू जन्मेपछि एकै पटक मर्दछन् । तर स्वार्थी, घमण्डी अनि सदा अरूको
कुभलो चाहेर समाजमा नराम्रा काम गर्ने, मानिसहरू बााचेर पनि मरे बराबर मानिन्छन्
। सााच्चै श्वास फेर्न छोड्दाको दिन उनीहरूको मरण दोस्रो मरण मानिन्छ । किन भने
त्यस्ता मानिसहरू बााचेर पनि मरे तुल्य मानिन्छन् । यो धर्तीले त्यस्ता सन्ततिहरूलाई
पनि जन्माउाछिन् जो सदा राष्ट्र–राष्ट्रियता, भाषा, संस्कृति र कलाको विकासका लागि
सदा सम्झिरहने आफ्नो अमरत्व छोडेर जान्छन् । यसरी यस्ता महापुरूषहरू मरेर
पनि अमर बन्दछन् । तिनै अमरत्व प्राप्त गर्ने महापुरूषहरू मध्ये एक मानिन्छन् हाम्रा
आदिकवि भानुभक्त आचार्य ।
सर्वप्रथम नेपाली भाषामा नेपाली जनमानसले बुझ्ने गरेर कविता लेख्ने कवि
भानुभक्त आचाय नै हुन् । हुन त उनीभन्दा पहिले पनि नेपाली साहित्यमा विद्यारण्य
कशे री, गमु ानी पन्त, वसन्त शमार्, सवु ानन्द दास र रधनु ाथ जस्ता कविहरू थिए । नपे ाली
साहित्यमा कवि नै नभएको स्थिति होइन । त्यस वेलाका संस्कृतविज्ञ पण्डितहरूले नेपाली
भाषालाई नेपाली भाषा (भाका) भनेर अपहेलना गर्दथे । उनीहरू नेपाली भाषामा कविता
लेख्न सर्माउथे । त्यस वेलाका सुवानन्दलगायत माथि उल्लिखित नामका कविहरूले
लेखेका कवितामा संस्कृत र हिन्दी भाषाको बाहुल्य रहन्थ्यो ती कविले लेखेका कविताहरू
संस्कृत र हिन्दी जान्ने नेपालीहरूले बाहेक अरू सर्वसाधारण नेपालीहरूलाई त कविता
कुन चराको नाम हो जस्तै हुन्थ्यो । जस्तै विद्यारण्य केशरीको कविताको यो टुक्रा हेरौं:
रजस्थल 
श्याममा बसि सुयोधन रानी
मेरी वात सखी छेउ बखानी...आदि (द्रौपदी कृत स्तुति)
गुमानी पन्तको अर्को टुक्रा हेरौं:
पार्थत्व याहं योदधुम शक्त
किन्तु रथोमे भूमि निमग्न...आदि (नेपाली भाषा श्लिष्ट)
यस्तै लेख्थे कवि रधुनाथ भट्टले पनि हुन त कवि रघुनाथ भट्टले पनि नेपाली
भाषामा रामायण उल्था गरे । तर त्यो रामायणको सुन्दरकाण्ड बाहेक अरू फेला
परेन । यिनले उल्था गरेको रामायणको सुन्दरकाण्ड भानुभक्तको जस्तो नेपाली भाषामा
लेखिएन । यो लेखियो ज्यादै कठोर संस्कृत र हिन्दी मिसिएको भाषामा । हेरौं यिनको
एक टुक्रा सुन्दर काण्ड:
अगम बल लगाया सिन्धु गोरख ् बनाया
असुर दल जलाका मेरुकामा बनाया, आदि ।
तर भानुभक्त आचार्य नेपाली साहित्यको क्षेत्रमा यसरी उदाए जसले नेपालीहरूका
मुखामुख चल्ने सरल, सहज र प्रिय भाषमा नेपाली कविता लेख्ने साहस गरे । यसै
भएर भानुभक्तका कविताहरू सर्वसाधारण नेपालीहरूले सजिलै बुझ्न सक्ने भए । अनि
यिनका कविताहरू स्वदेश र विदेशमा जहाा पनि रहने नेपालीहरूले धेरै प्यारो मानेर
खोजी खोजी पढ्न थाले । यति मात्र नभएर निरक्षर नेपालीहरूले पनि अरूलाई पढ्न
लगाएर कण्ठस्थ गरी सााझ बिहान मुखाग्र वाचन गर्न थाले । यो कुराको उदाहरण
मेरी आमा भागिरथी पौड्याल (पर्वत) नै हुनुहुन्थ्यो । त्यसै भएर त म प्रभावित भएर
आज छन्दमा कविता कोर्न सक्ने भएा । म सानै छादादेखि आमाको काखमा सुत्दा: ‘एक्
दिन् हे हनुमान् म चित्रकुटमा राम्का नजीक्मा थिर्याा...’आदि श्लोकहरू आमाले कण्ठ
सुनाएको सुन्न पाउाथे । अब हामी भानुभक्त आचार्यले कति सरल र सुन्दर कविता
लेख्थे तलको श्लोक पढौं:
तर्छू क्षार समुन्द्र आज सहजै भन्या इरादा धरी
श्रीराम्का चरणारविन्द मनले अत्यन्त चिन्तन् गरी
भन्छन् वीर्हरूलाई ताहिा हनुमान् हे वीर हो पार् तरी
सीताजी कन भेट्त छू म अहिले जान्छू बडो वेग् गरी । (रामायण सुन्दर काण्ड)
यसरी राम्रायणका मूल श्लोकमा भएको भावलाई कत्ति नबिगारी त्यसलाई रसिलो
र स्वादिलो बनाउन केही पदहरू थप्न परे थपेर संस्कृत भाषामा लेखिएको रामायणलाई
नेपाली भाषामा लेख्ने भानुभक्तले नेपाली भाषाको उत्थान र परिस्कारमा समेत ध्यान
दिएको बुझिन्छ ।
भानुभक्तको समयमा नेपाली भाषाको व्याकरण लेखिएको थिएन । केवल मुखामुख
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
प्रयोग हुने नेपाली भाषाका नामले मात्र बुझिन्थ्यो । भनुभक्तले त्यही नेपाली भाषामा
रामायणलगायत अरू साहित्यिक कृतिहरू पनि तयार गरे । यिनले गरेको यो भाषा
सेवाले सारा नेपालीलाई ठूलो गुन लगाएको कुरा अविस्मरणीय छ । त्यसैले भानुभक्तको
समयदेखि नेपाली साहित्यमा यौटा नयाा युगको थालनी भएको कुरा बिर्सन हुादैन र बिर्सेका
पनि छैनौं । भानुभक्तले प्रयोग गरेको नेपाली भाषा नेपालीहरूका रगतमा घुलमिल
हुन सक्यो तर यिनीभन्दा पहिलेका कविहरूले प्रयोग गरेको भाषाले नेपालीको मन छुन
सकेन । यसरी भानुभक्तका कृतिहरूको आधारमा नेपाली भाषाले विकासको फड्को
मार्ने अवसर पायो । जसरी राजा पृथ्वीनाराण शाहले नेपाल एकीकरण गरेको श्रेय
पाउन सके त्यसरी नै नेपाली भाषा एकीकरण गरेको श्रेय भानुभक्तले नै पाउनुपर्दछ ।
भानुभक्त आचार्यले संस्कृत भाषामा लेखिएको रामायणलाई उल्था गरेका मात्र होइनन्
यिनले धेरै फुटकर कविताहरूलगायत बूधशिक्षा, प्रश्नोत्तर, भक्तमाला र रामगीताजस्ता
अमूल्य कृतिहरू सिर्जना गरेर नेपाली साहित्यको महलमा जग बसाल्ने कार्य गरेका
छन् । नेपाली भाषालाई प्रयोगको माध्यमबाट जलप लगाएर उज्यालो बनाउने कार्य
भानुभक्तबाट नै भएको हो भन्दा फरक पर्दैन । यी कविमा कति र कस्तो कवित्य शक्ति
थियो भन्ने कुराको ज्वलन्त प्रमाण हुन्, घाासीको उपदेश, कान्तिपुरको बयान, आफ्नै
मुद्दा विषयका उजुरीपत्रहरू र कुमारी चोकमा थुनिदाा लेखिएका कविताहरू आदि ।
सामाजिक कुनियम र भ्रष्टाचारालाई हटाउन साहित्यिक हतियार आवश्यक हुन्छ भन्ने
कुरा यिनका कविताले प्रष्ट पारेका छन् । त्यस वेला नेपाली समाजमा चलेका कुचलन
र भ्रष्ट आचरणको विरोध गर्ने भानुभक्त व्यङ्ग्य कविमा प्रख्यात छन् । गजाधर सोतीकी
स्त्रीले भानुलाई सााझको वेलामा बास बस्नसम्म नदिादा ‘गजाधर् सोतीकी घरबुढि अलक्षिन्
कि रहिछन्’ र तारापतिको घरमा बास बसेको दिन त्यो घरमा सासू बुहारीको झगडा
सुनी व्यङ्ग्य कविताकै माध्यमबाट तारापतिलाई सजग गराएको कुराले भानुभक्त नेपाली
समाजको नैतिक आचरण सुधार्न कतिसम्म लागेका रहेछन् भन्ने कुरा प्रष्ट हुन्छ । यिनले
त्यो समयको सामाजिक परिस्थितिलाई अध्ययन गरी बधूशिक्षा जस्तो कृति रचना गर्नु
साहित्य समयसापेक्ष हुनुपर्छ भन्ने कुरालाई जोड दिनु नै हो । आज २१ औं शताब्दीको
अन्त्यसम्म आइपुग्दा पनि नेपाली नारीहरू बीचको आपसी द्वन्द्वमा कमी आएको देखिदैन
। नेपाली नारीहरूमा एक अर्काको खुट्टा तान्ने चरित्र हावी भएकै अवस्था छ । भानुले
त्यो वेलामा नै बधूशिक्षा लेखेर नेपाली नारीलाई नैतिक र सामाजिक विषयमा शिक्षा
दिन खोजेको कुरा भुलेर उल्टै नारी दमन र शोषण गरेका भन्ने आरोप लगाउन गयौं
भने भानुभक्तको सही मूल्याङ्कन भएको मानिने छैन । वास्तवमा नैतिकता नारीहरूको
आभूषण पनि त हो । उच्छृङ्खल चरित्र धारण गरेर मात्र नारीहरूको उत्थान हुन्छ भन्ने
कुरामा मेरो पनि सहमति छैन । कान्तिपुरबारे रचना गरिएको कविताले भानुभक्तभित्रको
रजस्थल 
देशप्रेमको भावनालाई उजागर गरेको छ । अति भन्दा अति सूक्ष्म विषयमा पनि कविता
रचना गर्न सक्ने यिनको आयामेली अध्ययनले गर्दा भानुभक्त नेपाली साहित्यका आदिकवि
बन्न सुहाउने व्यक्तित्व हुन् । नेपाली समाजको रीतिरिवाज, राजनैतिक परिपाटी, नैतिक
आचरण, प्रशासनिक तौर तरिकाको अध्ययन गरेर मात्र नेपाली साहित्यमा कलम चोप्ने
कवि भानुभक्त नै हुन् भन्नुपर्छ । आजको समानुपातिक अवधारणालाई समेत बुझेर भानुले
साहित्यमा कलम चलाएका थिए भन्ने कुरा पनि हामीले बिर्सन हुने छैन । रामायण नेपाली
भाषामा अनुदित पहिलो महाकाव्यको माध्यमबाट भानुभक्तले नेपाली समाजमा पितृभक्ति,
भातृप्रेम र पतिपत्नी बीचको अन्योन्याश्रित प्रेम र सम्बन्ध बारे उजागर गरिदिएका छन्।
भानुभक्त आज हाम्रो सामू छैनन् केवल भौतिक शरीरमा । यिनले वि.सं. १९२५ मा
आफ्नो भौतिक शरीर छोडेका हुन् तर पनि आफ्ना ओजस्वी साहित्यिक कृतिहरूका
माध्यमबाट नेपाली साहित्यकाशमा कहिल्यै अस्त नहुने धु्रव तारा भएर चम्किरहेका
छन् । जबसम्म यो देश नेपालको अस्तित्व रहने छ तबसम्म भानुभक्त आचार्य पनि
भानु जस्तै प्रखर रहिरहने छन् । अन्त्यमा द्विशतवार्षिकीको सन्दर्भमा भानुभक्तलाई एक
श्लोक कविता शब्द श्रद्धाञ्जली:
दुई शब्द श्रद्धाञ्जली भानुलाई
उठाएर यो अञ्जुली भानुलाई
सबैको मिठो सम्झना भानुलाई
चढाऊा न हामी सबै भानुलाई ।। (छन्द: भुजङ्गप्रभात)
(९८४७०५९७१२)
एक् दीन् नारद सत्यलोक् पुगिगया लोक्को गरूा हीत् भनी
ब्रÞमा ताहिा थिया पऱ्या चरणमा खूसी बनाया पनी
क्या सोध्छौ तिमि सोध भन्छु म भनी मर्जी भयाथ्यो जसै
ब्रÞमाको करुणा बुझेर ऋषिले बिन्ती गऱ्या यो तसै।१।
हे ब्रÞमन् जति हुन् शुभाशुभ सबै सूनी रह्याछू कछू
बााकी छैन तथापि सुन्न अहिले इच्छा म यो गर्दछू
आऊला जब यो कली उस बखत् प्राणी दुराचार् भयी
गन्र्याछन् सभ पाप् अनेक् तरहका निच्का मतीमा गयी।२।
सााचो बात गरैन कोहि अरुकै गर्नन् ति निन्दा पनी
आर्काको धन खानलाई अभिलाष् गर्नन् असल् हो भनी।
(रामायण, श्लोक: १–३)
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
भानुभक्त मेरो स्मरणमा
२ भगवती अर्याल पाण्डे
यस संसारमा सबै प्राणीहरूले जन्म लिन्छन् र आयु पूरा भएपछि मृत्यु हुन्छ ।
यसक्रममा मानवीय चोलाका लागि पनि जन्म र मृत्यु भनेका ऋतुचक्र हुन् । मसिनो
सियोको टुप्पो जस्तो प्राण बीजले शरीरको रूप धारण गरी यस धर्तीमा पाइला टेक्छ ।
त्यसपश्चात् उसका दैनिक क्रियाकलाप सुरू हुन्छन् । यसरी जन्म लिने क्रममा समयको
अनन्त प्रवाहसागै कुनै मुर्हूतमा महान् व्यक्तित्वको जन्म हुन पुग्छ जसले आफ्नो वैयक्तिक
सुख सयललाई तिलाञ्जली दिएर समाज, देश तथा सिङ्गो संसारकै लागि प्राणाहुति
दिएको हुन्छ । यसरी जन्मने महामहिमहरू एउटै समयमा र प्रशस्तै भने पाइएका छैनन्।
एक युगमा एक महान व्यक्ति भने झौ नेपाली भाषा साहित्यको सन्दर्भमा पनि वि.सं.
१८७१ साल असार २९ गते तनहुा जिल्लाको चुादी रम्घा भन्ने गाउामा बुबा धनञ्जय
तथा आमा धर्मावती आचार्यका कोखबाट पुत्ररत्न र बाजे श्रीकृष्ण आचार्यका नातिका
रूपमा जन्मिएका युग पुरूष हुन् आदिकवि भानुभक्त आचार्य ।
जसरी नेपालको इतिहासमा विभिन्न टुक्रे राज्यमा विभक्त नेपाललाई अखण्ड नेपाल
बनाउने महापुरूष पृथ्वीनारायण शाह जन्मिए भने नेपाली भाषा साहित्यलाई नेपाली
जनजिब्रोमा बास बसाइदिने काम कवि आचार्यबाट भएको हो । लामो समयको अन्तराल
पछि मर्यादित पुरूष कवि आचार्यको सम्झनामा आज नेपालले राष्ट्रिय पर्वका रूपमा
द्विशतवार्षिकी वर्षभरि नै मनाउने निर्णय गरी भाषा साहित्यको उन्नयनमा गरिमायम
कदम चालेको छ । उक्त मौसमी फलको स्वाद चाख्न मेरो लेखनी पनि जुर्मुराएको हुनाले
उनै भानुलाई सर्सर्ती शब्द लहरले छुन खोजेकी छु यसरी ।
नेपाली भाषाको प्रयोग गर्नै नजान्ने वा लजाउने वा यसको मर्म बुझ्नै नसकेका
बखत घाासीको कामबाट प्रेरित र प्रभावित भई कविता काव्यको सिर्जना गर्न लागेका
कवि भानुले भक्तमाला, बधूशिक्षा, प्रश्नोत्तर, रामगीता जस्ता थुप्रै कृति तथा फुटकर
रचनाहरू रचना गरे । त्यसमा पनि संस्कृत भाषामा लेखिएको रामायणलाई नेपाली
हावापानी, माटो सुहाउादो गरी मौलिकपनलाई समावेश गर्दै नेपाली भाषानुवाद गरे ।
यस कृतिले कवि आचार्यको उचाइ सगरमाथा झौ चुलिन पुग्यो । हुन त कर्म काम हो
जुन दृश्य अदृश्य जस्तो नि हुनसक्छ । हरेक व्यक्तिलाई प्रेरणास्रोत तथा शक्तिदाताको
आवश्यक पर्दछ । भानुका निम्ति घाासी नै प्रेरणास्रोत बने भने उनको कलाकारितालाई
पद्यमा उतारिदिने काम युवा कवि मोतीराम भट्टद्वारा भएकाले उनीप्रतिको भट्टको
गुणलाई भाषा, साहित्यप्रेमी कसैले पनि भुल्न हुादैन । यसरी भाषा साहित्यरूपी महलको
रूपमा धर्तीभित्रको पृष्ठभूमि वा जग नै हुन् भानुभक्त भने मोतीराम महलका कालिगढ
हुन् । यस्ता युगपुरूष नेपाली माटोमा जन्मिएर आफ्नो धर्तीलाई उर्वर बनाउन सफल
भए जसको गुनलाई हरेक पुस्ताले मुक्तकण्ठले प्रशंसा गर्दै आएको छ र गरिरहने छ ।
नेपाली भाषाको प्रयोग गरी कवि भानुभक्त आचार्यभन्दा अगाडि कुनै रचनाहरू
नदेखिएका अथवा कविहरूको जन्म नभएको होइन । जस्तै सुवानन्द दास, विद्यारण्य
रजस्थल 
केशरी, रधुनाथ पोखरेल आदिले कविता लेखेर नेपाली भाषा साहित्यको उन्नयनमा
इाटा थप्ने काम त गरे तर कवि भानुभक्तले जस्ता कृतिहरूको रचना गर्न नसकेकाले
उनीहरूको दााजोमा कवि आचार्य प्राथमिककालीन अग्रपङ्क्तिमा पर्दछन् । उनीद्वारा सिर्जित
महाकाव्यमा केवल युद्ध तथा विजयवर्णन मात्र छैन बरू यसमा रहेको आलङ्कारिताले
हरेक केटाकेटी, युवायुवती तथा बूढाबूढीको मन छुन सकेको छ । यसमा वर्णित
विषयवस्तुले रामायण महाकाव्यलाई कालजयी शाश्वत तुल्याएको छ । त्यस्तै यसका
पात्रहरू अनुकरणीय छन् जसले हाम्रा सामाजिक राम्रा नराम्रा सबै घटनालाई आत्मसात
गरेका छन् । विविध रसलाई परिपाक अवस्थामा पुर्‍याइएको छ । प्रकृति चित्रणको
माध्यमबाट कोरिएको चित्रावली उक्त रामायणको प्रत्येक श्लोक हिन्दू दर्शनबाट प्रेरित
र प्रभावित छन् । भक्तिरसका केन्द्रीय कवि भानुभक्तमा वास्तवमा हिन्दूधर्मप्रति ठूलो
आस्था एवम् विश्वास छ । उनी कर्मयोगी कवि हुन् । अत्यन्तै सरल भाषाशैलीमा
कर्मयोगलाई प्रश्नोत्तर कवितामा यसरी प्रस्तुत गरेका छन्:
ज्यूादै मर्‍याको भनि नाम् छ कस्को ?/ उद्यम् विना वित्तछ काल जस्को ।
रामायणका श्लोकहरू बाहेक अरू कृतिहरूमा पनि उनी देशकाल परिवेशबाट
टाढिएका छैनन् । उनका रचनावली यथार्थवादमा आधारित छन् । उसमा उनको
बधूशिक्षालाई लिन सकिन्छ । यस काव्यमा वर्णित घटना भनेका जब उनी आफ्ना
अनन्य मित्र तारापति उपाध्यायकहाा पुगे त्यहाा उनले जे जति कुरा देखे सुने उक्त एक
रातको घटनावलीलाई बधूशिक्षाको विषयवस्तुका रूपमा प्रस्तुत गरे । त्यस वेलाको
वस्तुस्थिति, समय, संस्कार आदिलाई झल्काउने सन्दर्भमा प्रस्तुत कृतिलाई वर्तमान
आाखाले हेर्दा आलोचित छ । त्यसो त हरेक लेखकका लेखनी समय परिवेशबाट पृथक्
रहन नसक्ने लेखनमा राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक रीतिरिवाजले प्रभाव
पार्ने भएकाले अक्षरस: सबै रचनालाई युगजनित बनाउन त पक्कै असम्भव नै होला ।
त्यसैले सारगर्भित कुरालाई मात्र शाश्वत रूपमा लिन सकिन्छ । जेहोस् पृथ्वीनारायणको
राष्ट्रिय एकीकरणपश्चात् भानुभक्तकै रामायण जस्तो महाकाव्यको प्रकाशनले नेपाली
भाषालाई राष्ट्रभाषाको मान्यता प्राप्त गर्न सक्यो । वि.सं. २०६३ को संशोधित संविधानले
राष्टिभाषा एवम् सम्पर्ककको भाषा मानेको छ । यसरी स्थापित नेपाली भाषाको महत्व
राष्ट्रियस्तरमा मात्र विस्तारित भएको होइन कि आज अन्तराष्ट्रिय परिवेशमासमेत
यसले व्याप्ति पाउन सफल छ । यसको श्रेय उनै भानुभक्तलाई नै जाने भएकाले होला
देशभित्र तथा बाहिरका हरेक भाषा साहित्यप्रेमीले नेपाली भाषा र भानुभक्त आचार्यको
स्मरण गरिरहेका । निष्कर्षमा भानुभक्त आर्चाय साहित्याकाशका सूर्य हुन् जसले हरेक
कुना काप्चालाई प्रज्ज्वलित पारिरहेका छन् । आध्यात्मिक चेतना, नैतिक सन्देश, एवम्
पितृसत्ताधारी सोचबाट बढी प्रेरित र प्रभावित कविका श्लोकहरू हाम्रा अध्ययनका विषय
हुन् । पुरूषसत्ताप्रति बढी झुकाव तत्कालीन परिवेश हो । तसर्थ भानुभक्तीय रचनामा
प्रस्तुत नैतिक चेतना, सामाजिक चिन्तन, राजनैतिक परिवेशलाई आजका सूचक मान्नुपर्दछ
र वर्षौवर्ष युगौंयुग उनको आदर्शले यसरी नै हरेक व्यक्तिमा प्रभाव पारिरहने छ ।
(नवलपरासी, ०५६–५९१२६७)
 
" "