Social Icons

आदिकविको महत्व र वागीश्वरी भानु विशेषाङ्कको समीक्षा - पूर्णप्रसाद अधिकारी


आरम्भ:
२०७० असारदेखि २०७१ असारसम्मको समयलाई स्वदेश र विदेश भारतलगायत
अन्यत्र पनि उल्लेखनीय रूपमा मनाउने उद्घोषण भएको छ । लक्ष्मीप्रसाद देवकोटाले
भनेजस्तै भानु नेपाली साहित्यका सर्वश्रेष्ठ व्यक्तित्व हुन् । उनको मूल्याङ्कन परम्परामा
मोतीराम भट्टनै जेष्ठ श्रेष्ठ मानिन्छन् । १९४८ वि.सं. मा अथक श्रमका साथ उनको
जीवनीपरक समीक्षा नगरिएको भए आज यो उचाइमा भानु आउने थिएनन् होला ।
उनी बितेको पनि १४६ वर्ष भइसकेको छ । यसबीचमा भानुको मूल्याङ्कनमा नाटक,
निबन्ध, कविता, एकाङ्की, खण्डकाव्य र महाकाव्य गरी हजारौं सिर्जनाका पृष्ठहरू
भरिएका छन् भने पत्रिकाका विशेषाङ्कहरू, समालोचना ग्रन्थ, स्तानकोत्तर शोधपत्र,
विद्यावारिधिबाट पनि भानुको मूल्याङ्कन हुादै आएको छ । फुटकर समालोचना र
भानुको कृतिबारे मूल्याङ्कन गर्नेहरू १५० वर्षको इतिहासमा सयौंको संख्यामा छन्।
उनको नामबाट बाटो, शिक्षालय, वित्तीय संस्था, साहित्यसंस्था र अन्य संस्थाहरू पनि
स्थापना भएका छन् । भानुभक्त नेपालका मात्र नभई विश्वको जुनसुकै कुनामा भएका
नेपालीहरूका लागि आदिकवि, नेपाली भाषा र जातिको गौरव हुन् । हाल आएर
भारतीय नेपालीहरूले उनलाई जुन महत्व दिएका छन्, सम्मान गरेका छन्, हामी नेपाल
भित्रका नेपालीहरूले भानुलाई जे जति सम्मान र श्रद्धा गर्नुपर्ने हो त्यो गरेका छैनौं कि
प्रश्न विचरणीय छ । असार २९ गते नगर परिक्रमा गरेर केही पत्रिकाहरूमा उनको
फोटो छाप्ने र केही समीक्षत्मक लेख छपाउने कर्मकाण्डीय वृत्तिबाहेक केही गर्न सकेका
छैनौं भन्ने मेरो ठहर छ ।
दार्जीलिङ, आसाम, सिक्किमलगायत पूर्वोत्तर भारतमा भानुलाई निकै महत्व
दिइएको अवस्था छ । दार्जीजिङ र गान्तोकको चौरस्तामा भानुको पूर्णकदको सालिकको
दृश्यावलोकन र प्रवासी भारतीय नेपालीले प्रकट गरेको उच्च आदरभाव मनन् योग्य
छ । मूल्याङ्कन परम्पराकै कुरा गर्दा सूर्यविक्रम ज्ञवाली, पारसमणि प्रधान, धरणीधर
कोइरालाको सक्रियतामा भानु स्मारक ग्रन्थ, भानुभक्त रचनावली जस्ता मूल्याङ्कनका
मापदण्ड उल्लेख्य छन् । इन्द्रबहादुर राईलगायत प्रवासमा रहेका धेरै नेपाली विद्वानहरूले
भानुको उच्च स्तरमा मूल्याङ्कन गरेका छन् । नेपालमा पनि स्व. भवानी घिमिरे
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
२०२० देखि आरम्भ गरेको भानु त्रैमासिक आज पनि जीवन्त छ । उनले २०२० को
दशकमा भानुभक्त विशेषाङ्क निकालेर उच्च मूल्याङ्कन गरेका थिए । चलचित्रका
क्षेत्रमा चलचित्र बनाएर होस् वा राज्यले हुलाक टिकटका माध्यमबाट परिचित गराएर
होस् अथवा भानुको नाममा राष्ट्रिय स्तरको पुरस्कार स्थापना नै किननहोस् मूल्याङ्कन
हुादै आएको छ । हरेक वर्षको भानुजयन्तीलाई उनको जन्मस्थल चुादीबेंसी रम्घाको
भानु स्मारक स्थलमा राष्ट्रिय महत्वका साथ भानुजयन्ती मनाइदै आइरहेको अवस्था
छ। २०७०/०७१ लाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा नै भानुको द्विशतवार्षिकी मनाउने
क्रममा राजधानी र मोफसल दुवै क्षेत्रबाट भानुको उच्चस्तरीय मूल्याङ्कनको परम्परा
आरम्भ भएको छ । पङ्क्तिकारको जानकारीमा आएअनुसार किरण पुस्तकालय गुल्मीको
हाम्रो पुरूषार्थको (कात्तिक–चैत) अङ्कलाई भानुभक्त विशेषाङ्कका रूपमा प्रकाशित
गर्दैछ भने चितवन साहित्य परिषद्को मुखपत्र वागीश्वरीलाई भानु विशेषाङ्कको रूपमा
२०७० विजयादशमी पारेर प्रकाशित गरिसकिएको छ । उक्त विशेषाङ्कमा के कस्ता
भानु सम्बन्धी सामग्रीहरू छन् तिनलाई सतही रूपबाट केलाउने प्रयास पङ्क्तिकारको
रहने छ ।
वागीश्वरी भानु विशेषाङ्क र त्यसका आन्तरिक उपकरण:
शिरमा विर्के टोपी र निधारमा रातो टिको, लामो कपाल र जुागा पालेको
अर्धकदको तस्बिर यसको आवरण पृष्ठ हो भने अनेसास जापानको विज्ञापन सौजन्यमा
ऐ ऐ चित्र भएका र फूलको उचाइमा रहेको स्थितिमा राम–लक्ष्मण, सीता र भानुभक्तको
रामायणको पुस्तक बगलमा रहेको पछिल्लो आवरण उल्लेख्य छ। भानुभक्त आचार्यको
द्विशतवार्षिकीको पावन अवसरमा उनका प्रति श्रद्धाञ्जली व्यक्त गरिएका विज्ञापनको
संख्या मात्र २० जति छ । जसमा शिक्षणसंस्था, वित्तीय संस्था, स्वास्थ्य संस्था उल्लेख्य
छन् त्यस्तो विज्ञापन दिनेहरूमा केही व्यापारिक फर्म पनि छन् । गणनीय १३६ र
अगणनीय आठ पृष्ठ रहेको यस वागीश्वरी विशेषाङ्कमा प्रकाशकीय, सम्पादकीय
रहेको छ । आठबटा अनुच्छेदात्मक बुादाहरूमा आदिकविको गरिमा, मौरीको रानु, हिन्दू
आदर्श र रामायणको गरिमा, तथा कथित प्रगतिवादीहरूले भानुलाई हेर्ने दृष्टिकोण,
वर्तमान राष्ट्रिय अन्तराष्ट्रिय सन्दर्भ र तत्कालीन स्थितिको चर्चा नेपाली जीवन पद्धति
र प्राथमिककालीन नेपाली साहित्य, लेख रचनाको माग आपूर्ति र विज्ञापन सन्दर्भ र
सम्पादनमा कमी कमजोरी भए अन्यथा लिन नहुने आग्रहको साथ यसको अन्त्य भएको
छ । यसभित्र चितवन साहित्य परिषद्बाट प्रतिभा पुरस्कार प्राप्त स्रष्टा र कष्णकुमारी
गुरूङ स्मृति पुरस्कारले पुरस्कृत दुवै गरी २९ छन् । त्यस्तै चिसापबाट प्रकाशित
कृति, कृतिकार, प्रकाशन वर्ष र तिनको संख्या ५१ रहेकोछ । २०६९ भदौमा गठित
कार्यसमिति र यसका आजीवन सदस्यहरूको नामावली छ । ती सबैको नाम ठेगाना र
रजस्थल 
सम्पर्क नं.समेत छ । ती सम्पूर्णको संख्या ८२ मात्र छ । आकर्षक आवरण, शुद्ध छपाइ
र स्तरीय कागज यसका उल्लेख्य पक्ष हुन् । यसभित्र बीच बीच खण्डमा भानुका चर्चित
कवितात्मक पङ्क्तिलाई कोटेशनका रूपमा राखिएको छ भने गीत, गजल, मुक्तक,
हाइकु, मुक्तलय र वद्धलयका कविता आदिको संख्या २५ छ भने भानुलाई विषय बनाई
लेखिएका मौलिक लेख, निबन्धात्मक रूपमा तीन, यात्रा सस्मरणण एक छन् बााकी
भानुभक्त विविधतामय व्यक्तित्व र कृतित्वसाग सम्बन्धित छन् ती सबै अनुसन्धानात्मक
विवेचनात्मक र समीक्षात्मक रहेका छन् । यसरी साहित्यिक सामग्रीहरूको संख्या ४२
छ भने बााकी छ वटा अन्यसाग सम्बन्धित ती मध्ये एक सचिवको पातो भन्ने शीर्षकमा
यो वर्ष चिसाप र उसको नेतृत्वमा के के भए ? तिनको विवरण सचिवको पातोमा छ ।
अब म आरम्भदेखि अन्त्यसम्म क्रमश: लेखरचनाहरूको सूत्रात्मक समीक्षा गर्नेछु।
‘भानुलाई सम्झेर’ शीर्षकको छन्देली कविताका रचनाकार गोविन्दराज विनोदी हुन् ।
चार श्लोक र २० पङ्क्तिको संरचना भएको यस कवितामा वर्तमानमा देखिएको भाषिक
विसङ्गतिको चित्रण गर्दै राष्ट्रिय एकता र अखण्डताको संरक्षण र सुदृढीकरणमा नेपाली
भाषाको योगदानलाई भानुको संस्मरणमा समर्पित गरिएको छ । ‘आदिकविको
द्विशतवार्षिकी’ शीर्षक कविताका लेखक नेपाली गीतका गोलसिमल भनेर स्वनाम धन्य
ख्याति कमाएका व्यक्तित्व प्रेमविनोद श्रेष्ठ नन्दन, शार्दूल विक्रीडितको पााच श्लोक र
मालिनीको एक गरी भानुभक्तको महिमा र गरिमा गुणगान गरिएको छ । व्यासले
गरेको रामको गाथा कथालाई उनले नेपाली जनजीवनमा रसात्मक ढङ्गले प्रस्तुत गरे
भन्ने सन्देश यसमा छ । ‘भानुभक्त आचार्यको छन्द सम्पदा’ भन्ने समालोचनात्मक
लेखका लेखक प्रा.डा. नारायणप्रसाद खनाल सातवटा उपशीर्षकहरूमा लेख केन्द्रित गर्नु,
पृष्ठभूमि, रामायणमा प्रयुक्त छन्दहरूको रामायणमा छन्दो वितरण, रामायणोत्तर कृतिमा
छन्द प्रयुक्ति, फुटकर कविता र छन्दको प्रयोग, थप टिप्पणी, सम्मान जस्ता
उपशीर्षकहरूबाट कुन कुन काण्डमा कुन कुन नामका छन्दलाई के कति संख्यामा
प्रयोग गरे भन्ने तालिकासहितको विवरण छ । १४७७ श्लोक संख्या रहेको रामायणमा
बाह्र वटा शास्त्रीय छन्दको प्रयोग भएको विवरण छ । रामायणका पङ्क्तिहरूलाई
उद्धारण गर्ने भानु रामायणका मात्र अनुरागी नभई संस्कृत व्याकरण, काव्यकोश, समाज,
धर्म, व्यवहार, न्याय, कानून, अड्डाअदालत देश, काल परिवेशप्रति पनि सचेत र
जागरूक रहदै रामायणलाई भौतिक नेपाली मानव समाजको रूपान्तरणमा सक्रिय थिए
भन्ने लेखको सार छ । विद्वतापूर्ण अभिव्यक्ति अनुसन्धानात्मक पद्धति र वस्तुवादी
मूल्याङ्कन यसका उपलब्धि हुन् । ‘ईश्वर, भाषा र देशप्रेमको त्रिवेणी भानुभक्त’
शीर्षकमा प्रख्यात विदुषी गायत्री श्रेष्ठले यस छोटो आलेखमा आफ्नो विद्वता देखाएकी
छन् । केही रामायणका पङ्क्तिहरू उद्धरण गर्नु, वीर धाराको पृष्ठभूमिमा भक्तिधाराको
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
उठान् भएको विवरण दिनु, उनको कवित्व चेतना नारीवादी दृष्टिकोण र हास्यव्यङ्ग्यलाई
समेट्नुमा लेख केन्द्रित छ । ‘हाइकुमा भानुभक्त’का लेखक हुन् सुरेन्द्र अस्तफल, पााच,
सात पााचको शास्त्रीय सूत्रमा लेखिने हाइकुभित्र रामायण संस्कृति, नारी, साहित्य, घाासी,
पाठशाला, दुईसय अवधिको पृष्ठभूमि, रम्घा इत्यादिलाई हाइकुमा समेटिएको छ ।
‘भानुको चिठी’ नामक लेखका रचानाकार हुन् नारायणदत्त शास्त्री । यसमा भानुले
पाल्पाली मित्रलाई लेखेको चिठीलाई आधार मानेर उक्त चिठीको मूल्याङ्कन गर्ने काम
भएको छ । कवि भानुका उद्धरणसमेत यसमा छन् । ‘भानु कहाा छौ तिमी’ शीर्षकका
कवि हुन् नरेन्द्रराज पौडेल । अनुष्टुप छन्दको १० श्लोक कवितामा भाषिक, राजनैतिक,
सांस्कृतिक र जातीय विखण्डन्, राष्ट्रिय विखण्डन्को स्थितिलाई चित्रण गर्दै भानुलाई
प्रश्न गरिएको छ, राष्ट्रिय एकता र भाषिक सम्वृद्धिका सम्बन्धमा कविता मर्मस्पर्शी छ
। ‘Þयुस्टनमा भानु जयन्ति‘ आफू अमेरिकामा रहदा गरिएको उच्चस्तरीय सम्झना र
त्यहाा मनाइएको भानुजयन्तीलाई रोचक संस्मरणका साथ प्रस्तुत गरेका छन् केदारनाथ
खनालले । वाल्टीमोर, मेरील्याण्ड, स्यान्डियागो, लस एञ्जलस जस्ता ठाउाको भ्रमणमा
नेपालीहरूले देखाएको उच्च आदर भावका साथै आाखैले देखेको हालको शैलीमा अमेरिकी
यात्रा र भानु जयन्तीको द्विशतवार्षिकी स्वरूपको उच्चस्तरमा मूल्याङ्कन गर्ने कार्य
भएको छ । यसमा अमेरिकामा रहेका नेपालीहरूले आफूलाई देखाएको सद्भावको पनि
कदर उल्लेख छ । भानुभक्तका लघु रचनामा पाइने विविध प्रवृत्तिगत चेतनाका लेखक
हुन् कपिल अज्ञात । पूर्णत: अनुसन्धान पद्धति अवलम्बन गर्नु १५ वटा अनुच्छेदात्मक
उपशीर्षक राख्नु, प्राक्कथन र प्रवृत्तिगत चेतनाका १२ उपशीर्षकमध्ये शृङ्गारिक
चेतना, हास्यव्यङ्ग्य चेतना, राष्ट्रिय चेतना, प्रकृति चेतना, सांस्कारिक चेतना, न्यायिक
चेतना, सिर्जनात्मक चेतना, कोशीय चेतना, गृहचेतना, औपदेशिक चेतना, उपचार
चेतना, धार्मिक चेतना र निष्कर्षका साथ यसको समापन गरिएको छ । कविवर
भानुभक्तको समग्र साहित्यिक व्यावहारिक र भौतिक चेतनाको मूल्याङ्कनमा यो आलेख
विद्वतापूर्ण अभिव्यक्तिमा केन्द्रित छ । ‘भानुभक्तका कविताको भाषा’का लेखक डा.
मतिप्रसाद ढकाल हुन् । भानुभक्तकै भाषिक शैली विन्यासमा विद्यावारिधि गरेका
ढकालको यस आलेखमा पृष्ठभूमि, भानुभक्तका कविता, भानुभक्तका कविताको भाषा
ठम्याइमा समस्या, भानुभक्तका कविताको भाषिक विशेषता, उपसंहार गरी पााच वटा
उपशीर्षकहरूमा रामायण र अन्य प्रश्नोत्तरमालाका पङ्क्तिको उद्धरणसहित भानुका
समग्र साहित्यको भाषिक चेतना र शिल्पको मूल्याङ्कन गरिएको छ । भानुलाई भाषिक
एकीकरणका सूत्रधार मान्ने, उनका योगदान र विशेषता मूल्याङ्कन गर्ने, राष्ट्रिय
सञ्जाल न बनाउने कमजोरीप्रति पनि आलोच्य लेखमार्फत सुसूचित गरिएको छ ।
प्रभाकर पण्डितको गजलमा भानुलाई मौरीको रानु, साहित्यको धुरी, देशको दीपक,
रजस्थल 
सागर जस्तै गहिरा, नदी जस्तै कञ्चन बनेको प्रसङ्ग छ । श्रीभक्त अच्युत वाग्लेको
‘भानु पर्खिरहेछौं’ भन्ने कविताखण्ड छन्दको जस्तो प्रतीत हुन्छ । १६ पङ्क्तिको यस
कवितामा वर्तमान देशको विसङ्गति सुधार्ने र देश सबै क्षेत्रमा उन्नतशील बन्ने
अन्त्यहीन प्रतीक्षा भानुले गरिरहेका छन् भन्ने भाव यसमा अभिव्यक्त भएको छ ।
‘नीतिपरक एवम् नारीवादी समालोचनाका द्वन्द्वमा बधूशिक्षा’का लेखक डा. एकनारायण
पौडेल हुन् । यसभित्र छ वटा उपशीर्षकहरू छन् । पूर्णत: अनुसन्धान पद्धति अंगालिएको
यस समालोचनात्मक लेखमा पृष्ठभूमि, नीतिपरक समालोचना, नारीवादी समालोचना,
बधूशिक्षाको नीतिपरक विश्लेषण, बधूशिक्षाको नारीवादी विश्लेषण, निष्कर्ष गरी
सबैजसो शीर्षकको पूर्ण विश्लेषण गर्ने क्षमता यसमा छ । विद्वान् समालोचकबाट समग्र
भानुको साहित्य, चिन्तनलाई नारीवादी कोणबाट पर्गेल्दै उत्तरआधुनिक चिन्तनको
छापसमेत यसमा अभिव्यक्त भएको छ । केही उद्धरणसहित बधूशिक्षालाई नारीवादी
मान्यतामा मूल्याङ्कन गरिएको छ । पत्रिका भित्रकै दोस्रो ठूलो लेखका रूपमा यसलाई
लिन सकिन्छ । समग्र लेखमा तत्कालीन युग समाज र समयको प्रतिविम्ब दर्शाउादै
बधूशिक्षा सबल र दुर्बल पक्षको विवेचना गर्नु लेखको विशेषता हो । ‘कविता विम्बमा
भानुभक्त’ कवि ज्ञानु अधिकारी भानुलाई विभिन्न विम्बमा राखेर मूल्याङ्कन गरेकी
छन्। प्रत्येक नेपाली मन मस्तिष्कमा भानु छन् भन्ने विदुषी कविको सार छ । ‘भानुभक्त
मिथक, पात्र र शब्दक्रीडा’का लेखक डा. लक्ष्मणप्रसाद गौतम हुन् । नितान्त मौलिक
अभिव्यञ्जना रहेको यस निबन्धमा उच्च बौद्धिकता झल्किन्छ । अन्यन्तै राष्ट्रवादी
दृष्टिकोण अभिव्यक्त हुनु, महादेवले सतीको शव बोकेजस्तो नेपाली जातिका मानिसहरूले
एउटा मिथकका रूपमा स्वीकार गर्नु, भानुलाई निन्दा र कुटिल चर्चा गर्नुलाई गम्भीर
व्यङ्ग्य गर्नु, उनलाई नेपाली साहित्यका भीष्मपितामह र ग्रीक पूरा कथाको मानवतावादी
पात्र प्रमिथससाग तुलना गर्नु, भानुले भाषिक अग्नि र प्रमिथसले चेतनामूलक अग्निसाग
तुलना गर्नुसाग आलेख केन्द्रित छ । देवकोटेली भाव नेपाली भाषाका प्रथम ध्वनि भन्ने
अभिमतसाग लेखकले होष्टेमा हैसे गरेका छन् । हिन्दू दर्शनमा आधारित भानुको
प्रश्नोत्तरमालाका लेखक हुन् श्यामजी अतिथि । उनले यस आलेखमा भानुको साहित्यिक
योगदानको उच्च मूल्याङ्कन गर्दै कविकाप्रति उच्च आदरभाव अभिव्यक्त गर्नुका साथै
प्रश्नोत्तरमालाको मूल भावलाई लेखकीय सामग्रीको उपकरण बनाउनु, शङ्कराचार्य र
भानुभक्तको ईश्वर, मानवजीवन, सृष्टि, शक्ति, अहिंसा, परोपकार, नैतिकता, ईश्वरीय
अवतार, सांसारिक उन्नति र मावनकल्याण, ईश्वर प्रसन्ता इत्यादिको समीक्षा गर्नुमा
लेखकीय अभिमत छ । ‘सपनामा भानु’ शीर्षकका लेखक धनराज गिरी हुन् । साहित्य,
साहित्यिक मित्र, पुरस्कार सम्मान र आफ्नो कृतिको विमोचन र अन्तरक्रिया,
श्रीमतीसागको सम्वादका बीच सपनाशील अवस्थामा भानुको स्मरण गरिएको छ ।
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
‘भानुको सम्झना’ शीर्षकको कविताका लेखक हुन् राजकृष्ण काडेल । लोकलयमा
केन्द्रित २० पङ्क्तिमा नेपाल र नेपालीहरूको राष्ट्रिय एकता र अखण्डताप्रतिको आधार
भानुको रामायणलाई नै अमूर्त रूपबाट स्वीकार गरिएको छ । आदिकविको बधूशिक्षामाथि
एक फेसबुक स्टाटस्... प्रसिद्ध निबन्धकार भूपीन व्याकुलको यो निबन्ध नै हो जसभित्र
भानुलाई आजको साइवर युगमा आएर वर्तमान दृष्टिकोणका साथ मूल्याङ्कन गर्ने
परम्परा छ । तत्कालीन युग, समय र समाजको परिधिमा रहेर उनको मूल्याङ्कन गर्नु
आवश्यक छ । यसमा पनि बधूशिक्षालाई विवादास्पद रूपबाट मूल्याङ्कन गरिएको
स्पष्ट झल्किन्छ । भानुलाई आजको आाखाले नभएर तत्कालीन दृष्टिकोणका साथ
विश्लेषण गर्नु आवश्यक छ । ‘तिम्रो आगमनको स्वागत छ’ कविताका कवि भुवानीप्रसाद
पौडेल हुन् । स्वर्गबाट कान्तिपुरमा दुई हप्ते समय लिएर घुम्न आउने कुराको निम्तो
गर्नु भौतिक सुविधाहीन पैदल आउादै गर्दा नेपाली पोसाक, पुस्तक, पटुका र रामायणको
पिरधानमा आएर साहित्यिक स्रष्टाका साथ अखण्ड नेपालको सन्देश दिने अभिमतका
साथ भानु आगमनको प्रतीक्षामा यी काव्यात्मक अभिव्यञ्जनाहरू खर्च गरिएका छन् ।
कविताभित्र गम्भीर साहित्य चिन्तन विद्यमान छ । गद्य लयमा कविताको संरचना
भएपनि भानुलाई मिथक बनाइएको यस कवितामा देशभित्र तमाम विसङ्गति निवारण
गर्ने अभिमतका साथ आफ्नै जन्मभूमि र कर्मभूमिमा लामो समयसम्म बस्न आउने
कुराको आग्रह समेत छ । ‘रामगीता काव्यमा वेदान्त दर्शनको प्रभाव’का लेखक
कृष्णप्रसाद सापकोटा हुन् । उनले विषय परिचय, साहित्य र दर्शनको सम्बन्ध,
वेदान्तदर्शनको सैद्धान्तिक आधार, रामगीता काव्यमा वेदान्त दर्शनको प्रभाव, यसका क,
ख, ग, घ उपशीर्षक काव्य सौन्दर्य र निष्कर्ष गरी छ वटा उपशीर्षकहरूमा दार्शनिक
चिन्तन, भानुको दार्शनिक दृष्टिकोणका साथै रामगीता काव्यमा त्यसलाई उनले के
कस्तो ढङ्गबाट उपयोग गरेका छन् त्यसको विवेचना गर्ने क्रममा वस्तुवादी र वैज्ञानिक
अनुसन्धान सामग्रीको सहयोग लिइएको छ । रामगीतालाई पाश्चात्य नभई पूर्वीय
कर्मवादी दृष्टिकोणका साथ आत्मा, जीव, ईश्वर, माया, मोक्ष, प्रकृति, ज्ञानअज्ञान,
सत्यअसत्य आदि कुराको विवेचना गरिएको छ । ‘भानु तिमी अमर छौ अमर भै बााच’का
कवि खनाल रेवतीरमण हुन् । लोकलयले परिपूर्ण सुन्दर तथा लालित्य पदावलीले
परिपूर्ण यस कवितामा नेपाली जनजीवनका प्रत्येक पहेलीहरूमा भानु अविस्मरणीय छन्।
उनलाई उपकारी भक्तिमार्गी, राष्ट्रप्रेमी, भाषाप्रेमी, भाषिक एकीकरणका सूत्रधारका बीच
हामी नेपालीहरूले अमर बनाएका छौं र अझ अमर बन्ने छौ भन्ने भाव व्यक्त भएको
छ । कविताको सौन्दर्य उच्च स्तरको छ ।
‘आदिकवि भानुभक्त र बधूशिक्षाको सामयिक सन्दर्भ’ लेखका लेखक रमेश
प्रभातको भानुलाई समकालीन मूल्यका आधारमा हेर्ने आग्रह छ । भानुलाई वामपन्थी
रजस्थल 
र दक्षिणपन्थीहरूले जे जस्तो गाली गरेका छन् त्यो उनीहरूको पाखण्ड हो । युग
समय र समाजको सापेक्षतामा भानुको मूल्याङ्कन आवश्यक छ । प्रगतिवादी चिन्तन
बोक्ने प्रभातले भानुलाई युगवादी र परिवर्तनकारी स्रष्टाको रूपमा बधूशिक्षाभित्र केन्द्रित
रही मूल्याङ्कन गर्नुमा लेखकीय अभिमत सन्तुलित छ । समाजशास्त्रीय ढङ्गबाट
भानुलाई बुझ्न आग्रहसमेत छ । कृष्णशरण उपाध्यायको ‘भानुप्रति’ शास्त्रीय छन्द
अन्यन्तै सुन्दर भाव प्रस्तुत भएको १० श्लोके कविता हो । उनलाई सूर्यजस्तै चम्किलो,
घाासीका प्रेरणादायी, कला र सौन्दर्यका पारखी, महाकाव्यका सूत्रधार, मृदुभाषी,
कर्मनिष्ठ, सहचारी, भक्तिकाव्यको अमृतधार प्रवाहित गर्ने श्रीरामका भक्त, अध्यात्मका
दिव्यज्योति, कवित्वचेतनाका प्रखर हिमायती आदि विशेषणका साथ उनको महिमा
वर्णन गरिएको कवितामा उच्च सौन्दर्य भावको झलक मिल्दछ । ‘रामायणको सुन्दर
काण्डमा अलङ्कारको प्रयोग’ शीर्षकको लेख शान्ति शर्माको हो । परिचय, रामायणको
सुन्दर काण्डमा अलङ्कारको प्रयोग, अन्त्यानुप्रास, मृत्यानुप्रास, यमक, उपमा, उत्प्रेक्षा,
स्मरण आदि अलङ्कारको उदाहरणका साथ निष्कर्ष दिइएको छ । अलङ्कारको सौन्दर्य
शास्त्रीय व्याख्या न भएपनि सूत्रात्मक लेखबाट भानुलाई परिचित गराउने लेखिकाको
प्रयास देखिन्छ । अलङ्कारको राम्रो अध्ययन गरी त्यसको विश्लेषण गर्न नसक्नु यसको
सीमा हो । मिलन समीरको १४ पङ्क्तिको गजलमा भानुजयन्ती मनाउादै गर्दा नेपाली
विद्वान्, विदुषी, पाठक, विद्यार्थी सबै भाषामाथि गरेको खेलवाडप्रति समीर मन व्यथित
भएको भाव अभिव्यञ्जित छ । भाषाभक्त ‘जिन्दावाद भानुभक्त...’ शीर्षकमा लक्ष्मीकान्त
शर्मा पौडेल भानुलाई मुक्तलयका ५० पङ्क्तिमा समेटेका छन् । भानुलाई अकर्मण्य
पश्चगामी, नारी अपमानित गर्ने नारीवाद विरोधी भन्दै दोषारोपण गर्नेहरूप्रति धिक्कार्दै
उनलाई भाषा, राष्ट्र र साहित्य भक्तका रूपमा समर्थन गरिएको भानु विरोधीहरूलाई
दह्रो झापड पनि हो यो । जापानमा बसेका प्रकाश पौडेल माइलाले ‘पााच हाइकु’मा
भानुलाई घाासी, साहित्य, आदिकवि पूर्णचन्द्रलगायत विम्बमा समेटिएको थोरै शब्दमा
धेरै भाव समेट्ने यी हाइकु लेखेर सफल कार्य गरेका छन् । १० पङ्क्तिको संरचना
भएको सरला जोशीको गजलमा साहित्यका चम्किला तारा नेपालीका आशुकवि र
आदि कवि, प्रतिभा र सिर्जनाका भण्डार, आम नेपालीका मार्गदर्शकका रूपमा उनको
मूल्याङ्कन भएको छ । रमा घिमिरे ‘भानुभक्त’ शीर्षकको छोटो लेखमा उनलाई प्रवासी
नेपालीले झौ राष्ट्रिय महत्वका साथ नेपाली संस्कार र संस्कृतिको पर्याय बनाउनु पर्ने
सार छ। जापानमा बस्ने अरूण पौडेलले आठ पङ्क्तिको मुक्तकमा भानुले दिएका सन्देश
र गौरवलाई अझ सुदृढीकरण गर्नुपर्दछ भन्ने सार छ । मित्रराज घिमिरेको ‘भानु तिम्रो
सम्झनामा’ शीर्षकभित्र अनुष्टुप छन्दका ११ श्लोकहरू छन् । जसमा उनलाई उच्च
कुलीन, भाषाभक्त, मृदुभाषी, रामायण, बधूशिक्षा र भक्तमालाका सर्जक, व्यङ्ग्यकार,
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
राष्ट्रभक्त नेपाली, भाषा र जातीय सभ्यताका हिमायती आदि विशेषणका साथ भानुको
सस्मरण गर्ने कार्यमा उच्च सौन्दर्यबोध कवितामा अभिव्यक्त भएको छ । बेलायतमा
बस्ने रामहरि पौडेलले ‘भानु बनुन् अमर’ शीर्षकमा उच्च काव्यात्मक अभिव्यञ्जना,
प्रस्फुटित हुने शार्दूलविक्रीडित छन्दको कविता पााच श्लोक अर्थात २० पङ्क्तिमा रचेका
छन् । जसभित्र भानुका कृतिले नेपाली जातिका मानिसहरूलाई दिएका सन्देश प्रेरणा र
शिक्षाको उच्च सम्झना गरिएको छ । नेपालको राष्ट्रिय एकता र अखण्डता चिरञ्जीवी
कार्यमा नेपाली भाषा र भानु युगौंयुगसम्म अमर रहुन् भन्ने भाव यसमा छ । रेशमलाल
श्रेष्ठको गीत २० पङ्क्तिमा संरचित छ । आफूले भानुलाई कसरी बुझो र उनको
कीर्तिको संरक्षण कुन ढङ्गले गरिनुपर्दछ भन्ने संस्मरणशील गेयात्मक अभिव्यञ्जना
यसभित्र छ । ‘उनै भानुलाई सम्झदा’ शीर्षकको कविताका कवि केशवराज सुवेदी हुन् ।
२० पङ्क्तिको यो कविता शिखरिणी छन्दमा रचिएको छ । कविता छन्दभङ्ग त छ नै
तथापि भाव राम्रो छ । रामायण घाासी तनहूा, रम्घा र समग्र नेपाली कविताका विषय
सामग्री भइ आएका छन् । गणेश श्रवणको ‘प्रश्नोत्तर कवितामा नैतिकता’ भित्र उक्त
कविताका नीतिपरक समालोचनाको मापदण्ड अवलम्बन गर्न खोजिएको छ । कविता
जति सानो छ, समीक्षाको आयतन पनि सानै छ । समग्रमा शास्त्रीय चिन्तनयुक्त मानव
जातिकै जीवनोपयोगी छ भन्ने सार छ ।
‘भानु तिम्रो सम्झनामा’ कविताका रचनाकार टीकाराम सापकोटा हुन् ।
लोकलयमा केन्द्रित २० पङ्क्तिको कवितामा भानुभक्त तनहुालगायत सबैले राष्ट्रिय
एकता र अखण्डतालाई नेपालीको भाग्य र भविष्यसाग जोडेका छन् । संस्मरणशील
अभिव्यञ्जनामा कविता केन्द्रित छ । सन्तोष ढकालको ‘भानुवृक्ष’ नामक कवितामा
भानु र उनका कवितामा जाति, भूगोल, धर्म, साम्प्रदायिकता केही नभएर वटवृक्षको
जस्तो फराकिलो अवस्था छ । ३१ पङ्क्तिको गद्य लयको यो कविताले अखण्डता
विरोधीहरूलाई गम्भीर सन्देश दिएको छ । कवितामा धैर्यरूपी समुन्द्र, दुर्भावनारूपी
खरानी, हिमालरूपी भावना, आकाश जस्तो धारणा नबनाएसम्म हामी नेपाली अकर्मण्य
बन्दछौं भन्ने सन्देश यसमा छ । युगीन विसङ्गतिको वर्तमान नियतिलाई भानुको
नीतिचेतनामार्फत अभिव्यक्त गरिएको छ । ‘भानुको सम्झना’का कवि सुदेश सत्याल
हुन् । बाल्य र युवा पुस्ताको संगमबिन्दु कला र गलाको सन्तुलनका साथ सत्याललाई
माधव घिमिरेकै उत्तराधिकारी ठानिएको छ । अनुष्टुप छन्दको १० श्लोके कवितामा
भानु र आफ्नो धर्ती एउटै भएका कारण उनकै मार्गचित्रमा आफू हिाडेको प्रतिक्रिया
व्यक्त गर्नु, भानुको व्यक्तित्व र कृतित्वले नेपालको गौरव माथि उठेको छ भन्दै हामी
सबै एक भएर काव्यसाधनामा समर्पित हुनुपर्छ भन्ने भाव यसमा व्यक्त भएको छ ।
‘एसपी परिहस्त’ले प्रश्नोत्तर मालाका केही पद्यांश मैथिलीमा भावानुवाद गरेका छन्।
रजस्थल 
यस अनुवादको तरिकाले जातीय सद्भाव तथा भाषिक एकता र राष्ट्रिय मूल्य, मर्म
र महत्वका भण्डारण भानु हुन् भन्ने कुरा सिद्ध भएको छ । नेपाली भाषाको बीचमा
मैथिली पढ्दा आनन्दप्रद स्थितिको अनुभूति हुन्छ । समग्रमा यस विशेषाड्ढको भूमिका
आफौमा नमुनामय छ ।
निष्कर्ष:
२०७०/०७१ लाई भानुभक्तको दुई सय शतवार्षिकी स्वदेश र विदेशमासमेत जुन
उत्साहका साथ मनाइदै छ त्यो आफौमा नमुनामय छ । चितवन र गुल्मीले विशेषाङ्क
निकाली सकेको अवस्थामा स्याङ्जा साहित्य प्रतिष्ठानले पनि त्यस्तो पवित्र यज्ञमा चरू
हवन गर्ने योजना बनाएको रहेछ उक्त सूचनाको प्रसन्नताका साथ म अतिथि सम्पादक
भएको कारणले चितवनबाट कविता र लेख रचना भानु सम्बन्धित सामग्री पठाइरहेको
छु । मलाई स्याङ्जाली जनता र स्रष्टाहरूले जुन माया र आदर देखाउनु भएको छ
म आफू पनि आभारी छु । भानुलाई दुई सय वर्षको संस्मरणसूचक जयन्तीका रूपमा
रजस्थल भानुभक्त विशेषाङ्क प्रकाशन हुन लागेको यस पावन अवसरमा सम्पादक
मण्डल, साहित्य प्रतिष्ठान र प्रधान सम्पादक विश्वप्रेम अधिकारी सबैकाप्रति कृतज्ञता
व्यक्त गर्दै यो संस्था अझ उन्नतशील बन्न सकोस् भन्ने कामना गर्दछु, अस्तु ।
(९८४५७३७००३)
 
" "