Social Icons

भानुभक्तीय ‘प्रश्नोत्तर’ : विरोधाभासी पाठ - भूमिराज बस्ताकोटी


परिचय
नेपालभित्र र अझ विशेषत: नेपाली भाषी (नेपाल बाहिरका पनि) माझ अग्लिएको
उचाइ छ भानुभक्तको । विवादहरू पनि छन्, हुन्छन् पनि । विवादहरू विशेषत:
आदिकवित्वको, काव्यात्मकताको, मौलिकताका साथै व्यक्तित्वको घेराभित्र पनि उठेका
देखिन्छन् । विरोध हुनु पर्छ, स्वाभाविक मान्छौा हामी, मान्छे सार्वजनिक भइ सकेको
छ, व्याप्ति प्राप्त गरिसकेको छ भने । विरोध र प्रशंसा, प्रशंसा र विरोध, प्रशंसापूर्ण
विरोध, विरोधपूर्ण प्रशंसा, अतिशय प्रशंसा, अतिशय विरोध यस्ता स्थिति देखिइरहन्छन्,
देखिरहेका छौा ।
भानुको प्रश्नोत्तर काव्यात्मक तहमा उठेको लामो पद्य कविता मानेका छौा ।
मौलिक होइन त्यो पनि मानेका छौा । शङ्कराचार्यको ‘मणिरत्न माला’ बाट अनुवादित
भएको (तामाङ, सन् २००५:४२) रचनाका रूपमा यसलाई स्वीकार गरेका छौा ।
आध्यात्मिक तिर्खालुका प्रश्नहरूका ज्ञानयुक्त उत्तरका रूपमा मूलत: यसलाई स्वीकार
गरिएको पनि जानेका छौा ।
भाषा वैज्ञानिक चिन्तनकै उत्तरार्ध मानिने विसङ्घटन वा विनिर्माणले कुनै पनि
भाषिक पाठ विरोधाभासी हुन्छ यस्तो मान्यता राख्दछ । भाषिक सौन्दर्य नै भनौा
पाठमा अभिव्यक्त विचार वा भावनालाई त्यही अन्तरनिहित अर्काे विचार वा भावनाले
अथवा बहुविध अर्थ लगाउन सकिने भाषिक विशेषतायुक्त सम्भावनाले काटिरहेको हुन्छ
भन्ने मान्यता नै यसको सबल पक्ष मानिएको छ । विनिर्माणवादी समालोचकहरूले
साहित्यिक अस्थिर अर्थको व्याख्या गरे । उनीहरूले भाषाका लक्षणहरूलाई लक्षित
गरे। भाषा आफैमा विरोधाभासी र आफैमा परावर्तकता भएको हुन्छ भन्ने उनीहरूको
समालोचनाको आधार हो (अधिकारी, २०६१ : ११८) । भानुको प्रश्नोत्तर पाठमा
अभिव्यक्त भाषिक रूपले आफ्नो विरोधाभासी स्वरूपलाई कसरी प्रकट गरेको छ,
त्यसलाई देखाउने चेष्टा यस आलेखको उद्देश्य रहेको छ ।
प्रश्नोत्तरको पठन
प्रश्नोत्तरका विविध पठन हुन सक्दछन् । भिन्न भिन्न दृष्टिले यसलाई पढ्दा
भिन्न भिन्न सत्यहरू अगाडि आउन सक्छन् । यस आलेखमा गर्न लागिएको पठन
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
विरोधाभासको हो । कुनै पनि भाषिक अभिव्यक्तिमा विरोधाभास पाउन सकिन्छ
किनभने भाषाको संरचना नै त्यस्तो हुन्छ भन्ने मान्यता विनिर्माणले राख्दछ । यसले
(विनिर्माण) भाषाभेदबाट के औसर प्रदान गरेको छ भने दर्शनको सत्यशोध कर्मप्रति
सन्देह गर्न सकियोस् र दबिएको साहित्यिक सत्यको दाबी प्रस्तुत गर्न सकियोस् (थापा,
२०६६ : २२) । परम्पराले शक्ति र सत्ताका आडमा अर्थहरूलाई स्थिर गरिराख्न
खोज्छ र विनिर्माणिक पठनमा त्यसलाई उधिन्नु पर्छ भन्ने विश्वास हामी गर्छाौ । हामी
परम्परागत अर्थ पनि देखाउन सक्छौा र कसरी सत्ता र शक्तिले अन्य अर्थलाई दबाएको
हुन्छ वा अन्य अर्थ पाठमा कसरी लुकेका हुन्छन् भन्ने देखाउनु पनि विनिर्माणिक कर्म
मान्दछौा । यसै सन्दर्भमा गोपीचन्द नारंग लेख्छन् :
डेरिडाले आफ्नो विनिर्माणिक पद्धतिलाई दोहोरो पढ्न पनि भन्दछन् । एउटा
अर्थमा उनी ती अर्थहरूसाग बहस गर्दछन् जुन सामान्यत: ती पाठबाट अभिप्राय लिने गरिन्छ
अथवा लिन सकिन्छ । दोस्रो पढन्मा उनले म्षाभचभलअभरम्ष्ककझष्लबतष्यल लाई
दृष्टिगत गर्दै अर्थ एवं अर्थको निस्पादनको त्यस्तो वातावरण पैदा गर्दछन् कि पाठ अन्तत:
अर्थगत अन्तर विरोध एवं समाधानातीत विरोधाभासको सिकार हुन जान्छ जसलाई
डेरिडा ‘ब्उयचष्ब’ भन्दछन् । अर्थात् त्यस्तो अवस्था जहाा अर्थको एकत्व लुप्त हुन
पुग्छ र अर्थगत अनिश्चयात्मकता पूर्ण रूपले अगाडि आउादछ
(नारंग, सन् २००० : १६७) ।
संसारका, व्यावहारिक यथार्थका र अझ मूलत: वैदिक धर्म सापेक्ष आध्यात्मिक
प्रश्नका उपदेशात्मक उत्तरका रूपमा स्वीकार गरिएको पाठ हो प्रश्नोत्तर । मौलिक
नभएको, अनुवादित भएको मानेरै पनि भानुको एउटा पाठका रूपमा स्वीकार गर्दै पाठमा
देखिएका विरोधाभासी स्थितिहरू विश्लेषणका सामग्री भएका छन् । साझा प्रकाशनबाट
चौथो पटक २०५८ मा प्रकाशित भानुभक्तको रामायणभित्र पृ. २३१ देखि २३७ सम्म
चार पङ्तिका ४८ श्लोकमा विस्तारित यस पाठको विश्लेषणको सुरूवात श्लोक
पााचबाट गरौा । अझ विश्लेषण गर्नु भन्दा अगाडि के पनि भन्नु उपयुक्त ठान्छु भने
कतिपय विद्वानहरू आरोप लगाउाछन्, विनिर्माणले केवल विनाश मात्र गर्छ, यसले
भत्काउने कुरा मात्र गर्छ, केहीलाई नमान भनेर अराजक कुरा गर्छ, यस्तै यस्तै ... ।
प्रश्नोत्तरको विश्लेषणमा छौा भने एउटा उत्तर हामी पनि दिऊा, आरोपका सन्दर्भमा ।
बार्बरा जोन्सनको भनाइलाई उल्लेख गर्दै इन्द्रविलास अधिकारी लेख्छन् :
विनिर्माण ‘विनाश/नाश’को समानार्थी होइन । यसको प्रारम्भिक अर्थ खोल्नु अर्थ
दिने ‘विश्लेषण’साग मिल्छ । यसलाई फुकाउनु अर्थमा लिनु उपयुक्त देखिन्छ । कुनै पनि
पाठको विनिर्माण गर्ने प्रक्रिया निरूद्देश्य किसिमको शङ्का अथवा स्वैच्छिक उच्छेदन
गर्न अगाडि बढाइन्न । यो त पाठभित्रका अर्थका विरोधी शक्तिहरूलाई खेलाउनु हो ।
रजस्थल 
विनिर्माणिक पठनमा यदि कुनै कुरा नष्ट गरिन्छ भने त्यो पाठ होइन, बरू अर्काेभन्दा
यो प्रकारको अर्थ स्पष्ट छ भन्ने दाबीलाई नष्ट गर्नु हो । विनिर्माणीय पठन यस्तो पठन
हो, जसले यसबाटै पाठको समालोचनात्मक भिन्नताका विशिष्टतालाई विश्लेषण गर्छ
(अधिकारी, २०६१ : १११) ।
अब पाठको विश्लेषणतर्फ लागौा । श्लोक पााच भन्छ :
कुन् मूल ढोका छ नरक्कि ? नारी,
लान्छे नरक् मोह ठुलो फिाजारी ।
कुन् धर्म हो स्वर्ग पुर्‍यायिदीन्या ?
तेस्तो अहिंसा छ बुझेर लीन्या । । (पृ. २३१)
अहिंसालाई स्वर्ग पुर्‍याइ दिने महत्वपूर्ण वस्तु ठान्ने पाठमा नारीलाई यतिविघ्न
घृणा गर्नु कसरी हिंसा रहित हुन्छ । घृणा आफैमा हिंसा हो । श्लोक पााचका पहिला
दुई पङ्तिका अभिव्यक्तिले पछिल्ला दुई पङ्तिका अभिव्यक्तिलाई काटिरहेको देख्छौा र
भन्न सक्छौा पाठमा आफैलाई विनिर्माण गर्ने तत्व लुकिरहेको हुन्छ । गोपीचन्द नारंग
भन्दछन् : विनिर्माण त्यस वेला सुरू हुन्छ जब हामी त्यस क्षणमा पुग्दछौा जहाा कुनै पाठ
स्वयं ती नियमहरूलाई उल्लङ्घन गर्न सुरू गर्दछ जुन पाठले आफ्ना लागि पहिल्यै नै
स्थापित गरिराखेको हुन्छ । डेरिडाले बताउाछन् कि यसै ठाउाबाट पाठ विखण्डित हुन
सुरू गर्दछ (नारंग, सन् २००० : १६७) ।
श्लोक दुईको उत्तर छ मनलाई जसले सुखमा राख्न खोज्छ वा जसले मनमा
सुख धारण गरेर बसेको छ त्यो सधौ बन्धनमा परेको मानिन्छ । बन्धन भन्नाले हामी
दुख बुझ्ने गर्छाौ । अध्यात्मले पनि संसारलाई बन्धन मान्छ र मोक्षको कल्पना गर्छ
। श्लोक आठमा आइ पुग्दा धनी व्यक्तिको प्रश्नमा उत्तर छ : सन्तोषले जो छ खुसी
रÞयाको (आचार्य, २०५८ :२३२) । सन्तोष, सुख, खुसी समानार्थी मान्छौा हामी ।
विरोधाभास यसमा पनि देख्छौा हामी । त्यसैले कृष्ण गौतमको यस भनाइमा दम देख्छौा :
उत्तर संरचनावादमा विसङ्घटनको मान्यता के छ भने कुनै टेक्स्ट अर्थात् कृति आफ्नै
मान्यतालाई काट्छ र अर्काे मान्यतालाई खोज गर्ने मौका दिन्छ
(गौतम, २०६४ : २१२) ।
तृष्णालाई दारिद्र्यसाग तुलनीय ठान्ने भानुले विष्णुको भक्तिलाई सब दुख हर्ने कर्म
मानेका छन् । भक्तिलाई पनि तृष्णाकै रूप मानेर हेर्न पनि त सक्छौा । भगवत् प्राप्तिको
चाहना जो आफै पूरा गर्ने कर्ममा नलागेर कसै मार्फत पूरा हुने चाहना राखिन्छ भने
त्यो पनि तृष्णाकै एक रूप न ठहरिन्छ ।
आफूलाई सानो ठान्नु पनि कसैलाई ठूलो ठान्नु हो । सानो ठूलाको भावै नहुनु
सायद स्थितप्रज्ञको अवस्था होला तर श्लोक २३ मा ‘सब् व्रत्हरूमा व्रत मुख्य कुन् हो
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
? सब्देखि सानो म छु भन्नु जुन् हो’ (पृ. २३४, श्लो. २३) भन्ने काव्यांश आफै अर्काे
अर्थ धारण गरेर बसेको छ ।
समभावमा हामी मनुषत्व र पशुत्वमा सायद भेद देख्दैनौा, वेदान्तले, पूर्वीय
अध्यात्मले सायद यही भन्छ । तर भानुभक्तीय प्रश्नोत्तर विद्या नभएको मानिसलाई
पशुतुल्य भनी भेद गर्छ, सज्जन र दुर्जनको भेद गर्छ । मनले इन्द्रियलाई जितेर सदा
प्रसन्न चित्त रहनुको उपदेश दिने काव्यमा भेदका यी स्थितिहरू कता कता दुखाइ
रहन्छन् । यथार्थता एक निर्मिति हो, अर्थात् निर्मित तत्व । सत्य भन्ने कुरा केवल
व्याख्या/अर्थ लगाइ हो । मानवको विषयपरकता निश्चित छैन । हाम्रा धारणाका
अन्तिम र पारदर्शी आधार छैनन् (भट्टराई, २०६४ : ५६३) भन्ने गोविन्द राज
भट्टराईको विचार उल्लेखनीय मान्छु ।
दानका कुरा पनि छन् । दान दिनु, परोपकार गर्नु धन्ययुक्त काम हुन्छन्, काव्य
यस्तै कुरा गर्छ । फेरि यसो पनि भन्छ : छोटो कउन् हो ? नलजाइ माग्न्या (पृ. २३४,
श्लोक २६) । माग्ने नै नहुने वा लिने नै नहुने भए दानको के अर्थ हुन्छ । फेरि लाज
मानेर मागे त्यही फेरि बढो हुने हो कि ? प्रश्नोत्तर आफै अनेकौा प्रश्नहरूमा अल्झिएर
खजमजिएको लाग्छ ।
हाम्रा पूराणहरू अनुसार शिव, विष्णु र रामका आआफ्नै मान्यता छन्, आआफ्नै
विशेषता छन् । पाठ श्लोक २८ मा भन्छ :
कुन् तत्व सााचो छ भनेर खोज्नू ?
सााचा शिवै छन् शिवलाइ रोज्नू (पृ. २३५)
श्लोक २९ मा भन्छ :
कुन् कर्मले शोक्हरु दूर हुन्छन् ?
श्री विष्णुका पूजनले ति टर्छन् (पृ. २३५)
श्लोक ३५ मा भन्छ :
प्राणान्तका समयमा कति कर्म गर्नू ?
सम्पूर्ण छोडि रघुनाथ्–तिर चित्त धर्नू (पृ. २३६)
यसरी विभिन्न श्लोकहरूमा विभिन्न दैवत्वको भक्ति गर्न सिकाउने सिङ्गो
पाठको आशय मोक्षयात्रातर्फ मानवलाई अभिप्रेरित गर्ने, निराकार परब्रÞमतर्फ लक्षित
पनि देखिन्छ । भक्तहरू, पाठकहरू अलमलिन्छन्, लाग्ने चाहिा कता हो ?
यहाा अर्थ यस्तो पनि लगाउन सकिन्छ, आखिर राम भने पनि, विष्णु भने पनि शिव
भने पनि आशय एउटै हो पाठको, परब्रÞमतर्फ भक्तलाई प्रेरित गर्नु, ब्रÞम चिन्तनमा
लाग्न मानिसलाई उत्प्रेरित गर्नु । यही विशेषता भाषाको देखाउाछन् डेरिडा, यही
सम्भावना भाषाको औाल्याउाछन् डेरिडा । भाषामा बहुविध अर्थ लगाउन सकिने अथवा
रजस्थल 
अर्जुनले छाडेका वाण जस्तै एउटाबाट विविध अर्थमा विस्तारित हुन सक्ने स्थितिको बोध
गर्न सक्छौा हामी ।
नारीका बारेमा पाठ अनुदार देखिन्छ । श्लोक ५, १०, १४, २०, २३, २४, २८,
३२ तथा ४२ मा नारीलाई नरककी ढोका, सुरा झौ अतिमोह गर्ने, तुच्छ चिज, पुरूषको
पाउका साङ्ला, बुझिनसक्ने चरित्र भएका, नारीलाई मित्र मान्नु अविद्या बराबर,
त्याज्य वस्तु, पहिला अमृत र पछि विष बन्ने जस्ता विशेषण नारी उपर लगाइएका
देख्छौा । तर श्लोक ३७ मा विद्यालाई आमा जस्तै सुख दिने चिज भनेर नारीलाई उच्च
आदर गरिएको देख्छौा । आमालाई नारीमा नराखौा कि नारीलाई आमामा नराखौा ? प्रश्न
जन्माउाछन् यस्ता अभिव्यक्तिहरू ।
एक मत यस्तो पनि छ वा एक अर्थ यस्तो पनि लगाइन्छ, पाठमा जति पनि
नारीका नकारात्मक रूपका चर्चा छन् ती व्यक्ति नारी होइनन् ती त नारीका पुरूष
र पुरूषका लागि नारी जो विषय वासनाका रूपमा रहेर मोक्ष मार्गमा बाधा हाल्दछन्,
भानुले त्यसलाई उल्लेख गर्न चाहेका हुन् । वेदान्ती शङ्कराचार्यको लाक्षणिकता पनि
त्यतैतर्फ हो र पाठ अनुवादित भएका हुादा यसको आशय पनि त्यही नै लगाउनु पर्छ ।
यस सन्दर्भमा गोपीचन्द नारंगको यस भनाइ सान्दर्भिक हुने देख्दछु :
विनिर्माण कुनै नयाा ज्ञान अथवा कुनै नवीन यथार्थको सूचना दिादैन । यसबाट
पूर्व ज्ञान वा यथार्थलाई कुनै खतरा पनि छैन । बरू विनिर्माणवादले आफ्नो सूक्ष्म
अध्ययनबाट यो व्यक्त गर्दछ कि ज्ञान एवं भाषाका अवधारणाहरूका पछाडि वस्तुत :
शक्ति एवं सत्ताको खेल छ जसले अर्थ निर्धारित गर्दछ तथा कठोरतापूर्वक तिनलाई
पालना पनि गराउाछ । यो तथ्यलाई पूर्ण रूपबाट जान्न र बुझ्न आवश्यक छ ।
(नारंग, सन् २००० : १७४)
त्यसैले हामी भन्न सक्छौा, लगाउनु पर्ने कुरा एउटा होला बोधित हुने कुरा अर्कै
छ। सन्दर्भ अनुसार, समय अनुसार, पात्र अनुसार अर्थहरू यसरी चिप्लिरहन्छन्, अर्थहरू
आफैलाई म त्यो होइन यो हुा भनिरहन्छन्, फेरि भन्छन्, यो त अन्तहीन शृङ्खला लाग्छ,
मानिएको त्यस्तै छ ।
उपसंहार
हामी निर्धक्क भन्न सक्छौा कुनै पनि भाषिक पाठ विरोधाभासी विशेषताले युक्त
हुन्छ । पाठ चाहे पुरानो होस् वा नयाा, त्यसलाई विनिर्माणिक सन्दर्भले व्याख्या गरेर
त्यसमा लुकेका वा लुकाइएका अर्थहरूलाई बाहिर निकाल्न सकिन्छ । विनिर्माणिक
मान्यतालाई आधार मानेर लेखिएका पाठ मात्र होइन हामी वैदिक साहित्यलाई समेत
यस ढङ्गले हेर्न सक्छौा, अझ हाम्रो पूर्वीय परम्परामा हेर्ने हो भने शास्त्रहरूका बारेमा
गम्भीर शास्त्रार्थ भएका र तिनमा विविध कोणबाट विश्लेषण गर्ने गरिएका ऐतिहासिक
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
साक्ष्यका बारेमा चर्चाहरू सुन्छौा, अध्ययन गर्न पाउाछौा । स्वयम् डेरिडाले पनि पश्चिमी
एक केन्द्रवादी परम्पराका विरूद्धमा यस मान्यताको आधार बलियो बनाएको पनि
जान्न पाउाछौा । त्यसैले पाठलाई एकपक्षीय व्याख्या तथा विश्लेषणबाट मात्र नहेरी
विभिन्न सम्भावनामा पठन गर्नु पक्कै पनि अराजक हुनु होइन, ज्ञानको क्षितिजलाई अझ
फराकिलो पार्नु हो ।
सन्दर्भ सामग्री
अधिकारी, इन्द्रविलास (२०६१), पश्चिमी साहित्य सिद्धान्त, ललितपुर : साझा
प्रकाशन ।
आचार्य, भानुभक्त (२०५८), भानुभक्तको रामायण, दो.सं., ललितपुर : साझा
प्रकाशन ।
गौतम, कृष्ण (२०६४), उत्तर आधुनिक जिज्ञासा, काठमाडौं : भृकुटी एकेडेमिक
पब्लिकेसन्स् ।
तामाङ, पेम्पा (सन् २००५), आख्यानदेखि पराख्यानसम्म, गान्तोक : सरिता
प्रकाशन ।
थापा, रोशन ‘नीरव’ (२०६६), “विनिर्माण : सङ्क्षिप्त चर्चा”, भृकुटी, पूर्णाङ्क
४, काठमाडौा: भृकुटी एकेडेमिक पब्लिकेसन्स्, पृ. १६–२६ ।
नारंग, गोपीचंद (सन् २०००), संरचनावाद, उत्तर संरचनावाद एवं प्राच्य
काव्यशास्त्र, नयी दिल्ली : साहित्य अकादेमी ।
भट्टराई, गोविन्द राज (२०६४), उत्तर आधुनिक विमर्श, काठमाडौं : मोडर्न बुक्स।
 
" "