Social Icons

भानुभक्तकृत बधूशिक्षामा आदर्श बुहारीको परिकल्पना - टेकनाथ दाहाल


विषयप्रवेश:–
वि.सं. १८७१ साल आषाढमा हालको तनहुा जिल्लाको चुादी–रम्घामा भानुभक्त
आचार्यको जन्म भएको थियो । यिनका पिताको नाम धनञ्जय र हजुरबुबाको नाम
श्रीकृष्ण आचार्य थियो । यिनले आफनो परिचय दिने क्रममा बुबाभन्दा हजुरबुबाप्रति
बढी श्रद्धा देखाएका कारण यिनको व्यक्तित्व निर्माणमा बुबाभन्दा हजुरबुबाकै भूमिका
बढी थियो भनेर विश्लेषण पनि गरिने गरिन्छ (आचार्य:२०५०:८७) । भानुभक्तको
कवि व्यक्तित्वलाई एउटा घाासीसाग पनि जोड्ने गरिन्छ जसको प्रेरणाले उनको कविता
लेखनको उल्लेख उनका बारेमा चर्चा गरिएका अधिकांश स्थानमा देख्न सकिन्छ ।
उनीभित्रको सिर्जना शक्ति कविता भएर नउत्रेको भए घाासीको प्रेरणाले मात्रै रामायण,
प्रश्नोत्तर, बधूशिक्षालगायत अन्य सर्गकाव्य र फुटकर रचना निर्माण हुन सक्थे या
सक्दैनथे आफैमा सोचनीय पक्ष हुन् । घाासीको कुरा सुनेर भानुभक्तले दुई पङ्क्ति कविता
बनाएको चर्चा पनि मोतीरामको कपोलकल्पित धारणा भएको र उक्त दुई कविता पनि
भानुभक्तको नभएर मोतीरामको भएको दावी गर्नेहरू पनि छन् । भानुभक्तको आदि
कवित्वलाई लिएर मतमतान्तर देखिएका छन् । उनी भक्तिकालका केन्द्रीय प्रतिभा
अवश्य थिए तर आदिकवि उनलाई नै मान्दा सिङ्गै वीरधारामाथि अन्याय हुने तर्कहरू
पनि बलियोसाग उठेका छन् । भानुभक्तपूर्व रामायण जस्तो अर्ध अनुदित काव्य जसको
साहित्यिक र धार्मिक मूल्य समानान्तर रूपमा ठाडिएको छ, नदेखिएकाले र भानुभक्तका
रचनामा जुन युगीन चिन्तन अनि काव्यसौन्दर्य सघन रूपमा देखिएको छ । त्यस्तो पनि
त्यसपूर्वका रचनामा नदेखिएकाले उनी नै आदिकवि हुन् भन्ने मान्यता पनि बलियोसाग
स्थापित भएको छ । भानुभक्तको बधूशिक्षालाई लिएर पनि उनको कवि व्यक्तित्वमाथि
मतान्तर देखिएको छ । नारीवादी लेखक,चिन्तक र सामाजिक कार्यकर्ताले समेत उक्त
कविताका आधारमा भानुभक्तलाई नारीविरोधी लेखकका रूपमा आलोचना गर्दै आएका
छन् भने उनले युगीन परिवेश र समाजको तत्कालीन स्वरूपलाई हेरेर लेखेकाले त्यो
नारीविरोधी नभई समाजसापेक्ष नै रहेको चर्चा पनि भएकै छन् । यसरी भानुभक्तका
विषयमा देखिएका अनेकथरिका विवादमध्ये बधूशिक्षा पनि एक हो र यस लेखनमा
बधूशिक्षा कै विषयमा केही पक्षलाई उठान गरिएको छ।
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
बधूशिक्षा लेखनको सन्दर्भ:
वि.सं.१९१९मा उनी काठमाडौंबाट घर अर्थात चुादी रम्घातिर जाादै थिए ।
बाटामा मित्र तारापति उपध्यायले आफ्नै घरमा बास बस्न आग्रह गरे र त्यो रात
उनी त्यहीा बसे(भट्ट:२०५८:१७)बेलुका जब खाना खाने वेला भयो तब उनकी श्रीमती
र बुहारीको झगडा सुरु भयो । तारापतिसागको उनको सम्बन्ध कत्तिको पुरानो थियो
? त्यो थाहा भएन । तर एक रातमै तारापतिको घरको झगडाले बधूशिक्षालाई
जन्मायो। बधूशिक्षा घरमा झगडा गर्ने बुहारीका लागि मात्रै हो वा बुहारीलाई सहन
नसक्ने सासूका लागि पनि हो ? बधूशिक्षा केवल तारापतिकी बुहारीलाई मात्र हो ,वा
तमाम नेपाली सासूकी बुहारीलाई पनि हो ? तर्कहरू अनेक किसिमका हुन सक्छन् तर
तारापतिको घरमा बास बसेका वेलामा सासूबुहारीको रातभरिको कलह उनले नसुनेको
भए बधूशिक्षा लेख्थे या लेख्दैनथे सन्देहपूर्ण नै छ । तसर्थ उनको बधूशिक्षालाई घटना
विशेषको प्रतिक्रियाका रूपमा लिनु सान्दर्भिक नै ठहर्छ भने त्यसमा आएको विचार चाहिं
उनको लामो समयदेखिको नीतिवादी चेतनाबाट विशेष प्रभावित भएको ठान्न सकिन्छ ।
वस्तुविधान:–
बधूशिक्षा ३३ श्लोकमा लेखिएको लगभग खण्डकाव्यात्मक संरचना भएको कविता
हो र सुरूको प्रस्तावनाका ३ श्लोकसहित जम्मा ३६ श्लोकमा यो कविता संरचित छ।
यसको सूचना मोतीरामले १९४८ मै दिएका थिए र बाबुराम आचार्यले पुराना कवि र
कवितामा उक्त सबै श्लोकलाई छपाएका छन् । नेपाली स्नातकोत्तर तहका लागि तयार
पारिएको प्राचीन नेपाली पद्यमा चााहि सुरुको प्रस्तावना र १५ श्लोकसम्म मात्रै समावेश
गरिएको छ । बााकी १८ श्लोकलाई उक्त सङ्ग्रहमा समावेश गरिएको छैन ।
रातभरि तारापतिको घरमा सासूबुहारीको झगडा देखिसकेपछि बधूशिक्षा लेखेर
बिहान हिड्ने वेलामा दिएको अनि उक्त बधूशिक्षाका साथमा तारापतिलाई उपदेश पुर्जी
लेखेर दिएको (भट्ट : २०५८ : १७) र उक्त उपदेश पुर्जी नै हाल बधूशिक्षाको प्रस्तावना
भएको बुझिन्छ । बिहान उठेदेखि बेलुकी सुत्ने वेलासम्म घरकी बुहारीले गर्नुपर्ने
कार्यलाई नै आचार्यले बधूशिक्षामा श्लोकबद्ध गरेका छन् । निश्चय नै वर्तमानका
आाखाले हेर्दा ती श्लोकहरूमा नारीविरोधी स्वर घनीभूत रूपमा मुखरित भएको छ तर
त्यसलाई आजको आाखाले मात्रै हेरेर पुग्दैन तत्कालीन समाजको आाखाले पनि हेर्नुपर्छ।
नेपाली समाज प्रारम्भिककालदेखि नै पितृसत्तात्मक थियो र घरको श्रमविभाजन गर्दा
पनि व्यवस्थापन पक्ष महिलाको जिम्मा हुने अनि सङ्कलन पक्ष पुरूषको जिम्मामा
हुने व्यवस्था थियो । सङ्कलन कार्यका लागि कतिपय अवस्थामा कठोर श्रम गर्नुपर्ने
र कतिपय अवस्थामा चााहि घरदेखि टाढाको यात्रा पनि गर्नुपर्ने भएकाले महिलालाई
पहिलेदेखि नै त्यो कार्य जिम्मामा दिएको थिएन तसर्थ भानुभक्तले पनि पूजाको सामान
रजस्थल 
जोरजाम गर्ने नोकरहरूलाई अह्राउने, भान्छामा काम गर्ने, घरका परिवारले खाने कुरा
बनाउने, लिपपोत गर्ने, तिथि पर्वमा आवश्यक सामानको सङ्ग्रह गर्ने जस्ता घरभित्रकै
काम बुहारीले गर्नुपर्ने सङ्केत गरेका छन् । बुहारी अर्काका घरमा हुर्किएर आउने
परिवारको नयाा सदस्य हो । तसर्थ उसका सानै अवस्थादेखिका बानीव्यवहारदेखि घरका
सदस्य अपरिचित नै हुन्छन् । ऊप्रति पारिवारिक आत्मीयता पनि गाासिएको हुादैन ।
यस्तो अवस्थामा बुहारी स्वयंले आफूलाई नयाा घरका लागि अनुकूल बनाउनु पर्दछ ।
श्रीमानसागको सम्बन्धलाई सुमधुर र आत्मीय बनाउने, परिवारका अन्य सदस्यलाई
शिष्टाचारयुक्त व्यवहार गर्ने, आफूभन्दा सानालाई प्रेमपूर्ण व्यवहार गर्ने जस्ता कार्यले
नै उसलाई नयाा घरको वातावरण सहज बनाउादै लैजान्छ । घरभित्र बुहारी बनेर
भित्रिएदेखि नै रूखो व्यवहार गर्ने र अमर्यादित कार्य गर्ने महिलाहरूले जीवनमा दु:ख
पाएका उदाहरणहरू समाजमा प्रशस्त फेला पर्दछन् । भानुभक्तले बधूशिक्षामा बुहारीका
लागि त्यही शिष्टाचारयुक्त व्यवहार सिकाउने जमर्को गरेका हुन् । बुहारी भएर सबै
किसिमका अनुभव गरिसके पछि सासू बनिन्छ । सासू बन्दा बुहारीबाट जे अपेक्षा
गरिन्छ बुहारी हुादा त्यही क्रियाकलाप गर्नु पनि भानुभक्तका दृष्टिमा श्रेयस्कर नै ठहर्छ ।
बुहारीले बिहान उठेर श्रीमानको सेवा गर्ने, घरको कामका बारेमा सासूलाई सोध्ने,सबैले
खाना खाएपछि आफूले खाने, खाना खाएर घरको धन्धा सबै सिध्याएर सुत्ने वेलामा
सासूको सेवा गर्ने र श्रीमानको सेवा गरेर मात्रै सुत्ने जस्ता कार्यहरू गर्नुपर्ने कुरा
बधूशिक्षामा उल्लेख भएको छ । वर्तमानमा शहरका बुहारीहरू रोजगारीका सिलसिलाले
समयबद्ध भएका हुन्छन् र वैयक्तिक व्यस्तताले गर्दा परिवारका सबै सदस्य बराबर
समय बिताउन पनि पाउादैनन् तसर्थ भानुभक्तको उक्त विचार एकातर्फी लाग्ला तर
यो त्यतिखेर लेखिएको हो जतिखेर महिलाहरू घरमै सीमित थिए । शहरी वातावरण
फेरिएपनि ग्रामीण परिवेशमा यो अवस्था अझै विद्यमान छ । बुहारीले घरका सदस्यलाई
रिझाउनै पर्छ असल व्यवहारले । यही विषय वस्तुलाई भानुभक्तले उक्त कवितामा
उल्लेख गरेका छन् ।
आदर्श बुहारीको परिकल्पना:
भानुभक्तले बधूशिक्षामा एउटी आदर्श बुहारीको परिकल्पना गरेका छन् । नेपाली
साहित्यमा त्यस्ता आदर्श पात्रको प्रयोग धेरै स्थानमा भएको छ । मैनालीका नारी
पात्रहरू प्राय : सबै आदर्शयुक्त नै छन् भने रूद्रराज पाण्डेको रूपमतिले आदर्शको
सीमा नै नाघेकी छ । वि.पि.की गौरीको व्यवहारमा आदर्श छ भने समको इन्दिरामा
पनि आदर्शको कमी छैन । सायद भानुभक्तले रूपमति जस्तै बुहारी खोजेको हुनुपर्छ,ं
परिवारको सदस्यलाई राम्रो व्यवहारले नै दास बनाउने । भीमनीधि तिवारीले पनि
सहनशीलासुशीला लेखे । द्विपक्षीय प्रेमलाई विषय बनाएर लेखिएका साहित्य त सर्वाधिक
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
छन् तर यहाा द्विपक्षीय प्रेमको कुरा नगरेर परिवारिका सन्तुलनको कुरा छ । त्यसमा
पनि परिवारका सबै सदस्यको भूमिका निर्धारण गरिएको छैन । एउटी बुहारीले
पारिवारिक सन्तुलन मजबुत पार्न गर्नु पर्ने क्रियाकलाप मात्र यसमा उल्लेख भएकाले
भानुभक्तले प्रस्तुत कवितामा आदर्श बुहारी कै परिकल्पपना गरेका छन् । आजको
सामाजिक मान्यता र दृष्टिले यसमा पुरानोपन र नारीलाई घरकी चाकर्नी बनाउने
भावना छ भन्ने आरोप लगाउने चेष्टा गर्न सकिए तापनि यस रचनाले भानुभक्तकालीन
घर गाउाको पारिवारिक मर्यादा र व्यवस्था पेश गर्दछ र यो मध्यकालीन व्यवस्था हाम्रा
गाउा घरमा चलिनै रहेको छ (प्रधान :२०५२:७१) । बुहारीले बिहान उठ्ने बित्तिकै
भगवानको स्मरण गरेर पतिको चरणस्पर्श गर्ने, स्नान गरेर सासूको चरणस्पर्श गर्ने,
श्रीमानको स्नानको सामाग्री तयार पार्ने, नोकरचाकरलाई काम अह्रयाउने, भान्साको
काम गर्ने जस्ता नियमित क्रियाकलाप गर्नु पर्ने कुरा प्रस्तुत कवितामा उल्लेख भएको छ।
आदर्श बुहारी बन्नका लागि शिष्टाचारयुक्त व्यवहार हुनुपर्दछ र यसका लागि घरका
सबै सदस्यलाई यथोचित सम्मान व्यक्त गर्नुपर्दछ, शिष्टाचारयुक्त व्यवहारतिर सङ्केत
गर्दै भानुभक्त लेख्दछन्–
मान्ने छन् घरका सबै जति जना तिन्लाई ढोग् भेट् गरी ।
चाकर्लाइ अह्राउनू खुशि हुादै मिठो वचन्ले गरी ।
माटो पानि खराउ ओटन रूमाल् धोती दतीउन् धरी ।
स्नान् गन्र्या अखडा जहाा छ तहिा गै राखून् तयारी गरी । (श्लोक–३)
घरलाई सफासुग्घर राख्नु पर्दछ भन्दै भानुभक्त लेख्दछन्–
घर् सब झारी बढारी नित्य त्यसले लिप्दै र पोत्दै रहोस् ।
चकर् सब् थलिया गया कहिं भन्या आफैं तयारी रहोस् । (श्लोक–५)
हरेक सामान राख्ने आफ्नो स्थान हुन्छ । जुन वस्तुलाई जहाा राख्नुपर्ने हो त्यहीा
राखिएन भने घर फोहोर हुनुका साथै अस्तव्यस्त पनि देखिन्छ । तसर्थ घरकी बुहारीले
उक्त सबै सामानलाई आ–आफ्नो स्थानमा राख्नु पर्दछ भन्दै कवि लेख्छन् –
जुन् स्थान् हो चिजको उहीा लगि उ चिज् राख्न्या स्वभाव् पो धरून् । (श्लोक–६)
.......,.........,.........,........,........,......,.......,.......,.........., ।
जो चिज् वस्तु भाडारदेखि अघि जो झीकेर ल्याई थिइन्,
सो सम्झेर तुरून्त सोहि थलमा ती वस्तु राखी दिउन्। (श्लोक–९)
...........,...........,...............,...................,
जुन् चीज् राख्नु भाडार पर्छ नभूली सब राख्नु संभारले (श्लोक–२४)
सामान्यतया सामान राखेको भाडारमा बाहिरी मान्छेलाई प्रवेश दिइादैन ।
बुहारी घरकी लक्ष्मी पनि भएकाले भाडारको जिम्मा बुहारीले लिनुपर्नेतिर सङ्केत गर्दै
रजस्थल 
भानुभक्त लेख्छन्–
खान्या चीज भाडारमा पसि झिकुन् आफैं अगाडी सरी । (श्लोक–७)
...........,.............,.................,
काम्का खातिर जत्ति चीज घरका दिन्मा झिक्याका थिया ।
रात्रीमा त उ काम् हुादैन सब चीज् थन्क्याइ राखी दिया । ।
सम्झी कत्ति न मानि अल्सि सब चीज् थन्क्याइ ताल्चा पनी ।
लाउन् चोर चकार डाकुहरुले देख्नै नपाउन् भनी । । (श्लोक–२६)
आर्य समाज–अतिथि देवो भव:, भन्ने आदर्शलाई मान्दछ ।पाहुना घरमा आएपछि
पहिले उनको सत्कार गरिन्छ र पछि घरका सदस्यले खाना खान्छन् । सुताउने वेलामा
पनि पहिले अतिथिलाई नै सुताउने व्यवस्था मिलाइन्छ । यो हामीले आगाल्दै आएको
संस्कार हो । बुहारीले पनि घरका सबै परिवारलाई खुबाएर मात्रै खानुपर्ने परम्परागत
संस्कारलाई भानुभक्तले बुहारीको शिष्टाचारभित्रै समावेश गरेका छन् । यसमाथि जोड
दिादै उनी लेख्छन्:–
रोगी बालक वृद्ध कोहि घरमा हुन्छन् त तिन्को पनि
घत् जानीकन तम्तयार् चिज गरून् खान्या छ यस्तो भनी ।।
यस्ता रीत् सित चीज् बनाइ बढिया सासू–ससुरा पति
लाई ख्वाइसकेर फेरि घरका ख्वाउन् जहान् छन् जति ।। (श्लोक–८)
..........,............,..............,.................,
ख्वाई प्याइसकेर सर्व परिवारले खाइसक्छन् जसै ।
चूल्हा चौकि लिपाई जल्दि ति जुठा भााडा मझाउन् तसै । । (श्लोक–९)
अर्काको घरमा गएर कुराकानीमा व्यस्त भएपछि घरको काम सबै थन्किन्छ।
त्यसैले बिनाकाम गाऊामा डुल्नु कसैका लागि पनि राम्रो मानिदैन । प्रयोजनमनुद्दिश्य
मन्दो क्वपिन प्रवर्तते, भन्ने संस्कृत वाक्य प्रचलित नै छ । भानुभक्तले बुहारीका हकमा
यसलाई अझ सशक्त ढङ्गले उठान गरेका छन् ।
अर्काका घरमा नजानु कहिल्यै आफ्नै घरैमा बसी ।
जे हूनू सब चीज् जती छ घरमा कूना र कानी पसि । । (श्लोक १४)
घरकी असल बुहारीले परिवारका सदस्यको आनी–बनी पनि थाहा पाउनु पर्दछ।
कुन खराब हो, कुन सही हो छुट्याउनु पर्दछ । खराबका लागि सजाय गर्न सासूसमक्ष
सिफारिस गर्नु पर्दछ भन्ने भानुभक्तको भनाइ छ किनभने सासू घरका परिवारका
सदस्यहरूमध्ये धेरैको पूज्य नै हुछिन्न् त्यसैले उनको सजाय सबैलाई स्वीकार्य हुन्छ ।
भन्ने तिर सङ्केत गर्दै भानुभक्त लेख्छन–
मान्याजन् कन मान्नु जान्नु घरको ठग्को ठगाञी पनि ।
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
सब् सासूसित भन्न जानु उ गरून् यस्को सजाञी भनी ।। (श्लोक–१५)
......,........,..........,.............,.............,.............,
पाउन पापि कठोर चोरहरुले सोही बमोजिम् जवाफ् ।
राखोस् इष्ट कुटुम्ब मित्रहरुमा अमृत् सरीको रवाफ् ।। (श्लोक–१६)
झुट समाजमा कहिल्यै टिक्दैन । झूट बोलेर धेरै दिन टिक्नपनि सक्दैन किनभने
एक दिन न एक दिन त्यसको पर्दा खुलेर छोड्छ तसर्थ घरकी बुहारीले झुट बोल्न हुादैन
भन्दै कवि लेख्छन्–
सााचो बोल्नु नबोल्नु बात कहिल्यै झूटो भन्याको रति ।
आखिर् मर्नु छ पाउनुूछ उही फल् यहाा गर्‍याको जति ।। (श्लोक–१७)
घरमा पालिएका पशु पक्षीको पनि राम्रो हेरविचार गर्नुपर्छ साथै घरका लागि
बनाइएका खानेकुरालाई सधौ ढाकेर राख्नु पर्दछ । घरका सामान आवश्यक परेका
वेलामा तत्काल प्राप्त गर्ने गरी राख्नु पर्दछ र खोजेका वेलामा तुरून्त निकाल्नु पर्दछ ।
यसरी कवि भानुभक्तले प्रस्तुत बधूशिक्षामा घरमा भित्रिएकी बुहारीले गर्नुपर्ने
कर्तव्यहरूको उल्लेख गरेर एउटी आदर्श बुहारीको परिकल्पना गरेका छन् जसले घरलाई
प्रेममय र सुन्दर बनाउन सहयोग पुर्‍याओस् । यस क्रममा उनले शिष्टाचार र
स्वकर्तव्यलाई सबैभन्दा बढी महत्व दिएका छन्। मित्र तारापति उपाध्यायका घरमा भएको
सासू बुहारीको रातभरिको रडाको नै यसको रचनागर्भ रहेकाले यो कविता झगडाजन्य
आक्रोशको परिणति पनि बन्न पुगेको छ । यस अवस्थामा केही आवश्यकताभन्दा बढी
नै आग्रह पनि व्यक्त भएको छ ।
केही आलोचनात्मक पक्ष:–
भानुभक्तको बधूशिक्षालाई लिएर यनलाई नारीविरोधी लेखकका रूपमा पनि
सत्तोसराप गर्ने गरिन्छ । हुन पनि वर्तमान आाखाले बधूशिक्षालाई पढेमा उनी
नारीविरोधी नै देखिन्छन् । बुहारी सधै नोकर्नी भएर बस्नु पर्ने कुरा यसमा उल्लेख भए
जस्ता लाग्छन् । बुहारीले घरबाट बाहिर निस्कन नहुने ,हाास्न नहुने हाासे वेश्या हुने
जस्ता स्वतन्त्रताहीन र लाञ्छनायुक्त अभिव्यक्तिले उनलाई नारीविरोधी लेखक बनाउाछ।
कवितामा बुहारी सधैं श्रीमान्को दास भएर बस्नुपर्ने कुरा उल्लेख भए जस्ता लाग्छन् ।
उनी नारीलाई भोग्याकै रूपमा प्रयोग गर्थे भन्ने सन्दर्भ कान्तिपुरको वर्णनका क्रममा
पनि व्यक्त भएको छ । पहिलो पटक कान्तिपुर देख्दा मनमा भएको हर्ष र कविता लेख्ने
तीव्र इच्छाका अतिरिक्त सुन्दरीलाई पनि नचाउने आकाङ्क्षा भानुभक्तभित्र भएको छ:–
उस्माथि झन् असल सुन्दरि एक् नचाऊा ।
खैंचेर इन्द्रकन स्वर्ग यहिं बनाऊा । ।
भानुभक्तका विचारमा सुन्दरी नचाउने वस्तु हो पुरूषलाई रमाइलो लागेका
वेलामा र त्यही भाव बधूशिक्षाभित्र पनि खोज्न सकिन्छ । घरमा आफ्नी धर्मपत्नी
हाासेपछि उनले लेखेको कवितांश (आचार्य:२०५०:९९) बधूशिक्षामा पनि आएको छ–
रजस्थल 
हाास्नू छैन कदापि नारिहरूले वेश्या हुन्या हाास्दछन् ।
वेश्या लौ नहउन् तथापि घरको काम् ती सबै नास्दछन् । ।
एक्लै हाास्न हुादैन कोहि नभई अर्को सागी भो जसै ।
हाास्तैमा दिन जान्छ एहि रितले सब् काम बित्छन् तसै । । (श्लोक–१९)
नेपाली समाजमा नारीलाई जिउादै जलाएको कलङ्क इतिहासले बोकेर बसेको छ
जो कहिल्यै मेटेर मेटिन्न । भानुभक्तले उक्त सतीप्रथाको पनि ओकालत गरेका छन् ।
यसका साथै उनले बहुविवाहको पनि विरोध गरेका पनि छैनन् बरू प्रोत्साहन गरेका
छन् । सौताको रिस गर्नु पाप हो भन्ने भानुभक्तले सौता हाल्नु पाप हो भन्न सकेनन् –
सौताको रिस गर्नु पाप छ बहुत् एकै दुवैका पति ।
मर्दामा पनि जानु पर्छ जसले मीलेर सङ्गै सती । । (श्लोक–१३)
........,............,..............,........,.....,......,
स्त्रीका धर्म पती जती त अरु थोक् देख्तैन मन्ले रति ।
यस् लोक्मा परलोकमा सुख दिन्या सो हेर जान्छन् सती ।। (श्लोक–३२)
निष्कर्ष:–
भानुभक्त आचार्य बधूशिक्षामा आदर्श बुहारीको खोजी गर्दा गर्दै कतिपय स्थानमा
नारीविरोधी जस्ता पनि देखिएका छन् । आफ्ना मित्र तारापति उपाध्याको घरमा बास
बस्दा देख्नु परेको सासू–बुहारीको कलह नै बधूशिक्षाको रचनागर्भ रहेकाले यो अलिक
अग्रहयुक्त पनि देखिन्छ । उनले श्रीमती हाास्दा पनि आग्रहयुक्त प्रतिक्रिया जनाएका छन्
भने कान्तिपुरको वर्णनमा पनि उनको नारीप्रतिको दृष्टिकोण प्रष्ट रूपमा व्यक्त भएको
छ । यसभन्दा ज्यादा भानुभक्तले तारापतिकी घरकी बुहारी जस्ती नभएर एक आदर्श
बुहारीको खोजी गरेका छन् जसको शिष्टाचार र कर्तव्यपूर्ण व्यवहारले घरका सबै
जहान र इष्टमित्र पनि दास बन्दछन् । श्रीमान्, सासू, ससुरा, जेठाजु, जेठानी, रोगी,
माग्ने, नोकर, अथिति, इष्टमित्रलगायत अन्य मानिससाग गर्नु पर्ने व्यवहार पनि यसमा
प्रस्तुत भएकाले कतिपय नारीविरोधी स्वर हुादाहुादै पनि प्रस्तुत कविता निकै प्रभावकारी
बन्न पुगेको छ । अन्त्यानुप्रासको राम्रो संयोजन भएको छ भने शार्दूलविक्रीडित, मालिनी
र वसन्ततिलका जस्ता लयात्मक ढााचामा कविता सिर्जित छ अनि ध्वन्यात्मक भन्दा बढी
अभिधात्मक नै अर्थसापेक्ष रहेको छ । समग्र कविताले दिने ध्वन्यात्मक अर्थले चााहि
एउटी आदर्शवादी बुहारीको खोजी गर्दछ ।
सन्दर्भ सूची:
१. आचार्य, बाबुराम, (२०५०) पुराना कवि र कविता छै.सं.काठमाडौं, साझा प्रकाशन
२. प्रधान, कृष्णचन्द्रसिंह सम्पा (२०५२) साझा समालोचना चौ.सं.काठमाडौं, साझा
प्रकाशन
३. भट्ट मोतीराम (२०५८) कवि भानुभक्तको जीवनचरित्र ते. सं. काठमाडौं, साझा
प्रकाशन
रजस्थल (भानु विशेषाङ्क–२०७०) 

 
" "