भानुभक्त बालकृष्ण समको विचारमा एकै विषयमा सर्वश्रेष्ठ छन्, शैलीमा,
भाषाशैलीमा। उनले फेरि गद्गद भएर लेखेका छन्, ‘नेपाली भाषामा त्यति मीठो
अधिकार आजसम्म कसैको भएन। त्यसैले म भन्छु भानुभक्त केही होइनन् नेपाली
भाषाका परमात्मा हुन्।’ मृगेन्द्रशमशेर भानुभक्तको काव्यमा पाइने लालित्य र
सरलतालाई स्वयम्सिद्ध र निर्विवाद मान्दछन्।
बाबुराम आचार्य पहिले सैद्धान्तिक आधार तयार पार्दछन्। लेख्छन् ‘कविका
काव्यमा हुनुपर्ने मुख्य गुण तीन छ्न, लालित्य, सरलता, विचारको मौलिकता।’ त्यसपछि
भानुभक्तको काव्यशैलीलाई यसै कसीमा घोट्दै निष्कर्ष दिन्छन्, ‘यी तिनै गुण भानुभक्त
आचार्यका प्रसिद्ध काव्य रामायण र अरू फुटकर कवितासमेतमा पाइन्छ।’
डा. ईश्वर बरालको भनाइमा: ‘नेपाली साहित्यमा प्रथम जातीय कवि भानुभक्त नै
यस कारणले मानिन्छन् कि तिनमा शुद्ध नेपाली मौलिकता थियो, नेपाली आत्मा र भाषाको
स्वभाविक सुमधुर र सरल प्रयोग। भानुभक्तका अन्वेषक, प्रकाशक र आदिसमीक्षक
मोतीराम भट्टले उनको शैलीमा त्यस्तैत्यस्तै मक्ख परी उनलाई आदिकवि भने पनि हुने
भन्दै सहजकविको दर्जा दिएका छन्। भट्टको विचारमा सहजकविको कवितामा अर्थ र
अलङ्कार स्वभाविक हुन्छ। भानुभक्तीय शैलीको विशेषताको सम्बन्धमा उनको मन्तव्य
छ। अर्थको चमत्कार र शब्दको अलङ्कार कवि भानुभक्त आचार्यको अपार छ।’
भानुभक्तको काव्यशैलीको सौन्दर्य र माधुर्यको विषयमा कवि र समालोचकहरूले
मन्तव्य दिादा एक अर्कोलाई उछिनेको पाइन्छ। यहाा तैपनि ऐतिहासिक सन्दर्भ अगाडि
राख्दै शैलीगत विश्लेषणको प्रयास गरिन्छ।
भानुभक्त आफ्ना अग्रज र समकालीन कविहरूमध्ये सर्वाधिक भावानुभूति भएका
कविका रूपमा देखिन्छन् र विशाल शब्दभण्डारका स्वामी प्रतीत हुन्छन्। उनी मौलिक
र अनूदित दुवै थरी कवितामा इच्छित भाव र विचारको सम्प्रेषण गर्न कुशल देखिन्छन्।
उनलाई आफ्नो कथा प्रस्तुत गर्न छन्दले बाधा दिादैन र शब्दको अभावले पिरोल्दैन।
यसैले उनको काव्यमा भावपक्ष र कलापक्षको बीच सहज सन्तुलन देखिन्छ। यस्तो
हुनुका लागि कविले भाषामाथि असाधारण अधिकार पाएको हुनुपर्छ, उसको शब्दकोश
समृद्ध हुनुपर्छ र प्रयोग गरिने छन्दमाथि उसले सहज नियन्त्रणको सामथ्र्य राखेको हुनुपर्छ
भन्ने कुरा निर्विवाद छ। भानुभक्तले यी गुणहरूमाथि अकृत्रिम स्वामित्व वा अधिकार
पाएका थिए भन्ने कुरा भनिरहनु पर्दैन।
रजस्थल
भानुभक्तले काव्यरचना गर्दा नेपाली भाषाले बोलचालको स्तरलाई पार गरी गद्य
र पद्य दुवै क्षेत्रमा साहित्यिक अभिव्यक्तिको स्तर प्राप्त गरिसकेको थियो। सुवानन्द,
शक्तिवल्लभदेखि प्रारम्भ भएको कवितात्मक अभ्यास वसन्त शर्मासम्म आइपुग्दा अन्दाजी
आठ दशकको भइसकेको थियो र उसैगरी पृथ्वीको दिव्योदेशदेखि थालिएको गद्यात्मक
लेखनले सुन्दरानन्द बााणासम्म आइपुग्दा पुग नपुग साढे छ दशकको अभ्यास गरिसकेको
थियो। १८५५ मा नै शक्तिवल्लभ अज्र्यालले हास्यकदम्बमा जस्तो जिउादो, सरस, सरल
भाषाको प्रयोग गरेका थिए। सुन्दरानन्दसम्मका अरू गद्य लेखकहरूले त्यस्तो गर्न
सकेनन्। शक्ति वल्लभले दुई प्रकारको भाषाशैली अपनाएका छन्, आलङ्कारिक र
सरल। आलङ्कारिकमा तत्सम शब्दहरूको बाहुल्य छ र भनाइ घुमाउरो वा जटिल।
अनि सरलता झर्रा नेपाली शब्दहरू बढी छन् र भनाइ छरितो।
आलङ्कारिक शैली:
‘कस्ता श्री ५ पृथ्वीनारायण शाह उत्पन्न भया भन्या उप्रान्त तेजले सूर्यसमान
भयाका, सत्पात्र विष दान गन्र्या स्वाभाव भयाका, निर्मल बुद्धि भयाका, संसार विषे
प्रख्यातकीर्ति भयाका, जनका युद्ध गर्नाको निमित्त आफ्ना सेनासहित भैकन चल्दामा
लस्कर चल्याको चमकले हातिका घण्टाको रणत्कार शब्दले एस् पृथिवीकन धारणा
गन्र्या कूर्म, अनन्त, शेषनाग, वराहसमेत सम्पूर्ण पृथ्वी डोलमाल भैजान्छिन्।’
सरल शैली:
स्वभाव भन्याको कसैको पनि फिर्दैन । देष,आफ्ना स्वभावैले शीतल भयाको
जलकन आगाले अथवा घामले तातो गराया पनि फेरि शीतल हुन्छ , स्वभाव छुट्दैन ।
अरू पनि देष ,कस्तै प्रकारले सिकाया पनि बाादरको चञ्चल स्वभाव छुट्दैन। कुकुरको
पुच्छर सोझो हुादैन। ....
१८९० तिर सुन्दरानन्दले त्रिरत्न सौन्दर्यगाथामा लेखेका छन्–
‘तहाादेखि वरीपरिका पर्वत थुम्का नाना नाउा भयाका गाउाकन सहजै जिती तहिाका
लोकहरूकन सिपाही तुल्याई तर्नेहरूले देखाइ दियाका सोझा बाटा गरी नेपाल जित्नकन
आउादाआउादा विष्णुमती गङ्गाका तीरमा पाट टाागीकन कीर्तिपुर गाउाकन घेर्या।’
यी दुवै थरी गद्यकारहरूको वर्णन –शैली संस्कृत भाषाको जस्तो संश्लिष्ट छ।
देवैले भया गर्या जस्ता क्रियापद र कर्मकारकको चिÞनको रूपमा ‘लाई’, को
साटो ‘कन’, को प्रयोग गरेका छन्। (भानुभक्तले पनि कनको प्रयोग गरेका छन्।) तर
शक्तिवल्लभको शैली सुन्दरानन्दको भन्दा विशेष आकर्षक छ। (तर यी दुवैले ख, को
ठाउामा मूर्धन्य ष,को जुन प्रयोग गरेका छन् त्यो वसन्त र भानुभक्तमा छैन। यी दुवैले
‘ख’ को ठाउामा ‘ख’ नै राखेका छन्।)
यो भयो गद्यको कुरा। पद्यतर्फ वसन्त शर्माले नेपालीभाषाको रूप यस्तो
रजस्थल (भानु विशेषाङ्क–२०७०)
पारिसकेका थिए–
वायू वेग गरी हरीकन लियो ऊड्यो गगन्मा जसै,
हेर्यो कृष्णजिलाइ बालक भनी आश्चर्य मान्यो तसै।
मार्छू येस्कन लौ भनी प्रभुजिको यो बात मन्मा गर्यो,
लात् मार्या प्रभुले जसै शिर उपर् लोटी जमिन्मा पर्यो।।
यस भाषिक प्रसङ्गमा के उल्लेखनीय छ भने गद्य र पद्य दुवैतर्फ दुई थरी भाषा
रूपको प्रयोग हुादै थियो, एक थरी शक्तिवल्लभद्वारा प्रवर्तित शुद्ध भाषाशैलीको प्रयोग
गर्ने थिए। जस्तै: ‘उदायनन्द, वसन्त, सुन्दरानन्द, भवानीदत्त, भानुदत्त आदि। अर्का थरी
सुवानन्दप्रवर्तित विदेशी भाषाले बिटुलिएको शैलीको प्रयोग गर्ने थिए।’ जस्तै: विद्यारण्य,
विद्यापति, शशिधर, अम्बरगिर आदि।
भषाप्रयोगको यस द्वैध र द्वन्द्वको पारस्परिक स्थितिमा भानुभक्तले शक्तिवल्लभप्रवर्तित
र वसन्त शर्माद्वारा प्रयुक्त झर्रो भाषाशैलीको वरण गरे। नेपाली पद्यलाई झर्रोवादी
दिशातर्फ मोड्न सफलता पाए। भानुभक्तले त्यसै प्रवृत्तिलाई विकास दिादै भाषामा
सहजसौष्ठवयुक्त माधुर्य गुणको समावेश गर्न उल्लेखनीय सफलता पाए। तैपनि
भानुभक्तको भाषाबाट विजातीय शब्द निमिट्यान्न भएको भने थिएन।
एकातिर उनले:
‘थोडा जल् पनि पान गर्न
ब्राÞमण्को लडिका
ढुाढ्थे, प्यास बढयो र जल् पनि ढुंढी
पौंची बेस् स्तुति गर्दछन्।’
इत्यादि र गुल्जार, आदमी, कहिजस्ता हिन्दी शब्दहरूको प्रयोग गरेका छन् र
अर्कोतिर हिन्दी व्याकरणको प्रभाव स्वीकार गर्दै नपुंसकलाई पनि स्त्रीलि·ी प्रयोगमा
ढालेका छन् जस्तै:
‘जनकी यसरी सुखकी सगरी।’
‘स्त्रीको जन्म भयो भन्या त पतिको सेवा छ साह्रै ठुली’
‘दया छे ख्वामित्की’
‘कुन मूल ढोका छ नरक्की ? नारी’ इत्यादि। संस्कृत भाषाका दृष्टिले स्त्रीलि·
हुने हुनाले नै भानुभक्तले यस्तो प्रयोग गरेक हुन् भन्न सकिन्न। किनभने उनले अन्यत्रै
यस्तै शब्दहरूलाई पुलि·मा पनि प्रयोग गरेका छन्। जस्तै:
‘दया भो ख्वामित्को
विद्यै छ सब्का गहना बन्याको’
‘जुन् वासना ता छ असत्’ आदि।
रजस्थल
स्पष्ट छ यस्ता प्रयोग व्याकरणगत सिद्धान्तको आग्रह नभई छन्दको गुरू लघु
मिलाउने आग्रहका परिणाम हुन्। भानुभक्तले प्रयोग गरेका कैयौं हिन्दी शब्दहरू
आधुनिक नेपालीमा प्रयुक्त हुादैनन्। स्त्रीलि·ी प्रयोग भने लेखनाथ–देवकोटा आदिले पनि
गरेको पाइन्छ।
भानुका यी प्रयोगहरूलाई अन्य कविहरूको सापेक्षतामा हेर्दा नगण्य भन्नुपर्छ र
सम्पूर्ण नेपाली वाङ्मयलाई ध्यानमा ल्याउादा उनले तिनताका बोलचालमा प्रचलित
भएका शब्दहरूलाई नअनकनाइकन स्वीकार गरेका हुन् भन्ने मान्नुपर्छ। उनका कविता
रूपाकारका दृष्टिले एउटा शैलीमा बााधिएका छन्। त्यो हो संस्कृतमा प्रचलित छन्दशैली,
उनले लोकलय वा झयाउरे शैलीको प्रयोग गरेको देखिन्न। उनले त शक्तिवल्लभ
उदयानन्दद्वारा प्रवर्तित र वसन्तशर्माद्वारा पल्लवित गरिएको छन्दशैलीलाई आफ्नो
प्रातिभ स्पर्शले सिद्धिको शिखरमा स्थापित गरी समग्र रूपमा नेपालीकरण गरेर प्रसिद्ध र
लोकप्रियता प्रदान गरेको देखिन्छ। संस्कृतजस्तो समृद्ध र सन्धिसमासयुक्त भाषाको निम्ति
अनुकूल र सुगम भएको पि·लशास्त्रीय लयमा हिन्दी खडी बोलीमा कविता लेख्न बस्ता
हिन्दीका कविहरूलाई सकस अनुभव भयो र प्रयोग सफल भएन। हरिऔधजस्ता एक
दुईले प्रयास गरे, तर तिनीहरूले भाषामा सहजता ल्याउन सकेनन् र त्यो ज्यादै कृत्रिम
भयो। फलत: हिन्दीमा यो छन्दशैली (वार्णिक) चल्न सकेन र मात्रिक छन्द र अन्यान्य
लोकलय वा स्वतन्त्र छन्दलाई लिनुपर्यो।
तर नेपाली कविहरूले वार्णिक छन्दलाई वरण गरी त्यसको सफल प्रयोग गरे।
छन्दमा बााधिएर पनि भाव प्रकाशनको सहजसामथ्र्य प्रकट गर्दै भाषालाई स्वाभाविकता
दिएर हाम्रा कविहरूले नेपाली भाषाको मान बढाए भन्ने कुरा निर्धक्कसाग भन्न सकिन्छ।
यस प्रस·मा जब भानुभक्तको कुरा आउाछ, तब नेपाली भाषाको शक्ति र सामथ्र्य झन्
टड्कारो हुन जान्छ। बरू कतिसम्म भन्न सकिन्छ भने भानुभक्तजस्ता समर्थ कविको
सफल स्पर्श नपाएको भए संस्कृत छन्दशैली हिन्दीमा झौ असफल भएर चााडै नै त्याज्य
हुने खतरा थियो। भानुभक्तको विशेषता के हो भने उनी कहीा पनि छन्दको अधीनतामा
नरही छन्दलाई नै आफ्नो अधीनमा राखेर कज्याउाछन् अथवा भनूा, उनी छन्दको
बन्धनमा बसेर पनि स्वतन्त्र भएर आफ्नो भावोद्गार निकाल्दछन्। उनले भावको हत्या
गर्नु हुादैन, व्यर्थै अनावश्यक शब्दहरू थुपारेर छन्द पूरा गर्नु हुादैन, वाक्यविन्यासलाई
बङ्ग्याउनुपर्दैन, शब्दहरूलाई बिझाउने किसिमले बिगार्नु पर्दैन र भाषालाई भत्काउनु
पर्दैन। उनी पदशय्या सजिलैसाग मिलाउछन्, अक्षर गनीगनी छन्द पूरा गर्ने कसरत
उनले गर्नुपरेजस्तो लाग्दैन। उसैले उनका पद्यमा गतिमयता वा अविरल प्रवाह हुन्छ,
भनाइ स्पष्ट हुन्छ र भाव रसिलो रमाइलो हुन्छ। लाग्दछ, उनले चिताउनासाथ छन्दमा
शब्दहरू कोरीबाटी गरी चिल्ला चापुल्ला भएर थपथप आफ्ना ठाउामा बस्छन्। यसको
रजस्थल (भानु विशेषाङ्क–२०७०)
फलस्वरूप उनको पद्यमा सहजै लालित्य भरिन्छ। त्यहाा भावअनुसार, माधुर्य, ओज र
प्रसादगुण उत्पन्न हुन्छन्। उनको कवितामा हामी भाव, भाषा र शैलीको सुन्दर त्रिवेणी
परेको अनुभव गर्न सक्छौं।
भानुले वसन्ततिलका, शिखरिणी, तोटक, इन्द्रवज्रा, उपेन्द्रवज्रा उपजाति,
शार्दूलविक्रीडित, मालिनी, स्रग्धरा, स्वागता, दु्रतविलम्बितजस्ता विविध छन्दहरूको
प्रयोग गरेका छन् तर उनले ज्यादाजसो शार्दूलविक्रीडितलाई मन पराएका छन् र
शिखरिणीलाई दोस्रो स्थान दिएका छन्। उनी भावअनुसार जहाा जुन छन्दको प्रयोग
उपयुक्त हुन्छ सोही अनुरूप छन्दयोजना गर्दछन्। आफ्नो प्रमुख कृति रामायणमा उनी
प्राय: शार्दूलविक्रीडितमा नै बग्दछन् र समरसता मेटाउन वेलावेला छन्द परिवर्तन
गर्दछन्। रघुनाथले झौ घरीघरी छन्द बदलेर प्रवाहमा मोड ल्याई भावधारालाई खण्डित
पार्ने उनको पद्धति छैन। यसबाट के सिद्ध हुन्छ भने भानुभक्त शैलीमा अविरल प्रवाह
कायम राख्न सतर्क छन् र उनलाई छन्दयोजनाको कुशलता प्राप्त छ।
यसको तात्पर्य भानुभक्त निरपवाद रूपमा सर्वत्र सफल र सबल छन् भन्ने होइन।
उनका पनि दुर्बलता छन् र कहीाकहीा उनी पनि छन्दरचनामा असफल भएका छन्:
‘सुमित्राले भन्दा पछि पलक माइका खुलिगयो।’
‘भनिन् कौशल्याले अब म तिमीलाई छोड्दुछ कहाा।’
यी स्थलहरूमा एक वर्ण बढी भएर छन्द टुटेको छ। भानुभक्तले यहाा अरूको सिको
टिपी इ जस्तो स्वरलाई हलन्त उच्चारण वा अर्धमात्रा दिएको हुनुपर्छ। त्यसो गरी पढ्दा
छन्द त टुट्दैन, तर यस्तो प्रयोगलाई सफल भन्न सकिन्न।
‘वानर्कि सेना लिई’
‘मइं छु प्रभुजिको दास् बोकुाला पीठ माहाा।’
‘जउन चिज दिंदामा राम विश्वास मान्छन्’
‘मणि दिइ फिर भन्छिन् चित्रकूट्मा भयाको।’
जस्ता स्थलहरूमा हिन्दी ढ·को लि· प्रयोग गर्नुपरेको छ र मैलाई मइं जुनलाई
जउन फेरिलाई फिर बनाएर छन्दको मर्यादापालन गर्नुपरेको छ। यसरी स्वरभक्ति,
अजन्तलाई हलन्त र हलन्तलाई अजन्त पारी शब्दहरू बिगार्ने, तत्सम शब्दहरूको
समेत ह्रस्वदीर्घलाई उल्टापाल्टी पार्ने, स्वरलाई अर्धमात्रिक उच्चारण दिने र हिन्दी
ढ·को लि· प्रयोग गर्ने जस्ता प्राथमिककालीन कविहरूमा रहेका दोषबाट भानुभक्तको
शैली पनि नबिटुलिएको होइन। तैपनि उनले अरूले झौ वर्णनलाई भद्दा हुन दिएका
छैनन् र शब्दहरूलाई श्रुतिकटु बन्न दिएका छैनन्। उस्तैउस्तै दोषहरू अवशिष्ट रूपमा
रहे पनि उनको कवितामा माधुर्यगुणको ह्रास हुादैन। नेपाली भाषाको प्रकृतिअनुकूल
अथवा उच्चारणको अनुकूल प्रयोग गरेकाले उनको शैलीमा कर्कशता र कटुता आउन
रजस्थल
पाएको छैन। उता अरू कविहरूले छन्दको नियम पूरा गर्न शब्दहरूलाई बिगार्नुपर्दा
शैली कटु भएको छ भाव असुन्दर। तिनीहरू उसैले श्लोककार भएका छन्। छन्द पूरा
गरेपछि तिनीहरू सन्तुष्ट भएका छन्। तर भानुभक्त छन्दका रचयिता मात्र बनेर चित्त
बुझाउन सक्तैनथे, शब्दहरूलाई तन्काउादा वा छोट्याउादा त्यो सकभर अप्रिय नबनोस्
बरू त्यसमा लालित्य र माधुर्य कायम रहोस् भन्ने कुराको सावधानी राख्तथे। यसैले
उनको काव्यसागरमा दोष नगण्य भएका छन् अथवा गुणको भेलामा दोषका टुक्राटुक्री
नबिझाउने किसिमले हराए बिलाएका छन्।
भानुभक्त भावका सहज कवि हुन्। उनी प्रस्तुत सिागार्न अलङ्कारको भर पर्दैनन्।
भाव प्रवाहमा अनायासै कुनै अलङ्कार पर्न जान्छ भने उनी त्यसको स्वागत गर्दछन्।
उनी अलङ्कारको मोह भने अवश्य राख्तछन् र अनुप्रास मिलाउन तत्पर रहन्छन्।
अन्त्यानुप्रास उनी प्रत्येक श्लोकमा मिलाउाछन्। बीचबीचका पङ्क्तिहरूमा श्रुतिसम
वर्णहरूको प्रयोग उनले जहाा पनि गरेको पाउन सकिन्छ।
जस्तै:
वरिपरि तहिं तीर्मा फल फुल् भरी छन्
जउन वनमाहाा ता गर्दछन् पंक्षि गुन् गुन्।
भ्रमरहरू लताका फूलमा हल्लि हल्ली
घुनुनु घुनुनु गर्दै हिाड्दछन् बल्लि बल्ली।।
उनको शैलीमा चित्रात्मकता पनि छ। प्रकृतिको यथावत् चित्र उतार्न उनले
यत्रतत्र प्रयास गरेका छन्। उद्धृत श्लोक नै प्रमाण छ। यही कुरा बालाजु वर्णनले
पनि देखाउाछ, कान्तिपुरी वर्णनले पनि। रामायणमा उनले दिएको पम्पासरोवरको वर्णन
मूललाई उछिनेर यस्तो पारिएको छ:
माछा, कच्छप चल्दछन् कमलको सब् गिर्छ केशर् ताहाा,
केशर्ले जब छोपियो पनि भन्या देखिन्छ जल् पो कहाा ?
नीला लाल सपेत् कमल् पनि अनेक् रङ्का भयाका ताहाा
बोल्छन् हंस, चकोर, सारसहरू लाटाक्वसेरा जहाा।।
नेपाली वाग्धारा र अनुकरणात्मक शब्दहरूको प्रयोगले उनको शैली निकै
प्रभावपूर्ण र आÞलादक बन्छ:
‘जसै देख्याा, आासू गहभरि धरी शोक् पनि गरी’
‘कहाा मिल्छन् सीतापति मकन भन्दा घरिघरी।’
‘बिल्कुल् सैन्य जती थिया भरतका मेज्मानिले छक्पर्या।’
‘खान्या येहि रहेछ हेरि बुझियो पल्टेछ खुब् पेट् भरी’
‘लक्ष्मण्ले पनि तााहि सुग्रिवजिको सातो कुराले हर्या।’
रजस्थल (भानु विशेषाङ्क–२०७०)
‘लाल् लाल् नेत्र गराइ भन्छ रिसले सूनाई संसद् महाा।’
‘भन्दामा प्रभुजी मुसुक्क मनले हाासेर भन्छन् अनी
यो बच्चा पनि जोरि खोज्न मकनै चाहन्छ कच्चा बनी।’ इत्यादि।
कुनै कविको भावशैली अथवा भाषाशैलीको अध्ययन गर्दा उसका प्रारम्भिक प्रयास
र दुर्बल स्थलहरूलाई आधार बनाइदैन र बनाउनु उचित पनि होइन। दुर्बलताको चर्चा
आवश्यक अवश्य हुन्छ, तर सबलता र सफलताको पक्ष नै प्रधान छ भने मूल्याङ्कनको
केन्द्रबिन्दु त्यहीा बन्छ र निष्कर्ष त्यसैको आधारमा निकाल्नुपर्छ। गुणग्राहिता आलोचनाको
मुख्य लक्ष्य हो। अन्य अग्रज र समसामयिक कविहरूको परिप्रेक्ष्यमा भानुभक्तलाई राखेर
हेर्दा अरूलाई भावप्रेषणका निम्ति शैलीले साथ दिएका क्षण विरलै छन् र तिनीहरूको
भागमा सफलता न्यूनतम् र असफलता अधिकतम परेको छ भने भानुभक्तलाई शैलीले
बराबर जसो साथ दिएको छ र उनलाई आनुपातिक रूपमा विफलता न्यूनतम् एवम्
सफलता अधिकतम प्राप्त भएको छ भन्ने टुंगो लाग्छ। त्यसैले समजस्ता शब्द शिल्पीबाट
भानुभक्तले ‘नेपाली भाषाका परमात्मा’को पद पाएका छन्।