परिचय:
नेपाली साहित्यमा आचार्य भानुभक्तलाई चिनाइरहनु पर्ने आवश्यता छैन । उनको
द्विशतवार्षिक महोत्सव मनाउनु नै उनको महत्व, महाकवित्व, जातीय, कवित्व र भाषिक
एकीकरण आदि क्षेत्रमा गरेको परिचायक कार्यको यशोगान हो । यति लामो समयसम्म
पनि भानुभक्तको आदिकवित्वबारे प्रश्न उठ्नु भानुप्रति गरिएको सम्मान ठहरिदैन । यस
लेखको शीर्षक यिनै भानुभक्तद्वारा रचित रामायण, युद्धकाण्डको १४४ औं श्लोकको
प्रथम चरणको पूर्वार्धमात्र हो । पूरै श्लोक यस प्रकार छ:
स्वर्गैमा म त अप्सरा अघि थियाा नाम् धान्यमाली थियो
ब्राह्मणका त सरापले मकरिको रुप् यो बनाई दियो ।
तेसै रुप्कन मारि बक्सनु हुादा आपत्ति मेरी गई
जान्छू स्वर्ग विषे म फेरि हनुमन् जस्ता कि तस्ती भई । ।
प्रस्तुत पद्य एक दुई पटक रामायण वाचन गरिसकेपछि कुन लडहले हो, सरक्क
कण्ठस्थ भएको रहेछ तर आफूाले पढेको रामायणमा तेस्रो चरणको प्रारम्भ सोही पदबाट
भएको थियो, रामायणमा अनेक पाठ भेद छन् पनि । यहाा यसै पद्यको अध्ययन गर्ने
जमर्को गरिएको छ र यो पनि एउटा प्रयोग नै हुने ठानिएको छ ।
पृष्ठभूमि:
यो पद्य त्यति वेला आएको छ, जब युद्धमा लक्ष्मण घाइते हुन्छन् र हनुमान
सञ्जीविनी बुटी ल्याउन द्रोणाचल पर्वततिर हिाडेका थिए । बीचमा रावणद्वारा प्रेरित
कालनेमिले हनुमानलाई भरिसक्न उतै सखाप पार्ने उद्देश्यले एक कृतिम आश्रम बनाई
सिद्ध तपस्वी मुनीश्वर बनेर हनुमानलाई ठिक पार्ने प्रयत्न गर्दै थियो । हनुमान त्यहीा
पुगेर पानी खाने आसय प्रकट गरे तर पानी थोरै थियो । तिर्खा धेरै थियो अत:
हनुमानलाई जलाशय देखउन मान्छे साथ लगायो र भन्यो, पानी खाएर यहाा आउनू
म त्रिकालदर्शी हुा उता रामले लक्ष्मणलाई बचाइ सकेका छन् तिमीले आत्तिनु पर्दैन ।
म तिमीलाई केही मन्त्र पनि सिकाउाला आदि । अनि पानी खान लागेका हनुमानको
जलाशयमा परेको छाया पक्रेर एउटी मकरी, गोहीले समाई र निल्न खोजी तर हनुमान्ले
उसको च्यापु च्यातेर मृत्युलोक पुर्याइदिए । त्यो त झन् एउटी सुन्दरी स्त्रीको रूप
लिएर खडा भई अनि यही ‘स्वर्गैमा म त अप्सरा’ पद्य भनेकी हो ।
पद्यको भाव: अर्थ
रजस्थल
हे हनुमान, म अघि स्वर्गमा धान्यमाली नाम भएकी एउटी अप्सरा थिएा ।
ब्राÞमणले मलाई सराप दिएको हुनाले मैले मकरीको रूप लिनु परेको थियो । आज
हजूरले त्यसै रूपलाई मारिबक्सनु भयो र मेरो आपत्ति पनि सकियो । सरापको
अवधि पनि सकियो, यसैले म फेरि जस्ताकी तस्ती अर्थात् पहिले जस्ती थिएा त्यस्तै भई
स्वर्गमा जान्छु । प्रस्तुत पद्यको भाव यत्ति नै हो । तर त्यस धान्यमालीसाग दैवीसंस्कार
रहेकाले अत्यन्त विश्वस्त भइसकेका हनुमानलाई कालनेमीले रचेको जालको बारेमा
पनि अवगत गराइ फलत: रामको काममा भााजो हाल्न खोजेको देखेर त्यसलाई त्यहीा
ठहरै पारिहिाडेका छन् ।
प्रस्तुत पद्य भानुभक्तका रामायणभित्र रहेका अन्य पद्य जस्तै हो, यसमा खास केही
विशेषता छैनन् तैपनि यसै पद्यको अध्ययन गरेर देखाउने चाहना एउटा निजी लहड्
जस्तै हो ।
पद्यका संरचनामा रहेको भाषा: व्याकरणिक कोटि
यस पद्यको निर्माणमा प्रयोग भएका पदहरू र तिनको यथासम्भव व्याकरणिक
कोटि बारे पनि जानकारी लिनु आवश्यक हुन्छ । यस दृष्टिले पूरै पद्यमा प्रयुक्त पद
पदावलीबारे वर्णानुक्रमिक व्याकरणिक कोटि र तिनको अर्थसमेत दिने प्रयत्न गरिएको
छ ।
‘अघि’ क्रिया विशेषण/क्रियायोगी, अगाडि उहिले पहिले इत्यादि ।
अप्सरा नाम (स्त्री) स्वर्वेश्या, स्वर्गमा घृताची, मेनका, रम्भा, उर्वशी, तिलोत्तमा,
सुघोष, मञ्जुघोष आदि अप्सरा रहने गरेको प्रसिद्धि छ । यस पद्यमा उल्लिखित अप्सरा
चााहि धन्यमाली हो जसलाई ब्राह्मणको सराप परेर मकरी गोही भएर पानीमा बसेकी
थिई ।
आपत्ति: (आ+पत्+ति) नाम (स्त्री), विपदा, विपत्ति आदि । यहाा यस स्त्रीलिङ्गी
संस्कृत रूपलाई यथावत् प्रयोग गरिएको छ । मेरी आपत्ति गई । यो मेरो आपत्ति
गयो को कर्मव्याकरणीय प्रयोग हो । आपत्ति स्त्रीलिङ्गी भएकाले गई पनि स्त्रीलिङ्गी
भएको हो ।
गई क्रियापद (स्त्री) सामान्यभूत (जा+ई+ (ग आदेश) गई । जने काम गरी ।
एक वचन भाववाच्य, अनादर, तृतीय पुरूष, ‘आपत्ति मेरी गई’ यस वाक्यले स्पष्टतया
मध्यकालीन नेपाली भाषाको प्रतिनिधित्व गर्दछ ।
जस्ता कि तस्ती (जस्ताको त्यस्तो पु जस्तो त्यस्तै (कि.वि.) कि (सम्बन्ध)
जस्ताको त्यस्तो (पदावली) पहिले जस्ती थिई अहिले पनि उस्तै । भई क्रियाको क्रि.वि.
यहाा कि छन्दका अनुरोधले मात्र प्रयोग भएको अन्यथा जस्ताकी तस्ती दीर्घ नै हुनुपथ्र्यो ।
जान्छू (जान्छु अकर्मक क्रि.प, जा (जा + न् आगम) छु जान्छु, प्र.पु.ए.व.
रजस्थल (भानु विशेषाङ्क–२०७०)
आत्मपरक अभिव्यक्ति । छन्दको अनुरोधले छु छू भएको छ ।
त निपात यहाा त पादपूरणका रूपमा प्रयुक्त छ । छन्दले ह्रस्ववर्ण मागेअनुसार
यसको प्रयोग भएको छ भने यो पद पहिलो चरण र दोस्रो चरणमा प्रयुक्त छ अर्थात
निपातात्मक त दुईचोटि आएको छ ।
तेसै (तेस् + नै दर्शक सर्वनाम, त्यहीा भन्ने अर्थ, कर्मको विशेषण द्वितीया विभक्ति,
अर्थात् सकर्मक क्रियासाग आउने पद ।
थियाा (थिएा (छ+ थि आदेश) यो सामान्य भूत, एक वचन, प्रथम पुरूष, कर्तृवाच्य।
प्राचीन नेपालीको अवशिष्ट प्रयोग । अक. क्रि. । म कर्ताको विधेय रूप ।
नाम् (नाम) नाम, अभिधेय, आखिम, आएमा, नामधेय । यहाा म हलन्त पनि छन्दकै
अनुरोधमा भएको हो किन कि सिागो म त्यहाा अटाउादैन ।
फेरि, क्रि.वि. पुन: का अर्थमा प्रयुक्त प्राकृत फिर को विकसित रूप, पटक,
दोस्राबाजि, अझै ।
बनाई दियो (द्वि.क.क्रि. (बनाउ+इ+दि+यो तृ. पु. एक वचन (संयुक्त क्रिया,
सामान्य भूत, यहाा ई दीर्घ गराउनु पर्ने भएकाले बनाई अलग लेखिएको छ, ‘दियो’को
सहायक क्रिया ।
ब्राह्मणका विशेषण, ब्राह्मण + का सम्बन्धवाचक विभक्ति पदसहित, एक वचन,
छन्दका अनुरोधले ब्राह्मण् शब्दको ण् हलन्त भएको छ । द्विज, भूदेव, विप्र ब्रÞमज्ञानी
वा वेदज्ञ व्यक्ति, अपभ्रंश, बाहुन । सराप दिएर लागेको हुनाले ब्रÞमज्ञानी । सरापको
भेदक विशेषण ।
भई कृदन्त क्रिया, हु + (भ आदेश) ई अर्थात भएर । यसको सम्बन्ध जस्ता कि
तस्ती पदावलीसाग छ ।
म: सर्वनाम, एक व, धान्यमाली नामक स्त्री बोधक पद, थिएा क्रियाको कर्ता, यो
पद दुई पटक आएको छ । क प्रथम चरणको चौथो अक्षर ख तृतीय चरणको सातौं
अक्षर । दुवै ठाउामा धान्यमाली वा मकरी भन्ने नै जनाउाछ ।
मकरिको (मकरीको नाम, सम्बन्धवाचक विभक्तियुक्त, स्त्री, धान्यमाली नाउा
गरेकी अप्सरा जो ब्राÞमणका सरापले मकरी बनेकी थिई, त्यसैको माथि रि दीर्घ
नभएको पनि छन्दकै अनुरोधले गर्दा हो । भेद रूपको भेदक विशेषण ।
मारि बक्सनु हुादा, संयुक्त कृ. क्रि. (मार्+ इ+वक्स+नु+ हु (अनुस्वारागम) क्रिया
वि. यहाा हनुमान रामका परम भक्त भएकाले रामलाई झौ अत्युच्य आदरार्थी प्रयुक्त छ।
साथै यिनकै कारण मकरीको रूप त्यागेर आफ्नै धान्यमाली रूप प्राप्त भएकाले पनि
अत्युच्य आदरार्थी उपयुक्त छ ।
मेरी, म सर्वनामको सम्बन्ध वाचक एक वचन, स्त्रीलिङ्गी रूप, विशेष्य स्त्रीवाची
रजस्थल
आपत्तिको भेदक विशेषण पद भएकाले कर्मवाच्यमा स्तीलिङ्गी प्रयोग, यो, दर्शक
सर्वनाम (निकटवाचक) एकवचन रूपको विशेषण सरह प्रयुक्त सरल कारक ।
रूप् (रूप) नाम, आकृति, स्वरूप इत्यादि । छन्दका अनुरोधमा एउटा दीर्घ वर्ण
भए पुग्नेमा प् लाई हलन्त गर्नु परेको शुद्ध त रूप नै हो ।
रुप्कन (रूपकन) कर्मकारक जनाउने नाम, रूपलाई यसमा पनि छन्दकै कारण
रू हस्व भएको छ अनि प् हलन्त शुद्ध त रूपकन नै हो ।
विषे (बिसे विषयको अवशिष्ट रूप, नामयोगी, मा, माथि, विषयमा भन्ने अर्थ, यो
सर्वनामसाग जोडिएको पद हो । स्वर्गैंमा, स्वर्गतिर, स्वर्गतर्फ... ।
सरापले, नामले विभक्ति, कर्म कारक अभद्र बोली, अनिष्ट वचन, सराप्ने कार्य,
वरदानको विलोम शब्द, अभिशाप ।
स्वर्गैमा (स्वर्गैमा नै नाम, मुक्तपद, अधिकरणकारक, छन्दका कारणले ‘स्वर्गै’मा
को साटो स्वर्गेमा भन्न परेको, ग दीर्घ चाहिने हुादा नै को न हटाएर ऐ राखी स्वर्गै
बनाउन परेको हो । स्वर्ग सुरलोक, देवालय, त्रिदिव, त्रिविष्टप... ।
स्वर्गविषे नाम, नामयोगीयुक्त पद, अरू पूर्ववत् ।
हनुमन्, हनुमान् शब्दको सम्बोधनमा संयुक्त रूप, हे हनुमान, नाम पद, एक
वचन, हनु पोक्चा वा थेप्चिएका गाला चिउाडो आदि (हनु+मान् – हनुमान)
यसरी दश वटा नाम पद, दुई क्रियापद मिलेको एक क्रियापदसमेत पााच क्रियापद,
तीन क्रिया मिलेको एक कृदन्त क्रिया वा क्रिया विशेषण पदसहित पााच क्रिया विशेषण,
चारवटा सर्वनाम पद, तीनवटा विशेषण पद, दुई वटा निपात पद, एउटा नामयोगी
पदसहित जम्मा सात शब्द वर्गमा ३० शब्दहरू प्रयोग भएर यो पद्य तयार भएको छ।
यसमा संयोजक र विष्मयादिबोधक पद प्रयोग हुन नसकेकाले यस पद्यमा सबै पद वर्ग
प्रयुक्त हुन सकेको छैन । यसैगरी सातवटा विभक्ति र एउटा नामयोगी तथा एउटा
सम्बोधन पनि यसमा प्रयुक्त छ ।
यस पद्यमा पूरानो वर्णविन्यास एवम् पदयोग र पदवियोगको नियमलाई नमानिएको
हुादा पदहरू जम्माजम्मी ३६ रहेका छन् । यहाा धान्यमाली एक मात्र शब्द षष्ठी तत्पुरूष
समासद्वारा निर्मित छ । यसरी यस पद्यका पद वा पदावलीहरूको छोटो विश्लेषण तयार
भएको छ ।
छन्द र लय:
नेपालीहरूले झन्डै लोकलयकै पाराले गाउने वार्णिक छन्द मध्ये १९ अक्षरका
क्रमश: भाषा, मगण, सगण, जगण, सगण, तगण, तगण र अन्तमा एउटा गुरू हुने
शार्दूलविक्रीडित छन्दमा यो पद्य लेखिएको छ । यसका प्रत्येक चरणमा आठौं, बाह्रौ र
उन्नाइसौ अक्षरमा विश्राम हुन्छ भने जम्मा चार चरणमा बनेको छ । चारै चरणमा
रजस्थल (भानु विशेषाङ्क–२०७०)
उच्चार्य वर्ण १९ ह ४ . ७६ वटा रहेका छन् । प्रति चरण छवटा गणका दरले चौबीस
गण रहेपनि प्रति चरण चारवटा गुरू वर्णको पनि यसमा उपस्थिति रहेको छ । यो
पद्य शार्दूलविक्रीडित छन्दका अनेक ढ·, ढााचा र ताल लयमा गाउन सकिन्छ । लामा
छन्दमध्ये पनि यो छन्द भानुभक्तले निकै मन पराएका छन् भने यसै छन्दमा अधिकांश
रामायण रचिएको छ । यसैको प्रतिरूप ‘स्वर्गैमा म त अप्सरा...’ हो ।
भाषाशैली:
प्रस्तुत पद्य नेपाली भाषामा रचिएको छ । छन्द मिलाउन केही शब्दहरूका रूप
हलन्त भएका छन् भने कतै दीर्घ हुनुपर्ने ह्रस्व र ह्रस्व हुनुपर्ने दीर्घ भएका छन् । तेसै र
तस्ती केही फरक औचार्य पद हुन् । यसै गरी पद्यको भाषा अन्वयप्रधान हुने भएकाले
यहाा पनि त्यस किसिमको भाषा प्रयोग भएको छ । जस्तै ‘आपत्ति मेरी गई’ मा मेरी
आपत्ति गई हुनुपर्छ ।
वस्तुत: भानुभक्तले त्यतिवेलाको बोलीचालीमा रहेको नेपाली भाषाको उच्चस्तरीय
रूपलाई कवितामा समावेश गरेका छन् तथापि थियाा, आपत्ति मेरी गई, कन र विषे
जस्ता कुराले पनि मध्यकाल वा नेपाली भाषासाहित्यको प्राथमिक काललाई नै प्रकाशित
गर्दछन् । ‘जस्ता कि तस्ती’ यस पद्यमा प्रयुक्त अर्को मीठो पदावली हो । मारिबक्सनु
हुादा पदमा रहेको अति उच्य आदरार्थी हिन्दी आदि कतिपय भाषामा देख्न पाइदैन तर
नेपालीमा यस भाषाको प्रयोगले एकातिर भाषाको स्तरीय रूपको प्रयोगलाई सङ्केत गर्छ
भने अर्कोतर्फ शैली पनि परिमार्जनतिर नै उन्मुख छ । अभिव्यक्ति भने यी पद्यहरूमा
अतिशय सशक्त देखिन्छ । जसबाट कुनै सम्प्रेषण हुादैन कि भन्ने शङ्का रहदैन । यसैले
त ओजस्वी भाषाको माध्यमबाट लय भएको प्रस्तुत पद्य आलङ्रिक दृष्टिले पनि रमणीय
बनेको छ । यसका दुई दुई चरणका अन्त्यमा ‘थियो दियो र गई भई’ जस्ता अन्त्यानुप्रास
नामक अलङ्कारले श्रुतिरमणीयता प्रादुर्भाव गराएको छ भने अर्थालङ्कार अन्तर्गत
पूर्वरूप अलङ्कार प्रयुक्त छ । यो अलङ्कार त्यहाा तयार हुन्छ जहाा आफ्ना अहिलेका
सबै गुण रूप छोडेर पुन: पहिलेकै उत्कृष्ट रूप गुणको प्राप्ति हुन्छ । यहाा धान्यमालीले
वर्तमान मकरीको तुच्छ रूपलाई छोडेर पुन: आफ्नो अप्सराको उत्कृष्ट गुणलाई प्राप्त
गरेको वयानले गर्दा अप्पयदीक्षितद्वारा प्रस्तावित पूर्व रूप अलङ्कार प्रयोग भएको छ ।
यस पद्यमा सोझो अभिधाशक्तिले अर्थ खुलस्त भइरहेको हुनाले लक्षणा वा व्यञ्जनाको
तहसम्म जानुपर्ने अवस्था सिर्जना भएको छैन । यसैले भानुभक्त सरल, पदावलीका
रचयिता हुन् र उनले कविताको गेयतालाई अत्यन्त सुन्दर ढंगले समुपस्थापित गरेका
छन् । प्रस्तुत पद्यार्थमा पूर्वरूप अलङ्कार रहेतापनि मम्मट, पण्डितराज–जगन्नाथ,
रूप्यक र विश्वेश्वर पण्डित आदिका अभिमतमा तद्गुण नामक अलङ्कार रहेको
खुलासा हुन्छ किनकि यी मध्ये केहीले मान्दैनन् पूर्व रूप अलङ्कार। आफ्नो वर्तमान
रजस्थल
गुण त्यागेर अत्युत्कृष्ट गुण ग्रहण गर्नलाई तद्गुण नै मान्दछन् । हुन पनि यहाा मकरी
रूप तुच्छ गुण त्यागेर अप्सरा रूप उत्कृष्ट गुण धान्यमालीले प्राप्त गरेको हुनाले
तद्गुण अलङ्कार पनि मान्न सकिन्छ । जे होस् यो पद्य अलङ्कार प्रयोगका दृष्टिले
पनि सुन्दर एवम् महत्वपूर्ण रहेको छ भन्ने कुरा तद्गुण र पूर्वरूप दुवै अलङ्कार पर्ने
अवस्था सिर्जना भएकाले पनि स्पष्ट हुन्छ । यिनै विविध कारणले प्रस्तुत पद्यको भाषा,
भाव र शैली रोचक बनेको मान्न सकिन्छ ।
समापन:
आजको समाज न भानुभक्तको समयको छ, न रामायण कालजस्तो छ । न
वाल्मीकिका राम जस्ता आदर्श पुरूष छन् न व्यासका जस्ता अध्यात्ममा सन्नद्ध
सामाजिकहरू छन् । हनुमान र राम जस्ता सेवक र स्वामी पाउनु पनि दुर्लभ छ।
आजका धान्यमालीहरूलाई रिसाएका ब्राह्मणहरूले सराप्दैमा मकरीको जुनीमा पुग्नुपर्दैन
तथापि यौटा उदाहरणका रूपमा आएको प्रस्तुत पद्य रामायणका १३१९ मध्ये एक हो
भने शार्दूलविक्रीडित छन्दका १०३३ मध्ये पनि एक हो । आश्चर्य लाग्छ, किन यस
कोरन्तेलाई भानुभक्तीय रामायणका १३१८ पद्य मध्ये कुनै पनि पद्यहरू आत्मविश्वासका
साथ पूर्णतया कण्ठस्थ हुन सकेनन् अनि किन यही मकरी, धान्यमाली, हनुमान, अप्सरा,
ब्राह्मण, आपत्ति, स्वर्ग, सराप, रूप, मृत्यु, जस्ताकी तस्ती हुनु आदि पदपदावलीले
लदावली भएको पद्य नै कष्ठस्थ भएको त ? हुनसक्छ, यस पद्यमा आफूले देख्न नसकेका,
भन्न, वयान गर्न वा बुझ्न नसकेका अरू पनि कुनै त्यस्ता पाठक आकृष्ट गर्ने
काव्यतत्व गर्भान्तरमा निक्षिप्त पो छन् कि ? जेसुकै होस् प्रस्तुत पद्यबारे केही अभिव्यक्ति
प्रदान गरेर किञ्चित् सम्मान प्रकट गर्ने जो अवसर प्राप्त भयो, त्यसका निम्ति आभार
प्रकट नगरी रहन सकिदैन ।
अन्तमा भानुभक्तका प्रत्येक पद्यको भिन्न भिन्नै दृष्टि र कोणले व्याख्या, विस्तार
र विश्लेषण एवम् चिन्तन गर्ने परम्परा बसाउन सक्ने हो भने ‘स्वर्गैमा म त अप्सरा
अघि थियाा’ जस्ता घत लाग्दा र रमणीय पद्यहरू रामायणभरि नै पाइने छन् । विश्वास
छ, यस किसिमका टिप्पणी र व्याख्या विवेचनाले रामायणका धेरै रहस्यहरू बाहिर
आउने छन् र भानु अध्ययनशीलताको विकास भई नेपाली साहित्यभण्डार अझ समृद्ध
बन्दै जाने छ । अस्तु शोभनम् ।
खखख
कुन् सत्य हो सत्य कसोरि जान्नू
जुन् प्राणिको हित् छ उ सत्य मान्नू
कुन् छाडिंदीन्या सुखि हुन्छ भन्छन्
स्त्री छाड्न सक्न्या सुखिमा गनिन्छन्।। (भानुदर्शन, २५:३२)