Social Icons

भानुभक्तीय रामायणमा ज्ञवालीले औँल्याएका पाठभेदहरू - डा. मतिप्रसाद ढकाल


डमरूवल्लभ पोखर्‍याल (१९४२) र मोतीराम भट्ट (१९४४) ले भानुभक्तको
रामायणको सर्वप्रथम सम्पादन गरी प्रकाशित गरेका भए पनि विभिन्न संस्करणहरूको
तुलनात्मक अध्ययन गरेर पाठभेदसहित सर्वप्रथम भानुभक्तीय रामायणको सम्पादन तथा
प्रकाशन गर्ने काम सूर्यविक्रम ज्ञवाली (१९८९ र २०११) बाटै भएको हो। ज्ञवाली (२०११:
२९–३०) ले भानुभक्तीय रामायणको सम्पादन गर्दा विभिन्न आठ ओटा रामायणहरूको
उपयोग गरेका थिए, जसको परिचयात्मक विवरण यसप्रकार छ:
१. मोतीराम भट्टद्वारा सम्पादित तथा भारतजीवन प्रेस काशीबाट प्रकाशित
‘भानुभक्तकृत भाषा रामायण’ (१९४४) को सम्पूर्ण संस्करण,
२. भारतजीवन प्रेसबाटै प्रकाशित ‘रामायण बालकाण्ड’ (१९४४),
३. भारतजीवन प्रेसबाटै प्रकाशित ‘रामायण किष्किन्धाकाण्ड’ (१९५०)
४. भारतजीवन प्रेसबाटै प्रकाशित ‘रामायण उत्तरकाण्ड’ (१९५७)
५. भारतजीवन प्रेसबाटै प्रकाशित बालकाण्ड, अरयण्काण्ड, किष्किन्धाकाण्ड र
सुन्दरकाण्डसहितको चारकाण्डे ‘अर्को पूरानो प्रति’,
६. सुब्बा होमनाथ–केदारनाथ काशीबाट प्रकाशित ‘भानुभक्ताचार्यकृत रामायण’
(१९७९)

७. पाशुपत यन्त्रालय नेपालबाट प्रकाशित ‘रामायण सातै काण्ड’ (१९५१) र
८. गोरखाग्रन्थ प्रचारक मण्डली बम्बईबाट प्रकाशित ‘रामायण’ (१९६७)
उपर्युक्त आठ ओटा रामायणलाई सूर्यविक्रम ज्ञवालीले पादटिप्पणीमा पाठभेदहरू
उल्लेख गर्ने क्रममा पााचवटा सङ्केत शब्दहरूको प्रयोग गरेका छन्। १ संख्याको पुस्तकलाई
‘भारतजीवन’, २,३,४,५ लाई ‘भारतजीवन क’, ६ लाई ‘होमनाथ’, ७ लाई ‘नेपाल’ र
८ लाई ‘बम्बई’। उनले पाठभेदहरू पाइएको ठाउामा अध्यात्मरामायणसाग पनि त्यसको
तुलनात्मक अध्ययन गरिएको र धेरै ठाउा (६१) मा प्रमाणस्वरूप अध्यात्मरामायणको
पाठसमेत दिइएको उल्लेख गरेका छन्। साथै उनले तुलनात्मक अध्ययन गर्दा अधिकांश
रामायणहरूमा पाइएका पाठलाइर्  मलू मा र अरू पाठभदे हरूलाइर्  पनि यथासक्य टिप्पणीमा
समावेश गरिएको बताएका छन्। त्यसैगरी उनले भानुभक्तीय वर्णविन्यासको स्वरूप
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
के कस्तो थियो भन्नेबारेमा अनभिज्ञता प्रकट गर्दै ‘भानुभक्तको रामायण’ (२०११) मा
शुद्ध संस्कृत शब्दहरूबाहेक अन्य नेपाली शब्दहरूको वर्णविन्यास तत्कालीन (२०११)
लेखकहरूका लेखनशैलीअनुरूप कायम गरिएको पनि उल्लेख गरेका छन्।
क. बालकाण्डका पाठभेदहरू:
ज्ञवाली (२०११:१–३५) ले बालकाण्डका ६७ श्लोकअन्तर्गत ९१ ठाउामा १०२
ओटा पाठभेदहरू औंल्याएका छन्। तिनमा भारतजीवन ‘क’ संस्करणका ७, भारतजीवन
संस्करण (१९४४) का १४, नेपाल संस्करण (१९५१) का ४७, बम्बई संस्करण (१९६७) का
१४, होमनाथ संस्करण (१९७९) का ३२ र ज्ञवाली (२०११) द्वारा अनुमानित तथा
प्रस्तावित पााच वटा पाठभेदहरू पर्दछन्। तीमध्ये निम्नलिखित पाठभेदहरूलाई प्रारम्भिक
तुलनात्मक अध्ययनका आधारमा उपर्युक्त ठहर्‍याउन सकिन्छ:
१. ‘जस्को’ (८.३)
२. ‘पारेर’ (१५.३)
३. ‘त काम्’ (३२.४)
४. ‘ती’ (३९.१)
५. ‘बुझ् यो’ (४०.२)
६. ‘मल्हा’ (९६.४)
७. ‘मल्हाले’ (९८.४)
८. ‘ताहाा’ (१०३.३) र
९. ‘उठ्योथ्यो’ (१३८.३)।
उपर्युक्त पाठभेदहरूमध्ये पहिलो जस्को (८.३) पाठलाई हस्तलिखित रामायण (च
३१०, ३२ ख), बालकाण्डको सर्वप्रथम संस्करण (१९४१), भारतजीवन संस्करण (१९४४),
नेपाल संस्करण (१९५१) तथा शिवराज आचार्य (२०३१ क) ले शुद्ध ठहर्‍याएका र
मूलमासमेत यसलाई पुष्टि गर्ने षष्ठयन्त ‘तस्य’ (महात्म्य २१) पद पाइएकाले प्रचलित
‘जस्ले’ पाठ अनुपयुक्त हुनसक्छ। त्यस्तै दोस्रो ‘पारेर’ (१५.३) पाठलाई हस्तलिखित
रामायण (३२‘ख’) भारतजीवन ‘क’ संस्करण, बालकाण्डको सर्वप्रथम संस्करण तथा
शिवराज आचार्यले शुद्ध ठहर्‍याएका र मूलमा ‘हनूमत्प्रतिमान्तिके’ (माहात्म्य अङ्कका
लागि पाण्डुलीपि द्रष्टव्य) अर्थात हनुमान्को मूर्तिनजिक मात्र भनिएको ‘राखेर’ वा ‘पारेर’
पाठलाई पुष्टि गर्ने आधारलाई उल्लेख नगरिएको भए पनि प्रचलित ‘राखेर’ पाठका
तुलनामा ‘पारेर’ पाठलाई उपयुक्त मान्न सकिन्छ।
उपर्युक्त तेस्रो ‘काम्’ (३२.४) पाठका ठाउामा हस्तलिखित रामायण (३२‘ख’) ले
‘का’ पाठ पढेको छ वा यहाा ‘म’लाई अनुस्वारका रूपमा प्रयोग गरिएको हो। यही
रजस्थल 
अनुस्वारको अस्पष्टताका कारण त्यसका ठाउामा ‘को’ पाठ पढिएको हुनुपर्छ। ‘काम्’
पाठलाई होमनाथ र शिवराजले पनि शुद्ध ठहर्‍याएका छन्। ‘को’ पाठलाई पुष्टि गर्ने
प्रसङ्ग मूलमा पाइदैन। रावणलाई मारी भूमिको भारहरण गर्ने काम नै प्रास·िक
रहेकाले ज्ञवालीप्रयुक्त ‘तको’ पाठभन्दा ‘त काम्’ पाठ नै शुद्ध हुनुपर्छ। उपर्युक्त चौथो
‘ती’ (३९.१) पाठलाई हस्तलिखित रामायण (३२ ‘ख’), बालकाण्डको सर्वप्रथम संस्करण
(१९४१), भारतजीवन, होमनाथ, बम्बई, विष्णुमाया र शिवराजलेसमेत शुद्ध ठहर्‍याएका
छन् भने सम्पादक सूर्यविक्रम ज्ञवाली (२०११:१०) ले ‘त्यो’ पाठलाई शुद्ध ठानेपनि
टिप्पणीमा ‘एक् एक्’ (?) उल्लेख गरी ‘एक्’ पाठ पो ठीक हो कि भन्ने अनुमान गरेको
पाइन्छ। यसको ‘ऐक्यवाक्यं यदोत्पन्नं महावाक्येन चात्मनो:’ (अ.रा.बा.१/५०) अर्थात्
जब महावाक्यद्वारा जीवात्मा र परमात्माको एकताको ज्ञान हुन्छ भन्ने पाठ छ। त्यसैले
ती दुई आत्माहरूलाई एक जान्नुपर्छ भन्ने सन्दर्भमा भानुभक्तले ‘त्यो एक’ पाठभन्दा ‘ती
एक’ पाठ नै प्रयोग गरेका हुनसक्छन्।
उपर्युक्त पााचौं ‘बुझ यो’ (४०.२) पाठलाई हस्तलिखित रामायण (३२‘ख’) भारतजीवन
र शिवराजले शुद्ध ठानेका छन् भने यसका ठाउामा बालकाण्डको सर्वप्रथम संस्करण
र विष्णुमायाले ‘बुझि यो’ पाठ पढेका र यसलाई ज्ञवालीले ‘बुझिल्यौ’ बनाएका छन्।
हनुमान्लाई उपदेश दिने सन्दर्भमा ‘बुझि यो’ पाठभन्दा मध्यमपुरूष क्रियायुक्त ‘बुझ
यो’ पाठ नै उपयुक्त हुनु सम्भव छ। त्यस्तै उपर्युक्त छैटौं ‘मल्हा’ (९६.४) र सातौं
‘मल्हाले’ –९८.४) पाठलाई हस्तलिखित रामायण (३२‘ख’), डमरूवल्लभ, भारतजीवन,
विष्णुमाया र शिवराजले शुद्ध ठहर्‍याएका छन् भने ‘मल्हा’ शब्दका ठाउामा ज्ञवालीले
‘माझी’ र बालकाण्डको सर्वप्रथम संस्करण तथा नेपाल संस्करणले ‘नाविक्’ पाठ पढेका
छन्। अरबी भाषाको माझीवाचक ‘मल्लाह’ शब्दलाई अपरिवतर्तित रूपमा र यसैको
परिवर्तित ‘मलाहा’ शब्दलाई नेपाली बृहत शब्दकोश (२०६०:९९४,९९५) ले प्रविष्टि
दिएको छ। भानुभक्तीय रामायणमा अरवीमूलका अन्य शब्दहरूको पनि प्रयोग भएको
पाइएकाले संशोधित ‘माझी’ पा ‘नाविक्’ पाठभेदका तुलनामा ‘मल्हा’ शब्दकै प्रयोग
भानुभक्तले गरेको हुनुपर्छ।
उपर्यक्त आठौं ‘ताहाा’ (१०३:३) पाठलाई हस्तलिखित रामायण (३२‘ख’), डमरूवल्लभ,
भारतजीवन, होमनाथ, बम्बई, विष्णुमाणा संस्करण र शिवराजलेसमेत शुद्ध ठानेको हुादा
ज्ञवाली संस्करणमा प्रयुक्त ‘याहाा’ पाठका तुलनामा ‘ताहाा’ पाठ नै शुद्ध हुनुपर्ने बारेमा
अन्यत्र (गरिमा, २०६३ असार) पनि संशोधनीय चर्चा भइरहेको छ। त्यस्तै, उपर्युक्त
नवौं ‘उठयोथ्यो’ (१३८.३) पाठलाई भारतजीवन, नेपाल र विष्णुमाया संस्करणले शुद्ध
ठहर्‍याउादै यसभन्दा ‘उठयो त्यो’ पाठ राम्रो हुन्छ भन्ने टिप्पणी गरेर मूलमा ‘उठेथ्यो’
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
पाठ पढेका छन्। भनेथ्यो, मिल्योथ्यो, सुन्योथ्यो, फक्र्योथ्यो जस्ता प्रयोगहरू भानुभक्तीय
रामायणमा पाइने र यी ऐतिहासिक प्रयोगका दृष्टिलेसमेत उपयुक्त नै ठहरिएको हुादा
यहाा पनि भानुभक्तले ‘उठेथ्यो’ आधुनिक प्रयोगभन्दा ‘उठ्योथ्यो’ ऐतिहासिक शब्द नै
प्रयोग गरेको हुनुपर्छ।
ख. अयोध्याकाण्डका पाठभेदहरू:
ज्ञवाली (२०११:३६–६६) ले अयोध्याकाण्डका ६४ ओटा श्लोकअन्तर्गत ९६
ठाउामा १०२ ओटै पाठभेदहरू औाल्याएका छन्। तिनमा भारतजीवन संस्करणका ३२, ने
पाल संस्करणका ३५, बम्बई संस्करणका ११, होमनाथ संस्करणका ४५ र ज्ञवालीद्वारा
अनुमानित २ ओटा पाठभेदहरू पर्दछन्। तीमध्ये निम्नलिखित पाठभेदहरूलाई तुलनात्मक
रूपमा उपयुक्त ठहर्‍याउन सकिन्छ:
१. ‘गयाकि’ (१७.३)
२. ‘भन्छयौ’ (१८.३)
३. ‘प्रभुलाई देख्तामा’ (२४.२)
४. ‘दिइन्’ (३७.१)
५. ‘जाहाा’ (५७.४)
६. ‘त’ (५९.२)
७. ‘त’ (५९.२)
८. ‘पुत्रको शोक् गरी’ (६८.३)
९.‘झिकाउादा भया’ (७०.२)
१०. ‘त पनि सब्’ (७५.४) र
११. ‘पाउमा’ (९०.१)
उपर्युक्त पाठभेदहरूमध्ये पहिलो ‘गयाकि’ (१७.३) पाठलाई हस्तलिखित रामायण
(३२‘ख’), डमरूवल्लभ, होमनाथ र शिवराजले शुद्ध ठहर्‍याएका छन् भने विष्णुमाया र
ज्ञवालीले यसका ठाउामा ‘भयाकि’ पाठ पढेका छन्। यस प्रसङ्गमा अध्यात्मरामायणले
‘क्रोधभवनं प्रविष्टा’ (अयो, ३/५) अर्थात् क्रोधागारमा प्रवेश गरेकी भन्ने पाठ पढेको
हुादा ‘भयाकि’ भन्दा ‘गयाकि’ पाठ नै उपर्युक्त हुनु सम्भव छ। उपर्युक्त दोस्रो ‘भन्छ्यौ’
(१८.३) पाठलाई नेपाल एवम् होमनाथ संस्करण र मुक्तिनाथ आचार्य (२०६२:१३) ले
शुद्ध ठानेका छन् भने पहिलो हस्तलिखित रामायण (३२‘ख’) मा रहेको ‘भन्क्षौ’ पाठलाई
शिवराज आचार्य (२०३१‘ख’: ५) ले सम्भावित शुद्ध पाठ ठहर्‍याई दोस्रो हस्तलिखित
रामायण (‘च’१००५) मा ‘भन्छौ’ पाठ रहेको उल्लेख गरेका छन्। अध्यात्मरामायणले
यस प्रसङ्गमा ‘ब्रूहि सकलं विधास्ये तव वाञ्चितम्’ (आयो.३/८) अर्थात ‘तिम्रो जो इच्छा
रजस्थल 
छ सो भन म सबै पूरा गर्नेछु’ भन्ने पाठलाई नै मूल अनुरूप शुद्ध ठहर्‍याउन सकिन्छ।
उपर्युक्त तेस्रो ‘प्रभूलाई देख्तामा’ (२४.२) पाठलाई हस्तलिखित रामायण (३२‘ख’),
डमरूवल्लभ, भारतजीवन, नेपाल, विष्णुमाया र शिवराजले शुद्ध ठहर्‍याएका छन् भने
ज्ञवालीले यसका ठाउामा ‘प्रभुलाई देख्ता’ पाठ पढेका छन्। सम्भवत: ज्ञवालीले ‘प्रभूलाई’
पाठभेदको ‘इ’लाई स्वरवर्णकै रूपमा अजन्त उच्चारण गरेर छन्दोभ·दोष हुने ठानी
यसलाई पाठान्तरमा उल्लेख गरेका हुनसक्छन्। भानुभक्तीय रामायणमा स्वर वर्णको
हलन्त प्रयोग अन्यत्र पनि पाइएको हुादा ‘प्रभूलाई देख्तामा’ पाठ शुद्ध हुनु सम्भव छ।
उपर्युक्त चौथो ‘दिइन्’ (३७.१) पाठलाई हस्तलिखित रामायण (३२‘ख’), विष्णुमाया र
शिवराजले शुद्ध ठहर्‍याएका छन् भने यसका ठाउामा डमरूवल्लभ र ज्ञवालीले ‘दिई’
पाठ पढेका छन्। यसै सन्दर्भमा ज्ञवाली (२०११:४५) ले ‘दिइन्’ पाठ उपर्युक्त हो कि
भन्ने अनुमान गरी यसलाई पाठान्तरमा उल्लेख गरेका छन्। दोस्रो पङ्क्तिको ‘रोइन्’
पाठका साहचर्यमा असमापिका क्रियाको ‘दिई’ पाठभन्दा समापिका क्रियाको ‘दिइन्’
पाठ नै उपर्युक्त हुनुपर्छ। त्यसैगरी उपर्युक्त पााचौं ‘जाहाा’ (५७.४) पाठलाई हस्तलिखित
रामायण (३२‘ख’), डमरूवल्लभ, भारतजीवन, नेपाल, विष्णुमाया संस्करण र शिवराजले
शुद्ध ठहर्‍याएका छन् भने ज्ञवालीले ‘तहीा’ पाठका साहचर्यमा ‘जाहाा’ पाठलाई ‘जाहीा’
बनाएका छन्। आर्थिक भिन्नता र छन्दोभ·दोषसमेत नहुने भएकाले यी दुवै पाठ उपर्युक्त
नै प्रतीत भए पनि अधिकांश संस्करणमा ‘जाहाा’ पाठ पाइएकाले ‘जाहीा’ पाठका तुलनामा
‘जाहाा’ पाठ नै भानुभक्तले प्रयोग गरेको हुनु सम्भव छ।
उपर्युक्त छैटौं ‘त’ (५९.२) पाठलाई हस्तलिखित रामायण (३२‘ख’), डमरूवल्लभ,
भारतजीवन, बम्बई, विष्णुमाया संस्करण र शिवराज आचार्यले शुद्ध ठानेका छन् भने
ज्ञवालीले यसका ठाउामा ‘म’ पाठ पढेका छन्। तुलनात्मक रूपमा ‘म’ भन्दा ‘त’ पाठ
उपर्युक्त हुनुपर्ने बारेमा अन्यत्र (गरिमा, २०६३ असार) समेत संशोधनीय चर्चा भइसके
को छ। त्यस्तै, उपर्युक्त सातौं ‘दुई’ (६६.१) पाठलाई हस्तलिखित रामायण (३२‘ख’),
भारतजीवन, विष्णमु ाया सस्ं करण र शिवराजल े शद्धु ठहर्‍याएका छन ् भन े ज्ञवालील े यसका
ठाउामा ‘दुवै’ पाठ पढेका छन्। तुलनात्मक रूपमा ‘दुवै’ पाठभन्दा ‘दुई’ पाठ नै भानुभक्तीय
प्रयोग हुन सक्छ। उपुर्यक्त आठौं ‘पुत्रको शोक् गरी’ (६८.३) पाठलाई हस्तलिखित
रामायण (३२‘ख’), डमरूवल्लभ, भारतजीवन, विष्णुमाया संस्करण तथा शिवराज र
मुक्तिनाथ (२०६२) ले शुद्ध ठानेका छन् भने ज्ञवालीले यसका ठाउामा ‘पुत्रशोक्ले गरी’
पाठ पढेका छन्। अध्यात्मरामायणले ‘पुत्रशोकेन मरणं प्राप्स्यसे’ (अयो.७/४५) अर्थात्
पुत्रशोकद्वारा नै मर्नेछौं भन्ने पाठ पढेको छ। मूलको ‘पुत्रशोकेन’ शब्द षष्ठी तत्पुरूष
समासद्वारा निर्मित शब्द भएकाले तुलनात्मक रूपमा स्पष्टताका दृष्टिले ‘पुत्रको शोक्
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
गरी’ पाठ नै भानुभक्तले प्रयोग गरेका हुनसक्छन्।
उपर्युक्त नवौं ‘झिकाउादा भया’ (७०.२) पाठलाई हस्तलिखित रामायण (३२
‘ख’), डमरूवल्लभ, भारतजीवन, नेपाल, विष्णुमाया संस्करण र शिवराजलेसमेत शुद्ध
ठहर्‍याएका छन् भने यसका ठाउामा ज्ञवालीले ‘झिकाई लिया’ पाठ पढेका छन्। भानुभक्तीय
रामायणमा स्वरवर्णको हलन्त उच्चारण भएका प्रशस्त प्रयोगहरू पाइने हुादा यहाा पनि
‘झिकाउादा भया’ पाठको प्रयोग गरेको हुनुपर्छ। सम्भवत: ज्ञवालीले ‘झिकाउादा’ को
‘उा’ लाई भानुभक्तले अजन्त उच्चारण गरेका थिए कि भनेर छन्दोभ·दोष हुने ठानी
‘झिकाउादा’लाई ‘झिकाई’का रूपमा संशोधन गरेका हुनसक्छन्। त्यस्तै ‘झिकाई’साग
‘भया’को सार्थक अन्वय नहुने ठानेर ज्ञवालीले ‘भया’का ठाउामा ‘लिया’ पाठ रादिदिएको
पनि हुनु असम्भव देखिदैन। भानुभक्तीय अन्त्यानुप्रास–योजनामा विशेषत: ‘गया’साग ‘लिया’
भन्दा ‘भया’ पाठ नै अत्यधिक रूपमा प्रयोग भएको पाइएकाले पनि प्रचलित ‘झिकाई
लिया’ पाठभन्दा ‘झिकाउादा भया’ पाठ नै भानुभक्तीय प्रयोग हुनुपर्छ। त्यस्तै उपर्युक्त दसौं
‘त पनि सब्’ (७५.४) पाठलाई हस्तलिखित रामायण (३२‘ख’), डमरूवल्लभ, भारतजीवन,
नेपाल, विष्णुमाया संस्करण र शिवराजले शुद्ध ठहर्‍याएका छन् भने ज्ञवालीले यसका
ठाउामा ‘तर पनी’ पाठ पढेका छन्। गुरूलाई सबै थाहा भए तापनि भन्ने सन्दर्भमा
‘तर पनी’ पाठभन्दा ‘त पनि सब्’ पाठ नै भानुभक्तले प्रयोग गरेको हुनुपर्छ। उपर्युक्त
एघारौं ‘पाउमा’ (९०.१) पाठलाई हस्तलिखित रामायण (३२‘ख’), भारतजीवन संस्करण
र शिवराजले शुद्ध ठहर्‍याएका छन् भने यसका ठाउामा बम्बई संस्करणले ‘पाद्मा’ र
विष्णुमाया एवम् ज्ञवालीले ‘पाऊ’ पाठ पढेका छन्। अध्यात्मरामायण (अयो.९/६) मा
भरतले श्रीरामका दुई पाउ समाएको भन्ने प्रसङ्गमा सप्तम्यन्त पदको प्रयोग नगरिएको
भए पनि भानुभक्तीय रामायणको अयोध्याकाण्डकै ८९ औं श्लोकमा प्रयुक्त ‘पाउमा’
पाठका साहचर्यमा र ‘पाद्मा’ तथा ‘पाउमा’ दुवै पाठभेदको प्रयोगका आधारमा सप्तम्यन्त
‘पाउमा’ पाठको प्रयोग भानुभक्तले गरेको हुनु सम्भव छ। ज्ञवालीले ‘पाउमा’ पाठभेदको
‘उ’ को उच्चारण भानुभक्तले हलन्तकै रूपमा गरेका थिए भन्ने नसम्झी स्वरकै रूपमा
प्रयोग गरेको ठानेर छन्दोभ·दोष निवारणार्थ ‘पाऊ’ पाठलाई भानुभक्तीय प्रयोग ठहर्‍याउने
भूल गरेका हुन सक्छन्।
ग. अरण्यकाण्डका पाठभेदहरू:
ज्ञवाली (२०११:६७–९६) ले अरण्यकाण्डका ४२ श्लोकअन्तर्गत ५५ ठाउामा ५७
ओटा पाठभेदहरू औल्याएका छन्। तिनमा भारतजीवन ‘क’ संस्करणको १, भारतजीवन
संस्करणका ९, नेपाल संस्करणका ११, बम्बई संस्करणका ७ र होमनाथ संस्करणका
३४ पाठभेदहरू पर्दछन्। तीमध्ये निम्नलिखित पाठभेदहरूलाई तुलनात्मक रूपमा शुद्ध
रजस्थल 
ठहर्‍याउन सकिन्छ:
१. ‘खटाऊा’ (२.२)
२. ‘र’ (३३.१)
३. ‘बढाई’ (४०.२)
४. ‘मन् छ’ (७७.४)
५. ‘यस्तै’ (९७.१) र
६. ‘मेरी गती’ (११२.४)।
उपर्युक्त पाठभेदहरूमध्ये पहिलो ‘खटाऊा’ (२.२) पाठलाई होमनाथ संस्करणले
शुद्ध ठहर्‍याएको छ भने यसका ठाउामा हस्तलिखित रामायण (३२‘ख’) र शिवराजले
‘पटाउा’, डमरूवल्लभ संस्करणले ‘षठाउा’ तथा विष्णुमाया र ज्ञवालीले ‘पठाऊा’ पाठ
पढेका छन्। सर्वप्रथम प्रकाशनका सन्दर्भमा उपयोग गरिएको हस्तलिखित रामायणमा
‘प’ र ‘ष’ तथा ‘ट’ र ‘ठ’ को लिपिगत अस्पष्टताका कारण ती पाठभेदहरू देखिएका
हुन सक्छन्। अध्यात्मरामायणले ‘सर्वस्य मार्गद्रष्टा त्वं तव को मार्गदर्शक:’ (अर.१/४)
मात्र पढेको छ, पठाउने वा खटाउने विवादलाई सुल्झाउने खालको शाब्दिक पाठ उल्ले
ख गरेको छैन। भानुभक्तीय रामायणको यसै श्लोक (२) को तेस्रो र चौथो पङ्क्तिमा
‘खटाई’ एवम् ‘पठाई’ पाठ पढी अन्त्यानुप्रास मिलाइएको हुादा र उपर्युक्त पाठभेदहरूको
तुलनात्मक अध्ययनका आधारमा पहिलो र दोस्रो पङ्क्तिमा पनि ‘पठाऊा’ र ‘खटाऊा’बाटै
भानुभक्तले अन्त्यानुप्रास–योजना मिलाएको हुनुपर्छ। त्यस्तै, उपर्युक्त दोस्रो र (३३.१)
पाठलाई हस्तलिखित रामायण (३२‘ख’), भारतजीवन, विष्णुमाया र शिवराजले शुद्ध
ठहर्‍याएका छन् भने ज्ञवालीले यसका ठाउामा ‘त’ पाठ पढेका छन्। शूर्पणखाले रामले
सााचो भने भन्ने बुझी र लक्ष्मणका नजिक गई भन्ने प्रसङ्गमा ‘त’ पाठभन्दा ‘र’ पाठकै
प्रयोग भानुभक्तले गरेका हुनसक्छन्, जसको अन्यत्र (गरिमा, २०६३ असार) पनि संशो
धनीय चर्चा भइसकेको छ।
उपर्युक्त तेस्रो ‘बढाई’ पाठलाई हस्तलिखित रामायण (३२‘ख’), बम्बई संस्करण,
विष्णुमाया र शिवराजले शुद्ध ठहर्‍याएका छन् भने यसका ठाउामा डमरूवल्लभ र
ज्ञवालीले ‘चढाई’ पाठ पढेका छन्। अध्यात्मरामायण (अर.५/३३) ले रिस चढाएको
वा बढाएको भन्ने प्रसङ्ग नै निम्त्याएको छैन। सम्भवत: ‘ब’ र ‘च’ को हस्तलिपिगत
अस्पष्टताकै कारण भानुभक्तीय रामायणमा यो पाठभेद देखिन गएको हुनसक्छ। तसर्थ
राक्षसहरूले अत्यन्त रिसाएर श्रीरामवाणी वाण बर्साए भन्ने प्रसङ्गमा ‘चढाई’ पाठभन्दा
‘बढाई’ पाठको प्रयोग भानुभक्तले गरेको हुनसम्भव छ। उपर्युक्त चौथो ‘मन् छ’ (७७.४)
पाठलाई हस्तलिखित रामायण (३२‘ख’), होमनाथ संस्करण र शिवराजले शुद्ध ठानेका
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
छन् भने यसका ठाउामा डमरूवल्लभ, विष्णुमाया र ज्ञवालीले ‘भन्छ’ पाठ पढेका छन्।
अध्यात्मरामायणमा यस प्रसङ्गमा ‘मां नेतुमागतोसि त्वं रामनाश उपस्थिते। न प्राप्यसे
त्वं मामद्य...’ (अर.७/३३) अर्थात् के ता रामको विनाश भएपछि मलाई लैजानका लागि
आएको होस् ? तौले मलाई पाउनेछैनस् भन्ने पाठ छ, ‘मन् छ’ वा ‘भन्छ’लाई पुष्टि
गर्ने कुनै आधार शब्द मूलमा पाइादैन। सम्भवत: ‘म’ र ‘भ’ को वर्णगत साम्यता र
हस्तलिपिगत डिकाको अस्पष्टताका कारण यो पाठभेद देखिन गएको हुनुपर्छ। त्यसैले
सीताले लक्ष्मणलाई अवाच्य बोल्ने सन्दर्भमा मलाई भज्ली भन्ने मन् छ कि भन्ने प्रसङ्ग
नै उपर्युक्त देखिएको र यस प्रसङ्गमा ‘भन्छ’ पाठको सार्थक अन्वय पनि हुन नसक्ने
भएकाले ‘मन् छ’ पाठलाई नै भानुभक्तीय प्रयोग ठहर्‍याउन सकिन्छ।
उपयत्र्तु m पाचा ा ंै ‘यस्त’ै (९७.१) पाठलाइर्  हस्तलिखित रामायण (३२‘ख’), डमरूवल्लभ,
भारतजीवन, विष्णुमाया र शिवराजले शुद्ध ठहर्‍याएका छन् भने यसका ठाउामा ज्ञवालीले
‘यस्ता’ पाठ पढेका छन्। अध्यात्मरामायणले यस प्रसङ्गमा ‘इत्येवम्’ (अर.८/१८) अर्थात्
यसरी वा यस्तै पाठ पढेको छ। तुलनात्मक रूपमा ‘यस्ता’ पाठभन्दा ‘यस्तै’ पाठको प्रयोग
भानुभक्तले गरेका हुनसक्छन्। उपर्युक्त छैटौं ‘मेरी गती’ (११२.४) पाठलाई हस्तलिखित
रामायण (३२‘ख’), डमरूवल्लभ, नेपाल, होमनाथ, विष्णुमाया र शिवराजले शुद्ध ठाने
का छन् भने यसका ठाउामा ज्ञवालीले ‘मेरो गती’ पढेका हुनसक्छन्। दया, माया आदि
स्त्रीििलङ्गी शब्दको विशेषणका रूपमा आउने शब्दहरू स्त्रीििलङ्गकै रूपमा प्रयोग
गरिएका अन्य उदारहणहरू पनि भानुभक्तीय रामायणमा पाइन्छन्। त्यसैले तुलनात्मक
रूपमा ‘मेरो गती’ भन्दा ‘मेरी गती’ पाठ नै भानुभक्तीय प्रयोग हुन सम्भव छ।
घ. किष्किन्धाकाण्डका पाठभेदहरू:
ज्ञवाली (२०११:९७–१३२) ले किष्किन्धाकाण्डका ९२ श्लोकअन्तर्गत १४९
ठाउामा १५ ओटा पाठभेदहरू औाल्याएका छन्। तिनमा भारतजीवन ‘क’ संस्करणका ७,
भारतजीवन संस्करणका २६, नेपाल संस्करणका ३६, बम्बई संस्करणका १८, होमनाथ
संस्करणका ८३, उपर्युक्त पााचै संस्करणका वा सबै पुस्तकका भनी सड्ढेत गरिएका २ र
ज्ञवालीद्वारा अनुमानित तथा प्रस्तावित २ ओटा पाठभेदहरू पर्दछन्। तीमध्ये निम्नलिखित
पाठभेदहरूलाई तुलनात्मक रूपमा शुद्ध ठहर्‍याउन सकिन्छ:
१. ‘दिई’ (७.४)
२. ‘भनी’ (२२.२)
३. ‘धर्‍या’ (२६.४)
४. ‘गरी’ (३६.४)
५. ‘भनी’ (३८.४)
रजस्थल 
६. ‘पति’ (६२.४)
७. ‘त मनमा’ (६६.३)
८. ‘नजर’ (८०.४)
९.‘गर्ला’ (१०२.४)
१०. ‘काल् र’ (११६.२) र
११. ‘वानर्’ (११२.४)
उपर्युक्त पाठभेदहरूमध्ये पहिलो ‘दिई’ (७.४) पाठलाई डमरूवल्लभ, भारतजीवन
र विष्णुमाया संस्करणले शुद्ध ठहर्‍याएका छन् भने यसका ठाउामा हस्तलिखित रामायण
(३२‘ख’), शिवराज र ज्ञवालीले ‘दिया’ पाठ पढेका छन्। शिवराज आचार्य (२०३२:२)
ले सम्भावित शुद्ध पाठ प्रस्तुत गर्ने सन्दर्भमा दोस्रो हस्तलिखित रामायण (‘च’१००५) र
भानु पुस्तकालयको लेखोटमा ‘दिइ’ पाठभेद रहेको उल्लेख गरेका छन्। सम्भवत: पूरा
नो हस्तलिखित प्रतिमा ‘दियी’ पाठमा ‘यी’ को डिकामाथिको ‘ईकार’ अस्पष्ट भएर उक्त
‘दिया’ पाठ देखिएको हुनसक्छ। अघिल्लो ‘गर्‍या’ र पछिल्लो ‘पर्‍या’ समापिका क्रियाको
बीचमा प्रयुक्त ‘दिया’ समापिका क्रियाको तुलनामा ‘दिई’ असमापिका क्रियाको प्रयोग
नै भानुभक्तले गरेको हुनु सम्भव छ। उपर्युक्त दोस्रो ‘भनी’ (२२.२) पाठलाई हस्तलिखित
रामायण (३२‘ख’), भारतजीवन ‘क’, होमनाथ, विष्णुमाया र शिवराजले शुद्ध ठहर्‍याएका
छन् भने यसका ठाउामा डमरूवल्लभ र ज्ञवालीले शुद्ध ठहर्‍याएका छन् भने यसका ठाउामा
डमरूवल्लभ र ज्ञवालीले ‘पनी’ पाठ पढेका छन्। सम्भवत: ‘प’ र ‘भ’ को हस्तलिखित
अस्पष्टताका कारण यो पाठभेद देखिन गएको हुनसक्छ। ऋषिले वालिलाई यस्तो भनेर
सराप दिए भन्ने सन्दर्भमा ‘पनी’ भन्दा ‘भनी’ पाठ नै उपयुक्त देखिन्छ। साथै ‘पनी’ र
‘भनी’ को भानुभक्तीय अन्त्यानुप्रासयोजनाका दृष्टिलेसमेत पुनरूक्त ‘पनी’ पाठभन्दा ‘भनी’
पाठ नै शुद्ध हुनु सम्भव छ।
उपर्युक्त तेस्रो ‘धर्‍या’ (२६.४) पाठलाई हस्तलिखित रामायण (३२‘ख’), नेपाल
संस्करण र शिवराजले शुद्ध ठानेका छन् भने यसका ठाउामा विष्णुमाया र ज्ञवालीले
‘लिया’ पाठ पढेका छन्। ‘लिनु’ र ‘धर्नु’मा सामान्यत: आर्थिक समानता पाइने हुादा
अघिल्लो ‘गर्‍या’ पाठसाग अन्त्यानुप्रासका दृष्टिले ‘लिया’ भन्दा ‘धर्‍या’ पाठको प्रयोग
भानुभक्तले गरेका हुनसक्छन्। त्यस्तै, उपर्युक्त चौथो ‘गरी’ (३६.४) पाठलाई डमरूवल्लभ,
बम्बई, विष्णुमाया र शिवराजले शुद्ध ठहर्‍याएका छन् भने यसका ठाउामा हस्तलिखित
रामायण (३२‘ख’) र ज्ञवालीले ‘धरी’ पाठ पढेका छन्। यसै सन्दर्भमा अध्यात्मरामायणले
‘सुग्रीवस्य गले पुष्पमालामामुच्य पुष्पिताम्।’ (कि.२/१६) अर्थात् सुग्रीवको गलामा फुलेका
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
फूलको माला पहिराइदेऊ भन्ने उल्लेख गरेको छ, जसलाई भानुभक्तले यस
श्लोकमा फूल ल्याई माला बनाउन र अर्को श्लोकमा त्यो माला पहिराउन निर्देश गरेको
प्रसङ्ग व्यक्त गरेका छन्। त्यसैले भानुभक्तको आशयअनुरूप ‘धरी’ पाठभन्दा ‘गरी’
पाठ उपयुक्त हुनु असम्भव देखिादैन। उपर्युक्त पााचौं ‘भनी’ (३८.४) पाठलाई हस्तलिखित
रामायण (३२‘ख’), बम्बई, होमनाथ, विष्णुमाया र शिवराजले शुद्ध ठहर्‍याएका छन् भने
यसका ठाउामा डमरूवल्लभले ‘पनी’ तथा ज्ञवालीले ‘बनी’ पाठ पढेका छन्। यी पाठभे
दहरूलाई पुष्टि गर्ने खालको आधारशब्द अध्यात्मरामायण (कि. २/१९) मा भेटिादैन।
सम्भवत: ‘भनी’ र ‘पनी’ पाठभेदहरू ‘भ’ र ‘प’ को हस्तलिपिगत अस्पष्टताका कारण
देखापरेको हुनुपर्छ, जसलाई ज्ञवालीले ‘बनी’ भनेर संशोधन गरेका हुनसक्छन्। सुग्रीव
भगुवा फक्र्यो भनी वालिलाई रिस उठेको प्रसङ्ग र भानुभक्तीय अन्त्यानुप्रास–योजनाका
दृष्टिलेसमेत ‘बनी’ वा ‘पनी’ पाठभन्दा ‘भनी’ पाठ नै शुद्ध हुनसक्छ। उपर्युक्त छैटौं ‘पति’
(६२.४) पाठलाई हस्तलिखित रामायण (३२‘ख’) होमनाथ, विष्णुमाया र शिवराजले शुद्ध
ठहर्‍याएका छन् भने यसका ठाउामा डमरूवल्लभ र ज्ञवालीले ‘पनि’ पाठ पढेका छन्।
यस प्रसङ्गमा अध्यात्मरामायणले ‘पतिस्तवायं देहो वा जीवो वा वद तत्वत:’ (कि.३/१३)
अर्थात् विचारपूर्वक भन तिम्रो पति यो देह हो वा जीवन भनी उल्लेख गरेको हुादा ‘पति’
पाठलाई पुष्टि गर्न सकिने आधार मिलेको छ। बढी स्पष्टताका दृष्टिलेसमेत ‘पनि’ भन्दा
‘पति’ पाठको प्रयोग भानुभक्तले गरेका हुनसक्छन्।
उपर्युक्त सातौा ‘त मनमा’ (६६.३) पाठलाई हस्तलिखित रामायण (३२‘ख’)
डमरूवल्लभ, भारतजीवन, नेपाल, विष्णुमाया, साझाको संस्करण (२०५८) र शिवराज
आचार्यले शुद्ध ठहर्‍याएका छन् भने यसका ठाउामा ज्ञवालीले ‘मन महाा’ पाठ पढेका
छन्। सम्भवत: ज्ञवालीले यसै श्लोकको चौथो पङ्क्तिको ‘जन महाा’ पाठसाग अन्त्यानुप्रास
मिलाउनका लागि ‘मन महाा’ लाई शुद्ध ठानेका हुन सक्छन् तापनि हस्तलिखित रामायण
(३२‘ख’), शिवराज आचार्य मुक्तिनाथ आचार्य (२०६२:१४) ले ‘जनमहाा’ का ठाउामा ‘छ
जनमा’ पाठलाई उपर्युक्त मानेको हुादा ‘त मनमा’ पाठ नै शुद्ध हुनुपर्छ। त्यस्तै उपर्युक्त
आठौं ‘नजर्’ (८०.४) पाठलाई हस्तलिखित रामायण (३२‘ख’), डमरूवल्लभ, भारतजीवन,
विष्णुमाया, शिवराज र मुक्तिनाथ आचार्य (२०६२:१५) ले शुद्ध ठानेका छन् भने यसका
ठाउामा ज्ञवालीले ‘विचार्’ पाठ पढेका छन्। यस प्रसङ्गमा अध्यात्मरामायण (कि.४/५)
ले सबै जीवजन्तुहरू रामको सेवामा लागे भनेको छ। सबै जन्तुहरूको ध्यान आफूमै रहेको
देखेर भगवान् राम खुसी रहन्थे भन्ने सन्दर्भमा ‘विचार गरि’ पाठलाई ‘नजर् गरि’ पाठ
नै उपयुक्त हुनुसम्भव छ।
रजस्थल 
उपर्युक्त नवौं ‘गर्ला’ (१०२.४) पाठलाई हस्तलिखित रामायण (३२‘ख’), डमरूवल्लभ,
होमनाथ संस्करण र शिवराज आचार्यले शुद्ध ठहर्‍याएका छन् भने यसका ठाउामा
विष्णुमाया र ज्ञवालीले ‘गन्र्या’ पाठ पढेका छन्। यी दुवै पाठभेदहरूमध्ये तुलनात्मक
रूपमा ‘गर्ला’ पाठ नै स्पष्ट र शुद्ध पनि हुनसक्छ। उपर्युक्त दसौं ‘काल् र’ (११६.२)
पाठलाई हस्तलिखित रामायण (३२‘ख’), डमरूवल्लभ, नेपाल संस्करण र शिवराजले
शुद्ध मानेका छन् भने यसका ठाउामा विष्णुमाया र ज्ञवालीले ‘काल’ पाठ पढेका छन्।
सीतालाई नपाएर धेरै समय बित्यो र एक दिन भन्ने प्रसङ्गमा ‘काल’ भन्दा ‘काल् र’
पाठको प्रयोग भानुभक्तले गरेका हुन सक्छन्। त्यस्तै, उपर्युक्त एघारौं ‘वानर्’ (१२२.४)
पाठलाई हस्तलिखित रामायण (३२‘ख’), डमरूवल्लभ, होमनाथ, विष्णुमाया र शिवराजले
शुद्ध ठहर्‍याएका छन् भने यसका ठाउामा ज्ञवालीले ‘बन्दर्’ पाठ पढेका छन्। भानुभक्तीय
रामायणमा अन्यत्र ‘वानर्’ शब्दकै प्रयोग गरिएको पाइएकाले यहाा पनि ‘वानर्’ पाठ नै शुद्ध
हुनुपर्छ भन्नेबारेमा अन्यत्र (गरिमा, २०६३ असार)समेत संशोधनीय चर्चा भइसकेको छ।
ङ. सुन्दरकाण्डका पाठभेदहरू:
ज्ञवाली (२०११:१३३–१७१) ले सुन्दरकाण्डका ९२ ओटा श्लोकअन्तर्गत १३७
ठाउामा १४३ ओटा पाठभेदहरू औाल्याएका छन्। तिनमा भारतजीवन ‘क’ संस्करणका
३, भारतजीवन संस्करणका ४३, नेपाल संस्करणका ३७, बम्बई संस्करणका १६, हो
मनाथ संस्करणका ६६ र ज्ञवालीद्वारा अनुमानित पाठभेदहरूलाई तुलनात्मक रूपमा शुद्ध
ठहर्‍याउन सकिन्छ:
१. ‘लियौं’ (२१.३)
२. ‘यो’ (२३.४)
३. ‘विपत्को’ (४९.२)
४. ‘बरबर्’ (६६.२)
५. ‘ज्या’ (६६.२) र
६. ‘ता’ (११०.३)।
उपर्युक्त पाठभेदहरूमध्ये पहिलो ‘लियौ’ (२१.३) पाठलाई हस्तलिखित रामायण
(३२‘ख’), होमनाथ, विष्णुमाया र शिवराजले शुद्ध ठहर्‍याएका छन् भने यसका ठाउामा
ज्ञवालीले ‘गर्‍यौ’ र अध्यात्मरामायणले ‘जिता’ (सु. १/४७) पाठ पढेको पाइन्छ। ‘जित्यो’
भन्ने सन्दर्भमा ‘जितिगर्‍यौ’ पाठभन्दा ‘जितिलियौ’ पाठ उपयुक्त हुन सक्छ। दोस्रो ‘यो’
(२३.४) पाठलाई हस्तलिखित रामायण (३२‘ख’), डमरूवल्लभ, भारतजीवन, विष्णुमाया
र शिवराजले शुद्ध ठानेका छन् भने यसका ठाउामा ज्ञवालीले ‘यो’ पाठ पढेका छन्।
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
अध्यात्मरामायणे ‘तदैव रावणस्यान्तो भविष्यति न संशय:’ (सु.१/५३) मात्र भनेको छ,
‘यो’ र ‘त्यो’ को विवादलाई सुल्झाउने आधारशब्द प्रदान गरेको छैन। सीतालाई भेट्न
सर्वप्रथम लङ्का पुगेका हनुमान्साग राक्षसीको रूपधारण गरेकी लङ्कापूरीले ब्रÞमाको
वचनअनुसार रावण मर्ने कुराको निश्चय व्यक्त गर्ने सन्दर्भमा लङ्कामै रहेका रावणका
लागि दूरवर्ती ‘त्यो’ भन्दा समीपवर्ती ‘यो’ सर्वनामकै प्रयोग गरेको हुनुपर्छ।
उपर्युक्त तेस्रो ‘विपत्को’ (४९.२) पाठलाई हस्तलिखित रामायण (३२‘ख’)
डमरूवल्लभ, भारतजीवन, नेपाल, विष्णुमाया र शिवराजले शुद्ध ठहर्‍याएका छन् भने
यसका ठाउामा ज्ञवालीले ‘मरण्को’ पाठ पढेका छन्। ज्ञवाली (२०११:१४५) ले ‘मरण्को’
पाठलाई पुष्टि गर्न अध्यात्मरामायणको सम्बद्ध अंश उद्धृत गरेका छन्: ‘सर्वथा रावणं रामो
हत्वा सकुलमञ्जसा। विभीषणायाधिपत्यं दत्वा...।’ (सु.२–५३/५४)। समुद्धृत अघिल्लो
पङ्क्तिको अनुवाद भानुभक्तले पहिलो पङ्क्तिमै गरिसकेका र दोस्रो पङ्क्ति ‘रावणको अब
वृद्धि छैन यसको आयो विपत्को घरी’ पूर्णत: मौलिक देखिएको हुादा ‘मरण्को’ पाठलाई
मूलकै आधारमा पुष्टि गर्न सकिादैन। तसर्थ ‘मरण्को’ पाठभन्दा मौलिक रूपमा प्रयुक्त
‘विपत्को’ पाठ नै उपयुक्त, हुनुपर्छ।
च. युद्धकाण्डका पाठभेदहरू:
ज्ञवाली (२०११:१७२–२६६) ले युद्धकाण्डका २०३ श्लोकअन्तर्गत २९८ ठाउामा
३०९ ओटा पाठभेदहरू औाल्याएका छन्। तिनमा भारतजीवन संस्करणका ७७, नेपाल
संस्करणका ९५, बम्बई संस्करणका १६, होमनाथ संस्करणका १६३, सबै संस्करणका
भनी सङ्केत गरिएका ३ र ज्ञवालीद्वारा अनुमानित तथा प्रस्तावित छ ओटा पाठभेदहरू
पर्दछन्। तीमध्ये निम्नलिखित पाठहरूलाई तुलनात्मक रूपमा शुद्ध ठहर्‍याउन सकिन्छ:
१. ‘जो’ (३.२)
२. ‘कााही’ (१८.१)
३. ‘सÞयाचल्’ (१८.२)
४. ‘वैरिलाई’ (२२२.१)
५. ‘लैगेर’ (२२९.१)
६. ‘कस्तै गरी’ (२६५.४)
७. ‘गया’ (२८५.२)
८. ‘जन पूर्ण’ (३७७.२) र
९.‘श्रीरामको’ (३८१.१)।
उपर्युक्त पाठभेदहरूमध्ये पहिलो ‘जो’ (३.२) पाठलाई हस्तलिखित रामायण (३२‘ख’),
रजस्थल 
डमरूवल्लभ, बम्बई र विष्णुमाया संस्करणले शुद्ध ठहर्‍याएका छन् भने ज्ञवालीले यसका
ठाउामा ‘ता’ पाठ पढेका छन्। अध्यात्मरामायण (यु.१/४) मा ‘जो’ वा ‘ता’को विवादलाई
सुल्झाउने कुनै आधार शब्द भेटिदौन। सम्भवत: हनुमान्ले गरेको सेवकधर्मको प्रशंसा
गर्ने सन्दर्भमा ‘ता’ पाठका तुलनामा ‘जो’ पाठको प्रयोग भानुभक्तले गरेका हुनसक्छन्।
त्यस्तै, उपर्युक्त दोस्रो ‘कााही’ (१८.१) पाठलाई डमरूवल्लभ, भारजीवन, नेपाल र
विष्णुमाया संस्करणले शुद्ध मानेका छन् भने यसका ठाउामा हस्तलिखित रामायण (३२‘ख’)
र ज्ञवालीले ‘कोही’ पाठ पढेका छन्। ‘कोही’ पाठलाई पुष्टि गर्न ज्ञवाली (२०११:१६) ले
नेपाल र भारतजीवन संस्करणमा ‘कााही’ पाठ रहेको उल्लेख गरी अध्यात्मरामायणको
‘गता चमूर्दिवारात्रं क्वचिन्नासज्जत क्षणम्।।’ (यु १/४०) पङ्क्तिउद्धरण गरेका छन्।
यस पङ्क्तिमा आएको ‘क्वचिद्’ शब्द सप्तम्यन्त ‘किम्’ शब्ददेखि पाणिनीय व्याकरणको
‘किमोकत’ (५/३/१२) सूत्रद्वारा तद्धित ‘अत्’ प्रत्यय र ‘किम’ का ठाउामा ‘कु’ आदे
श तथा यण्सन्धि भएर निर्मित कहाा अर्थ दिने ‘क्व’ व्युत्पन्न शब्दसाग अनिश्चयात्मक
अर्थ बुझाउने ‘चित्’ अव्यय शब्दको योग भई निर्माण भएको हो र यसले नेपालीमा
‘कहीा’ भन्ने बुझाउाछ। मूलको उपर्युक्त ‘क्वचिद्’ शब्दको ठाउामा ‘कश्चिद्’ शब्दको अर्थ
प्रमाणित गर्न खोज्नु ज्ञवालीको दृष्टिदोष नै हुनुपर्छ। त्यसैले ‘कोही’ पाठका तुलनामा
मूलअनुरूप ‘काहीा’ पाठ नै शुद्ध हो।
उपर्युक्त तेस्रो ‘सÞयाचल्’ (१८.२) पाठलाई डमरूवल्लभ संस्करण र ज्ञवाली
(२०११:१७) को टिप्पणीले उपयुक्त ठहर्‍याएका छन् भने हस्तलिखित रामायण (३२‘ख’)
ले ‘सैÞयाचल्’ पाठ पढेको छ। विष्णुमाया र ज्ञवालीले चाहिा मूलमा ‘विन्ध्याचल्’ पाठलाई
शुद्ध मानी पढेका छन्। ज्ञवालीले सम्भवत: प्राय:सबै संस्करणमा ‘विन्ध्याचल्’ पाठ देखेर
प्रस्तावित ‘सÞयाचल’ पाठलाई मूलमा संशोधन नगरेका हुनसक्छन्। अध्यात्मरामायणले
‘काननानि विचित्राणि पश्यन्मलयसÞययो:। ते सÞयं समतिक्रम्य मलयं च तथा गरिम्।।’
(यु.१/४१) भनेर स्पष्ट रूपमा सÞय गिरि अर्थात् सÞयाचलको वर्णन गरेको हुादा र
भारतका सात मुख्य पर्वतहरूमा पर्ने यी दुई पर्वतहरू बेग्लाबेग्लै भएकाले ‘विन्ध्याचल्’
पाठभन्दा ज्ञवालीद्वारा प्रस्तावित एवम् अध्यात्मरामायण तथा हस्तलिखित रामायण (३२‘ख’)
ले पुष्टि गरेको ‘सÞयाचल्’ पाठ नै शुद्ध हुनुपर्छ।
उपर्युक्त चौथो ‘वैरिलाई’ (२२२.१) पाठलाई हस्तलिखित रामायण (३२‘ख’),
डमरूवल्लभ, भारतजीवन, विष्णुमाया र मुक्तिनाथ आचार्य (२०६२:१५) ले शुद्ध ठहर्‍याएका
छन् भने यसका ठाउामा ज्ञवालीले ‘वीरलाई’ पाठ पढेका छन्। अध्यात्मरामायणले रावणका
सन्दर्भमा ‘त्वमजेयो भविष्यसि’ (यु.१०/९) अर्थात् तिमी अजेय हुनेछौ मात्र भनेको छ,
‘वीरलाई’ वा ‘वैरिलाई’ पुष्टि गर्ने आधारशब्द उल्लेख गरेको छैन। सम्भवत: हस्तलिखित
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
पूरा नो तिम्रा डिकामाथिका चिÞनहरूको अस्पष्टताका कारण यो पाठभेद देखिएको
हुनसक्छ। आफ्ना गुरू शुक्राचार्यसाग रावणले शत्रु रामद्वारा भएको विनाश र त्यसबाट
बच्ने उपायका लागि बिन्ती गरेको सन्दर्भमा प्राप्त भएको अजेय वरदानलाई भानुभक्तले
सबै वैरिलाई जित्ने छौ भनी विश्लेषण गरेका हुनसक्छन्। साथै युद्धकाण्डको १३ औं श्लो
कमा झौ यहाा पनि ‘वीर’ भन्दा वैरि शब्दकै प्रयोग भानुभक्तले गरेको हुनु सम्भव छ।
उपर्युक्त पााचौं ‘लैगेर’ (२२९.१) पाठलाई हस्तलिखित रामायण (३२‘ख)’ डमरूवल्लभ
र भातरजीवन संस्करणले शुद्ध ठानेका छन् भने यसका ठाउामा नेपाल र विष्णुमाया
संस्करणले ‘ल्यायेर’ तथा ज्ञवालीले ‘पौंचाइ’ पाठ पढेको पाइन्छ। अध्यात्मरामायणले
‘समानयत्’ (यु.१०/२४) अर्थात् ‘ल्याए’ भनी एक ठाउामा पढेको पाठलाई आधार बनाएर
भानुभक्तीय रामायणले अघि ‘ल्याया’ पछि ‘लिया’ र बीचमा ‘लैगेर/ल्यायेर/पौाचाइ’ गरी
तीन ठाउामा विस्तारित गरेको छ। नेपाली भाषाका ऐतिहासिक गद्य सामग्रीहरू (पोखरे
ल, २०५०:३४९) र भानुभक्तीय रामायणमा अन्यत्र पनि ‘लैगी’ शब्दको प्रयोग भएको
पाइन्छ। उत्तरकाण्डको १४८ आंै श्लोकमा झौ यहाा पनि ऐतिहासिक महइभ्व र भानुभक्तीय
प्रयोगका दृष्टिले ‘ल्यायेर’ वा ‘पौाचाइ’ पाठभन्दा ‘लैगेर’ पाठ उपयुक्त हुन सक्छ।
एपर्युक्त छौटौं ‘कस्तै गरी’ (२६५.४) पाठलाई हस्तलिखित रामायण (३२‘ख’), बम्बई
संस्करण, विष्णुमया र मुक्तिनाथले शुद्ध ठहर्‍याएका छन् भने यस प्रसङ्गमा ज्ञवालीले
‘काटया पनी’ पाठ पढेका छन्। अध्यात्मरामायणले ‘...उत्तमाङ्गं न चैत्तस्य छेत्तव्यं
राघव त्वया।। नैव शीष्र्णि प्रभो वध्यो वध्य एव हि मर्मणिं।।’ यु.११:६१/६२) अर्थात
हे राम झ् तपाईंले यसको शिर नकाट्नुहोला किनभने शिर काट्नाले यो मर्दैन, किन्तु
मर्मस्थलमा प्रहार गर्नाले नै यो मर्न सक्छ भनेको छ। युद्धकाण्डकै २६२ श्लोकको ‘मर्दैन
काटया पनी’ पाठमा झौ यस प्रसङ्गमा ‘शिर’ शब्दको प्रयोग नभएकाले ‘काट्या पनी’
पाठ पूर्णत: सार्थक देखिादैन।
सम्भवत: भानुभक्तले अघि चर्चा भइसकेको हुादा यस प्रसङ्गमा मूलको शिर काट्ने
प्रसङ्गलाई छोडिदिएर मर्मस्थलमा प्रहार गर्नुबाहेक अन्य कुनै पनि प्रकारले रावण मर्न
सक्तैन भनी ‘कस्तै गरी’ पाठ पढेका हुनसक्छन्। भानुभक्तीय अन्त्यानुप्रास–योजनाका
दृष्टिलेसमेत ‘काट्या पनी’ पाठभन्दा ‘कस्तै गरी’ पाठ उपयुक्त देखिन्छ। उपर्युक्त आठौं
‘जनपूर्ण’ (३७७.२) पाठलाई हस्तलिखित रामायण (३२‘ख’), डमरूवल्लभ, भारतजीवन
र विष्णुमाया संस्करणले शुद्ध मानेका छन् भने यसका ठाउामा ज्ञवालीले ‘परिपूर्ण’ पाठ
पढेका छन्। सम्भवत: अध्यात्मरामायणले प्रयोग गरेको ‘मनुज:’ (यु.१६/३६) शब्दलाई
भानुभक्तले ‘जन’का रूपमा अनुवाद गरेका हुनसक्छन्। जसले रामको कथा भन्छन्,
ती जनहरू सबै थोकले पूर्ण हुन्छन् भन्ने सन्दर्भमा ‘परिपूर्ण’ पाठभन्दा ‘जनपूर्ण’ पाठ
रजस्थल 
उपयुक्त हुनुसम्भव छ। त्यसैगरी उपर्युक्त नवौं ‘रामका’ (३८१.१) पाठलाई हस्तलिखित
रामायण (३२‘ख’), भारतजीवन, नेपाल र साझाको संस्करणले शुद्ध ठहर्‍याएका छन् भने
यसका ठाउामा विष्णुमाया र ज्ञवालीले ‘श्रीरामको’ पाठ पढेका छन्। तुलनात्मक रूपमा
एकवचनयुक्त ‘श्रीरामको’ पाठभन्दा बहुवचनयुक्त ‘श्रीरामका’ पाठ नै शुद्ध हुनुपर्ने बारे
मा ‘साझाको संस्करणका पाठभेदहरू’ शीर्षकको लेखमा पनि चर्चा गरिएको छ।
छ. उत्तरकाण्डका पाठभेदहरू:
ज्ञवाली (२०११:२६७–३३०) ले उत्तरकाण्डका १२३ श्लोकअन्तर्गत १६७ ठाउामा १७९
ओटा पाठभेदहरू औंल्याएका छन्। तिनमा भारतजीवन ‘क’ संस्करणका २, भारतजीवन
संस्करणका ४५, नेपाल संस्करणका ५०, बम्बई संस्करणका १०, होमनाथ संस्करणका
८७, सबै पुस्तकका भनी सङ्केतित ३ र ज्ञवालीद्वारा प्रस्तावित पााचवटा पाठभेदहरू
पर्दछन्। तीमध्ये निम्नलिखित पाठभेदहरूलाई तुलनात्मक रूपमा शुद्ध ठहर्‍याउान सकिन्छ:
१. ‘रूपको हूा’ (१४०.३)
२. ‘सरी’ (१४३.४)
३. ‘न’ (१४५.१)
४. ‘मान’ (१५३.४)
५. ‘गड्यो’ (१६९.४)
६. ‘हुनू’ (१९९.४)
७. ‘भेट्छू’ (२०९.३) र
८. ‘त’ (२२७.३)
उपर्युक्त पाठभेदहरूमध्ये पहिलो ‘रूपको हुा’ (१४०.३) पाठलाई बम्बई र विष्णुमाया
संस्करणले शुद्ध मानेका छन् भने यसका ठाउामा हस्तलिखित रामायण (३२‘ख’) ले ‘रूपको
हुा’ र ज्ञवालीले ‘रूपका हुन्’ पाठ पढेका छन्। अध्यात्मरामायण (उ.५:४३/४४) ले
आत्मालाई चिन्ने सन्दर्भमा आफूलाई प्रकाशस्वरूप अजन्मा, अद्वितीय आदि रूपको हुा भनी
बुझ्नुपर्ने बताएको छ। सम्भवत: भानुभक्तले यी सबै रूपहरूलाई ‘यस् रूपको हुन्’ भनी
प्रयोग गरेको हुनुपर्छ। ‘हुम्’ बाटै ‘हुउा’ हुादै ‘हूा’ को विकास भएको सम्भावनालाई दृष्टिगत
गर्दा बम्बई र विष्णुमाया संस्करणले यसलाई ‘हूा’ बनाइदिएको हुनुपर्छ। ज्ञवालीप्रयुक्त
अन्य संस्करण वा ज्ञवाली स्वयम्ले ‘हुम्’ वा ‘हुं’ पाठ देखेर त्यसलाई ‘रूपका हुन्’ भनी
संशोधन गरेका पनि हुन सक्छन्। त्यसैले ‘रूपका हुन्’ पाठभन्दा ‘रूपको हुम् हुा’ नै
मूलअनुरूप शुद्ध हुन सम्भव छ।
उपर्युक्त दोस्रो ‘सरी’ (१४३.४) पाठलाई हस्तलिखित रामायण (३२‘ख’) नेपाल र
विष्णुमाया संस्करणले शुद्ध ठहर्‍याएका छन् भने यसका ठाउामा ज्ञवालीले ‘हरी’ पाठ पढेका
रजस्थल (भानु विशेषाङ्क–२०७०) 
छन्। अध्यात्मरामायणले ‘अहं सदा दृश्यो भवेयम्...’ (उ.५/५३) अर्थात म सधौ देखिन्छु
वा साक्षात्कार हुन्छु भन्ने उल्लेख गरेको छ, ‘सरी’ वा ‘हरी’ लाई पुष्टि गर्ने आधारशब्द
मूलले प्रदान गरेको छैन। सम्भवत: भानुभक्तले मूलको उक्त आशयलाई ‘सहजै देखिन्छु
साम्ने सरी’ भनेर उल्लेख गरेका हुन सक्छन्। रामले रामगीताको तत्वज्ञान दिइरहेको
प्रसङ्गलाई वर्णन गर्ने सन्दर्भमा भानुभक्तले ‘साम्ने हरी देखिन्छ’ भनेर निश्चय नै प्रयो
ग गरेनन् होला। त्यस्तै, होमनाथ र नेपाल संस्करणमा पाइने ‘देखिन्छु’ पाठ मूलअनुरूप
नभएकाले यसलाई भानुभक्तीय प्रयोग ठहर्‍याउन सकिादैन। त्यसैले ‘हरी’ पाठभन्दा ‘सरी’
पाठको प्रयोग नै भानुभक्तले गरेको हुनुपर्छ।
उपर्युक्त तेस्रो ‘न’ (१४५.१) पाठलाई हस्तलिखित रामायण (३२‘ख’) बम्बई र
विष्णुमाया संस्करणले शुद्ध ठानेका छन् भने यसका ठाउामा ज्ञवालीले ‘त’ पाठ पढेका
छन्। सम्भवत: भानुभक्तले आदि, अन्त्य र बीच तीनै पाठका सन्दर्भमा तीनै ठाउामा
‘न’ को प्रयोग गरेका हुनसक्छन्। जसलाई ज्ञवाली, बम्बई संस्करणबाहेक अरूले संशो
धन गरी ‘त’ बनाएको हुनुपर्छ। वर्तमान सन्दर्भमा ‘त’ पाठ उपयुक्त देखिए पनि ‘न’
पाठलाई नै भानुभक्तीय प्रयोग ठहर्‍याउन सकिन्छ। त्यस्तै, उपर्युक्त चौथो ‘मान’ (१५३.४)
पाठलाई हस्तलिखित रामायण (३२‘ख’), नेपाल, भारतजीवन र होमनाथ संस्करणले शुद्ध
ठानेका छन् भने यसका ठाउामा ज्ञवालीले ‘मान्नु’ पाठ पढेका छन्। अध्यात्मरामायणले
‘मा भीव:’ (उ.६/१०) अर्थात ‘नडराओ’ भनेको छ, जसलाई भानुभक्तले ‘ताप नमान’
भनेको हुनुपर्छ। त्यसैले ज्ञवालीप्रयुक्त ‘मान्नु’ पाठभन्दा ‘मान’ पाठ उपयुक्त हुनसक्छ।
ज्ञवाली (२०११:३०८) ले टिप्पणीमा ‘गड्यो’ पाठ भऐ जाती हुने थियो’ भनी
उल्लेख गरेर मूलमा ‘गर्‍यो’ (१६९.४) पाठ पढेका छन्। जुन ‘गर्‍यो’ पाठलाई
विष्णुमायालगायतका संस्करणले शुद्ध ठहर्‍याएका छन्। हस्तलिखित रामायण (३२‘ख’)
ले चााहि यसका ठाउामा ‘गड्रो’ पाठ पढेको छ, जुन पाठ ज्ञवालीद्वारा प्रस्तावित ‘गड्यो’
पाठलेखनमा प्रतिलिपिकर्ताको दोष हुनसक्छ। अध्यात्मरामायणको ‘निगड’ (उ.६/४४)
शब्दकै आधारमा भानुभक्तले ‘गडयो’ पाठ पढेका हुनसक्छन्। अहङ्कारले व्याप्त भएको
जीव सङ्कल्परूपी जन्जिरले बााधिएर रातदिन पुत्र, पत्नी, घर आदिको सङ्कल्प गर्दै शो
कसन्तप्त हुन्छ भन्ने मूलको सन्दर्भलाई भानुभक्तले जीवले आफौलाई अहङ्कार हूा भन्ने
महसुस गर्‍यो भने विषयरूपी वासनामा गडेर जीव आफौ पनि बााधिन्छ भनी प्रयोग गरे
को हुनुसम्भव छ। त्यसैले ज्ञवालीद्वारा मूलमा स्वीकृत ‘गर्‍यो’ पाठभन्दा उनले टिप्पणीमा
प्रस्ताव गरेको ‘गडयो’ पाठ नै उपयुक्त देखिन्छ।
उपर्युक्त छैटौं ‘हुनू’ पाठलाई हस्तलिखित रामायण (३२‘ख’), होमनाथ र विष्णुमाया
संस्करणले शुद्ध ठहर्‍याएका छन भने यसका ठाउामा विष्णुमायाले ‘भेटनै’ र ज्ञवालीले
रजस्थल 
‘भेट्नू’ पाठ पढेका छन्। सम्भवत: भानुभक्तले उत्तरकाण्डकै २२१ औं श्लोकको तेस्रो
पङ्ि क्तका े ‘...रामल् ाइर्  भटे छ् ु भनी’मा झ ौ यहा ा पनि ‘रघनु ाथज्यलू ाइर्  भटे छ् ु भनी’ पय्र ागे गरे
का हुनसक्छन्। त्यसैले ‘भेट्नु’ वा ‘भेटनै’ पाठमा तुलनामा ‘भेट्छू’ पाठलाई भानुभक्तीय
प्रयोग ठहर्‍याउन सकिन्छ।
उपर्युक्त आठौं ‘त’ (२२७.३) पाठलाई हस्तलिखित रामायण (३२‘ख’), भारतजीवन
र विष्णुमाया संस्करणले शुद्ध मानेका छन् भने यसका ठाउामा ज्ञवालीले ‘छ’ पाठ पढेका
छन्। ‘छ’युक्त पाठभन्दा ‘त’युक्त ‘ठूलो भन्नु त धर्म हो’ पाठलाई नै भानुभक्तले प्रयोग
गरेको हुनुपर्छ। त्यस्तै, उपर्युक्त नवौं रघुनाथज्यूका (२३८.४) पाठलाई पनि हस्तलिखित
रामायण (३२‘ख’), भारतजीवन र विष्णुमाया संस्करणले नै शुद्ध ठहर्‍याएका छन् भने
यसका ठाउामा ज्ञवालीले ‘रघुनाथजीको’ पाठ नै पढेका छन्। तुलनात्मक रूपमा ‘जी’युक्त
पाठभन्दा ‘ज्यू’युक्त पाठ नै भानुभक्तीय प्रयोग हुनसक्छ।
सूर्यविक्रा ज्ञवाली (२०११:१–३३०) ले भानुभक्तीय रामायणका सातै काण्डका १३१९
श्लोकहरूमध्ये ६८३ श्लोकअन्तर्गत ९९३ ठाउामा १०४७ ओटा पाठभेदहरू औंल्याएका
छन् भने बााकी ६३६ ओटा श्लोकहरूमा कुनै पनि पाठभेद उल्लेख गरेको पाइदैन। उनले
औंल्याएका पाठभेदहरूमध्ये भारतजीवन ‘क’ संस्करणमा २०, बम्बई संस्करणमा ९२,
भारतजीवन संस्करणमा २४५, नेपाल संस्करणमा ३११, होमनाथ संस्करणका ५१०, सबै
पुस्तकका भनी सङ्केतित ८ र ज्ञवालीद्वारा अनुमानित तथा प्रस्तावित २२ गरी जम्मा
१२०८ ओटा संस्करणगत पाठभेदहरू पर्दछन्। १६१ ठाउामा दुई वा तीनओटा संस्करणमा
एउटै पाठभेद देखिएका कारण ज्ञवालीले औल्याएका वास्तविक १०४७ पाठभेदहरूभन्दा
संस्करणगत पाठभेदहरूको संख्या बढ्न गएको हो।
ज्ञवालीले औाल्याएका अधिकांश पाठभेदहरू ‘भानुभक्तको रामायण’ (२०११) को
मूलपाठका दृष्टिले अनुपयुक्त नै देखिन्छन् भने केही पाठभेदहरूलाई मात्र तुलनात्मक
रूपमा शुद्ध ठहर्‍याउन सकिन्छ। यसै सन्दर्भमा यहाा ६२ ओटा पाठभेदहरूको प्रारम्भिक
संशोधनीय चर्चा गरिएको हो र यस्तै अरू पाठभेदहरूलाई पनि शुद्ध ठहर्‍याउन सकिने
प्रबल सम्भावना रहेको छ तापनि यसरी उपयुक्त ठम्याइने पाठभेदहरूलाई भानुक्तीय
रामायणमा भेटिन सक्ने सबै संस्करण वा लेखोटप्रतिहरूसाग पनि पुन:पुन: सम्परीक्षण
गर्दै जानु नितान्त आवश्यक देखिन्छ।
(२०६३ भाद्र ३१)
 
" "