आज प्रशिद्ध मानिएको विश्वव्यापी भाषा पनि एकदिन, इतिहासको कुनै कालखण्डमा
ससानो मूलबाट पलाएको थियो । जर्मन, फ्रेन्च, इङ्लिस, अरवी, चिनियाा, जापानी सबै
कुनै न कुनै पुरानो रूपबाट विकसित हुादै आएका छन् । प्राय: सबै भाषाको मध्ययुगबाट
नवीकरण हुन थाल्यो । पुराना र नयााका सन्धिकालमा धेरैजसो कवि स्रष्टा नै उभिएका
छन् । धरैजसो धार्मिक, आध्यात्मिक काव्यगाथा रचेर वा अनुवाद गरेर नयाा भाषालाई
जनमानसमा स्थापित गराएका छन् । उदाहरणको लागि ल्याटिनमा दन्ते अलिग्हिअर
ीको (१२६२–१३२१) डिभाइन कमेडी, अङ्ग्रेजीमा जेफ्री चौसर (१३४३–१४००) को
क्यान्टर्बरी टेल्ज् । यता आफ्नै परिवेशको कुरा गर्दा हिन्दी, बङ्गाली, गुजराती,
आसामी, नेपाली, जस्ता भारोपेली भाषा पनि कुनै न कुनै पूर्वरूपबाट विकसित भएका
हुन् । संस्कृतबाट यहाासम्म पुग्दा बीचमा प्राकृत, अप्रभ्रंश हुादै लोकबोली टेकेर ती
अघि बढेका थिए । प्रत्येक भाषाको शास्त्रीय रूप र लोकबोलीको सन्धिमा कोही कवि
साहित्यकार उभिएका थिए । तिनले कुनै प्राचीन पुराणगाथा काव्यलाई लोकवाणीमा
उतारे । अहिलेका अघिकांश आर्यभारतीय भाषाहरूको जगमा रामकथा, कृष्णकथा नै
रहेका छन् । तिनले रामायण र महाभारतका कथाबाटै प्रेरणा लिएका छन् । द्रविड
मूलका तेलुगु, मलायालम आदिमा पनि त्यही नियम लाग्दछ ।
भारतवर्षमा (ब्रज–हिन्दीको सन्दर्भमा) तुलसीदासकृत रामचरित मानसलाई एक
आदिग्रन्थ मानिन्छ । यो कृति रचिएको ४०० सयौा वर्ष मनाउन साहित्य आकादे
मी नयाा दिल्लीले १९७५ मा एसियाली रामायण परम्पराका विषयमा एक
अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरेको थियो । त्यसमा धेरै जना एसियाली रामायणबे
त्ता अनुसन्धाताहरूले कार्यपत्र प्रस्तुत गरेका थिए । दु:खको कुरा छ, त्यहाा कुनै नेपाली
विद्वान् थिएनन् । नेपालको विषयमा एन आर बनर्जीले द रामायण टम्ज इन् ने
पालिज आर्ट (नेपाली कलामा रामायणका शब्दहरू) शीर्षक कार्यपत्र प्रस्तुत गरेका
थिए । अर्काे वर्ष (१९७६ मा) इण्डोनेसियामा अन्तर्राष्ट्रिय रामायण सम्मेलनको
आयोजना गरिएको थियो । त्यही वर्ष भारतमा अन्तर्राष्ट्रिय संस्कृत सम्मेलन गरि
यो । यसरी संस्कृत मूलमाथि, रामकथामाथि वेलावेला अन्तर्राष्ट्रिय सम्मेलन पनि भएका
छन् । पााच वर्ष अघि रामचरितमानस एवम् रामायण सम्मेलन अमेरिकामा भएको
रजस्थल
थियो । तर ती कुनैमा नेपाली विद्वान्ले भाग लिएका थिएनन् ।
विश्वले बाल्मीकिलाई आदि कवि भनेको छ । त्यसैको अनुकरणमा अनेक
मातृभाषामा महइभ्वपूर्ण योगदान दिनेहरूलाई आदिकवि, प्रथम कवि भन्ने चलन छ तर
अङ्ग्रेजीमा चौसरलाई फादर अव् इङ्लिश लिटरेचर भनिन्छ । बंगालीमा रामकथा
लेखेरै आदि कवि भए, उडियामा रामकथा लेखेर आदिकवि भएझौ नेपाली भाषामा र
ामकथालाई लोकवाणीमा उतार्ने भानुभक्तलाई आदि कवि भनेका छौा । यी रामायणहरू
विभिन्न कालमा रचिए । तुलसीदासभन्दा २०० वर्षपछि नेपाली भानुभक्त आएका थिए ।
ग्रिसेली सभ्यताका इलियाड र ओडिसीभन्दा हजारौा गुणा शक्ति र प्रभाव
भएको रामकथाले मानव समाजलाई पितामाता र सन्तति, गुरु, शिष्य, पति–पत्नीहरू
बीचका सम्बन्धको महइभ्व र आदर्श जीवनमार्ग देखायो । लौकिक जीवनबाट बिस्तारै
ज्ञान भक्ति र लोकोत्तर आध्यात्मिक पाठ पनि पढायो । त्यसै कारणले होला आज
एसियाली मुलुकहरूमा टाढाटाढासम्म पनि रामायण पुगेको पाइन्छ ।
पूर्वी गोलार्धभरि नै रामकथाको विस्तार र प्रचार भएको देख्ता, हजारौा वर्षपछि
पनि त्यो गाथा र अनेक पुराकथा जीवन्त रहेको देख्ता आश्चर्य र हर्ष लाग्छ । यसले
अनेक भाषा पार गर्दै गयो, यसले भारतीय भाषाभन्दा परका बर्मेली, चिनिया, जापानिज,
मङ्गोलियन, थाई सबै सबै संस्कृति छोयो, यसले हिन्दू, बौद्ध, कन्फ्युसिअन, मुस्लिम
अनेक धर्म छोयो, त्यस्तै अनगन्ती जाति छोयो, भूगोल छोयो । दुईवर्ष अघि थाइल्याण्ड
पुगेको समयमा राम्भाइ बार्नी विश्वविद्यालय चुन्थाइबुरीमा एउटा सांस्कृतिक कार्यक्रम
आयोजना गरिएको थियो । त्यो सबै रामकथामा आधारित प्रस्तुति थियो ।
अनेक लोकभाषामा आउनुभन्दा पहिले रामायण संस्कृतमा, त्यसबाट प्राकृतमा अने
क अपभ्रंशमा सर्दै आयो । यो लोकवार्तामा पुग्यो, लोक कलामा पुग्यो, प्रस्तरमा, अने
क भाषामा, काष्टमा, मृत्तिकामा, चित्रमा पुग्यो । यता भारतीय भाषा नाघेर फारसीमा
पुग्यो । दक्षिणपूर्वी देशमा बर्मामा, पूर्वी देश लाओसमा, थाइल्याण्डमा, भियतनाममा,
मलायामा, मलेशियामा, बोर्निओ, जाभा सुमात्रामा अझै टाढाका चिनियाा र जापानी
भाषामा पनि पुग्यो ।
आज यो अतीतको रामायण मार्गका अध्येताहरू आश्चर्य मान्दछन्— बौद्धमार्गी
बर्मामा अनि मुस्लिम समुदायले युक्त मलेसियामा विविधताले युक्त अन्य भूभागमा पनि
रामायण पुगेको थियो, अझै छ । यसरी भूगोल, धर्म, भाषा र समयका अनेक अप्ठयारा
नाघ्दै रामायणले यात्रा गर्यो । राम सीता वनवास, भरतमिलन, सीताहरण, हनुमानको
भक्ति, रावणसितको युद्ध आदि मूलकथा त उस्तै छन् तर लोकवाणीमा, अनेक भाषामा,
स्थानमा सर्दासर्दा अनेक, संस्करण पुनरूउत्सादन हुादै गए, कति कथा थपिए, कति लोप
भए— कति रामायण एक अर्कामा नमिल्ने पनि छन् ।
रजस्थल (भानु विशेषाङ्क–२०७०)
उदाहरणको लागि डे जोङले द स्टोरी अफ राम इन् तिब्बतमा लेखेका छन्—
उत्तरी तिब्बतको तुङ हुआङ प्रान्तमा रामकथाका छ वटा पाण्डुलिपि भेटिएका छन् ।
सन् ७०० तिरका ती पाण्डुलिपिमा सन्दर्भित नामहरू भिन्न छन्— लक्ष्मणलाई लकुम
भनिएको छ भने रावणकी छोरी जन्मेपछि ब्राÞमणहरूले तिमीलाई आपशकुन हुन्छ
भने । उनले ती छोरीलाई तामाको बाकसमा हालेर पानीमा बगाए । तर माझीहरूले
तिनलाई भेटेर बचाए जसको नाम सीता राखियो भनेको छ । उच्चारण भिन्नताले हो
ला हनुमानलाई हनुमान्ध, कैलाशलाई ति–से, बाल्मीकिलाई ग्रोगम्खार आदि भनिएको
छ । अन्त्यमा लेखकले भनेका छन्: १ आठौा शताब्दीदेखि आजसम्म पनि यो रामकथा
तिब्बतमा त्यतिकै लोकप्रिय छ । तिब्बतका कति कृति भूटान र भारतमा पुनरमुद्रित
हुादैछन् ।
त्यसैगरी अर्काे लेखमा शिलालेखका अध्येता शिवराममूर्तीले अनुसन्धान गर्दै जाादा
इण्डोनेसियाको, युपा अभिलेख र बोर्निओको कुटी अभिलेखमा बाल्मीकि रामायणका
कथा भेटे । ती चौथो शताब्दीका अभिलेख हुन् (पृ. १९१) । रामकथाको विस्तारको
अध्येताले अन्त्यमा भनेका छन्:२ एसियाका प्रत्येक कुनामा भारतवर्षको धर्मदर्शनले यात्रा
गरेको रहेछ । आदि बाल्मीकिको गम्भीर प्रभाव यति व्यापक भएको रहेछ ।
प्राचीन भियतनामको त्रा–किदमा पनि सातौा शताब्दीका अभिलेख संस्कृतमा पाइएको
छ । भियतनामीमा दशरथका र रामका नाम फरक छन् । प्राचीन भियतनामको
काम्पामा रामकथा घनिभूत छ। विश्वको एक आश्चर्य आङ्कोरवाटमा पनि प्रस्तर
कलामा रामकथा अङ्कित छन् । जाभा र कम्बोडिया, सुमात्रा, बालीमा अझै पनि र
ामकथामा आधारित पर्व, उत्सवहरू मनाइन्छन् । थाइल्याण्डमा धेरै नाम र परम्परा
संस्कृत मूलका छन्, हवाइअड्डाको नाम नै ‘सुवर्णभूम’ रहेको छ ।
लाओसमा लाक फ्रा लाम शीर्षकमा रामायण लेखिएको छ । तर यसको भूगो
ल अर्कै छ । लाओस्लाई केन्द्र मानेर लङ्कासम्मको कथा लेख्ता एउटा भिन्न भूगो
लको स्थापना भएको छ । रामकथा भारतवर्षमा होइन अङ्कोरवातदेखि चान्थाइबुरी
सम्मको प्रदेशमा छ । कति नाम फरक छन् । रावणलाई राफनासुआन् भनिएको छ ।
नौ सय वर्ष अघि रामकथालाई अर्कै भूगोलमा स्थापित गर्दा कस्तो विचित्र लाग्दछ, एक
उदाहरण: त्यसपछि दशरथ मेकङ नदीको किनार फानफाओमा केही दिन बसे । तर
त्यहाा पनि नागहरूले अवरोध उत्पन्न गरे । नाग त्यो ठाउाका देउता थिए । त्यसपछि
ज्ञ। जभ कतयचथ या च्बmब जबक दभभल उयउगबिच ष्ल त्ष्दभत कष्लअभ बदयगत डण्ण् ब्म्
गउतय तजभ उचभकभलत मबथ। :बलथ त्ष्दभतबल धयचपक जबखभ दभभल चभउचष्लतभम ष्ल
क्ष्लमष्ब बलम द्यजगतबल।
द्द। क्ष्त चभखभबकि तजभ तचझभलमयगक ष्लागिभलअभ या तजभ ब्बमष् प्बखष् ष्ल भखभचथ
उबिअभ ष्ल ब्कष्ब धजभचभ क्ष्लमष्बल तजयगनजत जबक तचबखभििभम।
रजस्थल
उनले आफ्नो देशको राजधानीलाई मेकोङ नदी पारिपट्टि सारे र त्यसलाई चान्थाइबुरी
सी सन्तानको नाम दिए । त्यो सातवटा शीर्ष भएको नागको नामबाट रहेको नाम हो
(२२३) ।
मे कोङको अर्थ उनीहरूले मदर गंगा माने । भारतको गंगा, चीनको याड–
सिकियाङ र लाओसको मेकोड नै गंगामाता हुन् ।
भिएतनाममा त्यसैगरी बौद्ध र राम सभ्यता समानान्तर छन् । खमेर रामायणलाई
रामकेर्ती भनेका छन् । वास्तवमा यो रामकीर्ति कै अप्रभंश हो ।
यस प्रकार रामायणले भारतवर्षको वरिपरिका नेपाल, बर्मा, सिलोन, तिब्बत मात्र
होइन टाढाका दक्षिणी पूर्वी देशहरू— जाभा, सुमात्रा, बोर्निओ, इण्डोनेसिया, कम्बोडिया,
चाइना, जापानसम्म पनि विगत २००० वर्षदेखि ती देशको साहित्य, दर्शन, धर्म, कला,
संस्कृति र जीवन पद्धतिमा ठूलो प्रभाव पारिरहेको छ । त्यो जीवन्त परम्परा अटूट छ
। तर रामायणको मूल कथा उही भए पनि यसका स्थान र भाषा अनुसारका अनेक भे
द छन् । एक अध्ययनले देखाएको छ हिन्दीमा मात्र रामायणका ३५० जति भेद (भेरि
एशन) फेला परेका छन् ।
भनिन्छ जसरी अलेग्जाण्डर द ग्रेटले ग्रीसदेखि भारतवर्षसम्म भौतिक विजय गरे
त्यसैगरी रामायणले पृथ्वीको ठूलो भूभागमा मानिसको ह्दयमाथि आध्यात्मिक विजय
प्राप्त गरी भारतीय उपमहाद्वीपभन्दा हजारौा कोश टाढासम्म फैलियो । संस्कृतप्राकृत
अपभं्रशमा स्थानीय भाषामा कैयौ वाणीलाई आज राष्ट्रबोली बनायो । उता यो उर्दू,
फारसी, फ्रान्सेली, स्पेनिश, पोर्तुगिज, र अङ्ग्रेजीमा व्याप्त पनि छ ।
भारतवर्षको तथ्याङ्क हेर्दा संस्कृतका बाल्मीकि जातक कथामा, जैन कथामा,
तामिल, कन्नड, तेलुगु, मलायालम, हिन्दी, गुजराती, काश्मिरी, पञ्जाबी, आसामी,
मनिपुरी, बङ्गाली, उडियामा पुगे । अघि भनिएका अनेक देशहरू पुगे । सुनीतिकुमार
चटर्जीको अध्ययन अनुसार दक्षिणी एसियाई देशहरूमा प्रायश: यो राष्ट्रिय काव्यको
रूपमा स्थापित छ ।
नेपाली साहित्यमा पनि भानुभक्तीय रामायणले त्यही स्थान प्राप्त गरेको छ । तर
नेपालीमा तुलनात्मक रूपले धेरै पछि आयो । बङ्गालीमा पन्ध्रौं शताब्दीमै कृतिदास
ओझाको कृतिवासी रामायण अथवा श्रीराम पाञ्चाली आएको थियो । उत्तर–भार
तीय भाषामा आउने यो प्रथम अनुवाद थियो । तर यो केवल अनुवाद थिएन यसमा
तत्कालीन समाज र संस्कृतिको जीवन्त चित्र छ; यसले भक्तिधारा र वैश्णव सम्प्रदायलाई
जन्मायो । पन्ध्राौ शताब्दीको रामचरितमानसले आजसम्म त्यतिकै प्रभाव पारेको छ
। अनेक भाषा अनुसार संस्कृति अनुसार, भूगोल वा इतिहास अनुसार, रामायणका अने
क भेद हुादै गए । त्यस्तै भानुभक्तीय नेपाली रामायणमा पनि कति कुरा एक पहाडे ने
रजस्थल (भानु विशेषाङ्क–२०७०)
पालीको भूगोल इतिहास, संस्कृतिले आकार दिएका पनि छन् । यसका अनुवाद अनुकूलन
परिवर्तित रूप अनेक हुादै गए । लेख्य र गेयमा, लोकजीवनमा नेपालभित्रै पनि त्यस्ता
भेद छन् । तर मूलकथा मानव सम्बन्धहरूको गाथा र आदर्शीकरणले सबैको ह्दय छो
एको छ । आज पनि पूर्वीय काव्यको चर्चामा रामायण र महाभारत सर्वाेच्च स्थानमै
छन् किनकि तिनमा हाम्रो अतीतको विरासत वा हेरिटेज सुरक्षित छ ।
नेपालको कुरा गर्दा नेवारी भाषामा ता चौथो, पाचौा शताब्दीमै रामायणको
अनुवादको उल्लेख पाइन्छ तर नेपालीमा चााहि माध्यमिक कालमा मात्र आयो ।
माध्यमिककालीन नेपाली आएको आज २०० वर्ष पुग्न आाटेकोछ । पहिलोपल्ट भानुभक्त
आचार्यले रामायणको सफल अनुवाद गरे । भानुभक्त आचार्य काठमाडौाभन्दा करिब
१५० कि.मि. पश्चिमको तनहु नामक एउटा पहाडी जिल्लामा जन्मेका ब्राÞमण थिए
। आज त्यहाा भानुभक्तको सङ्ग्रहालय छ । उनको जीवनकालमा रामायणको प्रकाशन
हुन सकेन । अलिक पछि आउने काठमाडौाका मोतीराम भट्टले भानुभक्तलाई प्रकाशमा
ल्याए । मोतीरामले गजल, समालोचना, नाटक, जीवनी आदि लेखेर नेपाली साहित्यको
जगत्लाई सुदृढ बनाए । उनले भानुभक्तको जीवनचरित्र लेखेर ठूलो काम गरे ।
दुई दशक अघि दार्जिलिङका मोतिवीर राईले त्यसको अनुवाद गरी द लाइफ अफ
भानुभक्त प्रकाशित गरेका छन् । उनले यसरी आदि कविलाई व्यापक रूपले चिनाए
। हाम्रा आदिकविलाई पश्चिमतिर चिनाउने प्रथम कृति त्यति मात्र हो । त्यसैगरी ने
पालीमा भने दार्जिलिङका आइबी राईको भानुभक्तीय रामायणबारे गहिरो अध्ययन
भानुभक्तका कृति अध्ययनहरू १९६९ मा प्रकाशित भयो ।
आदिकवि भानुभक्तले सरल भाषामा जनबोलीमा शुद्ध गेय छन्दमा रामायणको
अनुवाद गरिदिएकाले नेपाली जीवनले त्यसको अनुकरण गर्यो । रामगाथाप्रतिको
समाजको आगाध श्रद्धा र लोकजीवनभित्र पुग्न सक्ने उक्त काव्यको गेयताले त्यसमा
अन्तर्निहीत भक्ति र ज्ञानका प्रकाशले गर्दा रामायण व्यापक भयो । त्यसले नेपाली छन्द
जन्मायो । त्यो बालन, सिलोक, सवाई भजन जस्ता अनेक लोकलय जन्मायो । ती हाम्रो
जीवनमा भित्रसम्मै भिजे । त्यसले साक्षर निरक्षर सबैलाई छोयो र प्रत्येक नेपालीले
साक्षरता सिक्ने प्रथम ग्रन्थ यही भयो ।
आज २०० वर्ष पछि फर्केर हेर्दा अधिकांश नेपालीको शिक्षारम्भ भानुभक्तबाट
भएको छ । त्यसैले त्यो आज नेपालमा भन्दा नेपालबाहिर उनलाई ठूलो श्रद्धाले जातीय
कविको रूपमा सम्मान गरिएको छ । भारतमा नेपाली जातिले भाषाको लडाइा गर्दा
पनि भानुभक्तलाई साक्षी राखेरै गरे । त्यसैले यता एकपल्ट चूडामणि बन्धुले भन्नु
भएको छ— ‘विश्वलाई देखाउने नेपालका सबैभन्दा ठूला सांस्कृतिक निधि नै भानुभक्त
हुन्।’ हाम्रै वरिपरि सीमाना काट्ने बित्तिकै सिलिगुडीमा भानुको सालिक छ, दार्जेलिङको
रजस्थल
चौरस्तामा, सिक्किमको गान्तोकमा, गेजिङमा, गुवाहाटी, शिलाङ, आसाम, गर्दै नेपाली
जातिका बसोबास भएका ठाउाहरूमा टाढाटाढा पुगेका छन् । नेपाली वाङ्मयका एक
अभिभावक र पुर्खा भएर उभिएका छन् । भानुपथ कति होलान्, भानु प्रकाशन, भानु
पुरस्कार, भानु टोल, भानु स्मारक, भानु पुस्तकालय, भानु विद्यालय । शिलाङको र
ाजधानी मेघालयमा पनि एकसय वर्ष अघि स्थापित विद्यालय आज बुद्धभानु सरस्वती
कलेज भएको देखेर हर्ष लाग्यो । नेपलामाभन्दा बाहिर भानुलाई जातीय कविको रूपमा
चिनाउन नेपाली जातिले ठूलो प्रयत्न गरेका छन् ।
यतिखेर ता एनआरएनको तथ्याङ्क अनुसार विश्वका ५७ देशमा नेपाली जाति
उल्लेख्य सङ्ख्यामै बसोबास गर्दछन् । प्रत्येक नेपाली डायास्पोराले मनाउने वर्षभरिका
सांस्कृतिक उत्सवमध्ये भानुजयन्ती एक अनिवार्य अति महइभ्वपूर्ण पर्दछ । यता कतार,
इजरायल, युएइ, वेल्जियम, कोरिया, बु्रनाइ, मलेशिया, जापान, ताइवान, रुस, जर्मनी,
अष्ट्रेलियाजस्ता प्रत्येक शाखाले उता हङकङ, बेलायत, अमेरिका, जस्ता प्रत्येक केन्द्रले
ठूलो धुमधामसाथ, उल्लास र हर्षका साथ भानुजयन्ती मनाउाछन् । यस अवसरमा गो
ष्ठी, सम्मेलन, पुरस्कार र सांस्कृतिक कार्यक्रमको शृङ्खला चल्दछ भने नेपालमा पनि
प्रत्येकजसो जिल्लाले अनि काठमाडौा केन्द्रले भानुभक्तको स्मरण गर्दछन् । यो वर्षको
लागि अमेरिकी नेपालीले अनेसास मार्फत भानु जयन्ती भव्यरूपले मनाउने सूचना
गर्यो, कतारको मोवाइल पुस्तकालयले गर्यो, नेपाली साहित्य महासंघले संसारभरिलाई
आÞवान गर्यो, बेलायतमा ठूलो तयारी भयो, हङकङमा भयो । यस्तो लाग्छ, सयौा वर्ष
अघि बाल्मीकि रामायण जहााजहाा पुग्यो आज भानुभक्तीय रामायण त्यहाा पुगिसक्यो,
त्यहााभन्दा टाढा पनि पुगिसक्यो । एक बाल्मीकि बत्तीले हजार बत्ती बालिरहेको छ ।
सन्तोष ‘सगुन’ ले प्रसार गरेको एक सूचना पढ्न चाहन्छु :
भोलि शुक्रबार नेपाली समयानुसार सााझ छ बजेदेखि च्वाईस एफएम ९०.४
मेघाहर्ज तथा धधध।अजयष्अभाm।यचन अनलाईन मार्फत् भानु जयन्तीको अवसर
पारेर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर र नवोदित साहित्यिक मो
बाइल पुस्तकालय कतारद्वारा संयुक्त रूपमा आयोजित चौथो कतारव्यापी खुल्ला कविता
प्रतियोगिताको प्रत्यक्ष प्रसारण सुन्न नभुल्नुहोला । कतारमा रहनुहुने सम्पूर्ण नेपाली
भाषा साहित्यप्रेमी महानुभावहरूलाई नेशनल स्थित ढाका रेष्टुरेन्टमा स्थानीय समय
दिनको १२ बजे उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गर्दछौ ।
यता नेपालमा बितेको दशकभरी अनेक जातीय जनजातीय पहिचानका प्रश्न
तीब्र भएर उठे । राजनीति पनि उम्लेको समय थियो । मानिसले आआफ्ना भाषा
संस्कृतिबाट जातीय पहिचान खोजे । त्यसबेला अतीतले आफूलाई सीमित गरिदिएको
झोाकमा भानुप्रति कतै अनास्था पनि प्रकट भए । अहिले त्यो श्रद्धा फेरि भरिादैछ ।
रजस्थल (भानु विशेषाङ्क–२०७०)
वास्तवमा प्रत्येक भाषामा आदि कवि वा प्रथम साहित्यकार हुन सक्छन् । तर हाम्रा मै
थिली, अवधी, भोजपुरी, थारु, राई, लिम्बू, मगर, गुरुङ, तामाङ जस्ता भाषाले पर्याप्त
रूपले उठ्ने अवसर नपाएर, नसकेर धेरै कुण्ठित भए, ती भर्खरै उठतै छन । देशभित्रका
ती प्रत्येक भाषामा एकदिन आदि कविहरूको पहिचान होला, जस्तो मैथिलीमा विद्यापति,
नेवारीमा सिद्धिदास, मगर भाषामा जीतबहादुर सिाजाली, गुरुङमा हर्कबहादुर गुरुङ, भो
जपुरीमा रामदेव द्विवेदी ‘अलमस्त’, थारुमा बठवा थारु, अवधीमा कक्कुरिपा आदिलाई
आदिकवि मान्न थालिएको छ । भानुभक्तीय रामायण पनि नेपालका मैथिली, नेवारी,
अवधी, मगर आदि भाषामा अनुवाद भएका छन् अरूमा हुादैछन् । भोलि प्रत्येक भाषाका
प्रथम कवि हुनेछन् । रामकथा अरू व्यापक हुनेछ तर नेपाली जातिका साझा अगुवा त
सधौ भानुभक्त नै रहेका थिए, रहने छन् नेपाल बाहिर सबै नेपाली जातिको सम्पर्क भाषा
नेपाली भएकैले भानुभक्तप्रति उनको रामायणप्रति सबैको श्रद्धा र आदर जोडिएको हो
। मानव इतिहासभरि भानुभक्तको शिरमा यो श्रद्धा र कृतज्ञताको माला चढिरहनेछ ।
धन्यवाद
नोट : यस आलेखको मूल सन्दर्भको रूपमा साहित्य अकोदेमी दिल्लीको एसिअन
भेरिएशन्ज इन् रामायन, १९९३ रहेको छ ।